१. जनदिशाबारे
“राजनीतिले जनदिशा अनुशरण गर्नुपर्छ । नेताहरूमाथि मात्रै भर गरेर हुँदैन । नेताहरूले त्यति धेरै कसरी गर्न सक्छन् ? नेताहरूले सबै, राम्रो र नराम्रोको एउटा अंश मात्र भ्याउन सक्छन् । त्यसैले, प्रत्येकलाई उत्तरदायित्व बाँडचुँड गर्न, बोल्न, अरू मान्छेलाई प्रोत्साहित गर्न र अरू मान्छेलाई आलोचना गर्नको निम्ति परिचालन गर्नुपर्छ । प्रत्येक जनासँग एक जोडा आँखा र मुख हुन्छ र उसलाई हेर्न र बोल्न दिनुपर्छ । जनवादको अर्थ जनसमुदायलाई अाफ्नो गतिविधि आफै व्यवस्थापन गर्न दिनु हो । यहाँ दुई वटा तरिका छन्ः एउटा केही व्यक्तिहरूमाथि भर गर्ने र अर्कोचाहिं काम कार्वाहीको व्यवस्थापन गर्न जनसमुदायलाई परिचालित गर्ने । हाम्रो राजनीति जनराजनीति हो । जनवादी शासन भनेको सबैको शासन हो, केहीको मात्र शासन होइन । प्रत्येकलाई अाफ्नो मुख खोल्न उत्प्रेरित गर्नुपर्छ । उसको मुख छ, त्यसैले उसको दुई वटा उत्तरदायित्व हुन्छ– खाने र बोल्ने । जहाँ उसले नराम्रो कुरा अथवा नराम्रो कार्यशैली देख्छ, त्यहाँ उसले बोल्नुपर्छ । उसले अाफ्नो संघर्ष गर्ने कर्तव्य पालन गर्नुपर्छ ।
“यदि पार्टीको नेतृत्वमाथि होइन कि नेतामाथि नै पूरै भर गर्ने हो भने केही पनि राम्रोसँग गर्न सकिन्न । (हामीले) एउटा नेतामाथि मात्र होइन कि पार्टी र (हाम्रा) कमरेडहरूमाथि भर गर्नुपर्दछ । निष्क्रिय जनसमुदायले पछ्याउने एउटा सक्रिय नेता भएर पुग्दैन, हामीले एउटा पद्धति बसाल्नुपर्छ कि जनसमुदायले अाफ्ना दुबै हात र मुखको उपयोग गरून् । काम राम्रोसंग सम्पन्न गर्ने एउटा मात्र तरिका माथिबाट पार्टीको नेतृत्व र तलबाट जनसमुदाय (को समर्थन) माथि भर गर्नु हो ।”
(“पेकिङ शिक्षक तालिम महाविद्यालयको छानविनको रिपोर्टबारे टिप्पणी” जुलाई ३, १९६५ छानिएका रचना (अंग्रेजी) भाग– ९ पे. २१८–१९)

२. क्रान्तिकारी उत्तराधिकारीहरूबारे
“उत्तराधिकारीहरू माक्र्सवादी–लेनिनवादी हुनुपर्छ, उनीहरूले बहुसंख्यक जनताको हितको सेवा गर्नुपर्छ, उनीहरू बहुसंख्यक जनतासँग एकाकार हुनुपर्छ, उनीहरूले जनवादी कार्यशैली देखाउनुपर्छ र उनीहरूले खास योजना बनाउनुपर्छ । तपाईंंहरूले पनि केही उत्तराधिकारीहरू हुर्काउनुपर्छ । तपाईंंहरूले सधैं यस्तो सोंच्नु हुँदैन कि तपाईंं आफूले मात्रै गर्नु हुनेछ र अरूले गरेको सबै थोक कुनै कामको हुँदैन, मानौं संसारमा तपाईंंबिना पृथ्वी नै घुम्ने छैन र कुनै पार्टी भन्ने रहने छैन । के तपाईं ठान्नुहुन्छ कि कसाई चाङको मृत्युपछि सबैले भुत्लासहितको सुँगुरको मासु खानुपर्ने छ ? कसैको मृत्युबाट पनि डराउनुपर्ने कुनै आवश्यकता छैन । कसको मृत्युले ठूलो नोक्सान हुनेछ ? माक्र्स, एंगेल्स, लेनिन र स्टालिन, के वहाँहरू सबैको मृत्यु भइसकेको छैन र ? तैपनि क्रान्ति