Monday, February 29, 2016

दार्शनिक बहसका ‘कि नोट’ प्रश्नहरू - डम्बर खतिवडा

नेपाली राजनीतिमा दार्शनिक बहसको परम्परा खासै सबल छैन । केही टुटफुट वैचारिक तथा अर्थराजनीतिक चिन्तनलाई नै मानिसले दार्शनिक सवाल ठानिरहेका हुन्छन् । त्यसैका आधारमा आफू विचारवान र अरु विचारहीन भएको आरोप-प्रत्यारोप चलिरहेको हुन्छ । पुँजीवाद र साम्यवाद, नवउदारवाद र मार्क्सवादको वृत्तमा घुमेर निकै ठूलो दार्शनिक ज्ञान राखेको अहंकार पनि प्रदर्शित भइरहेको हुन्छ । वस्तुतः यो पगाहा लगाएको गाईले आफू चरेको क्षेत्रलाई मात्र चरन मैदान देखेजस्तो हो ।
Dambar-Khatiwadaदर्शनको प्रश्न त्यति सजिलो विषय होइन । दर्शनशास्त्रकै बहसमा आउने हो भने त्यो अलिक दुरुह, क्लिष्ट र बोझिलो पनि प्रतीत हुन सक्छ । जनसाधारणका लागि राजनीतिमा दर्शन, विचार वा सिद्धान्तको प्रश्न महत्त्वपूर्ण छैन । जनताले हेर्ने
भनेको कार्यदिशा, नीति तथा कार्यक्रम र कार्यशैली हो । तर, नीति तथा कार्यक्रम सही ढंगले निर्धारण गर्न राजनीतिज्ञ, प्रशासक तथा विषय विज्ञलाई दर्शनको ज्ञान आवश्यक हुन्छ ।
तसर्थ राजनीतिक दलहरूले विचार, दर्शनको बहस चलाउनैपर्छ । तर त्यसलाई बोझिलो, दुरुह र पूर्वाग्रहको रुप दिएर होइन । सरल र स्वाभाविक आवश्यकतामा आधारित भएर यो बहस चल्नुपर्छ । विद्धता छाँट्नका लागि शास्त्रीय बहस गर्ने युग अब सकियो । संसारका सबै असल राजनेतामा दर्शनशास्त्रको थोरबहुत ज्ञान थियो, छ र हुन्छ । तर, दर्शनको ज्ञान आडम्बर र उपदेशको विषय भने बन्नु हुँदैन ।
प्रवर्ग र आयाम
दर्शनशास्त्र एक समष्टिगत विषय हो । यसका पनि अनेक हाँगा छन् । ब्रह्माण्डको उत्पत्ति, विकास र विनाशसम्बन्धी चिन्तन सृष्टि विज्ञानले गर्छ । पदार्थहरूको अस्तित्व, संरचना, रूपान्तरणको अध्ययन तत्त्वशास्त्रले गर्छ । मानव मष्तिष्कको बनोट र ज्ञान प्रक्रियाको अध्ययन ज्ञानमिमांसाले गर्छ । कला, साहित्य, संस्कृति, सिनेमा र संगीतको समीक्षा गर्न सौन्दर्यशास्त्रको सहारा लिइन्छ । विश्लेषण पद्धतिको संस्थापना तर्कशास्त्रले गर्छ । मानव जीवनमा के गर्नु ठीक, के गर्नु बेठीक भनेर मानक निर्धारण गर्ने प्रयासलाई नीतिशास्त्र भनिन्छ ।
मानिसको आत्मिक प्रक्रियाको अध्ययन र साधनालाई अध्यात्म (चैतन्य अनुसन्धान) भन्ने गरिन्छ । यी दर्शनका मुख्य हाँगा हुन् । दर्शनका अनेक उपहाँगा छन् । तर, दर्शनका यी सबै ज्ञानशाखामा दुई कुरालाई ध्यान दिनुपर्ने हुन्छ । प्रवर्ग (क्याटोगरी) र आयाम (डिमेन्सन) । यी दुई चीज पनि काल (टाइम) र दिक (स्पेस)
को सापेक्षतामा हुन्छन् । नेपालमा के एउटा भ्रम छ भने वर्गचिन्तन निकै ठूलो दार्शनिक ज्ञान हो । यथार्थमा वर्ग भनेको आर्थिक प्रवर्ग मात्र हो । दर्शनशास्त्रमा वर्गको भन्दा प्रवर्गको धेरै ठूलो महत्त्व हुन्छ । प्रवर्ग र आयामलाई एकअर्कामा मिसमास गर्दा कैयौं दार्शनिक भ्रम उत्पन्न हुन सक्छन् ।कुनै अस्तित्व वा एकाइभित्र अन्तर्निहित विपरीत तर एकत्व भएका भाव प्रवर्ग हुन् ।
त्यसका पक्ष आयाम हुन् । अस्तित्व एक हुन्छ । प्रवर्ग दुई हुन्छ र आयाम अनेक (तीन वा तीनभन्दा बढी) हुन्छ । अस्तित्वलाई दुई वा अनेकमा, प्रवर्गलाई एक र अनेकमा, आयामलाई एक वा दुईमा बुझियो भने दर्शनको बहस कहिल्यै ठीक ठाउँमा आउँदैन । भन्नेले एउटा कुरा भनिरहेको हुन्छ, सुन्नेले अर्कै कुरा बुझ्दै र खण्डन गर्दै हुन्छ ।
राजनीतिक दलहरूले विचार, दर्शनको बहस चलाउनैपर्छ । तर त्यसलाई बोझिलो, दुरुह र पूर्वाग्रहको रुप दिएर होइन ।
प्रवृत्ति र प्रविधि
दार्शनिक बहसमा हुने अर्को समस्या पदार्थलाई प्रवृत्तिमा, प्रवृत्तिलाई पदार्थका रुपमा बुझ्नु हो । पदार्थभित्रका रहस्य, नियमहरूको ज्ञान र मानव उपयोगी रुपान्तरण नै प्रविधि हो । प्रविधिको विकास स्पाइरल हुन्छ । मानवीय मनोवृत्ति वा चित्तदशालाई प्रवृत्ति भनिन्छ । यो स्पाइरल नभएर इन्टरफेरेन्समा हुन्छ । तर, धेरै मानिस मानवीय मनोवृत्ति पनि स्पाइरल वा लिनियर हुन्छ भन्ने ठान्छन् । पदार्थ र प्रवृत्तिलाई समान नियममा दाँजिरहेका हुन्छन् । मानवीय मनोवृत्तिमा चोर साधु हुन र साधु चोर हुन सम्भव छ । तर प्रविधिमा मान्छे कम्प्युटरबाट टाइपराइटरमा फर्कँदैन । टाइपटाइटरबाट लिथो मेसिनमा फर्कँदैन । कार वा जिप छोडेर बयलगाडातिर फर्कने इच्छा गर्दैन । यसको अर्थ हो कि भौतिक विकास र आत्मिक विकासको नियम समान छैन । मान्छे यी दुवै नियमको बीचबाट हिँडिरहेको हुन्छ । भौतिक प्रश्नलाई आत्मिकजस्तो र आत्मिक प्रश्नलाई भौतिकजस्तो ठानेपछि भ्रम त हुन्छ, हुन्छ ।
अध्यात्मवाद र भौतिकवाद
अध्यात्मवाद र भौतिकवादलाई दर्शनका परस्परविरोधी दुई फरक धार, शत्रुतापूर्ण र निषेधकारी धारका रुपमा बुझ्नु दार्शनिक बहसको अर्को समस्या हो । ईश्वरवाद, कर्मकाण्ड, रुढीवाद, अन्धविश्वास, भाग्यवाद आदि चिजलाई नेपालमा अध्यात्मवादसँग जोडेर हेरिन्छ, जुन बिल्कुलै दार्शनिक अज्ञानता हो ।
अध्यात्मवाद (स्प्रिचुआलिज्म) र आदर्शवाद (आइडियलिज्म) भनेको एउटै कुरा होइन । अध्यात्मवाद र भौतिकवाद भनेको एउटा अस्तित्वका दुई प्रवर्ग हुन् ।
जस्तो कि दिन र रात । मान्छे दिनवादी वा रातवादी हुनै सक्दैन । मान्छे आराम गरेर रातको उपयोग गर्छ, त्यही सञ्चित ऊर्जाका कारण दिनको उज्यालोमा काम गर्दछ । कामबिना आराम वा आरामबिना काम सम्भव हुँदैन । त्यसरी नै अध्यात्म भनेको आफूद्वारा स्वयं आफ्नो चित्तवृत्तिको अध्ययन र उपयोग हो ।
भौतिकता भनेको आफू बाहिरको संसारसँगको अन्तक्रिया  हो । अध्यात्म ज्ञानको अन्तर्मुखी प्रक्रिया हो । भौतिकवाद ज्ञानको बाह्यमुखी प्रक्रिया हो । यी दुवै ज्ञान मान्छेलाई एक साथ चाहिन्छ । अनि, मात्र सन्तुलित र जागरुक मानवको जन्म हुन सक्छ ।
पूर्वीय र पाश्चात्य दर्शन
नेपालमा भौतिकवादी चिन्तन पाश्चात्य जगत्बाट आयो । पाश्चात्य ज्ञान पूर्वीय ज्ञानझैँ गहिरो थिएन । तसर्थ, त्यहाँ अध्यात्मको अर्थ कर्मकाण्डवाद र भौतिकवादको अर्थ ज्ञानविज्ञानको अनुसन्धान लाग्नु स्वाभाविक थियो ।
मार्क्सवादी चिन्तनलाई अन्ध समर्थन गर्दा नेपालमा पनि अध्यात्मवादको अर्थ रुढीवाद भनेर लगाइयो, जो सही थिएन ।
मार्क्सवादले पादरवादी पाण्डित्यवादको खण्डन गर्यो । अनुसन्धान र आविष्कारमा आधारित विज्ञान (भौतिकवाद) को समर्थन गर्यो, त्यो ठीक गर्यो । तर, मार्क्सले पूर्वीय दर्शन र ज्ञान परम्पराको अध्ययन नै गरेका थिएनन् । यो उनको दोष थिएन । पूर्वीय दर्शनका सन्दर्भ स्रोतमा उनको पहुँच नपुग्नु स्वाभाविक थियो । भाषिक कठिनाइ पनि थिए सायद ।
मार्क्ससँग योग, ध्यान, चैतन्य अनुसन्धान (मनोविज्ञान) र बुद्धिजम्को ज्ञान नै थिएन । तसर्थ उनले अध्यात्मको महत्त्व बुझेनन् । उनले नबुझ्नु स्वाभाविक थियो, तर दक्षिण एसियाली मार्क्सवादीले त्यसको अन्धानुकरण गर्नु हुँदैनथ्यो । नेपालमा पूर्वीय दर्शनका सम्पदा र स्रोतलाई प्रतिक्रान्तिकारी विचारका रुपमा चित्रण गर्ने प्रयास गरियो । मार्क्सवादी चिन्तनलाई अन्ध समर्थन गर्दा नेपालमा पनि अध्यात्मवादको अर्थ रुढीवाद भनेर लगाइयो, जो सही थिएन ।
पाश्चात्य चिन्तन विज्ञानको चिन्तन हो । विज्ञानले सुविधा सिर्जना गर्छ । तसर्थ, यो अत्यावश्यक छ । तर, सुविधाले सुःख वा सन्तुष्टि सिर्जना गर्छ भन्ने ग्यारेन्टी छैन । त्यसैले हामीलाई ध्यानको विज्ञान पनि चाहिन्छ । त्यसले फरक प्रकारको मौलिक शास्त्र, खुसीशास्त्रको जन्म गराउन मद्दत गर्छ । आत्मक्रान्तिबिना सामाजिक क्रान्ति बलियो र दीगो हुँदैन भन्ने कुरा संसारभरि नै पुष्टि भएको छ ।
निषेध कि गतिशील सन्तुलन ?
मार्क्सवाद द्वन्द्ववादमा एउटा नियम छ- नेगेसन टु नेगेसन । यो नियमको व्याख्या र बुझाइमा निकै समस्या देखिए । विरोधी वा प्रतिस्पर्धीलाई शत्रु वा वर्ग दुश्मनका रुपमा बुझ्ने र निषेध गर्न सकिने निष्कर्ष निकाल्नुको मुख्य कारण यही नियम थियो । यथार्थमा कुनै पनि पदार्थ वा प्रवृत्तिको निषेध सम्भव छैन । पदार्थ वा प्रवृत्ति स्वयं सृष्टिका उपज हुन् । ती एकबाट अर्कोमा निरन्तर रुपान्तरण र परिवर्तन भइरहन्छन् । तसर्थ, संसार निषेधमा होइन, गतिशील सन्तुलनमा क्रियाशील हुन्छ ।
