tag:blogger.com,1999:blog-61976840273987974372024-03-19T01:48:32.312-07:00मार्क्सवाद अध्ययन-अनुसन्धान प्रतिष्ठानwww.marxvad.blogspot.comUnknownnoreply@blogger.comBlogger93125tag:blogger.com,1999:blog-6197684027398797437.post-14469764253124105042024-01-22T04:11:00.000-08:002024-01-22T04:11:11.968-08:00नेपाल र विश्व सन्दर्भमा लेनिनवादको भविष्य कति ? - हरि रोका
आज २१ जनवरी लेनिनको मृत्युको सय वर्ष पुगेको दिन । हामी आज यहाँ लेनिनको मृत्युमा शोक मनाउन भेला भएका होइनौँ, न त लेनिनले सय वर्षअघि यस लोकलाई विरासतमा छाडेर गएको सोभियत संघको विघटनमाथि दुःखमनाउ गर्न उपस्थित भएका हौँ ।
हामी वास्तवमा लेनिनको वैचारिक लिगेसी र उनले नेतृत्व गरेको क्रान्तिकारी समाजवादको कहीँकतै हाम्रा र हामीभन्दा पछिल्ला पिँढीका लागि औचित्य बाँकी छ छैन भनेर विचार विमर्श गर्न भेला भएका छौँ ।
लेनिनलाई मन नपराउनेहरूको संसारमा ठूलो जमात छ । नेपालमा पनि छन् उनीहरू लेनिनलाई सत्तोसराप गर्न र उनले नेतृत्व गरेको बोल्सेभिक पार्टी, उसको नेतृत्वमा सम्पन्न भएको क्रान्ति र त्यसपछि प्रेरणास्वरूप विश्वव्यापी रूपमा आर्थिक तथा सामाजिक न्यायका खातिर भएका स्वतन्त्रतासम्बन्धी आन्दोलनहरू, साम्राज्यवाद विरुद्धको मुक्ति आन्दोलन र उपलब्धिहरूलाई नामेट पार्न रुचाउनेहरूको बिगबिगी अहिले पनि उत्तिकै देखिन्छ । यसको एउटै मात्र मूल कारण हो, पुँजीवादी मुलुक, तिनका शासक र चिन्तकलाई अहिले पनि लेनिनको वैचारिक तथा व्यावहारिक क्रान्तिकारी विधि, रणनीति तथा सांगठनिक प्रस्तावनाले आतंकित तुल्याउने गर्छ । यो पुँजीवादीहरूको हकमा मात्र होइन, साम्राज्यवादी, अधिनायकवादी, सुधारवादी र नक्कली क्रान्तिकारीहरूको जमातमा समेत लेनिनको भूतले डर उत्पादन गरिरहेको देखिन्छ ।
सन् २००८ मा इतिहासकार लार्स टी लिअको महत्त्वपूर्ण किताब ‘लेनिन रिडस्कभर्ड : ह्वाट इज टु वि डन’ प्रकाशित भयो । किताब प्रकाशित भएसँगै एउटा असलियत कुरा पनि बाहिर आयो । त्यो थियो, वास्तवमा इतिहासकार लिअ सैद्धान्तिक वैचारिक रूपमा भ्लादिमिर इल्विच लेनिनलाई गलत साबित गर्ने मनसाय राखेर अनुसन्धानमा निस्किएका थिए, अनुसन्धानको परिणामपछि भने उनी आफैँ लेनिनबाट प्रभावित हुन पुगे । उक्त किताब समाजवादप्रति प्रतिबद्ध प्रकाशन ‘मन्थ्ली रिभ्यू प्रेस’ले नै बाहिर ल्यायो । त्यसो त दोस्रो विश्वयुद्धलगत्तै पहिलो शीतयुद्धकालीन समयमा उदारवादी, वाम तथा दक्षिणपन्थी सुधारवादीहरू, एनार्किस्टहरू तथा कथित र्याडिकल्सहरूले लेनिनको बेइज्जत गर्न कुनै कसरत छाडेका थिएनन् । लेनिनलाई अघिल्लो पुस्ताका ब्लांन्की, बाकुनिनजस्ता जालसाजकर्ता, अराजकतावादी, देखाउन आजसम्म प्रयत्न गर्नेहरूको कमी छैन । अर्थको अनर्थ लाग्ने, झुट र वास्तविक इतिहासलाई बंग्याउन रबर्ट सर्भिस ( लेनिन अ पोलिटिकल लाइफका लेखक), ओरलान्डो फिग्स (दी पिपुल्स ट्रेजेडीका लेखक) जस्ता नाम चलेका इतिहासकार समेत लागिपरेका थिए । अक्टोबर क्रान्तिलाई हुलमुलमा, जालसाजी गरेर जितेको, झुटमुठको क्रान्ति देखाउन लागिपरेको भनाउन पनि कसरत गरिएको थियो । अहिले पनि निकै ठूला ठेली प्रकाशित गरेर या बुकलेट निकालेर, वा कमिक्स (सचित्र) निकालेर लेनिन तथा उनको बोल्सेभिक पार्टीलाई अलोकतान्त्रिक, तानाशाहीको जगमा उभिएको बताउन र लेनिनलाई भिलेन बनाउन प्रयत्न गर्नेहरूको लर्को निकै लामो देखिन्छ । त्यसको अर्थ लेनिनबारे सत्यतथ्य लेख्नेहरूको अभाव छ भन्ने होइन । सन् २००८–०९ को विश्वव्यापी मन्दीपछि मार्क्सवादलाई खोजिएजस्तै लेनिनको खोजी गर्नेहरूको जमात पनि त्यत्तिकै बढिरहेको छ ।
सन् १९९० को सुरुवातमै लेनिनको नेतृत्वमा स्थापित हुन पुगेको सोभियत सत्ता ढल्यो । मुलुक नै विखण्डित हुन पुग्यो । उदारवादी र नवउदारवादी लेखक तथा र राजनीतिशास्त्रीले सोभियत संघको विघटनपछि समाजवादको हार र पुँजीवादको जित भनेर अर्थाए । समाजवाद फेरि कहिल्यै नफर्कने घोषणा गरे । त्यसपछि लेनिनलाई सत्तोसराप गर्नेहरूमा पूर्वी युरोपेली र विघटित सोभियत संघकै शासक पनि थपिए । लेनिनलाई होच्याउन नयाँ–नयाँ चलचित्र पनि बनाइए । जस्तो ः गुडबाई लेनिन (२००३) । ती चलचित्रले पूर्वीयुरोप र विघटित सोभियत गणराज्यहरूलाई खुइल्याउन र कम्युनिस्ट सपनालाई भ्रष्टीकरण गर्न ती सहयोगी नै देखिए । खासगरी लेनिनको विचार र लेनिनलाई राक्षसीकरण गर्न नै त्यस्ता चलचित्र निर्माण गरिएका थिए भन्ने बुझ्न गाह्रो थिएन ।
तर धेरै समय नबित्दै नवउदारवादी पुँजीवाद आफैँ धराशयी हुँदै गयो । एकपछि अर्को दुर्घटनाहरू घट्दै गए । राष्ट्रहरू अर्थराजनीतिक समस्याले ग्रसित हुँदै गए । फेरि पहिलो समाजवादी क्रान्तिका वाहक लेनिनमाथि नयाँ शिराबाट खोज तथा अनुसन्धान सुरु भयो । उनका विचार र भावना, उनका काम गराई र प्राप्त परिणामबारे नयाँ शिराबाट छानबिन तथा अन्वेषण गर्ने काम सुरु भएको छ । हामी आफैँ पनि यस हलमा लेनिनको विचार र कामका बारेमा छलफल गर्न उपस्थित भएका छौँ । कुनै एक व्यक्तिको पूजा अर्चना गर्न वा देवत्वकरणका लागि यहाँ हामी उपस्थित भएका होइनौँ ।
हामीलाई व्यक्तिको व्यक्तित्वप्रति कुनै चासो राख्नुपर्ने आवश्यकता छैन । तर हामीलाई लाग्छ, लेनिन मार्क्सवादवादलाई गहिरोसँग बुझेर, विश्व परिवेशलाई केलाएर, नयाँ–नयाँ विधि र प्रक्रिया तयार पारेर अगाडि बढेका थिए । उनले मार्क्सवादवादको कपी पेस्ट गरेनन्, बल्की माक्क्र्सवादी सिद्धान्त र त्यसले बोकेको स्प्रिटबमोजिम त्यसको उन्नति र प्रगतिमा आफूलाई होमे । वास्तवमा ‘राज्य र क्रान्ति’, ‘के गर्ने ?’, ‘साम्राज्यवाद पुँजीवादको उच्च अवस्था’जस्ता कीर्तिहरू त्यही स्प्रिटका उपज थिए । उनले आफ्नो जीवन नै क्रान्तिकारी परिवर्तनका लागि न्यौच्छावर गरेका थिए ।
लेनिन श्रमजीवी वर्ग खासगरी मजदुर र किसानको हितमा उनीहरूलाई संगठित गरी उनीहरूकै नेतृत्वमा जारशाही उखलेर फ्याँक्न चाहन्थे । इतिहासकार लिअले ‘लेनिन रिडस्कभर्ड ः ह्वाट इज टु वि डन’ शीर्षकको किताबमा समाजवाद प्राप्तिका लागि लेनिनको प्रतिबद्धता बेजोड रहेको स्वीकार गरेका छन् । आम रूपमा लेनिन श्रमजीवी वर्गको संघर्ष गर्ने क्षमतामाथि पूर्ण विश्वास गर्दथे । सैद्धान्तिक रूपमा मार्क्सवादवादमा आधारित समाजवादी कार्यक्रममाथि प्रतिबद्धता भएको र पेसागत रूपमा होमिन सक्ने क्षमता भएको श्रमजीवीको पार्टी हुने हो भने राजनीतिक क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा लेनिनमा दृढ विश्वास थियो ।
लेनिनको विचारमा मार्क्सवाद
सन १८९० मा रुसमा पहिलो क्रान्ति हुन खोज्यो तर असफल भयो । इतिहासकार तामास काउजका अनुसार त्यस क्रान्तिले निम्नानुसार प्रश्न खडा गर्यो । पहिलो, पुँजीवादको सीमा कति हो ? वैदेशिक प्रत्यक्ष पुँजी लगानीको सीमा कसरी निर्धारण हुन्छ ? यसैमा जोडिएर आउने कृषि पुँजीवादको जरो कता गाँसिन्छ ? जबकि रुसको दुई ठूला सहरहरूमा मात्र औद्योगिक करिडोर रहेको अवस्थामा औद्योगिक पुँजीवादको विस्तार कसरी हुन्छ ? यी प्रश्नले राजनीतिक रूपमा पनि अरु तीन आधारभूत प्रश्न खडा गरिदिएको थियो । पहिलो, तानाशाही राजतन्त्रको भविष्य अब के हुन्छ ? दोस्रो, रुसी आर्थिक विकासमा कृषि क्षेत्रको सुधारको प्रश्न कसरी हल हुन्छ ? र, तेस्रो, औद्योगिक विकास र खेतीयोग्य जमिनको वितरणको राजनीतिक समाधान कसरी खोज्ने ? वास्तवमा अन्तिम प्रश्नको आफूलाई क्रान्तिकारी दाबी गर्ने सबैले कार्यक्रमकै रूपमा उत्तर खोज्नुपर्ने अवस्था त्यस आन्दोलनले खडा गर्यो । यी माथि उठेका प्रश्नहरूमा गहिरोसँग घोत्लिन थालेपछि लेनिनको नरोद्निकसँगको नाता तोडियो ।
हामी सबैले योबिचमा अनेकन् विद्रोहहरूलाई भोग्यौँ, र सामेल भयौँ । नेपालदेखि अफ्रिकासम्म यो क्रम चल्यो, तर नवउदारवादी राज्यले सबैखाले विद्रोहलाई क्रान्तिकारी संरचनागत परिवर्तन हुनबाट रोक्यो ।
लेनिनले निकै ढिला गरी निर्वासनका बेला जोन ए हब्र्स ‘दी इभोलुसन अफ मोर्डन क्यापिटालिजम’ पढे । असल पुँजीवाद र खराब पुँजीवादको व्याख्याले उनलाई दिक्कै तुल्यायो । सन् १९०५ मा भएको रसियन क्रान्तिले मार्क्सवादवादीहरू र उदारवादीहरू बिच कित्ताकटा हुने गरी नाता तोडियो । खासगरी गणतन्त्रको स्थापना र लोकतान्त्रिक संघीय गणतन्त्र स्थापना गर्ने विषयमा मतभेद देखापरे । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रजातान्त्रिक स्वतन्त्रतालाई अधिकारका रूपमा स्थापित गर्ने विषय, संविधानले ग्यारेन्टी गर्ने संसद् तथा श्रमिकले रोजगारीका लागि आठ घन्टा मात्र समय व्यतित गर्न पाउनुपर्ने अधिकारको विषयमा उदारवादीहरूसँग मार्क्सवादवादीहरूको विमति रह्यो । यी यस्ता विषय थिए, जसमा प्रजातान्त्रिक क्रान्तिलाई समाजवादी क्रान्तिमा रूपान्तरण गर्न सकिन्छ भन्ने विषय प्रमुख भएर जोडिन्थे । जस्तो ः कृषि क्षेत्रको विकाससम्बन्धी मुद्दा, जमिन नभएकालाई खेतीयोग्य जमिन उपलब्ध गराउने कुरा, शिक्षा र स्वास्थ्यमा आम मान्छेको अधिकार स्थापित गर्ने विषय, समाजमा देखिएका सामाजिक तथा कानुनी भेदभाव, आत्मनिर्णयको अधिकारको विषय अथवा क्रान्तिकारी अधिनायकवाद स्थापित गर्ने विपय समाजका मुद्दा बनाउन उदारवादीहरू तत्पर भएनन् । यी यस्ता समस्याहरू थिए, यसले नै त्यस बेला देशभित्र भएका पार्टीहरूसँगको सम्बन्ध वा दूरी तय गथ्र्यो । यसको अर्थ बुर्जुवाहरूको पक्षमा उभिने कि गरिब किसान तथा मजदुरको पक्षमा ? खासगरी समाजवादी पार्टीहरू कसको पक्षमा उभिने प्रश्न महत्वपूर्ण थियो ? यो प्रश्न क्रान्ति कसको पक्षमा गर्ने या हुने भन्ने मुद्दाहरूले सामाजिक जनवादी भनिने पार्टीहरूमै समेत विभाजन ल्याइदियो । यो प्रश्न वास्तवमा मार्क्सवादवाद रोज्ने कि उदारवाद रोज्ने भन्ने आजको प्रश्न त्यति बेला पनि उठेको हो । यी सबै विषयमाथि उब्जिएका प्रश्नहरूको उदारवादमा उत्तर नभेटिएपछि लेनिनले तत्कालीन सन्दर्भको उदारवाद र वनेस्टाइनको सुधारवादबाट आफूलाई अलग्याए । मार्क्सवादवादलाई आफ्नो (रुसी) सन्दर्भमा कसरी लागु गर्न सकिन्छ भनेर लागिपरे ।
मार्क्सवादवादको गहिरो अध्ययनपछि लेनिन समाजवाद आधुनिक बुर्जुवा पुँजीवादमाथि विद्रोह बोलेर नै आउने निधोमा पुगे । उनले रुसी पुँजीवादमा समाजवादका लागि संघर्ष गर्ने तीनवटा काम फेला पारे । पहिलो, मार्क्सवादको ऐतिहासिक भौतिकवादको मार्क्सवादवादी नियममा आधारित रहेर पुँजीवादको असमान विकासमा उब्जने अन्तर्विरोधलाई बुझ्ने काम । दोस्रो, पुँजीवादभित्रका अन्तर्विरोधलाई बुझेर राजनीतिक दलले आफ्नो शक्तिलाई क्रियाशील बनाउँदै क्रान्तिका योजनालाई आम आन्दोलनमा बदल्न कोसिस गर्नुपर्ने काम र तेस्रो, एकाधिकार पुँजीवाद तहगत जगमा खडा हुने साम्राज्यवादका क्रियाकलापलाई संश्लेपण गरी अगाडि बढ्ने काम । यी कामको जगमा उभिएर लेनिनले राजनीतिक अर्थशास्त्र तथा सामाजिक संरचनाबारे समाजशास्त्रीय कोणबाट स्थानीय परिस्थितिलाई बोध गर्ने र राजनीतिक क्रियाकलाप अगाडि बढाउने मौलिक प्रयत्न थाले ।
विधि, संगठन र क्रान्ति
मार्क्सवादबाट लेनिनले सिकेको प्रमुख मन्त्र भनेकै ‘क्रान्तिकारी बाटोबाट मात्र पुँजीवादलाई विस्थापित गर्न सकिन्छ’ भन्ने विषय थियो । सन् १८९० यता लेनिनले पुँजीवादलाई विस्थापित गर्न कस्तो साधन, कस्तो विधि तथा कस्तो सांगठनिक शक्तिको आवश्यक पर्छ भन्ने ध्याउन्नमा समय खर्चिए ।
उनको पहिलो ध्याउन्न पुँजीवादलाई विस्थापित गर्न के गर्ने भन्नेमा केन्द्रित रह्यो । अर्थात् कस्तो पार्टी र कस्तो क्रान्तिका लागि कस्तो वर्गीय चेतना आवश्यक पर्छ भन्ने विषय । सन् १८९० ताका सामाजिक जनवादीहरूबिचको छलफल बहस नै ‘के गर्ने ?’ भन्ने विषय माउ विषय बनेको थियो । र ‘के गर्ने ?’ मार्क्सवादवादी बहसको सह–उत्पादनका रूपमा उठेको थियो । एकतेरिना कुस्कोभा र सर्गेइ प्रोकोभिचले यस सन्दर्भमा एउटा पम्प्लेट सन् १८९९ मै निकालेका थिए । श्रमजीवी कामदार वर्गको आर्थिक मुद्दा र संघर्ष एकातर्फ र पार्टीहरूको राजनीतिक संघर्ष अर्काेतर्फ भइदिँदा के अप्ठेरो हुन्छ भन्ने बहस बर्नेस्टाइनको सुधारवादलाई जोडेर उठेको बहस नोट त्यस पम्प्लेटमा उद्धृत गरिएको थियो । लेनिनले सन् १९०२ मा अकस्मात हुने जनविद्रोहमा सामाजिक जनवादीहरूको भूमिका के हुने ? जारको तानाशाहीलाई कसरी त्यो कामदार वर्गको जनविद्रोहमा केन्द्रित हुन सम्भव छ ? यो सामान्य अर्थतन्त्रको मुद्दा मात्र थिएन, मजदुरको जीवनयापनको प्रश्नसँग राजनीतिक तथा आर्थिक संरचनाको विश्लेषण या कार्यक्रममार्फत सम्बोधन गर्नुपर्छ भन्ने लेनिनको मान्यता थियो । यो विषय तत्कालीन राज्यले समाधान नखोज्दा नै क्रान्तिले सम्बोधन गर्नुपर्ने हुन्थ्यो ।
लेनिनको पार्टी निर्माणको थेसिस वास्तवमा श्रमजीवी वर्गको वर्ग चेतनासँग जोडिएर आउँछ । उनको विश्लेषण अनुसार श्रमजीवी वर्ग वास्तवमा पुँजीवादी प्रणालीको एउटा कंक्रिट भाग हो । यदि श्रमिक वर्ग आफ्नो अधिकारका लागि चेतनशील हुन पुग्यो भने परिवर्तनलाई कसैले रोक्न सक्ने सम्भावना हुँदैन, तर लेनिनको विचारमा श्रमजीवी आफैँ वा आफ्नै प्रयत्नमा मात्र चेतनशील हुन सक्ने सम्भावना रहन्न । लेनिनले श्रमजीवीको यो अवस्था पश्चिम युरोपमा एक वर्ष आप्रवासनमा बस्दा महसुस गरेका थिए । किनभने आम श्रमजीवीको ध्यान पुँजीवादका अनेकन् विज्ञापन, प्रोपोगन्डा तथा समाचारहरूले अन्यत्रै बरालिदिन्छन् । त्यसैले उनी के निचोडमा पुगेका थिए भने ‘एउटा क्रान्तिकारी आन्दोलन, क्रान्तिकारी दर्शनको अभावमा उठ्न सम्भव हुँदैन’ । मुलुकका दैनन्दिनको हर किसिमका घटनालाई आफूखुसी प्रचार गरेर नराम्रोलाई राम्रो बताउन राज्य र पुँजीपति वर्ग लागिपर्छन् । असत्यलाई पनि सत्य साबित गर्न खोज्छन् । जसको मुख्य लक्ष्य आफूविरुद्ध हुने सम्भावित विद्रोहलाई टाल्नु हो । त्यसैले संगठनका अनेकन् मोर्चा हुन आवश्यक हुन्छ, खासगरी खुलापन, पारदर्शिता एकातर्फ हुनुपर्छ भने अर्काेतर्फ रणनीतिक तथा गोपनीयता संगठनको अर्काे पाटो बनाइनुपर्छ । लेनिनको यो द्वैधतालाई लिएर विपक्षीले जालसाजी भनेर पनि अर्थाए । तर लेनिनले ‘एक स्टेप अगाडि, दुई स्टेप पछाडि’मार्फत आवश्यकताका रूपमा व्याख्या गरेका छन् । वास्तवमा एउटा क्रान्तिकारी पार्टीका लागि आफ्नो ठिक विपरीत सोच र विचार राख्ने प्रतिक्रान्तिकारीको क्रियाकलाप र रणनीति जान्न आवश्यक हुन्छ । अर्काे अर्थमा आफैँले शिक्षा ग्रहण गर्ने, सिक्ने र सिकाउने सांगठनिक पाटो हो भन्ने लेनिनको मान्यता देखिन्छ । लेनिनको यो मनसायलाई जर्ज लुकासले ‘हिस्ट्री एन्ड क्लास कन्सियसनेस’मा राम्ररी व्याख्या गरेका छन् ।
‘अन वार’ का लेखक कार्ल भन क्लजविट्ज नेपोलियनले बनाएको युद्ध रणनीतिबाट अत्यधिक प्रभावित थिए । मिलेटरी शक्ति कसरी बन्छ ? खास केका लागि बनाइन्छ ? लेनिनले भने कार्लविट्जलाई महत्त्व दिएर पढेका थिए र राज्यका लागि सेना किन अपरिहार्य हुन्छ भन्ने थाहा पाएका थिए । उनले युद्ध सम्बन्ध र संगठनबाटै सिकेर एउटा रूपान्तरण गर्ने पार्टीका लागि क्रान्तिकारी युक्ति र क्रान्तिकारी रणनीति निर्माण गर्नुपर्ने ठाने । युक्तिले वर्ग संघर्षको एउटा निश्चित अवयवको मूल्याङ्कन गर्न सघाउँछ । त्यसले अल्पकालीन समयमा कोसँग सम्बन्ध र कोसँग दूरी तय गर्नलाई खुट्ट्याउन सिकाउँछ । जस्तो : पार्टीको ट्रेड युनियन ब्रान्चले के गर्ने, संसद् फाँटले के गर्ने, वा किसान संगठनले के गर्ने भन्ने अनेकन् मुद्दामा संघर्षको युक्ति सिकाउँछ । क्रान्तिकारी रणनीतिले सबै युक्तिहरूको गठजोड मिलाएर समष्टिमा रणनीति तय गर्छ । यही रणनीतिमाथि टेकेर गरिने क्रान्तिले श्रमजीवी शक्तिलाई विजयी तुल्याउँछ । युक्तिहरूको गठजोड र क्षमता मापन गरेर बनाइएको रणनीतिमार्फत नै लेनिनले मार्क्सवादवादलाई विज्ञानबाट कलामा उतारेका थिए । मार्क्सवादवाद विज्ञानमा आधारित भए पनि उपयुक्त क्रियाकलापका लागि निर्देशित गर्ने विज्ञानमा रूपान्तरण गर्न आवश्यक थियो । र त्यसका लागि कला आवश्यक हुन्थ्यो । वास्तवमा विज्ञानले अस्तित्वमा रहेको पदार्थलाई मात्र स्विकार्छ, तर कलाले कसरी ठोस रूपमा कार्यान्वयन गर्ने भन्ने पाठ पढाउँछ । लेनिनको योगदान भनेको मार्क्सवादवादलाई कलाको रूपमा विकास गर्नुलाई मान्न सकिन्छ । लेखक तथा इतिहासकार टोनी क्लिफ लेख्छन्, ‘मार्क्सवादले पहिलो अन्तर्राष्ट्रियमा भाग नलिई मृत्युवरण गरेका भए पनि यतिवेला पनि मार्क्सवादलाई सम्झिइन्थ्यो । यदि लेनिनले बोल्सेभिक पार्टी नबनाएको भए र १९०५ र १९१७ मा क्रान्ति नगरेको भए तथा तेस्रो अन्तर्राष्ट्रिय नबनाएको भए लेनिनलाई सम्झनुपर्ने कारण बाँकी रहन्थेनन् । वास्तवमा सिद्धान्तलाई व्यवहारमा उतार्ने र विज्ञानलाई कलामा उतार्ने कामका कारण मार्क्सवाद सँगसँगै लेनिनको नाम पुरककै रूपमा आउने गर्छ ।
राष्ट्रिय राज्य तथा राज्य र क्रान्तिको प्रश्न
आन्तरिक अन्तर्विरोध खासगरी पुँजीवादी एकाधिकारवाद विद्रोहको एक मात्र कारण हुन्थ्यो भने आपसी अन्तर्र्विरोधकै कारण विभाजनमा गएर पुँजीवाद ध्वस्त हुन्थ्यो । यद्यपि यो थ्यौरीलाई अझ सन् २०१३ मा रोजा लक्जेम्बर्गको खोज तथा अनुसन्धानमा आधारित ‘दी एकुमुलेसन अफ क्यापिटल’ पुस्तक बहसमा आयो । यो पुस्तकले संसारमा अर्थतन्त्रमा पुँजीको सञ्चिति गरिन्छ वा हुन्छ र विश्वव्यापी रूपमा कसरी पुँजीवादीकरणका लागि विस्तार हुन्छ भन्ने विषयमा विषद व्याख्या पस्किएको छ । संसारभर वर्गीय शोषण तथा उत्पीडन हुन्छ र क्रान्तिकारी सर्वहारा वर्गको तादात बढ्छ र पुँजीवादभित्र अन्तर्विरोध बढेर त्यो शक्ति विभाजित हुन्छ भन्ने तथ्य यसले छर्लङ्गयाएको छ । लेनिन भने पुँजीवादमा विभाजन होइन पुँजीवादको समग्रमा अन्त्यको पक्षपाती बन्न पुगे । किनकि पुँजीवादलाई विश्वव्यापी रूपमा जोड्ने आजको जस्तो संगठित रूप (जस्तो : जी–सेभेन, जी–ट्वान्टी वा नाटो आदि) नभए पनि धेरैवटा धागोका गुच्छा उपलब्ध थिए ।
सन् १९१४ मा लेनिनको जीवनमा सबैभन्दा पीडादायी क्षण देखापर्यो, जुन दिन जर्मन सोसियल डेमोक्रेटिक पार्टीले पहिलो विश्वयुद्धमा जर्मन संसद् राइखस्ट्यागमा जर्मन साम्राज्यको पक्षमा युद्ध गर्नका लागि आफ्नो समर्थन रहेको भनेर भोट खसाल्यो । उक्त पार्टी युरोपमै सबैभन्दा ठूलो मजदुरहरूको भ्याङगार्ड पार्टी मानिन्थ्यो । उसले पटक–पटक युद्धको विरोधमा भोट गर्ने प्रतिबद्धता जनाएको थियो । उनीहरूले युद्धको पक्षमा भोट नखसालेका भए विश्वको समाजवादी आन्दोलनको स्वरूप नै भिन्न रूपमा विस्तार हुने सम्भावना त्यस वेलाको युरोपमा आकलन गरिएको थियो । यो झड्काले लेनिनलाई ‘राज्य के हो ?’ भन्ने प्रश्नमा उल्झाइदियो र त्यसलाई भित्रदेखि नै कुन प्रेरणा जगाइदियो । तपाईं हामीलाई पनि लाग्छ, अहिले पनि ‘राज्य एउटा स्वतन्त्र निष्पक्ष संस्थाका रूपमा खडा हुनुपर्छ ।’ सर्वसाधारण सबैको हक र हितमा राज्य उभिनुपर्छ ।
के राज्य निष्पक्ष हुन्छ त ? यस सम्बन्धमा मार्क्सवाद, एंगेल्स र लेनिनका तर्कमा कुनै विवाद देखिँदैन । राज्यविहीनताको अवस्थामा बाहेक अरु उत्पादन पद्धतिमा राज्य न्युट्रल रहँदैन । उनीहरूको निचोड देखिन्छ । त्यसैले पुँजीवादी विश्वमा झन् राज्य सर्वसाधारणको हितमा उभिँदैन । किनभने वर्गीय समाजमा वर्गैपिच्छे सामाजिक पक्षधरता एक–अर्काविरुद्ध देखा पर्छन् । अर्थात् उत्पादनका साधनमाथिको स्वामित्व जसको हातमा हुन्छ र धन आर्जन उसैले गरिरहेको हुन्छ । ऊ आफूमा निहित स्वामित्व छोड्न ऊ लाग्दैन बरु सुरक्षा गर्ने उपाय खोज्नतर्फ लाग्छ । शोषित हुने र शोषण गर्ने बीच मतभेद तीव्र बन्छ, बन्न सक्छ । तर गृहयुद्ध हुने गरी वा आपसमा भिड्ने गरी मतभेद बढ्न नदिन एउटा स्पेसल अथोरिटी खडा गरिएको हुन्छ जसलाई ‘राज्य’ भनिन्छ । लेनिनको विचारमा त्यो स्पेसल अथोरिटीले कुनै पनि वर्गसँग सामेल नभएको तर राज्यप्रति लोयल हुने सैन्यशक्ति संस्थागत रूपमा खडा गर्छ । राज्य आफैँ भने वर्गीय हुन्छ ।
पुँजीपति र धनाढ्य वर्गको पक्षधर वा माथि उल्लेख गरिएझैँ उत्पादनका साधनहरूमाथि कब्जा जमाएर बसेको शक्तिको पहरेदारको रूपमा राज्य खडा हुन्छ । त्यसैले राज्यले मौका पर्दा वा त्यो वर्गको हितार्थ सैन्य शक्तिको उपयोग गर्छ, यो अनौठो हुँदै होइन । ऐतिहासिक तबरमै राज्य सञ्चालन गर्न चाहिने खर्च सेना पाल्न होस् या पुरेत वा शासकहरू पाल्न, कर उठाउन राज्यले धनाढ्य पुँजीवादीहरूकै पक्षपोषण गर्छ । किनकि ऊ त्यही वर्गको प्रतिनिधि पात्र हो । परिभाषित कुरा के हो भने राज्य एउटा वर्गले अर्को वर्गलाई दबाउने साधन नै हो र गर्छ । लेनिनले गरेको अन्तिम तर्क के छ भने, समाजवादीहरूले राज्यमाथि जित हासिल गरेपछि उनीहरूले पनि वर्गीय पक्षधरता अनुरूप मजदुर र किसानकै अर्थात् श्रमजीवी वर्गकै मुक्तिका खातिर राज्यलाई उपयोग गर्ने गर्छन्, अलि बेग्लै ढंगले । किन यस्तो हुन्छ भने राज्यको नाममा शासन सत्ता चलाउने एउटा स्पेसल बडी हुन्छ र सम्पूर्ण जनताका नाममा उसले शक्ति खर्चिन्छ उस्तै गरी ।
त्यो सम्पूर्ण समाजका नाममा एउटा सानो समूहले सुरक्षा दस्ताको बलमा शासन गर्छ । त्यसरी उभिएको राज्यलाई परास्त गर्न गाह्रो छ । त्यसैले आम रूपमा जनतालाई त्यसका विरुद्ध खडा गर्न संगठित, अनुशासित तथा विचारधाराप्रति प्रतिबद्ध शक्ति निर्माण गर्न आवश्यक हुन्छ । राज्य र क्रान्तिमा लेनिनको अन्तिम तर्क नै पुँजीवादीहरूको संगठित राजकीय शक्तिलाई परास्त गर्न स्वस्फूर्त आन्दोलन वा विद्रोहले मात्र सम्भव हुँदैन संगठित पार्टी चाहिन्छ भन्ने उल्लेख छ । वास्तवमा संसार भएका पछिल्ला क्रान्ति र विद्रोह खासगरी अरब मुलुकमा सन् २०११ म भएका विद्रोहपछिको असफलताले लेनिन ठिक ठाउँमा उभिएका थिए भनेर प्रमाणित हुन्छ ।
लेनिनले उठाएको विशेष प्रतिनिधित्वले वास्तवमा गम्भीर प्रश्न खडा गर्छ । पहिलो त के यसले आम रूपमा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्न सक्छ ? श्रमजीवी वर्गले क्रान्ति गरे अनि र पावर एक्सरसाइज गर्ने समय र अवसर पाए भने कसरी त्यो स्पेसल बडीले राज्यको काम गर्ला ? के श्रमजीवी वर्गले आफ्नो क्रान्तिकारितालाई त्यसपछि तिलाञ्जली दिनुपर्ने हुन्छ ? लेनिनको तर्क छ, यदि वास्तविक रूपमा शक्ति श्रमजीवी वर्गको हातमा प्राप्त भयो भने उनीहरूले राज्यलाई ध्वस्त गर्नुपर्छ । लेनिनको यो भनाइ नाटकीय र अविश्वसनीय लाग्छ । त्यस्तो राज्यविहीन समाज निर्माण हुन धेरै ठूलो समय र सैद्धान्तिक वैचारिक तथा चारित्रिक हिसाबले स्वस्थ समाज निर्माण हुन आवश्यक हुन्छ ।समाजवादी क्रान्ति
हामी सबैलाई थाहा भएकै कुरा हो फेब्रुअरी १९१७ मा जारशाही फालियो । त्यसका ठाउँमा एउटा अस्थायी सरकार बन्यो । उक्त सरकारले पश्चिमा मुलुकहरूमा जस्तो उदार प्रजातान्त्रिक व्यवस्था स्थापित गर्ने वाचा गर्यो, तर त्यही समयमा रुसको औद्योगिक सहरहरूमा वर्कर काउन्सिलहरू, जो लोकतान्त्रिक पद्धति बमोजिम निर्वाचित भएर शक्तिशाली बन्न पुगेका थिए । प्रवासबाट स्वदेश फर्किएपछि लेनिनले अस्थायी सरकारलाई समर्थन दिएनन् । अपितु उनले अनिर्वाचित अस्थायी सरकारले राज्य चलाउने होइन, निर्वाचित सोभियतहरूलाई राज्य चलाउन दिइनुपर्छ भन्ने माग गरे । वास्तवमा लेनिनको प्रस्तावना उदारवादी बुर्जुवा क्रान्तिलाई समाजवादी क्रान्तिमा रूपान्तरण गर्नु थियो ।
लेनिनको उक्त प्रस्तावमाथि पार्टीभित्र र सोभियतहरूमा धेरै लामो छलफल र बहस गराए । उनको प्रस्ताव स्वीकार हुँदै गयो । अन्ततः बुर्जुवा क्रान्ति सम्पन्न भएको ८ महिनापछि अक्टोबर क्रान्ति सम्पन्न भयो । तर यो युरोपेली महादेशको समाजवादी क्रान्ति नभएर रुसी क्रान्ति बन्न पुगेको थियो । वास्तवमा सन् १९१४ मा भएको समाजवादी शिविरभित्रको (दोस्रो अन्तर्राष्ट्रिय) खासगरी जर्मन सोसलिस्टहरूले गरेको धोखाघडीका कारण एक देशमा क्रान्ति सम्पन्न गर्नुपर्ने परिस्थिति बन्यो । वास्तवमा लेनिनले सन् १९१७ को अप्रिल थेसिसमार्फत राज्यको रूपान्तरणका लागि हस्तक्षेप नगरेको भए सुधारवादी अन्ततः दक्षिणपन्थी सुधारवादमा रुसको फेब्रुअरी क्रान्ति पनि टुंगिन्थ्यो र संसारभर त्यस्तै जात्रा आज दोहोरिएजस्तो दोहोरिरहन्थ्यो ।
क्रान्तिको लगत्तैपछि सत्ता सोभियतहरूले नै सञ्चालन गरे, यद्यपि आफ्ना लागि आफैँ सरकार चलाउन श्रमजीवीसँग अनुभव थिएन । उनीहरूले सिक्नैपथ्र्यो । अनुभवजन्य कठिनाइहरू खडा हुन्थे र ती आए । कतिपय पुरानो कुराको सिको गर्दै दोहोरिए । प्रतिक्रियावादी अनुभवजन्य त्रुटिविरुद्ध नारा लगाउँदै प्रतिक्रान्तिमा उभिए । वास्तवमा सत्ताको आसनबाट ढलेका तानाशाह र तिनका अनुयायी घाइते बाघझैँ झन् खतरनाक भएर निस्कन्छन् भन्ने कुरा केही दिनमै पुष्टि हुन पुग्यो । रेड गार्डविरुद्ध ह्वाइट गार्ड, सोभियत राज्यविरुद्ध युरोप तथा अमेरिकी सेना जाइलागे । यसले सन् १९१७ मा प्रकाशित भएको राज्य र क्रान्तिमा उल्लेख गरिएका मान्यताभन्दा सोभियत संघ लेनिनकै पालामा पनि अलग ढंगले पनि शासन व्यवस्थित गर्नुपर्ने अवस्था आयो । जस्तो ः वार कम्युनिजम, नयाँ आर्थिक नीति, र कतिपय अवस्थामा क्रान्तिका उपलब्धिलाई जोगाउने नाममा जनबोली र बहसमाथि प्रतिबन्ध आदिका घटना दोहोरिए ।
सोभियत क्रान्तिपछि आजका मितिसम्म संसारभरका बुर्जुवाहरू लेनिनलाई राजनीतिक तथा वैचारिक रूपमा बर्खास्त गर्न लागिपरे, लागिपरेका छन् । वास्तवमा मार्क्सवादवादलाई विश्वव्यापी रूपमा स्थापित गर्न र उदारवादको विकल्पको रूपमा मार्क्सवादवादको जग बसाल्न र मजदुर र किसानजस्तो श्रमजीवीले पनि स्वराज कायम गर्न सक्छन् भनेर मार्क्सवादवादको विकास गर्ने काममा सबैभन्दा अग्रणी भूमिका निर्वाह गरेकाले नै लेनिनमाथि यो आक्रमण भएको हो बुझ्न सकिन्छ । पछिल्ला दिनहरूमा मार्क्सवादवादी लेनिनवाद तथा कम्युनिस्ट पार्टी भनेर नामलाई ब्रान्ड बनाउनेहरूले पनि लेनिनको हुर्मत लिने काम गरिरहेको देखिन्छ ।
वर्तमान समयमा लेनिनवादको सान्दर्भिकतालाई कसरी बुझ्ने ?