अगाडि बढिरहनुपर्छ । एउटा व्यक्तिको मृत्यु कसरी त्यति ठूलो घाटा हुन सक्छ ? त्यस्तो कुनै चीज हुँदैन । मान्छेले सधैं मर्नैपर्छ तर मर्ने विभिन्न तरिकाहरू छन् । कोही दुश्मनद्वारा मारिए, कोही विमान दुर्घटनामा मरे, कोही पौडी खेल्दा डुबे, कोही रोगले मरे, कोही बूढेसकालले मरे । हामीले एटम बलले मर्नेहरूको पनि हिसाब गर्नुपर्छ । हामीले कुनै पनि बेला अाफ्नो कामको पद छोड्न तयार हुनुपर्छ र सधैं उत्तराधिकारीहरू तयार पारेर बस्नुपर्छ । प्रत्येक व्यक्तिसँग उत्तराधिकारीहरू तयार हुनुपर्छ । उसका उत्तराधिकारीहरूका तीन पंक्ति हुनुपर्छ । उसका एक, दुई र तीन जोडा हात हुनुपर्छ र ऊ ठूलो आँधीबेहरीबाट डराउनु हुँदैन ।”
–“फौजी क्षेत्रको कामलाई पूरा प्रभावकारी बनाउने र क्रान्तिका उत्तराधिकारीहरू तयार गर्नेबारे कुराकानी”, जून १६, १९६४ छानिएका रचना (अंग्रेजी) भाग–९ पे. ९७ ।
३. एकको दुईमा विभाजनबारे
“प्रत्येक चीजको एकको दुईमा विभाजन हुन्छ । म व्यक्तिगत रूपमा पनि एकको दुईमा विभाजन हुँ । म प्राथमिक विद्यालयको शिक्षक थिएँ, र जब म सानो थिएँ, म प्रेतात्मामा पनि विश्वास गर्थें । म मेरी आमासंग टाढाको मन्दिरमा धूप बत्ती बाल्न जान्थें । अक्टोबर क्रान्तिभन्दा पहिले मलाई कुनै माक्र्स भन्ने छन् भन्ने पनि थाहा थिएन अथवा माक्र्सपछि घटेका कुनै घटनाबारे थाहा थिएन ।”
“एउटा पनि गल्ती नगरेको कुनै मान्छे छ त ? हाम्रा केही कमरेडहरूलाई अधिभूतवाद मन पर्छ । अधिभूतवाद भनेको के हो ? यो एकांगीपन हो, खाली राम्रो कुरा मात्र भन्न दिने तर नराम्रो कुरा भन्न नदिने, अनि राम्रो कुरा मात्र सुन्न मन पराउने तर नराम्रो कुरा सुन्न भने मन नपराउने ।
“माक्र्स पनि एकको दुईमा विभाजन हुनुहुन्थ्यो । माक्र्सको दर्शन हेगेल र फायरवाखबाट सिकिएको थियो, उहाँको अर्थशास्त्र बेलायतको रिकार्डो र अरूहरूबाट सिकिएको थियो र फ्रान्सबाट उहाँले काल्पनिक समाजवाद पढ्नुभयो । यो सबै बुर्जुवा थियो । यसबाट एकको दुईमा विभाजन भयो र माक्र्सवाद पैदा भयो । म तपाईंंलाई सोध्छु, जब लेनिन सानो हुनुहुन्थ्यो, के उहाँले कहिल्यै माक्र्सका रचनाहरू पढ्नुभएको थियो ?”
“हाम्रो यो पार्टी पनि एकको दुईमा विभाजन हो ।” – “एउटा जानकारी बैठकमा”, मार्च १९६४, छानिएका रचना (अंग्रेजी) भाग– ९ पे. ७४

४. युद्धनीतिबारे
“दुई वटा तरिका छन्– तिमी तिम्रो तरिकाले लड र म मेरो तरिकाले लड्ने छु । फौजी तर्क जेसुकै भए पनि त्यसलाई यी दुई वटा वाक्यमा सजिलैसँग झार्न सकिन्छ । तिमी तिम्रो तरिकाले लड भनेको के हो ? उसले मसंग लड्न खोच्छ, तर फेला पार्न सक्दैन, त्यसरी बीचैमा तुहिन्छ । म मेरो तरिकाले लड्ने छु भनेको के हो ? हामीले केही सैन्य डिभिजन र व्रिगेडलाई केन्द्रित गर्दछौं र उसलाई निल्छौं । …..”