समाज विज्ञानमा वा अर्थराजनीतिमा बारम्बार प्रयोग हुने दुई फरक प्रवर्ग जस्तै, व्यक्तिवाद र समुदायवाद, पुँजीवाद र साम्यवाद, निजत्व र सामाजिकता, श्रम र पुँजी, निजी स्वामित्व र सार्वजनिक स्वामित्व, बजारवाद र समाजवाद, लेफ्ट र डेमोक्रयाट्स यी एकले अर्कालाई कहिल्यै निषेध गर्न सक्दैनन् । मान्छेले निषेध गर्न खोजेर सृष्टिको नियम निषेध हुँदैन । यिनीहरूको रुप र मात्रा परिवर्तन हुन्छ । सामाजिक भूमिकाको स्तर र फैलावको आयतन परिवर्तन हुन्छ । तर, मानव जीवनका लागि दिन र रातझैैं यी दुवै चिज एक साथ अस्तित्वमा हुन्छन् । त्यो नै वास्तविक द्वन्द्ववाद हो ।
सिद्धान्तले मानव जीवनको कुनै एक पाटोको अध्ययन गरिरहेका हुन्छन्, तर मानव जीवनको भोगाई भने समष्टिमा हुन्छ । सिद्धान्त र जीवनबीचको मुख्य अन्तर्विरोध नै यही हो ।
गतिशील सन्तुलनको अर्थ यथास्थिति वा वर्ग समन्वय होइन । बरु परस्परविपरीत र एकत्वमा भएका प्रवर्गबीचको एउटा यस्तो सन्तुलन हो, जसले गति (परिवर्तन वा विकास) लाई पनि रोक्दैन, कसैले कसैलाई निषेध (पूर्ण, अन्तिम अन्त्य) पनि गर्दैन । अर्थात् राजनीतिमा विरोधी विचार र शक्ति शत्रु मात्र होइनन्, ती एक साथ मित्र र प्रतिस्पर्धी पनि हुन् । किनकि नकारात्मक शक्तिको अस्तित्वबिना सकारात्मकको चाहना तीव्र हुँदैन, फलतः गतिशीलता पनि कायम हुँदैन ।
सोभियत संघ वा पूर्वी युरोपको पतन यही दार्शनिक यथार्थलाई बुझ्न नसक्दा भएको थियो । यसको अर्थ हो, आफूलाई द्वन्द्ववादी दाबी गर्नेहरूको व्यवहार साँच्चै द्वन्द्ववादी हुन्छ भन्ने ग्यारेन्टी गर्न सकिन्न । मुखले द्वन्द्ववादको कुरा गर्नेहरूले पनि व्यवहारमा एकांकी चिन्तन र व्यवहारलाई समातेका हुन सक्छन् ।
आयाम तीन होइन, अनेक छन्
सामान्यतः त्रिआंगिक सिद्धान्तको अभ्यास त्रिआयामी चिन्तनबाट बनेको हो । तर, आयाम तीन मात्र हुँदैन । सिक्का दुई पाटा हुन्छ गाई (हेड) र त्रिशूल (टेल) । डाइसको गोटी छ पाटा हुन्छ । कुन सत्य हो ? दुवै सत्य हुन् । मानव जीवन स्वयं बहुआयामिक छ । यौन, अहं, धन, शक्ति, ज्ञान आदि अनेक भाव मानिस जीवनमा एक साथ हुन्छन् । मार्क्सवादीले यौनको चाहना नराख्ने वा फ्राइडवादीले धनको चाहना नराख्ने भन्ने हुँदैन । मार्क्सवादी यौनबिनै जन्मन र फ्राइडवादी भात नै नखाई यौनक्रिया मात्र गरेर बाँच्न सक्दैन ।
यसको अर्थ हो, सिद्धान्तले मानव जीवनको कुनै एक पाटोको अध्ययन गरिरहेका हुन्छन्, तर मानव जीवनको भोगाई भने समष्टिमा हुन्छ । सिद्धान्त र जीवनबीचको मुख्य अन्तर्विरोध नै यही हो ।
त्यसैले सिद्धान्तभन्दा जीवन जहिल्यै महत्त्वपूर्ण हो । सिद्धान्त त्रिआंगिक नै बनाउनुपर्छ भन्ने छैन । सिद्धान्त चातुरांगिक, पाञ्चांगिक, षाष्ठागिंक, साप्तांगिक वा आष्ठागिंक पनि हुन सक्छ । सिद्धान्त सृष्टि र जीवनको सम्बन्धलाई बुझ्ने प्रयास हो । जतिधेरै बुझ्न सकिन्छ, त्यति धेरै सिद्धान्त विकसित हुन्छ । तसर्थ कुनै एउटा कालखण्डमा बनाएको सिद्धान्तमा सधैँभरि लड्किरहनु पर्छ, अलिकति तलमाथि हुनेबित्तिकै अनैतिक हुइन्छ भन्ने सोच जड नैतिकतावादी सोच हो ।
पाञ्चांगिक सिद्धान्तको अर्थ
यतिखेर केही मान्छे नयाँ शक्तिलाई सिद्धान्तहीन भएको आरोप लगाउँदै छन्, तर नयाँ शक्तिभित्रको बहस र प्रयास भने फरक छ । नयाँ शक्ति त्रिआंगिकबाट फड्को मारेर पाञ्चागिक सिद्धान्त निर्माणको प्रयास गरिरहेको छ । यही नै अन्तिम सत्य हो भन्ने छैन । अझ बढी सिर्जनशील मान्छेहरू आउँछन् र सिद्धान्तलाई अझ बढी मानव उपयोगी बनाउँछन् भने त्यसलाई सधैँ स्वागत छ ।
कार्यदिशाका हिसाबले नयाँ शक्ति लेफ्ट-डेमोक्र्याट हुनेछ । राजनीतिक रुपमा यो पनि एक दार्शनिक निष्कर्ष नै हो । यसको अर्थ एकदमै सरल छ, यो सारमा प्रगतिशील हुने छ, रुपमा पूर्ण लोकतान्त्रिक हुनेछ
एक- यसमा कुनै शंका छैन कि नयाँ शक्ति द्वन्द्वात्मक भौतिकवादी नै हुनेछ, तर कुनै खास व्यक्ति वा दार्शनिकले निर्माण गरेको सेट थेओरीमा आधारित भएर होइन । नेपालको विशिष्टता, पूर्वीय दर्शनमा भएको चैतन्य अनुसन्धानको प्रक्रिया, विज्ञानमा भएका नयाँ आष्विकारको समेत जगमा उभिएर द्वन्द्वात्मक भौतिकवादको समृद्धीकरण गर्नुपर्छ ।
दुई- त्यसको एउटा समाजशास्त्र हुन्छ, जसले वर्ग र सामाजिक तप्काहरूको उत्थान र पुनरोत्थान कसरी भइरहेको छ भन्ने प्रश्नलाई पछिल्ला आयामसहित हेर्ने छ ।
जाति, भाषा, धर्म , संस्कृति, इतिहास, परम्परा, पहिचान, सभ्यता र राष्ट्रियताको निर्माण, पुनर्निर्माण प्रक्रियामा नयाँ आयाम थप्ने प्रयास गर्ने छ ।
तीन- त्यसको एउटा राजनीतिशास्त्र हुन्छ, जसले लोकतन्त्रको अझ बढी विकासको प्रयास गर्छ, प्रतिनिधिमूलक वा कम्युुन वा सोभियत लोकतन्त्रका बदलामा सहभागितामूलक लोकतन्त्रको पैरवी गर्छ । लोकतन्त्रको एउटा नयाँ, फरक अझ आधुनिक र समृद्ध ढाँचा निर्माणको प्रयास गर्नेछ । त्यसमा लोकतन्त्रका आजसम्म विकास भएका अनेक ढाँचाका असल पक्ष संश्लेषित भएका हुनेछन् । साथै थुप्रै नयाँ आयाम थप्ने प्रयास हुनेछन् ।
चार- त्यसको एउटा अर्थशास्त्र हुन्छ, जसले श्रम र पुँजीबीच निषेध होइन, गतिशील सन्तुलनको खोजी गर्नेछ, बजार र राज्यको भूमिकाबीच निषेध होइन, गतिशील सन्तुलन खोज्ने छ । त्यसले श्रमलाई शोषित हुन पनि दिने छैन, तर तथाकथित श्रमवादका नाममा पुँजीको वृद्धि र विकासलाई पनि रोक्नेछैन, अर्थतन्त्रको गतिशील चरित्रलाई पनि व्यवधान गर्ने छैन । त्यसले बजार-समाजवादको बाटो अवलम्बन गर्छ । त्यसले देशको विकास, सुशासन र समृद्धिलाई उच्च महत्त्व दिएर नीति तथा कार्यक्रम बनाउँछ ।
पाँच- त्यसको एउटा भिन्नै खुसीशास्त्र, मनोविज्ञानशास्त्र हुन्छ । जसले ‘ह्युमन ह्यापिनेस’ को रहस्य बुझ्न र प्रवर्द्धन गर्न मद्दत गर्छ । यस प्रक्रियामा योग, ध्यान, दान, करुणा, मनोक्रान्तिजस्ता पूर्वीय दर्शनका सम्पदालाई उपयोग गर्ने प्रयास गरिनेछन् । कैयौं मनोवैज्ञानिक विश्लेषण पद्धति, सम्पदा र संस्कृति यस प्रक्रियामा सामेल हुनेछन् । सन्तुलित व्यक्तिगत जीवन निर्माण गर्न यस प्रक्रियाले मद्दत गर्ने छ । अधिकांश मानिसले सन्तुलित जीवन पद्धति अपनाउन सकेमा सामाजिक जीवनपद्धति पनि सम्यक हुँदै जानेछ । उच्च नैतिक मूल्य र सदाचार प्रवर्द्धन गर्ने प्रयासमा सिद्धान्तको यो शाखाले मद्दत गर्नेछ ।
लेफ्ट-डेमोक्र्याट कार्यदिशाका हिसाबले नयाँ शक्ति लेफ्ट-डेमोक्र्याट हुनेछ । राजनीतिक रुपमा यो पनि एक दार्शनिक निष्कर्ष नै हो । यसको अर्थ एकदमै सरल छ, यो सारमा प्रगतिशील हुने छ, रुपमा पूर्ण लोकतान्त्रिक हुनेछ ।
लेफ्ट- डेमोक्र्याट
हुनु नयाँ शक्तिका लागि दुई खुट्टाको यात्रा हो । लेफ्ट मात्र भएर देब्रे खुट्टाले मात्र हिँड्न सक्दैन । डेमोक्र्याट मात्र भएर दाइने खुट्टाले मात्र हिँड्न सकिँदैन । हिँडे पनि त्यो एकांकी हिँडाइ हुन्छ । दुई खुट्टाको गतिशील सन्तुलनमा हिँड्ने प्रयासले नै यात्रा अगाडिको हुने छ । यतिखेर अगाडि भनेकै विकास, सुशासन, समृद्धि र मानवीय खुसी हो । त्यसको आधार स्वाधीनता, समावेशिता र सदाचारबाट निर्मित हुने छ ।
अन्त्यमा
स्वयं सृष्टिजस्तै मान्छे गतिशील प्राणी हो । जति नै जान्ने, ज्ञानी र अध्ययनशील मान्छेका पनि ज्ञानका सीमा हुन्छन् । मान्छे विशेषज्ञ हुन सक्छ, तर सर्वज्ञ हुन सक्दैन । आफूलाई सर्वज्ञ ठानेर अरुलाई केही पनि नजानेजस्तो देखाउनु नेपाली राजनीतिको सनातन धर्म हो । त्यो परम्परालाई धान्नेहरूले कुनै गतिलो काम गरेको मान्न सकिन्न ।
नयाँ शक्तिमा जे जति मान्छे लागेका छन् वा लग्दै छन, सबै मुर्ख भएर लागेका होइनन् । उनीहरूसँग पनि ज्ञान र अध्ययनको आफ्नै अनुभव छ । अझ धेरै ज्ञान, विज्ञानले ओतप्रोत भएका साथी हुनुहुन्छ भने बाँड्नुस् आफ्नो ज्ञान, ध्यानले सुनौला । कुरा र योजनामा दम छ भने आफ्ना कुरा स्थगित गरौँला, तपाईंहरूकै कुरा मानौँला । कुनै पनि सिर्जनशील प्रक्रियामा नआउने, केवल प्रतिशोधपूर्ण टिप्पणी मात्र गरिरहने हो भने त्यो पूर्वाग्रह बन्न पुग्छ, त्यसको कुनै उपचार हुन सक्दैन ।
फेरि एकपटक दोहोर्याउन चाहन्छु, कुनै अमूक समयमा कुनै अमूक दार्शनिकले यसो भनेको थिए, त्यसबाट च्युत भइयो भने अनैतिक हुन्छ भन्ने चिन्तन जड नैतिकतावादी चिन्तन हो, जो जानेर वा नजानेर गति, परिवर्तन र विकासको विरुद्धमा हुन पुग्दछ ।
http://www.onlinekhabar.com बाट साभार 