यस सन्दर्भमा तमास क्राउजले आफ्नो पुस्तक रिकन्सट्रक्टिङ लेनिनमा केही बुँदा अघि सारेका छन् । तिनलाई परिमार्जन गर्दै केही बुँदा मैले पनि अघि सार्ने धृष्टता गरेको छु । लेनिनले अघि सारेका प्रस्तावनाहरूको मूल सार निम्नानुसार रहेका छन् ।
१) परिवर्तन तलबाट आउनुपर्छ भन्ने हो । लेनिनले कान्तिकारी आन्दोलन बनाउन धेरैखाले मौकापरस्त शक्ति र व्यक्तिहरू जो बुर्जुवा संसद्वादबाट ओर्लन्छन् विरुद्ध आवाज उठाइरहे । अहिले नेपालकै सन्दर्भमा पनि देखिरहेका छौँ समाजवाद माथिबाट अर्थात् संसद्बाट ओर्लने कुनै छाँटकाँट नै देखिन्न । संसद् यदि आम जनताप्रति उत्तरदायी बनाउन सकिएन भने मौकापरस्तहरूको झुन्डले संसद्लाई पङ्गु बनाउँछ भन्ने लेनिनको घोषणा आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।
२) विधि चाहिन्छ भन्ने लेनिनको प्रस्ताव आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । लेनिनले दर्शनका बारेमा थोरै लेखेका छन् तर जति लेखेका छन्, त्यसको सान्दर्भिकता क्रान्तिकारी सिद्धान्तमा मात्र होइन क्रान्तिकारी क्रियाकलापमा पनि देखिने गरेको छ । लेनिनले हरेक कुरा आम मानिसको जीवनपद्धति तथा व्यवहारमा लागू हुने विधिको निर्माण गरे । लेनिनको लेखाइमा दुईवटा तर्कले भित्रैदेखि स्थान पाएको देखिन्छ । पहिलो एकीकृत रूपमा विकासको ऐतिहासिकता र आजको विकाससँगको अन्तर्सम्बन्ध । दोस्रो, इतिहास जोडिएर आउने प्रक्रिया होइन, जसलाई साधारण सुधारले समाजलाई जोडोस् । यसको अर्थ एउटा विकासको चक्र फेरि त्यही रूपमा दोहोरिँदैन जो सुधारवादीहरू चाहना राख्छन् । त्यसैले परिवर्तन अपरिहार्य बन्छ । वास्तवमा हेगलले प्रतिपादन गरेको टोटालिटीको थेसिसलाई लेनिनले आत्मसात गरेको देखिन्छ । नेपालको सन्दर्भमा जसरी सत्ताधारीहरू उही संरचनामा सुधार खोजिरहेछन्, त्यो असम्भव छ भन्ने कुरा लेनिनले सय वर्षअघि नै बताएका थिए ।
३) मानिसले इतिहास निर्माण गर्छ । लेनिन मार्क्सवादले जस्तै ‘व्यवहारलाई’ केन्द्रमा राख्थे । ‘कसले के भन्छ होइन कसले के गर्छ’ त्यो महत्त्वपूर्ण हुन्छ । मान्छेले जे सोच्छ, त्यो गर्छ कि गर्दैन, बाहिरबाट विचार गरिने र विश्वास बनाउने आधार तय हुन्छ । पुँजीवादले वर्ग निर्माण गर्छ र समाजमा तह खडा गर्छ । जहाँसम्म मुक्तिको कुरा छ, वर्गीय समाजले आफ्नो वर्गको मुक्ति खोज्छ, त्यही अनुसार विश्वव्यापी रूपमा वर्गहरू बिच समन्वय र भ्रातृत्व प्रेमको कुरा हुन्छ । त्यसैले यस्तो नहोस् भन्ना खातिर वर्गीय लडाइँ लड्नेहरूले क्रान्तिकारी विचारले ओतप्रोत पार्टी निर्माण गर्नुपर्ने हुन्छ । जो जुझारु होस् र आफ्नो सिद्धान्त र संगठनप्रति प्रतिबद्ध होस् । त्यस्तो पार्टीले मात्र क्रान्ति सम्पन्न गर्न सक्छ ।
४) साम्राज्यवादले कुनै पनि देशको राजनीतिक प्रणालीमा हस्तक्षेप गर्न सक्छ । लेनिनको बुझाइको आधुनिक पुँजीवाद कहीँ न कहीँ साम्राज्यवादको चंगुलमा जकडिएको हुन्छ । त्यो चंगुलबाट मुक्त हुन क्रान्तिकारी रणनीति अख्तियार गर्नुपर्ने हुन्छ । साम्राज्यवादीहरूबिचको अन्तर्विरोध तथा उनीहरूको द्वन्द्वभित्रै आमूल परिवर्तनको सम्भावना खोज्न सकिन्छ । त्यसैले साम्राज्यवादीहरूको अन्तर्विरोधमा कुनै एक शक्तिको पक्षधरता खोज्ने होइन । आफ्नै असंलग्नताभित्र परिवर्तन खोजिनुपर्ने हुन्छ । नेपालको सन्दर्भमा अहिले सुरु भएको शीतयुद्ध र विश्व विकास परियोजनालाई हेर्न सकिन्छ । कार्ल लिवनेकका शब्दलाई विचार गर्ने हो भने ‘मुख्य शत्रु घरमै भेटिन्छ । राष्ट्रवादको गफ दिएर साम्राज्यवादको तलुवा चाट्नेहरू तेस्रो विश्वमा प्रशस्तै भेटिन्छन्, यसर्थ वर्ग संघर्षका लागि विश्वव्यापी ऐक्यबद्धता आवश्यक हुन्छ ।
५) क्रान्तिका लागि संगठित हुन आवश्यक छ । क्रान्ति आफैँ सम्पन्न हुँदैन, क्रान्तिका लागि संगठित गर्न जरुरी हुन्छ । सुधारले परिवर्तनलाई पर धकेल्छ तर कालान्तरमा असाध्यै संकट निम्तिन्छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने सन् १९८५, १९९२ का सुधारले नेपाललाई गहिरो संकटमा धकेलेको छ । ‘के गर्ने ?’ले देखाएको बाटो आज पनि सान्दर्भिक देखिन्छ ।
वास्तवमा आममान्छेको चेतना आफसे आफ जाग्दैन, एउटा क्रान्तिकारी पार्टीले मात्र जगाउन सक्छ । कुनै पनि क्रान्तिकारी आन्दोलन क्रान्तिकारी दर्शन वा विचारधाराको अभावमा सम्भव हुँदैन, त्यसका लागि क्रान्तिकारी संगठन अपरिहार्य हुन्छ भन्ने लेनिनको बुझाइ आज पनि नेपालको सन्दर्भमा सान्दर्भिक देखिन्छ ।
६) क्रान्ति अन्तर्राष्ट्रिय हुन्छ । रुसको क्रान्ति दबाउन १४ वटा पुँजीवादी मुलुकहरूले रुसमा हस्तक्षेप गरे । बुर्जुवाहरूले समकालीन संसदीय व्यवस्था निरूपण गर्ने नाममा तिनै साम्राज्यवादीहरूसँग सहकार्य गर्न पुगे । लेनिनको विचारमा यो बुर्जुवा शक्तिहरूबिचको गठजोड थियो, जो रुसी समाजवादी क्रान्तिको चिहान खन्न ऐक्यबद्धता खोजिरहेका थिए । लेनिन र उनको बोल्सेभिक पार्टी उक्त समयमा संसारका मजदुरहरूको साथ खोजिरहेका थिए । अहिलेको संसार साम्राज्यवादी र क्षेत्रीय हैकमवादी शक्तिहरूबाट मुक्ति चाहन्छ, त्यसका लागि पनि ऐक्यबद्धता आवश्यक हुन्छ, जसलाई कथित वामपन्थीहरूले मतलब राखेको देखिन्न ।
धेरै समय नबित्दै नवउदारवादी पुँजीवाद आफैँ धराशयी हुँदै गयो । एकपछि अर्को दुर्घटनाहरू घट्दै गए । राष्ट्रहरू अर्थराजनीतिक समस्याले ग्रसित हुँदै गए । फेरि पहिलो समाजवादी क्रान्तिका वाहक लेनिनमाथि नयाँ शिराबाट खोज तथा अनुसन्धान सुरु भयो ।
वास्तवमा लेनिनको राज्य र क्रान्ति पुस्तिका काल्पनिकता वा बोल्सेभिकहरूको पार्टी लाइन थिएन । तत्कालीन समयको विश्वका राज्यहरूको चरित्र चित्रण थियो । राज्य सञ्चालन तलको निर्वाचित निकायले गर्न सक्छ भन्ने विश्वासले करोडौँ रसियनहरूलाई मूलधारको राजनीतिमा ओराल्यो । मजदुर र किसानले भरिएको सोभियत । आजको हाम्रो संघीयता र संसद्हरू त्यही विचारको विस्तारित रूप हुन । तर तिनको प्रशिक्षण अत्यन्त कमजोर छ र व्यापक सहभागिताको माग खुम्चँदो छ । त्यसका लागि फेरि पनि बुझ्न चाहनेका लागि लेनिनको ‘राज्य र क्रान्ति’सम्बन्धी पुस्तिकाको अध्ययन अपरिहार्य छ ।
लेनिनका कमजोरी
क्रान्तिलाई जोगाउने नाममा लेनिनको नेतृत्वमा रहेको बोल्सेभिक पार्टीले पार्टीहरूमाथि प्रतिबन्ध लगाउनु गल्ती थियो । यसले बोल्सेभिकहरूलाई आफ्नो गल्ती औँल्याउने र सच्याउने मौका मिलेन । लेनिनले सोचे अनुसार श्रमजीवी किसान र मजदुरको स्वस्फूर्त संगठनले राज्यको बहसमा भाग लिन पाएनन् । जनताको नाममा सीमित व्यक्ति समेटिएको सानो गुट तथा ब्युरोक्रेसी हाबी हुँदै गयो ।
गोली लागेर घाइते भएका लेनिनले श्रमिकहरूको राज्य उनले सोचे र व्याख्या गरेभन्दा फरक ढंगले अघि बढेको थाहा नपाएका होइनन् तर उनले त्यसलाई रोक्न सक्ने परिस्थिति निर्माण हुनै सकेन । किनकि त्यो समयमा रुस नितान्त एक्लाइएको थियो । आर्थिक रूपमा कमजोर र जर्जर थियो । श्रमशक्तिको क्षमता (बौद्धिक) र उत्पादकत्व तुलनात्मक रूपमा कमजोर थियो । मुक्तिलाई सही निर्देशन गर्ने अवसरमा लेनिनको मृत्यु हुन पुग्यो र परिवर्तनलाई उनका उत्तराधिकारीले भने जस्तो गरी आत्मसात गरेनन् ।
क्रान्तिको परिभाषा
लेनिनको शब्दमा क्रान्तिको सुरुवात हुन केही नयाँ वातावरण चाहिन्छ । त्यो वातावरणका पनि खुड्किला हुन्छन् । पहिलो, शासक वर्गका लागि शासनलाई निरन्तरता दिन असम्भव जस्तो लागोस् । वास्तवमा शासक वर्गमाथि तलको श्रमजीवी वर्गको विश्वास उठ्दै गर्दा यस्तो अवस्था देखापर्छ । किनभने शासक वर्ग जनताको पक्षमा काम गर्न नसकेको आफ्नो कमजोरी महसुस गर्न नै चाहन्न । जस्तो ः नेपालमा अहिले कथित वामपन्थी शासकहरू जनताबाट कटिएर शासनमा पुग्दै गर्दा पनि कमजोरी महसुस गरिहेका देखिन्नन् । ’क्रान्ति’ सरकार परिवर्तन मात्र होइन समूलमा आर्थिक तथा सामाजिक रूपान्तरण हुनु हो र जनताले त्यसलाई अनुभूत गर्न सकून् ।
हामी सबैले योबिचमा अनेकन् विद्रोहहरूलाई भोग्यौँ, र सामेल भयौँ । नेपालदेखि अफ्रिकासम्म यो क्रम चल्यो, तर नवउदारवादी राज्यले सबैखाले विद्रोहलाई क्रान्तिकारी संरचनागत परिवर्तन हुनबाट रोक्यो । वित्तीय भूमण्डलीकरणका लागि उक्त राज्यले मार्ग प्रशस्त गरिरह्यो र क्रान्तिकारी दस्तालाई समेत त्यस्तो भूमण्डलीकरणको एजेन्ट हुन प्रेरित गरिरह्यो । तर वर्तमान समयमा वित्तीय भूमण्डलीकरण असफल हुन पुगेको छ । विश्वव्यापी रूपमा विद्रोहको ज्वाला विस्फोट हुन लागेको देखिन्छ । अर्थात् लेनिनले भनेजस्तो एउटा मुलुकको शासकले धान्न नसक्ने गरी पुँजीवादी दुनियाँ विघटनको संघारमा उभिएको प्रतीत हुन्छ । यतिवेला लेनिनलाई सुन्न र बुझन जरुरी छ र सन् १९१४ दोहोरिन नदिन पहल लिन आवश्यक छ । त्यसका लागि क्रान्तिकारी दर्शन र विचारमा आधारित आमूल परिवर्तन चाहने शक्तिशाली संगठन आवश्यक पर्छ ।
क्रान्तिका लागि नेतृत्वको अहं भूमिका हुन्छ । तर सिद्धान्तमा आधारित रणनीति नहुँदा न त जुझारु संगठन निर्माण हुन सक्तैन । क्रान्ति गर्न क्रान्तिकारी नीति र क्रान्तिकारी पार्टी चाहिन्छ । लेनिनको संगठनात्मक सिद्धान्त विशिष्ट हिसाबले संरचनागत छ । तर संरचनागत अवस्था मात्र क्रान्तिका लागि पर्याप्त वातावरण हुन सक्दैन । त्यो वातावरण बन्न हिजोआज सरकार र प्रतिपक्षबिच सुधार र क्रान्तिबिचको फरक छुट्ट्याउन सक्ने गरी प्रतिपक्षको हकमा बहस आवश्यक देखिन्छ । यो नेपालको हकमा मात्र होइन दक्षिण एसियालगायत संसारभरि नै राजनीतिक बहस अपर्याप्त छ । कसको नेतृत्वमा क्रान्ति हुन्छ ? यो व्यक्तिगत कुरा होइन । लेनिनको विचारमा श्रमजीवी वर्गले नै क्रान्तिको अगुवाइ गर्ने हो । तर राज्यलाई सीमित व्यक्ति वा घेराबन्दीमा पार्ने गरी होइन, यी यावत् प्रश्नहरूको उत्तर लेनिनका प्रस्तावनासँग जोडिएर आउँछन्, जसलाई हामीले लेनिनवाद भन्ने गरेका छौँ । क्रान्ति गर्न या खोज्ने काम रहुन्जेल लेनिनवादको औचित्य सधैँ बाँकी रहनेछ ।
(नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा आइतबार काठमाडौँमा आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तक्र्रियामा वामचिन्तक रोकाद्वारा प्रस्तुत कार्यपत्र ।)
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-69987317603451904232023-07-22T17:34:00.003-07:002023-07-23T07:35:23.704-07:00पुष्पलाल र अब अगाडि - सङ्गीत
१. विषय उठान
साङ्गठानिक हिसाबले नेपालमा कम्युनिस्ट भ्रुण रोपिएको पौने–शताब्दी भइसकेको छ । नेपाली कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको यो पहिलो अध्याय समग्रमा गौरवशाली इतिहासका रुपमा स्थापित छ । र, यो पौने शताब्दी लामो कालखण्डमा कमरेड पुष्पलाल नै नेपाली कम्युनिस्ट आन्दोलनको अद्वितीय बिम्बका रुपमा प्रतिष्ठित हुनुहुन्छ । पुष्पलालले पार्टी निर्माणका सुरुवाती पहलहरुमा नेतृत्वदायी र निर्णायक भूमिका खेल्नुभयो । पहिलोपटक नेपाली समाजलाई ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गर्नुभयो । नयाँ जनवादी क्रान्तिको कार्यदिशा तय गर्नुभयो । र, आफ्नो सम्पूर्ण जीवन नेपाली श्रमजीवी जनताको मुक्तिका खातिर बिताउनुभयो । उहाँले नेपाली समाजको अर्थ–राजनीतिक चरित्र (अर्धसामन्ती र अर्धऔपनिवेशिक) पहिल्याई संश्लेषण गरेको ‘नयाँ जनवादी क्रान्तिको कार्यदिशा’ नै अघिल्लो चरणका लगभग सबै पार्टी र समूहले आत्मसात् गरेको सैद्धान्तिक प्रस्थापना हो । त्यसअर्थमा, नयाँ जनवादी क्रान्तिका लागि सञ्चालित पौने शताब्दी लामो कम्युनिस्ट आन्दोलन–अवधिमा वैचारिक–सैद्धान्तिक हिसाबले पुष्पलाल नै केन्द्रीय व्यक्तित्व रहनुभएको छ । आज पुष्पलाललाई सम्झनु भनेको केवल उहाँको व्यक्तित्व र ऐतिहासिक योगदानको मूल्याङ्कन गर्नु वा उहाँप्रति सम्मान व्यक्त गर्नु मात्रै होइन, बरु तीव्र गतिमा बदलिएको नेपाली समाजको अर्थ–राजीतिक चरित्रअनुसार आजको नेपाली राजनीतिको मूल अन्तरविरोध खुट्याउनु र कम्युनिस्ट आन्दोलनको समग्र समीक्षा गर्दै नयाँ अध्यायको थालनीका लागि पहल लिन अग्रसर हुनु हो । पार्टी स्थापनाकालका पहिलो महामन्त्री तथा नेपाली कम्युनिस्टहरुका गुरु पुष्पलालको जीवनबाट लिनुपर्ने सबैभन्दा ठूलो शिक्षा हो– आजको नेपालको विशिष्ट भू–राजनीतिक र अर्थ–राजनीतिक विशेषता, ऐतिहासिक वास्तविकता र विकसित नयाँ वस्तुस्थिति अनुसार कम्युनिस्ट आन्दोलनको नयाँ अध्याय अघि बढाउनु ! प्रस्तुत छलफलपत्रको उद्देश्य त्यसैमा केन्द्रित छ।
२. बिर्सन नमिल्ने पृष्ठभूमि र सङ्गठन निर्माणका पहलहरु
पुष्पलाललाई विषय बनाएर अध्ययन गर्दा अधिकांश अध्येताले २२ अप्रिल, सन् १९४९ मा उहाँसहित चार जनाले गठन गरेको नेपाल कम्युनिस्ट पार्टीलाई प्रस्थानविन्दु मान्ने गरेको पाइन्छ । एक अर्थमा यो स्वाभाविक छ किनभने ‘कम्युनिस्ट पार्टी’ नामकरणसहित खुलेको यो नै पहिलो समूह थियो, जसको नेतृत्वदायी पहल कमरेड पुष्पलालले गर्नुभयो । परन्तु, पार्टी सङ्गठनका लागि आवश्यक न्यूनतम र आधारभूत साङ्गठानिक अवयव र वैचारिक–सैद्धान्तिक तयारी हेर्ने हो भने पहिलो कम्युनिस्ट नामाङ्कित चारजनाको यो समूह पार्टीको आकार लिइसकेको पूर्ण–सङ्गठन थिएन । त्यसैकारण कतिपय स्थापनाकालीन नेताहरुले पार्टी गठनका मिति नै अलग–अलग मान्ने गरेका छन् । तर, हालसम्मका तथ्यहरुले लेनिन दिवस अर्थात् २२ अप्रिल १९४९ को पहलविन्दुलाई नै नेकपा स्थापनाका रुपमा पुष्टि गर्छन्।
बरु त्यस पहलविन्दुभन्दा अगाडिको वैचारिक पृष्ठभूमि र साङ्गठानिक प्रयत्नहरुको एक दशक लामो जगलाई भने हामीले बिर्सन मिल्दैन । किनभने कम्युनिस्ट पार्टी अपर्झट घोषणा भइजाने वा कुनै खास विन्दुमा स्वतःस्फूर्त जन्मिने पार्टी होइन । समाज विकासलाई जस्तै कम्युनिस्ट पार्टीको जन्म र विकासलाई पनि हामीले ऐतिहासिक भौतिकवादी दृष्टिबाट अध्ययन गर्नुपर्छ । एउटा पूर्ण कम्युनिस्ट पार्टी निर्माणका पछाडि विचार, सङ्गठन र आन्दोलनका क्षेत्रमा निश्चित पृष्ठभूमि, प्रक्रिया र सचेत प्रयत्नहरुको शृङ्खला गुज्रेको हुन्छ, हुनुपर्छ । यस परिप्रेक्ष्यमा हामीले नेपालमा कम्युनिस्ट पार्टीको जन्म हुनुअघिका केही क्रान्तिकारी साङ्गठानिक प्रयासहरुको अध्ययन गर्नैपर्छ । त्यसमध्ये सन् १९३१ को प्रचण्ड गोर्खा, सन् १९३६ को नेपाल प्रजापरिषद्, सन् १९३६ मै गठित ‘क्रान्तिकारी समिति’ र ‘नागरिक अधिकार समिति’, सन् १९४१ को अखिल नेपाल वर्ग–महासभा तथा ‘रक्तपात कमिटी’ जस्ता परिवर्तनाकांक्षी सङ्गठनात्मक पहलहरु मुख्य थिए । रक्तपात कमिटीको बोल्सेभिकहरुसँग सम्पर्क भएको पनि बताइन्छ । त्यस्तै सन् १९४१ (१९९७ साल)को सहिद पर्व, मजदुर सङ्गठनको गठन, मजदुरहरुको हड्तालले पनि क्रान्तिकारी राजनीतिक वातावरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९४६ को नेपाली राष्ट्रिय काङ्ग्रेस र सन् १९४७ को नेपाल प्रजातन्त्र काङ्ग्रेसको गठन यो पृष्ठभूमिमा प्रजातान्त्रिक वा गैरकम्युनिस्ट धाराका निर्णायक विन्दुहरु हुन्।
वैचारिक–सांस्कृतिक क्षेत्रमा भएका गतिविधिहरुको पृष्ठभूमिले पनि कम्युनिस्ट पार्टी निर्माणका आधारहरुको काम गरेको छ । काठमाडौं उपत्यकामा अङ्ग्रेजी र खासगरी हिन्दी भाषामा उपलब्ध हुने सोभियत साहित्यका प्रकाशनहरुको उपलब्धता, पुष्पलालले गरेको कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपाली अनुवाद, दार्जिलिङका नेपालीभाषी कम्युनिस्टहरु गणेशलाल र रतनलालसँगको सङ्गत–संवाद, भारतीय कम्युनिस्ट पार्टीका नेताहरुसँगको सम्पर्क र उनीहरुको पहल, काठमाडौंभित्र औपचारिक–अनौपचारिक रुपमा बनेका परिवर्तनाकांक्षी समूहभित्रका विमर्श, अध्ययन मण्डली, राणा शासनविरोधी क्रान्तिकारी वातावरण आदिले कम्युनिस्ट पार्टीको गठनका लागि परिवेश बनाउने काम गरेका थिए।
यिनै पृष्ठभूमिबीच सन् १९४१ मे २ मा खुलेको नेपाल प्रजातन्त्र सङ्घ नेपालभित्र साङ्गठानिक हिसाबले कम्युनिस्ट विचारद्वारा प्रभावित पहिलो समूहका रुपमा देखापर्छ (श्रेष्ठ २०६६ : अप्रकाशित लेख) । यसलाई प्रारम्भिक कम्युनिस्ट भ्रुण–क्लबका रुपमा लिन सकिन्छ । यो सङ्घ भारतीय कम्युनिस्ट नेताहरुसँगको सम्पर्कका आधारमा सूर्यबहादुर भारद्वाज, प्रेमबहादुर कंसाकार, पुष्पलाल, शम्भुराम श्रेष्ठ लगायतले खोलेका थिए । पछि यसमा नरबहादुर कर्माचार्य, भैरवगोपाल वैद्य, कामाक्षादेवी राणा, राजाराम कर्माचार्य आदि पनि थपिए । यहाँनिर स्मरणीय पक्ष के हो भने प्रजातन्त्र सङ्घमा आबद्ध सदस्यहरुले आफूलाई कम्युनिस्ट बताउँथे, आपसमा लालसलाम अभिवादन गर्थे र एकअर्कार्लाइ कमरेड भनेर सम्बोधन गर्थे (कर्माचार्य, २०६६ र पुष्पलाल २०५३ : ८)। उनीहरुले साम्यवादी विचार वहन गर्ने समूहगान गाउँथे । जसको बोल थियो– ‘पहाड पर्वत खोला नाला जग्गा जमिन सबको, मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको !’ यो गीतको पूर्णपाठ (i) कम्युनिस्ट–अन्तर्वस्तु र क्रान्तिकारी–भावको छ । यही गीत पछि सन् १९४९ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएपछि सो पार्टीको पहिलो घोषणापत्र जारी हुँदा मूलनाराका रुपमा गातामा राखिएको छ।
पुष्पलालले यसै सङ्घको चर्चा गर्दै १९९७ साल (सन् १९४०–४१) देखि नेपालमा कम्युनिस्टहरु सङ्गठित भएर काम गर्न थालेको उल्लेख गर्नुभएको छ । सन् १९४१ मा गठित ‘नेपाल प्रजातन्त्र सङ्घ’ खुल्नुअघि नेपालको पहिलो कम्युनिस्ट को हो भन्ने विवाद रहेको तर त्यही वर्ष खुलेको सङ्गठनमार्फत् कम्युनिस्ट विचारधारा नेपालको राजनीतिक रङ्गमञ्चमा उत्पन्न भएको पुष्पलालले लेख्नुभएको छ । उहाँको भनाइ छ, ‘नेपालको पहिलो कम्युनिस्ट को हो ? र कसरी कम्युनिस्ट विचारधाराप्रति आकर्षित भयो भन्ने कुरा उत्तिको महत्त्वपूर्ण छैन, यो गौण विषय हो । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि नेपालको राजनीतिक रङ्गमञ्चमा कम्युनिस्ट विचारधारा उत्पन्न भयो र त्यसले पिंढी दरपिंढीलाई असर गर्न थाल्यो । ०९७ सालको पर्वभन्दा पहिले यो विवादमा मात्र सीमित थियो भने त्यसपछि सङ्गठित रुप लिन थाल्यो । ०९७ सालको काण्डपछि प्रेमबहादुर, सूर्यबहादुर, शम्भुराम तथा पुष्पलालको चारजनाको एक राजनीतिक दल बन्यो । हामीहरु आपसमा सम्बोधन गर्दा ‘कमरेड’ र अभिवादन गर्दा ‘लालसलाम’ भन्न थाल्यौं । यस दलको नेता नछानिए तापनि प्रेमबहादुर नै नेताका रुपमा थिए (पुष्पलाल २०५३ : ८)।’ यो सङ्घको परेड गीतलाई पुष्पलालले ‘नेपाली सर्वहारा सुकुम्बासीको भावनालाई अभिव्यक्त गर्ने प्रथम नेपाली साहित्य’ भन्नुभएको छ।
पुष्पलालको यो उद्धरणबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने नेपालमा कम्युनिस्ट पार्टीको जन्म सन् १९४९ (२००६ साल) मा भए पनि त्यसको बिज १९९७ सालमै रोपिएको थियो । त्यो त्यही नेपाल प्रजातन्त्र सङ्घ थियो । प्रजापरिषद्मा सामेल भएका तर कम्युनिस्ट विचार राख्ने युवाहरुले कम्युनिस्ट नाम नभएको तर आफूलाई कम्युनिस्ट बताउनेहरुको यस्तो सङ्घ बनाएका थिए । केही विद्वानहरुका अनुसार यो प्रजापरिषद्भित्रैको समिति थियो र पछि यसले नाम बदलेको थियो (श्रेष्ठ, उही) । पुष्पलालले यसलाई ‘राजनीतिक दल’ नै भन्नुभएको छ । उहाँले एउटा पूर्ण आवयविक संरचना तथा वैचारिक आधारसहितको पार्टीको अर्थमा यसलाई दल भनेको नभए पनि यसै समयदेखि ‘पहिलो कम्युनिस्ट को हो ?’ भन्ने विवाद गौण बनेर गएको लेख्नुभएको छ र आफूहरुलाई कम्युनिस्ट कार्यपद्धति र माक्र्सवादी सैद्धान्तिक ज्ञानमा काँचा भए पनि ‘भावनावादी तथा कम्युनिस्ट मनधारी’ कार्यकर्ताका रुपमा चिनाउनुभएको छ (पुष्पलाल २०५३ : ११)।
सन् १९४१ को सहिद–पर्वअघि सहिदद्वय दशरथ चन्द र गङ्गालाल श्रेष्ठ, त्यस्तै धर्मरत्न यमि कम्युनिस्ट सिद्धान्तबाट प्रभावित वा कम्युनिस्ट विचारका प्रशंसक हुनुहुन्थ्यो भन्ने विभिन्न विवरणहरुबाट थाहा लाग्छ । सन् १९४३ तिर ‘विश्व भ्रातृत्व सङ्घ’ भन्ने कम्युनिस्ट विचारको प्रभावबाट एउटा सङ्गठन खुल्छ । यसमा गङ्गालाल श्रेष्ठ (हलुवाई), नारायणविलास जोशी, देवेन्द्रलाल श्रेष्ठ, चन्द्रशेखर रघुवंशीलगायत सदस्य हुन्छन् । यसमध्येका गङ्गालाल हलुवाईले नेपाल कम्युनिस्ट पार्टी खुलेकै वर्ष ‘नेपाल लाल कम्युनिस्ट पार्टी’ स्थापना गर्नुभएको थियो । उहाँले नेपाल प्रजातन्त्र सङ्घ खुलेकै समयमा ‘नेपाल साम्यवादी सङ्घ’ नाममा अलग्गै गतिविधि गरेको र पर्चा समेत छापेर बाँडेको माणिकलाल श्रेष्ठले लेख्नुभएको छ । ‘विश्व भ्रातृत्व सङ्घ’ नामक सङ्गठनलाई माक्र्सवादी अध्येता श्रेष्ठले कम्युनिस्ट पार्टी स्थापनाको आधार तयार पार्न योगदान दिने समूह भन्नुभएको छ । श्रेष्ठको भनाइ छ, ‘पुरै कम्युनिस्ट पार्टी वा कम्युनिस्ट सङ्गठन भनी किटान गर्न नसकिए पनि यसले कम्युनिस्ट विचार र सिद्धान्तको पक्षमा प्रचार गरेको देखिन्छ । कम से कम यस सङ्घको प्रचार आन्दोलनले कम्युनिस्ट पार्टीको स्थापना गर्नका लागि आधार तयार गर्ने काममा महत्त्वपूर्ण योगदान गरेको थियो भन्न मिल्दछ (श्रेष्ठ, उही) ।’
माणिकलाल श्रेष्ठकै अनुसार सन् १९४६ तिर त्रिपुरनरसिंह प्रधानको नेतृत्वमा खुलेको ‘नेपाल प्रजा पञ्चायत’ नामको सङ्गठनले पनि कम्युनिस्ट भावनासहितको गतिविधि गरेको थियो । यो समूहले हिन्दी भाषामा लेनिनको नाममा कसम खाई कम्युनिस्ट शैलीको क्रान्तिकारी गीत गाउने गथ्र्यो (श्रेष्ठ, ......) । जुन गीत यसप्रकार थियो–
भूखों से परे बच्चे खाना ही नहीं मिलता,
...हम लाल निशान अपनी दुनियाँ मे उठाएङ्गे !
लेनिन की कसम, लेनिन की कसम !’
यी समूहहरु लामो समय टिकेनन् र यिनीहरु आफै कम्युनिस्ट पार्टीमा रुपान्तरित हुन सकेनन् । तर यी सबै समूह कम्युनिस्ट–प्रभावी, ‘कम्युनिस्ट मनधारी’ वा भावनाले कम्युनिस्ट भएर कम्युनिस्ट शैलीकै गतिविधि गर्ने समूह अवश्य थिए । परन्तु, नेपालमा कम्युनिस्ट नाम लिएरै पार्टी जन्मन कम्तीमा एक दशक समय लाग्यो । आजसम्म हामीले कम ध्यान दिएको वा हाम्रो ध्यान नपुगेको पक्ष के हो भने नेपालमा कम्युनिस्ट विचारको प्रसार र कम्युनिस्ट प्रवृत्तिका समूह निर्माणको प्रयास सन् १९४१ तिरै भएको थियो, एक्कैचोटि सन् १९४९ मा भएको होइन । कम्युनिस्ट पार्टी निर्माण एकै झड्कामा वा एकै विन्दुमा हुँदैन पनि । एक दशकसम्म काठमाडौंमा अनेक वैचारिक तथा साङ्गठानिक पहलहरु चलेका थिए । दशरथ चन्द र गङ्गालाल श्रेष्ठद्वारा कम्युनिस्ट विचार प्रसारमा के–कस्तो भूमिका निर्वाह भएको थियो, त्यो अझै अध्ययन गर्नुपर्ने पाटो छ । तर, नेपालको प्रजातान्त्रिक आन्दोलनका सम्मानित सहिदहरु कम्युनिस्ट विचारबाट प्रभावित हुनुहुन्थ्यो भन्ने हामीकहाँ कमै चर्चा हुने विषय हो।
पौने शताब्दीअघिको समयमा एउटा कम्युनिस्ट पार्टी जन्मनका लागि ८–१० वर्षसम्म अनेक सामूहिक प्रयत्नहरु भएका थिए । तिनै प्रयत्नहरुमध्ये सन् १९४१ मा गठित ‘नेपाल प्रजातन्त्र सङ्घ’लाई नेपाल कम्युनिस्ट पार्टीको पृष्ठभूमि चरणको भ्रुण–क्लब रुपमा मूल्याङ्कन गर्नु सही हुन्छ । पूर्ण अवयवसहितको र सैद्धान्तिक आधारसहितको कम्युनिस्ट पार्टी बन्नुअघि संसारैभरि यस्तै अध्ययन समूहहरु, राजनीतिक अभियानहरु, संवाद–क्लबहरु, प्रकाशन संस्थाहरु, विचारप्रधान पत्रिकाहरुमार्फत् काम थालिएका पाइन्छन् । विश्वसर्वहारा वर्गका गुरु तथा अक्टुबर क्रान्तिका नेता लेनिन स्वयम् पनि पार्टी बन्नुअघि १८९० को दशकमा रुसमा ‘क्रुझ्की’ भनिने माक्र्सवादी अध्ययन सर्कलहरुमा सामेल भएर काम गर्नुभएको थियो । नेपाल प्रजातन्त्र सङ्घ, विश्व भ्रातृत्व सङ्घ, नेपाल प्रजा पञ्चायतजस्ता राजनीतिक सङ्गठनहरुको भूमिका नेपालमा कम्युनिस्ट पार्टीको बिजारोपणका निम्ति महत्त्वपूर्ण पाइलाहरु थिए । यी सङ्घ र समूहहरुको कार्यदिशा, कार्यक्रम, नीति, सङ्गठन समिति, दस्तावेज वा विधान थिएनन् (वा अहिलेसम्म फेला परेका छैनन्) । तर, तिनका गतिविधिबारे प्राप्त सूचना, तिनले गाउने गीतहरुको अन्तर्वस्तु, तिनका उद्देश्यबारे प्राप्त सूचनाहरुबाट नेपालमा कम्युनिस्ट पार्टी निर्माणको पूर्वाधार तिनै थिए भन्न हिच्किचाउनु पर्दैन । र, त्यही विन्दु अर्थात् सन् १९४१ मा सहिद–पर्व भएको साल, जसरी नेपालको समग्र जनवादी (लोकतान्त्रिक) आन्दोलनको उत्प्रेरक परिघटना हो, नेपालको कम्युनिस्ट आन्दोलनको पहिलो अध्यायको ऐतिहासिक पहलविन्दु पनि हो।
३. नेपालमा कम्युनिस्ट पार्टीको उदय र पुष्पलालको पहल
सन् १९४१ वरपरका पृष्ठभूमिहरुबाट सन् १९४९ को पार्टी–उदयसम्म आइपुग्न नेपाली कम्युनिस्टहरुलाई झण्डै एक दशक अर्थात् कम्तीमा ८ वर्ष लाग्यो।
माथि पनि चर्चा गरियो– कम्युनिस्ट विचारको प्रचार–प्रसार, माक्र्सवादी साहित्यको उपलब्धता, कम्युनिस्ट मनधारी युवाहरुका सङ्गठित प्रयास नेपालमा सन् १९३० र १९४० को दशकदेखि हुन थालेका थिए । ती क्रान्तिकारी गतिविधिहरु, वैचारिक–सांस्कृतिक अन्तक्र्रियाहरु, साङ्गठानिक प्रयत्नका अनुभवहरु र श्रमजीवी वर्गका सङ्घर्षहरुको समग्रताका बीचमा त्यस समयको नेतृत्व निर्माण हुँदै गयो । आफ्नो समयको विचार, ज्ञान, जनसङ्घर्ष र साङ्गठानिक संयोजनका अनुभवहरुको बीचबाट हरेक युगको नेतृत्व जन्मन्छ । पुष्पलाल त्यस समयका यस्तै नेता हुनुहुन्छ । बिसौं शताब्दीको चौथो र पाँचौ दशकमा नेपालभित्र भइरहेका क्रान्तिकारी प्रयत्नहरु र जनसमुदायका सङ्घर्षहरुले उहाँको अनुभवलाई उन्नत बनाउँदै लगेको थियो । त्यसमा उहाँ स्वयम्ले त्यो अनुभवलाई पुनः व्यवहारमा परीक्षण गर्दै जनसमुदायलाई जागृत गर्ने र सङ्गठित गर्ने कामको सक्रियतापूर्वक अगुवाइ गर्नुभयो।
पुष्पलालले कम्युनिस्ट पार्टी निर्माणको अगुवाइ गर्दा मुख्यतः चारवटा क्षेत्रमा पहलकदमी लिनुभएको छः विचार–निर्माणको क्षेत्र, सङ्गठन निर्माणको क्षेत्र, आन्दोलन परिचालनको क्षेत्र र संयुक्त मोर्चा निर्माणको क्षेत्र।
विचार–निर्माण र सैद्धान्तिक प्रष्टता कुनै पनि कम्युनिस्ट पार्टीको पहिलो आधार हो । विचार–निर्माणको मर्म र महत्त्व आत्मसात् गर्नुभएका पुष्पलालले नेपाल प्रजातन्त्र सङ्घमा आबद्ध हुने बेलामा पनि र पछि नेपाली काङ्ग्रेसमा आबद्ध भएका बखतमा पनि माक्र्सवादी साहित्यको अध्ययन, कलकत्ताबाट पुस्तकहरुको काठमाडौंमा पैठारी, सङ्गठित अन्तक्र्रिया आदिमा निरन्तर तत्परता देखाउनुभएको पाइन्छ । कम्युनिस्ट पार्टी स्थापना गर्नुभन्दा अघिल्लै वर्ष (??) माक्र्स–एङ्गेल्सकृत ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली भाषामा अनुवाद गरेर उहाँले नेपाली भाषामा मात्रै पहुँच हुने बहुसंख्यक नेपालीबीच माक्र्सवादी सिद्धान्तको प्रचारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । नेपाली अनुवादको आवश्यकता र औचित्यबारे उहाँले लामो ‘भूमिका’ लेख्नुभयो । नेपाली भाषामा यो पहिलो अनुवाद थियो । त्यतिमात्रै होइन, यस ‘भूमिका’मा ऐतिहासिक भौतिकवादी दृष्टिबाट नेपाली समाजको विश्लेषण गर्ने पुष्पलालको चेष्टा नेपाली बौद्धिक इतिहासमा त्यसप्रकारको प्रथम पाइलो हो । यही अनुवादले नेपालमा कम्युनिस्ट पार्टी निर्माणका लागि आवश्यक वैचारिक पृष्ठभूमि तयार गरिदियो । उहाँले सोभियत रुसमा व्यक्ति र समाज, माक्र्सवाद के हो ?, चीनी क्रान्ति र चीनी कम्युनिस्ट पार्टी, गाउँका गरिबहरुलाई अपील जस्ता पुस्तकहरु पनि नेपाली भाषामा अनुवाद गर्नुभयो । कम्युनिस्ट पार्टी गठनको घोषणा गर्दा जारी पहिलो पर्चा उहाँले नै लेख्नुभयो । नेकपाको पहिलो दस्तावेज मानिने सेप्टेम्बर १५, १९४९ मा जारी गरिएको घोषणापत्रको मस्यौदा पनि उहाँले नै तयार गर्नुभयो।
कम्युनिस्ट पार्टीको गठनका लागि सामूहिक पहल लिने, त्यसलाई विस्तार गर्ने, सङ्गठन परिचालन गर्ने काममा नेतृत्वदायी भूमिका पुष्पलालकै थियो । उहाँले भारतीय कम्युनिस्ट नेताहरुसँग भेटघाट र संवाद, नेपालभित्रका क्रान्तिकारी युवाहरुसँग भेटघाट–संवाद, दार्जिलिङका नेपालीभाषी कम्युनिस्ट नेताहरुसँगको राय–सल्लाह, काठमाडौं उपत्यकाबाहिरका क्रान्तिकारीहरुसँगको भेटघाट–कुराकानी निरन्तर बढाएको देखिन्छ । पार्टी गठन गरिसकेपछि त्यसलाई परिचालन गर्न, विस्तार गर्न र छुटेका समकालीन साथीहरुलाई पुनःसङ्गठित गर्न उहाँले निकै मिहिनेत गर्नुभयो । पार्टी गठनको लगत्तै आइपुगेका चुनौतीहरु सामना गर्न उहाँले प्रजातान्त्रिक हकअधिकार प्राप्तिका लागि मजदुर, किसान, विद्यार्थी, युवा र सामन्तवाद तथा साम्राज्यवादविरोधी शक्तिहरुलाई मोर्चाबद्ध गर्न पनि निकै कोसिसहरु गर्नुभएको छ । पार्टीको पहिलो महामन्त्रीका हिसाबले मात्रै होइन, व्यक्तिगत सक्रियता र प्रतिबद्धताका हिसाबले समेत पुष्पलाल पार्टी गठनको प्रारम्भिक चरणमा समग्र कम्युनिस्ट आन्दोलनको केन्द्रीय व्यक्तित्वका रुपमा रहनुभएको छ । तसर्थ, पार्टी गठनको प्रारम्भिक चरण पुष्पलालकै केन्द्रीय पहलको चरण हो।
यद्यपि, हामीले ती नामहरु बिर्सन मिल्दैन, जो पुष्पलालभन्दा अघि वा पुष्पलालकै समयमा विचार, सङ्गठन र आन्दोलनका क्षेत्रमा निरन्तर कम्युनिस्ट पहलकदमीमा संलग्न थिए । गङ्गालाल हलुवाई, प्रेमबहादुर कंसाकार, नारायणविलास जोशी, सूर्यबहादुर भारद्वाज, शम्भुराम श्रेष्ठ, मनमोहन अधिकारीको भूमिका यस मानेमा कम महत्त्वको अवश्य छैन । तथापि, निर्विवाद तथ्य के हो भने नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको पहिलो अध्यायका पृष्ठभूमि चरण र प्रारम्भिक चरण (सन् १९४१ देखि १९६२ सम्म) दुवै अवधिको सुरुवाती पहलमा सामूहिक नेतृत्वको केन्द्रीय अभिव्यक्ति पुष्पलाल नै हुनुहुन्छ । उहाँ यान्त्रिक ढङ्गले भूमिका पाएको, पूर्वनिर्धारित विधिद्वारा स्थापित भएको, नोकरशाही ढङ्गले बढुवा गरिएको, लोकरिझ्याइँका लागि अघि सारिएको वा काकताली परेर जिम्मा पाएको नेता होइन । कम्युनिस्ट पार्टी स्थापनामा उहाँको स्थान विचार तथा सङ्गठन निर्माणको सङ्घर्षद्वारा र पहलकदमीका बहुआयामिक शृङ्खलाहरुद्वारा स्थापित भएको हो।
पार्टी निर्माण पहलको प्रारम्भिक चरणका केही राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभाव र विवाद पनि उल्लेख्य चाहिँ छन् । जस्तैः भारतीय कम्युनिस्ट पार्टी र तिनका नेताहरुको उत्प्रेरणा वा सुझाव पार्टी गठनको प्रारम्भिक चरणमा प्रत्यक्ष र सकारात्मक छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुँदाका बखत यहाँ माक्र्स, एङ्गेल्स र उहाँहरुका योगदान वा कृतिहरुको प्रभाव कम देखिन्छ भने त्यसको दाँजोमा लेनिनको व्यक्तित्व–विस्तार र सोभियत सङ्घमा स्थापित समाजवादको प्रभावले अलि बढी काम गरेको देखिन्छ । कम्युनिस्ट पार्टी स्थापना गर्ने मिति तय गर्दा २२ अप्रिल अर्थात् लेनिनको जन्मदिवस नै रोजिएको छ । लेनिन दिवस २२ अप्रिल (१० वैशाख) मा पार्टी गठन गरेर त्यसको दुई दिनपछि अर्थात् २४ अप्रिल (१२ वैशाख) मा पार्टीका नामबाट पहिलो पर्चा जारी भएको छ । नीतिगत र वैचारिक क्षेत्रमा त्यस पर्चाले संक्षेपमै एउटा दिशानिर्देश गरेको छ।
पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य र नारायणविलास जोशीले कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेकै वर्ष गङ्गालाल हलुवाईको नेतृत्वमा काठमाडौंमा नेपाल लाल कम्युनिस्ट पार्टी स्थापना भएको छ (श्रेष्ठ, उही) । यी तिनै हलुवाई हुन्, जसले नेपाल प्रजातन्त्र सङ्घका निर्माण गर्दाको बखत पनि पुष्पलालसँग कुरा नमिलेर ‘नेपाल साम्यवादी सङ्घ’ नामबाट पर्चा छरेका थिए । यसरी एकै वर्ष नेपालमा नेकपा र नेलाकपा गरी दुई पार्टी गठन भए।
त्यसपछि अनेक बैठक, भेला, गठन–पुनर्गठनहरु चल्न थाले । यस्तै गठन–पुनर्गठन, विघटन, टुटफुटका चरणहरु पार गरेर नै एउटा जीवन्त पार्टी निर्माण हुन्छ । तसर्थ, ती पछिल्ला भेला, पुनर्गठन र सम्मेलनहरुले कम्युनिस्ट पार्टीको जीवनलाई उत्तरोत्तर सबल बनाउन सकारात्मक ढङ्गले पनि उत्तिकै भूमिका खेलेका छन्, नकारात्मक शिक्षाहरु पनि अवश्य दिएका छन् । यसमा समकालीन व्यक्तित्वहरुबीचका टकराव, एकले अर्काको भूमिका वा नेतृत्वलाई स्वीकार्न नसक्ने प्रवृत्ति आदिले पनि स्थापना मितिबारे विवादहरु ल्याइएका पाइन्छन् । पुष्पलाल स्वयम्ले लेखेका रचनाहरुमा पार्टी दिवसका रुपमा १९४९ को १५ सेप्टेम्बर र गठन गरेको मितिका रुपमा १९४९ को २२ अप्रिल उल्लेख छ । पछि पुनर्गठित भएका, विभाजनबाट बनेका वा नयाँ पहलसहित गठन गरिएका कम्युनिस्ट पार्टी र समूहहरु मुख्यतः यिनै दुई मितिमा पक्ष–विपक्षमा छन् । पुष्पलालका लेखन र अन्य इतिहासकारका लेखनमा रहेका आपसमा बाझिने र अमिल्दा थुप्रै तथ्यहरु थप केलाइनुपर्ने इतिहासका विषयका रुपमा रहेका छन् । (त्यो अलग्गै अध्ययन र बहसको विषय हो, यहाँ त्यस विषयमा थप चर्चा गरिँदैन ।)
४. पौने शताब्दी लामो पहिलो अध्याय अर्थात् पुष्पलाल काल
नेपाल प्रजातन्त्र सङ्घको नाममा कम्युनिस्ट विचारद्वारा प्रभावित युवाहरुले क्रान्तिकारी गतिविधि थालनी गरेको वर्ष सन् १९४१ लाई अघिल्लो विन्दु र पुँजीवादी लोकतन्त्रलाई संस्थागत गर्ने वर्तमान संविधान जारी भएको वर्ष सन् २०१५ लाई पछिल्लो विन्दु मान्दा नेपाली कम्युनिस्ट आन्दोलनले पहिलो फन्को मारिसकेको छ । यो पौने शताब्दी लामो अवधि नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो अध्याय हो । यो अध्यायले विभिन्न उपचरणहरु र अनेक मसिना प्रवृत्तिगत उकाली–ओरालीहरु पार गरेको छ।
कम्युनिस्ट आन्दोलनको पहिलो अध्यायले क) पृष्ठभूमि चरण (सन् १९४९ पूर्व) ख) पार्टी निर्माणको प्रारम्भिक चरण (१९४९–१९६०), ग) विघटन–पुनगर्ठनको लामो चरण (१९६०–१९९६), घ) वर्गसङ्घर्ष उत्कर्षको चरण (१९९६–२००६) र ङ) पुँजीवादी गणतन्त्र स्थापनाको चरण (२००६–२०१५) हुँदै एउटा चक्र पूरा गरेको छ । यी घुम्तीहरुमध्ये तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित दश वर्ष लामो जनयुद्ध नेपालको समग्र कम्युनिस्ट आन्दोलनमा वर्गसङ्घर्षको घनत्व र रुपान्तरणकारी गुणवत्ताका दृष्टिले गौरवशाली, महान् र अविस्मरणीय रहेको छ।
साढे सात दशक लामो यो समग्र कालखण्डभरि नेपालका लगभग सबै कम्युनिस्टहरुले ‘नयाँ जनवादी क्रान्ति’को कार्यदिशा अँगालेका थिए । उनीहरुले लिएको कार्यदिशालाई केन्द्रमा राखेर हेर्दा यो अवधिलाई हामी ‘नयाँ जनवादी क्रान्ति’को कोसिस–काल भन्न सक्छौं । कोसिस–काल भन्नुको तात्पर्य के हो भने यो अवधिमा नयाँ जनवादी क्रान्तिकै लागि विविध समूहले विविध बाटोमार्फत् कोसिसहरु गरेका थिए– विचार–बहसमार्फत्, जनआन्दोलनहरुमार्फत्, जनसङ्घर्षमार्फत्, जनयुद्धमार्फत् ! तर तत् पार्टी वा समूहको कार्यदिशाअनुसार नेपालमा प्रचलित कम्युनिस्ट मोडलमा वा चिनियाँ शैलीमा ‘नयाँ जनवादी क्रान्ति’ सम्पन्न भएन, हुन सकेन।
हुन त संसारैभरि क्रान्तिहरु पूर्वनिर्धारित दिशामा डोरिन्नन्, बरु तिनले आफ्नो बाटो मौलिक ढङ्गले आफै खन्छन् । नेपालमा पनि कम्युनिस्ट क्रान्तिकारीहरुले सर्वहारावर्गको नेतृत्वमा किसान–मजदुर र राष्ट्रिय पुँजीपतिहरुसहितको एकतामा नयाँ जनवादी क्रान्ति गर्ने सपना देखेका थिए, त्यो त्यसरी नै हुन सकेन । बरु पुँजीवादी शक्तिहरुसँगको सहकार्य र सम्झौतामा त्यस्तो क्रान्ति भयो, जसले पुँजीवादी जनवादी कार्यभारहरुलाई राजनीतिक स्तरमा पूर्णता दियो । सामन्तवर्गको प्रतिनिधिका रुपमा रहेको राजतन्त्र, जसको पकडमा सेना थियो र जोसँग संविधानतः राजकीय सत्ता प्रयोग गर्ने अधिकारहरुसमेत थिए, को समूल अन्त्य ग¥यो । पुष्पलालले पञ्चायतसहितको राजतन्त्रलाई ‘सामन्ती अधिनायकवाद’ भन्नुहुन्थ्यो । त्यो सामन्ती अधिनायकवादको अन्त्यका लागि उहाँले संयुक्त जनआन्दोलन उठाउन मिहिनेत पनि गर्नुभएको थियो । उहाँको जीवन रहुन्जेल (१९७८) त्यस दिशामा कम्युनिस्ट आन्दोलनले सफलता हासिल गर्न सकेन । १९५०, १९९०, २००६ का चरण–चरणका आन्दोलन र चरण–चरणका आंशिक उपलब्धिहरुबाट गुज्रँदै अन्ततः जनयुद्धको मुख्य बलमा २०१५ को संविधानमार्फत् नेपालको पुँजीवादी जनवादी क्रान्तिले एक स्तरको पूर्णता प्राप्त गरेको छ । अनि, यही पुँजीवादी क्रान्तिको भेलमा बगेर जनयुद्धको नेतृत्व गरेको कम्युनिस्ट पार्टीको मूलहिस्सा दक्षिणपन्थी संसदवादी कित्तामा पुगेको छ (त्यस धारालाई क्रान्तिकारी कित्ताबाटै पुनर्गठित र पुनसङ्गठित गर्न भएका प्रयासहरु कोही विचलनको बाटोमा पुगिसकेका छन् र कोही निकास नभेटेझैं अवस्थामा छन्, त्यसबारे यहाँ थप चर्चा गरिँदैन)।
पार्टी स्थापना गर्दा जारी पर्चा, सोही वर्षको पहिलो घोषणापत्र, प्रथम सम्मेलनको दस्तावेज, त्यसपछि पुष्पलालका लेखन तथा पुनर्गठन दस्तावेज र त्यसयताका मुख्यमुख्य क्रान्तिकारी कम्युनिस्ट समूह/पार्टीहरुले अँगालेको कार्यदिशा ‘नयाँ जनवादी क्रान्ति’कै कार्यदिशा हो । नेपाली समाजको ऐतिहासिक भौतिकवादी दृष्टिबाट अध्ययन गरी पहिलोपटक यसलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक समाजका रुपमा विश्लेषण गर्ने काम पुष्पलालले गर्नुभएको हो । पुष्पलालको यही विश्लेषणलाई पक्रेर नै सात दशकभरिका लगभग सबै कम्युनिस्ट पार्टी र समूहहरु आन्दोलनको सबैभन्दा पछिल्लो विन्दुमा टेक्न आइपुगेका हुन् । यसअर्थमा जनताले बुझ्ने भाषामा र बिम्बमा भन्ने हो भने कम्युनिस्ट आन्दोलनको यो पहिलो अध्यायलाई हामी पुष्पलालकाल भन्न सक्छौं । पुष्पलाललाई नै यो अवधिको शीर्षस्थ मान्नु र उहाँकै नाममा काल (Era) भन्नुका केही आधार पनि छन् । पहिलो, उहाँ नै कम्युनिस्ट पार्टीको संस्थापक अगुवा र पार्टी निर्माणका अघिल्ला चरणहरुका केन्द्रीय र रानो नेतृत्वका रुपमा सम्मानित हुनुहुन्छ । दोस्रो, माथि चर्चा गरियो– उहाँले संश्लेषण गरेको कार्यदिशाकै मूलधारमा कम्युनिस्ट आन्दोलको मूलहिस्सा हिँड्यो । तेस्रो, नेपाली समाज र इतिहासको माक्र्सवादी दृष्टिकोणबाट विश्लेषणको जमर्को गर्ने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्थ्यो । चौथो, संशोधनवाद र त्यसमा पनि विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको सोभियत संशोधनवादविरुद्ध लड्नुभयो र माओविचारका पक्षमा उहाँ दृढतापूर्वक उभिनुभयो । पाँचौं, संस्कृति र विचारधाराको महत्त्वलाई उहाँले सुरुवातदेखि जति आत्मसात गर्नुभयो, त्यति अरु कसैले गरेन।
अघिल्लो चरणको कम्युनिस्ट आन्दोलनको समग्र जस केवल एक व्यक्ति पुष्पलालमा थोपर्न खोजेको होइन । त्यसो गर्नु सही तरिका पनि होइन । त्यसो त पुष्पलालका कमीकमजोरी नभएका होइनन् । दुई अतिवादी धारबाट पुष्पलालले आरोपहरु खेप्नुभएको पनि हो । दरबारिया कम्युनिस्टहरु उहाँलाई ‘भारतपरस्त’ र ‘काङ्ग्रेसपरस्त’को आरोप लगाउँथे, क्रान्तिकारी कम्युनिस्ट वृत्तबाटै उहाँलाई ‘गद्दार’ समेत भनिएको थियो । पुष्पलाल कमीकमजोरीसहितका नेता हुनुहुन्थ्यो र उहाँमा केही सैद्धान्तिक विचलन देखिएका थिए । तर त्यो विचलन पूर्णतः दक्षिणपन्थ, संशोधनवाद वा दरबारपरस्तमा पतन हुन पुगेको थिएन । विचलित हुनु उही कित्ताभित्र सैद्धान्तिक रुपमा चिप्लिनु हो । पुष्पलालले आफूलाई त्यसबाट सच्याउने प्रयास गर्नुभएको थियो, कित्ता बदल्नुभएको थिएन।
आज पुष्पलाल नेपालका कम्युनिस्ट नेताहरुमा सबैभन्दा श्रद्धेय र सम्मानयोग्य नेताका रुपमा रहनुभएको छ । कम्युनिस्ट पार्टीको पहिलो महामन्त्री भएपछिको उहाँको २९ वर्ष सम्पूर्णतः पार्टी गठन–पुनर्गठनमा सङ्घर्षपूर्ण अवस्थामा बित्यो । सुरुवातका केही वर्ष क्रान्तिकारी उभारमा बिताउने र बाँकी सम्पूर्ण जीवन अवसरवाद र दक्षिणपन्थको मैदानमा बिताउने आजका अधिकांश कम्युनिस्टोपाधि नेतासँग पुष्पलालको तुलना हुँदैन । हुनै सक्दैन।
५. यसकारण अब अगाडि
माथि चर्चा गरियो– नेपाली समाजलाई ऐतिहासिक भौतिकवादका आधारमा अध्ययन गरी यो अर्धसामन्ती र अर्धऔपनिवेशिक समाज हो भन्ने निष्कर्ष निकाल्ने प्रथम अध्येता हुनुहुन्छ, पुष्पलाल । त्यसै आधारमा उहाँले नेपाली क्रान्तिको कार्यदिशा नयाँ जनवादी हुने र त्यो क्रान्तिको लक्ष्यकिटानमा ‘नेपालको माटोबाट सामन्तवाद र साम्राज्यवादलाई समूल नष्ट’ गर्ने लेख्नुभयो।
आज भने हामी त्यस्तो चुनौतिपूर्ण समयसामू उभिएका छौं, जसले सोधिरहेको छ– के नेपाली समाजको चरित्र अहिले पनि गत पौने शताब्दीकै जस्तो छ ? के आज पनि सामन्तवाद र साम्राज्यवाद समान रुपमा नेपाली जनताको चुनौती हुन् ? के आज पनि हामी त्यही देशकालमा अर्थात् पुष्पलालकालमै छौं?