“….. प्रधान कुरो युद्ध मैदानमा तालिम लिनु हो । शान्तिकालमा तालिम रातमा गर्नुपर्छ । युद्धको कालमा लडाइँ लडेर सिक्नुपर्छ । तपाईंंहरूले मेरा रचनाहरू पढेको कुरा गर्नु भएको होइन त ? यी कुराहरू त्यति उपयोगी नहोलान्, तर त्यहाँ दुई वटा मुख्य पंक्ति छन्ः तिमी तिम्रो तरिकाले लड र म मेरो तरिकाले लड्ने छु । म मेरो तरिकाले लड्ने छु भन्ने वाक्यलाई थप दुई वटा वाक्यमा बाँड्न सकिन्छः यदि मैले जित्न सक्ने भए म लड्ने छु, यदि मैले जित्न सक्दिनँ भने म भाग्नेछु । साम्राज्यवादीहरू यो तरिकादेखि ज्यादै डराउँछन् । यदि मैले जित्न सक्ने भए मैले तिमीलाई निल्नेछु, यदि मैले जित्न सक्दिनँ भने म भाग्नुे छु ताकि तिमीले मलाई फेला पार्न असम्भव हुनेछ । सुरुमा, दुबै आक्रामक र रक्षात्मक कार्वाहीहरूमा हामीले शेकसँग लड्दै थियौं, हामी साना लडाइँबाट ठूला लडाइँतिर गयौं र पनि उसका ५ लाख सेनालाई ध्वस्त पार्न हामीले ३ लाख सेना प्रयोग ग¥यौं । उसका पाँच वटा औंलालाई टोक्न हामीले तीन वटा औंलाहरू प्रयोग ग¥यौं । हामी अल्पसंख्यामा थियौं, तब कसरी हामीले उनीहरूलाई खान सक्यौं त ? हामीले टुक्रा–टुक्रा पारेर खायौं । परिणाम यो भयो कि हामीले उनीहरूलाई निल्यौं ।”
–“तिमी तिम्रो तरिकाले लड र म मेरो तरिकाले लड्नेछु– फिलिस्तिनी मुक्ति संगठनको प्रतिनिधिमण्डलसंग कुराकानी”, मार्च १९६५, छानिएका रचना (अंग्रेजी) भाग– ९ पे. २१४–१५
५. रूप र सारबारे
“ब्रिटेन एउटा राजतन्त्र हो । के उसको राजा छैन त ? अमेरिकामा राष्ट्रपति प्रणाली छ । तिनीहरू दुबै बुर्जुवाअधिनायकत्व हुनाले एउटै हुन् । दक्षिण भियतनामको कठपुतली सरकारको राष्ट्रपति छ र उसको छिमेकमा क्याम्बोडियामा सिंहानूकको राजतन्त्रात्मक अधिराज्य छ । कुन चाहिं देश बढी राम्रो छ त ? मलाई सिंहानुक राजा भएको कम्बोडिया केही बढी राम्रो छ । भारतमा राष्ट्रपति प्रणाली छ, उसको छिमेकी नेपाल एउटा राजतन्त्रात्मक मुलुक हो । कुन चाहिं देश बढी राम्रो छ त ? यस्तो प्रतीत हुन्छ कि भारतभन्दा त्यो राजतन्त्रात्मक मुलुक (नेपाल) केही बढी राम्रो छ । यो अहिलेको उनीहरूको व्यवहारलाई हेरेर हो । पुरानो चीनमा तीनवटा राजा र पाँचवटा बादशाह थिए । चाउ वंशमा उनीहरूलाई राजा भनिन्थ्यो भने चीन वंशमा बादशाह भनिन्थ्यो । … यसरी देखिन्छ कि नाउँहरू (पदवीहरू) बारम्बार बदलिएका छन् । तर हामीले देख्न चाहेको कुरो नाउँको परिवर्तन होइन, किनकि समस्या नाउसँग होइन व्यवहारासँग हुन्छ. रूपसँग होइन, सारसँग हुन्छ ।”
–“कमरेड चाङ चुन–चियाओ र माओ बेन–यूआन्सँग तीनवटा भेटघाटमा कुराकानी” फरवरी १९६७ छानिएका रचना (अंग्रेजी), भाग–९ पे.३३०–३१ (अनु.कमल)
http://moolbato.com बाट साभार

No comments:
Post a Comment