Thursday, February 4, 2016

कसरी आउँछ समाजवाद ? (अब पुँजीपति र विज्ञान-प्रविधिको प्रतिनिधित्व गर्ने वर्गबीच हुन्छ वर्गसंघर्ष) - रमेश सुनुवार


नेपाली क्रान्तिको कार्यक्रमको व्याख्या

(हामी विज्ञान–प्रविधिको वर्तमान भूमिकालाई संश्लेषण गरेर समाजवादी क्रान्तिको लागि उपयोग गर्न चाहन्छौं)
मार्क्सवादको सृजनात्मक विकासको लागि स्थापित मार्क्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठानले आरम्भ गरेको ‘नेपालमा समाजवाद’ सम्बन्धी बहसको पहिलो शृंखला सम्पन्न भएको छ । त्यसमा ‘नेपाली क्रान्तिको कार्यक्रम’ शीर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रको संक्षिप्तताको कारण र केही अन्य कारणहरुले गर्दा धेरै प्रश्नहरु उठेका छन् । तिनीहरुमध्ये केही महत्वपूर्ण प्रश्नहरुको स्पष्टीकरणको लागि यो आलेख तयार गरिएको छ ।
कीटनाशक विषादी पचाउने मार्क्सवादीलाई प्रश्न र बधाइ !
छलफलको क्रममा एकजना टिप्पणीकर्ता विद्वान् मित्रले कीटनाशक विषादी पचाउने कीराको उदाहरण दिँदै मार्क्सवादी कीरा बनेर मार्क्सवादको विरुद्ध छरिएको कीटनाशक विषादी पचाइदिने भीष्मप्रतिज्ञा गर्नुभएको छ । त्यसको लागि उहाँलाई मेरो हार्दिक बधाइ तथा शुभकामना ! तर म विनम्रतापूर्वक उहाँलाई यो जानकारी पनि गराउन चाहन्छु कि जुन कीराले कीटनाशक विषादी पचायो, त्यसको पनि आन्तरिक संरचनामा परिवर्तन भएको छ । त्यसको जीवनशक्ति, रसायन, हर्मोन, अंगप्रत्यंग, आदिमा केही परिवर्तन र विकास भएपछि मात्र त्यसले विषादी पचाउन सकेको हो । नत्र पहिले किन पचाएन त ? अहिलेसम्म त्यसले के पर्खेर बसेको थियो ? अब यसरी विषादी पचाउन सक्नेगरी परिवर्तन भएको कीरा पहिलेकै कीरा त हुँदै होइन । त्यसले विषादी पनि पचाएको छ र सँगसँगै आफू पनि पचेको छ ।
एकजना टिप्पणीकर्ता विद्वान् मित्रले कीटनाशक विषादी पचाउने कीराको उदाहरण दिँदै मार्क्सवादी कीरा बनेर मार्क्सवादको विरुद्ध छरिएको कीटनाशक विषादी पचाइदिने भीष्मप्रतिज्ञा गर्नुभएको छ । मेरो हार्दिक बधाइ तथा शुभकामना ! तर म विनम्रतापूर्वक अनुरोध गर्छु कि जुन कीराले कीटनाशक विषादी पचायो, त्यसको पनि आन्तरिक संरचनामा परिवर्तन भएको छ ।
त्यसैगरी, यदि वातावरण नै बदलिएको छ भने, त्यो बदलिएको वातावरणलाई कुनै परिवर्तनबिना पचाउन सकिँदैन । उदाहरणको लागि, सेतो रंगको कीरा कालो रंंगको वातावरणमा गयो भने त्यसले आफूलाई कालो रंगको बनाउनुपर्दछ । नत्र त्यो बाँच्न सक्दैन । कालो रंगको कीरा सेतो रंगको वातावरणमा गयो भने, त्यसले आफूलाई सेतो रंगको बनाउनु पर्दछ । नत्र त्यो बाँच्न सक्दैन । यदि कसैले वातावरणलाई नै पचाइदिन्छु भन्छ भने, त्यसको नियति डाइनोसरको जस्तो हुनेछ, जुुन पृथ्वीमा आएका प्राणीहरुमध्ये सबभन्दा ठूलो भएर पनि लोप भयो । त्यसकारण विद्वान् मित्रले मार्क्सवादमा कुनै विकास नगरी मार्क्सवादको सामु आएका चुनौतीहरुलाई त्यतिकै पचाइदिन्छु भनेर सोच्नुभएको छ भने त्यो गलत हुनेछ ।
त्यसैगरी, यदि उहाँले सबै चुनौतीहरुलाई विषादी नै ठान्नुभएको छ भने त्यो पनि गलत हुनेछ । सबै चुनौतीहरु विषादी हुँदैनन् । उदाहरणको लागि, पूँजीवादलाई सामन्तवादबाट आउने चुनौती विषादीजस्तै हुन्छ र समाजवादबाट आउने चुनौती थप विकासको लागि उत्पे्ररक हुन्छ । मकैको दानालाई आगोमा डढाउँदा पनि नष्ट हुन्छ र जमिनमा रोप्दा पनि नष्ट हुन्छ । आगोमा डढाउनु विषादी छर्कनुजस्तै हो र त्यसलाई जमिनमा रोप्नु त्यसलाई जीवन प्रदान गर्नुजस्तै हो ।
samajvad
हामी मार्क्सवादलाई विकसित र समृद्ध बनाउँदै लान चाहन्छौँ । यदि मार्क्सवाद विज्ञान हो भने, यसमा निरन्तर परिवर्तन र विकास आवश्यक हुन्छ, जुन हरेक विज्ञानको अनिवार्य शर्त हो । त्यसकारण हामीलाई कुनै पनि विषादी पचाउने कीराको चिन्ता छैन । यस्ता कीरालाई नष्ट गर्दै जानुपर्छ, जसले मार्क्सवादको रक्षा गर्ने नाममा मार्क्सवादलाई नै थोत्रो बनाउँदछन् । हामीले मार्क्सवादको सामुु देखिएका वर्तमान चुनौतीहरुलाई मार्क्सवादमा थप विकास र समृद्धिको लागि अवसरको रुपमा लिएका छौँ ।
पहिलो प्रश्नबारे
अब हामी छलफलको क्रममा उठेका महत्वपूर्ण प्रश्नहरुको स्पष्टीकरणमा केन्द्रित हुन्छौँ । यहाँ हाम्रो अभीष्ट टिप्पणीकारहरुलाई प्रत्यूत्तर दिनु होइन । उहाँहरुले हाम्रो आग्रहलाई स्वीकार गरेर कार्यक्रममा सहभागी भइदिनुभयो र कार्यपत्रमाथि सर्वाङ्गीण समीक्षा गर्नुभयो, त्यसको लागि हामी उहाँहरुप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यहाँ हाम्रो अभीष्ट यसको माध्यमबाट कार्यपत्रमा उल्लेखित धारणाहरुलाई थप व्याख्या गर्नु र स्पष्ट बनाएर जनसमक्ष प्रस्तुत गर्नु हो ।
विज्ञान–प्रविधिलाई प्रमुख भूमिका दिएर वर्ग–संघर्षलाई छोडियो भन्ने तर्क गरिएको छ । विज्ञान–प्रविधिलाई प्रमुख भूमिका दिनु वर्ग–संघर्षलाई छोड्नु होइन । किनभने वर्ग–संघर्ष भनेको मानिसहरुको बीचमा हुने प्रत्यक्ष संघर्ष होइन ।
पहिलो प्रश्न उत्पादक शक्तिको रुपमा विज्ञान प्रविधिको विकासको सम्बन्धमा छ, दोस्रो प्रश्न नेपाली समाजको स्वरुपको सम्बन्धमा छ र तेस्रो प्रश्न पूँजीवादको समानान्तरमा समाजवादको निर्माणको सम्बन्धमा छ । मूलतः यिनै प्रश्नहरुको स्पष्टीकरणमा केन्द्रित रहेर यिनीहरुसँग सम्बन्धित अन्य प्रश्नहरुको पनि स्पष्टीकरण दिने प्रयत्न गरिनेछ ।
विज्ञान–प्रविधि प्राचीन कालदेखि नै थियो भन्ने तर्क गरिएको छ । तर के प्राचीन कालको ढुंगाको हतियार (औजार) र आजको स्वचालित यन्त्र एउटै हो ? एकपटक आगो जलाएपछि त्यसलाई निभ्न नदिएर जोगाइराख्ने मानव र आगो उत्पन्न गर्ने अनेकौँ उपायहरु जान्ने मानव एउटै हो ? आगो र चक्काको आविष्कार धेरै पहिले भएको थियो । तर के घोडाले तान्ने वा मानिसले ठेल्ने गाडामा प्रयोग भएको चक्का र वाष्प–इन्जिन वा पेट्रोल–इन्जिनमा प्रयोग भएको चक्काको भूमिका एउटै हो ? काँचो मासु र कन्दमूल पोल्न प्रयोग गरिएको आगो र इन्जिन चलाउन तथा बम विस्फोट गराउन प्रयोग गरिएको आगोको भूमिका एउटै हो ? जंगलमा घुमेर हिँड्ने ७० हजार वर्षअगाडिको मानव र आजको सभ्य मानव एउटै हो ? एउटा बच्चा र वयस्क मानिस एउटै हो ?
विज्ञान–प्रविधि प्राचीन कालदेखि नै थियो भन्ने कुरामा कुनै शंका छैन तर आज त्यसको भूमिका बदलिएको छ । आफ्नो विकासको स्तरअनुसार त्यसको भुमिका पनि बदलिन्छ । विगतमा आफ्नो निम्न विकासस्तरको कारण त्यसले जुन भुमिका निर्वाह गर्नसक्दैनथ्यो, आफ्नो उच्च विकासस्तरको कारण आज त्यसले त्यो भूमिका निर्वाह गर्नसक्दछ ।
श्रमिकहरु पनि प्राचीन कालदेखि नै थिए, तर उन्नाइसौँ शताब्दिमा मात्र उनीहरु सत्ताधारी वर्ग बन्नयोग्य भए । वर्गहरु पनि प्राचीन कालदेखि नै थिए, तर वर्तमान समयमा मात्र तिनीहरुलाई अन्त्य गर्ने अवस्था सृजना भएको छ । समाजवाद पनि पहिलेदेखि नै थियो, तर मार्क्सको समयमा मात्र त्यो साकार हुने अवस्थामा पुग्यो । त्यसैगरी विज्ञान–प्रविधि पनि पहिले गौण, सहायक थियो, तर अहिले प्रधान, निर्णायक बनेको छ । विकासवादको नियम यही हो— जुन कुरा पहिले गौण हुन्छ, त्यो पछि प्रधान बन्दछ र जुन कुरा पहिले प्रधान हुन्छ, त्यो गौण बनेर लोप हुन्छ ।
‘पहिले नै थियो’ भन्ने तर्कबाट त मार्क्सले पनि केही गरेका थिएनन् भन्ने निष्कर्ष निस्किन्छ । किनभने उनले जुन–जुन आधारमा आफ्नो सिद्धान्तको निर्माण गरेका थिए, तिनीहरु त पहिले नै थिए । द्वन्द्ववाद पनि पहिले नै थियो, भौतिकवाद पनि पहिले नै थियो, अतिरिक्त मूल्यको सिद्धान्त पनि पहिले नै थियो, इतिहासको भौतिकवादी धारणा र वर्ग–संघर्षको सिद्धान्त पनि पहिले नै थियो र समाजवाद पनि पहिले नै थियो । अनि मार्क्सले के गरे त ?
मार्क्सले विज्ञान–प्रविधिले श्रमलाई तन्काउँछ भन्नुको तात्पर्य श्रमकाललाई तन्काउँछ भन्ने हो । विज्ञान–प्रविधिले श्रमलाई विस्थापन गर्ने हुँदा श्रमिकको ज्याला घट्दछ, परिणामस्वरुप श्रमिकले पहिले जति ज्याला प्रप्त गर्न थप काम गर्नु पर्दछ । एउटा स्वीटर तयार गर्दा पाउने ज्याला यन्त्रको प्रयोग गरेपछि दुईवटा स्विटर तयार गर्दा मात्र प्रप्त गर्न सक्दछ ।
मार्क्सले पहिले भएका ती सबै कुराहरुको संश्लेषण गरेर नयाँ निष्कर्ष निकाले, जुन मार्क्सको समयमा मात्र संभव हुन्थ्यो । त्यो एउटा ऐतिहासिक कार्यभार थियो । अहिले विज्ञान–प्रविधिको सम्बन्धमा पनि यही कुरा लागू हुन्छ । हामी विज्ञान–प्रविधिको वर्तमान भूमिकालाई संश्लेषण गरेर समाजवादी क्रान्तिमा उपयोग गर्न चाहन्छौँ ।