छैनौं !
साम्राज्यवादी हस्तक्षेप झन् बहुरुपी भएर आएको छ । तर, सामन्तवादको माम्लोमा आज हामी सात दशक पुरानो समयमा छैनौं । विश्व पुँजीवादसँगको संसर्गबाट क्रमशः पुँजीवादीकरण हुँदै गरेको नेपाली समाजभित्र विकसित उत्पादक शक्तिको विकासमा उत्पादन सम्बन्ध बाधक बन्दै गयो । अनि अर्धसामन्ती उत्पादन सम्बन्धलाई नेतृत्व गरिरहेको सामन्तवादी राजनीतिक संरचना र उत्पादक शक्तिबीच चर्कने अन्तरविरोधले खास ऐतिहासिक चरणमा पुगेपछि क्रान्तिको रुप लिने गरेको छ र तत्कालको मुख्य अन्तरविरोध एक हदसम्म हल हुने गरेको छ । अर्को चरणमा फेरि अर्को अन्तरविरोध प्रधान बनेर आउँछ, आज आएको छ । तसर्थ, नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास पनि यतिखेर एउटा अध्यायको समाप्ति र अर्को अध्यायको थालनीको चरणबाट गुज्रिरहेको छ (वैद्य २०७६ : २१) । नयाँ थालनीका चरणमा आज केही विशिष्ट परिदृश्यहरु हाम्रासामु छन्।
एक, दक्षिण छिमेकमा उपनिवेश बनाएर बसेको अङ्ग्रेजसँग दुई शताब्दीअघि सुगौली सन्धि (सन् १८१६) गरेपश्चात् अर्धसामन्ती र अर्धऔपनिवेशिक बनेको नेपाली समाजको गर्भभित्र एकातिर विश्वपुँजीवादसँगको आर्थिक–राजनीतिक संसर्ग र सन्धि–सम्झौतामार्फत् पुँजीवादी उत्पादन व्यवस्था हुर्किंदै र पन्पिँदै गयो, अर्कोतिर पटकपटकका लोकतान्त्रिक राजनीतिक सङ्घर्षहरुले उपरीसंरचना (राजनीतिक व्यवस्था) मा पुँजीवादी प्रणालीलाई स्थापित गर्दै लगे । यसको सबैभन्दा पछिल्लो कडी हो– जनयुद्धको जगमा भएको २००६ को वसन्त–विद्रोह र त्यसलाई संस्थागत गर्ने २०१५ को संविधान । अर्थात्, नेपाली समाज आज मूल चरित्रका रुपमा पुँजीवादी भइसकेको छ, यो अर्धसामन्ती अवस्थामा छैन । सामन्तवादका केही विशेषता अवशेषका रुपमा उत्पादन सम्बन्धमा र संस्कृतिका क्षेत्रमा पक्कै छन् । ती विशेषताहरु पुँजीवादी व्यवस्थाको अङ्ग बनिसकेका छन्।
दुई, यो पुँजीवाद युरोप–अमेरिकामा सामन्तवादविरुद्ध क्रान्ति गर्दै स्थापित भएको औद्योगिक पुँजीवाद होइन । सामन्तवर्गका ठाउँमा समाजको मूल शासकीय अधिनायकत्व पुँजीपति वर्गले लिएको छ तर यो त्यस्तो पुँजीवाद होइन, जुन सामन्तवादसँग जुधेर र उसलाई पराजित गरेर स्थापित हुँदा प्रगतिशील चरित्रको हुन्छ । यो त साम्राज्यवादको रुपधारण गरिसकेको विश्वपुँजीवादसँग सम्झौता र समर्पणबाट (मूलतः) विकसित विकृत र मरणासन्न पुँजीवाद हो, जसले धार्मिक अतिवाद, वर्णव्यवस्थाजन्य जातभेद, पितृसत्तात्मक लैङ्गिक विभेद र सामन्तवादी भाषिक–सांस्कृतिक उत्पीडनलाई आफैमा सहवरण गरिसकेको छ । परम्परागत विभेदपूर्ण मूल्यमान्यता, संस्कार, संस्कृति र परम्परालाई उपभोक्तावादी ढाँचामा ढालिसकेको छ । तसर्थ, पुनरुत्थानवादीहरु, धार्मिक कट्टरपन्थीहरु, ब्राह्मणवादी वर्णभेदीहरु (जातसत्तावादीहरु), पितृसत्तावादीहरु पुँजीवादी व्यवस्थाभित्रै मौलाइरहेका छन्।
तीन, यो पुँजीवाद राष्ट्रिय पुँजीपतिहरुले नेतृत्व गरेको आत्मनिर्भर र प्रगतिशील पुँजीवाद होइन । यो आफ्नो उत्पादनको कुर्कुच्चामा होइन, पश्चिमा साम्राज्यवाद र क्षेत्रीय साम्राज्यवादको दलालीको भरमा टिक्छ । सांस्कृतिक हिसाबले सामन्तवादका नकारात्मकता र पुँजीवादका विकृत रुपहरुलाई सँगसँगै अँगाल्ने यो पुँजीवाद पछौटे प्रकृतिको र दलाल प्रवृत्तिको छ । ठेट शब्दमा यसलाई काँठे पुँजीवाद भन्न सकिन्छ ।
चार, सन् १९९० पछि विश्वपुँजीवादको पछिपछि लागेर नेपालले पनि नवउदारवादी बाटो लियो । सरकारी स्वामित्वमा भएका उद्योग–कलकारखाना धमाधम निजीकरण गरिए । बैङ्क, वित्तीय संस्था (र सहकारीहरु समेत) बेलगाम मुनाफा कमाउने र श्रमजीवीहरुलाई शोषण गर्ने औजार बनाइए । देशको सिर्जनशील, उत्पादनशील र उर्जावान् श्रमशक्तिको रुपमा रहेका लाखौं युवाहरुलाई आज विकल्पहीनताको स्थिति सिर्जना गरेर आधुनिक दासका रुपमा विदेश धपाइएको छ । एकातिर वैदेशिक ऋण र अनुदान, अनि अर्कोतिर जनताको ढाड सेक्ने महँगी र करवृद्धिबाट अर्थतन्त्र चलाइएको छ । भ्रष्टाचार, कमिसनखोरी, अनियमितता, अनियन्त्रित महँगी सामान्य जस्तै बन्न थालेको छ । रैथाने ज्ञान–परम्परा, मौलिक संस्कृति, उत्पादनलाई निषेध र नष्ट गर्दै लगिएको छ । प्रकृति–पर्यावरणका क्षेत्रमा विनाशलीला मच्चाइएको छ ।
पाँच, विशिष्ट ऐतिहासिक एवम् भू–राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति तथा केही आत्मगत कारणहरुले गर्दा नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नै नेतृत्वमा नयाँ जनवादी क्रान्तिको कार्यभार क्रान्तिकारी तरिकाले पूरा गर्न सकेन । आज सामन्ती राजतन्त्रको ठाउँमा रजगज गर्न आइपुगेको पुँजीवादी हालहुकुम श्रमजीवी वर्गको व्यवस्था होइन । यो पुँजीवादी लोकतन्त्रको एउटा गौंडो मात्रै हो । यो व्यवस्था पनि उस्तै शोषणकारी छ, वर्गविभेद झन् गहिरिँदै गएको छ । यहाँनिर आइपुगेपछि क्रान्तिकारी कम्युनिस्टहरुले आफ्नो कार्यदिशामा गुणात्मक विकास गर्नुपर्ने खाँचो अघिल्तिर छ । तर, क्रान्तिकारी कम्युनिस्ट पृष्ठभूमिबाट विकसितमध्येको एउटा ठूलो हिस्सा तीव्र वेगमा दक्षिणपन्थी विचलनमा पुगेको छ र अन्ततः पुँजीवादी संसदीय व्यवस्थाकै एउटा गतिलो द्वारपालमा परिणत भएको छ । सम्बन्ध–विच्छेद र पुनर्गठनको प्रक्रियामा हेलिएका क्रान्तिकारी पंक्तिहरुमध्ये कोही निकास नभेटेर दुविधाग्रस्त कतै अड्किरहेको अवस्थामा छन्, कोही नयाँका नाममा सैद्धान्तिक अस्पष्टता थाप्लामा बोकेर कतै भड्किरहेका हालतमा छन् ।
छ, आज नेपाली समाज जस्तो परिस्थितिमा छ, जुन सङ्कट र अन्तरविरोधहरुले रोगिएको छ, त्यसलाई निकास दिने क्रान्तिकारी ल्याकतसहितको बलियो राजनीतिक शक्ति हाम्रा सामुन्नेमा देखा परेको छैन । जसले पुँजीवाद आइसक्यो भन्छन्, उनीहरुसँग पुँजीवादसँग लड्ने क्रान्तिको कार्यदिशा छैन, कार्यक्रम छैन, वर्गसङ्घर्षको खाका छैन, सर्वहारा सांस्कृतिक क्रान्तिलाई आत्मसात गर्ने ह्याउ छैन । नयाँ र मौलिक कार्यदिशा ल्यायौं भन्दै ताउरमाउर गर्न खोज्ने केही समूहहरु छन्, उनीहरु मुक्तचिन्तन र लोकरिझ्याइँबाट ग्रसित छन् । अनि नाममा माक्र्सवाद र व्यवहारमा उत्तरआधुनिकतावादी र गैरमाक्र्सवादी प्रवृत्तिका पैरवीकार बनेर निस्केका छन् ।
सात, पेरिस कम्युन, अक्टुबर क्रान्ति, चिनियाँ नयाँ जनवादी क्रान्ति, महान् सर्वहारा सांस्कृतिक क्रान्ति हुँदै अघि बढेको विश्व सर्वहारावर्गको विजययात्राले बिसौं शताब्दीको आठौं दशकको उत्तराद्र्धदेखि गम्भीर धक्का खाएको छ । र, सन् नब्बेदेखि यता एक्काइसौं शताब्दीका अघिल्ला दुई दशकमा पनि वस्तुगत र आत्मगत दुवै कारणले क्रान्तिकारी उभार सिर्जना हुन सकेन । संसारैभरि क्रान्तिका लागि प्रतिकूल अवस्था रहेको यही अवधिमा (१९९६–२००६) नेपाल भने वर्गसङ्घर्षको भीषण उथलपुथलमय प्रक्रिया (जनयुद्ध)बाट गुज्रेको थियो । परन्तु, त्यो क्रान्तिकारी उभारले पनि आफूलाई निरन्तर क्रान्तिकै बाटोमा अघि बढाउन सकेन । एकप्रकारले आत्मगत र वस्तुगत दुवै कारणले गर्दा क्रान्तिकारी दिशामा ठेस लाग्यो र पुँजीवादी जनवादी व्यवस्थाको पूर्णताभित्र सम्झौतामा यो टुंगियो ।
आठ, साम्राज्यवादका घरेलु प्रतिनिधि रहेका प्रतिक्रियावादी शक्तिहरु आज नेपाली समाजको अग्रगतिका मुख्य बाधक हुन् । विश्व साम्राज्यवाद र क्षेत्रीय साम्राज्यवादी शक्तिले नयाँनयाँ रुपमा हस्तक्षेप बढाइरहेको बेला नेपालका पूर्वक्रान्तिकारीहरु तिनै शक्तिका नेपाली दलालमा रुपान्तरित भएका छन् । दक्षिणपन्थी संशोधनवादले अहिले पनि नेपालमा ‘कम्युनिस्ट’ भ्रम छरिरहेको छ । नवगठनका नयाँ पहलहरु कमजोर तथा प्रतिरक्षात्मक भएका छन् । कतिपय क्रान्तिकारी साङ्गठानिक गतिविधि तथा पुनर्गठनका प्रयासहरुले सही दिशा पाइरहेका छैनन् ।
नौ, विघटन र विभाजनका अनेक शृङ्खलाहरु, पुनर्गठनका चेष्टाहरु, नयाँ आधार निर्माणका कोसिसहरु अहिले पनि कम्युनिस्ट आन्दोलनभित्र चलिरहेका छन् । पुष्पलालकालको अन्त्यसँगै सुरु भएको नयाँ अध्यायको प्रारम्भिक चरणमा यतिखेर संसदवादी कम्युनिस्ट समूहभित्र टुटफुट, विभाजन, असन्तुष्टि र निराशाजनक अवस्था छ भने नयाँ क्रान्तिकारी धाराको खोजीमा लाग्ने कम्युनिस्ट नेता–कार्यकर्ता तथा समर्थकहरु समूह–समूहमा विद्रोह, बहिर्गमन र सम्बन्धविच्छेद गरिरहेका छन् । नकारात्मकताको पाटोमा व्यक्तिवाद, अराजकतावाद, उदारवाद, लोकरिझ्याइँ, करिअरवाद, अस्तित्ववाद र उपभोक्तावाद पन्पिँदै गएको छ, सँगसँगै सकारात्मकता के छ भने युवाहरुबीच प्रतिबद्धता, सङ्कल्प र सङ्गठित चेतनायुक्त पहलहरु पनि बढ्दै छन् । नयाँ पुनर्गठनका प्रयासहरु विभिन्न क्षेत्रबाट भइरहेका छन् । यस्तो समयमा नयाँ सैद्धान्तिक आधारमा विचार–निर्माण, सङ्गठन निर्माण, जनसङ्घर्ष–सिर्जना र सांस्कृतिक अभियानहरुको शृङ्खलाबीचबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नवनिर्माण गर्नुपर्नेछ– क्रान्तिकारी सिद्धान्तको पथप्रदर्शन र क्रान्तिकारी कार्यदिशाको आलोकमा !
दश, बलियो विचारधारात्मक आधारमा उभिएको र क्रान्तिकारी ढाँचामा बुनिएको सशक्त क्रान्तिकारी पार्टीले मात्रै आजको सङ्कटलाई पार लगाउन सक्छ । तर, त्यस्तो पार्टी हाम्रा सामू छैन । सर्वहारा–श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने त्यस्तो कम्युनिस्ट क्रान्तिकारी पार्टी एकै झड्कामा र स्वतःस्फूर्त बन्दैन । त्यसले एउटा निश्चित प्रक्रिया र चरणहरु पार गर्नैपर्छ । नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो अध्यायको प्रारम्भिक चरणले वैचारिक–साङ्गठानिक चेष्टाहरुको जुन शृङ्खला छिचोलेको थियो, आज त्योभन्दा कैयौं गुना जटिल चुनौतीहरुको झारजङ्गलहरु छिचोल्नुपर्ने अवस्था छ । आज हामी अर्को अध्यायको त्यस्तै सुरुवातमा छौं । यतिखेर हामीले प्रष्ट हुनुपर्नेछ– क्रान्ति कुनै पपुलिस्ट अगुवाले गर्ने चमत्कार होइन, क्रान्ति कुनै कोठे विमर्शकारले गर्ने तर्कबाजी वा शब्दविलासको खेती पनि होइन । आजको दलाल पुँजीपतिवर्गका सामू घुँडा टेक्न इन्कार गर्ने र दक्षिणपन्थी संशोधनवादी शक्तिसँग सम्झौताहीन वैचारिक सङ्घर्ष गर्ने आँट जुटाउने प्रतिबद्ध क्रान्तिकारीहरुलाई आज समयले डाक हालिरहेको छ ।
यी परिदृश्यहरुले भन्छन्– आज नेपालमा त्यस्तो क्रान्तिको कार्यक्रम चाहिएको छ, जो हिजोको अक्टुबर क्रान्ति भन्दा नयाँ हुनेछ, हिजोको चिनियाँ क्रान्तिभन्दा मौलिक हुनेछ र नेपाली कम्युनिस्ट अग्रजहरुले देख्नुभएको सपनाभन्दा झन् सुन्दर हुनेछ । आजसम्म त नेपाली कम्युनिस्ट आन्दोलनका सबै ‘नयाँ जनवादी’ गाग्रीहरुले पुष्पलालले खनेको इनारबाट पानी भर्ने गरेका थिए, त्यो इनार अब सुकिसक्यो । आज नयाँ युगको फाँट हराभरा पार्न हामीलाई नयाँ समाजवादी क्रान्तिका विशाल नहरहरु आफै खन्नुपरेको छ । हो, हरेक नयाँ युगले आफ्नै भाका र भङ्गिमाहरु निर्माण गर्छ । क्रान्तिको नयाँ अध्यायले आफ्नो नयाँ गीत पनि आफै लेख्छ ।
६. र, अन्त्यमा – सुरुवातदेखि फेरि सुरु गरौं !
सबै कामका सुरुवाती चरणहरु सदैव कष्टकर हुन्छन् । क्रान्तिका सुरुवाती पहलहरु कम्ती कठिनाइले भरिएका हुँदैनन् । जब क्रान्ति स्वयम् प्रतिक्रान्तिद्वारा पराजित हुन्छ, त्यस्तो बेलामा पुनः क्रान्तिको धारलाई अगाडि बढाउनु झन् कष्टकर हुन्छ । आज हामी त्यस्तै चरणमा छौं । नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो अध्यायमा हामीले देख्यौं– एक समय क्रान्तिकारी कदम उठाउने पार्टी र नेतृत्व अर्को अवधिमा प्रतिक्रान्तिकारी र दक्षिणपन्थी कित्तामा पुग्ने गरेको छ । यो यथार्थको वस्तुगत र ऐतिहासिक भौतिकवादी कोणबाट पुनर्मूल्याङ्कन गर्नुपर्नेछ । नयाँ अध्यायको कम्युनिस्ट आन्दोलन थालनी गर्ने हो भने इतिहासका सकारात्मक–नकारात्मक शिक्षाको सार खिच्नु, असफलताको वस्तुगत र आत्मगत सीमा र समस्याहरुको विश्लेषण गर्नु हाम्रो प्राथमिक दायित्व हुन जान्छ ।
पुष्पलाल स्वयम्ले त्यसै गर्नुभएको थियो । २०२५ सालमा उहाँको अगुवाइमा भएको तेस्रो सम्मेलन पार्टी पुनर्गठनको यस्तै प्रयत्न थियो । हामी त्यही गर्न खोज्दैछौं, जो गर्नुपर्ने भनी एङ्गेल्सले सिकाउनुभएको थियो– अर्थात् सुरुवातदेखि नै फेरि सुरु गर्ने काम ! यो सुरुवात कम्युनिस्ट आन्दोलनको समग्र मूलकथाको दोस्रो अध्यायको सुरुवात हो, यो शून्यबाट हुन लागेको सुरुवात होइन । यो सुरुवातले आफ्ना पूर्वजले हासिल गरेका ज्ञान र अनुभवका शिक्षाहरुलाई अवश्यै आत्मसात गर्नुपर्छ, गर्नेछ । विश्वकम्युनिस्ट आन्दोलनका तीनै चरण (माक्र्स–एङ्गेल्सले दार्शनिक–सैद्धान्तिक जग बसाएको पहिलो चरण, माक्र्सवादको पथप्रदर्शनमा अक्टुबर क्रान्ति र लेनिनवादको विकास भएको दोस्रो चरण र माओ नेतृत्वमा चीनमा सम्पन्न महान् सर्वहारा सांस्कृतिक क्रान्तिको तेस्रो चरण)का अनुभव र शिक्षा, अनि नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो कालखण्डका अनुभव, ज्ञान र क्रान्तिकारी शिक्षालाई आजको क्रान्तिकारी पिंढीले गुणात्मक ढङ्गले समृद्ध गर्न आवश्यक छ ।
कम्युनिस्ट आन्दोलनका अग्रणी कमरेड पुष्पलाल (१९२४–१९७८) को ४५औं स्मृति दिवस र यसै वर्ष चलिरहेको उहाँको जन्मशताब्दीका अवसरमा नेपालका सबै सच्चा क्रान्तिकारी कम्युनिस्ट पंक्ति, कार्यकर्ता, समूह, अभियान तथा मोर्चाहरु, बौद्धिक जगत्, अध्ययन समूहहरु र गैरपार्टी कम्युनिस्ट व्यक्तित्वहरु सबैमा नयाँ पहलकदमीका लागि हामी आह्वान गर्दछौं । आउनुस्, नयाँ अध्यायको थालनी गरौं ! पुष्पलालले झैं नयाँ अध्यायका लागि अझ गुणात्मक विधि र प्रक्रियाबाट नयाँ कम्युनिस्ट पार्टी निर्माणको अभियानमा निस्कौं ! पुष्पलालले झैं आफ्नो समय, समाज र इतिहासको सही अध्ययन, सही विश्लेषण र सही निष्कर्ष निकालौं ! यो सन्धिविन्दुमा उभिएर सम्मान व्यक्त गरौं र सम्झौं– कमरेड पुष्पलाललाई, उहाँले स्थापना गरेको कम्युनिस्ट पार्टीलाई, क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको सम्पूर्ण इतिहासलाई, अनि ती आन्दोलनमा जीवन होम्नुहुने हजारौं सहिद तथा बेपत्ता योद्धालाई ! यो सन्धिविन्दुमा उभिएर सङ्कल्प गरौं– नेपालको नयाँ भविष्य निर्माणका लागि, यो बर्बरतम पुँजीवादी व्यवस्था अन्त्यका लागि र समग्र मानवजातिको मुक्तिका लागि!
अन्त्यमा, एङ्गेल्स, लेनिन, माओ र पुष्पलालका निम्न चार सान्दर्भिक उद्धरणहरु राखेर यो छलफलपत्रलाई यहीं रोक्ने अनुमति माग्छु–
१. ‘...फेरि पनि सुरुवातदेखि नै सुरु गर्नुबाहेक हाम्रो सामु गर्नुपर्ने अरु केही छैन । र, सौभाग्यवश हाम्रासामु आन्दोलनको पहिलो अध्याय समापन भएको र दोस्रो अध्याय सुरु हुनुअघिको एकदमै छोटो मध्यान्तर उपलब्ध छ, जसले हामीलाई एकदमै जरुरी काम गर्ने समय दिन्छ– ती कारणहरुको अध्ययन गर्ने समय जो क्रान्तिको विस्फोट र पराजयको कारण केही नेताका आकस्मिक प्रयत्नहरू, प्रतिभा, त्रुटिहरू, गल्ती र गद्दारीहरूमा खोज्ने होइन, बरु उथलपुथलग्रस्त राष्ट्रहरूको आम सामाजिक स्थितिमा र तिनको अस्तित्वको अवस्थामा खोज्नुपर्छ (एङ्गेल्स १९७७ : ४)।
२. प्रायशः के हुन्छ भने इतिहासले जब अचानक नयाँ मोड लिन्छ, प्रगतिशील पार्टीहरु समेत आफूलाई नयाँ स्थितिअनुसार अनुकूलन गर्न केही समयसम्म असमर्थै हुन्छन् र तिनीहरुले तिनै पुराना नाराहरु दोहो¥याइरहन्छन्, जुन नारा हिजोसम्म सही थिए तर आज तिनले आफ्नो सबै अर्थ गुमाइसकेका छन्, ती नारा त्यसरी ‘अचानक’ पुराना पल्टेका छन्, जसरी इतिहासले अचानक नयाँ मोड लिएको छ (लेनिन १९१७ : ४५४)।
३. ....हरेक ऐतिहासिक चरणका आफ्नै खास विशेषताहरु हुन्छन् र तिनलाई अर्को चरणमा यान्त्रिक ढङ्गबाट लागू गर्न सकिँदैन (माओ २०६३ : १३९)।
४. हामी नेपाली कम्युनिस्टहरु, नेपालको विशेषता र त्यसमा प्रयोग हुने नियमलाई नबुझी यदि माक्र्सवाद–लेनिनवाद र माओको विचारधाराको मात्र कुरा गर्दछौं भने सो माक्र्सवाद–लेनिनवाद तथा माओको विचारधाराको कन्ठस्त गर्ने क्रिया मात्र हुन जाँदछ । ...अतः नेपालको वास्तविक वस्तुस्थिति र हाम्रो विशेषतामा माक्र्सवाद–लेनिनवाद तथा माओको विचारधाराअनुसार कसरी काम गर्ने भन्ने कुरामा आज सम्पूर्ण पार्टीले सोची सम्झी हल निकाल्नु परेको छ (पुष्पलाल छा.र. भाग–३ .......: ९४)।
२०८० साउन ६ ।। २०२३ जुलाई २२, शनिबार ।।
सन्दर्भः ४५औं पुष्पलाल स्मृति दिवस ।। काठमाडौं ।।
राजनीतिक संवाद थालनीद्वारा काठमाडौंमा आयोजित विचारगोष्ठीमा प्रस्तुत ।।
i. यो गीतको मुख्य अंश पुष्पलालले आफ्नो पुस्तक ‘नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास’मा उधृत गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्रमा पनि यसको थेगो उद्धरण गरिएको छ । यहाँ प्रस्तुत विस्तृत अंश कार्यपत्र लेखकलाई नेकपाका एकजना संस्थापक नरबहादुर कर्माचार्यले वि.सं. २०६६ सालमा गाएर सुनाउनुभएको होः
पहाड पर्वत खोला नाला जग्गा जमिन सबको
मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको !
रक्त बहाई धनसम्पत्ति सब पैदा गर्छौं हामी
तैपनि किन हो हाय अचम्म भोकै मर्छौं हामी
सहेर कहिलेसम्म सहुँ, यो जन्मजन्मको पीडा
जाऊँ क्षय संहार गरौं अब पीडाका यी किरा
क्रान्ति गरौं, क्रान्ति गरौं, अब जाऊँ क्रान्ति गरौं
नाश गरौं यो राणाशाही, झण्डा लाल समाऔं
दूर हटाई धनी गरिब, समको राज्य बसाऔं !!
मुख्य सन्दर्भ सामाग्रीहरु:
१. एङ्गेल्स, फ्रेडरिक (१९७७) । रिभ्योल्युसन एन्ड काउन्टर रिभ्योल्युसन इन जर्मनी । फरेइन ल्याङ्ग्वेज प्रेस, पेकिङ।
२. कर्माचार्य, नरबहादुर (२०१०) । प्रत्यक्ष कुराकानी।
३. तुङ, माओ त्से (२०६३) । अनु. कृष्णदास श्रेष्ठ । माओ त्से तुङका चुनिएका रचनाहरु । विविध पुस्तक भण्डार, काठमाडौं।
४. पुष्पलाल (२०५३, दो.सं.) । नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास । पुष्पलाल स्मृति प्रतिष्ठान, काठमाडौं ।
५. पुष्पलालका छानिएका रचना, भाग–१, २, ३, ४ । पुष्पलाल स्मृति प्रतिष्ठान, काठमाडौं ।
६. माक्र्स, कार्ल र एङ्गेल्स, फ्रेडरिक (१९४९) । कम्युनिस्ट घोषणापत्र । पहिलो नेपाली अनुवाद, अनु. पुष्पलाल ‘नेपाली’ । प्रकाशक–पुष्पलाल, बेलगाछिया, मुक्ताराम बाबू सेकेण्ड लेन, कलकत्ता ।
७. लेनिन, भ्ला. इ. (१९८३) । व्ला.इ. लेनिन सङ्कलित रचनाएँ, दस खण्डो में, खण्ड ६ । प्रगति प्रकाशन, मस्को ।
८. लेनिन, भी. आई. (१९१७) । अन स्लोगन्स । https://www.marxists.org/archive/lenin/works/1917/jul/15.htm
९. वैद्य ‘किरण’, मोहन (२०७६) । संशोधनवाद र पश्चगमन । विवेक सिर्जनशील प्रकाशन, काठमाडौं ।
१०. श्रेष्ठ, कृष्णदास (२०६१) । पुष्पलाल : विचार र व्यक्तित्व । पैरवी हाउस ।
११. श्रेष्ठ, माणिकलाल (अप्रकाशित लेख) । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाको पृष्ठभूमि ः पार्टी स्थापनाअघि कम्युनिस्ट विचारधाराको प्रचारप्रसार।
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-66819504020732346272023-01-06T18:31:00.000-08:002023-01-06T18:31:04.352-08:00यस्तो थियो मदन भण्डारीले २९ वर्षअघि प्रस्ताव गरेको जबज (पूर्णपाठ)
नेपाली क्रान्तिको कार्यक्रम
जनताको बहुदलीय जनवाद
१. विषय प्रवेश
कार्यक्रम पार्टीले सार्वजनिकरूपमा फहराएको आफ्ना लक्ष्यहरूको झन्डा हो । त्यसकै आधारमा आम जनतालाई सचेत, सङ्गठित र परिचालित गर्ने काम गर्नुपर्छ । सामाजिक क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला सामाजिक क्रान्तिको कार्यक्रम र क्रान्तिपछि निर्माण तथा विकासको कार्यक्रमका रूपमा पार्टीले आफ्नो लक्ष्य निर्धारित गर्नुपर्छ, आफ्नो कार्यक्रम निश्चित गर्नुपर्छ । अहिले नेपाली समाजमा सामाजिक क्रान्तिको अनिवार्यता छ । यसैलाई प्राथमिकता दिनु जरुरी छ । सामन्तवाद र साम्राज्यवादको शोषण-उत्पीडनलाई अन्त्य नगरी नेपाली समाजको प्रगतिशील विकास सम्भव छैन । औद्योगीकरणबिना देशको प्रगति सम्भव हुँदैन र राष्ट्रिय पुँजीको विकास नगरी आत्मनिर्भर औद्योगिक राष्ट्रिय अर्थतन्त्रको विकास सम्भव हुँदैन । अहिले नेपाली समाजको वस्तुगत विकासको अवस्था अर्धसामन्ती तथा अर्धउपनिवेशी स्थितिलाई अन्त्य गर्नुपर्ने तहमा छ । राष्ट्रिय पुँजी उद्योग र व्यापारको विकासका ढोका खुला गर्नुपर्ने स्तरमा छ । समाजको भौतिक विकासबिना हामी समाजवादको निर्माण गर्न सक्दैनौँ । अहिले देशको राजनीतिक क्षेत्रमा निकै ठूलो परिवर्तन भएको छ र यो महत्वपूर्ण पनि छ । तर, समाजको आधारभूत स्थितिमा परिवर्तन भएको छैन । यस्तो पृष्ठभूमिमा हाम्रो पार्टीले मात्रात्मक विकासका साथसाथै गुणात्मक परिवर्तनको क्रान्तिकारी कार्यक्रम निर्धारित गर्नुपर्छ । हाम्रो कार्यक्रमले देशको वस्तुगत स्थिति र प्रगतिशील परिवर्तनको तस्बिर प्रतिविम्बित गर्नुपर्छ ।
२. नेपाली समाजको चरित्र र अन्तरविरोध
२.१. नेपाल भूपरिबेष्ठित छ । देशको प्रगति र विकासको निम्ति यो एउटा प्रतिकूलता र बाधा बनेको छ । तर, यो नियतिको रूपमा छ र यसमा परिवर्तन सम्भव छैन । यसले छिमेकीहरूसँग मित्रतापूर्ण सम्बन्ध राखेर आफ्नो विकास निर्माण गर्नु अनिवार्य बनाएको छ । वैदेशिक दासत्व र पराधीनता हामीलाई स्वीकार्य छैन र शत्रुता हाम्रो चाहना होइन । त्यसकारण हामी समानता र पारस्परिक लाभमा आधारित पञ्चशीलको सिद्धान्तअनुरूप मित्रतापूर्ण सम्बन्ध विकास गरेर यो प्रतिकूलतामा विजय हासिल गर्न चाहन्छौँ । तर, यो आफ्नो देशका जनतालाई शोषण-उत्पीडन गर्ने र विदेशी शक्तिसामु घुँडा टेक्ने प्रतिक्रियावादी वर्ग र राजनीतिक शक्तिबाट सम्भव छैन । यसबाहेक प्राकृतिक स्रोत-सम्पदामा हाम्रो देश धनी छ र जनताहरू इमानदार तथा परिश्रमी छन् । सामन्ती तथा साम्राज्यवादी शोषणलाई समाप्त पार्ने, जनताको श्रम, सीप र प्रतिभालाई विकास निर्माणमा सञ्चालन गर्ने तथा प्राकृतिक स्रोत-सम्पदालाई राष्ट्रिय हितमा उपयोग गर्ने प्रगतिशील विकासको दिशा अवलम्बन गर्ने हो भने नेपाल एउटा सुन्दर, समृद्ध र सुखी देश बन्नसक्ने कुरामा कुनै शङ्का गर्नुपर्दैन ।
२.२. तर देश अहिले अर्धसामन्ती र अर्धउपनिवेशी छ । सामन्तवर्ग, दलाल नोकरशाही पूँजीपति वर्ग र वैदेशिक एकाधिकार पूँजीवादले सम्पूर्ण श्रमजीवी जनतामाथि निर्मम शोषण-उत्पीडन कायम गरेका छन् । जमिनमा कूल खेतीयोग्य भूमिको ४० प्रतिशत भाग ९.४४ प्रतिशत माथिल्लो परिवारको हातमा छ । ५५ प्रतिशत तल्लो वर्गका परिवारसँग १२ प्रतिशत भाग मात्र जमिन छ । सन् १९८१ को कृषि गणनाअनुरूप २.९ प्रतिशत परिवारले ४७.३ प्रतिशत जमिन ओगटेका छन् भने भूमिहीन किसानको सङ्ख्या २० लाखभन्दा बढी छ । अहिले देशको कूल जनसङ्ख्याको करिब ७० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि झरेका छन् । देशको उद्योग, व्यापार र अन्य पूँजीवादी व्यवसायहरूमा विदेशी पूँजीपति, दलाल नोकरशाही पूँजीपति वर्गको कब्जा छ । मध्यम तथा सानोस्तरका राष्ट्रिय पूँजीपतिहरू उठ्न सकेका छैनन् । देशको अर्थतन्त्र अझ पराधीन भइरहेको छ ।
२.३. १९ औँ शताब्दीको सुरुदेखि नै नेपाल राष्ट्रिय स्वाधीनताको निम्ति सङ्घर्षमा उत्रन वाध्य भएको छ । ब्रिटिश इन्डिया, स्वतन्त्र भारत तथा ब्रिटेनसँग नेपालका असमान एवम् अपमानपूर्ण र नेपालको राष्ट्रिय हित र स्वाधीनतामाथि आघात पार्ने अनेक सन्धि-सम्झौताहरू भएका छन् र कायम छन् । अन्य अनेकौँ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग पनि हाम्रो राष्ट्रिय हित प्रतिकूल हुने गरी सम्झौताहरू भएका छन् । यसकारण राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय आत्मनिर्भरताको निम्ति नवउपनिवेशी शोषणबाट मुक्त हुने स्वाधीनताको सङ्घर्ष अझै जारी छ । प्रतिक्रियावादी वर्ग र तिनीहरूका प्रतिनिधि राजनीतिक शक्तिहरूका हातमा सत्ता रहुञ्जेल असमान सन्धिहरू खारेज गरी पञ्चशीलको आधारमा सन्धि-सम्झौताहरूको नवीकरण गर्ने तथा प्रगतिशील आधारमा नयाँ वैदेशिक सम्बन्ध विकास गर्ने कुनै सम्भावना छैन ।
२.४. ००७ सालको प्रजातान्त्रिक आन्दोलनले पाएका सीमित सफलताहरूलाई पनि खोसेर २०१७ सालमा राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था लागू गरे । त्यस व्यवस्थाले तीस वर्षमा देशलाई संसारको सबभन्दा गरिब दोस्रो स्थानमा पुर्यायो । समाजका सामाजिक साँस्कृतिक मूल्य र मान्यताहरूलाई समेत अवमूल्यन गर्यो र बिकृत वनायो । यस्तो पृष्ठभूमिमा निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाका बिरुद्ध २०४६ सालमा भएको संयुक्त जनआन्दोलनले एकस्तरको सफलता प्राप्त गरेको छ । राजतन्त्रका निरङ्कुश अधिकारहरू हटाउने र संविधानद्वारा त्यसको अधिकार, कर्तव्य तोक्ने काम गरेको छ । निर्दलीयतालाई समाप्त पारी सीमित प्रजातान्त्रिक अधिकारसहितको बहुदलीय व्यवस्थाको स्थापना गरेको छ । जनताका मौलिक अधिकारहरू, राजनीतिक स्वतन्त्रता र समानताको औपचारिक घोषणा गरेको छ । जनआन्दोलनको यो ठूलो राजनीतिक सफलता हो र साँचो प्रजातन्त्र प्राप्तिको अभियानमा यो महत्वपूर्ण उपलब्धि पनि हो ।
२.५. अहिले बहुदलीय व्यवस्थामा आम निर्वाचनपछि नेपाली काङ्ग्रेसले एकमना सरकार बनाएको छ । जनआन्दोलनद्वारा भएको सकारात्मक राजनीतिक परिवर्तनलाई उपयोग र प्रयोग गर्दै आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा पनि केही सकारात्मक परिवर्तन आउनेछन् भन्ने जनताको सपना भङ्ग भएको छ । काङ्गे्रसको सरकारले पनि पहिलेजस्तै सामन्तवर्ग, दलाल नोकरशाही पूँजीपतिवर्ग र वैदेशिक एकाधिकार पूँजीवाद तथा साम्राज्यवादको हित रक्षा गर्ने काम गरिरहेको छ । किसानहरू, राष्ट्रिय उद्यमी, व्यापारी व्यवसायीहरूमाथिको उत्पीडन जारी राखेको छ । समाजवादी देशहरूले मित्रताको निम्ति विकास सहयोगस्वरूप निर्माण गरिदिएका र सरकारी स्वामित्वमा रहेका तथा रोजगारी र राजस्व बृद्धि गर्न ठूलो योगदान गरिरहेका उद्योग-संस्थानहरूलाई निजीकरणको नाममा विदेशी पूँजीपतिहरूको हातमा बेच्दैछ । उदार अर्थतन्त्रको नाममा भर्खरै वामे सर्न थालेका राष्ट्रिय उद्यमहरूलाई विदेशी पुँजीसँग प्रतिस्पर्धा गर्न बाध्य पारिरहेको छ । परिणामस्वरूप कतिपय भएका राष्ट्रिय उद्योगहरू पनि बन्द हुने र हजारौँ औद्योगिक श्रमिकहरू बेरोजगार हुने अवस्थामा पुगेका छन् । वैदेशिक व्यापार घाटा बढिरहेको छ । २०४७-२०४८ को आठ महिनामा ११३८.०४ करोड घाटा भएको थियो भने अहिले २०४८-२०४९ मा बढेर यो १९-२० अर्ब पुग्ने अनुमान छ । काङ्ग्रेसको सरकारले देशको अर्थतन्त्रलाई वैदेशिक एकाधिकार पूँजीवाद, अन्तर्राष्ट्रिय पूँजीवादको हातमा सुम्पिँदै गएको छ । पश्चिमा पूँजीवादी देशहरू र तिनीहरूद्वारा सञ्चालित अन्तर्राष्ट्रिय वित्तीय संस्थानहरूले देशको शासन, प्रशासन र नीति निर्माणमा हात हाल्न र बढाउन थालेका छन् । काङ्गे्रसको सरकारले भारत सरकारसँग गरेका सन्धि-सम्झौताहरूले भारतमाथिको निर्भरतालाई बढाएको छ । प्राकृतिक स्रोत-सम्पदामाथि भारतको नियन्त्रण स्थापित गर्ने, देशको अर्थतन्त्रमा भारतीय एकाधिकार पूँजीवादको हात बलियो पार्ने काम गरेको छ । यसबाट क्रमशः देशको राजनीतिमा पनि विदेशी एकाधिकार पूँजीपति वर्गको प्रभाव र नियन्त्रण बढ्दै जानु सुनिश्चित छ ।
२.६. आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा पुरानो स्थितिलाई कायम राखेको र अझ नकारात्मक दिशामा धकेलेको मात्र होइन, जनताले आन्दोलनबाट प्राप्त गरेका राजनीतिक अधिकारहरूलाई समेत विभिन्नढङ्गले निष्प्रभावी एवम् निरर्थक बनाउने प्रयास गरिरहेको छ, एकदलीय राजनीतिक एकाधिकारवाद, सर्वत्र काङ्गे्रसीकरण र सर्वसत्तावाद लागू गर्ने काम गरिरहेको छ । बिपक्षमाथि प्रतिशोधपूर्ण राजनीतिक कारबाही गर्ने, राजनीतिक हिंसा र हत्या गर्ने तथा राज्यआतङ्क फैलाउने काम गरेको छ । हिंसा, हत्या, गुण्डागर्दी, बल प्रयोग, सत्ता र शक्तिको दुरूपयोग गर्दै निर्वाचनलाई जनताको उपहास गर्ने अवसरका रूपमा परिणत गर्दैछ । संयुक्त आन्दोलनद्वारा प्राप्त भएका उपलब्धिहरूलाई खोसेर काङ्गे्रसी एकाधिकारवाद स्थापित गर्ने
प्रयास गर्दैछ ।
२.७. देशको आधारभूत स्थितिको निर्णायक तत्व उत्पादन पद्धति हो । अहिले देशमा अर्धसामन्ती र अर्धउपनिवेशी पद्धति कायम छ । देशको जीविका, उपार्जन र उत्पादनका साधनहरू सामन्त वर्ग, दलाल नोकरशाही पूँजीपति वर्ग र वैदेशिक एकाधिकार पूँजीवादका हातमा छन् । देशको प्राकृतिक स्रोत-सम्पदामाथि राज्यसत्तामार्फत तिनीहरूले नै नियन्त्रण गरेका छन् । अन्य सम्पूर्ण वर्ग-तहका आम जनताहरू तिनीहरूकै शोषण-उत्पीडनमा थिचिएका छन् । त्यसकारण सामन्त वर्ग र दलाल नोकरशाही पूँजीपति वर्गको शोषण समाप्त पार्ने सामाजिक मुक्ति र वैदेशिक एकाधिकार पूँजीवाद तथा साम्राज्यवादको शोषण समाप्त पार्ने राष्ट्रिय स्वाधीनता हाम्रो वर्तमान क्रान्तिका आधारभूत कार्यभार हुन् । सामन्तवर्ग र दलाल नोकरशाही पूँजीपति वर्गसँग जनताको अन्तरविरोध र वैदेशिक एकाधिकार पूँजीवाद तथा साम्राज्यवादसँग राष्ट्रको अन्तरविरोध नै वर्तमान अवस्थामा नेपाली समाजका आधारभूत अन्तरविरोधहरू हुन् । क्रान्तिद्वारा यी अन्तरविरोधको समाधान गरी जनताको जनवादी व्यवस्था स्थापना गर्नु हाम्रो क्रान्तिको आधारभूत लक्ष्य हो ।
२.८. अहिले पनि देशमा कुनै विदेशी शक्तिले ठाडोढङ्गले हस्तक्षेप गर्ने र प्रत्यक्षरूपमा शासन चलाउने काम गर्न सकेको छैन । त्यसरी नै यहाँका शासकहरूसँग जनता र राष्ट्रका बिरुद्ध नाङ्गोढङ्गले गठबन्धन गरी संयुक्तरूपमा शासन गरेको स्थिति पनि छैन । वैदेशिक एकाधिकार पूँजीवाद र साम्राज्यवादले आफ्नो इशारामा चल्ने शक्तिहरूसँग परोक्ष एवम् आमरूपमा सम्बन्ध कायम गरी तिनीहरूमार्फत नै आफ्नो स्वार्थपूर्ति गर्ने, तिनीहरूलाई परोक्षरूपमा सहयोग गर्ने काम गरिरहेको छ । त्यसकारण यसबेला नेपाली समाजमा आन्तरिक अन्तरविरोध अर्थात् सामन्त वर्ग र दलाल नोकरशाही पूँजीपति वर्ग तथा तिनीहरूको राज्यसत्ता र जनताबीचको अन्तरविरोध नै प्रधान अन्तरविरोधका रूपमा रहेको छ । दरबारको नेतृत्वमा रहेका सामन्ती निरङ्कुशतावादी तत्वहरू पर्दा पछाडि छन् र काङ्ग्रेस सरकार मञ्चमा उपस्थित छ । सामन्ती निरङ्कुशतावादी तत्वहरूले फेरि शिर उठाउन सक्छन् । त्यसप्रति गम्भीर सतर्कता अपनाउनु जरुरी छ । तर, काङ्ग्रेसको सरकारले अपनाएका जनता, राष्ट्र र जनअधिकारविरोधी नीतिहरू तथा गरेका कामहरू र जनताबीचको राजनीतिक अन्तरविरोध विशेषरूपमा तीखो भएर प्रकट भएको छ । काङ्गे्रसको सत्ता र जनताबीचको राजनीतिक अन्तरविरोध वर्तमान नेपाली समाजको प्रधान राजनीतिक अन्तरविरोध बनेको छ । काङ्ग्रेसको सत्ताका जनविरोधी, राष्ट्रिय हितविरोधी तथा जनताका प्रजातान्त्रिक अधिकारविरोधी नीति, काम र क्रियाकलापहरू जनताको सङ्घर्षका प्रमुख निशाना बनेका छन् । यो अन्तरविरोध समाधान गर्ने क्रान्तिकारी प्रक्रियाद्वारा नै हामीले समाजको आधारभूत अन्तरविरोधको समाधान गर्ने र जनताको जनवादी राज्य व्यवस्था स्थापना गर्ने लक्ष्य हासिल गर्न सक्नेछौँ ।
२.९. नेपाली समाजको आधारभूत चरित्र विगत लामो समयदेखि यथावत् छ र त्यसलाई आमूल परिवर्तन गर्ने क्रान्तिको पूँजीवादी जनवादी चरित्र पनि जारी नै छ । क्रान्तिद्वारा जनताको जनवादी राज्यसत्ता स्थापना गरेर मात्र अरू सबै क्षेत्रमा आधारभूत परिवर्तन गर्ने लक्ष्यलाई साकार पार्न सकिन्छ । नेपाली समाजमा यो क्रान्ति सम्पन्न गर्ने ठोस प्रयत्न सुरु भएयता पनि निकै लामो अवधि पार भइसकेको छ । विश्वको क्रान्तिकारी आन्दोलनले धेरै अनुभव प्रदान गरिसकेको छ । यसबेला विश्वको कम्युनिस्ट आन्दोलन, समाजवादी क्रान्ति र निर्माणको आन्दोलनमा धेरै गम्भीर समस्याहरू पैदा भएका छन् । विश्वशाक्तिको पुरानो सन्तुलन टुटेको छ । कुनै पनि क्रान्ति र निर्माणका ढाँचा तथा तरिकाहरूमा नयाँ–नयाँ अनुसन्धान, प्रयोग, संयोजन र परिमार्जन गर्दै जानु जरुरी भएको छ । हामीले आफ्नो कार्यक्रम निश्चित गर्दा र क्रान्तिकारी प्रक्रिया तय गर्दा पुराना अनुभवहरू र विश्वको वर्तमान स्थितिलाई ख्याल राख्नु आवश्यक हुन्छ । तिनीहरूबाट यथोचित शिक्षा लिनु जरुरी हुन्छ । समाज विकासको सन्दर्भमा हामी उही क्रान्ति पूरा गर्ने अभियानमा निरन्तर संलग्न छौँ । तर, यस प्रक्रियामा हामीले अवलम्बन गर्ने कतिपय नीति र तरिकाहरू फेरिएका छन् र फेरिनुपर्छ । यो सन्दर्भसहितको समष्टि नै हाम्रो कार्यक्रमको ठोस एवम् पूर्ण रूप हो । यसलाई हामी यसरी उल्लेख गर्न सक्छौँः
३. नेपाली क्रान्तिको वर्तमान कार्यक्रम
३.१. नेकपा (एमाले) नेपालका सर्वहारा–श्रमजीवी वर्गको राजनीतिक पार्टी हो । यसले नेपालमा गरिबी, अभाव तथा सबै प्रकारका शोषण र असमानताहरूलाई अन्त्य गरी प्रगतिशील, विकसित, सम्पन्न र समृद्ध समाजको निर्माण गर्न चाहन्छ । त्यसका निम्ति वैज्ञानिक समाजवाद र साम्यवाद नै त्यो उच्चतम लक्ष्य हो भन्ने दृढ विश्वास राख्दछ । समाजवाद र साम्यवादलाई आफ्नो अधिकतम एवम् अन्तिम लक्ष्यका रूपमा स्वीकार गरेर त्यसको प्राप्तिका निम्ति निरन्तर लागिरहने अठोट व्यक्त गर्दछ ।
३.२. तर अहिले नेपाली समाज सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादको शोषण–उत्पीडनमा छ । समाजको विकासको बाटो अवरुद्ध छ । देशको औद्योगीकरण र समाजको पर्याप्त भौतिक विकासबिना ‘योग्यताअनुसार काम र कामअनुसार दाम’ दिने समाजवादी समाजको निर्माण गर्न सकिन्न । त्यसकारण अहिले राष्ट्रिय पुँजी र उद्योगको विकास सुनिश्चित गर्नु पहिलो र अनिवार्य काम हो । त्यसका निम्ति सामन्तवाद–साम्राज्यवादको अन्त्य गर्नु जरुरी छ । पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्नु जरुरी छ । त्यसकारण हाम्रो वर्तमान क्रान्तिको सामाजिक–आर्थिक चरित्र पूँजीवादी जनवाद हो, हाम्रोे लक्ष्य जनताको जनवादी व्यवस्थाको स्थापना गर्नु हो । यो पहिलो काम पूरा गरेर मात्र हामी समाजवादका निम्ति अघि बढ्न सक्छौँ ।