विज्ञान–प्रविधिलाई प्रमुख भूमिका दिएर वर्ग–संघर्षलाई छोडियो भन्ने तर्क गरिएको छ । विज्ञान–प्रविधिलाई प्रमुख भूमिका दिनु वर्ग–संघर्षलाई छोड्नु होइन । किनभने वर्ग–संघर्ष भनेको मानिसहरुको बीचमा हुने प्रत्यक्ष संघर्ष होइन । यो त उत्पादक शक्ति र उत्पादन सम्बन्धको बीचमा हुने अन्तर्विरोध, एक प्रकारको उत्पादक शक्ति र अर्को प्रकारको उत्पादक शक्तिको बीचमा हुने अन्तर्विरोध नै समाजमा वर्ग–संघर्षको रुपमा अभिव्यक्त हुने हो । वर्गहरुले यिनै दुई पक्षहरुको प्रतिनिधित्व गर्दछन् । विगतमा पूँजीपति वर्गले पूँजीको प्रतिनिधित्व गर्दथ्यो र श्रमिक वर्गले श्रमको प्रतिनिधित्व गर्दथ्यो । परिणामस्वरुप पूँजीपति वर्ग र श्रमिक वर्गको बीचमा वर्ग–संघर्ष हुन्थ्यो । अब पूँजीको प्रतिनिधित्व गर्ने पूँजीपति वर्ग र विज्ञान–प्रविधिको प्रतिनिधित्व गर्ने वर्गको बीचमा वर्ग–संघर्ष हुन्छ, र विज्ञान–प्रविधिको प्रतिनिधित्व समाजवादका निर्माताहरुले गर्दछन् ।
निर्जीव प्रविधि निर्णायक हुँदैन, चेतनशील मानव–श्रम नै निर्णायक हुन्छ भन्ने तर्क गरिएको छ । सबैलाई थाहा भएको कुरा हो कि मार्क्सवादी दर्शनले भौतिक तत्वलाई प्रधान, निर्धारक र चेतनालाई गौण, निर्धाय मान्दछ । मार्क्सको शब्दमा ‘मानिसहरुको चेतनाले उनीहरुको अस्तित्वलाई निर्धारण गर्दैन, बरु उनीहरुको सामाजिक अस्तित्वले उनीहरुको चेतनालाई निर्धारण गर्दछ ।’ (कार्ल मार्क्स, राजनीतिक अर्थशास्त्रको समीक्षा) ‘जीवन चेतनाद्वारा निर्धारित हुँदैन, बरु चेतना जीवनद्वारा निर्धारित हुन्छ’ (मार्क्स—एंगेल्स, जर्मन विचारधारा) ।
मार्क्सभन्दा पहिले इतिहासकारहरुले, समाजशास्त्रीहरुले सामाजिक घटनाहरुको कारण मानिसहरुको चेतनामा, विचारमा खोज्दथे; इतिहासको निर्माता महापुरुषलाई मान्दथे । तर मार्क्सले त्यसलाई उल्ट्याएर स्वयं मानिसको चेतना र विचार समाजको भौतिक तत्वको परिणाम हो भन्ने धारणा अगाडि ल्याए, जसलाई ‘इतिहासको भौतिकवादी धारणा’ भनिन्छ । यो धारणा ऐतिहासिक विज्ञानमा, समाजविज्ञानमा मार्क्सवादको सबभन्दा ठूलो योगदान थियो, किनभने यसकै आधारमा अब सामाजिक घटनाहरुको विश्लेषण र निर्धारण प्रकृति विज्ञानमा जस्तै अचूक ढंगबाट गर्न सकिने भयो । अब अचेत विज्ञान–प्रविधि र सचेत मानव–श्रममध्ये कुन प्रधान र निर्णायक होला, विचार गर्नुहोस् ।
पहिले पूँजीपति वर्ग र श्रमिक वर्गको बीचमा वर्ग–संघर्ष हुन्थ्यो । अब पूँजीको प्रतिनिधित्व गर्ने पूँजीपति वर्ग र विज्ञान–प्रविधिको प्रतिनिधित्व गर्ने वर्गको बीचमा वर्ग–संघर्ष हुन्छ, र विज्ञान–प्रविधिको प्रतिनिधित्व समाजवादका निर्माताहरुले गर्दछन् ।
विज्ञान–प्रविधिले मानव श्रमलाई घटाउँदैन, अझ बढाउँछ भन्ने तर्क गरिएको छ । यसको अर्थ एउटा यन्त्रले जति मानव–श्रमको प्रतिस्थापन गर्दछ, त्यसभन्दा धेरै बढी मानव–श्रम त्यो यन्त्रको निर्माण गर्दा लाग्दछ भन्ने हुन्छ । यदि त्यसो भएको भए त यन्त्रको निर्माण गर्नुको सट्टा त्यही मानव–श्रम किन उपयोग नगर्ने, जुन यन्त्रको निर्माणमा उपयोग हुन्छ ? तर यथार्थ अर्कै छ । मानिसहरुले मानव–श्रमको सट्टा विज्ञान–प्रविधिकै प्रयोग गरिरहेका छन् ।
विज्ञान–प्रविधिको लागि मानव–श्रमको आवश्यकता एकपटक हुन्छ— त्यसको आविष्कार, खोजमा । त्यसपछि निरन्तर त्यसको पुनरुत्पादन गरिरहनुपर्दैन । चाल्र्स डार्विनलाई विकासवादको सिद्धान्त खोज गर्न २० वर्ष लागेको थियो । तर अब हामीलाई त्यसको लागि त्यति समय लाग्दैन । एक—दुई घण्टामा हामीले विकासवादको सिद्धान्त बुझ्न सक्दछौँ । एउटा यन्त्रको निर्माण गर्दा जति श्रम र लागत लाग्दछ, त्यसले त्यसभन्दा धेरै बढी उत्पादन गर्दछ । त्यसको निर्माणमा लागेको श्रमको मूल्यबराबर मात्र त्यसबाट उत्पादन हुनुपर्छ भन्ने जरुरी छैन । एउटा जलविद्युत आयोजनामा जति लागत लाग्दछ, त्यसबाट त्यति मात्र विद्युत उत्पादन हुनुपर्दछ भन्ने कुनै सीमा छैन ।
प्रविधिलाई औजार भनिएको छ । तर औजार त प्रविधिको एउटा रुप मात्र हो । यसको विकासका तीन चरणहरु छन्— औजार, यन्त्र र स्वचालन । यिनीहरुमध्ये औजार प्रथम चरण हो । जब प्रविधिले स्वचालनको रुप ग्रहण गर्दछ, तब मानव–श्रमको प्रत्यक्ष भूमिका समाप्त हुन्छ । ऊ किनारामा बसेर रेखदेख गर्ने अवस्थामा पुग्दछ । प्राचीन कालका औजारहरु अहिले स्वचालनमा परिणत भइसकेका छन् । फलस्वरुप अब तिनीहरुको भूमिका पनि बदलिसकेको छ । अब तिनीहरु मानवद्वारा सञ्चालित निष्क्रिय वस्तु होइनन्, बरु मानवकै काम गर्ने कारक बनेका छन् ।
त्यसैगरी विज्ञानको विकासका पनि तीन चरणहरु छन् । पहिलो चरण, जुन प्राचीन कालमा आएको थियो, विज्ञानले यो संसार ज्ञेय छ भन्ने धारणालाई वा विश्वासलाई स्थापित गरेको थियो । दोस्रो चरणमा, जुन आधुनिक कालमा आएको थियो, विज्ञान सम्पूर्ण समाजको वैचारिक आधार बन्यो । यो चरणमा भएको विज्ञानको विकासलाई वैज्ञानिक क्रान्ति (Scientific Revolution) भनिन्छ ।
विज्ञान–प्रविधिमा जति मानव श्रम–शक्ति खर्च हुन्छ, त्यति मात्र त्यसबाट उत्पादन हुन्छ भन्ने अनिवार्य छैन । वाष्प–इन्जिन बनाउन लागेको मानव श्रम–शक्तिको मूल्यभन्दा लाखौँगुना बढी उत्पादन वाष्प–इन्जिनले गरेको छ । जलविद्युत आयोजनामा लाग्ने खर्चभन्दा धेरै बढी मूल्य त्यसबाट उत्पादन हुन्छ ।
र तेस्रो चरणमा, जुन वर्तमान कालमा आएको छ, विज्ञान प्रविधिसँग मिलेर मानव समाजको प्रमुख उत्पादक शक्ति बनेको छ । यो चरणमा भएको विज्ञानको विकासलाई वैज्ञानिक–प्राविधिक क्रान्ति (Scientific-technological Revolution), संक्षेपमा STR, भनिन्छ । यसमा पहिले अलग–अलग रहेका विज्ञान र प्रविधिको संयोजन भएको छ, जसबाट यिनीहरु दुवैमा गुणात्मक परिवर्तन आएको छ र विज्ञान–प्रविधि एउटा स्वतन्त्र उत्पादक शक्तिको रुपमा स्थापित भएको छ । यसप्रकार, पहिले उत्पादन प्रक्रियामा सहायक भूमिका निर्वाह गर्ने विज्ञान–प्रविधि अब प्रमुख भूमिका निर्वाह गर्ने शक्ति बनेको छ ।
मार्क्सको समयमा श्रम प्रधान हुनुका दुई कारणहरु थिए— १) त्यो प्रतिस्पर्धी पूँजीवादको चरण थियो, जसमा मूल्यको श्रम–सिद्धान्तअनुसार श्रम नै मूल्यको स्रोत हुन्थ्यो र २) त्यसबेला विज्ञान–प्रविधिको धेरै विकास भएको थिएन, त्यसकारण विज्ञान–प्रविधिको लागत खर्च मानव–श्रमको लागत खर्चभन्दा बढि हुन्थ्यो र उत्पादकहरुले त्यसको प्रयोग गर्दैनथे । उनीहरुले कम लागतको श्रमकै उपयोग गर्दथे ।
दासयुगमा विज्ञान–प्रविधिको विकास नहुनुको एउटा कारण दासश्रमको प्रचुरता थियो र अमेरिकामा विज्ञान–प्रविधिको विकास हुनुको एउटा कारण मानव–श्रमको अभाव थियो । अमेरिकामा दास व्यवस्थाको उन्मूलनपछि विज्ञान–प्रविधिको विकास तीव्र गतिले भएको थियो । उद्यमीले त्यही साधनको उपयोग गर्दछ, जसमा कम लागत लाग्दछ ।
मार्क्सवादले मानव श्रम–शक्तिलाई उत्पादक शक्ति भन्नुको अर्थ पुनरुत्पादनसँग सम्बन्धित छ । कुनै वस्तुलाई एकपटक उत्पादन गरेपछि त्यसको उपयोग गर्दा समाप्त भएर पुनः उत्पादन गर्नुपर्दछ भने, त्यसमा मानव–श्रम आवश्यक पर्दछ । उदाहरणको लागि, एक किलोग्राम मकै उत्पादन गरेपछि त्यो उपभोग गरेर समाप्त हुन्छ र पुनः अर्को एक किलोग्राम मकै उत्पादन गर्नुपर्दछ, जसको लागि पुनः मानव श्रम–शक्तिको आवश्यकता पर्दछ । तर एकपटक सुन्तलाको बोट रोपेपछि त्यसले निरन्तर दस–बाह्र वर्षसम्म फल उत्पादन गरिरहन्छ, जसको लागि मानव श्रम–शक्ति लगाइरहनु पर्दैन । विज्ञान–प्रविधिमा पनि एकपटक मानव श्रम–शक्ति लगाएपछि त्यसको पुनरुत्पादन गरिरहनुपर्दैन ।
त्यसैगरी विज्ञान–प्रविधिमा जति मानव श्रम–शक्ति खर्च हुन्छ, त्यति मात्र त्यसबाट उत्पादन हुन्छ भन्ने अनिवार्य छैन । वाष्प–इन्जिन बनाउन लागेको मानव श्रम–शक्तिको मूल्यभन्दा लाखौँगुना बढी उत्पादन वाष्प–इन्जिनले गरेको छ । जलविद्युत आयोजनामा लाग्ने खर्चभन्दा धेरै बढी मूल्य त्यसबाट उत्पादन हुन्छ । मानव श्रम–शक्तिको आफ्नो निश्चित मूल्य हुन्छ, जसलाई कार्यदिवस वा त्यो श्रम–शक्ति पुनरुत्पादन गर्न लाग्ने वस्तुको मूल्यद्वारा निर्धारण वा मापन गरिन्छ । त्यसको मूल्य अनन्त हुँदैन । त्यसको मूल्य पनि निर्जीव वस्तुको जस्तै हुन्छ ।
मार्क्सले विज्ञान–प्रविधिले श्रमलाई तन्काउँछ भन्नुको तात्पर्य श्रमकाललाई तन्काउँछ भन्ने हो । विज्ञान–प्रविधिले श्रमलाई विस्थापन गर्ने हुँदा श्रमिकको ज्याला घट्दछ, परिणामस्वरुप श्रमिकले पहिले जति ज्याला प्रप्त गर्न थप काम गर्नु पर्दछ । एउटा स्वीटर तयार गर्दा पाउने ज्याला यन्त्रको प्रयोग गरेपछि दुईवटा स्विटर तयार गर्दा मात्र प्रप्त गर्न सक्दछ । तर विज्ञान–प्रविधिले श्रमलाई विस्थापन गर्दछ ।
उदाहरणको लागि, प्रकाशको गति ३ लाख कि.मि. प्रति सेकेन्ड भएको मानव–श्रम लगाएर भएको होइन, जसलाई उपयोग गरेर मानवले संचार क्षेत्रमा क्रान्ति ल्याएको छ । यसले पहिलेको हुलाक सेवामा लाग्ने मानव–श्रमलाई विस्थापन गरेको छ । मानवको गति प्रकाशको गतिबराबर कहिल्यै हुनसक्दैन । मानवले प्राकृतिक शक्ति तथा प्रक्रियालाई खोजेर निकाल्दछ र त्यसलाई संयोजन गरेर उपयोग गर्दछ, त्यसको सृजना गर्दैन ।

क्रमश

भाग-२
नेपाल शिशु पुँजीवाद कि नवसामन्तवादमा प्रवेश गरेको छ ? - रमेश सुनुवार


नेपाली क्रान्तिको कार्यक्रमको व्याख्या-२

नयाँ जनवाद र बहुदलीय जनवाद एउटै होइन भन्ने तर्क गरिएको छ । नयाँ जनवाद र बहुदलीय जनवाद एउटै हो भन्ने कुरा बहुदलीय जनवादका प्रवत्र्तक मदन भण्डारीका अभिव्यक्तिहरुमा यत्रतत्र पाइन्छ । मदन भण्डारीको शब्दमा नयाँ जनवादको लक्ष्य र बहुदलीय जनवादको लक्ष्य एउटै हो— सामन्तवाद र साम्राज्यवादको प्रभुत्वलाई अन्त्य गर्नु र सर्वहारा वर्गको नेतृत्वमा राष्ट्रिय पुँजीवादको स्थापना गर्नु । र, तिनीहरुको भिन्नता के हो भने एउटामा राजनीतिक दलहरुको सम्बन्ध सहयोगात्मक हुन्छ र अर्कोमा प्रतिस्पर्धात्मक हुन्छ । बहुदलीय व्यवस्थाकै माध्यमबाट नयाँ जनवादी लक्ष्य प्राप्त गर्ने स्पष्ट धारणा बहुदलीय जनवादमा अगाडि सारिएको छ ।
अब यसरी बहुदलीय व्यवस्थालाई स्वीकार गर्नु गद्दारी, संशोधनवाद हो भने त अहिले नेकपा एमाओवादीले पनि बहुदलीय व्यवस्थालाई स्वीकार गरेको छ र यसकै माध्यमबाट नयाँ जनवादको बाँकी कार्यभारलाई पूरा गर्ने धारणा अगाडि सारेको छ । के यो पनि गद्दारी, संशोधनवाद हो ? के यो पनि संसदीय भासमा भासिने कुरा हो ? उही कुरा आफूले गर्दा क्रान्तिकारी र अरुले गर्दा संशोधनवादी हुन्छ ? तर एमाओवादीको यो कदम गद्दारी, संशोधनवाद, संसदीय दलदलमा भासिने कुरा होइन । किनभने एक त बहुदलीय जनवादले यसलाई त्यसो भन्दैन र अर्को सबैभन्दा महत्वपूर्ण कुरा स्वयं टिप्पणीकार विद्वान महोदय एमाओवादी पार्टीमा विराजमान हुनुहुन्छ र उहाँको उपस्थितिमा त्यसले कुनै गद्दारी, कुनै संशोधनवादी कार्य र कुनै संसदीय दलदलमा भासिने गल्ती त गर्नै सक्दैन ।
जसजसलाई पुँजीवादभित्र बस्ने रहर छ, उहाँहरु त्यहीँ बस्नुभए हुन्छ, त्यही रमाउनुभए हुन्छ र पुँजीवादीहरुकै सहयोगमा, पुँजीवादीहरुकै भोट पाएर समाजवाद ल्याउनुभए हुन्छ । हामीलाई यसमा कुनै आपत्ति छैन, बरु हाम्रो शुभकामना छ ।
एमालेको वर्तमान अवस्था बहुदलीय जनवादको परिणाम हो भन्नु सही हुँदैन, जसरी एमाओवादीको वर्तमान अवस्था जनयुद्धको कार्यदिशाको परिणाम हो भन्नु सही हुँदैन । तर यहाँ त एमाओवादी आफ्नो सिद्धान्तबाट स्खलित भयो र एमाले आफ्नो सिद्धान्तमा अडिग छ भन्ने तर्क पो गरिएकोे छ । वास्तविकता के हो भने दुवै पार्टी आफ्नो सिद्धान्तबाट धेरथोर स्खलित भएका छन् । न त बहुदलीय जनवादले अहिलेको बहुदलीय व्यवस्थामै रमाएर बस्ने भनिएको छ र न जनयुद्धको कार्यदिशाले नै जनयुद्धबाट प्राप्त सबै उपलब्धिहरु एक–एक गरेर प्रतिक्रियावादीहरुको हातमा सुम्पिनु भनेको छ । यदि एमाओवादी आफ्नो सिद्धान्तबाट स्खलित भएको हो र एमाले आफ्नो सिद्धान्तमा अडिग रहेको हो भने त, गलत नै सही, एमाले कति महान रहेछ ?
हामीले पुँजीवादको समानान्तरमा समाजवादको निर्माण गर्ने प्रस्ताव पुँजीवादभित्र रहँदा बिटुलो होइन्छ भनेर शुद्धताको लागि ल्याएका होइनौँ । त्यसो त पुष्पलालले पनि कांग्रेस पार्टी छोडेर कम्युनिस्ट पार्टी बनाएका थिए । के उनले पनि कांग्रेस पार्टीभित्र रहँदा बिटुलो भइन्छ, बिग्रिइन्छ भनेर कम्युनिस्ट पार्टी बनाएका थिए ? अथवा सर्वहारा वर्गले पुँजीवादी वर्गको पार्टीभन्दा भिन्न कम्युनिस्ट पार्टीको निर्माण गर्नुपर्दछ भन्ने आवश्यकता बोध गरेर उनले त्यसो गरेका थिए ?
जसजसलाई पुँजीवादभित्र बस्ने रहर छ, उहाँहरु त्यहीँ बस्नुभए हुन्छ, त्यही रमाउनुभए हुन्छ र पुँजीवादीहरुकै सहयोगमा, पुँजीवादीहरुकै भोट पाएर समाजवाद ल्याउनुभए हुन्छ । हामीलाई यसमा कुनै आपत्ति छैन, बरु हाम्रो शुभकामना छ ।
त्यसैगरी हामीले पुँजीवादको समानान्तरमा समाजवादको निर्माण गर्नुपर्दछ भन्नुको अर्थ समाजभन्दा बाहिर शुन्य स्थानमा समाजवादको निर्माण गर्ने भन्ने होइन । हाम्रो तात्पर्य यही समाजभित्र समाजवादको निर्माण गर्नुपर्दछ भन्ने हो ।
हामीले पुँजीवादको समानान्तरमा समाजवादको निर्माण गर्नुपर्दछ भन्नुको अर्थ समाजभन्दा बाहिर शुन्य स्थानमा समाजवादको निर्माण गर्ने भन्ने होइन । हाम्रो तात्पर्य यही समाजभित्र समाजवादको निर्माण गर्नुपर्दछ भन्ने हो ।
एउटै समाजभित्र विभिन्न मानिसहरु हुन्छन्— कोही पुँजीवादी हुन्छन्, कोही समाजवादी हुन्छन् । नेपाली समाज पुँजीवादीहरुको मात्र हो र ? यहाँ कांग्रेस पनि छन् र कम्युनिस्ट पनि छन् । हामी कम्युनिस्टहरुलाई पुँजीवाद स्वीकार्य छैन, जसरी कांग्रेसहरुलाई समाजवाद—साम्यवाद स्वीकार्य छैन । त्यसैगरी एउटै समाजभित्र विभिन्न सामाजिक व्यवस्था पनि हुन सक्दछन् । त्यसकारण व्यवस्थाभित्र भन्नु र समाजभित्र भन्नु अलग कुरा हुन्, र त्यसैगरी व्यवस्था बाहिर भन्नु र समाजबाहिर भन्नु अलग कुरा हुन् ।
हाम्रो तात्पर्य पुँजीवादी व्यवस्थाभन्दा बाहिर र समाजभित्र समाजवादी व्यवस्थाको निर्माण गर्नुपर्दछ भन्ने हो, पुँजीवादी व्यवस्था र समाज दुवैभन्दा बाहिर निर्माण गर्ने कुरा होइन । हामी पुँजीवादको भण्डाफोर मात्र गरेर बसिरहने पक्षमा पनि छैनौँ र त्यसैमा विलीन भएर त्यसको उपयोग गर्ने पक्षमा पनि छैनौँ । हामी त पुँजीवादको विकल्पमा समाजवादको निर्माण गर्ने पक्षमा छौँ र त्यसको विरुद्धमा आउने सबै अवरोधहरु तथा चुनौतीहरुलाई दृढतापूर्वक सामना गर्दै अगाडि बढ्न चाहन्छौँ । यो सत्य हो कि अहिले हामी पुँजीवादले दिएको छुटहरुलाई नै उपयोग गर्न चाहन्छौँ, पुँजीवादकै लुपहोलभित्रबाट छिर्न चाहन्छौँ । तर यदि सबै बाटाहरु बन्द हुन्छन्, सबै विकल्पहरुलाई निषेध गरिन्छन् र हाम्रो सदाशयतालाई कमजोरी ठानिन्छ भने, त्यसपछि कुरा अर्कै हुन्छ । हामी कसैको अनुमति कुरेर, निष्क्रिय भएर, थकाइ मारेर बस्दैनौँ र एकपछि अर्को विकल्प खोज्दै आफ्नो यात्रामा निरन्तर अगाडि बढिरहन्छौँ ।
यो काम सजिलो छैन भन्ने कुरामा कुनै शंका छैन । तर सजिलो काम भए त हाम्रो भूमिका नै के हुन्छ र ? कम्युनिस्टहरु माओको भाषामा ‘सबैभन्दा बुद्धिमान’ र स्टालिनको भाषामा ‘अर्कै धातुले बनेका’ हुन्छन् भने, यति काम पनि उनीहरुले गर्न सक्दैनन् होला र ?
यहाँ आश्चर्यको कुरा त के छ भने, जसले पुराना सत्ताको समानान्तर जनसत्ताको धम्की दिनुहुन्छ, वहाँहरुले नै पुँजीवादको समानान्तरमा समाजवादको निर्माण गर्ने कुराको विरोध गर्नुहुन्छ । यसको अर्थ या त वहाँहरुको जनसत्ता पुँजीवादको शाखा होे या त्यो वहाँहरुको घुर्की मात्र हो ।
कुनै पनि नयाँ व्यवस्थाको निर्माण प्रक्रिया क्रान्तिभन्दा पहिले नै सुरु हुन्छ । क्रान्तिले त त्यसलाई पूर्णता मात्र प्रदान गर्दछ । क्रान्तिले टाउकोले टेकेर उभिएको वस्तुलाई खुुुुट्टाले टेकाएर उभ्याउने काम गर्दछ । पुँजीवादको निर्माण पुँजीवादी क्रान्ति भएपछि सुरु भएको होइन । सामन्तवादकै गर्भमा भएको थियो । यूरोपमा पुँजीवादको आरम्भ पुनर्जागरणकालबाट हुन्छ, जबकि पुँजीवादी क्रान्ति बेलायतमा १६८८ मा र फ्रान्समा १७८९ मा भएको थियो ।
यहाँ आश्चर्यको कुरा त के छ भने, जसले पुराना सत्ताको समानान्तर जनसत्ताको धम्की दिनुहुन्छ, वहाँहरुले नै पुँजीवादको समानान्तरमा समाजवादको निर्माण गर्ने कुराको विरोध गर्नुहुन्छ । यसको अर्थ या त वहाँहरुको जनसत्ता पुँजीवादको शाखा होे या त्यो वहाँहरुको घुर्की मात्र हो ।
आफ्नो विकासको क्रममा नयाँ व्यवस्था एउटा निश्चित स्तरमा पुगेपछि समानान्तर वा द्वैत सत्ताको अवस्था सिर्जना हुन्छ । त्यसपछि क्रान्ति अनिवार्य हुन्छ । उदाहरणको लागि, रुसमा १९१७ को फेब्रुअरी क्रान्तिपछि द्वैत सत्ताको अवस्था सिर्जना भएको थियो । एउटा केरेन्स्कीको नेतृत्वमा वैधानिक सत्ता र अर्को सोभियतहरुको नेतृत्वमा मजदूर, किसान तथा सैनिकहरुको नयाँ सत्ता । र, १९१७ को अक्टोबरमा भएको क्रान्तिले सोभियतहरुको सत्तालाई स्थापित गर्‍यो र पुरानो वैधानिक सत्तालाई अन्त्य गरिदियो । (हेर्नुहोस्, भी.आई.लेनिन, द्वैत सत्ता ।)
यसरी एउटै समाजभित्र दुई व्यवस्थाहरुको अस्तित्व हुन्छ । पुँजीवादी व्यवस्थाको समानान्तरमा समाजवादी व्यवस्थाको निर्माण समाजभन्दा बाहिर गएर होइन, समाजभित्रै गरिन्छ । त्यसमा जुन–जुन तत्वहरु, पक्षहरु र साधनहरु समाजवादको पक्षमा छन्, तिनीहरुको संयुक्त शक्ति तथा प्रयत्नद्वारा समाजवादको निर्माण हुन्छ । विगतमा नेपालमा माओवादीको नेतृत्वमा निर्माण भएको समानान्तर जनसत्ता यसको एउटा उदाहरण हो, जुन नेपाली समाजभित्रै बनेको थियो । नेपाली समाज पुँजीवादी भए पनि त्यो जनसत्ता त पुँजीवादी थिएन, समाजवादी वा नयाँ जनवादी नै थियो । नयाँ व्यवस्थाको निर्माण गर्नको लागि आवश्यक पर्ने तत्वहरुमध्ये केही त अहिले नै समानान्तरमा बनेका छन् । उदाहरणका लागि, पुँजीवादीहरुको आफ्नै विचारधारा छ र समाजवादीहरुको आफ्नै विचारधारा छ, पुँजीवादीहरुको आफ्नै संगठन र पार्टी छ र समाजवादीहरुको पनि आफ्नै संगठन छ, र समय–समयमा अलग–अलग सेना पनि बनेका थिए (नेपालमा शाही सेना र माओवादी जनमुक्ति सेना) । अब बाँकी दुई तत्वहरु अर्थतन्त्र र राजनीतिक सत्ताको निर्माण गर्न आवश्यक छ । यिनै पाँच तत्वहरु विचारधारा, संगठन, अर्थतन्त्र, सेना र राजनीतिक सत्ताको आधारमा समाजवादको निर्माण गर्न सकिन्छ ।
जसरी बच्चा जन्मिएपछि बन्दैन, आमाको गर्भमा पहिले बनिसकेको हुन्छ; चल्ला अण्डाबाट निस्किएपछि बन्दैन, अण्डाभित्र पहिले नै बनिसकेको हुन्छ, त्यसैगरी समाजवाद पनि क्रान्तिपूर्व नै बन्छ ।
समाजवादका कामहरु वर्तमान पुँजीवादकै प्रावधान, नियम, कानुनमा रहेर गर्न सकिन्छ । त्यसकारण पुँजीवादले यसलाई निषेध गर्न सक्दैन । हामीले पुँजीवादकै विषय, पुँजीवादकै विधिलाई उपयोग गरेर पुँजीवादको निषेध गर्ने हो । उदाहरणको लागि, पुँजीवादले निजीकरणलाई मान्दछ, त्यसलाई उपयोग गरेर अलग संरचनाको निर्माण गर्न सकिन्छ, जसबाट त्यसको समानान्तर अर्को व्यवस्था बन्दछ । श्रमिक वर्गको विस्थापन गर्न विज्ञान–प्रविधिको उपयोग गरेको छ, त्यसकारण श्रमिक वर्गले पनि विज्ञान–प्रविधिको उपयोग गरेर पुँजीपति वर्गलाई विस्थापन गर्न सकिन्छ, यसलाई पुँजीवादले रोक्न सक्दैन ।