३.३. नेपालको क्रान्ति र निर्माणलाई बाटो देखाउने सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । नेकपा (एमाले) माक्र्सवाद–लेनिनवादको वैज्ञानिक विचार प्रणालीलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दछ । वर्तमान युगको विकसित माक्र्सवाद औद्योगिक सर्वहारा वर्गको मात्र होइन, किसानहरूको सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनताको मार्गदर्शक सिद्धान्त पनि हो । आज माक्र्सवाद–लेनिनवादबाहेक सामन्ती शोषणबाट किसानलाई मुक्त पार्ने र साम्राज्यवादी उत्पीडनबाट राष्ट्रलाई स्वाधीन बनाउने आन्दोलनलाई बाटो देखाउने अर्को कुनै वैज्ञानिक विचार–प्रणाली छैन । नेकपा (एमाले) माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक मार्गदर्शनमा आफ्नो क्रान्ति र निर्माणको अभियान अघि बढाउन दृढ छ ।
३.४. सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादलाई उन्मूलन गर्ने जनताको जनवादी क्रान्तिलाई नेतृत्व गर्ने अभिभारा वर्गीयरूपमा सर्वहारा–श्रमजीवी वर्ग र राजनीतिकरूपमा माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा चल्ने सर्वहारा श्रमिक वर्गको राजनीतिक पार्टीबाहेक अरू कसैले पूरा गर्न सक्दैन । युरोप र अमेरिकाका सामन्तवादविरोधी पूँजीवादी क्रान्तिहरूमा पूँजीपति वर्गले नेतृत्व गरेको थियो । तर, अहिले अन्तर्राष्ट्रिय पूँजीपति वर्ग जनताको मित्र होइन, शत्रु बनेको छ । पूँजीपति वर्ग किसानको होइन, सामन्तको संश्रयकारी बनेको छ र साम्राज्यवाद पूँजीवादकै विकसित रूप हो । साम्राज्यवादले नै साना, कमजोर र पछौटे राष्ट्रहरूलाई अधीनस्थ बनाएको छ । त्यसकारण सामन्तवाद–साम्राज्यवादविरोधी क्रान्तिको नेता पूँजीपति वर्ग होइन, सर्वहारा–श्रमजीवी वर्ग मात्र हुनसक्छ । तर, सर्वहारा–श्रमजीवी वर्गको पार्टीले पनि अरू पूँजीवादी तथा निम्न पूँजीवादी राजनीतिक शक्तिहरूसँग गम्भीर प्रतिस्पर्धा र सङ्घर्षबिना नेतृत्व हातमा लिनसक्दैन । त्यसकारण नेतृत्वका निम्ति दृढताका साथ पहलकदमी बढाउन नेकपा (एमाले) कृत सङ्कल्पित छ ।
३.५. सामन्तवाद र साम्राज्यवादको शोषण–उत्पीडन समाप्त पार्ने क्रान्तिलाई विभिन्न देशमा नयाँ जनवादी, राष्ट्रिय जनवादी वा जनताको जनवादी क्रान्तिका रूपमा परिभाषित गरिएको छ । हामीले यो क्रान्तिमा हाम्रो देशको सन्दर्भमा राजनीतिक, आर्थिक र विदेश नीतिको क्षेत्रमा पनि कतिपय महत्वपूर्ण विषयहरू थपेका छौँ । संविधानको सर्वोच्चता र बहुदलीय प्रतिस्पर्धा, बहुलवादी खुला समाज, कानुनसम्मत शासन–प्रशासन, बहुमतको सरकार र अल्पमतको विपक्ष, मानवअधिकार, प्रजातान्त्रिक मौलिक अधिकार र शान्तिको संवैधानिक प्रत्याभूति तथा रक्षाजस्ता राजनीतिक विषयहरू दूरगामी प्रभाव पार्ने र निर्णायक महत्व भएका विषयहरू समावेश गरेका छौँ । यसकारण हामीले यसलाई बहुदलीय जनवाद भनेर पनि परिभाषित गरेका छौँ । यो क्रान्ति सर्वहारा–श्रमजीवी वर्गको नेतृत्वमा सम्पन्न हुने आम जनताको जनवादी क्रान्ति हो । यसले जनताको जनवादी राज्यसत्ताको स्थापना गर्दछ । यो पूँजीपति वर्गको अधिनायकत्व भएको व्यवस्था होइन, जनताको जनवादी अधिनायकत्व भएको व्यवस्था हो । यो एकदलीय एकाधिकारवादी व्यवस्था होइन, जनताको बहुदलीय जनवादी व्यवस्था हो । राज्य व्यवस्थाका सम्पूर्ण कुराहरू त्यसबेलाको संविधानमा व्यवस्था भएअनुरूप सञ्चालित हुनेछन् ।
३.६. सामन्तवाद र साम्राज्यवादको शोषण उन्मूलन गरी जनताको जनवादी व्यवस्था कायम गर्नु वर्तमान क्रान्तिको केन्द्रीय कार्यभार हो । जनताको हातमा सम्पूर्ण सत्ता केन्द्रित नगरी राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक सबै क्षेत्रमा आधारभूत जनवादी सुधार र परिवर्तन गर्नु सम्भव हुँदैन । त्यसकारण जनवादी क्रान्तिको केन्द्रीय कार्यभार पूरा गरेपछि जनताको जनतन्त्रले प्रथमतः सामन्तवाद र साम्राज्यवादका सबै क्षेत्रमा रहेका सम्पूर्ण अवशेषहरूलाई पूर्णरूपमा अन्त्य गर्नेछ । योजनाबद्वरूपमा जनताको जनवादी व्यवस्थालाई विकसित, समृद्ध र सुदृढ बनाउने विषयमा प्रमुख ध्यान केन्द्रित गर्नेछ । सर्वहारा–श्रमजीवी वर्गको राजनीतिक पार्टीका रूपमा हाम्रो पार्टी माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा क्रमशः समाजवादमा सङक्रमण गर्ने भौतिक तयारीका निम्ति चरणबद्ध कार्यक्रम बनाउँदै ठोसरूपमा केन्द्रित हुनेछ । क्रान्तिकारी पहलद्वारा जनवादीढङ्गले आम जनताको नेतृत्व गर्दै समाजवादमा सङ्क्रमण गर्ने कार्यक्रमलाई कार्यान्वयन गर्नेछ ।
३.७. सामन्तवाद र साम्राज्यवादको सत्ता उन्मूलन गरी जनताको जनवादी सत्ता कायम गर्नु क्रान्तिको केन्द्रीय, न्यूनतम र निर्णायक कार्यभार हो, जुन पूरा नभएसम्म जस्तोसुकै परिस्थिति भए पनि अपरिवर्तित रहने यो आम कार्यभार पनि हो । समाजका यिनै आधारभूत उद्देश्य र कार्यभारहरूलाई हरेक बेलाको विशिष्ट स्थितिअनुरूप ठोसरूपमा सूत्रबद्ध गरेर अघि सार्नु नै पार्टीको विशिष्ट तथा ठोस कार्यक्रमको दायित्व हो । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्थिति र क्रान्तिका शत्रु तथा मित्रहरूमा आएको परिवर्तनको आधारमा आफ्ना आधारभूत उद्देश्यहरूलाई ठोसरूपमा अघि सार्न पार्टीको विशिष्ट अथवा ठोस कार्यक्रममा परिवर्तन गर्नु आवश्यक हुन्छ । विद्यमान विशिष्ट स्थितिअनुरूप हाम्रो पार्टी आफ्नो कार्यक्रमलाई निम्नलिखित ढङ्गले सूत्रबद्ध गरेर ठोसरूपमा प्रस्तुत गर्दछ :
३.८. राज्य व्यवस्था
सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादको सत्ता तथा उनीहरूको शोषण उत्पीडन समाप्त पारिनेछ । मजदुर, किसान तथा सामन्तवाद–साम्राज्यवादविरोधी सम्पूर्ण जनवादी, देशभक्त तथा न्यायपे्रमी जनसमुदायको संयुक्त जनवादी राज्यसत्ता कायम गरिनेछ ।
जनताको बहुदलीय जनवादी व्यवस्थाको स्थापना गरिनेछ । संविधानलाई सर्वोपरी राखेर राज्यका सबै अङ्गहरू सङ्गठित र सञ्चालित हुनेछन् ।
नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र घोषित गरिनेछ ।
शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गर्नेछ । निर्वाचित व्यवस्थापिकासभाले ऐन–कानुनहरूको निर्माण गर्नेछ ।
संविधानले मानवअधिकार र जनताका मौलिक प्रजातान्त्रिक अधिकारहरूको ठोस प्रत्याभूति र सुरक्षा गर्नेछ ।
संविधानअनुरूप बहुलवादी खुल्ला समाज कायम गरिनेछ ।
संविधानको सर्वोच्चताको आधारमा लोककल्याणकारी संवैधानिक राज्य व्यवस्थाको स्थापना गरिनेछ ।
३.९. शासन प्रणाली
संविधानको मर्यादाभित्र सबै राजनीतिक पार्टीहरूलाई राजकीय निकायहरूमा शान्तिपूर्णढङ्गले प्रतिस्पर्धा गर्ने स्वतन्त्रता रहनेछ ।
निर्वाचनको विधि, तरिका र साधनहरूमा आमूल जनवादीकरण गरी निश्चित समयमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्णरूपमा आवधिक आम निर्वाचन गर्ने प्रणाली कायम गरिनेछ ।
व्यवस्थापिकासभामा बहुमत प्राप्त राजनीतिक पार्टीले सरकार गठन गर्ने र अल्पमतले बिपक्षको भूमिका खेल्ने सम्वैधानिक व्यवस्था कायम गरिनेछ ।
विकेन्द्रीकरणको सिद्धान्त, बहुदलीय राजनीतिक प्रणाली र स्थानीय स्वशासनको आधारमा सबै स्थानीय निकायहरूको निर्वाचन गरिनेछ । स्थानीय निकायहरूले नै आफ्नो क्षेत्रको विकास–निर्माण र प्रशासनको नेतृत्व र सञ्चालन गर्ने सम्वैधानिक व्यवस्था गरिनेछ ।
राजनीतिक बन्दीहरू र अन्यायपूर्णढङ्गले राखिएका बन्दीहरूलाई रिहा गरिनेछ । अदालतको निर्णयबिना नजरबन्द गर्न नपाइने व्यवस्था गरिनेछ ।
सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादको शोषण–उत्पीडनका सम्पूर्ण अवशेषहरूलाई कानुनसम्मतढङ्गले निर्मूल गरिनेछ ।
जनताको बहुदलीय जनवादी व्यवस्थालाई योजनाबद्धरूपमा क्रमशः विकसित, समृद्ध र सुदृढ पारिनेछ ।
समाजवादमा सङ्क्रमण गर्ने उद्देश्यले कार्यक्रमको आधारमा ठोसरूपले भौतिक तयारी गरिनेछ ।
कानुनको शासन कायम गरिनेछ ।
३.१०. आर्थिक व्यवस्था
देशमा जनताको जनवादी राजनीतिक सत्ताको स्थापनापछि जनवादी अर्थव्यवस्थाको निर्माण गर्ने, सुदृढीकरण गर्ने र समाजवादमा सङ्क्रमणको निम्ति भौतिक तयारी गर्ने कामलाई ठोस योजनाका साथ अघि बढाइनेछ । सामन्तवाद, दलाल–नोकरशाही पूँजीवाद, वैदेशिक एकाधिकार पूँजीवाद तथा साम्राज्यवादका शोषण, उत्पीडन र प्रभुत्वका सम्पूर्ण आधारहरू र अवशेषहरूलाई अन्त्य गर्दै जनवादी अर्थव्यवस्थाको निर्माण गर्ने, स्थापित गरिएको जनवादी नयाँ उत्पादन सम्बन्धको आधारमा जनता र देशको जीवनस्तर माथि उठाउनेखालका, उत्पादकत्व बृद्धि र विकास निर्माणका ठोस कामहरू गर्दै राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक सबै क्षेत्रमा जनताको जनवादी व्यवस्थालाई सुदृढ एवम् विकसित बनाउने र प्रगतिशील नयाँ सामाजिक व्यवस्थाको बलियो जगमा उभिएर समाजवादमा सङ्क्रमण गर्ने ठोस भौतिक तयारीको कामलाई केन्द्रित भएर सञ्चालन गर्नेजस्ता आधारभूत महत्वका कामहरू क्रमशः सञ्चालन गरिनेछ । हाम्रो जनवादी अर्थव्यवस्थाको आधारभूत चरित्र ‘मिश्रित अर्थतन्त्र’ रहेको छ, जसमा समानता एवम् सामाजिक न्यायमा आधारित भएर श्रमजीवीहरू, निम्न आय भएका गरिबहरू तथा पिछडिएका जाति, समुदाय र क्षेत्रको उत्थानमा राज्यको अग्रणी भूमिका रहनेछ । देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न निजी क्षेत्रलाई पनि प्रोत्साहन गरिनेछ । यही कार्यदिशाको आधारमा देशको बृहद् आर्थिक सामाजिक परिवर्तन र विकास गरिनेछ । यसरी राजनीतिकरूपमा जनसत्ताको स्थापनापछि पनि प्रत्येक विशिष्ट स्थितिलाई ख्याल राख्दै ठोसरूपमा कार्यक्रम अघि सारी सञ्चालन गरिनेछ ।
कृषि क्षेत्रमा
जमिनमाथि रहेको सामन्ती भू–स्वामित्वको पूर्णरूपमा उन्मूलन गरी अर्धसामन्ती शोषणका सम्पूर्ण रूपहरूलाई समाप्त पारिनेछ । क्रान्तिकारी भूमिसुधारको कार्यक्रम कार्यान्वित गर्दै वास्तविक जोताहा तथा भूमिहीन किसानलाई भूमिको वितरण गरिनेछ । भूमिमाथि निजी स्वामित्वको नयाँ हदबन्दी कायम गरिनेछ । यसो गर्दा आमरूपमा सामन्तहरूको हदभन्दा बढीको जमिन बिनामुआब्जा जफत गरी जोताहा, भूमिहीन वा गरिब किसानलाई वितरण गरिनेछ । तर, क्रान्तिको पक्षमा लाग्नेहरू तथा धनी र मध्यम किसानहरूको हकमा हदभन्दा बढी जमिन जफत गर्दा यथोचित क्षतिपूर्ति दिन सकिनेछ । त्यसबाहेक जमिनको दोहोरो स्वामित्व समाप्त पार्दा साना भूस्वामीहरूलाई भने मुआब्जा दिइनेछ । जमिनमाथि निजी स्वामित्व कायम गरिए पनि सहकारी खेतीलाई विशेष
प्रोत्साहन गरिनेछ ।
वैज्ञानिक तथा उन्नत खेतीको विकास गरी कृषि उत्पादन तथा उत्पादकत्व बढाइनेछ । कृषिमा आश्रित जनताको जीवनस्तर माथि उठाइनेछ । राजकीय क्षेत्रमार्फत किसानहरूको लागि आवश्यक सुविधाहरू जस्तै– सस्तो ब्याजदरमा कृषि ऋण, कृषि उत्पादनको उचित मोल प्राप्त गर्न सङ्गठित कृषि बजारको व्यवस्था, सहुलियत दरमा उन्नत मल–बीउको व्यवस्था, सिँचाइ र प्राविधिक शिक्षाआदि किसानको घरदैलोमा पुर्याउने र किसानहरूले सुविधाहरूको प्रत्यक्ष लाभ लिनसक्ने व्यवस्था गरिनेछ ।
जमिनको आकार, उर्बराशक्ति र भू–बनोटको आधारमा प्रगतिशील भूमिकर प्रणालीको विकास गरी लागू गरिनेछ । जमिनको प्रकृति, माटो र हावापानीआदिको आधारमा देशका विभिन्न भू–भागमा खाद्यान्न, नगदेबाली, पशुपालन र फलफूलको विकासमा योजनाबद्धरूपले अघि बढ्दै कृषिको आधुनिकीकरण गर्ने र कृषि क्षेत्रलाई कुटीर एवम् आधुनिक उद्योग स्थापना, प्रबद्र्धन र विकासमा योगदान पुर्याउने किसिमले विकास गरिनेछ । कृषि क्षेत्रलाई उद्योग, व्यापार र अन्य सेवा क्षेत्रसँग एकाकार गर्न र ग्रामीण क्षेत्रलाई आत्मनिर्भर बनाउन एकीकृत ग्रामीण विकास कार्यक्रम लागू गरिनेछ । देशको बनजङ्गल र अन्य प्राकृतिक स्रोतको बिनाशलाई रोकी बनजङ्गलको विकास र सम्बद्र्धन गरिनेछ । वातावरणको संरक्षण गरिनेछ ।
कृषि क्षेत्रमा काम गर्ने कृषि मजदुरहरूको लागि जीवनयापन गर्न पुग्ने न्यूनतम ज्याला कानुनबमोजिम तोकिनेछ ।
उद्योगको क्षेत्रमा
देशको समृद्धि तथा विकासको निम्ति एवम् आमजनताको गरिबी, सामाजिक–आर्थिक पछौटेपन र असमानताको अन्त्य गर्दै समतामूलक सामाजिक–आर्थिक विकासको निम्ति औद्योगिक क्रान्तिको योजना तर्जुमा र कार्यान्वयन गरिनेछ ।
उद्योगको क्षेत्रमा रहेको साम्राज्यवाद, वैदेशिक एकाधिकार पूँजीवाद, दलाल तथा नोकरशाही पूँजीवादको प्रभुत्व, नियन्त्रण र शोषणलाई समाप्त पारिनेछ । उद्योगको विकासमा प्रत्यक्ष वा परोक्षरूपमा अबरोध ल्याउने बाह्य सन्धि–सम्झौताहरूलाई हाम्रो हितअनुकूल बनाउन आवश्यक कदम चालिनेछ । राष्ट्रिय पुँजीलाई उद्योगको विकासमा संलग्न गर्ने उद्देश्यले संरक्षण र प्रोत्साहन दिइनेछ । अर्थतन्त्रमा ढाँचागत परिवर्तन गरी गतिशीलता ल्याउने, कृषिमा रहेको अर्धबेरोजगारी र देशमा विद्यमान बढ्दो बेरोजगारी अन्त्य गर्ने र अर्थतन्त्रलाई सक्षम, दरिलो र आत्मनिर्भर ९क्भाि च्भष्बिलत० बनाउने लक्ष्य राखी औद्योगिक क्रान्ति अन्तरगत कुटीर, मझौला तथा ठूला उद्योगको स्थापना र विकास गरिनेछ ।
रक्षालगायत आम जनसमुदायको बृहद् आर्थिक सामाजिक हित र सुविधासँग सम्बन्धित उद्योगहरू सरकारी स्वामित्वमा राखी सञ्चालन गरिनेछ । कृषि उत्पादनमा प्रयोग हुने बीउ, मल, निर्माण कार्यमा प्रयोग गरिने सिमेन्ट तथा आम जनताको उपभोग्य सामान जस्तै– खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक आवश्यकताका वस्तुसँग सम्बन्धित उद्योगदेखि लिएर सार्वजनिक सेवासँग सम्वन्धित उद्योग, बिजुली, पानी, टेलिफोन, सञ्चार, यातायात, हुलाकजस्ता आर्थिक–सामाजिक हित र सुविधासँग सम्बन्धित उद्योगहरू राज्यको नेतृत्वमा सञ्चालन गरिनेछ ।
राष्ट्रिय पूँजीपति वर्गको विकास गर्ने र उनीहरूको कुटीर एवम् अन्य उद्योगको बृद्धि गर्ने ढङ्गले औद्योगिक नीतिको निर्माण गरिनेछ । देशलाई आत्मनिर्भर बन्न सहयोग पुर्याउने र तुलनात्मकरूपमा बढी लाभ दिने आयात प्रतिस्थापन उद्योगको विकासमा प्राथमिकता दिइनेछ र यस्ता उद्योगमा सरकारी क्षेत्रको मुख्य संलग्नता रहनेछ । निजी क्षेत्रलाई पनि संरक्षण दिई यस्ता उद्योगको स्थापना र सञ्चालनमा प्रोत्साहित गरिनेछ । अर्थतन्त्रको आर्थिक बृद्धिदर, रोजगारी र विदेशी मुद्रा आर्जन गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक रूपबाट माथि आउनेखालका निर्यातमूलक उद्योगको स्थापना, विकास र विस्तारमा निजी क्षेत्रलाई नै मुख्यरूपमा संलग्न गरिनेछ ।
देशमा विद्यमान रहेको सरकारी र निजी पुँजीको अधिकतम परिचालन गरी विदेशी लगानी र प्रविधि हस्तान्तरणद्वारा देशभित्र विद्यमान प्राकृतिक स्रोत–साधनको उपभोग गरी आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन उद्योगको विकासमा जोड दिइनेछ । हालसम्म विदेशी लगानी र प्रविधि हस्तान्तरणद्वारा स्थापित उद्योगहरूलाई राष्ट्रिय हितअनुकूल परिमार्जन गरिनेछ ।
देशको संविधान र ऐन कानुनको अधीनमा राष्ट्रिय अर्थतन्त्रमा अनुकूल असर पार्ने सीमा निर्धारण गरी विदेशी पुँजी र प्रविधिलाई देशभित्र ल्याउन अनुमति दिइनेछ । अनुमति दिँदा स्वदेशी कच्चा पदार्थ तथा श्रमको उपयोग, देशको आवश्यकताको पूर्ति, निर्यात तथा सरकारी वा निजी क्षेत्रसँग हुनसक्ने संयुक्त लगानीको सम्भावनाआदिको मूल्याङ्कन गरिनेछ । विदेशी पुँजीको संरक्षण गर्ने कानुनी व्यवस्थासमेत मिलाइनेछ ।
औद्योगिक नीति निर्माण गर्दा सन्तुलित क्षेत्रीय विकासलाई सुनिश्चित गर्न जोड दिइनेछ । ग्रामीण क्षेत्रमा कुटीर र साना उद्योग स्थापना गर्न प्रोत्साहन दिने र बजार व्यवस्था गर्ने नीति अवलम्बन गरिनेछ ।
स्वदेशी श्रमिकहरूलाई उद्योग व्यवसायमा संलग्न गर्न र विदेशी श्रमिकलाई प्रतिस्थापित गर्न स्वदेशी अदक्ष श्रमिकलाई तालिमको व्यवस्था गरिनेछ । श्रमिकलाई तालिमको लागि प्राविधिक विद्यालयहरू स्थापित गरिनेछन् । उद्योग–व्यवसायको क्षेत्रमा मजदुरहरूलाई आठ घण्टाभन्दा बढी काममा लगाउन नपाइने बन्देज लगाइनेछ । जीविकाको लागि पुग्दो ज्यालादर, आवास, शिक्षा, स्वास्थ्य र मजदुरहरूका निम्ति अन्तर्राष्ट्रिय मान्यताप्राप्त सम्पूर्ण अधिकार र सुविधाहरू पाउने ग्यारेन्टी गरिनेछ ।
सरकारी संस्थानहरूको विकास र सम्बद्र्धन गर्न तथा संस्थानको उद्देश्यअनुरूप सञ्चालन गर्न उपयुक्त नीति लिइनेछ ।
व्यापारको क्षेत्रमा
व्यापारलाई राष्ट्रिय हितअनुरूप विविधिकरण गर्ने, स्वतन्त्र विदेश व्यापार नीति अवलम्बन गर्ने तथा राष्ट्रिय उद्योगहरूका निमित्त बजार सुनिश्चित गर्ने नीतिहरू अवलम्बन गरिनेछ ।
व्यापार र राष्ट्रिय बजारमा रहेको दलाल नोकरशाही एकाधिकार र प्रभुत्वलाई समाप्त पार्ने, वितरण र आपूर्ति व्यवस्थालाई भरपर्दो र सुलभ बनाउने तथा साना व्यापारीको हितको संरक्षण गर्ने नीतिलाई अगाडि बढाइनेछ ।
व्यापार तथा पारवहनको क्षेत्रमा रहेका असमान सन्धि–सम्झौतालाई समाप्त पारी पारस्परिक लाभको आधारमा नेपालको व्यापार क्षेत्रका हित संरक्षण हुने नीति अवलम्बन गर्न पहलकदमी लिइनेछ र अन्तर्राष्ट्रिय मान्यताअनुरूप भूपरिबेष्ठित देशले पाउनुपर्ने पारवहन सुविधा प्राप्त गर्नेतर्फ ठोस पाइला चालिनेछ ।
ऊर्जा तथा जलस्रोतको क्षेत्रमा
कृषि विकास र औद्योगिकीकरणलाई ऊर्जा प्रणालीसँग एकीकृत गर्ने, सन्तुलित क्षेत्रीय विकासको प्रबद्र्धन गर्ने, ऊर्जाको निर्यातलाई बढावा दिने, वातावरण संरक्षण गर्ने नीति लिँदै ऊर्जा कार्यक्रमको निर्माण गरिनेछ । राष्ट्रको औद्योगिकीकरण र जनताको दैनिक ऊर्जाको उपभोगमा विद्युत् शक्तिलाई प्रमुख स्रोतका रूपमा स्थापना गरिनेछ । ग्रामीण क्षेत्रमा बिजुलीलाई सुपथ मूल्यमा सर्वसुलभ बनाउने नीति लिइनेछ । ऊर्जाको विकासको लागि सरकारले प्रवर्तकको भूमिका निर्वाह गर्नेछ र वन, जलस्रोत वायु तथा सौर्य ऊर्जाका स्रोतहरूले स्थानीय जनताको हक र अधिकारको रूपमा मान्यता पाउने परम्पराको थालनी गरिनेछ । यी स्रोतहरूको विकासमा स्थानीय जनतालाई सहभागी बनाउने नीति लिइनेछ । ऊर्जासम्बन्धी विभिन्न निकायहरूलाई एकीकृतरूपमा सञ्चालन गरिनेछ । जलविद्युत्को विकासको लागि लघु तथा साना योजनाहरू स्थानीय जनताको स्वामित्व तथा सक्रियतामा सञ्चालन गर्न जोड दिइनेछ । ठूला आयोजनाहरू सरकारी प्राधिकरण वा बोर्डको मातहतमा राखिनेछन् । अन्तर्राष्ट्रिय महत्वका बहुउद्देश्यीय आयोजनाहरूलाई अन्तर्राष्ट्रिय बोर्डको व्यवस्थापनमा समेत सञ्चालन गरिनेछ । सीमा नदीहरू (जस्तै-मेची, महाकाली नदी) को उपयोग बराबरी वा साझेदारीको आधारमा गर्ने नीति अबलम्वन गरिनेछ ।
सार्कस्तरीय अन्तर्राष्ट्रिय पावर लाइनको स्थापना गर्ने र सो प्रणालीमा नेपाललगायत अन्य सार्क देशहरूलाई समेत समावेश गराउन जोड दिइनेछ । जलस्रोतको एकीकृत प्रयोजनका लागि शक्ति सञ्चय गर्ने आयोजनाहरू (जस्तै– सेती, बूढीगण्डकी), बहुउद्देश्यीय सञ्चय आयोजनाहरू (जस्तै–कन्काई, राप्ती), अधिक पानी भएका नदीलाई ल्याएर कम पानी भएका नदीमा मिसाउने आयोजना (जस्तै– सुनकोशी–कमला, कालीगण्डकी–तिनाउ, भेरी–बबई आदि) हरूलाई कार्यान्वयन गर्ने काममा प्राथमिकता दिइनेछ । सिँचाइ, औद्योगिकीकरण, जल यातायात, जनताको दैनिक उपयोग तथा विकासको आधारशीला निर्माण गर्ने बहुआयामिक कार्यमा जलस्रोत प्रयोग हुने भएकाले यसको विकास र प्रयोगमा सामञ्जस्यता ल्याउने नीति अवलम्बन गरिनेछ ।
नेपालको जलस्रोतमा नेपाली जनताको अक्षुण्ण सार्वभौमिक अधिकारलाई रक्षा गर्ने नीति अवलम्बन गरिनेछ ।
यातायात र सञ्चार
राष्ट्रिय यातायात नीति र कार्यक्रम तयार गरी देशका सबै दुर्गम ठाउँहरूसम्म यातायात सुविधा पुर्याइनेछ । सडक, जल, रेल, हवाइ, रज्जुमार्ग, यातायात सेवाको सम्भाव्यता, मितव्ययिता तथा क्षेत्रीय र स्थानीय प्राथमिकताको आधारमा यातायात क्षेत्रको समुचित विकास गरिनेछ ।
सार्वजनिक सञ्चारका आमसञ्चार माध्यमहरूले सत्तापक्षको गुणगान गाउने परिपाटीलाई अन्त्य गरी जनता र राष्ट्रको सेवामा लगाइनेछ ।
पर्यटन
पर्यटन उद्योग विदेशी मुद्रा आर्जन गर्ने, जनताको आयस्तर र रोजगारी बढाउने माध्यम भएकाले हिमाल, पहाड, उपत्यका र तराई क्षेत्रमा पर्यटनस्थल निर्माण गर्ने र पर्यटन विकासमा आवश्यक पर्ने भौतिक पूर्वाधारहरू तयार गरी पर्यटन उद्योगको विकास र विस्तार गरिनेछ ।
स्थानीय र क्षेत्रीय विकास
देशका विभिन्न भागमा रहेका जनताको विकासमा प्रत्यक्ष संलग्नता बढाउने र विकास कार्यक्रमहरूको लाभ उनीहरूमा पुर्याउने दुबै उद्देश्यले विकासको आधारशीला स्थानीय तहमै निर्माण गर्नु आवश्यक हुन्छ । स्थानीय आवश्यकता र सम्भाव्यताको आधारमा स्थानीय तहदेखि योजना निर्माण गर्ने र स्थानीय, जिल्ला तथा क्षेत्रीय विकासको अवधारणाअनुरूप विकेन्द्रित योजना प्रणाली अपनाउँदा मात्र योजना प्रणालीलाई बढी प्रजातान्त्रिकसमेत बनाउन सकिन्छ । त्यसकारण स्थानीय तहमै योजना निर्माण गर्दै स्थानीय, क्षेत्रीय र राष्ट्रिय प्राथमिकताका आधारमा विकास–निर्माणको काम अघि बढाउने नीति अवलम्बन गरिनेछ । देशमा रहेको साधन–स्रोतको समुचित प्रयोग र स्थानीय श्रम–सीपको उपयोग गर्नेजस्तो दुबै दृष्टिकोणले यो नीतिलाई समग्र विकासको प्रमुख आधार बनाइनेछ ।
बढ्दो वर्गीय असमानता, बसाइ–सराइको समस्या, शहर र गाउँबीच बढ्दो दूरी र केही सीमित क्षेत्रमा मात्र सुविधा र विकास गतिविधि केन्द्रित गर्ने पूँजीवादी मुनाफाखोर प्रवृत्तिलाई अन्त्य गरी जनवादी अर्थतन्त्र निर्माण गर्ने दृष्टिकोणबाट विकास निर्माणका गतिविधि सञ्चालन गर्ने र विकासको लाभ उपेक्षित आधारभूत वर्गका जनताबीच पुर्याउन ‘स्थानीय विकास’ को माध्यमलाई देशको समग्र विकासको नमूनाका रूपमा अघि बढाइनेछ । यसका लागि योजना प्रक्रियामा तदनुरूपको साङ्गठनिक र संस्थागत व्यवस्था गरिनेछ ।
विविध
बासबिहीन प्रत्येक नेपालीको बासको लागि जमिन उपलव्ध गराई बास निर्माणमा सहयोग पुर्याइनेछ ।
क्रमिकरूपमा बेरोजगारीको अन्त्य गरिनेछ र सबै सक्षम नागरिकले काम पाउने अधिकारका रूपमा सम्वैधानिक व्यवस्था गरिनेछ ।
देशमा लगातार बढिरहेको मूल्य र मुद्रास्फीतिलाई प्रभावकारीढङ्गले नियन्त्रण गरिनेछ । यसको लागि आपूर्ति व्यवस्था सबल बनाइनेछ र व्यापारमा रहेका सबै एकाधिकारहरू अन्त्य गरिनेछ । सरकारीस्तरबाट विभिन्न दैनिक आवश्यकताका वस्तु सुपथरूपमा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । सहकारी संस्थाहरूको स्थापना गर्ने र उनीहरूलाई यसमा संलग्न गराउने नीति लिइनेछ । मूल्यबृद्धिको अनुपातमा मजदुर र सम्पूर्ण ज्यालादारीहरूले स्वतः महङ्गीभत्ता पाउने कानुनी व्यवस्था गरिनेछ ।
विदेशी सहयोगको उपयोग राष्ट्रिय प्राथमिकताको आधारमा लिने र परियोजनाको आर्थिक–सामाजिक मापदण्डको आधारमा सम्भाव्यता हेरी विदेशी सहायताबाट सञ्चालित परियोजनाको बढी प्रतिफल लिँदै अर्थतन्त्रको समग्र कार्यदक्षता र उत्पादक क्षमता बढाउने नीतिलाई उच्च प्राथमिकता प्रदान गरिनेछ ।
समन्वयात्मक रूपबाट राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहमा मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी त्यसको आधारमा सरकारी खर्च र लगानी नीति अवलम्बन गर्ने, लगानीको सक्षमता बढाउने, बृहद् लक्ष्यअनुरूप उत्पादन बृद्धि गर्ने, रोजगारी बढाउने, आय आर्जन गर्ने तथा निश्चित अवधिभित्र गरिबी समाप्त पार्ने उद्देश्य राखी कार्यक्रमहरू सञ्चालन गरिनेछ । यस्ता योजना निर्माण गर्दा विभिन्न क्षेत्रमा हुने वा हुनुपर्ने निजी क्षेत्रको भूमिकालाई पनि प्रस्ट पारिनेछ ।
राजस्व र करनीतिलाई बढी प्रगतिशील, पारदर्शी र बिकृतिमुक्त बनाउने नीति लिइनेछ र निजी क्षेत्रको उत्पादनशील क्षेत्रमा संलग्नता बढाउन, पूँजीवादी मुनाफाखोर लगानी प्रवृत्तिलाई निरुत्साहित गर्न, विभिन्न वर्गबीचको आर्थिक असमानता कम गर्न र विकास कार्यमा पूर्ण सहयोग प्राप्त हुने किसिमले राजस्व परिचालन गर्न प्रत्यक्ष कर प्रणालीलाई व्यापक एवम् प्रभावकारीढङ्गले कार्यान्वयन गरिनेछ । अप्रत्यक्ष कर निम्न र स्थिर आय भएका जनतालाई प्रतिकूल असर नपर्ने गरी लगाइनेछ ।
विकास प्रशासनलाई चुस्त, दुरुस्त, प्रभावकारी र जनमुखी बनाइनेछ । कमिशनतन्त्र र भ्रष्टाचारलाई निर्मूल गरिनेछ ।
असुरक्षित ठाउँका जनतालाई सुरक्षित ठाउँमा बसाबवास गराउने व्यवस्था गरिनेछ ।
३.११. संस्कृति तथा शिक्षा
सामन्ती तथा साम्राज्यवादी साहित्य सँस्कृतिको कुप्रभाव अन्त्य गरी, सामाजिक कुरीति र अन्धविश्वासहरू समाप्त पारी प्रगतिशील, राष्ट्रिय एवम् जनवादी साहित्य सँस्कृतिको विकास गरिनेछ । समाजका सबै क्षेत्रमा जनवादी रूपान्तरण गर्नका निम्ति सामाजिक सुधारका कार्यक्रमलाई योजनाबद्धरूपमा अघि बढाइनेछ । ऐतिहासिक र धार्मिक स्थलहरूको जिर्णोद्धार तथा संरक्षण गरिनेछ ।
नवउपनिवेशवादी वर्तमान शिक्षा प्रणालीको अन्त्य गरिनेछ । शिक्षा क्षेत्रमा रहेको सामन्ती तथा साम्राज्यवादी सबैप्रकारका कुप्रभावलाई अन्त्य गरिनेछ ।
शिक्षा पाउनु प्रत्येक व्यक्तिको मौलिक अधिकार हो । आधुनिक, प्रगतिशील र उच्चकोटीको गुणात्मक शिक्षाका निम्ति साधारण तथा व्यावसायिक र उच्च तथा विशिष्टीकृत शिक्षा प्रणाली एवम् योजनालाई पुनःगठित (Reorganise) गरिनेछ ।
शिक्षा औपचारिक ९ँयचmब०ि अनौपचारिक (nonformal) दुबै प्रकारको हुनेछ ।
राष्ट्रव्यापीरूपमा पूर्व प्राथमिक, प्राथमिक तथा माध्यमिक तहको शिक्षालाई क्रमिकरूपले अनिवार्य र निःशुल्क गराइनेछ । माध्यमिक तहमा व्यावसायिक कार्यमूलक शिक्षालाई समावेश गरिनेछ ।
धर्म, वर्ण, जात, लिङ्ग, पेशा, भाषा, आर्थिक तथा सामाजिक अवस्थाआदिका आधारमा कुनै भेदभाव नराखी सबैलाई शिक्षाको समान अवसर प्रदान गरिनेछ ।
पाठ्यपुस्तक तथा पाठ्यसामग्री एवम् आर्थिक–भौतिक सहयोगहरू प्रदान गरिनेछ र विशेषरूपमा महिला, उत्पीडित जाति तथा आधारभूत वर्गलाई प्राथमिकता दिइनेछ ।
अहिले प्राथमिक तहसम्म अभिभावक एवम् विद्यार्थीको रुचि र छनोटअनुसार मातृभाषा वा प्रचलित भाषामा शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
वास्तविक प्रजातन्त्र र राष्ट्रिय स्वाधीनतालाई आत्मसात् गर्ने र व्यवहारमा उतार्नसक्ने शिक्षा दिने थलोका रूपमा सबै शिक्षालयहरूलाई स्थापित र विकसित गरिनेछ ।
शिक्षा क्षेत्रमा कार्यरत सबै शिक्षक तथा कर्मचारीको हक–हितको संरक्षण एवम् सम्बद्र्धन गरी समाजमा सम्मानित व्यक्तित्वका रूपमा स्थापित गर्ने व्यवस्था मिलाइनेछ ।
राष्ट्रियस्तरमा निर्माण गरिएको शिक्षा योजनाको अधीनमा रही बिना कुनै प्रशासनिक हस्तक्षेप प्राज्ञिक स्वतन्त्रताको उपभोग गर्ने ग्यारेन्टी गरिनेछ ।
बिना कुनै भेदभाव उच्च शिक्षा हासिल गर्नसक्ने सबै शिक्षार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरिनेछ ।
विभिन्न पेशामा संलग्न प्राथमिक तथा माध्यमिक शिक्षा हासिल गर्न नसकेका कामदार (व्यक्ति) हरूलाई सम्बन्धित निकायमार्फत सायमकालीन, प्रातःकालीन वा पत्राचारको माध्यमद्वारा उपयुक्त शिक्षा दिने व्यवस्था मिलाइनेछ ।
शिक्षाको योजना र नीति तय गर्ने, प्रभावकारी पठनपाठन एवम् अनुसन्धान गर्ने, पाठ्यपुस्तक तथा पाठ्यसामग्री तयार गर्ने र शिक्षा योजनालाई प्रभावकारीरूपमा कार्यान्वयनका रूपमा शिक्षाशास्त्रसम्बन्धी निकायलाई विशेषरूपमा सङ्गठित र व्यवस्थित गरिनेछ ।
देशको आवश्यकताअनुसार शिक्षाको विविध पक्ष र विषयगत क्षेत्रसमेतलाई आधार मानी बहुविषय विद्यालयको तर्जुमा गरी उच्च शिक्षा प्रदान गर्ने व्यवस्था गरिनेछ ।
महिला तथा उत्पीडित जातिको शिक्षाको विशेष कार्यक्रम निर्माण गरी उनीहरूलाई शिक्षा दिने व्यवस्था गरिनेछ । उच्च शिक्षामा महिलाहरूलाई विशेष सुविधा र प्रोत्साहन दिने व्यवस्था गरिनेछ ।
शिक्षण क्षेत्रका अद्यावधिक ज्ञान र सीपबारे अवगत गराई कार्यक्षमता र दक्षतामा बृद्धि गरी शिक्षकहरूको सर्वाङ्गीण व्यक्तित्व विकासका लागि आवश्यकताअनुसार पुनर्ताजगी ९च्भाचभकजभच० तालिमको व्यवस्था गरिनेछ ।
३.१२. जाति, धर्म र भाषाको सम्बन्धमा
कुनै पनि एउटा धर्मको एकाधिकारलाई अन्त्य गरी सबैलाई धार्मिक स्वतन्त्रता र समानता प्रदान गरिनेछ ।
जाति, भाषा र भेषभूषामा रहेका सबै एकाधिकार र विशेषाधिकारहरूको अन्त्य गरिनेछ । सबै क्षेत्रमा समानता तथा जनवादी अधिकारको ग्यारेन्टी गरिनेछ । पछि परेका जाति, भाषा, साहित्य र सँस्कृतिको ऐतिहासिक संरक्षण, संबद्र्धन र विकासका निम्ति विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
३.१३. स्वास्थ्यको सम्बन्धमा
स्वास्थ्य सेवाको विद्यमान स्वरूपमा आमूल परिवर्तन गरी स्वास्थ्यलाई मानवअधिकारकै रूपमा तथा सुविधा होइन, अधिकार हो भन्ने तथ्यलाई अङ्गीकार गरी सोअनुरूपका नीतिहरू तय गरिनेछ । एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक, अक्युपञ्चर र प्राकृतिकलगायत सबै उपचार पद्धतिलाई समन्वयात्मकढङ्गले विकास गरिनेछ ।
स्वास्थ्य सेवालाई अत्यावश्यक एवम् विशिष्ट सेवाको रूपमा छुट्टै सम्वैधानिक एवम् कानुनी व्यवस्था गरिनेछ । साथै, सबैखाले स्वास्थ्यकर्मीहरूका छुट्टाछुट्टै स्वायत्त पेशागत सङ्गठनहरूमार्फत हकहितको संरक्षण तथा मर्यादित सेवा पुर्याउने वैधानिक व्यवस्था गरिनेछ ।
जनतालाई स्वास्थ्य सेवाको क्रममा हुने दुर्घटना एवम् हानी नोक्सानीको क्षतिपूर्ति दिइने कानुनी व्यवस्था गरिनेछ ।
औषधी व्यवस्था अत्यावश्यक राष्ट्रिय औषधी नीति प्रयोग गर्ने प्रोटोकल व्यवस्था तथा यस क्षेत्रमा राष्ट्रिय आत्मनिर्भरताको नीति लिइनेछ र बहुराष्ट्रिय औषधी कम्पनीहरूको शोषणबाट देशलाई मुक्त गरिनेछ ।
गैरसरकारी स्वास्थ्य संस्थाहरूलाई राष्ट्रिय स्वास्थ्य नीतिअन्तर्गत निर्देशित दिशामा काम गर्न प्रोत्साहित गरिनेछ ।
३.१४. महिलाहरूको सम्बन्धमा
महिलाहरूमाथि भइरहेका सबैप्रकारका शोषण–उत्पीडनहरू, अपहरण, बेचबिखन, देहव्यापार तथा सामाजिक कुप्रथाको अन्त्य गरिनेछ ।
पैत्रिक सम्पत्तिमा छोरा र छोरीको समान हक स्थापित गरिनेछ । महिला र पुरुषबीच समान कामको समान ज्यालालाई प्रभावकारीढङ्गले लागू गरिनेछ ।
राष्ट्रिय र सामाजिक जीवनका सबै क्षेत्रहरूमा महिला–पुरुषबीच पूर्ण समानताको ग्यारेन्टी गरिनेछ ।
महिलाहरूमा रहेको अज्ञानता, पछौटेपन हटाउन विशेष कार्यक्रम चलाइनेछ । सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने र अपराधी तत्वहरूमाथि कडा सजायको व्यवस्था गरिनेछ ।
राजनीतिक, आर्थिक, सामाजिक जीवनका हरेक क्षेत्रमा महिलाहरूको सक्रिय सहभागितालाई बढाउँदै लगिनेछ ।
३.१५. सामाजिक सुधारको सम्बन्धमा
सामाजिक कुरीति, अन्धविश्वास, रुढीगत धारणाहरूलाई सामाजिक साँस्कृतिक सुधार आन्दोलन चलाई हटाउँदै लगिनेछ ।
समाजमा व्याप्त जातपात, छुवाछूत प्रथाको प्रभावकारीरूपमा अन्त्य गरिनेछ ।
असहाय भएका बृद्ध तथा अपाङ्ग, अनाथ बालबालिकाको संरक्षण राज्यले गर्नेछ ।
३.१६. न्याय व्यवस्थाको सम्बन्धमा
न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाइनेछ । न्यायपालिकाको क्षेत्रमा कार्यकारिणीले हस्तक्षेप गर्न नपाउने सम्वैधानिक व्यवस्था गरिनेछ ।
पेशा र ओहदाले किनबेच गर्नसक्ने प्रतिक्रियावादी न्यायप्रणालीको अन्त्य गरिनेछ ।
अभियुक्तलाई शारीरिक र मानसिक यातना दिने अमानवीय प्रथाको अन्त्य गरिनेछ ।
असहायका निमित्त निःशुल्क कानुनी सेवा उपलब्ध गराइनेछ ।
कानुन व्यवसायीको हक–हितको संरक्षण गर्न र निष्पक्ष, स्वच्छ, स्वतन्त्र र प्रगतिशील न्याय व्यवस्था कायम गर्न कानुन व्यवसायीहरूको सङ्गठित सहभागिता कायम गरिनेछ ।
३.१७. प्रशासन र कर्मचारीको सम्बन्धमा
वर्तमान नोकरशाही प्रशासन प्रणालीलाई पूर्णरूपमा समाप्त पार्ने र जनकल्याणकारी प्रशासनिक व्यवस्थाको स्थापना गरिनेछ ।
तस्करी, घुसखोरी, भ्रष्टाचार, कालोबजारी, नातावादजस्ता सामाजिक बिकृतिको अन्त्य गरिनेछ र अपराधीहरूमाथि कानुनी कारबाही गरिनेछ ।
साना कर्मचारीहरूमाथिको नोकरशाही उत्पीडनको अन्त्य गरिनेछ र उनीहरूको हक–हितको संरक्षण गरिनेछ ।
निजामति कर्मचारीहरूलाई उनीहरूको सेवागत हक–हितको संरक्षण गर्न स्वतन्त्र सङ्गठन बनाउने कानुनी अधिकार प्रदान गरिनेछ । अन्यायपूर्णढङ्गले निकालिएका कर्मचारीहरूलाई ससम्मान पुनःवहाली गरिनेछ । राजनीति वा राजनीतिक दलप्रति आस्थावान रहेको वा संलग्न रहेको कारण उनीहरूलाई सताउने वा कारबाहीको विषय बनाउन नपाउने कानुनी व्यवस्था गरिनेछ ।
ठूला–साना कर्मचारीबीचको तलबदरको वर्तमान ठूलो असमानतालाई साना कर्मचारीको तलब बृद्धि गरी सीमित पारिनेछ । सबै कर्मचारीहरूको जीवन निर्वाह गर्नपुग्ने गरी तलब निर्धारण गरिनेछ । मूल्यबृद्धिको वर्षेनी सूचकाङ्कको दाँजोमा निजामति कर्मचारीहरूले स्वतः महङ्गीभत्ता पाउने व्यवस्था गरिनेछ ।
निजामति सेवालाई कानुनतः निष्पक्ष बनाइनेछ । योग्यता, इमान्दारीको आधारमा पदोन्नतिको व्यवस्था गरिनेछ । कर्मचारीमा उत्तरदायित्वको धारणा अभिबृद्धि गर्ने हेतुले सेवा र कामको मूल्याङ्कनको आधारमा सजाय र पुरस्कारको उचित व्यवस्था गरिनेछ । निजामति कर्मचारीहरूको नोकरीको कानुनी सुरक्षा गरिनेछ ।
निजामति र जङ्गी सेवाका निवृत्त कर्मचारीको हक–हितको संरक्षण गरिनेछ ।
पार्टी र राजनेताहरू तथा उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति जाँच गर्ने व्यवस्था गरिनेछ ।