जसरी बच्चा जन्मिएपछि बन्दैन, आमाको गर्भमा पहिले बनिसकेको हुन्छ; चल्ला अण्डाबाट निस्किएपछि बन्दैन, अण्डाभित्र पहिले नै बनिसकेको हुन्छ, त्यसैगरी समाजवाद पनि क्रान्तिपूर्व नै बन्छ ।
त्यसकारण पुँजीवादको समानान्तरमा समाजवादको निर्माण गर्ने कुरा न त असम्भव छ, र न अव्यवहारिक नै छ । यसलाई काल्पनिक भनेर टिप्पणी गर्नु वास्तविकतालाई नबुझ्नु हो ।
सोभियत संघको समाजवादलाई विगतको समाजवादको प्रारुप होइन भन्ने तर्क गरिएको छ । यो सत्य हो कि त्यहाँ सुरुमा सोभियतलाई महत्व दिइएको थियो । क्रान्तिको समयमा सोभियतहरुको उपयोग गरियो । तर क्रान्ति सम्पन्न भएपछि क्रमशः सोभियत प्रणालीलाई छोडियो र राज्यसत्ता प्रणालीलाई बलियो बनाइयो । निजी स्वामित्वलाई उन्मूलन गर्ने विषयमा पनि राष्ट्रियकरणलाई नै अवलम्बन गरियो । पछि त्यसबाट समस्या सिर्जना भयो र लेनिनले नयाँ आर्थिक नीति ल्याए र त्यसलाई सच्याउने प्रयत्न गरेका थिए । तर स्टालिनले पुनः राष्ट्रिकरण गरेर सम्पूर्ण सम्पदामाथि राज्यको स्वामित्व स्थापित गरे । यसरी लेनिन र स्टालिनको समयमा स्थापित समाजवादको प्रारुप आजसम्म विश्वभरि प्रचलित छ । र, श्रीमान् स्टालिनको कार्यकाललाई जयजयकार गरिन्छ, किन ? हिटलर पराजित भए भनेर हो ?
हिटलर पराजित भएर र अमेरिका, बेलायत, फ्रान्स विजयी भएर हामीलाई कुनै ठूलो लाभ भएको छैन । दुई–दुईवटा शहरहरु खरानी हुनेगरी जापानमा परमाणु बम प्रहार गर्ने त्यही अमेरिका होइन ? अनि हिटलर बढी अपराधी कि अमेरिका ? र, हिटलर विजयी भएको भए पनि हामीलाई कुनै ठूलो नोक्सान हुँदैनथ्यो । किनभने हिटलरको शासन पनि आकाशमा घाम–जून रहेसम्म र धर्तीमा मानवजाति रहेसम्म कायम हुन्थ्यो भन्ने कुनै जरुरी छैन । जुन व्यवस्था राम्रो छ, जनताको हितमा छ र निरंकुश छैन, त्यो लामो समयसम्म रहन्छ, र जुन व्यवस्था राम्रो छैन, जनताको हितमा छैन, निरंकुश छ, त्यसको आयु छोटो हुन्छ भन्ने कुरा दुनियाँको इतिहासले देखाएको छ । मानव जातिको स्वतन्त्रताको यात्रालाई कुनै पनि शक्तिले रोक्न सक्दैन, एउटा हिटलरको के कुरा ?
सोभियत भत्काएको ख्रुस्चेभ, ब्रेज्नेभहरुले हो र ? राष्ट्रियकरण गरेको ख्रुस्चेभ, ब्रेज्नेभहरुले हो र ? राष्ट्रियकरण गर्नु, राज्यसत्तालाई बलियो बनाउनु उनीहरुको संशोधनवादमा पर्छ ? यदि त्यसो हो भने, आज त्यो सोभियतको पक्षमा आवाज किन उठाइँदैन ? अनि अहिले विषय अगाडि आएपछि ‘यो पनि थियो, त्यो पनि थियो’ भनेर तर्क गर्नुको अर्थ के हो ?
नेपाली समाजको स्वरुपको सम्बन्धमा दुई वटा धारणाहरु अगाडि आएका छन् । एउटा धारणाअनुसार नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक छ र अर्को धारणाअनुसार यो अब पुँजीवादी भइसकेको छ । हामी पहिलो धारणाको पक्षमा छौँ ।
यदि नेपालमा पुँजीवाद स्थापित भएको भए यहाँ जमिनको उपयोग हुन्थ्यो, प्राकृतिक साधनहरुको उपयोग हुन्थ्यो, जनशक्तिको उपयोग हुन्थ्यो । तर यहाँ जमिनको उपयोग निरन्तर घटिरहेको छ, प्राकृतिक साधनहरुको औद्योगिक उपयोग भएको छैन र जनशक्ति पनि विदेश पलायन भइरहेको छ ।
अहिले हामीसँग पनि ठोस तथ्य छैन । हामीले नेपाली समाजको चरित्रलाई हेरेर र सैद्धान्तिक आधारमा यो धारणालाई मानेका छौँ ।
सिद्धान्ततः कुनै पनि समाजको स्वरुप त्यसको उत्पादक शक्तिद्वारा निर्धारित हुन्छ । समाजवादको आधार जमिन हो र पुँजीवादको आधार पुँजी हो— अर्थात् सामन्तवादको उत्पादक शक्ति जमिन हो र पुँजीवादको उत्पादक शक्ति पुँजी हो । समाज रुपान्तरणका दुई कारणहरु हुन सक्दछन्— एउटा उत्पादक शक्तिमा परिवर्तन र अर्को मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन । त्यसकारण कुनै समाज रुपान्तरित भएको छ कि छैन भन्ने कुरा निश्चित गर्नका लागि यी दुई आधारहरुलाई हेर्नुपर्दछ । तर नेपालामा यिनीहरुमध्ये कुनै परिवर्तन भएको देखिँदैन । जमिनलाई पुँजीले पूर्णरुपमा प्रतिस्थापन पनि गरेको छैन र पुँजीको मात्रात्मक परिवर्तनबाट समाजमा गुणात्मक परिवर्तन पनि भएको छैन । पुँजी उत्पादक शक्ति बन्नको लागि त्यसले उत्पादन र पुनरुत्पादन गनुपर्दछ । त्यसबाट अतिरिक्त मूल्यको उत्पादन हुनुपर्दछ र निरन्तर पुँजी सञ्चय हुनुपर्दछ । तर नेपालमा यस्तो अवस्था देखिएको छैन ।
यदि नेपालमा पुँजीवाद स्थापित भएको भए यहाँ जमिनको उपयोग हुन्थ्यो, प्राकृतिक साधनहरुको उपयोग हुन्थ्यो, जनशक्तिको उपयोग हुन्थ्यो । तर यहाँ जमिनको उपयोग निरन्तर घटिरहेको छ, प्राकृतिक साधनहरुको औद्योगिक उपयोग भएको छैन र जनशक्ति पनि विदेश पलायन भइरहेको छ । जब यहाँ पुँजीले उत्पादनको काम गरिरहेको छैन र त्यो या त निष्क्रिय रहेको छ अथवा विनिमयको लागि मात्र प्रयोग भएको छ भने, त्यो कसरी पुँजी हुन्छ र नेपाल पुँजीवादी देश हुन्छ ? पुँजीले उत्पादन नगरेसम्म त्यसबाट समाजको रुपान्तरण हुँदैन ।
त्यसैगरी नेपाली समाज पुँजीवादी भइसकेको छ भन्ने धारणाको पक्षधरहरुसँग पनि कुनै ठोस तथ्य छैन । उनीहरुले पनि केही औपचारिक तथ्यांकहरु र समाजको उच्च–संरचनामा भएको परिवर्तनलाई हेरेर यो धारणा बनाएका छन् । एक त यी औपचारिक तथ्यांकहरु पूर्ण छैनन्, किनभने यिनीहरुले सम्पूर्ण नेपाली समाजको अवस्थाको प्रतिनिधित्व गर्दैनन् । अर्को कुरा, सामन्तवादको पूर्ण उन्मूलनको लागि उच्च–संरचनाको, आधेय संरचनाको परिवर्तन (उदाहरणको लागि, बहुदलीय व्यवस्था, गणतन्त्र, आदि) पर्याप्त छैन । त्यसको लागि आधार संरचनामा परिवर्तन हुनुपर्दछ । आधार संरचनामा परिवर्तन नभएकै कारण नेपालमा भएका राजनीतिक तथा सामाजिक परिवर्तनहरुले काम गरिरहेका छैनन् । आधार संरचनामा परिवर्तन भएको छ भने, उच्च–संरचनामा ढिलो–चाँडो अनिवार्य रुपमा परिवर्तन हुन्छ । तर उच्च– संरचनामा मात्र परिवर्तन भएको छ भने, त्यो फेरि फर्केर पछाडितिर जान्छ, प्रतिक्रान्ति हुन्छ । नेपालमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि अपेक्षित परिणाम नआउनुको कारण यही हो ।
नेपालको पुँजीवाद भर्खर जन्मेको शिशु, बच्चा पुँजीवाद हो भन्ने तर्क पनि गरिएको छ । तर यो शिशु, बच्चा पुँजीवाद होइन । २००७ सालमा जन्मेको पुँजीवाद, जुन अहिले ६५ वर्षको भयो, नवजात शिशु हुन्छ ? यो त बाउन्ने, बामपुड्के पुँजीवाद हो ।
नेपाल अर्धउपनिवेशी हुनुको परिणामस्वरुप यहाँ पुँजीवादी उत्पादन प्रणाली लागू हुनसकेको छैन र पुँजीवादी उत्पादन प्रणाली लागू हुन नसक्नुको परिणामस्वरुप यहाँको अर्थतन्त्र अर्धसामन्ती अवस्थामै रहेको छ । यसरी अर्धसामन्ती र अर्धउपनिवेशीको बीचमा घनिष्ठ सम्बन्ध छ ।
त्यसकारण हामी विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छौँ भने आफ्ना–आफ्ना धारणामा अडिग भएर बस्नुको सट्टा वास्तविक क्षेत्रमै गएर अनुुसन्धान गरौँ र त्यसबाट आएका तथ्यहरुका आधारमा निष्कर्ष निकालौँ । त्यसपछि मात्र अग्रगमनको लागि योजना बनाऊँ ।
त्यसैगरी नेपालको पुँजीवाद भर्खर जन्मेको शिशु, बच्चा पुँजीवाद हो भन्ने तर्क पनि गरिएको छ । तर यो शिशु, बच्चा पुँजीवाद होइन । २००७ सालमा जन्मेको पुँजीवाद, जुन अहिले ६५ वर्षको भयो, नवजात शिशु हुन्छ ? यो त बाउन्ने, बामपुड्के पुँजीवाद हो । बच्चाको त बढ्ने, विकसित हुने सम्भावना हुन्छ तर बाउन्नेको त्यस्तो सम्भावना हुँदैन । अथवा नेपालको पुँजीवाद रुखो जमिनमा उम्रेको मकैको बोटजस्तो हो, जसको आकार मकैको बोटजस्तो हुन्छ, त्यसमा सबै अंगहरु पनि हुन्छन्, तर त्यो फल्दैन । त्यसकारण नेपालमा पुँजीवादको विकास गरेर समाजवाद ल्याउने सपना वीरबलको खिचडीजस्तै हो ।
सामन्तवाद सामन्तहरुको व्यवस्था हो भन्ने तर्क गरिएको छ । तर सामन्तवाद जमिनमा आधारित व्यवस्था हो । सामन्तहरु त त्यसको परिणाम, उच्च–संरचना मात्र हुुन् । सामन्तहरु रुप मात्र हुन् । त्यसको सार उत्पादक शक्तिको रुपमा रहेको जमिन हो । एउटै सारका विभिन्न रुपहरु हुन सक्दछन् । दास श्रमले प्रचीन कालमा दास व्यवस्थाको निर्माण गर्‍यो तर आधुनिक कालमा अमेरिकामा पुँजीवादको निर्माण गर्‍यो । अहिले नेपालमा सामन्तवादले नव–सामन्तवादको रुप ग्रहण गरेको छ । नेपाली कांग्रेस नवसामन्तहरुको पार्टी बनेको छ । पुँजीवादले आफ्नो रुप बदल्छ भने समन्तवादले किन बदल्दैन ?
अहिले नेपालमा सामन्तवादले नव–सामन्तवादको रुप ग्रहण गरेको छ । नेपाली कांग्रेस नवसामन्तहरुको पार्टी बनेको छ । पुँजीवादले आफ्नो रुप बदल्छ भने समन्तवादले किन बदल्दैन ?
अर्धसामन्ती र अर्धउपनिवेशी अवस्थाबाट समाजवदमा जान सकिदैन भन्ने तर्क गरिएको छ । तर जानुपर्दछ । यसका दुई कारणहरु छन्— १) अन्य क्रान्तिहरु नहुने हुँदा एकमात्र विकल्प समाजवादी क्रान्ति हो र, २) विज्ञान–प्रविधिको माध्यमबाट यो सम्भव छ ।
रुसको क्रान्ति र चीनको क्रान्तिमा क्रान्तिको लागि अवस्था तयार थिएन । बाध्यात्मक अवस्थाले त्यसको लागि प्रयत्न गरियो । लेनिनको शब्दमा— क्रान्ति थोपरियो । हाम्रो अवस्था पनि यही हो ।
रुसमा समाजवादी क्रन्तिको लागि अवस्था तयार भएको छैन भन्ने प्लेखानोभ, काउत्स्की, आदिको तर्कको बावजुद लेनिनले समाजवादी क्रान्तिको उद्घोष गरे । चीनमा कोमिन्ताङको नेतृत्वमा पुँजीवादी (बुजुवा) क्रान्तिको वकालत गर्ने चेन तु–स्युको तर्कको विरुद्ध माओ त्से–तुङले कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जावादी क्रान्तिको कार्यक्रम अगाडि ल्याए । यी दुवै घटना विद्यमान अवस्थाको बाबजुद दुस्साहस नै थिए ।
अर्धसामन्ती र अर्धउपनिवेशी अवस्थाको नेपाली समाजमा समाजवादी क्रन्तिको कार्यक्रम अवलम्बन गर्नु नेपालको विशेषता हो । यदि हामीले नेपाली क्रन्तिको विशिष्टता खोज्दछौं भने, त्यो यही तथ्यमा पाउँदछौं ।
चिनियाँ क्रन्ति सिधै समाजवादतिर जान पनि सक्छ भन्ने कुरा माओ त्से–तुङले एक अमेरिकी पत्रकारसँगको साक्षात्कारमा गरेका थिए । उनको धारणा क्रमिक विकास अपरिहार्य होइन भन्ने थियो ।
नेपालमा आदिम समुदायहरु राउटे, कुसुन्डा आदिको लागि अब दास व्यवस्था तथा सामन्तवादको चरण पूरा गर्नु आवश्यक छैन । उनीहरु अहिलेको नेपाली समाजिक व्यवस्थामा, जुन औपचारिक रुपमा पुँजीवादी व्यवस्था हो, समाहित हुन सक्दछन् ।

भाग-३ 



अमेरिकामै विज्ञान-प्रविधिको विकास हुनुपर्ने कारण के ? (श्रम र प्रविधिको अन्तरसम्बन्ध)


नेपाली क्रान्तिको कार्यक्रमको व्याख्या-३

प्रविधिलाई औजार भनिएको छ । तर औजार त प्रविधिको एउटा रुप मात्र हो । यसको विकासका तीन चरणहरु छन्— औजार, यन्त्र र स्वचालन । यिनीहरुमध्ये औजार प्रथम चरण हो । जब प्रविधिले स्वचालनको रुप ग्रहण गर्दछ, तब मानव–श्रमको प्रत्यक्ष भूमिका समाप्त हुन्छ । ऊ किनारामा बसेर रेखदेख गर्ने अवस्थामा पुग्दछ । प्राचीन कालका औजारहरु अहिले स्वचालनमा परिणत भइसकेका छन् । फलस्वरुप अब तिनीहरुको भूमिका पनि बदलिसकेको छ । अब तिनीहरु मानवद्वारा सञ्चालित निष्क्रिय वस्तु होइनन्, बरु मानवकै काम गर्ने कारक बनेका छन् ।
मार्क्सको समयमा श्रम प्रधान हुनुका दुई कारणहरु थिए— १) त्यो प्रतिस्पर्धी पूँजीवादको चरण थियो, जसमा मूल्यको श्रम–सिद्धान्तअनुसार श्रम नै मूल्यको स्रोत हुन्थ्यो र २) त्यसबेला विज्ञान–प्रविधिको धेरै विकास भएको थिएन, त्यसकारण विज्ञान–प्रविधिको लागत खर्च मानव–श्रमको लागत खर्चभन्दा बढी हुन्थ्यो र उत्पादकहरुले त्यसको प्रयोग गर्दैनथे । उनीहरुले कम लागतको श्रमकै उपयोग गर्दथे ।

नेपाल शिशु पुँजीवाद कि नवसामन्तवादमा प्रवेश गरेको छ ?

दासयुगमा विज्ञान–प्रविधिको विकास नहुनुको एउटा कारण दासश्रमको प्रचुरता थियो र अमेरिकामा विज्ञान–प्रविधिको विकास हुनुको एउटा कारण मानव–श्रमको अभाव थियो । अमेरिकामा दास व्यवस्थाको उन्मूलनपछि विज्ञान–प्रविधिको विकास तीव्र गतिले भएको थियो । उद्यमीले त्यही साधनको उपयोग गर्दछ, जसमा कम लागत लाग्दछ ।
दासयुगमा विज्ञान–प्रविधिको विकास नहुनुको एउटा कारण दासश्रमको प्रचुरता थियो र अमेरिकामा विज्ञान–प्रविधिको विकास हुनुको एउटा कारण मानव–श्रमको अभाव थियो । अमेरिकामा दास व्यवस्थाको उन्मूलनपछि विज्ञान–प्रविधिको विकास तीव्र गतिले भएको थियो ।
मार्क्सवादले मानव श्रम–शक्तिलाई उत्पादक शक्ति भन्नुको अर्थ पुनरुत्पादनसँग सम्बन्धित छ । कुनै वस्तुलाई एकपटक उत्पादन गरेपछि त्यसको उपयोग गर्दा समाप्त भएर पुनः उत्पादन गर्नुपर्दछ भने त्यसमा मानव–श्रम आवश्यक पर्दछ । उदाहरणको लागि, एक किलोग्राम मकै उत्पादन गरेपछि त्यो उपभोग गरेर समाप्त हुन्छ र पुनः अर्को एक किलोग्राम मकै उत्पादन गर्नुपर्दछ, जसको लागि पुनः मानव श्रम–शक्तिको आवश्यकता पर्दछ । तर एकपटक सुन्तलाको बोट रोपेपछि त्यसले निरन्तर दस–बाह्र वर्षसम्म फल उत्पादन गरिरहन्छ, जसको लागि मानव श्रम–शक्ति लगाइरहनु पर्दैन । विज्ञान–प्रविधिमा पनि एकपटक मानव श्रम–शक्ति लगाएपछि त्यसको पुनरुत्पादन गरिरहनुपर्दैन ।

कसरी आउँछ समाजवाद ? (अब पुँजीपति र विज्ञान-प्रविधिको प्रतिनिधित्व गर्ने वर्गबीच हुन्छ वर्गसंघर्ष)


त्यसैगरी विज्ञान–प्रविधिमा जति मानव श्रम–शक्ति खर्च हुन्छ, त्यति मात्र त्यसबाट उत्पादन हुन्छ भन्ने अनिवार्य छैन । वाष्प–इन्जिन बनाउन लागेको मानव श्रम–शक्तिको मूल्यभन्दा लाखौँगुना बढी उत्पादन वाष्प–इन्जिनले गरेको छ । जलविद्युत आयोजनामा लाग्ने खर्चभन्दा धेरै बढी मूल्य त्यसबाट उत्पादन हुन्छ । मानव श्रम–शक्तिको आफ्नो निश्चित मूल्य हुन्छ, जसलाई कार्यदिवस वा त्यो श्रम–शक्ति पुनरुत्पादन गर्न लाग्ने वस्तुको मूल्यद्वारा निर्धारण वा मापन गरिन्छ । त्यसको मूल्य अनन्त हुँदैन । त्यसको मूल्य पनि निर्जीव वस्तुको जस्तै हुन्छ ।
मार्क्सले विज्ञान–प्रविधिले श्रमलाई तन्काउँछ भन्नुको तात्पर्य श्रमकाललाई तन्काउँछ भन्ने हो । विज्ञान–प्रविधिले श्रमलाई विस्थापन गर्ने हुँदा श्रमिकको ज्याला घट्दछ, परिणामस्वरुप श्रमिकले पहिले जति ज्याला प्रप्त गर्न थप काम गर्नु पर्दछ । एउटा स्वीटर तयार गर्दा पाउने ज्याला यन्त्रको प्रयोग गरेपछि दुईवटा स्वीटर तयार गर्दा मात्र प्रप्त गर्न सक्दछ । तर विज्ञान–प्रविधिले श्रमलाई विस्थापन गर्दछ ।
उदाहरणको लागि, प्रकाशको गति ३ लाख कि.मि. प्रति सेकेन्ड भएको मानव–श्रम लगाएर भएको होइन, जसलाई उपयोग गरेर मानवले संचार क्षेत्रमा क्रान्ति ल्याएको छ । यसले पहिलेको हुलाक सेवामा लाग्ने मानव–श्रमलाई विस्थापन गरेको छ । मानवको गति प्रकाशको गतिबराबर कहिल्यै हुनसक्दैन । मानवले प्राकृतिक शक्ति तथा प्रक्रियालाई खोजेर निकाल्दछ र त्यसलाई संयोजन गरेर उपयोग गर्दछ, त्यसको सृजना गर्दैन ।
समाप्त

Monday, February 1, 2016

समाजवाद सम्बन्धी केही प्रश्नहरु- मथुरा ढकाल

मार्क्स र एंगेल्सले १९ औं शताब्दीको मध्यमा यूरोपमा समाजवादी क्रान्तिहरुको संभावनाको घोषणा गरेका थिए । त्यसमा पनि मार्क्सले इंग्ल्याण्ड, हल्याण्ड र बेल्जियम जस्ता पूँजीवादको विकास भएका मुलुकहरुमा समाजवादी क्रान्तिको अपेक्षा राखेका थिए। बिशेषगरी सो शताब्दीको सातौं दशकमा पूँजीवादको प्रचुर विकास भएको र राज्यसत्ता निकै कमजोर भएको इंग्ल्याण्डमा शान्तिपूर्णरुपमा क्रान्तिको विचार गरेका थिए। तर मार्क्सको यो अपेक्षा आफ्नो जीवनकालभर कहिल्यै पुरा हुन सकेन।