३.१८. प्रवासी नेपालीको सम्बन्धमा
कुनै पनि प्रवासमा बसेका प्रवासी नेपालीहरूले पाउनुपर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय हक–अधिकार प्राप्तिको निम्ति सम्बन्धित देशको सरकारसँग द्विपक्षीय वार्ता गरी समस्या समाधान गर्न प्रयत्न गरिनेछ ।
देशभित्रको शोषण, उत्पीडन र बेरोजगारीको अन्त्य गरी प्रवासन र आप्रवासनको प्रक्रियालाई प्रभावकारीढङ्गले रोकिनेछ ।
स्वेच्छाले वा जबरजस्ती लखेटिएका र विदेशबाट फर्किएका नेपालीको बसोबासको व्यवस्था गरिनेछ ।
३.१९. विदेश सम्बन्धको बारेमा
असंलग्न, स्वतन्त्र, प्रगतिशील विदेश नीति अपनाइनेछ ।
कुनै पनि विदेशी मुलुकहरूसँग तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूसँग गरिएका सबै गुप्त सन्धिहरू खुला गरिनेछ । सबै असमान सन्धि–सम्झौताहरूलाई पञ्चशीलको आधारमा नवीकरण गरिनेछ ।
भारत र चीन दुबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई पञ्चशीलका सिद्धान्तको आधारमा स्थापित र विकसित गरिनेछ । यी दुई छिमेकी मुलुकहरूसँग असल छिमेकीको सम्बन्धलाई गाढा पार्दै लगिनेछ ।
देशको राष्ट्रिय हितको आधारमा विश्वका सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गरिनेछ ।
दक्षिण एसियायी क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का देशहरूसँगको मैत्रीलाई सुदृढ पारिनेछ र सार्कलाई वास्तविक क्षेत्रीय सहयोगको सङ्गठनका रूपमा विकसित र सुदृढ गर्न प्रभावकारी नीति अवलम्बन गरिनेछ । दक्षिण–दक्षिणको सहयोगलाई विस्तार गरिनेछ ।
अन्तर्राष्ट्रिय अधिकारअनुरूप भूपरिबेष्ठित मुलुकले पाउनुपर्ने पारबहन सुविधालाई स्थायी र प्रभावकारी बनाउनेतर्फ काम गरिनेछ ।
स्वतन्त्रता, समानता र पारस्परिक लाभको आधारमा विश्वका सबै मुलुकसँग आर्थिक, राजनीतिक, साँस्कृतिक, प्रविधिक र वाणिज्य सम्बन्ध कायम गरिनेछ र विस्तार गरिनेछ ।
संयुक्त राष्ट्रसङ्घलाई समर्थन गर्दै यसलाई स्वतन्त्र, निष्पक्ष, सुदृढ र प्रभावी बनाउने विषयमा जोड दिइनेछ ।
साम्राज्यवाद, नवउपनिवेशवाद, रङ्गभेद, विदेशी थिचोमिचो, हस्तक्षेपको विरोध गर्दै शान्ति, स्वाधीनता, समानता र राष्ट्रिय सार्वभौमिकताको पक्षपोषण गरिनेछ ।
असंलग्न आन्दोलन, समाजवाद, सर्वहारा क्रान्ति, राष्ट्रिय तथा सामाजिक मुक्ति आन्दोलनलाई समर्थन, नाभिकीय शस्त्रास्त्रविरोधी, विश्वयुद्ध, क्षेत्रीय युद्ध, आक्रमण, तनावविरोधी शान्ति आन्दोलन र विश्व मानवअधिकार तथा पर्यावरण आन्दोलनलाई समर्थन र सक्रिय सहयोग गरिनेछ ।
३.२०. सेनाको सम्बन्धमा
सेनालाई राष्ट्र र जनताको सेवामा लगाइनेछ ।
सेनाको जनवादीकरण गरिनेछ ।
कुनै जाति, भाषी वा कुनै क्षेत्रका जनसमुदायलाई सेनामा प्रवेश गर्न रोक लगाइएको वर्तमान परिपाटीको अन्त्य गरी सबै नेपालीहरूलाई सेनामा प्रवेशको द्वार खुल्ला गरिनेछ । योग्यता, इमानदारी र क्षमताको आधारमा नियुक्ति र पदोन्नतिको व्यवस्था गरिनेछ ।
सेनामा माथिका अफिसरहरूले तलका जवानहरूको शोषण–थिचोमिचो गर्ने वर्तमान परिपाटीलाई हटाई सेनामा संलग्न सबै अफिसरदेखि जवानसम्म सबैको संवैधानिक–कानुनी प्रजातान्त्रिक अधिकारको संरक्षण गरिनेछ ।
३.२१. भू.पू.सैनिकहरूको सम्बन्धमा
विदेशी तथा स्वदेशी सैनिक सेवाबाट अवकाशप्राप्त भू.पू. सैनिकहरूले प्राप्त गर्दै आएको सुविधा र पेन्सन पाइरहने व्यवस्थाको ग्यारेन्टी गरिनेछ ।
भू.पू.सैनिकहरूले सेवामा रहँदा प्राप्त गरेको शिक्षा, ज्ञान र सीपहरूको मान्यतास्तर निर्धारण गरी समानरूपमा रोजगारीको अवसर दिइनेछ ।
भू.पू.सैनिकका परिवारहरूको शिक्षा–दीक्षा र औषधी उपचारको विशेष व्यवस्था गरिनेछ ।
भू.पू.सैनिकहरू तथा कार्यरत सैनिकहरूको हकहित र अधिकारका साथै अन्य सुविधाका निम्ति उपयुक्त मन्त्रालयअन्तर्गत विभागीय व्यवस्था गरी सरकारी सेवा प्रदान गरिनेछ ।
सैनिक सेवामा रहँदा प्राप्त गरेका सम्मानजनक पदक, प्रमाणपत्र र दर्जाको उचित कदर गरिनेछ ।
३.२२. खेलकुदको क्षेत्रमा
राष्ट्र र जनताको सेवामा अभिपे्ररित गर्न जनताको मानसिक र स्वास्थ्य तन्दुरुस्ती राख्ने कुरालाई ध्यान दिँदै खेलकुदको क्षेत्रमा राष्ट्रकै गौरव र प्रतिष्ठा बढाउनेढङ्गले खेलकुद क्षेत्रलाई संस्थागतरूपमा विकास गराउन विशेष जोड दिइनेछ ।
खेलकुदको विकासको लागि स्कुल र क्याम्पस तहदेखि नै योजनाबद्धढङ्गले नियमितरूपमा प्रशिक्षण गराउने र स्वस्थ प्रतिस्पर्धाको आधारमा राष्ट्रियस्तरका खेलाडीहरूको विकास गरिनेछ ।
खेलाडी, प्रशिक्षक र विभिन्न खेलकुद क्लबहरूलाई प्रोत्साहित गर्न आकर्षक पुरस्कार, सम्मान र आर्थिक तथा भौतिक सुविधा प्रदान गरिनेछ ।
सरकारीस्तरको साथसाथै गैरसरकारी क्षेत्रबाट समेत खेलकुदको विकासको निम्ति सहभागी गराउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा नियमितरूपमा सञ्चालन गरिनेछ ।
४. यस कार्यक्रमका थप विशेषताहरू
४.१. संविधानको सर्वोच्चता
संविधान देशको मूल कानुन हो र देशका सम्पूर्ण राजनीतिक–आर्थिक क्रियाकलापहरू र वर्गहरूको भूमिका एवम् अन्तरसम्बन्धहरूको व्याख्या गर्ने दस्तावेज हो । कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी विशेष संविधानभन्दा माथि रहनसक्दैन । सबैको निम्ति संविधान समानरूपले अनुल्लङ्घनीय हुनुपर्छ । संशोधन गर्न सकिने निश्चित प्रावधानहरू संविधानमा रहन्छन् र त्यो लचिलो हुनुपर्छ । तर, जबसम्म त्यसमा संशोधन भएको हुँदैन, त्यसलाई कसैले पनि उल्लङ्घन गर्न पाउँदैन । सम्पूर्ण जनताको निश्चित अधिकार र कर्तव्यको परिभाषा गर्ने दस्तावेज भएकाले कुनै पनि एउटा पक्षबाट त्यसमाथि थिचोमिचो हुनुहुँदैन । त्यसकारण हामीले एउटा महत्वपूर्ण तत्वका रूपमा संविधानको सर्वोच्चता सामेल गरेका छौँ । क्रान्तिकारी सत्ता, जनताको सत्ता पनि विधानबिहीन हुनुहुँदैन, विधानसम्मत चल्नुपर्छ । कतिपय देशमा क्रान्तिकारी सत्तालाई संविधानभन्दा माथि राख्नाले भएका अराजकताको परिणाम हानिकारक भएको कुरा सर्वविदितै छ । समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्छ र संविधान सर्वोच्च हुनुपर्छ ।
४.२. बहुलवादी खुला समाज
प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने र बोल्ने तथा आफ्ना अनुभूतिहरू अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्छ । यो स्वाभाविक र प्रकृतिसङ्गत कुरा हो । त्यसको उल्टो केबल शासक वर्ग र पार्टीको प्रशंसामा मात्र बोल्न पाइने र विरोधमा मुख खोल्न नपाइने व्यवस्था अरू पक्षमा जतिसुकै राम्रो भए पनि टिकाउ हुन सक्दैन । प्रत्येक व्यक्तिलाई सरकार, राजनीतिक पार्टीहरू, सामाजिक संस्थाहरू, नेताहरू र अधिकारीहरूको बारेमा आफूलाई लागेका कुराहरू स्वतन्त्ररूपमा बोल्न दिनुपर्छ । मुलुकको संविधान र नियम कानुनको आधारमा प्रेस र पर्यटनको स्वतन्त्रता हुनुपर्छ । बाहिरी दुनियाँबाट अलगथलग, बन्द र एकोहोरो समाज हुनुहुँदैन । कम्युनिस्ट पार्टीले शासन चलाएका कतिपय देशमा बहुलवाद र खुलापन रहेन र त्यसको परिणाम पनि राम्रो भएन । हामी बहुलवाद र खुला समाजको पक्षमा छौं ।
४.३. शक्ति पृथकीकरणको सिद्धान्त
समाजवादी देशहरूमा लामो समयसम्म व्यक्तिको हातमा शक्तिको अति केन्द्रीकरण रह्यो । त्यसबाट समाजलाई लाभ होइन, हानी भयो । त्यसपछि व्यक्तिको हातमा हुने अति केन्द्रीकरणको आलोचना गर्दै बिकेन्द्रित गर्ने प्रक्रिया सुरु भएको छ । तर, व्यक्तिको हातमा मात्र होइन, कुनै एउटा संस्थाको हातमा पनि अति केन्द्रीकरण हुनुहुँदैन । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन । राज्यका बिभिन्न अधिकारहरूलाई प्रयोग गर्न केन्द्रमा पृथक निकायहरू हुनुपर्छ । अझ राज्यको अधिकार शासक पार्टीले प्रयोग गर्ने र राज्य र पार्टीबीचको भिन्नतालाई समाप्त गर्ने काम हुनुहुँदैन । राज्य र पार्टीबीचको भिन्नता र अन्तरसम्बन्धलाई ठीकढङ्गले सञ्चालन गरिनुपर्छ । यही अवधारणाबाट हामीले शक्ति पृथकीकरणको सिद्धान्तलाई आफ्नो कार्यक्रममा समावेश गरेका छौं ।
४.४. मानवअधिकारको रक्षा
दुनियाँमा कम्युनिस्टहरू मानवअधिकारको पक्षमा छैनन् भन्ने पूँजीवादपन्थीहरूको व्यापक प्रचार छ । कतिपय कम्युनिस्टहरू पनि मानवअधिकारको रक्षा गर्ने हाम्रो काम र कार्यक्षेत्र होइन भन्ने ठान्दछन् । हामी मानवअधिकारको पक्षमा छौं र लामो समयदेखि त्यस निम्ति सङ्गठितरूपमा लड्दै आएका छौं । साँचो अर्थमा कम्युनिस्ट नै मानवअधिकारका सबभन्दा दृढ योद्धा हुन् र हुन सक्छन् । त्यसकारण हामीले मानवअधिकारको रक्षालाई एउटा महत्वपूर्ण तत्वका रूपमा कार्यक्रममा समावेश गरेका छौं ।
४.५. बहुदलीय प्रतिस्पर्धाको प्रणाली
संविधानको परिभाषाभित्र राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र राजनीतिक पार्टीको एकाधिकार हुन सक्दैन । अझ राज्यको बल प्रयोग गरेर एउटा मात्र पार्टीको एकाधिकार कायम गर्न खोज्नु अत्यन्त गैरजनवादी कुरा हो । अनेक वर्गहरू रहेको समाजमा, पेशागत विविधता रहेको स्थितिमा पनि र खासगरी वर्गीय विविधता भएको समाजमा अनेक राजनीतिक पार्टीहरू स्वाभाविकरूपमा हुन्छन् । नागरिकको मौलिक अधिकारमा बन्देज नगर्ने हो भने स्वभाविकरूपमा राजनीतिक चिन्तनमा विविधताहरू पैदा हुन सक्छन् । अझ कम्युनिस्ट पार्टी सर्वहारा–श्रमजीवी वर्गको पार्टी हो । यो सम्पूर्ण वर्गहरूको पार्टी हुनसक्दैन । यो माक्र्सवादी–लेनिनवादी विचार प्रणालीलाई मार्गदर्शक मान्ने पार्टी हो र सर्वहारा–श्रमजीवी वर्गभित्र पनि अन्य विचारप्रणालीप्रति विश्वास गर्ने व्यक्तिहरू हुनसक्छन् वा रणनीति, कार्यनीतिमा भिन्न मतावलम्बी हुन सक्छन् । यस्तो स्थितिमा एउटा मात्र पार्टीको एकछत्र अधिकार संवैधानिकरूपमा र राज्यको बलसमेत प्रयोग गरेर कायम गर्न खोज्नु एकप्रकारको निरङ्कुशता र तानाशाही हो । त्यसकारण हामीहरू राजनीतिमा जनताको निर्णायक भूमिका स्थापित गर्न बहुदलीय प्रतिस्पर्धाको प्रणाली कायम गर्न चाहन्छौं । जनादेश प्राप्त पार्टी र व्यक्तिहरूले नै राजकीय अधिकार प्रयोग गरी शासन प्रशासन चलाउनुपर्छ भन्ने पक्षमा छौं । बहुदलीय प्रतिस्पर्धाको प्रणाली सङ्गठितरूपमा विचार, कार्यक्रम र नीतिहरूको आधारमा पार्टीहरूबीच प्रतिस्पर्धा गर्न पाउने र जनताको निर्णय सर्वोपरी हुने प्रणाली हो । त्यसकारण हामीले यो प्रणालीलाई एउटा निर्णायक महत्वको विषयका रूपमा आफ्नो कार्यक्रममा समावेश गरेका छौं ।
४.६. आवधिक निर्वाचन
जनताले नै पनि एकपटक गरेको निर्णय सधैँका निम्ति शाश्वत हुनसक्दैन । त्यसकारण निश्चित अवधिभित्र आम निर्वाचन हुनुपर्छ । निर्वाचन विचार, कार्यक्रम र नीतिको बीचमा हुनुपर्छ । एउटै नीति, विचार र कार्यक्रमभित्र केबल व्यक्तिहरूबीच मात्र गरिने चुनाव सारतत्वमा पञ्चायती चुनावभन्दा भिन्न हुनसक्दैन । त्यसकारण बहुदलीयताको आधारमा आवधिक निर्वाचन गर्ने प्रणालीलाई हामीले दृढताका साथ सामेल गरेका छौँ ।
४.७. बहुमतको सरकार र अल्पमतको बिपक्ष
बहुदलीय पद्धतिको एउटा मूलतत्व सङ्गठित प्रतिस्पर्धा हो भने अर्को मूलतत्व बहुमतको सरकार र अल्पमतको बिपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारका कामकाजहरूप्रति आलोचनात्मक दृष्टिकोण राख्ने र गलत कुराहरूको विरोध गर्ने संवैधानिक व्यवस्था हो । आमचुनाव भए पनि बिपक्ष रहन पाउने र अझ रहनुपर्ने संवैधानिक व्यवस्था नहुने हो भने सरकारका तानाशाही एवम् निरङ्कुशतावादी क्रियाकलापहरुलाई रोक्न सम्भव हुँदैन । शान्तिपूर्णढङ्गले कुनै पनि गल्तीहरूको राजनीतिक समाधान निकाल्नु सजिलो हुँदैन । पञ्चायती व्यवस्थामा पनि व्यक्तिको बीचमा चुनाव हुने गथ्र्यो । तर, विचार र कार्यक्रम राख्न पाइन्नथ्यो । अझ पञ्चायती चिन्तनसँग असहमत व्यक्तिहरू चुनिए पनि बिपक्षको वैधानिक व्यवस्था थिएन । त्यसकारण पञ्चायत अन्तरवस्तुक हिसावले मात्र होइन, स्वरूपका हिसाबले पनि निरङ्कुश एवम् तानाशाही थियो । सरकारको बिपक्षमा वैधानिकरूपमा काम गर्न पाउने प्रणाली प्रजातान्त्रिक प्रणाली हो । यसलाई ध्यान दिएर नै हामीले स्पष्टरूपमा बहुमतको सरकार र अल्पमतको बिपक्ष रहने संवैधानिक व्यवस्था गर्ने कुरा समावेश गरेका छौं ।
४.८. कानूनको शासन
जनताका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरू, मौलिक अधिकार, मानवअधिकार र नागरिक अधिकारहरूको रक्षाका निम्ति कानूनको शासन भन्ने कुरालाई हामीले आफ्नो कार्यक्रममा सुस्पष्टरूपमा समावेश गरेका छौं । कुनै पनि व्यक्तिमाथि कानूनअनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने, सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारीढंगले गर्न नपाइने कुरालाई हामीले गम्भीरताका साथ महत्व दिएका छौं ।
४.९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण
हामी सैद्धान्तिक आग्रहबाट प्रेरित भएर भौतिक परिस्थितिबिना नै समाजवादमा पुग्ने हतारोले कुनै पनि अनुचित जोरजबर्जस्ती गर्ने कुराको बिपक्षमा छौँ । स्वाभाविकरूपमा कुनै पनि नयाँ व्यवस्थालाई सुदृढ गर्नका निम्ति अपेक्षित समय चाहिन्छ । त्यसमा पनि जनताको जनवादी सत्ताले मूलभूतरूपमा तीनवटा विशेष अवधि पार गर्नु अनिवार्य हुन्छ : पहिलो– पुरानो व्यवस्थाका शोषण–उत्पीडनका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि, दोस्रो– नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र साँस्कृतिक दुबै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने अवधि र तेस्रो– समाजवादमा सङ्क्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा साँस्कृतिक तयारी गर्ने अवधि । यस्ता ठोस कुराहरू सम्पादन गर्न स्वाभाविकरूपमा एउटा अपेक्षाकृत लामो समय चाहिन्छ । त्यसकारण हामीहरू अन्य कतिपय देशहरूमा जस्तो समाजवादमा पुग्ने हतारोले नयाँ व्यवस्था र समाजको जग कमजोर छँदै– एउटा खुट्टो दर्होसँग नटेकी अर्को खुट्टा उचाल्ने– पक्षमा छैनौं । अझ हामी नयाँ जनवादी व्यवस्थामा पनि बहुदलीय पद्धति अपनाउन प्रतिबद्ध छौं । यसको तात्पर्य बल प्रयोग होइन, सेवा र घनिष्ट सम्बन्धबाट जनताको दिल जित्न र समर्थन हासिल गर्न चाहन्छौँ । यो राम्रै कामका निम्ति पनि जनतालाई जोरजबर्जस्ती गर्ने होइन, स्वेच्छिक समर्थन हासिल गर्ने तरिका हो । हामी राम्रो काम पनि नराम्रो तरिकाले होइन, सकेसम्म राम्रो तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने कुराको पक्षमा रहेका छौं । त्यसकारण हामीले जनताको जनवादी व्यवस्थालाई एउटा अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्थाको रूपमा स्वीकार गरेका छौं ।
४.१०. विदेशी पुँजी र प्रविधि
आज आमरूपमा साम्राज्यवादको औपनिवेशिक शोषणको स्वरूप समाप्त भएको छ र त्यसले नयाँढङ्गले औपनिवेशिक शोषण गर्ने तरिका विकसित गरेको छ । साम्राज्यवादी देशले एक्लै पनि र अनेक विकसित पूँजीवादी देशहरूको वित्तीय सम्पत्ति जम्मा गरेर अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमार्फत संयुक्तरूपमा पनि यो नवउपनिवेशी शोषणलाई अघि बढाएका छन् । तर, वर्तमान विश्वमा अविकसित पछौटे देशहरू मात्र होइन, विकासवान र विकसित देशहरूले पनि अन्तर्राष्ट्रिय वा वैदेशिक वित्तीय सहायता, ऋण र सम्पर्कबिना काम गर्न नसक्ने स्थिति बनेको छ । यस्तो स्थितिमा हामी मात्र पनि बाहिरी दुनियाँप्रति बेवास्ता गरेर केबल आफ्नो मात्र स्रोत–साधनले अघि बढ्न सक्दैनौँ । समाजवादी देशहरूले पनि यस्तो ऋण सहायता लिइरहेका छन् र विश्व पूँजीवादद्वारा खडा गरिएको नाकाबन्दीले कतिपय देशहरूमा गम्भीर सङ्कट पनि बढिरहेको छ । यस्तो स्थितिमा हामी वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगतरूपमा आफ्नो ढोका बन्द गर्न सक्दैनौँ र बन्द गर्नुहुँदैन । त्यसकारण हामीले आफ्नो कार्यक्रममा संविधान र ऐन–कानुनको सीमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग व्यवस्थित गर्ने सुस्पष्ट कुरा कार्यक्रममा समावेश गरेका छौँ । यो पनि विगतका क्रान्तिकारी कार्यक्रमहरूमा समावेश नभएको भिन्न विषय हो ।
४.११. क्षतिपूर्ति
सामन्ती शोषण, सामन्ती भू–स्वामित्व र सामन्तवादलाई समाप्त पार्ने हाम्रो क्रान्तिको एउटा आधारभूत उद्देश्य हो । हामीले नयाँ समाज निर्माण गर्नका निम्ति आमरूपमा सबैबाट सकारात्मक योगदान लिने नीति लिएका छौँ । त्यसको निम्ति सामन्ती भू–स्वामित्व समाप्त गर्ने, कानुनद्वारा नयाँ हदबन्दी निश्चित गर्ने, क्रान्तिकारी भूमिसुधार गर्ने, यसक्रममा क्रान्तिको समर्थन गर्नेहरू, धनी र मध्यम किसानहरूको हदभन्दा बढी जमिन र दोहोरो स्वामित्वको अन्त्य गर्दा साना भू–स्वामीहरूको जमिनको कानुनसम्मत यथोचित क्षतिपूर्ति दिने नीति अघि सारेका छौँ । नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र अझ त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दारहरूबाहेक अरूलाई क्षतिपूर्ति दिएर हामी उद्योग, व्यापार–व्यवसायतर्फ स्थानान्तरित गराउन चाहन्छौँ । यो नयाँ समाज निर्माण गर्न सबैलाई सकारात्मकढङ्गले योगदान पुर्याउन गरेको आह्वान हो र शान्तिपूर्णढङ्गले सामन्ती भू–स्वामित्वको अन्त्य गर्ने चाहनाको अभिव्यक्ति पनि हो । तर, यो प्रगतिशील अग्रगतिको विरोध गर्ने सामन्ती जमिन्दारहरूमाथि बल प्रयोग गर्नुपर्ने अनिवार्यता र बल प्रयोग गरिएकाहरूले क्षतिपूर्ति नपाउने कुरा पनि स्वतःस्पष्ट छ । हामीले आफ्नो कार्यनीतिमा ल्याएको यो पनि एउटा नयाँ पक्ष हो ।
४.१२. विदेश नीति
आज विश्वमा एकीकृत विश्व कम्युनिस्ट आन्दोलन छैन । तर, विश्वका लगभग सबैजसो देशमा माक्र्सवादी सिद्धान्तको मार्गदर्शनमा आफ्नो देशको ठोस स्थितिअनुरूप क्रान्ति वा निर्माणको निम्ति कम्युनिस्ट आन्दोलन जारी छ । समाजवादी आन्दोलन पनि हरेक देशका आफ्ना विशिष्टताको आधारमा चलिरहेको छ, त्यसमा पनि एकरूपता छैन । संसारभरका सबै कम्युनिस्टहरू साम्राज्यवादका बिरुद्ध छन् । तर, ठोसरूपमा कहीँ कुनै देशको साम्राज्यवादी उत्पीडनबिरुद्ध तीखो सङ्घर्ष छ भने अर्को साम्राज्यवादी देशसँग त्यसको सम्बन्ध आमरूपमा सामान्य नै छ । साम्राज्यवादविरोधी सङ्घर्षमा पनि एकरूपता छैन । भिन्नाभिन्नै देश, भिन्नाभिन्नै रूप र भिन्नाभिन्नै कोणबाट तर सबै देशका कम्युनिस्टहरू साम्राज्यवादका बिरुद्ध सङ्घर्षरत छन् । यो नै अहिले एकताको पक्ष हो । यसलाई अहिले नै एकरूपतामा पुर्याउने कुनै सम्भावना छैन । यस्तो स्थितिमा समाजवादी देशहरू र शासक कम्युनिस्ट पार्टीहरूले पुरानोढङ्गले सामाजिक मुक्ति तथा राष्ट्रिय स्वाधीनताका आन्दोलनहरूलाई प्रत्यक्ष र खुल्ला सहयोग गर्न छोडेका छन् । हरेक देशका सर्वहारा–श्रमजीवी वर्गका राजनीतिक पार्टीहरूले पनि सर्वहारा अन्तर्राष्ट्रियतावादको पुरानो सहयोग प्रणालीमा भिन्नता ल्याएका छन् । अहिले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कुनै उल्लेखनीय गु्रप–समूह छैन । एकातिर प्रत्येक देशको क्रान्ति वा निर्माणको आन्दोलन अन्तर्राष्ट्रिय सहयोग–समर्थनबिना विकसित र विजयी हुन सक्दैन भने अर्कोतिर सहयोगको पुरानो रूप प्रणाली कायम छैन र तत्काल हुन पनि सक्दैन । यस्तो स्थितिमा हरेक देशमा क्रान्तिकारीहरूले आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्छ । त्यसकारण हामीहरू सामान्य सैद्धान्तिक अवधारणाको आधारमा सैद्धान्तिकढङ्गले आमखालको विरोध वा समर्थनबाहेक ठोसरूपमा आफ्नो देशको क्रान्ति र निर्माणको प्रत्यक्ष लाभ–हानीको हिसाबबाट मात्र विदेश सम्बन्ध सञ्चालन गर्नसक्छौँ । हाम्रा निकट छिमेकीहरू दक्षिण एसियाली देशहरू, हाम्रो क्रान्ति र निर्माणलाई प्रत्यक्ष–सहयोग समर्थन गर्ने देशहरू र अरू मित्र देशहरूको आधारमा क्रमिक महत्व दिएर पञ्चशीलको सिद्धान्तका आधारमा व्यावहारिकढङ्गले सम्बन्ध स्थापना र विकास गर्ने दृष्टिकोण हामीले अघि सारेका छौँ । क्रान्ति र निर्माणका ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केबल सैद्धान्तिक आग्रहका रूपमा मात्र हामी अघि बढ्न सक्दैनौँ ।
४.१३. नेतृत्व र अधिनायकत्व
सामन्तवाद र साम्राज्यवादबाट सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने आन्दोलनको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । यस क्रान्तिको नेतृत्व पनि सर्वहारा–श्रमजीवी वर्गले मात्र गर्नसक्छ । सर्वहारा–श्रमजीवी वर्गको, माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा चल्ने राजनीतिक पार्र्टीले मात्र गर्नसक्छ । तर, यस कुरालाई केबल सैद्धान्तिकरूपमा उल्लेख गरेर र दस्तावेजमा लेखेर मात्र हुँदैन । त्यसकारण हामीले कार्यक्रममा प्रतिस्पर्धा र पहलकदमीद्वारा नेतृत्व लिने विषयमा जोड दिएका छौँ । सैद्धान्तिक, वर्गीय र रणनीतिकरूपमा सर्वहारा नेतृत्वको अनिवार्यताबारे उल्लेख गर्दा कार्यनीतिकरूपमा अरूसँग नेतृत्वका निम्ति गम्भीर प्रतिस्पर्धा गर्नुपर्ने र पहलकदमी लिनुपर्ने आवश्यकताप्रति बेवास्ता गरेर ढुक्क हुने प्रवृत्ति देखिएको छ । हामी यो प्रवृत्तिलाई हटाउन र तीब्र प्रतिस्पर्धा र सशक्त पहलकदमीमा जोड दिन चाहन्छौँ । त्यसरी नै क्रान्तिपछिको निर्माणकालमा पनि पार्टीले पहलकदमी र प्रतिस्पर्धाबाट नै नेतृत्व हातमा लिनुपर्छ । कम्युनिस्ट पार्टीको नेतृत्व अर्थात् माक्र्सवाद–लेनिनवादको मार्गदर्शमा चल्ने सर्वहारा–श्रमजीवी वर्गको राजनीतिक पार्टीको नेतृत्वमा मात्र जनताको जनवादी व्यवस्थाको सुदृढीकरण र समाजवादमा सङ्क्रमण गर्ने काम सम्पन्न गर्न सकिन्छ । तर, यसमा पनि प्रतिस्पर्धा र पहल नलिएर संविधानमा उल्लेख गर्दै राज्यको बल प्रयोग गरेर नेतृत्व गर्ने तरिका उपयुक्त हुँदैन । त्यसकारण सर्वहारा–श्रमजीवी वर्गको माक्र्सवादी–लेनिनवादी पार्टीको नेतृत्व अनिवार्य छ । तर, त्यो सङ्घर्ष, सेवा, पहलकदमी र प्रतिस्पर्धाबाट मात्र हातमा लिन सकिन्छ । सैद्धान्तिक उल्लेख वा सम्वैधानिक उल्लेख तथा राजकीय बल प्रयोगबाट होइन भन्ने कुरामा हामीले जोड दिएका छौँ ।
त्यसरी नै जनताको जनवादी अधिनायकत्व भनेको जनताको जनवादी राज्यसत्ता हो । अधिनायकत्व राज्यसत्ताको एउटा मुख्य र निर्णायक कामलाई अभिव्यक्त गर्ने शब्द हो । अर्थात् अधिनायकत्व भनेको राज्य हो । माक्र्सवादी दृष्टिकोणअनुसार राज्य भनेको वर्गीय हुन्छ, पूँजीवादपन्थीहरूको वर्गबिहीन वा वर्गभन्दा माथि राज्य भन्ने कुरा झूठ कुरा हो । राज्य एउटा वर्गले अर्को वर्गलाई नियन्त्रण गर्ने साधन हो । तर, जनताको राज्यको काम केबल नियन्त्रण र दमन गर्ने मात्र होइन, आम जनताको नेतृत्व गर्दै जनताको निम्ति कल्याणकारी काम गर्नु हो । त्यसले जनवादविरोधी प्रतिगामी तत्वहरूलाई मात्र दमन र नियन्त्रण गर्छ । व्यापक जनतालाई जनवादी अधिकार प्रदान गर्छ । त्यसकारण हामीले अधिनायकत्व शब्दको सट्टा कार्यक्रममा आमरूपमा राज्यसत्ता भन्ने शब्द प्रयोग गरेका छौँ । यसको तात्पर्य पहिलो कुरा मुठ्ठीभर प्रतिगामीहरूमाथि अधिनायकत्व भएको, ९५ प्रतिशत जनताको निम्ति जनवाद दिने राज्यसत्ता भएको र दोस्रो राज्यसत्ताको काम केबल अधिनायकत्व मात्र नभएर जनता र राष्ट्रको निम्ति कल्याणकारी काम नै प्रमुख भएको हुनाले पनि राज्यसत्ताको एउटा मात्र पक्षलाई अभिव्यक्त गर्ने ‘अधिनायकत्व’ शब्दभन्दा अर्थात ‘जनताको जनवादी अधिनायकत्व’ भन्नुभन्दा जनताको जनवादी राज्यसत्ता भन्ने प्रयोग गरेका छौँ । यो सही र उपयुक्त संयोजन हो ।
४.१४. जनताको बहुदलीय जनवाद
हाम्रो कार्यक्रम सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादविरोधी कार्यक्रम हो । हाम्रो क्रान्ति सामन्तवाद–साम्राज्यवादविरोधी क्रान्ति हो । चीन, कोरिया, भियतनाम र पूर्वी युरोपेली देशहरूमा यस्तै क्रान्ति भएको थियो । यी सबै ठाउँका क्रान्तिले सामन्तवादलाई उन्मूलन गरेर किसानहरूलाई मुक्त पार्ने र साम्राज्यवादको सबै प्रकारका हस्तक्षेपलाई समाप्त पारेर राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने काम गरेको थियो । राष्ट्रिय पूँजी र उद्योग–व्यवसायको विकासको बाटो खोलेको थियो । राज्यसत्ताको एउटा तेस्रो रूप आम जनताको जनवादी संयुक्त राज्यसत्ताको स्थापना गरेको थियो । सामन्तवादलाई उन्मूलन गरेर पनि यो पूँजीपति वर्गको अधिनायकत्व भएको एकलौटी राज्य थिएन । पुरानो जनवादी क्रान्तिले पूँजीपति वर्गको अधिनायकत्व भएको राज्यको स्थापना गरेको थियो । तर, यसले सामन्तवाद–साम्राज्यवादविरोधी आमजनताको संयुक्त राज्यको स्थापना गर्यो । सामन्तवाद–साम्राज्यवादको उन्मूलन गर्ने, अर्धसामन्ती र अर्धउपनिवेशी उत्पादनसम्बन्ध समाप्त पारेर जनवादी र राष्ट्रिय सम्बन्ध कायम गर्ने तथा आम जनताको संयुक्त राज्यसत्ता स्थापना गर्ने हुनाले यसै अर्थमा हाम्रो क्रान्ति पनि नयाँ जनवादी क्रान्ति नै हो र हाम्रो कार्यक्रम पनि नयाँ जनवादी नै हो । अरू मुलुकमा कतिपय आफ्ना विशेषताहरूको सन्दर्भलाई लिएर त्यसलाई कहीँ नयाँ जनवाद, कहीँ जनताको जनवाद र कहीँ राष्ट्रिय जनवादजस्ता नाम दिइयो । सारतत्वमा त्यो सबै नयाँ युगको सन्दर्भबाट जनताको जनवाद नै थियो । हामीले आफ्नो देशमा विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थिति एवम् आजसम्मका अनुभवहरूलाई विश्लेषण गर्दै तिनै आधारभूत तत्वहरूको साथमा कतिपय भिन्न कुराहरू पनि समावेश गरेका छौँ, हामीले थपेका विषयहरूलाई प्रतिनिधित्व गर्ने मूल अभिव्यक्तिको हिसाबले ‘बहुदलीयता’ लाई उल्लेख गरेका छौँ । यस हिसाबले हामीले आफ्नो सन्दर्भमा उक्त क्रान्तिको कार्यक्रमलाई जनताको बहुदलीय जनवाद भनेर उल्लेख गरेका छौँ । वास्तवमा यो पनि हामीले आफ्नो सन्दर्भमा प्रयोग गरेको जनताको जनवाद नै हो । उपरोक्त अन्य देशहरूमा बहुदलीय प्रतिस्पर्धा रहेन । हामी भने त्यसभन्दा भिन्न सुस्पष्टरूपमा बहुदलीय प्रतिस्पर्धा सामेल गर्न चाहन्छौँ । यस अर्थमा हाम्रो कार्यक्रम र विचारको यो एउटा विशेष कुरा हो । यसलाई कार्यक्रममा पनि विशेषढङ्गले उल्लेख गर्नु आवश्यक छ । त्यसैकारण कार्यक्रमको शीर्षकमा हामीले सारतत्व र आफ्ना थप विशेष कुराहरूसमेत समावेश गरेर ‘जनताको बहुदलीय जनवाद’ भनेका हौं । सामन्यतया जुनसुकै विशेषणका साथ जनवादको उल्लेख गरिए पनि हाम्रो कार्यक्रमको स्वरूप र सार दुबैलाई सटीकढङ्गले उल्लेख गर्दा हाम्रो क्रान्तिको कार्यक्रमको नाम ‘जनताको बहुदलीय जनवाद’ हुनुपर्छ । परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिमा हामीले आफ्ना विचारहरूलाई यसरी नै कार्यक्रममा प्रस्तुत गरेका छौँ ।
५. वर्तमान क्रान्तिका शत्रु र मित्रहरू
शत्रुशक्ति
५.१. वर्तमान नेपाली जनवादी क्रान्तिका आधारभूत शत्रु सामान्तवर्ग र दलाल नोकरशाही पूँजीपति वर्ग, विदेशी एकाधिकार पूँजीवाद र अन्तर्राष्ट्रिय साम्राज्यवाद हुन् । यिनीहरूकै शोषण–उत्पीडनले गर्दा आज देश अर्धसामन्ती र अर्धउपनिवेशी बनेको छ । यस्ता आधारभूत शत्रुहरूको शोषण र सत्ता उन्मूलन नगरी नेपालको जनवादी क्रान्ति पूरा हुन सक्दैन ।
५.२. भारतीय शासक वर्गले नेपालका शासकहरूको सहायताबाट नेपालको अर्थतन्त्रमाथि भारतीय एकाधिकार पूँजीवादको नियन्त्रण बढाएको छ । प्राकृतिक स्रोत–सम्पदा खासगरी जलस्रोतमाथि एकलौटी कायम गर्ने प्रयास गरेको छ । शान्ति, मैत्री र सुरक्षाको नाममा भएका सन्धिहरूले नेपालको सार्वभौमिकतालाई सीमित पारेका छन् । अनेक ठाउँमा सीमाना र नेपालको प्रादेशिक अखण्डतामाथि पनि आँच आएको छ । नेपालका स्वतन्त्र आर्थिक राजनीतिक क्रियाकलापहरू र नागरिक अधिकारहरूमाथि पनि हस्तक्षेप बढिरहेको छ । यद्यपि, यो सबै नेपालका शासकहरूले आफ्नो राष्ट्रिय हितलाई त्यागेर भारतीय शासकहरू सामु सुम्पिएका छन् । यस्ता असमान सन्धि–सम्झौताहरू निरस्त गरी पञ्चशीलको आधारमा व्यापार, वाणिज्य, पारबहन तथा पारस्परिक सहयोग, जलस्रोत र सीमासम्बन्धी सन्धि गर्नु र नयाँ आधारमा सम्बन्ध विकास गर्नु पनि जनवादी क्रान्तिको आधारभूत दायित्व हो ।
५.३. युरोपमा समाजवादको विघटन र सोभियत सङ्घ र पूर्वी युरोपका कतिपय देशहरूको बिखण्डनपछि विश्वमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप अनियन्त्रितरूपमा बढिरहेको छ । सैनिक, सामरिक, राजनीतिक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमार्फत समेत आर्थिकरूपमा पनि हस्तक्षेप र दबाब बढिरहेको छ । नेपालको शासन प्रशासनमा पहिलेदेखि रहेको यसको हस्तक्षेप अझ बढ्दै गएको छ । एसियाको समाजवादमाथि हमला गर्ने अन्तर्राष्ट्रिय साम्राज्यवादको विश्व रणनीतिअन्तर्गत नेपाललाई विवाद र तनावमा धकेल्ने काम गरिरहेको छ । नेपालको आन्तरिक राजनीतिमा अन्तर्राष्ट्रिय साम्राज्यवादको बढ्दो हस्तक्षेप समाप्त नगरी र समाजवादका बिरुद्ध अन्तर्राष्ट्रिय साम्राज्यवादले नेपालमा सिँगौरी खेल्ने र तनाव बढाउने क्रियाकलाप अन्त्य नगरी पनि नेपालको जनवादी क्रान्ति सफल हुन सक्तैन ।
५.४. तर पनि अहिले देशमा आन्तरिक अन्तरविरोध नै प्रमुख छ । सामन्तवादी दलाल नोकरशाही पूँजीपति वर्गसँग जनताको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रको अन्तरविरोध नै अहिले समाजको प्रधान वर्गीय अन्तरविरोध हो । सामन्तवर्ग र दलाल नोकरशाही पूँजीपति वर्गको स्वार्थ रक्षा गर्ने राजनीतिक शतिmहरूमध्ये दरबारको नेतृत्वमा रहेका सामन्ती निरङ्कुशतावादी तत्वहरू अहिले पर्दा पछाडि छन् र सम्भावित खतराको रूपमा रहेका छन् । तिनीहरूले फेरि पुनरुत्थान गर्न नपाऊन् भन्ने विषयमा गम्भीर सतर्कता अपनाउनु जरुरी छ । तर, अहिले सत्तामा नेपाली काङ्गे्रस छ र यसले जनता, राष्ट्र र आन्दोलनद्वारा प्राप्त प्रजातान्त्रिक उपलब्धिहरूका बिरुद्धसमेत काम गरेको छ । त्यसकारण अहिले राजनीतिकरूपमा काङ्गे्रसको सरकारका जनविरोधी, राष्ट्रिय हितविरोधी र प्रजातान्त्रिक अधिकारविरोधी नीति तथा कामहरूसँग राजनीतिक अन्तरविरोध विशेषरूपमा तीब्र बनेर प्रकट भएको छ । यिनै जनता, राष्ट्र र प्रजातान्त्रिक अधिकारबिरोधी नीति र कामहरू जनताको सङ्घर्षका प्रमुख निशाना बनेका छन् ।
५.५. सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद, वैदेशिक एकाधिकार पूँजीवाद र साम्राज्यवादको पक्षपोषण गर्ने अरू राजनीतिक–सामाजिक शक्तिहरू पनि नेपाली जनवादी क्रान्तिका शत्रुहरू नै हुन् । तिनीहरूलाई पनि परास्त नगरी हाम्रो क्रान्तिले अन्तिम विजय प्राप्त गर्नसक्दैन ।
मित्रशक्ति
५.६. सर्वहारा–श्रमजीवी वर्ग वर्तमान क्रान्तिको नेतृत्वदायी वर्ग हो । यस वर्गको माक्र्सवादी–लेनिनवादी सिद्धान्तको मार्गदर्शनमा चल्ने राजनीतिक पार्टीले मात्र यो क्रान्तिमा वर्गीय राजनीतिक नेतृत्व दिनसक्छ । देशको जनवादी आन्दोलनमा यो नेतृत्व क्रमशः विकसित र स्थापित हुँदै गएको छ ।
५.७. किसानहरू वर्तमान क्रान्तिका मुख्य र निर्णायक शक्ति हुन् । सामाजिक मुक्तिको यो क्रान्ति मूलतः कृषिक्रान्ति हो । त्यसकारण किसानहरू नै यसका मुख्य र निर्णायक शक्ति पनि हुन् । यसबाहेक निम्न पूँजीपति वर्गका अन्य पेशा–तहहरू क्रान्तिका भरोसायोग्य मित्र हुन् । त्यसमा पनि कमिशनतन्त्र र भ्रष्टाचारजस्तो एउटा शक्तिशाली बिकृतिसँग जुझ्नका निम्ति युवा, विद्यार्थी, बुद्घिजीवीहरूको विशेष भूमिका रहनसक्छ ।
५.८. राष्ट्रिय पूँजीपति वर्ग, धनी किसान तथा समाजका देशभक्त प्रजातान्त्रिक तत्व एवम् तहहरू पनि अस्थिर चरित्र भएका तर वर्तमान क्रान्तिका मित्र नै हुन् ।
५.९. विश्वको कम्युनिस्ट आन्दोलन, समाजवादी आन्दोलन, राष्ट्रिय तथा सामाजिक मुक्ति आन्दोलनहरू लोकप्रिय जनवादी आन्दोलनहरू, पर्यावरण, शान्ति र मानवअधिकार आन्दोलन हाम्रो क्रान्तिका मित्र हुन् ।
५.१० समाजवादी देशहरू, खासगरी समाजवादी चीन र भारतको सर्वहारा–श्रमजीवी वर्गका राजनीतिक पार्टीहरू न्याय र प्रजातन्त्रका शक्तिहरू तथा सम्पूर्ण भारतीय जनता हाम्रो क्रान्तिका अत्यन्त भरोसायोग्य मित्र हुन् । दक्षिण एसियाली देशको सर्वहारा वर्ग, जनता र जनवादी शक्तिहरू हाम्रा मित्र हुन् । हाम्रो क्रान्ति र निर्माणलाई सहयोग पुर्याउने विश्व जनमत एवम् न्याय र प्रजातन्त्रका पक्षपाती शक्तिहरू हाम्रा मित्र हुन् ।
५.११. अहिले विगत इतिहासमा जस्तो सैद्धान्तिक एवम् राजनीतिक समानताको नाताले स्वतः मित्रता र स्वतः सहयोग हुने स्थिति छैन । त्यसकारण स्वयम् हामीले आफ्नो क्रान्ति र निर्माणका निम्ति अत्यधिक महत्व भएका क्षेत्रहरूमा आफ्ना घनिष्ठ सहयोगी एवम् मित्र बनाउनका निम्ति प्रयत्न केन्द्रित गर्नुपर्छ । क्रान्तिका शत्रु र मित्रहरूको खासगरी मित्रहरूको यो विश्लेषण सैद्धान्तिक हो । व्यावहारिक रूप दिनका निम्ति पार्टीले पहल लिएर प्रत्यक्ष र द्विपक्षीय सम्बन्ध विकसित गर्न सक्नुपर्छ ।
६. क्रान्तिको बाटो
६.१. क्रान्तिको बाटोको सवाल क्रान्तिकारी सङ्घर्षको विकास र विजयका निम्ति सङ्गठन र सङ्घर्षका कस्ता रूप र तरिकाहरूमा जोड दिनुपर्छ भन्ने सवाल हो । विश्वको क्रान्तिकारी सङ्घर्षका अनुभवहरूलाई ख्याल गर्दै, विगतका राष्ट्रिय आन्दोलनका अनुभवलाई ख्याल गर्दै र खासगरी आफ्नै विगत आन्दोलनहरूका अनुभवलाई ध्यानमा राखेर पार्टीले क्रान्तिको बाटोका बारेमा पूर्वानुमान एवम् ठोस सङ्केत गर्नुपर्छ । क्रान्तिको बाटो वस्तुगत परिस्थितिको उपज हो । मनोगतरूपमा कुनै पनि ढाँचा खडा गरेर आग्रह जाहेर गर्दैमा बाटोको समस्या हल हुँदैन । प्रत्येक उपलब्ध राष्ट्रिय–अन्तर्राष्ट्रिय स्थिति र वर्गसङ्घर्षको अवस्थाका आधारमा आम जनतालाई क्रान्तिकारी लक्ष्य प्राप्तिको निम्ति कसरी बढीभन्दा बढी सङ्गठित गर्न र सङ्घर्षमा उतार्न सकिन्छ, त्यसरी नै अघि बढ्नुपर्छ । यसरी नै नेपाली क्रान्तिको विशिष्ट बाटो के हो भन्ने कुरा पनि अन्तिमरूपमा टुङ्गो गर्न सकिन्छ । रुसी वा चिनियाँ क्रान्तिको बाटो पनि यसरी नै तय भएको हो । यही नै माक्र्सवादी–लेनिनवादी दृष्टिकोण र तरिका पनि हो । क्रान्ति सम्पन्न गर्नका निम्ति बाटोका हिसाबले वर्ग समन्वय होइन, वर्ग सम्झौता होइन, वर्गसङ्घर्ष नै मूल र आधारभूत कुरा हो । तर, त्यसको कुन रूप अपनाउने भन्ने कुरा परिस्थितिमाथि भर पर्ने विषय हो ।
६.२. माक्र्सवादले सङ्गठन र सङ्घर्षको कुनै एउटा मात्र रूपलाई क्रान्तिकारी सङ्घर्षको एक मात्र र अन्तिम रूप मान्दैन । क्रान्तिकारीहरूले सङ्घर्षका सबैखाले रूप र तरिकाहरूलाई कुशलतापूर्वक सञ्चालन गर्नसक्ने क्षमता विकास गर्न ध्यान दिनुपर्छ । वर्गीय अन्तरविरोध र सम्बन्धहरू कसरी विकास भइरहेका छन् भन्ने यथार्थ विश्लेषणको आधारमा पूर्व तयारी गर्दै विद्यमान सङ्घर्षमा दृढतापूर्वक लाग्नुपर्छ । लक्ष्य अनिवार्य र निर्णायक तत्व हो । बाटो त्यसलाई सकेसम्म छिटो र सुगमढङ्गले प्राप्त गर्ने साधन हो । त्यसकारण लक्ष्य प्रमुख हो र साधन गौण । जुन साधनबाट लक्ष्यमा पुग्न सकिन्छ, त्यसलाई क्रान्तिकारीरूपले दृढतापूर्वक प्रयोग गर्नुपर्छ ।
६.३. अहिले हामी शान्तिपूर्ण सङ्घर्षको स्थितिमा छौँ । वर्गीय अन्तरविरोध र सङ्घर्षले आमरूपमा हिंसात्मक स्वरूपग्रहण गरेको छैन । शान्तिपूर्ण सङ्घर्ष पनि संसदीय र असंसदीय दुबै हुन्छ । संसदीय घेराभित्रको सङ्घर्ष संसदीय र सङ्गठित जनबलको आधारमा त्यस घेरा बाहिरको सङ्घर्ष असंसदीय हो । बहुदलीय व्यवस्थाको स्थापनापछि आमरूपमा संसदीय सङ्घर्ष प्रमुखरूपमा चलिरहेको छ । यसमा क्रान्तिकारीहरूले आफ्नो बरिष्ठता स्थापित गर्न दृढतापूर्वक लाग्नुपर्छ । तर, निर्णायक सङ्घर्ष संसदीय वा संसद्को घेरा बाहिरको जनसङ्घर्ष हो । यो अहिले प्रमुखरूपमा चलिरहेको छैन । तर, क्रान्तिकारी आन्दोलनलाई अघि बढाउनका निम्ति यसमा विशेष ध्यान दिनु जरुरी हुन्छ । यसलाई प्राथमिकता दिने कुरा कुनै मनोगत आग्रह र अलगथलग विषय होइन । चलिरहेको सङ्घर्षमा क्रान्तिकारी शक्तिले प्राप्त गर्ने विजय र वरिष्ठताले नै सङ्घर्षलाई निर्णायक दिशा र मोड दिनसक्छ । शान्तिपूर्ण सङ्घर्षभित्र पनि बल प्रयोगको आवश्यकता पर्छ । विगत पञ्चायतविरोधी आन्दोलन पनि शान्तिपूर्ण सङ्घर्ष थियो । तर, त्यहाँ बल प्रयोगको आवश्यकता भयो र बल प्रयोग पनि भयो । अहिले हाम्रो वर्गसङ्घर्ष शान्तिपूर्ण सङ्घर्षको घेराभित्र छ । तात्कालिकरूपमा संसदीय सङ्घर्ष प्रमुखरूपमा चलिरहेको छ । यसको तात्पर्य सङ्घर्षका यिनै विद्यमान रूप र तरिकाबाट जनता परिचालित छन् । यसमा ध्यान दिने र दृढतापूर्वक लाग्ने काम नगरेर कुनै सैद्धान्तिक एवम् मनोगत आग्रहबाट हाम्रो सङ्घर्षले विकास गर्न सक्दैन ।
६.४. वर्तमान राजनीतिक सङ्घर्ष संसदीय घेराभित्र छ । कसैको मनोगत चाहनाले यो तत्काल बाहिर जान सक्दैन । बाहिरको सङ्घर्ष प्रमुख बन्नका निम्ति स्थानीय वर्गसङ्घर्ष, वर्गीय तथा पेशागत राष्ट्रिय आन्दोलनहरू विकसित हुनुपर्छ । सामन्ती शोषणविरोधी किसान सङ्घर्ष, मजदुर आन्दोलन, युवा, विद्यार्थी, महिला, बुद्धिजीवी, व्यापारी र राष्ट्रिय उद्यमीहरूका सङ्घर्षलाई विकसित गर्नुपर्छ । तिनीहरूलाई राजनीतिकस्तरमा उठाउनुपर्छ र राष्ट्रिय तहबाट राजनीतिक आन्दोलनको रूप दिनुपर्छ । वर्तमान विश्वमा यस्ता व्यापक जनआन्दोलन र बिस्फोटहरूबाट पनि ठूल्ठूला र महत्वपूर्ण परिवर्तन भएका छन् । विगत २०४६ सालको आन्दोलन पनि त्यस्तै आन्दोलनको एउटा रूप हो । यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ । अहिले यस क्षेत्रका आन्दोलनहरू पनि संसदीय घेराभित्रका राजनीतिक आन्दोलनको रूपमा मात्र सीमित छन् । वर्गीय तथा पेशागत आन्दोलनहरू विकास गर्नका निम्ति जनवर्गीय एवम् पेशागत सङ्गठनहरू बलियो हुनुपर्छ, क्रियाशील हुनुपर्छ र व्यापक हुनुपर्छ । तर, अहिले तिनीहरू कमजोर छन् । बहुदलीय व्यवस्था स्थापनापछि अहिलेसम्म पनि राजनीतिक आन्दोलन बढी आकर्षण र चर्चाको विषय रहेकाले जनसङ्गठनहरूको आफ्नो वर्गीय वा पेशागत सक्रियता अझ कम भएको छ । यो स्थितिलाई बदल्नुपर्छ । जनसङ्गठनहरूलाई व्यापकरूपमा क्रियाशील बनाउनुपर्छ । तब मात्र संसदीय घेरा बाहिरको सङ्घर्षले प्राथमिकता लिन र विकास गर्नसक्छ ।
६.५. वर्तमान स्थितिमा राजनीतिक आन्दोलनका मुख्य विषयहरू प्रजातान्त्रिक अधिकारहरूको संरक्षण र विकास, राष्ट्रिय हित र एकताको संरक्षण तथा विकास निर्माण र जनजीविकाका समस्याहरू समाधान गर्ने दिशाजस्ता कुरा बनेका छन् । अहिले पनि यो राजनीतिक सङ्घर्षको मुख्य थलो केन्द्रदेखि स्थानीय तहसम्मका संसदीय निकायहरू र संसदीय घेराभित्रका सङ्घर्षका रूपहरू नै रहिरहेका छन् । पार्टीले यसबेला प्रमुखरूपमा यही राजनीतिक सङ्घर्षलाई संयोजन गर्ने, नेतृत्व प्रदान गर्ने र सञ्चालन गर्ने काम गर्नुपर्छ । तदनुरूपका सङ्गठन र सङ्घर्षका योजनाहरू बनाएर सञ्चालन गर्नुपर्छ । वर्गीय तथा पेशागत आन्दोलनहरूलाई राजनीतिकरूपमा संयोजन गर्ने र राजनीतिक तहमा उठाउने भूमिका निर्वाह गर्नुपर्छ । यसरी मात्र क्रान्तिकारी आन्दोलनको आधार बलियो बनाउने र विकास गर्ने काम गर्न सकिन्छ ।
६.६. सङ्घर्ष स्वयम् नै आक्रमण र प्रतिरक्षाको संयोजन हो । आक्रमण वा प्रतिरक्षा कुनै एक पक्षमा मात्र ध्यान दिएर यसको सञ्चालन गर्न सकिन्न । राजनीतिकरूपमा आक्रमण र राजनीतिकरूपमा प्रतिरक्षा एउटा व्यापक विषय हो र यसमा विभिन्न क्षेत्र, विषय र कोणहरूबाट निरन्तर गरिरहनुपर्छ । तर, भौतिकरूपमा आक्रमण र भौतिकरूपमा प्रतिरक्षा पनि सङ्घर्षको अर्को एउटा महत्वपूर्ण क्षेत्र हो । यस विषयमा ध्यान दिँदा सर्वप्रथम एउटा कुरामा स्पष्ट हुनु आवश्यक हुन्छ । शान्तिपूर्ण आन्दोलनभन्दा भौतिक आक्रमण र प्रतिरक्षाको आवश्यकता पर्दैन भनी ठान्ने र भौतिक आक्रमण र प्रतिरक्षाको कुरा गर्दा शान्तिपूर्ण आन्दोलन होइन भनी ठान्ने चिन्तनबाट मुक्त हुनुपर्छ । संसदीय सङ्घर्ष होस् वा असंसदीय, जुनसुकै सङ्घर्षमा पनि आक्रमण र प्रतिरक्षाको आवश्यकता हुन्छ । राजनीतिकरूपमा मात्र होइन, अनिवार्यरूपमा भौतिकरूपमा समेत आक्रमण र प्रतिरक्षाको चिन्तन, संयोजन र तयारी हुनुपर्छ । धेरै अगाडि जानुपर्दैन, हामीले विगत पञ्चायतविरोधी आन्दोलन, विगत आमनिर्वाचन र स्थानीय निर्वाचनमा समेत त्यो आवश्यकता भोगिसकेका छौँ । अरू स्थानीय सङ्घर्ष र वर्गीय वा पेशागत आन्दोलनमा पनि त्यसको आवश्यकता भोगिसकेका छौँ । तर पनि, हामीले अनुभव सङ्गठित गर्न सकेका छैनौँ । या त शान्तिपूर्ण सङ्घर्ष भन्ने बल प्रयोगको बारेमा ध्यानै नदिने या बलप्रयोगको पक्षमा चर्चा गर्ने र शान्तिपूर्ण सङ्घर्षकै बिरुद्ध धारणा बनाउने खालको एकपक्षीयता रहेको छ । यसलाई हटाउनुपर्छ र हरेक सङ्घर्षका निम्ति सबै हिसाबले आक्रमण र प्रतिरक्षाबारे ठोसरूपमा काम गर्नुपर्छ ।
६.७. सङ्घर्ष दुई विपरीत पक्षहरूबीचको टक्कर हो, प्रतिस्पर्धा हो । आफ्नो प्रतिद्वन्द्वी पक्षभन्दा न त धेरै अघि बढेर हामी टक्कर लिनसक्छौँ न धेरै पछि बसेर । टक्करको निम्ति, सङ्घर्षको निम्ति हाराहारीमा रहनु, जस्तालाई तस्तै गर्नु जरुरी हुन्छ, नत्र सङ्घर्ष हुनैसक्दैन । सङ्घर्षको कुन रूप प्रमुख र निर्णायक हुन्छ, त्यो कुनै शास्त्रीय रचनाबाट वा विशिष्ट नेताको कल्पनाबाट तय हुने विषय होइन । त्यो त जनताको बीचबाट, वर्गसङ्घर्षबाट, दुई विपरीत तत्वबीचको सङ्घर्षबाट तय हुने कुरा हो । शत्रु पक्षले कुन दाउपेच र तरिका प्रयोग गर्छ, त्यसअनुरूप नै जवाफ दिनुपर्छ । त्यही शृङ्खलाभित्रबाट आक्रमण वा प्रतिरक्षा गर्नुपर्छ । सङ्घर्ष हिंसात्मक हुन्छ कि शान्तिपूर्ण ? त्यसको निर्णय एकपक्षबाट मात्र हुँदैन । दुवै पक्षको त्यसमा सहभागिता हुन्छ । तर, निर्णायक पहलकदमी सत्तापक्षमा रहन्छ । जनताका शान्तिपूर्ण न्यायिक राजनीतिक सङ्घर्षहरूमाथि हिंसात्मकढङ्गले दमन गर्ने सत्तापक्षसँग हिंसात्मक सङ्घर्षको अर्को कुनै विकल्प हुन सक्दैन । यदि शान्तिपूर्ण र राजनीतिकढङ्गले नै मुकाबिला गर्ने तरिका अपनायो भने शान्तिपूर्णरूपमा पनि सङ्घर्ष विकसित हुनसक्छ । हिंसाको मुकाबिला शान्तिले, षड्यन्त्रको मुकाबिला सोझोपनले र धाँधलीको मुकाबिला सज्जनताले हुँदैन । ‘जस्तालाई तस्तै’ जवाफ सङ्गठित गर्नुपर्छ । शान्तिपूर्ण, राजनीतिक वा वर्गीय एवम् पेशागत सङ्घर्षका बिरुद्ध हुने षड्यन्त्र र हिंसाको मुकाबिला गर्न हामीले पनि आफ्नो त्यस्तै शक्ति सङ्गठित गर्नुपर्छ । क्रान्तिको बाटो तयार गर्ने प्रक्रिया यही हो । यस प्रक्रियाबाट अलग बसेर न कुनै बाटो तयार हुन्छ, न कुनै सङ्घर्षले विकास गर्नसक्छ न त क्रान्ति सफल हुने कुनै आशा नै गर्न सकिन्छ ।
६.८. पार्टीले यसबेला अरू सबै कुराहरूमा आवश्यक ध्यान दिदै व्यापक जनताबीच पुग्नका निम्ति किसान आन्दोलन र लडाकु सङ्घर्ष विकास गर्नका निम्ति युवा आन्दोलनको विकास गर्न विशेष ध्यान दिनुपर्छ । त्यसरी मात्र हामी सत्तापक्षले हाम्रो क्रान्तिलाई हिँड्न बाधा पारेको बारेमा बढी अनुकूलढङ्गले हिँड्न सक्नेछौँ ।
६.९. सङ्घर्ष माथिबाट थोपरेर हुँदैन, प्रतिरक्षा सङ्घर्ष पनि माथिबाट थोपरेर हुँदैन । त्यसले वर्गसङ्घर्षको मैदानबाट जन्म लिन्छ र पार्टीले त्यसलाई संयोजन, विकास र नेतृत्व गर्नुपर्छ । पार्टीको नीतिगत दिशानिर्देशनको आधारमा वर्गसङ्घर्षको मोर्चामा ठोसरूपबाट त्यसलाई अघि बढाउनुपर्छ । तर, अहिले विद्यमान वस्तुस्थितिको आधारमा वर्गसङ्घर्षको प्रक्रियाबाट होइन, नेताहरूको मनोगत आग्रहद्वारा माथिबाट पैदा गर्ने व्यापक आशा, प्रयत्न र चिन्तन भइरहेछ । यो उल्टो कुरा हो । न नेताहरूको हतारोले क्रान्ति चाँडै भइहाल्छ, न त उनीहरूको पछौटेपनले क्रान्ति रोकिन नै सक्छ । अहिले या त हामीले जनतालाई सङ्घर्षको वस्तुगत विकासको तहबाट जागृत गर्न सकेका छैनौँ या सङ्घर्षको स्थितिलाई ठीकढङ्गले नबुझेर मनोगत आग्रह गरिरहेका छौँ । कुनै पनि सङ्घर्षलाई जनताको बीचबाट पैदा गर्न र जनताकै सङ्गठित घनिष्ठ संलग्नतामा विकास गर्न ध्यान केन्द्रित गर्नुपर्छ । पार्टी प्रचारक, सङ्गठक र नेतृत्वकर्ता हो । उसले आफ्नो भूमिका दृढतापूर्वक
निर्वाह गर्नुपर्छ ।
७. संयुक्त मोर्चा
७.१. संयुक्त मोर्चा सामन्तवाद–साम्राज्यवादविरोधी जनताको जनवादी क्रान्तिलाई सफल बनाउने एउटा महत्वपूर्ण एवम् निर्णायक हतियार हो । साझा शत्रुका बिरुद्ध अन्य सबै वर्ग, तह, पेशा र परिवेश भएका जनतालाई राष्ट्रियरूपमा एकताबद्ध पारेर सङ्घर्ष गर्नु संयुक्त मोर्चाको उद्देश्य हो । बेग्लाबेग्लै समस्या र स्वार्थ भएका वर्ग, पेशा र तहका जनतालाई साझा उद्देश्यका निम्ति संयुक्त बनाएर काम गर्नु क्रान्ति सम्पन्न गर्ने एउटा महत्वपूर्ण कला पनि हो । अहिले सामन्त वर्ग, दलाल नोकरशाही पूँजीपति वर्ग, वैदेशिक एकाधिकार पूँजीवाद र साम्राज्यवाद अरू सबै वर्ग तहका जनता र राष्ट्रको साझा शत्रुका रूपमा रहेका छन् । तिनीहरूलाई अन्त्य गरेर जनताको जनवाद कायम गर्नु सबैको साझा उद्देश्य हो । त्यसकारण सामन्तवाद–साम्राज्यवादविरोधी जनताको बहुदलीय जनवादी कार्यक्रम साझा कार्यक्रम हो, संयुक्त मोर्चाको कार्यक्रम हो । वर्तमान राजनीतिक स्थितिमा दरबारद्वारा नेतृत्व गरिएको सामन्ती निरङ्कुशतावादी पुनरुत्थानवादको खतरा, आम जनता, जनवादी शक्ति र प्रजातान्त्रिक अधिकारका निम्ति साझा खतरा हो तथा वर्तमान सत्तापक्षका जनता, राष्ट्र र प्रजातान्त्रिक अधिकारविरोधी नीति तथा कामहरू आम जनताको तात्कालिक सङ्घर्षका साझा राजनीतिक निशानाहरू हुन् । त्यसकारण यस्ता साझा शत्रुका बिरुद्ध, साझा उद्देश्यका निम्ति आमजनता, जनवादी शक्तिहरू तथा देशभक्त र प्रजातान्त्रिक तत्वहरूलाई एकताबद्ध बनाउनु हाम्रो संयुक्त मोर्चाको ठोस उद्देश्य र कार्यक्षेत्र हुनुपर्छ । यसलाई हामी वर्गीय र राजनीतिक दुईढङ्गले अघि बढाइरहेका छौँ र बढाउन चाहन्छौँ ।
७.२. सामन्तवाद र साम्राज्यवादको शोषण–उत्पीडन र राज्यसत्ताको अन्त्य नगरी नेपालका अरू कुनै पनि वर्गका जनताका आधारभूत समस्याहरू हल हुन सक्दैनन् । त्यसकारण हामीहरू सामन्तवाद–साम्राज्यवादविरोधी जनताको जनवादी कार्यक्रमका आधारमा वर्गीय संयुक्त मोर्चा निर्माण गर्न चाहन्छौँ । यो वर्गीय संयुक्त मोर्चा कम्युनिस्ट पार्टीको प्रत्यक्ष वा परोक्ष वैचारिक–राजनीतिक नेतृत्वमा बन्ने मोर्चा हो । अहिले हामी यो काम मजदुर, किसान, महिला, युवा, विद्यार्थी, बुद्धिजीवी तथा साँस्कृतिककर्मीहरूका वर्ग, पेशा वा समुदायका जनसङ्गठनहरू निर्माण गरेर अघि बढाउने प्रयत्न गर्दैछौँ । व्यापारी, उद्योगपति र अन्य क्षेत्रका सङ्गठनहरू पनि निर्माण गर्ने र सबै वर्ग, पेशा, तह र समुदायका जनताका जनसङ्गठनहरू निर्माण गरी आम जनतालाई सम्बन्धित क्षेत्रको सङ्गठनको माध्यमबाट जनताको जनवादी क्रान्तिमा परिचालित गर्ने प्रयत्न गर्दैछौँ । कुनै तात्कालिक साझा सङ्घर्ष वा अभियान पार्टीको प्रत्यक्ष पहलकदमी र नेतृत्वमा सञ्चालन गर्ने वा विभिन्न सङ्गठनहरूबाट प्रतिनिधित्व लिएर पार्टीको संलग्नतामा संयोजनकारी समिति बनाएर सञ्चालन गर्ने काम गर्दै आएका छौँ । पार्टीको वैचारिक–राजनीतिक नेतृत्वमा वर्गीय संयुक्त मोर्चा निर्माण र सञ्चालन गर्ने हाम्रो नीति र प्रक्रिया यही हो । प्रत्येक जनवर्गीय सङ्गठनहरूलाई आफ्नो सम्बन्धित क्षेत्रमा व्यापक र बलियो बनाएर आफ्ना विशिष्ट अभियान र आन्दोलनहरूको साथसाथै एकीकृत वैचारिक–राजनीतिक आन्दोलनका निम्ति संयुक्तरूपमा अघि बढ्नुपर्छ । आवश्यकता हेरी यस्ता जनसङ्गठनहरूलाई संयोजन गर्ने कुनै अतिरिक्त स्थायी संयन्त्र पनि बनाउन सकिन्छ । तर, अहिले नै त्यसको आवश्यकता छैन र बनाउनु पनि हुँदैन । अहिले प्रत्येक सङ्गठनलाई बलियो बनाउन दृढताका साथ लाग्दै परोक्षरूपमा संयोजन गर्ने वा विशेष अभियानका निम्ति सामयिकरूपमा मात्र संयोजनकारी संयन्त्र बनाउनुपर्छ ।
७.३. सामन्ती निरङ्कुशतावादी पुनरुत्थानको खतराविरोधी सतर्कता र वर्तमान सत्तापक्षका जनविरोधी, राष्ट्रिय हितविरोधी तथा प्रजातान्त्रिक अधिकारविरोधी नीति र कामहरूका बिरुद्ध साझा राजनीतिक सङ्घर्षको निम्ति राजनीतिक मोर्चा निर्माण गर्नुपर्छ । तात्कालिक ठोस राजनीतिक उद्देश्यहरू अघि सारेर तिनीहरूको आधारमा मात्र यस्तो मोर्चा निर्माण हुनसक्छ । यस्तो मोर्चाका भरोसायोग्य राजनीतिक सहभागीहरू अहिले वामपन्थी समूहहरू मात्र हुन् । तर, अहिले वामपन्थी समूहहरूको बीचमा पनि त्यस्तो कुनै स्थायी राजनीतिक मोर्चा बन्न सकेको छैन । समस्या विशेषलाई लिएर बेलाबखत अस्थायीरूपमा मात्र हुँदै आएको छ । विभिन्न तात्कालिक विषयमा सङ्घर्ष सञ्चालन गर्ने कार्यनीतिक दृष्टिकोणमा रहेका गम्भीर मतभेदहरूले पनि यसमा भूमिका खेलेका छन् । हाम्रो पार्टीले आधारभूत विषयहरूको साथसाथै प्रत्येक तात्कालिक महत्वपूर्ण सवालहरूमा पनि आफ्नो सुस्पष्ट दृष्टिकोण अघि सार्नुपर्छ । त्यसमा सहमत हुने समूहहरूसँग संयुक्तरूपले अघि बढ्न आहवान र प्रयत्न पनि गर्नुपर्छ । नीति, दृष्टिकोण र कार्य तरिकामा सहमत भएका सम्भव सवालहरूमा संयुक्तरूपले काम गर्दै अन्य सवालहरूमा स्वतन्त्ररूपमा अघि बढ्नुपर्छ । आफ्नो शक्तिलाई स्वतन्त्ररूपमा बलियो बनाएर मात्र अरूलाई पनि तान्न र संयुक्त बनाउन सकिन्छ । साझा राजनीतिक सवालमा सम्भव शक्तिहरूलाई उचितढङ्गले एकताबद्ध बनाउन प्रयत्न नगर्ने अलगाववादी दृष्टिकोण, अरूसँग एकताबद्ध नभई अघि बढ्न सकिन्न भन्ने परावलम्बी दृष्टिकोण र आफ्नो स्वतन्त्र शक्तिलाई बलियो बनाउन प्रयत्न नगर्ने दृष्टिकोण गलत दृष्टिकोणहरू हुन् । हामीले साझा राजनीतिक सवालमा उपयुक्त राजनीतिक मोर्चा बनाएर अघि बढ्ने दृष्टिकोण लिनुपर्छ । यस्तो मोर्चामा देशभक्त प्रजातान्त्रिक तत्वहरूलाई पनि सामेल गर्ने दृष्टिकोण लिनुपर्छ । स्थिति र आवश्यकताअनुसार हाम्रो पार्टीले यसका निम्ति पहलकदमी लिनुपर्छ र प्रयत्न गर्नुपर्छ ।
७.४. देशको प्रमुख प्रतिपक्षी राजनीतिक शक्तिको हैसियतले हाम्रो पार्टीले सत्तापक्षबाट भएका विभिन्न ज्यादतीहरूका बिरुद्ध राष्ट्रिय हितको सवालमा, प्रजातान्त्रिक अधिकारहरूको संरक्षणको सवालमा र जनजीविकाका समस्याहरू समाधान गर्ने सवालमा अस्थायी, आंशिक र क्षणिकरूपमा सहयोग पुर्याउन सक्ने शक्तिहरूलाई पनि सम्बन्धित सवालमा कार्यगतरूपमा एकताबद्ध बनाउने वा सम्बन्धित सवालको हितका निम्ति उपयोग गर्ने र सत्तापक्षलाई सकेसम्म बढी एक्लो र कमजोर बनाउने दृष्टिकोण लिनुपर्छ । प्रत्येक सवालमा प्रत्येकका विचार विश्लेषणहरू र व्यवहारलाई ध्यान दिएर सम्बन्धित सवालमा सकेसम्म बढी सकारात्मक शक्तिहरूलाई गोलबन्द गर्ने भूमिका खेल्नुपर्छ ।
८. वामपन्थी एकता र पार्टी एकीकरण
८.१. हाम्रो देशमा वामपन्थी र दक्षिणपन्थीको सीमारेखा माक्र्सवादी–लेनिनवादी सिद्धान्त बनेको छ । वामपन्थीहरू माक्र्सवाद–लेनिनवादको मार्गदर्शन स्वीकार गर्छन् । दक्षिणपन्थीहरू त्यसको विरोध गर्छन् । दक्षिणपन्थीहरू सामन्तवाद–साम्राज्यवादको पक्षपोषण र सेवा गर्छन् । वामपन्थीहरू त्यसका बिरुद्ध आम जनता, राष्ट्र र आमूल परिवर्तनको पक्षपोषण तथा सेवा गर्छन् । दक्षिणपन्थीहरू र कम्युनिस्टको बीचमा क्रान्तिकारी जनवादी कार्यक्रम लिएको अरू कुनै वामपन्थी शक्ति छैन । त्यसकारण वामपन्थी एकता भनेको हाम्रो सन्दर्भमा कम्युनिस्टहरूबीचको एकता हो । विगत वाम एकता र मोर्चा पनि कम्युनिस्ट समूहहरूबीचकै एकता तथा मोर्चा थियो ।
८.२. पञ्चायतविरोधी सङ्घर्षको बेला वाममोर्चा बन्दा विश्व कम्युनिस्ट आन्दोलनको तस्बिर जस्तो थियो, आज धेरै भिन्न भएको छ र देशको कम्युनिस्ट आन्दोलनमा पनि निकै परिवर्तन आइसकेको छ । अहिले देशको कम्युनिस्ट आन्दोलनमा प्रष्टरूपमा जडसूत्रवादी, सही माक्र्सवादी–लेनिनवादी र बिसर्जनवादी तीनवटा प्रवृत्ति र धाराहरू देखापरेका छन् । सैद्धान्तिक–राजनीतिकरूपमा दूरी अझै बढेको छ । आज माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई बुझ्ने, व्याख्या गर्ने र लागू गर्ने सवालमा, विश्व कम्युनिस्ट आन्दोलनको स्थितिको मूल्याङ्कन गर्ने सवालमा, समाजवाद र समाजवादी आन्दोलनको व्याख्या गर्ने सवालमा, देशभित्र क्रान्तिकारी सङ्घर्षलाई अघि बढाउने नीति र दृष्टिकोणको सवालमा, देश र दुनियाँको कम्युनिस्ट आन्दोलनबाट शिक्षा लिने सवालमा, देशभित्रको राजनीतिक स्थिति र शक्तिहरूको विश्लेषण गर्ने सवालमा, विदेशी मुलुकहरूसँगको सम्बन्ध सञ्चालन गर्ने जस्ता अनेक आधारभूत महत्वका विषयमा विचारको विविधता र विपरीत सोचाइहरूसमेत छन् । तर पनि, सबैले कम्युनिस्ट पार्टी, माक्र्सवाद–लेनिनवाद र समाजवाद भनिरहेको हुनाले शाब्दिक समानता छ र त्यसले जनतामा भ्रम पनि पारिरहेको छ । त्यसकारण आज वामपन्थी एकता भनेको ठोसरूपमा राजनीतिक मोर्चा तहको एकता हो । जनवादी आन्दोलनको विकासका निम्ति यो एकताको पनि महत्वपूर्ण भूमिका रहने कुरा प्रष्ट छ । तर, त्योभन्दा बढी विषयहरूमा एकता व्यापक सैद्धान्तिक–वैचारिक सङ्घर्षको क्रममा मात्र सम्भव हुनसक्छ । त्यसकारण सम्भव सवालमा राजनीतिक मोर्चा बनाउँदै सैद्धान्तिक–वैचारिक सङ्घर्षलाई गहिराइ र दृढतासाथ सञ्चालन गर्नुपर्छ । गम्भीर विचार भिन्नतालाई नदेखेजस्तो गरी मनमा एकताको भ्रम पाल्ने र जनतामा फैलाउने काम गर्नुहुँदैन ।
८.३. सैद्धान्तिक, राजनीतिक र विचारधारात्मक सङ्घर्षको क्रममा समान मतमा रहेका समूह वा व्यक्तिहरूलाई सम्मानपूर्ण ढङ्गले पार्टीमा एकताबद्ध बनाउनुपर्छ, पार्टीको एकीकरणलाई अझ व्यापक र सुदृढ बनाउनुपर्छ । देशको कम्युनिस्ट आन्दोलनमा बिघटन र पुनःगठनको दौर अझै समाप्त भएको छैन । यस दौरमा समान मतावलम्बीहरू एक ठाउँमा सङ्गठित हुने प्रक्रिया अझै तेज हुनेछ र यो नराम्रो कुरा होइन । हाम्रो पार्टीले सैद्धान्तिक–वैचारिक सङ्घर्षमा गम्भीरता र उत्साहका साथ भाग लिनुपर्छ । आफ्ना विचार विश्लेषणहरूलाई दृढताका साथ अघि सार्नुपर्छ । स्वतन्त्रतापूर्वक पार्टीलाई बलियो बनाउन साहसका साथ कदम चाल्नुपर्छ । समान मतावलम्बीहरूलाई पार्टीमा एकताबद्ध गरेर पार्टी एकीकरणको प्रक्रियालाई अघि बढाउनुपर्छ ।
९. रणनीति-कार्यनीति
९.१. पार्टीको राजनीतिक रणनीति जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने सामग्रिक योजना हो । क्रान्तिका लक्ष्यहरू निर्धारण गर्नु, शत्रुको किटान गर्नु, मित्रहरू निश्चित गर्नु, सङ्घर्ष र सङ्गठनका रूपहरू निश्चित गर्नु तथा क्रान्तिमा नेतृत्व, निर्णायक भूमिका, सहयोग र विरोधजस्ता भूमिकाहरू वर्गीय दृष्टिकोणले तय गर्नुजस्ता कुराहरू रणनीतिक महत्व राख्ने मुख्य कामहरू हुन् । पार्टी कार्यक्रमका पूर्वलिखित भागहरूमा सम्बन्धित क्षेत्रको हाम्रो रणनीति र तत्सम्बन्धी दृष्टिकोण प्रष्ट भएको छ ।
९.२. पार्टीको रणनीति क्रान्तिकारी लक्ष्य प्राप्त नभएसम्म बदलिँदैन । यसको तात्पर्य आधारभूत वस्तुगत स्थितिअनुरूप रणनीति निर्धारित हुन्छ । सर्वहारा–श्रमजीवी वर्गको नेतृत्व, किसानहरूको निर्णायक भूमिका, निम्नपूँजीपति वर्गका अन्य तहहरूको भरोसायोग्य भूमिका र मध्यम पूँजीपति वर्गका सहयोगी भूमिकाहरू र सामन्तवाद, दलाल नोकरशाही पूँजीपति वर्ग, वैदेशिक एकाधिकार पूँजीवाद र साम्राज्यवादसँग आधारभूत शत्रुताजस्ता कुराहरू वस्तुगत विश्लेषणको आधारमा निर्धारित भएका वर्गीय दृष्टिकोण, भूमिका र नीतिका कुराहरू हुन् । यिनीहरू जनवादी क्रान्तिको कालभरि अपरिवर्तित रहन्छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्थिति, जनताको चेतना र वर्गसङ्घर्षको अवस्थाअनुसार सङ्गठन र सङ्घर्षका रूपहरू बदलिन्छन् । तर, क्रान्तिलाई निर्णायक विजयसम्म पुर्याउनका निम्ति जनताको सङ्गठित लडाकू बल प्रयोगको भूमिका पनि अनिवार्य हुन्छ । यसमा पनि परिवर्तनको कुनै सम्भावना छैन । तर, बलप्रयोग गर्ने सङ्गठन र सङ्घर्षको कस्तो स्वरूप हुन्छ, त्यो वर्गसङ्घर्षको भावी विकासमाथि भरपर्ने कुरा हो । अहिले हामी आमरूपमा शान्तिपूर्ण सङ्घर्षभित्र प्रतिरक्षात्मक बल प्रयोगलाई हाराहारीमा सङ्गठित गर्दै अघि बढ्नुपर्ने स्थितिमा छौँ ।
९.३. हरेक ठोस स्थितिमा प्रधान शत्रुका बिरुद्ध प्रहार र सङ्घर्ष केन्द्रित गर्दै शत्रुतापूर्ण अन्तरविरोधहरू समाधान गर्ने सङ्घर्षको विकास गरिन्छ । प्रधान शत्रुले नै प्रमुखरूपमा शत्रुतापूर्ण अन्तरविरोधहरूको राजनीतिक प्रतिनिधित्व गरिरहेको हुन्छ । सङ्घर्षको विकासक्रममा प्रधान शत्रु फेरिनसक्छ । प्रधान शत्रुमा हेरफेर भएपछि त्यसले शत्रु र मित्रहरूबीचको राजनीतिक शक्ति बिन्यासको रणनीतिक योजनामा पनि आवश्यक पुनःसंयोजन गर्नु जरुरी हुन्छ । पार्टीको राजनीतिक कार्यदिशामा हेरफेर र पुनःसंयोजन गर्नु आवश्यक हुन्छ । विद्यमान प्रधान शत्रुका बिरुद्ध, सङ्घर्षको विद्यमान प्रमुखरूपमा केन्द्रित भएर नै वर्गसङ्घर्षको विकास गर्नुपर्छ । प्रधान शत्रु नबदलिँदै सङ्घर्षको प्रमुख रूप फेरिनसक्छ र प्रधान शत्रु फेरिए पनि सङ्घर्षको प्रमुख रूप नेफेरिन पनि सक्छ । त्यसकारण यस्ता महत्वपूर्ण विषयहरूमा पार्टीले ठोस परिस्थितिको विश्लेषण गरेर शक्ति बिन्यासको ठोस रणनीतिक योजना तयार गर्नुपर्छ ।
९.४. अहिले पनि राज्यसत्ता वर्गीयरूपमा सामन्तवर्ग र दलाल नोकरशाही पूँजीपति वर्गको हातमा छ । तर, राजनीतिक शक्तिका हिसाबले सामन्ती निरङ्कुशताका परम्परावादी शक्ति र नेपाली काङ्ग्रेसको बीचमा सङ्क्रमणकालीन द्वन्द्व छँदैछ । राजनीतिक हिसाबले र शक्तिको हिसाबले एकप्रकारको दोहोरो सत्ता छ । तर, काङ्ग्रेसको सरकार भएकाले सत्ता–सञ्चालनमा त्यसको भूमिका प्रमुख छ । त्यसकारण अहिले भइरहेको राष्ट्रिय हित र एकताको हानी, सार्वभौमिकताको सीमितीकरण, प्रजातान्त्रिक अधिकारहरूको कटौती र जनजीविका एवम् जनजीवनको असुरक्षाजस्ता विषयमा काङ्ग्रेसको सत्ता मुख्य दोषी छ । त्यसकारण प्रहारको निशाना पनि त्यही बनेको छ । यस्तो स्थितिमा परम्परावादी शक्तिको बारेमा कडा सतर्कता अपनाउँदै काङ्ग्रेसको सत्ताका जनता, राष्ट्र र प्रजातान्त्रिक अधिकारविरोधी नीति र कामका बिरुद्ध सङ्घर्ष केन्द्रित गर्नुपर्छ । रणनीतिकरूपमा राजनीतिक शक्ति बिन्यास गर्नका निम्ति अहिले यो महत्वपूर्ण विषय हो ।
९.५. प्रतिक्रियावादी सत्तालाई अन्त्य गरी जनसत्ताको स्थापना गर्नु हाम्रो क्रान्तिकारी राजनीति र सङ्घर्षको हमेशा केन्द्रीय कार्य रहेको छ र रहनुपर्छ । तर, त्यसका निम्ति कुन बेला कसका बिरुद्ध कसरी लड्नुपर्छ भन्ने कुरा विशिष्ट स्थितिले तय गर्ने कुरा हो भन्ने हामीलाई थाहा छ । शत्रुहरूको बीचमा भेद गरेजस्तै मित्रहरूसँगको व्यवहारमा पनि कार्यनीतिकरूपमा ठोस स्थितिलाई ख्याल राखिनुपर्छ । तर, सबै शत्रुलाई परास्त गर्न ध्यान दिएजस्तै मित्रहरूलाई उनीहरूको वर्गीय भूमिकामा दृढतासाथ उभ्याउनका निम्ति पनि हाम्रा नीति र कामहरू समग्रतामा अविचलित हुनुपर्छ । हाम्रो कार्यनीतिलाई निर्देशित गर्ने सैद्धान्तिक दृष्टिकोण यही हो ।
९.६. हामी अहिले शान्तिपूर्ण सङ्घर्षको घेराभित्रैबाट अघि बढ्ने अधिकतम कोशिस गरिरहेका छौँ । यसको उच्चतम विकास शान्तिपूर्ण सङ्घर्ष र वैधानिक प्रतिस्पर्धाबाट सरकार बनाउने र त्यसबाट जनता, राष्ट्र र प्रजातन्त्रको हितमा प्रगतिशीलढङ्गले अधिकतम सुधार गर्नेसम्म मात्र हो र यो पनि जनसत्ताको स्थापना गर्ने आन्दोलनमा महत्वपूर्ण कुरा र उपलब्धि नै हो । त्यसपछि पनि बलपूर्वक फड्को हान्ने काम बाँकी नै रहन्छ । सरकारमा गएर प्रगतिशील कार्यक्रम लागू गर्ने कार्यनीतिअन्तर्गत शान्तिपूर्ण सङ्घर्षकै बेला सङ्घर्षले अर्को मोड लिनुपर्ने परिस्थिति आयो भने कार्यनीतिको यो कोण स्थगित हुने र नयाँ ढङ्गले जानुपर्ने स्थिति पनि आउनसक्छ ।
९.७. पार्टीको कार्यनीतिले पार्टीका रणनीतिक निर्धारणहरूलाई विद्यमान स्थिति र अवस्थाको आधारमा व्यावहारिक रूप दिनुपर्छ । त्यसलाई सफल बनाउनका निम्ति पार्टीको विद्यमान स्थितिका सबै क्षेत्रका सम्पूर्ण कामकाजलाई निर्देशित गर्नुपर्छ । क्रान्तिकारी राजनीतिक कार्यदिशाको नेतृत्वमा सुधार वा परिवर्तन साना वा ठूला, परोक्ष वा प्रत्यक्ष, संसदीय वा असंसदीय सबै कुराको सञ्चालन गर्नुपर्छ । त्यसकारण कार्यनीतिको चरित्र, सामयिक, अस्थायी र परिवर्तनशील हुन्छ । कार्यनीति सम्भावना होइन, वास्तविकतामा आधारित हुनुपर्छ । त्यसले परिस्थिति र विषय विशेषअनुरूप प्रत्यक्ष वा परोक्षरूपमा पार्टीको क्रान्तिकारी लक्ष्य र रणनीतिको सेवा गर्नुपर्छ । कुनै पनि हालतमा त्यसलाई हानी पुर्याउने हुनुहुँदैन ।
९.८. अहिले पार्टीले आफ्नो कार्यनीति विगत आन्दोलनका प्रजातान्त्रिक उपलब्धिहरूको रक्षा र विकास, राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय हितहरूको संरक्षण एवम् सम्बद्र्धन, जनजीविकाका समस्याहरूको समाधान र देशको विकास निर्माणका निम्ति प्रगतिशील राष्ट्रवादी जनदिशा दिने विषयहरूमा प्रत्यक्षरूपमा आधारित बनाउनुपर्छ । सङ्गठनलाई सुदृढ, शक्तिशाली र विकसित बनाउने कुरामा केन्द्रित गर्नुपर्छ । शान्तिपूर्ण सङ्घर्षको घेराभित्रका आक्रमण र प्रतिरक्षाका सङ्घर्षहरूलाई ब्यवस्थितरूपमा सञ्चालन गर्न ध्यान दिनुपर्छ र समग्रतामा क्रान्तिकारी शक्तिसञ्चयको कुरामा केन्द्रित गर्नुपर्छ । प्रत्येक विशिष्ट तात्कालिक स्थितिको आधारमा तात्कालिक कामका ठोस लक्ष्यहरू निर्धारित गरी हरेक बेलाको कामलाई ठोस र उद्देश्यमूलक बनाउनुपर्छ ।
(२०४९ माघ १४-२० (जनवरी २७, फेब्रुअरी २, १९९३) मा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पाँचौं महाधिवेशनमा प्रस्तुत दस्तावेज)
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-23743272733009389802022-02-03T23:40:00.000-08:002022-02-03T23:40:23.019-08:00'शान्तिपूर्ण प्रतिस्पर्धाबाट वैज्ञाजिक समाजवाद' भन्रु दक्षिणपन्थ हो - लेखनाथ न्यौपाने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन (पुष ११-१५, ०७८) मा अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि लेखनाथ न्यौपानेको फरक मत
१. महाधिवेशनको अर्थ मूल्य र गुरुत्व जुन हुन्छ त्यो अनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन प्रतिवेदनको समग्र तहमा संगठित छैन । विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरुको हल दिन सक्दैन । कि अध्यक्ष कमरेडले लेख्नुभएको हुनाले जस्तो भएपनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नु पन्यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नु पर्यो । नत्र यो प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज बोक्दैन ।
२. यो प्रतिवेदन माथिमाथि उडान गरेको तर जमिनमा खुट्टा टेकेको छैन । जमिनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरीत्र अथवा अन्तरविरोधहरु, वर्गहरुबीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ । त्यसैगरी तीव्र रुपमा भइरहेको आन्तरिक बसाइँसराइँ र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीहरुको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाहरुको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरिबीको रेखामुनी (२३ प्रतिशत) र गरिबीको रेखामुनी (५६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्ष विना न प्रतिवेदन जमिनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ’समाजवादको नेपाली बाटो’ लाई सही सिद्ध गर्न सकिन्छ ।
३. यो प्रतिवेदनले वाम बाटो समातेको छैन । दक्षिणपन्थी संशोधनवादी दिशामा सोझिएको प्रतिवेदन माओवादी कम्युनिस्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ ? पहिलो, शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ। उहिल्यै १९५६ मा बदनाम भएको ख्रुश्चोवी लाइनअनुसार जनवादी कान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण भन्ने विषय गम्भीर सैद्धान्तिक विचलन हो । तत्काल वा कार्यनीतिक रुपमा शान्तिपूर्ण प्रतिस्पर्धालाई अबलम्बन गर्ने हदसम्म ठीक मान्न सकिन्छ तर शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै वैज्ञाजिक समाजवादको आधार निर्माण गर्ने धारणा दक्षिणपन्थ नै हुन आउँछ । दोस्रो, मार्क्सवादको रक्षा सिर्जनात्मक प्रयोग र थप विकास गर्ने उद्देश्यबाट चिप्लिएर प्रतिवेदनको धेरै ठाउँमा प्रयोग र परिमार्जन भनिनु मार्क्सवाद विस्तारै छोड्दै जाने दक्षिणपन्थ हो । तेस्रो, कार्यशैली र संस्कृतिमा हामी जे भन्छौं त्यो गर्दैनौं र जे गछौं त्यो भन्न सक्दैनौं । यो कार्यशैली संस्कृतिमा देखिने अर्को दक्षिणपन्थ हो । ०४८ मंसिरमा सम्पन्न नेकपा (एकता केन्द्र) को एकता महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनको नेपाली कम्युनिस्ट आन्दोलनका आधारभूत समस्याहरु उपशीर्षकको ४ नं. बुँदा हेर्दा प्रमाणित हुन्छ । त्यहाँ भनिएको छ “भनाइ र गराइमा एकरुपताको अभाव तथा सिंगो कम्युनिस्ट आन्दोलनकै सांस्कृतिक र नैतिक मूल्यमान्यताको नितान्त दयनीय अवस्थाको रोगका कारणले हामी ग्रसित छौं । हामीले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि यदि त्यो हाम्रो दैनिक व्यवहार र आचरणसँग गाँसिएको छैन भने त्यो सिर्फ लफ्फाजी मात्र हुन जान्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि काम गरेर पनि नेतृत्वना कम्युनिस्ट नैतिकता र आचरणको चिन्ताजनक हदसम्म अभाव पाइन्छ । सामान्यतः कार्यकर्ता र जनतामा नयाँ संस्कृति, नैतिक मूल्यमान्यता नेतृत्वबाट नै प्रसारित हुने कुरा हो । तर हाम्रो आन्दोलनको नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण र दिनचर्या सामन्ती र बुर्जवाहरुको भन्दा खासै फरक पाइँदैन । अझ कतिपय अर्थमा त त्यो जस्तो कि भन्ने गरिन्छ ’बुजुवा मानवतावादी’ को भन्दा पनि तल रहने गरेको छ । बोलीको ठेगाना नहुने, निम्न स्तरको झुटो बोल्ने, आर्थिक हिनामिना गर्ने, भ्रष्ट यौन आचरण प्रदर्शन गर्ने, आफ्ना निम्ति विशेष सुविधाको माग गर्ने, संगठनमा जालझेल र षड्यन्त्र गरेर नेता बनिरहने, तानाशाही र उदारवादी बन्ने, संगठनलाई आफ्नो व्यक्तिगत पेवा वा सम्पत्ति सम्झने, बाहिर सर्वहारा आदर्शको कुरा गर्ने, भित्र लुकिछिपी जस्तोसुकै भ्रष्ट काम पनि गर्न पछि नपर्ने जस्ता नितान्त सामन्ती र बुर्जुवा नैतिकता हाम्रो आन्दोलनको नेतृत्वना छरपस्टै देखापर्ने गरेका छन् । जबसम्म आन्दोलनको नेतृत्व यस किसिमका घातक र व्यक्तिवादी प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म जनताको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाजलाई बदल्ने भन्ने कुरा ढाँट कुरा र ’दिन काट्ने र काल पर्खने काम सिवाय केही हुँदैन । गतकालमा पार्टीमा अनावश्यक टुटफुट पार्ने, गुटबन्दी र षड्यन्त्र गर्ने कामको मूलमा नेतृत्वको सामन्ती र बुर्जुवा चिन्तन पद्धति र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहने गरेका छन् । पार्टीले यो प्रश्नलाई पूर्ण गम्भीरताकासाथ लिएर समाधानका उपायहरुको खोजी गर्ने पर्दछ । अन्यथा ’घुमिफिरी रुम्जाटार’ भने हामी पनि संशोधनवादकै खाडलमा जाकिने कुरामा शंका रहन्छ ।“ पार्टी सानो हुँदा, सत्तामा नहुँदा एवं स्रोत र साधनमा कमजोर हुँदाका समस्या त त्यति डरलाग्दा थिए भने आज ति तिनै चीजमा डुबेको बेला समास्या हजार गुणा नकार रुपमा बढेका छन् । जिम्मा क–कसले लिने हो ?