मथुरा ढकाल
मथुरा ढकाल
मार्क्सको मृत्युपछि लेनिनको नेतृत्वमा सन् १९१७ मा उत्पादनका साधनहरुको कम विकास भएको रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो। त्यसपछि बिस्तारै पूर्वी यूरोप, चीन, भियतनाम, क्यूवा लगायतका मुलुकहरुमा समाजवादी व्यवस्थाहरु स्थापना भए। संसारको एक तिहाई क्षेत्रफलमा समाजवादी व्यवस्था स्थापना  भए । कम्युनिष्ट आन्दोलनको प्रस्तावना अनुसार विश्वबाट पूँजीवाद-साम्राज्यवाद समाप्त हुनेछ र त्यसको स्थान विश्व समाजवादी व्यवस्थाले लिनेछ भन्ने मान्यता राखेको थियो।
समाजवाद सम्बन्धी उपयुक्त बुझाई दोस्रो विश्वयुद्धपछिका केही दशकहरुसम्म सही सावित भईरह्यो। तर कालान्तरमा विश्व पुँजीवादको सट्टा समाजबादको पतन भएको छ। पूँजीवादको बदला समाजवादको संकट बढी गहिरो साबित भएको छ। अधिकांश देशमा समाजवाद असफल भएपछि बचेखुचेका देशहरुमा पनि समाजवाद चिन्न पनि मुश्किल भईरहेको छ।
नेपालमा अहिले समाजवाद सम्बन्धी बहस सुरु भएको छ। समाजवादी क्रान्तिका पक्षधर सामु समाजवाद निर्माण सम्बन्धी केही जटिल मुद्दाहरु देखा परेका छन् त्यसको उत्तर खोज्नु जरुरी भईसकेको छ।
बिसौं शताब्दीको ७० को दशकपछि विश्वमा कुनै पनि देशमा समाजवादी क्रान्ति सम्पन्न भएका छैनन् बरु समाजवादी क्रान्तिका लागि हतियार उठाएका वर्मा, मलेसिया, थाईल्याण्ड, सिंगापूर, पेरु लगायतका मुलुकमा आज कम्युनिष्ट पार्टीको अस्तित्व नै समाप्त भएको छ। यसको उल्टो बिगतमा नै ढल्छ भनेको पूँजीवाद एकपछि ऊर्को संकट पार गर्दै हराभरा भएर आएको छ। हिजो एक आपसमा काटमार गर्ने पूँजीवादीहरु  आज एकजुट भएका छन् भने समाजवादको लक्ष्य राखेका कम्युनिष्टहरु आज आफ्नो अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेका छन्।
यसै सन्दर्भमा नेपालमा अहिले समाजवाद सम्बन्धी बहस सुरु भएको छ। समाजवादी क्रान्तिका पक्षधर सामु समाजवाद निर्माण सम्बन्धी केही जटिल मुद्दाहरु देखा परेका छन् त्यसको उत्तर खोज्नु जरुरी भईसकेको छ।
समाजवाद: पूँजिवादभन्दा उच्च कि समानान्तर सामाजिक व्यवस्था
मार्क्सले पूँजीवादको पूर्णता र परिपक्वता हासिल गरेपछि मात्र सामाजिक विकासको क्रममा समाजवादी व्यवस्थाको आवस्यकता पर्ने कुराको बोध गरेका थिए। पछि लेनिनले पिछडिएका देशहरुलाई समाजवादको प्रारम्भ बिन्दु माने। उनले यस्ता देशहरुलाई क्रान्तिको अगुवा माने कि जहाँ सामाजिक विकासका उच्च चरण छँदैछैनन् वा विकासका चरणका अर्थमा पूँजीवादभन्दा पछाडि छन्। प्रयोगका हिसावले पनि रुस लगायत कथित समाजवादी मुलुकहरुमा समाजवादलाई पूँजीवादको समानान्तर व्यवस्थाको रुपमा लागू गरे। समाजवादलाई पूँजीवादभन्दा अगाडि लानु त कता हो कता  पूँजीवादको बराबरी गर्नु पनि मुश्किल पर्न गयो। यदि समाजवाद पूँजीवादभन्दा राम्रो र उच्च सामाजिक आर्थिक व्यवस्था र पूँजीवादपछिको चरण थियो भने त्यो संकटग्रस्त भएर किन पतनशिल हुन गयो? मेरो विचारमा समाजवाद पूँजीवादको समानान्तर व्यवस्था होईन कि मार्क्सले भने जस्तै पूँजीवादभन्दा उच्च सामाजिक व्यवस्था हो।
के अतिरिक्त मूल्यको सिद्धान्त सान्दर्भिक छ?
पूँजीपति वर्गले मजदुर वर्गलाई प्रत्यक्ष रुपमा शोषण गर्दैन। उसले प्रत्यक्ष रुपमा श्रमको उचित मूल्य दिन्छ। तर उसले अप्रत्यक्ष रुपमा मजदुरलाई दिएको मूल्यभन्दा बढी काम गराउँदछ, जसबाट उसले नाफा कमाउँछ। यही अतिरिक्त श्रमबाट पूँजीपति वर्गको नाफा र पूँजी बन्दछ। मजदुर वर्गको यही अतिरिक्त श्रमबाट पूँजीपति वर्गले प्राप्त गर्ने नाफा र पूँजी नै अतिरिक्त मूल्य हो भन्ने नै मार्क्सको मान्यता थियो। मार्क्सकालीन समाज औधोगिक समाज थियो।
पूँजीपति वर्गको नाफा र पूँजी सञ्चयको प्रमुख स्रोत श्रमिक नभएर उपभोक्ता हुन गएका छन्। त्यसैले वर्तमान सन्दर्भमा अतिरिक्त मूल्यको सान्दर्भिकता कमजोर बन्दै गएको छ र समाजवादी क्रान्तिमा मजदुर वर्गको भूमिका पनि कमजोर बन्दै गएको छ।
औधोगिक समाजमा मार्क्सले भने जस्तै पूँजीपति वर्गले मजदुर वर्गलाई श्रमको तुलना ज्याला कम दिएर शोषण गर्दथे। त्यो समयमा औधोगिक वस्तुको उत्पादनमा श्रमको लगानी उच्च हुन्थ्यो। बर्तमान सन्दर्भमा औधोगिक वस्तुको उत्पादनमा सबैभन्दा बढी विज्ञान र प्रबिधि, त्यसपछि पूँजी र अनि मात्र श्रमको सीमित मात्रामा मात्र प्रयोग हुन्छ। त्यसैले पूँजीपति वर्गको नाफा र पूँजी सञ्चयको प्रमुख स्रोत श्रमिक नभएर उपभोक्ता हुन गएका छन्। त्यसैले वर्तमान सन्दर्भमा अतिरिक्त मूल्यको सान्दर्भिकता कमजोर बन्दै गएको छ र समाजवादी क्रान्तिमा मजदुर वर्गको भूमिका पनि कमजोर बन्दै गएको छ।
के मूल्यको श्रम- सिद्धान्त सान्दर्भिक छ ?
मार्क्स लगायत पुराना अर्थशास्त्रीहरुले वस्तुको मूल्य निर्धारण सामाजिक श्रम र श्रमकालद्वारा निर्धारित हुन्छ भन्ने मान्यता राख्दथे। औधोगिक युगमा वस्तु उत्पादनमा लगानीको मूख्य स्रोत श्रम भएकाले मूल्यको श्रम सिध्दान्त सही थियो। बर्तमान युग औधोगिक युग होईन, वैज्ञानिक-प्राविधिक युग हो।
वैज्ञानिक-प्राविधिक युगमा वस्तु उत्पादनमा इलोक्ट्रोनिक शक्ति र इलेक्ट्रोनिक प्रक्रियाको मूख्य भूमिका हुन्छ, श्रमशक्तिको कम मात्र प्रयोग भएको हुन्छ र कतिपय अवस्थामा श्रमशक्तिको प्रयोग नै भएको हुँदैन। श्रम प्रक्रिया उत्पादन प्रक्रियाबाट बिस्तारै अलग भइरहेको छ।
यस्तो अवस्थामा वस्तुको मूल्य श्रमशक्ति र श्रमकालको वदला इलेक्ट्रोनिक प्रक्रियाहरुमा निहित शक्तिबाट निर्धारित हुन्छ। इलेक्ट्रोनिक शक्तिले वस्तुमा अत्यन्तै न्यून मूल्य समाबेश गर्दछ। त्यसकारण वस्तुको मूल्य निर्धारणमा श्रमको भूमिका गौण बनेर गएको छ र श्रमको मूल्य सिध्दान्त सन्दर्भहीन हँदै गएको छ।
के क्रान्तिकारी शक्तिको रुपमा सर्वहारावर्ग कायमै छ?
औद्धोगिक युगमा एउटै स्थानमा ठूला ठूला कारखानाहरु स्थापना गरिन्थ्यो। कारखानाहरुमा ठूला ठूला यन्त्रहरु लगाईन्थ्यो। कारखानाहरुमा ठूलो मात्रामा श्रमिकहरु एकत्रित हुन्थे। पूँजीपति वर्गले उनीहरुको श्रमशक्ति खरिद गरेर उत्पादन चलाउँथ्यो र अतिरिक्त मूल्य र अतिरिक्त उत्पादन उत्पन्न हुन्थ्यो। यसरी श्रमिकहरु वर्गमा रुपान्तरित हुन्थे भने पूँजीपति वर्ग थप विकसित हुन्थ्यो। आज कारखाना तथा यन्त्रहरु सानातिर विकास भईरहेका छन्।
श्रमिकहरु केन्द्रीकृत हुनुको सट्टा बिकेन्द्रीत भइका छन्। उत्पादनमा मजदुरको सट्टा इलेक्ट्रोनिक र क्वान्टम साधनहरुबाट काम गर्ने वैज्ञानिक(श्रमिक) ले लिइरहेका छन्।  मजदुरहरुको संख्या घटिरहेको छ भने साना यन्त्रका मालिकहरुको संख्या बढीरहेको छ। श्रमिकहरु साना मालिकमा रुपान्तरित भईरेका छन्, जसका कारण वर्ग बिखण्डित भईरहेका छन् र कतिपय अवस्थामा लुप्त हुने अवस्थामा छन्।
साना र सस्ता यन्त्रहरु साना मालिक (श्रमिक) हरुका लागि अनुकूल र केन्द्रीकृत वर्गका लागि प्रतिकूल हुँदै गएको छ। सर्वहारा वर्ग बिस्तारै साना मालिकमा रुपान्तरित भइरहेको छ। त्यसैले सर्वहारा वर्ग समाजवादी क्रान्तिका लागि क्रान्तिकारी शक्तिका रुपमा अव रहेन्।
समाजवादमा वर्ग
वर्गीय समाज रहेसम्म हरेक सामाजिक व्यवस्थामा वर्गहरु रहीरहन्छन्। मानव समाजको विकासक्रमलाई हेर्ने हो भने दासयुगदेखि पूँजिवादीयुगसम्म हरेक सामाजिक व्यवस्थामा दुईओटा मूख्य वर्गहरु बिध्यमान थिए र हरेक सामाजिक व्यवस्था भित्र उक्त व्यवस्थालाई अन्त गर्ने परस्पर बिरोधी वर्गहरुको भ्रुण समेतको विकास भएको हुन्थ्यो। जस्तो कि दास व्यवस्थामा दास र दासमालिक गरी दुईओटा मुख्य वर्गहरु थिए। दास ब्यवस्था भित्र नै उदारवादी दासमालिक (सामन्त) र सीमित भूमि भएका दास (किसान) हरु सामन्तीयुगको भ्रुणको रुपमा जन्म भएको थियो। सामन्त र किसान वर्गको सहयोग र दासहरुको  बिद्रोहबाट नै दास व्यवस्थाको अन्त भएको थियो।
सामन्ती व्यवस्थामा सामन्त र किसान परस्पर बिरोधी दुई मूख्य वर्गहरुको थिए। सामन्ती व्यवस्थाको विकासको अन्तिम चरणमा सामन्ती व्यवस्था भित्रै सीमित मात्रामा साना कारखाना र सो कारखानामामा काम गर्ने कारीगढ (मजदुर) हरुको जन्म भएको थियो। सामन्ती व्यवस्थाले पूँजीपतिहरुको पूँजीको विकास र मजदुरहरुको विकासमा अवरोध गरेको थियो। त्यसैले पूँजीवादी व्यवस्थाको भ्रुणको रुपमा जन्मेका पूँजीपति र मजदुरको सहयोगमा  किसानहरुको   बिद्रोहबाट नै सामन्ती व्यवस्थाको अन्त भएको थियो। अहिले विश्वमा पूँजीवादी व्यवस्था बिध्यमान छ ।
उत्पादन प्रक्रिया, उत्पादन संबन्ध, वर्ग, वर्ग संघर्ष, वस्तुको मूल्य सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त आदिमा ठूलो फेरबदल भएको छ। हामीले हाम्रा विचारहरुलाई बदलिंदो युग अनुरुप ढाल्नु पर्दछ र नयाँ आधारमा नयाँ विचार निर्माण गर्नु पर्दछ, जसले वर्तमान समाजको सही ब्याख्या गर्न सकोस्।
पूँजीवादी व्यवस्थामा मूख्य वर्ग भनेको पूँजीपति र मजदुरहरु हुन्। मेरो विचारमा पूँजीवादी व्यवस्था  पनि अहिले अन्तिम चरणमा आईपुगेको छ। दासयुग र सामन्ती युगमा जस्तै पूँजीवादी यस युगमा पनि नया वर्गको रुपमा भ्रुणहरुको जन्म भईसकेको छ। यस युगको मूख्य वर्ग भनेको ज्ञान र प्रबिधिसहितको मानव (वैज्ञानिक) र ज्ञान र प्रबिधिलाई संचिति गरेर राख्ने मानव नै हुन। यदि हामीले समाजवादलाई पूँजीवादपछिको उच्च सामाजिक व्यवस्था मान्ने हो भने  पूँजीवादी व्यवस्थाको अन्तिम चरणमा देखा परेका भ्रुण नै समाजवादी व्यवस्थाका नया वर्गहरु  हुनेछन्। यीनै नया वर्गले नै पूँजीवादको अन्त गर्न र समाजवादी क्रान्तिको नेतृत्व गर्छन् भन्ने मेरो मान्यता रहेको छ।
आज विश्वमा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा ठूला ठूला परिवर्तनहरु भएका छन कि आज नयाँ लागेका कुराहरु भोलि पुराना भईसकेका हुन्छन्। घटनाहरु यति छिटो छिटो बदलिरहेका छन कि हामीलाई हाम्रा विचारहरुसमेत बदल्न विवस बनाईरहेका छन्। समाजवाद सम्बन्धी हाम्रा पुराना धारणाहरु आज अप्रयाप्त मात्र होईन कतिपय पक्षमा हाम्रा धारणा नै बदल्नुपर्ने भएको छ। आहिले विश्व समाज मार्क्सले ब्याख्या गरे जस्तो औद्याेगिक कालको जस्तो छैन्। उत्पादन प्रक्रिया, उत्पादन संबन्ध, वर्ग, वर्ग संघर्ष, वस्तुको मूल्य सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त आदिमा ठूलो फेरबदल भएको छ। हामीले हाम्रा विचारहरुलाई बदलिंदो युग अनुरुप ढाल्नु पर्दछ र नयाँ आधारमा नयाँ विचार निर्माण गर्नु पर्दछ, जसले वर्तमान समाजको सही ब्याख्या गर्न सकोस्। मानव विचारमा गुणात्मक परिवर्तन नै आजको युगको माग हो।
http://www.khabardabali.com बाट साभार