४. बनिबनाउ बुर्जुवा राज्यसत्ता अन्तर्गत हामी सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने तरिका मौलिक होइन बरु माक्र्सवाद विरोधी हो । पहिलो, हाम्रै अनुभव छ कि जनयुद्धबाट आएर पहिलो चुनावमै त्यत्रो तागतसहित हाम्रै नेतृत्वमा सरकार बन्दासमेत जाबो एउटा सेनापति र पशुपतिको भट्ट फेर्न सकेनौं । दोस्रो, चुनावबाट अएको भेनेजुयलाका चावेज जो कम्युनिस्ट होइनन् बामपन्थी मात्र थिए उनले १९९८ मा निर्वाचित भएपछि पहिलो घोषणामा २२ हजार अमेरिकी सेनालाई २४ घण्टाभित्र भेनेजुयला छाड्ने आदेश दिए र अमेरिकासँगको सैन्य सम्बन्ध अन्त्यको घोषणा गरे । अन्मुनियम र तेलमा भएको वैदेशिक लगानीको अन्त्यको घोषणा गर्दै राष्ट्रियकरण गरे र भूमिसुधार लागु गरेर जमिन्दारहरुको जमिन किसानहरुलाई वितरण गरे तर सैन्य रणनीति अन्तर्गतको MCC परियोजनाप्रति हाम्रो लसपस र अस्वीकार्यको स्पष्ट धरणा नआउनु साथै माओवादी कम्युनिस्टहरुको नेतृत्वमा बनेका सरकारहरुले एक पटक पनि औपचारिक रुपमा कुख्यात सुगौली सन्धिलगायत अन्य असमान सन्धिबारे चुसम्म नबोल्नु जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने सन्दर्भसँग बाझिन्छ । आगामी दिनमा सरकारमा गएर जनवादी क्रान्तिका बाँकी कार्यभार र समाजवादी आन्दोलनको नेतृत्व गर्ने सैद्धान्तिक र व्यवहारिक धरातल हाम्रो आजको राजनीति लाइनले सुरक्षित गर्दैन ।
५. ०६३ पछि हाम्रो नेतृत्वमा ३ वटा सरकार बने साथै त्यस अतिरिक्त प्राय सबै सरकारमा हामी सहभागी छौं । एउटै पात्र पटकपकट मन्त्री बनेको छ, उनीहरुको न पारदर्शिता र कार्यसम्पादनसहितको मूल्यांकन छ, न त गणना गर्न लायक जनताले अनुभूत हुनेगरी गुणात्मक कुनै काम नै भयो ? हाम्रै नेतृत्वमा प्रादेशिक सरकार छन् । तिनीहरुले अरु पार्टीले नेतृत्व गरेको सरकारभन्दा भन्दा फरक के काम गरे ? स्थानीय सरकार हामीले जितेको ठाउँमा एउटा नमूना पालिका सरकार कतै छ ? यसको निर्मम समिक्षा नगरी सरकारदेखि सरकारसम्मको गोलचक्करले हामीलाई बदनाम मात्र बनाउछ । जसरी सन् १९५९ को क्युवाली क्रान्तिभन्दा अघि सरकारमा गएका कम्युनिस्ट नेताहरुले गरेको भ्रष्टाचारले कम्युनिस्ट भन्ने शब्द नै घृणाको प्रयाय बनेको थियो । त्यसकारण त्यहाँ कम्युनिस्टको नाममा क्रान्ति गरिएन । बरु क्रान्ति सम्पन्न भएपछि फिडेलहरुले आफू कम्युनिस्ट भएको सार्वजनिक गरे । हाम्रो तर्फबाट मन्त्री भएकाहरुको कुरा छाडौं, मन्त्रीका अधिकांश पिएहरुको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ । यसलाई पुराका पुरा सच्याइएन भने सरकारना गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिक मात्र होइन, बदनामीको माध्यम हुनेछ ।
६. हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्यकारण पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन हो । हामीमाथि भ्रष्टाचार, कमिसन, घुसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप छ । हाम्रो जीवनशैली र परिवार एवं नातागोताको फूर्ती हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन । सम्पत्तिमाथिको निजी स्वामित्वको अन्त्य गर्दै समाजवादी र साम्यवादी समाज निर्माण गर्ने चेतना र आन्दोलन सीमित नेताहरुको वर्ग उत्थानमा गएर बदनाम हुने कुरो कसरी सहन सकिन्छ । त्यसकारण हाम्रा नेताहरु, जनप्रतिनिधिहरु र लाभको पदमा गएका सदस्यहरुको सम्पत्ति छानविन गर्न तत्काल पार्टीभित्र समिति बनाऔं । आन्दोलनको अख्तियारी दुरुपयोग गरेर सम्पत्ति थोपर्ने नेताहरुलाई पार्टीबाट कारवाही गर्ने आट गरौं । अनि बल्ल समाजवादबारे छलफल गर्न सक्ने धरातल बन्छ ।
७. एकातिर हामीले दलाल पुँजीवाद विरुद्ध लड्ने कुरा गरेका छौं, भने अर्कोतिर दलाल पूजीवादको घोडा चडेर दौडिरहेको उदार पुँजीवादी शक्तिसँग रणनीतिक मोची बनाएर अघि बढ्ने प्रगोग र घोषणामा छौं । यसलाई सैद्धान्तिक र व्यवहारिक रुपमा सच्याएनौं भने हामी पनि दलाल पुँजीवादको घोडसवार बन्नुको विकल्प छैन । सायद यही कारण प्रतिवेदनले हाम्रो समाजको वर्ग विश्लेषण गर्न चाहेन र कुन–कुन राजनीतिक शक्तिले कुन वर्गको हितमा काम गरिरहेको भनेर विषय प्रवेश गर्न आवश्यक ठानेन । जुन वर्गसँग लडेर जित्नु छ, त्यही वर्गलाई मित्रशक्ति बनाउने व्यवहारले हाम्रो कार्यनीति, कार्यनीतिले रणनीतिलाई पुयाउने योगदान र वैज्ञानिक समाजवादको आधार निर्माणको पहल अघि होइन पछाडि फर्कन्छ । साथै यसले वर्ग संघर्षलाई अस्वीकार गर्दछ । जब वर्ग विश्लेषण र वर्ग संघर्षमा हामी मौन वा निष्कृय हुन्छौं तब पार्टीमा अन्तरसंघर्ष विहिन मान्छेहरुको झुण्ड मात्र बाँकी रहन्छ । अन्तरसंघर्ष विहिन पार्टी मृत पार्टी हुन्छ, जुन माओवादी हुनै सक्दैन ।
८. दलाल पुँजीवादविरुद्ध लड्ने पार्टीले सबभन्दा पहिला त्यो प्रवृत्तिबाट मुक्त संगठन, नेता कार्यकर्ता निर्माण गर्नैपर्छ । पसिना बगाएर वा उत्पादनसँग जोडिएका श्रमशील नेता कार्यकर्ता समाजवादका खास आधार हुन । श्रम नगर्ने वा उत्पादनसँग नजोडिएका नेता कार्यकर्ताको सघनता जब पार्टीमा देखापर्दछ तब त्यहाँ दलाल पुँजीले हैकम चलाउँछ । बिना पसिना, उत्पादनसँगको विना सहकार्य दैनिक लाखौं गरिने हाम्रा नेता कार्यकताहरुको खर्चको स्रोत के हो ? हामीमाथि विरोधीले आक्रमण गर्ने हतियार यही हो । यसकारण दलाल पुँजीसँगको हाम्रो हितैसी सम्बन्धलाई व्यवहारिक अन्त्यको घोषणा, उद्योग व्यापारबाट सम्पत्ति कमाएको तप्कालाई पार्टी समर्थक समूहमा झार्ने कार्यक्रम र विचौलीया धन्दाबाट सम्पत्तिवाल बनेको वर्गलाई पार्टीबाट निकाल्ने दृढताले मात्र हामी माक्र्सवादी बन्न सक्छौं । आधारभूत वर्ग धरातलमा हाम्रो आन्दोलनले खुट्टा टेक्छ । यसरी मात्र दलाल पुँजीवादका विरुद्ध लड्ने कार्यनीति कार्यान्वयन गर्ने ठाउँमा उभिने नैतिकता राख्दछौं ।
९. एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय प्रतिवेदनमा उल्लेख गर्ने कुरो समग्रतामा सही छैन । एमालेसँगको चुनावी तालमेल र कार्यगत मोर्चासम्मलाई सही मान्न सकिन्छ तर शान्तिपूर्ण संसदवादमा डुबेको, उदारवादी अर्थतन्त्रको घोडा चढ्ने र ओली जस्तो दक्षिणपन्थी विचारको नेतृत्वसँग छापामार तरिकाले गरिएको एकता सैद्धान्तिक र प्रक्रियागत हिसाबले गम्भीर गल्ती थियो । त्यस्तो पुँजीवादी पार्टीसँग एकता गरेर समाजवादको तयारी भन्ने आँट आजसम्म बिना संकोच गरिरहेका छौं । यो दक्षिणपन्थ होइन । अदालतले दुई पार्टीलाई अलग बनाएपछि ओली त जान्थे, गए । तर ओलीलाई हामीले कारबाही गरेपछि बनाइएका अध्यक्षसहितको समूह पेरिसडाँडाबाट लुरुलुरु धुम्बराही जाने कुराले एकतालाई सही थियो भनेर पुष्टि गर्छ ? त्यसकारण त्यो गल्ती सामान्य उदारवादी कार्यशैलीमा मात्र सीमित थिएन, यसमा कमरेड प्रचण्डभित्र विकास भइरहेको व्यक्तिवादी अराजकता र संसदवादी रुझान पनि जिम्मेवार छ ।
१० हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र । यसको एउटा उदाहरण तपाईले नेकपाकालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द २४ पटक दोहोरिएको छ, भने हामी भन्ने एक ठाउँमा मात्र । हामीले ओलीभित्रको वा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको वा प्रवृत्ति देखिएको छ । तपाई आफै सशरीर उपस्थित भएको ठाँउमा तपाईका लस्करै तस्वीर राख्न कसले निर्देशन दिएको हो । कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्बीर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला ?
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-83711966487029871842022-02-03T23:22:00.001-08:002022-02-03T23:22:20.983-08:00२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो - पुष्पकमल दाहाल 'प्रचण्ड'
सिधा र स्पष्ट छ कि प्रकृति र मानव जातिमाथि देखा पर्दै र बढ्दै गएका उपरोक्त प्रकारका संकटहरुको प्रमुख कारण पूँजीवादको उत्पादन र वितरण प्रणाली नै हो । पूँजीवादी उत्पादन प्रणालीको मुख्य उत्प्रेरक जसरी भए पनि बढीभन्दा बढी नाफा कमाउनु हो ।
पुँजीवाद र साम्राज्यवादको नवीनतम अभिव्यक्तिका रूपमा विश्व वित्तीय पुँजीवादले आज विश्व श्रमिक समुदाय र उत्पीडित राष्ट्रहरूमाथि शोषणका नयाँ र सूक्ष्म रूपहरू थोपरिरहेको छ’ (नेकपा राजनैतिक प्रतिवेदन, पृ. ३) ।
नवउदारवादीहरूको प्रचारबाजी चलिरहँदा पुँजीबजारमा अन्तर्निहित अन्तरविरोधका कारण वित्तीय पुँजीवादको कथित सुधार भयानक संकटका रूपमा विस्फोट भयो । पुँजीको अत्यधिक केन्द्रीकरण, अनियन्त्रित बजार व्यवस्था र विभिन्न शक्ति राष्ट्र एवंं बहुराष्ट्रिय निगमहरूका बीचमा नाफाका लागि हानथाप आदि कारणले पुँजीवादी अर्थशास्त्रीहरूले ‘रामवाण’ को रूपमा प्रचार गरेको निजीकरण, उदारीकरणको नवउदारवादी बेलुनको हावा खुस्कियो । विश्वमा पहिला कहिल्यै नदेखिएको आर्थिक मन्दीको चपेटामा स्वयं साम्राज्यवादी देशहरू नै पर्न गए । ‘सन् २००८ बाट शुरु भएको विश्वव्यापी आर्थिक मन्दीबाट पश्चिमका कतिपय मूलुकहरू अझै बाहिर निस्कन सकेका छैनन् । कैयौं वित्तीय संस्था, घरजग्गा कारोबार (रियल स्टेट) कम्पनीहरू, उद्योगहरू टाट पल्टिएका छन् । संकटकै कारण कतिपय मूलुकमा सरकार परिवर्तन भएका छन् । राज्यले अर्बौं लगानी गरेर त्यस्ता व्यवसायलाई उद्धार गर्न खोजे पनि समस्या कायमै छ । सीमित पुँजीपतिहरूको स्वार्थ रक्षाका लागि ती देशका सरकारहरूले मितव्ययिताका नाममा शुरु गरेको खर्च कटौती, सामाजिक सुरक्षामा नियन्त्रण र मजदुर तथा कर्मचारीहरूको निष्कासनले गम्भीर सामाजिक समस्या उत्पन्न गर्दै लगेको छ’ (नेकपाको राजनैतिक प्रतिवेदन, पृष्ठसंख्या–५)।
भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय पूँजीवादले विज्ञान–प्रविधिको प्रयोगबाट उत्पादक शक्तिको विकास गरी अत्यधिक नाफा केन्द्रित गरे पनि उत्पादन सम्बन्धका दृष्टिले धनी र गरिबका बीचको खाडल झन् भयानक बन्न गएको तथ्य स्वयम् पूँजीवादी अर्थशास्त्रीहरुले नै स्वीकार गरेका छन्।
विद्रोह र संविधानका दुबै कुरा गर्दा न पार्टी एकता बच्यो न अधिकतम प्रगतिशील संविधान बनाउने काम नै प्रभावकारी हुन सक्यो । यसबाट के स्पष्ट हुन्छ भने विचार र राजनीतिको प्रश्नमा हमेशा सिधा र स्पष्ट छलफल गरेर पार्टीमा साझा धारणा विकास गर्न जोड गर्नु पर्दछ । कुनै किसिमको कुटनैतिक तरिकाले पार्टीलाई सही नेतृत्व दिन सम्भव हुँदैन ।
आइन्स्टाइनका सापेक्षतावादको सिद्धान्त र क्कान्टम मेकानिक्स (सुक्ष्म–भौतिकी) को आविस्कारसँगै प्रत्येक वस्तुु, उत्पादन र विज्ञानका सबैै शाखाहरूको सूक्ष्म अनुसन्धानका प्रक्रियालाई निकै तीव्रता प्रदान गर्यो । २१ औं शताब्दीको प्रारम्भिक चरणसम्म आइपुग्दा त्यो कम्प्युटर विज्ञानको क्षेत्रमा विशेष केन्द्रित हुँदै सूचना–प्रविधिमा असाधारण क्रान्ति ल्यायो । टेक्नोलोजीदेखि साइबर सेक्युरिटी र कृत्रिम इन्टेलिजेन्ससम्मको विकासका कारण मानिसले गर्ने भौतिक र मानसिक श्रमको समयलाई गुणात्मक रूपले घटाइदिएको छ । नानो प्रविधिको विकासले कम्प्युटर विज्ञानको क्षेत्रमा मात्र नभएर मानव जीवनका सबैै क्षेत्रमा गुणात्मक प्रभाव पारेको छ । २१ औं शताब्दीको प्रारम्भमा भएको यो प्रविधिको विकास बीसौं शताब्दीको अन्त्यतिर भएको सूचना–प्रविधिको क्रान्तिभन्दा कैयौं गुणा प्रभावकारी र आधुनिक छ । यस सन्दर्भमा कृषि उत्पादनको विकास र अनुसन्धानमा एग्रिकल्चर रोबोटिक्सले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ भने कृषि ड्रोनहरूले उत्पादन र परीक्षणमा प्रभाव पारिरहेको छ । स्वास्थ्य क्षेत्रमा नानो मेडिसिनसम्मको अनुसन्धान र विकासले नयाँ फड्को मारेको छ । भौतिक पूर्वाधार विकासको क्षेत्रमा समेत नयाँ प्रविधिको विकासले निकै सहज, सरल, सुरक्षित, छिटो र छरितो बनाइदिएको छ ।
क्र.स.
नाम
देश
कूल सम्पत्ति
लगानीको मुख्य क्षेत्र
१.
बेर्नाड अर्नल्ट
फ्रान्स
१८६.३
७० ब्राण्डका व्यापारी
२.
जेफट वेनोस
अमेरिका
१८६.0
अमेजन कम्पनीका मालिक
३.
एलोन मस्क
बेलायत
१४७.३
इलेक्ट्रिक कार र रकेट
४.
विल गेट्स
अमेरिका
१२५.५
सफ्टवेयर कम्पनीका मालिक
५.
मार्क जुकरवर्ग
अमेरिका
११४.७
फेसबुक कम्पनीका मालिक
६.
वरेन वफेट
अमेरिका
१०८.७
बहुक्षेत्रका लगानीकर्ता
७.
ल्यारी एरिसन
अमेरिका
१०२.३
सफ्टवेयर कम्पनीका मालिक
८.
ल्यारी पेज
अमेरिका
१००.२
गुगलका संस्थापक
९.
सर्गेइ ब्रिन
अमेरिका
९७.१
सफ्टवेयर कम्पनीका मालिक
१०.
अमान्ओि ओर्टेगा
स्पेन
८९.०
लत्ता तथा खाद्य व्यापारी
क्र.स
देश
सैन्य बजेट विलियन डलरमा
अग्रपंक्तिको सेना
आणविक हतियार
ट्याङ्क
सैन्य विमान
पनडुब्बी
१.
अमेरीका
६०१.०
१४,००,०००
६८००
८८४८
१३८९२
७२
२.
रुस
८४.५
७६६०५५
७०००
१५४९८
३४२९
५५
३.
चीन
२१६.०
२३३३०००
२६०
९१५०
२८६०
६७
४.
जापान
४१.६
२४७१७३
६७८
१६१३
६१
५.
भारत
५०.०
१३२५०००
१२००
६४६४
१९०५
१५
६.
फ्रान्स
६२.३
२०२७६१
३००
४२३
१२६४
१०
७.
दक्षिण कोरिया
६२.३
६२४४६५
२३८१
१४१२
१३
८.
इटाली
४३.०
३२००००
५८६
७६०
६
९.
बेलायती
६०.५
१४६९८०
२१५
४०७
९३६
१०
१०.
टर्की
१८.२
४१०५००
३७७८
१०२०
१३
११.
पाकिस्तान
७.०
६१७०००
१४०
२९२४
९१४
८
वर्ग–संघर्षको विकास र राजनैतिक शक्ति सन्तुलनको आजको ठोस अवस्थामा समाजवादी क्रान्तिको रणनीतिलाई सेवा गर्ने तुलनात्मक रुपले लामो समय जाने पार्टीको मूल कार्यनीति ‘समाजवाद उन्मुख सामाजिक न्याय सहितको समृद्धि हासिल गर्नु’ हो ।
समाजवाद उन्मुख समृद्धिका पक्षधर ‘वाम’ लोकतान्त्रिक शक्तिहरुसँग अल्पकालिन र दीर्घकालिन प्रकृतिका मोर्चा बनाउने हाम्रा नीति र पहल हुनु पर्दछ । स्थानीय तहमा प्राकृतिक साधन–श्रोतको संरक्षण र जनहितमा तिनको उपयोग, उत्पादन एवं विकास निर्माणमा समुदायको हित, शिक्षा, स्वास्थ्यमा सुधार समेतका विषयलाई लिएर पहल लिनु पर्दछ ।
त्यसकारण आज पार्टीको मूल कार्यनीति ‘समाजवाद उन्मुख समृद्धि’ भनिएको हो । ‘समाजवाद उन्मुख समृद्धि’ भन्नाले स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको नीति, सामाजिक न्यायसहित राष्ट्रिय पुँजीको विकास प्रक्रियालाई बुझ्नु पर्दछ ।
समेतलाई विचार गरेर त्यो सम्भव छ भनेका छौं । नेपालमा आएको परिवर्तनको मौलिक विशेषताका कारण समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र कुनै परम्परागत संसदीय प्रणाली होइन अपितु कम्युनिष्ट पार्टीको मुख्य नेतृत्वमा स्थापित भएको समाजवाद उन्मुख राजनैतिक प्रणाली हो । यही मूल विशेषताका कारण आजको नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ भनिएको हो । भोलि वर्ग–संघर्ष र राजनैतिक संघर्षको विकास प्रक्रियाले प्रतिक्रान्तिको मोड लियो भने हामीले पक्कै पनि आफ्नो नीति र संघर्षको रूप बदल्न पर्ने हुन्छ ।
जवस, विभाग र मोर्चाहरूमा पार्टीको वैचारिक–राजनैतिक नेतृत्व सुदृढ गर्न नियमित प्रशिक्षण र स्कुलिङ्गको व्यवस्था गर्ने । मजदूर, किसान, महिला, विद्यार्थी, वाइसियल, जनसांस्कृतिक, शिक्षक, बुद्धिजीवी, कर्मचारी लगायतका जनवर्गीय संगठनहरूलाई व्यापक सदस्यता वितरणसहित संगठन विस्तार गर्ने तथा पार्टीको पक्षमा जनमत निर्माण गर्न व्यापक जनपरिचालन गर्नुका साथै आ–आफ्नो वर्ग र पेशाको समस्या समाधान गर्न प्रचार र संघर्षमा नेतृत्व स्थापित गर्न जोड लगाउने । पार्टीको सबैै स्तरका विभागहरूले पार्टीको त्यही स्तरको कमिटिलाई आ–आफ्नो क्षेत्राधिकारको विषयमा नियमित बहस–छलफल गरी सुझाव दिने र सहयोग गर्न विशेष जोड लगाउनु पर्दछ । त्यसको साथ पार्टी कमिटिले कुनै खास विषयमा अध्ययन गरी सुझाव दिन निर्देशन गरेमा तदारुकताका साथ त्यसको पालना गर्ने । विभिन्न जातीय एवंं क्षेत्रीय मोर्चाहरूले पहिचान, संघीयता, समानुपातिक र समावेशीताको मर्म र भावनाअनुसार व्यापक मोर्चा विस्तार, जन–परिचालन गोष्ठी, अन्तरक्रियालगायतका प्रचारात्मक कार्यका साथै स्थितिअनुसार सडक संघर्षका कार्यक्रमसमेत अगाडि बढाउन जोड लगाउनु पर्दछ ।
सहिद, बेपत्ता योद्धाहरूलाई सम्मान गर्न सबै स्तरका पार्टी कमिटी, जवस, मोर्चा, विभागहरूले नियमित कार्यक्रम गर्नुका साथै आ–आफ्ना ठाउँबाट राज्यका तर्फबाट समेत समुचित सम्मानको व्यवस्थाका निमित्त दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने । सहिद तथा बेपत्ता योद्धाका परिवारहरूलाई नियमित भेटघाट गर्ने, सम्मान कार्यक्रम राख्ने तथा राज्यका तर्फबाट उचित राहत र व्यवस्थापन दिलाउन जोड गर्ने । घाइते–अपाङ्ग योद्धाहरूलाई उचित उपचार, राहत र व्यवस्थापनमा जोड गर्ने । सहिद, बेपत्ता, घाइते, अपाङ्ग र दिवंगत नेताहरूको नाममा रहेका प्रतिष्ठानहरूलाई समन्वयात्मक रूपमा स्थापित र क्रियाशील बनाउन जोड दिने ।
पूर्व जनमुक्ति सेनाका योद्धाहरूलाई पार्टी काममा जोड्ने, संगठित गरेर उचित जिम्मेवारी दिने कामलाई सम्बन्धित सबैै स्तरका पार्टी कमिटीहरूले गम्भीरतापूर्वक लिने । संगठन, प्रशिक्षण र व्यवस्थापनको अभावका कारण कैयौं क्रान्तिकारी योद्धाहरूलाई प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले भ्रमित पार्ने षड्यन्त्र गरिरहेको सन्दर्भमा यो कामलाई पार्टीले विशेष गम्भीरतापूर्वक लिन जरुरी छ ।
शान्ति प्रक्रियाका बाँकी काम मुख्यतः सत्य निरूपण र बेपत्ता छानबिनसम्बन्धी काम टुङ्ग्याउन भइरहेको ढिलाइका विरुद्ध सबैैतिरबाट आवाज उठाउनुका साथै यसमा सहमत हुने सबै राजनीतिक र सामाजिक संघ–संस्था एवंं अन्तर्राष्ट्रिय सहयोगीसँग समेत सहकार्य गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार यसलाई अविलम्ब टुङ्गोमा पुर्याउने ।
संघीय संसद्, प्रदेश सभा र पालिका–सभाहरूमा प्रभावकारी रूपले पहल बढाउन सम्बन्धित स्तरको पार्टी कमिटीले योजना निर्माण गरी सक्रिय हस्तक्षेपको नीति लिनुपर्नेछ । साथ संघीय, प्रादेशिक र स्थानीय सरकारहरूलाई जनताको आवश्यकता र चाहनाअनुसार प्रभावकारी रूपले सञ्चालन गर्न सोही स्तरका पार्टी कमिटीहरूले योजना बनाई निरन्तर अनुगमन गर्नुपर्ने छ । त्यसका लागि सम्बन्धित स्तरको पार्टी कमिटीले एउटा निर्देशक कमिटि बनाई कामलाई सुव्यवस्थित गर्नुपर्दछ ।
(ग) उत्पादन र विकास निर्माणका कामबारे
स्वतन्त्र एवंं आत्मनिभर राष्ट्रिय अर्थतन्त्रको विकासको हामीले उत्पादन र विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्दछ । अर्थतन्त्रलाई दलाल र विचौलियाका हातबाट जनताका हातमा ल्याउने उद्देश्य हाम्रो विकासको मूल उद्देश्य हो । आयात प्रतिस्थापन र निर्यात प्रवर्ध्दन गर्ने नीति, योजना र कार्यक्रमका साथै उत्पादन र विकासका कामलाई अगाडि बढाउन जरुरी छ । वैदेशिक परनिर्भरता, बढ्दो उपभोक्तावादी संस्कृति, भयानक व्यापार घाटा र असन्तुलन रोक्न कठोर संघर्ष अनिवार्य छ ।
हरेक पालिकामा कम्तीमा ५० जना संलग्न गरी अनिवार्य एक कृषि, उद्यम/उद्योग छ महिनाभित्र स्थापना गर्ने ।
त्यस्तो उद्यम स्थानीय स्रोत, बजार, प्रविधि, दक्ष जनशक्तिलाई ख्याल गरेर स्थानीय तहमा नै तय गर्ने । खाद्यान्न, पशुपालन, फलफूल, तरकारी नगदेबाली, घरेलु तथा साना उद्योग वा अन्य सिर्जनात्मक काम हुन सक्ने । जमिन चक्लाबन्दी गरी किसानको स्वामित्व कायम रहने र उनीहरूसमेत शेयरधनी हुने गरी कम्पनी वा सहकारी वा साझेदारीमा त्यस्ता व्यवसाय सञ्चालन हुन सक्ने ।
अलि ठूलो परिणाममा काम गर्न चाहेमा दुई वा दुईभन्दा बढी पालिकाले संयुक्त रूपमा वा समन्वयमा त्यस्तो उद्यम/व्यवसाय गर्न सक्ने ।
राज्यले प्रदान गर्ने सहुलियत, सुविधा र पूर्वाधार निर्माणमा पालिका, जिल्ला, प्रदेश र केन्द्रले सूचना संप्रेषण, समन्वय, सहजीकरण तथा सहयोग जुटाउन पहल गर्ने ।
जिल्ला तहमा पालिकास्तरका उद्यमबीच समन्वय गर्ने र पालिकास्तरका उद्यमलाई चाहिने प्राविधिक तथा बजार व्यवस्थापनमा सघाउने व्यवस्था मिलाउने ।
प्रदेशले जिल्लास्तरबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग, अन्तरजिल्ला समन्वय र बजारीकरणको काम गर्ने । प्रदेशले कम्तीमा १०० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी एक कृषि प्रशोधन तथा बजार केन्द्र, चिस्यान केन्द्रसम्बन्धी उद्योग स्थापना गर्ने ।
केन्द्रमा केन्द्रीयस्तरको प्रशोधन केन्द्र, चिस्यान केन्द्र र एक बजारका व्यवस्था गर्ने । त्यसका लागि शक्तिशाली उद्यम/व्यवसाय परिचालन विभाग अध्यक्षको मातहत राख्ने।
हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन ती स्थापित कृषि फार्म वा उद्यममा श्रम गर्नुपर्ने।
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-7737052305232076422020-11-14T07:17:00.000-08:002020-11-14T07:17:16.990-08:00नेकपाका अध्यक्ष प्रचण्डद्वारा नेकपा सचिवालयमा प्रस्तुत प्रतिवेदन
प्रिय कमरेडहरु,
सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा समेत असाधारण उत्साह र उर्जा प्रदान गर्दै अघि बढेको पार्टी एकता प्रक्रियाले आज निकै ठूलो अन्योल र गतिरोधको सामना गरिरहेको छ । पार्टीमा उत्पन्न अविश्वास, आशंका र अन्तरविरोध समाधान गर्ने अनेकौँ प्रयासहरु भए पनि अपेक्षित सकारात्मक परिणाम आउन भने सकेको छैन । यस सन्दर्भमा पछिल्लो र गम्भीर प्रयासका रुपमा गत भाद्र २६ गते सम्पन्न गरिएको स्थायी कमिटीका निर्णयहरु पनि कार्यान्वयमा जान सकेका छैनन् । बरु दिन बित्दै जाँदा र घटनाक्रम अगाडि बढ्दै जाँदा अविश्वास र अन्तरविरोध पनि बढ्दै गएका छन् । यो स्थितिले पार्टी र जन–समुदायमा झन् पछि झन् अन्योल र निराशा बढाइरहेको छ । कोभिड–१९ महामारीबाट आक्रान्त जन–समुदायमा सरकारका असन्तुलित नीति र व्यवहारप्रति असन्तुष्टि बढ्दो छ । यही स्थिति कायम रही रहने हो र तत्काल निर्वाचन हुने हो भने पार्टीले निकै ठूलो चुनौति सामना गर्नुपर्ने स्थिति छ ।
शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट निर्वाचन मार्फत सरकार बनाई राज्यको नेतृत्व गरेर सामाजिक आर्थिक रुपान्तरण गर्ने, समाजिक न्याय सहितको समृद्धि हासिल गर्दै समाजवादी आधार तयार गर्ने र अन्ततः समाजवाद निर्माण गर्ने ऐतिहासिक अवसर हामीलाई प्राप्त भएको छ । तर, सरकारको नेतृत्वले पार्टीको राजनीतिक कार्यक्रम तथा घोषणा पत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्वीकार गर्ने र सुशासन एवम् जनमुखी काम आचरणहरुको उपेक्षा गर्दै अघि बढ्ने हो भने यो ऐतिहासिक अवसर हेर्दाहेर्दै गुम्न सक्ने खतरा र चुनौति हाम्रा अगाडि देखा पर्दै जान थालेको छ । यस्तो स्थिति क्षम्य हुन सक्ने छैन ।
आज कम्युनिष्ट आचरण र मूल्य मान्यतामा भयानक ह्रास आइरहेको छ । नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पद र पैसाका निमित्त जे पनि गर्न उद्धत हुने घोर व्यक्तिवादी र अराजकताजवादी प्रवृत्ति झाँगिँदै गएको छ । क्रान्तिकारी आचरण र लोकतान्त्रिककरणको पक्रिया विलोप हुँदैछ । वैचारिक बहस गर्ने, सैद्धान्तिक अध्ययन, अनुसन्धान गर्ने, कम्युनिष्ट आदर्श, विधि र पद्धतिको विकास र पालना गर्ने प्रश्नहरुमा ध्यान दिने फुर्सद कसैलाई नभएको जस्तो देखिँदैछ ।
पार्टी र सरकारको सम्बन्धमा आपसी तालमेल र समन्वयको ठूलोे अभाव रहेको छ । पार्टीले आफ्नै सरकारलाई र सरकारले आफ्नै पार्टीलाई सहयोग नगर्ने प्रवृत्ति बढ्दो छ । हाम्रो आजको संवैधानिक र राजनैतिक व्यवस्था अन्तर्गत पार्टीले सत्ता चलाउने सैद्धान्तिक प्रश्नको व्यवहारिक निरुपण हुन सकिरहेको छैन । यथार्थमा आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ ।
वाम गठबन्धन र कम्युनिष्ट एकताबाट अत्तालिएका देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु हाम्रो यो स्थितिबाट हौसिदै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताका विरुद्ध तथा हाम्रो पार्टी र कम्युनिष्ट आन्दोलनका विरुद्धको आफ्नो षडयन्त्रलाई नयाँनयाँ रुपमा अगाडि बढाइरहेका छन् । आफ्नो रणनीतिलाई अगाडि बढाउने सन्दर्भमा हालै विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको बीचमा भएको सामरिक र अन्य सम्झौताले हाम्रो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र एवम् असलग्न परराष्ट्र नीतिको अगाडि नयाँ चुनौति थपिएका छन् ।
उपरोक्त स्थितिले हाम्रो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् नेपाल कम्युनिष्ट पार्टीका अगाडि निकै नै गम्भीर समस्या खडा गरेका छन् । यी गम्भीर र जटील समस्याहरुको सामना अब स-साना प्राविधिक जोड घटाउ वा पदीय भागबण्डाबाट गर्न असंभव छ । यसका निमित्त वैचारिक-राजनैतिक कार्यदिशा, संगठनात्मक विधि–पद्धति र कम्युनिष्ट आचरणका बारेमा गम्भीर समीक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ ।
वस्तुतः, अन्ततः र मुख्यतः पार्टी र सरकारको उपरोक्त स्थितिका लागि पार्टी र सरकार दुबैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेका छन् । वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ । उहाँमा विद्यमान यो प्रवृतिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ । यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहको कुरा होइन अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य शर्त हो ।
१. पार्टी एकताका वैचारिक–राजनैतिक आधार र भावनामाथि प्रहार
तात्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचको एकता, एकअर्कोका राजनैतिक कार्यदिशामा विलय वा कोही कसैमा पार्टी प्रवेशका रुपमा भएको होइन । अपितु यो एकता एक अर्काको सम्मान र समानताका आधारमा गरिएको एकता हो । समाजवादको रणनैतिक लक्ष्य, शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धा, कानूनी शासन, मानवअधिकार मूलभूत मान्यता, आवधिक निर्वाचन, संविधानको सर्वोच्चता, नियन्त्रण र सन्तुलनको विधि, संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता, दलाल नोकरशाही पुँजीवादमाथि नियन्त्रण र नियमन गर्दै वर्तमान विश्व परिस्थिति अनुसार राष्ट्रिय पुँजीको विकास गर्ने तथा सामाजिक न्यायसहित आर्थिक विकासलाई गति दिई सामाजवादको आधार तयार पार्ने जस्ता आधारभूत विषयहरुमा साझा अवधारणाले नै हामीलाई पार्टी एकताको आधार दिएको हो । तात्कालिक राजनैतिक कार्यदिशाका सन्दर्भमा साविक एमालेको ‘जनताको बहुदलीय जनवाद’ र कमरेड मदन भण्डारीको योगदान तथा साविक माओवादीको ‘२१ औं शताब्दीको जनवाद’ तथा माओवादी जनयुद्धको योगदानको मूल्याङ्कन गरेर नै आगामी एकता महाधिवेशनमा अझ विकसित र परिमार्जित गर्ने सहमतिमा समाजवाद उन्मुख जनताको जनवादलाई तात्कालिक राजनैतिक कार्यदिशा तय गरिएको हो । पार्टी एकताका सन्दर्भमा गरिएको तत्कालीन एमाले र माओवादी केन्द्रको विगतको निम्न मूल्याङ्कनमा सबैको ध्यान जान जरुरी छ । यद्यपि तात्कालीन एमालेमा र तात्कालीन माओवादी आन्दोलनको दौरानमा कैयौँ कमजोरी पनि रहेका छन् । महाधिवेशनका दौरानमा तिनको समीक्षा पनि हुने नै छ ।
i) तत्कालIन नेकपा (एमाले) को मूल्याङ्कनः–
“जननेता मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलनका अनुभवहरु, सोभियत समाजवादी व्यवस्थाका अनुभवहरु र सोधियत संघको विघटन एवम् नेपाली कम्युनिष्ट आन्दोलनका अनुभवहरुलाई संश्लेषण गर्दै जनताको बहुदलीय जनवादको अवधारणा प्रस्तुत गर्नुभयो, जसलाई नेकपा (एमाले)ले पाँचौँ महाधिवेशनबाट नेपाली क्रान्तिको कार्यक्रम र छैठौँ महाधिवेशनबाट नेपाली क्रान्तिको सिद्धान्तका रुपमा अवलम्बन गर्दै आएको छ । कम्युनिष्ट पार्टीको पहिलो लोकप्रिय सरकार बनाएर सामाजिक न्यायका कामहरु अघि बढाउन र जनतालाई आन्दोलनमा नेतृत्व गर्दै गणतन्त्रसम्म ल्याइपुर्याउन नेकपा (एमाले) ले महत्त्वपूर्ण भूमिका खेल्यो । प्रतिकूल अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन, प्रतिक्रियावादी एवम् प्रतिक्रान्तिकारी हमलाबाट आन्दोलनको रक्षा गर्न, पार्टीलाई जनताको बीचमा लोकप्रिय र सुदृढ जनआधारसहित स्थापित गर्न एवम् वैधानिक ढङ्गबाट आन्दोलनलाई अगाडि बढाउन नेकपा (एमाले) को उल्लेखनीय योगदान रहेको छ ।” (राजनैतिक प्रतिवेदन– पृष्ठ–३६)
ii) तत्कालीन नेकपा (माओवादी केन्द्र)को मूल्याङ्कनः–
“यसै अवधिमा सामन्तवाद र साम्राज्यवादको विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दीर्घकालीन जनयुद्धका रुपमा बलप्रयोग अनिवार्य रहेको निष्कर्षका साथ नेपालको ठोस परिस्थितिमा राजनीतिक र फौजी रणनीतिको विशिष्ट सन्तुलन कायम गर्दै कमरेड प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी) ले २०५२ फागुन १ गतेदेखि जनयुद्धको पहल गर्यो । त्याग र बलिदानका कीर्तिमान कायम गर्दै माओवादी जनयुद्धले नेपाली राजनीतिमा नयाँ तरङ्ग र बहससहित दूरगामी प्रभाव पार्यो । महिला, दलित, मधेसी, जनजातिलगायतका उत्पीडित वर्ग र समुदायलाई जागृत र संगठित गर्न, राजनीतिमा समावेशीकरणका मुद्दालाई स्थापित गर्न, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार पार्न माओवादी आन्दोलनले मुख्य भूमिका खेल्यो । वैचारिक, राजनीतिक सिद्धान्तको विकासका क्रममा कमरेड प्रचण्डकै नेतृत्वमा नेकपा (माओवादी) ले २१ औँ शताब्दीमा जनवादको विकास सम्बन्धी नयाँ अवधारणा सहित संविधानसभा र शान्ति सम्झौताको अन्तरसम्बन्धबारे ठोस कार्यक्रमसमेत प्रस्तुत गर्यो । नेकपा (माओवादी)को यो पछिल्लो सैद्धान्तिक र राजनीतिक विकासले नेकपा (एमाले)सँग सहकार्य र सात राजनीतिक दलसँग समझदारीका साथ शान्ति सम्झौतामा हस्ताक्षर गर्ने स्तरसम्म देशलाई ल्याइपुयार्उन ठूलो योगदान गर्यो ।” (राजनैतिक प्रतिवेदन– पृष्ठ–३७)
मार्क्सवाद-लेनिनवादलाई निर्देशक सिद्धान्त मान्दै यसरी विगत कार्यदिशाको मूल्याङ्कन गरिएको तथा दुवै कार्यदिशाको सारतत्त्वलाई ग्रहण गर्दै र समाजवादी रणनीतिलाई समेत ध्यान दिएर समाजवाद उन्मुख जनताको जनवाद भनिएको तथ्य स्पष्ट हुन्छ । तर, कमरेड केपी शर्मा ओली कहिल्यै पनि उपरोक्त मूल्याङ्कन र राजनैतिक संश्लेषणप्रति व्यवहारमा सहमत देखिनु भएन । उहाँले न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ, न समाजवाद उन्मुख जनताको जनवादको, न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृति नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नुभएको छ । व्यवहारतः उहाँले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नवउदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनु भएको छ । उहाँले पार्टी, विचार, नीति र योजनाको होइन बरु प्रतिष्ठानका नाममा आफ्नो गुटलाई पुरानै रुप र मान्यता अनुसार सक्रिय पारी एकताको मर्ममाथि प्रहार गरिरहनुभएको छ । पार्टीका अन्य सबै नेताहरु जेष्ठ ३ गतेको मदन-आश्रित स्मृति दिवस, फाल्गुण २१ गतेको सुखानीका सहिदहरुको स्मृति दिवस, फागुन १ गतेको जनयुद्धका सहिदहरुको स्मृति दिवसमा सहभागी बनेर पार्टी एकताको मर्म र भावनालाई सम्मान गर्दछन् तर कमरेड केपी ओली भने कहिल्यै पनि फाल्गुण १ गतेको कार्यक्रममा सहभागी बन्न समेत तयार हुनुभएन ।
उपरोक्त तथ्यहरुले स्पष्ट गर्दछन् कि कमरेड केपी ओलीले पार्टी एकताको वैचारिक-राजनैतिक आधार र भावनालाई आत्मसात नगरेको मात्र होइन, बरु त्यसका विरुद्ध आफ्ना क्रियाकलापहरु बढाइरहनु भएको छ । राजनैतिक प्रतिवेदनमाथिको उहाँको “स्वीकारोक्ति” केवल सत्ता प्राप्ति र गुटस्वार्थ पुरा गर्ने हतियारका रुपमा मात्र प्रयोग गरेको देखिएको छ ।
पार्टी एकताको अन्तिम तयारीका सन्दर्भमा दुवै जना पूर्व अध्यक्षहरुको कार्य विभाजन एकले सरकारको र अर्कोले पार्टीको नेतृत्व गर्ने गरी अगाडि बढाउनु उपयुक्त हुने र त्यसमा कमरेड केपी ओलीले रोजेर जिम्मेवारी लिन कमरेड प्रचण्डले पटक-पटक आग्रह गर्दा पनि समझदारी हुन नसकेपछि अन्ततः केन्द्रमा दुई अध्यक्ष प्रणालीमा सहमति गरिएको थियो । उक्त सहमति दुवै अध्यक्षहरुको समान हैसियत हुने र पार्टीका बैठकहरुको आलोपालो अध्यक्षता गर्ने तथा सरकारको नेतृत्व पनि समान अवधिका आधारमा आलोपालो गर्ने सहमति भएको थियो । तर, पार्टी एकता भइसकेपछि आलोपालो अध्यक्षताको सहमतिलाई संयुक्त अध्यक्षताका नाममा आफू कार्यकारी र एक नम्बर र अर्को अध्यक्षलाई आलंकारिक र दुई नम्बर बनाउन अड्डी लिनुभयो । धेरै उतार-चढाव र बहसपछि अन्ततः ४ मार्ग २०७६ मा कमरेड प्रचण्ड कार्यकारी अध्यक्षका रुपमा पार्टी काममा केन्द्रित हुने र प्रचण्डको प्रस्तावमा कमरेड ओलीले यो पुरै कार्यकाल प्रधानमन्त्रीको रुपमा सरकारको काममा केन्द्रित रहने निर्णय भयो । तर लगत्तै कमरेड ओलीले आफू १ नम्बर र कार्यकारी अध्यक्ष समेत रहेको घोषणा गरेर निर्णयको अवज्ञा मात्र गर्नु भएन, त्यसपछि लगातार अध्यक्ष प्रचण्डका विरुद्ध ब्याकबाइटिङ र गुटबन्दीको अभियान नै चलाउनु भयो ।
यस सन्दर्भमा पछिका घटनाक्रमहरुले पार्टी एकतालाई अगाडि बढाउने तथा देशमा राजनैतिक स्थायित्व कायम राख्ने मनसाय राम्रो भएपनि प्रारम्भिक सहमतिका सजिलै छोड्दै जानु कमरेड प्रचण्डको उदारवादी भावुकताको कमजोरी सावित गरे । कमरेड ओलीले संविधानको मर्म र भावना अनुसार प्रदेशहरुलाई बलियो बनाउन पहल गर्नुको साटो सकेसम्म प्रदेशहरुको अधिकार कटौती गरी एकात्मक केन्द्रीकृत मान्यता अनुसार नै शासन चलाउन जोड गरिरहनु भयो । प्रदेशसँग सम्बन्धित विधेयकहरु बनाउँदा होस् वा कर्मचारी र आर्थिक विन्यास गर्दा होस् उहाँको त्यो संघीयता विरोधी विचार प्रकट भइरहेका छन् । हालै कर्णाली प्रदेशका पार्टी पदाधिकारीहरुसँगको छलफलका क्रममा प्रदेशलाई संघीय सरकारको प्रशासनिक इकाइ मात्र रहेको तथा सबै प्रदेश र देशकै दल नेता आफू मात्र भएको व्याख्या गरेर उहाँले आफूलाई संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावना विपरित रहेको तथ्य प्रमाणित गरिरहनुभएको छ ।
यसरी पार्टी एकता र संविधानका आधारभूत वैचारिक राजनैतिक पक्षमाथि कमरेड केपी ओलीबाट निरन्तर प्रहार भएकै कारण आज पार्टी र सरकारमा गम्भीर संकट उत्पन्न भइरहेको छ ।
२. संगठनात्मक, सिद्धान्त र विधि–पद्धतिमाथि प्रहार
कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्त जनवादी-केन्द्रीयताको सिद्धान्त हो । छलफलमा स्वतन्त्रता र काम कारबाहीमा एकरुपता, सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी, नेता होइन नीति प्रधान हुने, व्यक्ति संगठनको मातहत रहने, बहुमतको निर्णय पार्टी निर्णय हुने, अल्पमत बहुमतको अधिनस्थ हुने र अल्पमतको विचारको सम्मान हुने, आवधिक भेला, सम्मेलन र अधिवेशन मार्फत व्यापक जनवादी बहस छलफलका माध्यमबाट विचार, राजनीति संगठन र नेतृत्वको एकीकरण र केन्द्रीकरण गर्ने कुराहरु नै जनवादी-केन्द्रीयताको संगठनात्मक सिद्धान्तका मूलभूत मान्यताहरु हुन् । कमरेड ओलीको सोच र कार्यशैली कम्युनिष्ट पार्टीको यो संगठनात्मक सिद्धान्त र मान्यताहरुको विल्कुल विपरित रहेको छ । बैठक, छलफल र बहसप्र्रति अरुची, आफ्नो व्यक्तिगत निर्णयलाई समुहले जिम्मेवारी लिइदिनु पर्ने आग्रह, भिन्न विचार, मत र प्रवृतिप्रति चरम असहिष्णुता वा आँखा चिम्लेर मलाई समर्थन गर अन्यथा निषेध हुन र निरंकुशता सामना गर्न तयार होउ । बहुमतको निर्णय म मान्दिन, मेरो निर्णय बहुमतले मान्नु पर्दछ भन्ने मान्यता नै कमरेड ओलीका संगठनात्मक मान्यता हुन् । स्पष्ट छ कि यसप्रकारको सोच र शैलीको कम्युनिष्ट पार्टीको सिद्धान्त श्रमजीवी वर्गको स्वार्थसँग कुनै सम्बन्ध छैन, बरु उपरोक्त सोच र शैलीको सिधा सम्बन्ध बुर्जुवा अराजकतावादी व्यक्तिवाद र सामन्ती निरंकुशतासँग रहेको हुन्छ ।
◊ पार्टीको अन्तरीम विधान, २०७५ को धारा ४६ मा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सामान्यतया एउटा मुख्य र आवश्यकता अनुसार सहायक जिम्मेवारी तोक्नुपर्ने प्रावधान छ । यसैअनुसार केन्द्रीय कमिटीका अध्यक्षदेखि सबै कमिटीका पदाधिकारी तथा सदस्यहको कार्यविभाजन हुनुपर्नेमा त्यसो गरिएन । आफू र निकटका लागि पार्टी विधानको उक्त प्रावधान लागु गरिएन । त्यसको स्वेच्छाचारी व्याख्या गरियो । क. के.पी. शर्मा ओलीले आफ्नो सुविधा अनुरुप कहिले दुई अध्यक्षको सहमतिमा पार्टी चल्नुपर्ने, कहिले सचिवालयका सदस्यहरुका बीच सहमति हुनुपर्ने तर्क गर्नुभयो भने कहिले सचिवालयका सदस्यबाट राखिएको मत लत्याउँदै आफूखुशी निर्णय गर्नुभयोे । पार्टी उपाध्यक्ष कमरेड वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनयन गर्ने सचिवालयको निर्णयको उहाँले ठाडै उलङ्घन गर्नुभयो । नेतृत्व तहमा समेत अविश्वास र आशंका सिर्जना गरियो । पार्टी सदस्यताको निर्क्यौल र व्यवस्थापन, राष्ट्रिय महाधिवशेनका साथै विभिन्न स्तरका अधिवेशनहरु सम्पन्न गर्ने निर्णयको कार्यान्वयन अवरुद्ध भयो ।
◊ क. केपी शर्मा ओलीले पार्टीमा कार्यविभाजन गर्नेदेखि लिएर राजकीय जिम्मेवारी प्रदान गर्ने कार्यमा संकीर्ण गुटबन्दीको अभ्यास गर्नुभयो । पार्टीलाई स्वच्छ शैलीमा सञ्चालन गर्दै भर्खरै एकीकरणको मार्गमा अग्रसर भएको पंक्तिलाई उत्साही र विश्वस्त तुल्याउनुको साटो कहिले कुनै नेता र कहिले कुनै नेतालाई एक अर्काप्रति सशंकित बनाउने तथा कहिले कसैलाई र कहिले कसैलाई पदको पगरी गुथाइदिने, पार्टी पदहरु निजी सम्पत्ति झैँ वितरण गर्दै षडयन्त्रपूर्ण क्रियाकलाप र गुटबन्दीपूर्ण सत्ताको खेलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष जस्तो गरिमायुक्त जिम्मेवारीमा रहनुभएका कमरेड केपी शर्मा ओली संलग्न भएका तथ्यहरु सार्वजनिक रुपमा छताछुल्ल भए । यसले पार्टीका कार्यकर्ता र सदस्यहरु दुखित हुने एवम् जनसमुदाय असन्तुष्ट हुने स्थिति बन्दै गयो । आफू निकट ठानिएका व्यक्तिहरुलाई पार्टी विधानको विपरीत स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्य बनाउने र निकट नठानिएकाहरुलाई योग्यता, क्षमता, लामो योगदान र भूमिका हुँदाहुँदै पनि जिम्मेवारीविहीन तुल्याउने र बाध्यतावश जिम्मेवारी दिइएकाहरुलाई पनि काम गर्न अवरोध सिर्जना गर्ने काम गर्नुभयो ।
◊ राष्ट्रियताको पक्षपोषण, योग्यता, क्षमता र वरियता जस्ता मापदण्डको आधारमा जिम्मेवारी दिने र निष्पक्ष मूल्याङ्कन गर्ने आग्रह सहित पार्टी सचिवालय र स्थायी कमिटीमा पेश भएका फरक मतमा क. केपी शर्मा ओलीले कहिल्यै छलफल गराउन चाहनु भएन । राजकीय हैसियतको दुरुपयोग गर्दै आफूप्रति असहत हुनेहरुलाई प्रतिशोधपूर्ण किसिमले किनारा लगाउने र प्रहार गर्ने काम गर्नुभयो । पार्टीमा गुटबन्दी गर्दै पार्टी सदस्य नभएका र भर्खरै पार्टीमा आएका बुर्जुवाहरुलाई महत्त्वपूर्ण जिम्मेवारी दिएर पार्टीमा लामो समय काम गरेकाहरुलाई किनारा लगाउने काम गर्नुभयो । सामूहिकता, कम्युनिष्ट आचरण, जनवादमा आधारित केन्द्रीयताको शैली र कुशल नेतृत्वका गुण उहाँमा विल्कुल देखिएनन् । उहाँ ‘फुटाउ र शासन गर’ भन्ने मान्यतामा हिँड्न थाल्नुभयो । आफू अप्ठ्यारोमा पर्दा आफ्ना समकक्षी नेताहरुलाई विभिन्न लोभ, प्रलोभन देखाउने र सहमत नभएमा डर, धाक, धम्कि र चरित्र हत्या जस्ता घृणित हतियार प्रयोग गर्न उहाँ हिच्किचाउनु भएन ।
◊ २०७५ साल माघमा सम्पन्न हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो बैठकमा आत्मालोचित हुँदै विधान बमोजिम कमिटीका बैठकहरु गर्ने, सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको पद्धतिलाई आत्मसात् गर्दै सबै समस्याको समाधान गर्ने, आचारसंहिता परिमार्जन गर्ने, केन्द्रीय निकाय, विभाग र जनसंगठन एकीकरणको काम १५ दिनभित्र सम्पन्न गर्ने भन्ने निर्णय कार्यान्वयन गरिएन । वैचारिक छलफललाई प्रश्रय दिने, नेपाल सरकार र एमसीसीबीचको सम्झौताबारे गठित तीन सदस्यीय अध्ययन कार्यदलको सुझाव प्रतिवेदनको आधारमा निर्णय गर्ने, पार्टी र सरकारका बीच समन्वय गर्न संयन्त्र बनाउने, सदाचारमा जोड दिने र भ्रष्टाचारीलाई कारबाही गर्ने, विभिन्न फाउण्डेशन र प्रतिष्ठानहरुको सञ्चालनबारे सचिवालयबाट टुंगो लगाउने जस्ता बैठकका निर्णयहरु अलपत्र परे । विधि, विधान अनुरुप प्रस्ताव तयार गरी कमिटीको बैठक बस्ने, खुलस्त रुपमा विचार व्यक्त गर्नदिने र त्यसको आधारमा कसैप्रति असमान व्यवहार नगर्ने तथा पार्टी र सबै तहका कमिटीहरुलाई वैधानिक व्यवस्था, स्थापित पद्धति र संस्थागत निर्णयका आधारमा संचालन गर्ने निर्णयको कुनै अर्थ भएन । आचार संहिता लागु भएन ।
कमजोरी दोहोरिन नदिने र समयमा बैठकको आयोजना गर्ने भनी २०७६ साल माघ २८ गते जारी अन्तरपार्टी निर्देशन–४ व्यवहारमा लागु गरिएन । विशेष परिपत्र–७ को बुँदा नं. ५ मा उल्लेखित विधि र पद्धतिमा जोड दिँदै गुटबन्दीको अन्त्य गर्ने कुरा आत्मसात गरिएन । उल्टै एकपछि अर्को गरी पार्टीको विधान, पद्धति र प्रक्रिया विपरीतका क्रियाकलाप भइरहे । पार्टी दिशाहीन हुनसक्ने खतरा उत्पन्न भई पार्टी पंक्तिमा अन्योल सिर्जना भयो । पार्टीमा कुनै छलफल नगरी देश कोरोना महामारीसँग जुध्नुपर्ने विषम् परिस्थितिमा हठात् राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी गरिएबाट झन् आशंका व्याप्त भयोे । पार्टीमा समेत विभाजन हुनसक्ने मनोविज्ञान सिर्जना गरियो । यसले हाम्रो पार्टी र सरकार दुवैको छवीमा गम्भीर नकारात्मक असर पार्यो ।
◊ क. केपी शर्मा ओलीले फाउण्डेशनको नाममा राज्यशक्तिको दुरुपयोग गर्दै देशव्यापी रुपमा गुट संयन्त्र निर्माण गर्न प्रोत्साहन दिनुभयो । पार्टीमा ध्रुवीकरण गर्दै उहाँ सत्ताको खेलमा तल्लीन रहनुभएको देखियो । यस्तो कार्यप्रति असहमत हुनेहरुसँग प्रतिशोधपूर्ण व्यवहार गरियोे । यस्तो खेलको चरमोत्कर्ष राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी कानून संशोधन अभ्यासको अघि र पछिका गतिविधि तथा स्थायी कमिटीको बैठक चलिरहेकै समयमा स्वेच्छाचारी किसिमले संसदको अधिवेशन समाप्त गर्ने, निर्वाचन आयोगमा नेकपा (एमाले)को नाममा अर्को दल दर्ता गर्न लगाउने र विपक्षीहरुसँग साँठगाँठ गर्नेसम्मका क्रियाकलाप देखियो । देशले कोराना महामारीको प्राकृतिक विपत्तिको सामना गर्नुपरिरहेको र राजनीतिककर्मीहरुले समेत निस्क्रिय रहनु परेको मौका छोपी कानून र राजनीतिक मर्यादा विपरीत पूर्व प्रहरी प्रमुख र आफ्नै पार्टीका सांसदहरुलाई काठमाडौँबाट महोत्तरी पठाएर अर्को पार्टीका सांसदलाई रातारात झिकाउने जस्तो कार्यले हाम्रो पार्टीको मात्र होइन देशकै शिर निहुरियो । पार्टी विभाजनकारी अध्यादेशका विरुद्ध देशमा सशक्त आवाज उठेपछि हाम्रो पार्टीका सांसदहरुलाई सरकारी निवास बालुवाटारमा बोलाएर भेला गर्ने, आफ्नो पक्षमा हस्ताक्षर गराउने, बालुवाटार जान नमान्ने वा हस्ताक्षर गर्न अस्वीकार गर्ने कतिपय सांसदहरुलाई धम्क्याउने र तर्साउने तथा राज्यशक्तिको दुरुपयोग गरी घरघरमा गएर बालुवाटार ल्याउने जस्तो काम प्रधानमन्त्री निकट भनिनेहरुबाट भएका तथ्य सार्वजनिक भइनै सकेका छन् ।
◊ क. केपी शर्मा ओलीले आफू तत्कालीन नेकपा (एमाले) को नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकोले अध्यक्ष पदबाट केन्द्रीय कमिटीले हटाउन नसक्ने पार्टी विधान र एकताको प्रावधान र मर्म विपरीतको प्रचार गराउनुभयो । तत्कालीन नेकपा (एमाले) को अधिवेशनकै कुरा गर्ने हो भनेपनि अन्य पदाधिकारीहरु पनि निर्वाचित हुनुभएको तथ्यबारे भने उहाँले केही चर्चा गर्न रुचाउनु भएन । वस्तुतः पहिलेका दुवै पार्टी विघटित भई भिन्दै राजनीतिक घोषणा र विधानको आधारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संचालनमा रहेको तथ्यको उहाँले अवमूल्यन गर्नुभयो । स्थायी कमिटीको बैठक चलिरहेको समयमा बैठकमा उपस्थित नहुने तर सरकारी निवास बालुवाटारमा युवाहरुलाई बोलाएर आफ्नो समर्थनमा सडक प्रदर्शन गर्न उकास्ने, प्रयोजित रुपमा आफ्नो तस्वीर भएको गञ्जी लगाएका मानिसहरुलाई सडकमा उतारेर आफ्नो प्रशंसा गर्न, अरु नेताहरुप्रति प्रहार गर्न र उत्तेजना फैलाएर पार्टी एकता कमजोर पार्न लगाउने जस्तो अत्यन्त गैरजिम्मेवार कार्यलाई क. केपी शर्मा ओलीले प्रोत्साहन दिनुभयो । भारतद्वारा अतिक्रमित देशको भू-भाग समावेश गरिनुपर्छ र भारती फौज नेपाली भू-भागबाट हटाइनु पर्छ भनी शान्तिपूर्ण प्रदर्शन गर्नेहरुमाथि दमन गर्ने तर प्रधानमन्त्रीको स्तुतिमा निस्केका जुलुसलाई संरक्षण दिइएको देखियो । यस्ता प्रकारका क्रियाकलापले हामीलाई लज्जित तुल्याएको छ र लोकतन्त्रको उपहास भएको छ ।
३) सरकार सञ्चालनमा अनुत्तरदायी व्यवहार
◊ पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले हामी नेपाली कम्युनिष्टहरुको नेतृत्वदायी संघर्षबाट प्राप्त भएको ऐतिहासिक परिवर्तनको सारतत्व एवम् मर्मलाई आत्मसात गर्न सफल भएको देखिदैन । नेपालमा सामन्तवाद विरोधी क्रान्तिलाई मौलिक ढंगले सम्पन्न गरी स्थापित गरिएको लोकतन्त्र परम्परागत संसदीय गणतन्त्र होइन । संविधानतः यो समाजवाद उन्मुख समावेशी लोकतन्त्र हो र हाम्रो प्रणालीको सारतत्वमा एकप्रकारको जनताको जनवाद, समाजवाद उन्मुख जनताको जनवाद भनेको हो । यो मौलिक ढंगको लोकतन्त्रलाई रक्षा गर्दै अझ विकसित गर्दै अघि बढेर मात्र समाजवाद तर्फको यात्रा सफल बनाउन सकिन्छ । तर, कमरेड केपी शर्मा ओलीको व्यवहारबाट उल्टै स्वयम्ले यसपल्ट परम्परागत संसदीय गणतन्त्रमा खसाल्नु भएको स्पष्ट हुन्छ । सरकार सञ्चालनमा प्रधानमन्त्री व्यवहार त्यसको समेत अभिव्यक्ति हो । यी दृष्टिकोणबाट अहिलेको परिवर्तनको रक्षा गर्न सम्भव हुँदैन, समाजवादको दिशामा जाने कुरा त कल्पना नै गर्न सकिन्न ।
लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्दै नेपाली जनतालाई संसारका विकसित देशको दाँजोमा पुर्याउन नेपालको संविधानको मार्गदर्शन अनुरुप समाजवाद उन्मुख सामाजिक र आर्थिक रुपान्तरणको ऐतिहासिक महत्त्वको अभिभारा पूरा गर्न सरकार कटीबद्ध हुनुपर्ने हो । तर क. केपी शर्मा ओलीले आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई एकढिक्का बनाई सिंगो राष्ट्रलाई एकतावद्ध गरेर उक्त लक्ष्यतर्फ अगाडि बढ्न प्रेरित गर्ने कुनै काम गर्नसक्नु भएन । राज्यसत्ताका सम्पूर्ण संरचनाहरुलाई समाजवाद उन्मुख गणतान्त्रिक संरचनामा रुपान्तरण गर्ने शान्तिपूर्ण जनक्रान्तिको उद्देश्यतर्फ कुनै चासो राखिएन । जनतालाई राष्ट्रिय हितमा गोलबन्द हुन प्रेरित गर्ने र शक्तिशाली बनाउने गरी सरकारले कुनै कार्यक्रम ल्याउन सकेन । प्रधानमन्त्रीले सरकारको नीति कार्यक्रम र बजेटमा पार्टीको अपनत्व रहने कुनै प्रयत्न गर्नुभएन । संविधानको मार्गदर्शन र पार्टीको घोषणापत्रलाई तेस्रो पटक संसदमा नीति कार्यक्रम र बजेट पेश गर्दासम्म पनि उपेक्षा गरियो ।
◊ राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीमा छलफल गर्नेे, सुझाव वा मार्गदर्शन प्राप्त गर्ने प्रयास क. केपी शर्मा ओलीले कहिल्यै गर्नुभएन । मन्त्रिपरिषद्लाई निजी सचिवाललाई जस्तो व्यवहार गर्दै प्रशिक्षण चलाउने तथा मन्त्रीहरुलाई सचिवहरुसँग राखेर प्रशिक्षण र निर्देशन दिनुका साथै निजी सल्लाहकारलाई राखेर कार्यप्रगति प्रतिवेदन माग्ने जस्ता कार्य प्रधानमन्त्रीबाट भए । आफूसँग मन्त्रीले, मन्त्रीसँग सचिवले, सचिवसँग सहसचिवले, सहसचिवसँग तल्लो तहका अधिकृतले कामको करारनामा गर्ने जस्तो शासन प्रणालीलाई नै कमजोर र हाँस्यास्पद तुल्याउने काम प्रधानमन्त्रीले गर्नुभयो । यसरी करारनामा गरेकालाई दुई महिनामै अर्को मन्त्रालयमा सरुवा गर्ने गैरजिम्मेवार कार्य पनि उहाँले नै गर्नुभयो । सचिवहरुको सरुवा गर्दा सम्बन्धित मन्त्रीको रायसुझाव लिनु त टाढाको कुरा सचिवको सरुवाबारे मन्त्रीले थाहै नपाउने स्थिति सिर्जना गर्नुभयो ।
◊ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्वच्छ सरकार र सुशासनको कार्यदिशा विपरीत प्रधानमन्त्री क. केपी शर्मा ओलीले सरकार चलाउनु भयो । देश र जनताको आवश्यकता र आकांक्षाप्रति संवेदनशील हुनुको साटो उहाँ व्यक्तिवाद र व्यक्तिपूजातर्फ प्रवृत्त रहनुभयो । तत्काल नगरी नहुने काममा लाग्नु भन्दा कार्यान्वयन नहुने कुरा गरेर सस्तो लोकप्रियता आर्जन गर्नेतर्फ उहाँले बढी रुचि राख्नुभयो । भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसनखोरी नियन्त्रण र समाप्त गर्नेतर्फ कुनै सार्थक पाइला चालिएन । नेपाल कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारबाट जनताले सुशासनको आशा गरेका थिए । हाम्रो पार्टीको सार्वजनिक प्रतिबद्धता पनि त्यही थियो । तर यस अवधिमा भ्रष्टाचारका अनेकौँ प्रकरण भए । यस्ता प्रकरणहरुमा अख्तियार प्राप्त निकायले छानबिन गरी सम्बन्धित व्यक्ति निर्दोष वा दोषी भए नभएको निर्क्यौल गर्नुपर्नेमा आरोपित व्यक्तिहरु निर्दोष रहेको घोषणा प्रधानमन्त्री स्वयम्ले गर्नुभयो । आरोपित माथि छानबिन समेत नहुने स्थिति सिर्जना गरियो । यसबाट जनतामा पार्टी र सरकारप्रति नकारात्मक धारणा सिर्जना भयोे । “सत्तामा रहेको पार्टीभित्र भ्रष्टाचार, विचलन, नोकरशाही शैली, व्यक्तिवाद, पदीय अहंकार, नैतिक र चारित्रिक स्खलन र जनताबाट अलगावको प्रवृत्ति देखापर्ने खतरा अन्य बेला भन्दा प्रवल हुन्छ । यस्ता प्रवृत्तिहरुलाई सच्याउन व्यापक रुपमा अभियान सञ्चालन गर्नुपर्छ” भनी पार्टीको राजनीतिक प्रतिवेदनको मार्ग निर्देशनको उपहास गरियो ।
वाइड बडी विमान खरीद, सुरक्षण छापाखाना खरीद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयात घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरीदमा ओम्नी समूहको साँठगाँठ र अनियमिता, बजेट सार्वजनिक गर्नु अघि अतिगोप्य राख्नुपर्ने राजश्वका दर रेट परिवर्तनलाई चुहाएर विद्युताबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता जस्ता प्रकरण सार्वजनिक भए । यस्ता प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेर क. केपी शर्मा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो ।
◊ अधिकांश राजनीतिक नियुक्ति तथा अवसरको वितरण सामाजिक न्याय, देश, जनता र पार्टीको हितभन्दा सत्ता स्वार्थको खेलको लागि उपयोग गरेको देखियो । राजदूत लगायतका राजनीतिक तथा उच्च तहका सरकारी नियुक्ति गर्दा नीतिगत पक्षमा पार्टीको संस्थागत सुझाव सल्लाह तथा जिम्मेवार तहमा छलफलको आवश्यकता महसुस गरिएन । राजकीय र सरकारी नियुक्ति योग्यता, क्षमता एवं देश र जनताप्रतिको निष्ठाको आधारमा देशलाई बलियो बनाउने र जनतामा सकारात्मक प्रभाव पर्ने किसिमले गर्नेतर्फ कुनै ध्यान दिइएन । कसैलाई अवसरमाथि अवसर प्रदान गरिँदा त्यसलाई स्वाभाविक ठान्ने र कसैले देश र पार्टीको हितमा कुरा उठाउँदा समेत सहन नगर्ने प्रवृत्ति मौलायो । सबैजसो नियुक्ति पार्टी कमिटीको सल्लाह र सुझाव बिना संकीर्ण गुटस्वार्थबाट प्रेरित भई प्रधानमन्त्री क. केपी शर्मा ओलीले निकटस्थ व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत चाहना अनुरुप गर्नुभयो । यसरी सरकारको सञ्चालन पार्टीको सल्लाह र निर्देशनमा नभई उहाँले व्यक्तिगत इच्छा र आकांक्षा अनुसार गर्नुभयो । विगतका दिनमा मुक्तकण्ठले प्रशंसा गर्दै समर्थन गर्ने सञ्चारजगत तथा जनसमुदाय किन प्रखर आलोचक भइरहेको छ भन्ने तर्फ ध्यान दिनुको साटो प्रधानमन्त्री कमरेड के.पी. शर्मा ओलीको आलोचकहरुमाथि खनिने प्रवृत्तिले गल्ती कमीहरुलाई सच्याएर समय सापेक्ष पाइला चाल्ने मार्ग अवरुद्ध भयो । सरकारको काम प्रभावकारी तुल्याउन सरकारको कामको समीक्षा गर्न अनेक पटक प्रस्ताव गरिए पनि त्यसलाई उहाँले निरन्तर टार्दै आउनुभयो ।
◊ छिमेकी देश चीनमा कोभिड–१९ को महामारी गम्भीर अवस्थामा पुगेको र नेपालमा चीनबाट फर्केका एक जना व्यक्तिमा मात्र कोरोना विषाणुको संक्रमण देखिएको अवस्थामा सरकारले बन्द र बन्देजको घोषणा गर्नु उचित थियो । तर दुई महिनासम्म सिंगो राष्ट्रलाई बन्दाबन्दीमा राखेर पनि महामारीसँग जुझ्न सरकारले यथोचित तयारी गरेन । नेपाल उच्च जोखिममा रहेको भन्ने विज्ञहरुको चेतावनी अनुरुप काम गरिएन । कोरोना संक्रमणबाट सुरक्षित हुन सरकारले देशमा बन्द र बन्देजको घोषणा गरेको स्थितिमा श्रमजीवी, गरीब र कमजोर वर्ग तथा समुदायका मानिसहरुको पीडाप्रति प्रधानमन्त्री संवेदनशील देखिनुभएन । ती समुदायको पीरमर्काको कुरा गर्नेप्रति ब्यंग्य गर्दै आलोचना गरियो । स्वास्थ्य संकटका रुपमा आएको कोरोना महामारीका विरुद्ध राष्ट्रिय एकताका साथ अगाडि बढ्नुपर्ने बेला पार्टी विभाजन र सत्ताको खेलमा लागेर प्रधानमन्त्रीले देशमा राजनीतिक विवाद मात्र सिर्जना गर्नुभएन कानूनसम्मत विपद् व्यवस्थापनको राज्य संयन्त्रलाई समेत निस्क्रिय तुल्याउनु भयो । यस्तो गम्भीर विपद्बारे पार्टीको बैठक बोलाउने र छलफल गर्नेतर्फ कुनै चासो देखाइएन ।
कोरानाको संक्रमण छिमेकी भारत र अन्य देशहरुमा व्यापक भइनसकेको बेला त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउने तर्फ समयमै ठोस कार्ययोजना बनाउनेतर्फ ध्यान दिइएन । सबैतिर कोरोना विषाणुको महामारी फैलिएपछि मात्र विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने कुरा गरियो । मानिसहरुलाई एकान्त (क्वारिन्टिन) मा राख्ने उपयुक्त प्रबन्ध नहुँदा त्यस्ता ठाउँबाट उल्टै संक्रमण फैलिने स्थिति सिर्जना भयो । उनीहरु माथि दुर्व्यवहारबाट त्यहाँ महिला हिंसा र आत्महत्याका घटना हुनथाले । कोरोना विषाणुको संक्रमण महामारीको रुपमा देशभरी फैलिएको छ । स्वास्थ्य सामग्रीको अभाव छ । रोजगारी समाप्त भई कैयौँ श्रमजीवीहरुले भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको घटनाले नेपालको शिर झुकेको छ ।
◊ बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले संघीय समाजवादी पार्टी, नेपाललाई विभाजित गरी संसदमा आफ्ना पक्षधरहरुको संख्या बढाउने र त्यसलाई आवश्यकता अनुसार आफ्नो स्वार्थमा उपयोग गर्ने आशयका साथ अध्यादेश ल्याएर कानून परिवर्तन गर्नु आश्चर्यजनक र आपत्तिजनक थियो । अध्यादेश ल्याइनु पूर्व पशुपति क्षेत्रमा रहेको एउटा होटलमा गुटको भेला गरी पार्टीमा एकलौटी रुपमा कब्जा जमाउने र त्यसो गर्न नसकिए छुट्टै पार्टी खोल्नेसम्मको आपत्तिजनक रणनीतिका साथ आफ्ना निकटस्थहरुलाई अरु नेताले पार्टी विभाजन गर्न लागेकाले अध्यादेशको आवश्यकता पर्नगएको झुटा कुरा प्रेषित गरियो । यस्तो कार्य पार्टी एकता, नेकपा पंक्ति र नेपाली जनताको भावना विपरीत थियो । स्थायी कमिटीका २० जना सदस्यहरुले सामुहिक रुपमा हस्ताक्षर गरी अध्यादेश फिर्ता लिने माग गर्दै तत्काल बैठकको माग गरेको तथा राजनीतिक, बौद्धिक, कानूनी क्षेत्र, सञ्चार जगत र जनसमुदायको व्यापक विरोधको कारण उक्त अध्यादेश फिर्ता भएको जगजाहेर छ । अध्यादेश फिर्ता भएपनि देश कोरोना महामारीका विरुद्ध लड्न बन्द र बन्देजको अवस्थामा रहेको र सबै राजनीतिक गतिविधिहरु ठप्प भएको विषम परिस्थितिमा त्यस्तो अध्यादेश किन ल्याइयो, त्यसका पछिको आशय र योजना के थियो एवं त्यसको कोरोना संक्रमण रोक्ने कार्यसँग के साइनो थियो र अध्यादेश फिर्ता लिन बाध्य भएको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले किन लिनुभएन भन्ने प्रश्न अनुत्तरित नै छन् । यस्तो कार्यबाट पार्टीको गरिमा र लोकप्रियतामा धक्का लागेको छ ।
◊ प्रधानमन्त्रीले आरम्भमा नै राज्यका कतिपय निकायहरुलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत आफ्नो अधीनमा ल्याउनुभयो । स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद भंग गर्ने, संकटकाल लागु गर्ने, द्वन्द्वकालीन मुद्धाहरुलाई निहित उद्देश्यका लागि दुरुपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउने प्रयास गर्नुभएको कुरा बाहिर आयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विमति राख्नेहरुसँग प्रतिशोध साँध्न दुरुपयोग गर्न खोजिएको कुरा चर्चामा आयोे । यसले नेपाली जनताले झण्डै दुई तिहाई मत दिएर बनेको सरकार कमजोर, अनुत्तरदायी र अयोग्य रहेको एवम् कानूनी शासनको मान्यताबाट विचलित हुनथालेको सन्देश जनतामा गयो । जनतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजनीतिक प्रणालीप्रति नै वितृष्णा उत्पन्न हुनसक्ने खतरा उत्पन्न भयो । सरकार संचालनका दुई वर्षको अवस्था हेर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओली पूर्णरुपले असफल देखिनुुभयो ।
◊ “मुलुकको सामाजिक–आर्थिक रुपान्तरणको लागि पहिलो शर्त राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता एवम् राष्ट्रिय हितको रक्षा तथा सुदृढीकरण हो भन्ने कुरालाई सर्वोपरी राखिनेछ । वाह्य हस्तक्षेप र प्रभावबाट मुक्त गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्ने नीति दृढतापूर्वक अवलम्बन गरिनेछ” भन्ने राजनीतिक प्रतिवेदनमा उल्लेखित पार्टीको सैद्धान्तिक मान्यता तथा नेपालको संविधानले मार्ग निर्देशन गरेको स्वतन्त्र परराष्ट्र नीतिसँग अमिल्दा कार्यहरु गरियो । उहाँ राष्ट्रियतासँग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिनुभयो र विदेश मामिला र कूटनीतिमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पुर्याउनुभयो ।
देशभक्तिपूर्ण आवाजलाई प्रश्रय दिनुपर्नेमा राष्ट्रियताको पक्षमा उठेका आवाजहरुलाई खिसीट्युरी गर्ने र हतोत्साही तुल्याउने कामहरु भए । संयुक्त सैनिक अभ्यासदेखि अध्यादेश प्रकरणसम्म आइपुग्दा राष्ट्रियता बलियो पार्ने दृष्टिकोणभन्दा पनि कथित विश्वसनीयताको बहानामा आफ्नै पार्टीका सार्वजनिक प्रतिवद्धता र घोषणाहरुको पक्षपोषण गरिएन । असमान सन्धि सम्झौताहरुबाट देशलाई मुक्त गर्ने सात दशकदेखि नेपाल कम्युनिष्ट पार्टीले अवलम्व गर्दै आएको नीति र उद्देश्यतर्फ कुनै प्रयास गरिएन ।
◊ नेपालको भारतद्वारा अतिक्रमित भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नक्सा प्रकाशित गर्न पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीबाट प्रस्ताव पारित गरी दिइएको निर्देशनलाई लामो समयसम्म कार्यान्वयन गरिएन । नेपालको अतिक्रमित भू–भाग समावेश गरी नेपालको नक्सा प्रकाशित गर्न संसदीय समितिहरुले दिएको निर्देशन, सांसदहरु तथा जनसमुदायबाट व्यापक रुपमा उठेको मागप्रति चासो राखिएन । नक्सा प्रकाशन गर्न उठेको मागप्रति ब्यंग्य गरियो । नेपालका भूभागलाई भारतले आफ्नो भनी नक्सा प्रकाशित गर्दा र कालापानी क्षेत्रमा सडक निर्माण गरी त्यसको उद्घाटन गर्दासमेत भारतसँग उच्च राजनीतिक र कूटनीतिक तहमा वार्तासम्म भएन । जनता र जनप्रतिनिधिहरुको व्यापक दवाव तथा नेपाल सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने दिन बिहान बोलाइएको सचिवालयको बैठकमा सचिवालयका सदस्यहरुले नेपालको अतिक्रमित भू-भाग समेटेर नक्सा प्रकाशित नगरिएकोमा आपत्ति गर्नुका साथै नीति तथा कार्यक्रममा नक्सा प्रकाशित गरिने प्रतिवद्धता गरिनुपर्नेमा जोड दिनुभएपछि सोही अनुरुप गर्न प्रधानमन्त्री कमरेड के.पी. शर्मा ओलीले सम्वद्ध अधिकारीलाई निर्देशन दिनुभएको हो । यस्तो यथार्थको विपरीत, स्थायी कमिटीको बैठक जारी रहेको स्थितिमा एउटा सार्वजनिक कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपालको नक्सा निकाल्दा भारतसँग मिलेर नेपालका नेताहरुले आफूलाई पदबाट हटाउन खोजेको भनी प्रधानमन्त्रीले जनतामा भ्रम सिर्जना गर्ने प्रयास गर्नुभयो । त्यसले नेपाली जनताको सार्वभौमसत्ता र नेकपाको स्वतन्त्र आत्मनिर्णयको अधिकारको अपमान भएको छ । यसप्रकारको गम्भीर विषयमा स्थायी कमिटीको बैठकमा तथ्य प्रस्तुत गरी छलफल गर्नुपर्नेमा उहाँले सार्वजनिक रुपमा भाषण गर्ने गैरजिम्मेवार काम गर्नुभयो । उहाँले दिनुभएको अभिव्यक्तिबारे तथ्य विवरण पेश गर्न स्थायी कमिटीको बैठकमा माग गर्दा उहाँले कुनै तथ्य विवरण पेश गर्नसक्नु भएन ।
◊ प्रधानमन्त्री क. केपी शर्मा ओलीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्णरुपमा गुमराहमा राख्नुभयो । पहिलेको सम्झौताभन्दा राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्नेगरी पार्टीबाट गोप्य राखेर कार्यान्वयन सम्झौता गर्नुभयो । कार्यान्वयन सम्झौताले मूल सम्झौताका कतिपय प्रावधानलाई समेत परिवर्तन गरेको छ । संसदमा अनुमोदनका लागि विचाराधीन सम्झौताबारे निर्णय नहुँदै सम्झौताका प्रावधानमा संशोधनका लागि अर्थमन्त्रीद्वारा एमसीसीसँग गोप्यरुपमा पत्राचार गरियोे । यसबाट संसदकै विशेषाधिकारको हनन गरियो । एमसीसीसँगको सम्झौताबारे केन्द्रीय कमिटीको दोस्रो बैठकबाट गठित कार्यदलको प्रतिवेदनमा छलफल गर्ने चासो देखाइएन । पार्टीको कुनै निकायमा जानकारी नगरी बजेट वक्तव्यमा र १५औँ पञ्चवर्षीय योजनामा एमसीसी अन्तरगतको आयोजनालाई समावेश गरियो । स्थायी कमिटीको बैठकमा एमसीसीसँगको सम्झौताबारे कार्यसूची रहेको बेला पार्टीमा कुनै छलफल नगरी उक्त सम्झौता अगाडि बढाउन सरकार तयार रहेको र हाल त्यसम्बन्धी काम स्थगित रहेको भन्ने पत्र अमेरिकी सरकारलाई पठाइयो र हठात् संसदको अधिवेशन समाप्त गरियो । यस्तो कार्य नेपालको राष्ट्रिय हित र सुरक्षाप्रति गैरजिम्मेवार हुने प्रवृत्तिको द्योतक हो ।
◊ धेरै लामो समयपछि प्रतिनिधिसभाको राज्यव्यवस्था समितिबाट अगाडि बढाइएको नागरिकता सम्बन्धी विधेयकको प्रतिवेदन संसदमा पेश हुन नपाउँदै संसदको बैठक स्थगित गरियो । नागरिकता सम्बन्धी विधेयक र नेपालको अतिक्रमित भू–भागबाट भारतीय फौज हट्नुपर्ने, कोराना संक्रमणबाट देशवासीको सुरक्षाका लागि राष्ट्रिय एकताका साथ अग्रसर हुनुपर्ने लगायतका थुप्रै महत्वपूर्ण विषय संसदमा छलफल हुनुपर्नेमा संसदमा काम नभएको झुटो कुरा गरियो । आम नेपाली जनतालाई प्रभावित गर्र्नेे भूमि सम्बन्धी कानून र आयोग, संवेदनशील सामाजिक–सांस्कृति क्षेत्रलाई प्रभावित गर्ने गुठी सम्बन्धी कानून, प्रेस सम्बन्धी कानून विधेयकको रुपमा ल्याउँदा पार्टीमा कुनै छलफल गरिएन । फलस्वरुप यस्ता कानूनको आमरुपमा व्यापक प्रतिवाद भयो र सरकारले पछि हट्नुपर्ने स्थिति उत्पन्न भयो । यसले नेपाल कम्युनिष्ट पार्टीप्रतिको जनसमर्थन घटाउने काम गरेको छ ।
◊ शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्व पूरा गर्नुपर्ने पार्टीको पटक–पटकको निर्णय तथा देशको आवश्यकताप्रति प्रधानमन्त्री उदासिन देखिनुभयो । देशमा द्वन्द्वकालीन अन्तरविरोधको स्थिति यथाशक्य छिटो समाप्त गरिनुपर्नेमा सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्नसक्ने वातावरण नबनाई द्वन्द्वकालीन मुद्दाहरुलाई राजनीतिक उद्देश्यका लागि उपयोग गर्ने बाह्य खेललाई बल पुग्ने किसिमको व्यवहार देखाइयो ।
४. स्थायी समितिको पछिल्लो बैठकका निर्णयहरुमाथि प्रहारः–
लामो बहस र संघर्षपछि पार्टीलाई फुटबाट बचाउने प्रयासस्वरुप कमरेड महासचिवको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरी त्यसको प्रतिवेदनका आधारमा स्थायी कमिटीले ठोस प्रस्ताव पारित गर्यो । तर, कमरेड केपी ओलीले अ.पा.नी. तयार पार्दा नै उक्त निर्णयप्रति मुख्यतः दुई अध्यक्षको कार्यविभाजनमा असहमति जनाएर विरोध गर्नुभयो । आफैंले पहिले सहमति जनाएको र सचिवालय र स्थायी कमिटीबाट सर्वसम्मतरुपमा पारित भइसकेको विषयमा आपत्ति गरेर कमरेड ओलीले स्थायी कमिटीका निर्णय नमान्ने संकेत गर्नुभयो । यद्यपि कार्यदलले काम अगाडि बढाउँदै गर्दा र कुनै विवादास्पद निर्णय नगर्न नेतृत्वलाई आग्रह गर्दा समेत उहाँले प्रेस काउन्सिल, समाज कल्याण, राजस्व बोर्ड आदिमा कमरेड प्रचण्ड लगायतका नेताहरुका विरुद्ध तल्लोस्तरमा उत्रेर गाली–गलौज गर्ने पात्रहरुलाई छानीछानी नियुक्ति गरेर आफू कार्यदलप्रति गम्भीर नरहेको जनाउ दिइसक्नुभएको थियो । मन्त्रिमण्डलको पुनर्गठन गर्दा सहमतिबाट गर्ने स्थायी कमिटीको निर्णयको मर्म र भावना विपरित एकलौटी गर्ने र अन्य पक्षभित्र षडयन्त्रमूलक चलखेल गर्ने प्रयास गर्नुभयो । राजदूत लगायत अन्य राजनैतिक नियुुक्तिबारे सचिवालयमा छलफल गरेर मात्र अन्तिम निर्णय लिनुपर्छ भन्ने कमरेड प्रचण्डको प्रस्तावमा सहमति जनाएर पनि व्यवहारमा एकलौटी ढंगले नियुक्ति गर्ने काम जारी राख्नुभयो । स्थायी कमिटीको बैठकले प्रतिष्ठानमार्फत भइरहेका गुटबन्दीजन्य काम रोक्ने निर्णयका वावजुद देशव्यापीरुपमा मदन भण्डारी फाउण्डेसनका नामबाट पार्टी विरोधी प्रचार र गुटबन्दी बढाइनै राखिएको छ । प्रदेश सरकारको पुनर्गठन थपघट सहमतिबाट गर्ने निर्णय विरुद्ध कर्णाली प्रदेशमा दल नेताका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कार्यमा परोक्ष प्रोत्साहन गरेर वा त्यसलाई रोक्ने काममा अरुची देखाएर कमरेड ओलीले गुटबन्दी र अराजकतालाई नै प्रोत्साहन दिने काम गर्नुभयो ।
कोभिड–१९ बढ्दा संक्रमण र त्यस सम्बन्धी गलत सरकारी नीतिका कारण जनताले पाइरहेको पीडा तथा गरीब र श्रमजीवि जन–समुदायलाई राहत दिनेबारे छलफल गर्न सचिवालयको बैठकको माग गर्दा समेत बेवास्ता गरियो ।
नेपालको इतिहासमै पहिलो पकट कुटनैतिक मूल्य मान्यता र प्रधानमन्त्रीको प्रोटोकल विपरित भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुखसँग समकक्षीका रुपमा वार्ता र प्रेस नोट जारी गरेर नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाभीमान माथि गम्भीर आघात पुर्याउने कार्य गरियो । यस सम्बन्धी कमरेड ओलीको अपारदर्शी अमर्यादित व्यवहारले उहाँको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको छ । यसले पार्टी र सरकारलाई ठूलो क्षति पुर्याएको छ । यसै बीचमा पर्सा जिल्लाको विन्धवासिनी गाउँपालिकाको पार्टी कमिटीको सपथग्रहण कार्यक्रममा केही अवाञ्छित तत्वहरुको सांघातिक आक्रमणमा परी त्यसै पालिकाका पार्टी सचिव कमरेड मुकेश चौरसियाको मृत्यु भयो । हत्यामा सम्लग्न आपराधिक तत्वहरुका विरुद्ध जाहेरी दर्ता गर्ने क्रममा प्रदर्शित व्यवहारले पनि कमरेड ओलीको पार्टी एकता विरोधी गुटबन्दी चरित्रलाई नै देखाएको छ ।
यस बीचमा पार्टी एकताका बाँकी काम पूरा गर्नेतिर होइन देशभरि नै फाउण्डेसनका नाममा गुट चलाउने र भोटर लिष्टका आधारमा प्रत्येक जिल्लामा हजारौँका संख्यामा सदस्यता वितरण गर्ने तथा पार्टी फुटको आधार तयार पार्ने काममा सक्रियता देखाइएको छ । अहिले त उहाँ आफै फुटका पक्षमा खुल्ला वकालत गर्न थाल्नुभएको छ । स्थायी कमिटीको बैठकपछिका कमरेड ओलीका उपरोक्त व्यवहारहरुले व्यक्तिवादी अहंकार र गुटबन्दी क्रियाकलाप सच्चाए पार्टी एकता र सहमतिको बाटो तिर होइन गुटवादी र फुटवादी दिशातिर नै अगाडि बढिरहेको तथ्यलाई स्पष्ट गर्दछ ।
५. निष्कर्ष
साँचो अर्थमा मार्क्सवाद-लेनिनवादलाई निर्देशक सिद्धान्त मान्ने, समाजवाद उन्मुख जनताको जनवाद हुँदै समाजवादी रणनीतितर्फ अगाडि बढ्ने संगठनात्मक सिद्धान्त र विधि–पद्धति अनुसार चल्ने दलाल नोकरशाही पूँजीवादका विरुद्ध राष्ट्रिय पूँजीको विकास गर्ने, सामाजिक न्यायसहित समाजवादी अर्थतन्त्रको बीउ रोप्ने, नेपाली समाजको ऐतिहासिक विकासक्रम, नेपाली कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरुको नयाँ वैचारिक संश्लेषण गर्ने स्पिरिटमा पार्टी र देश निर्माणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक छ । म आशा गर्दछु कि कमरेड केपी ओलीले प्रमुख रुपमा गम्भीर आत्मसमीक्षा र आत्माआलोचना गर्दै पार्टी एकता र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुहुनेछ । धन्यवाद !
२०७७ साल कार्तिक २७ गते
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-70884096847572248242020-11-09T19:13:00.000-08:002020-11-09T19:13:27.424-08:00इतिहासका अनुभव र २१ औं शताब्दीमा जनवादको विकासबारे
क्रान्ति र प्रतिक्रान्तिका प्रचुर अनुभवहरूद्वारा समृद्ध विश्वसर्वहारा आन्दोलनको वैज्ञानिक संश्लेषण गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्नु मार्क्सवाद –लेनिनवाद–माओवादका शिक्षाको मूलभूत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिलाई नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रारम्भदेखि नै मालेमाका शिक्षालाई जडसूत्रका रूपमा होइन, कामको सजीव मार्गदर्शका रूपमा सिर्जनात्मक प्रयोग र विकास गर्ने कुरामा जोड दिंदै आएको छ । नेपाली क्रान्ति ठोस परिस्थितिअनुसार मालेमाका शिक्षाहरूको प्रयोग र विकास गर्ने यो महान् प्रक्रियामा हामीले दक्षिणपन्थी संशोधनवादका साथै जडसूत्रीय संशोधानवादका विरुद्ध समेत निरन्तर सङ्घर्ष गर्दै आएको छौँ । वर्गसङ्घर्षको आवश्यकतासँग अभिन्न रूपले गाँसिएको विचारधारात्मक सङ्घर्ष प्रक्रियाले महान् जनयुद्धको विकासलाई एकपछि अर्को छला¨ हान्दै सात वर्षको अवधिमा विकासको आजको चरणसम्म ल्याइपु¥याएको छ । वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको यही विकास प्रक्रियाले नै नेपाली क्रान्तिको विशिष्ट विचार शृङ्खलाका रूपमा प्रचण्डपथ आविष्कार भएको संश्लेषण पार्टीले गरिसकेको छ ।
यहाँ कुन कुरा विशेष रूपले महत्वको छ भने पार्टीले आफ्ना सैद्धान्तिक, व्यावहारिक सङ्घर्षको प्रस्थानविन्दु सर्वहाराक्रान्तिको विज्ञानको सर्वोच्च संश्लेषणका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्ने महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई बनाउँदै आएको छ । यसको अर्थ प्रतिक्रान्तिलाई रोक्ने सैद्धान्तिक आधारका रूपमा सर्वहारवर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिलाई आत्मसात् गर्नु तथा पार्टीको निरन्तर सर्वहाराकरणको निम्ति तीन गर, तीन नगर’ को सैद्धान्तिक मान्यताको आधारमा वैचारिक सङ्घर्ष अगाडि बढाउनु हो । यही मूलभूत सैद्धान्तिक मान्यताबाट कुनै पनि विचलन सर्वहारा आन्दोलनबाट हुने कुरामा हाम्रो पार्टी दृढ रहँदै आएको छ तर यसको अर्थ २१ औं शताब्दीको क्रान्तिको आवश्यकताका सन्दर्भमा बनिबनाउ र पूर्णउत्तरको जड् अर्थमा यसलाई ग्रहण गरियो भन त्यो आफैँमा मालेमा र सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षाविपरीत हुने कुरा स्वतः स्पष्ट छ ।
महान् सर्वहारा सांस्कृतिक क्रान्तिसम्मको संश्लेषणले विश्व सर्वहारावर्गलाई मालेमाको सैद्धान्तिक हतियारले लैस अवश्य गराएको छ तर कमरेड माओको मृत्युपछि चीनमा पुँजीवादको पुनःस्थापना भयो र दुनियाँमा एउटा पनि समाजवादी सत्ता बाँकी रहेन । यसबाट विश्वसर्वहारा आन्दोलनले बेहोरेको एउटा ठूलो धक्का र विश्व परिस्थितिमा आएको एउटा ठूलो नकारात्मक परिवर्तनलाई अस्वीकार गर्नु मनोगत विचलनमात्र हुनेछ । वस्तुगत रूपले साम्राज्यवाद र सर्वहाराक्रान्तिको युग तथा क्रान्ति नै विश्वको मूल प्रवृत्ति रहेको यथार्थमा कुनै परिवर्तन आएको छैन । यसको अर्थ सत्ताको सङ्घर्षमा चीनमा प्रतिक्रान्तिसम्म आउँदा सर्वहारावर्गले ठूलो आत्मगत पराजय भोग्नुपरेको यथार्थलाई अवमूल्यन गर्नु तथा ती पराजयहरूबाट शिक्षा लिएर भावी दिनमा प्रतिक्रान्ति रोक्ने तैयारीलाई गम्भीरतापूर्वक नलिने भन्ने कुरा हुन सक्दैन । आजको विश्वक्रान्ति एवम् कुनै निश्चित देशको क्रान्तिका सन्दर्भमा सर्वहारावर्गको राजनीतिक अग्रदस्ताका अगाडि एउटा ठूलो प्रश्नका रूपमा यसको जवाफ दिने आवश्यकता टड्कारो रहेको छ ।
त्यसैगरी २१ औं शताब्दीमा प्रवेशसँगै विश्वमा विज्ञान र प्रविधि मुख्यतः इलोक्ट्रोनिक सुचना–प्रविधिमा अभूतपूर्व तीब्रताका साथ विकास भएको छ । यो अद्भूत विकासले जसरी विश्वलाई विविध रूपमा प्रभावित पारेको छ, यसले अनिवार्य रूपमा सर्वहाराक्रान्तिको राजनीतिक र फौजी रणनीतिमा परिमार्जन र विकासको माग गरिरहेको छ । विश्वको कुनै पनि कुनामा हुने सकारात्मक वा नकारात्मक परिघटनाको विश्वव्यापी रूपमा हुने आजको जस्तो तीब्र, घनीभूत एवम् प्रत्यक्ष संवेदनात्मक प्रभाव मानवजातिको इतिहासमा पहिला कहिल्यै पर्ने गरेको थिएन । यसरी प्रतिक्रान्तिका अनुभवहरूले हामीलाई विगतका क्रान्तिमा रहन गएका सीमा र कमजोरीबाट शिक्षा लिन प्रेरित गर्दछन् भने विज्ञानको प्रविधिमा भएको विकासले हामीलाई क्रान्तिका रणनीति र कार्यनीतिमा सिर्जनात्मक विकास गर्न प्रेरित गर्दछ । मानवसमाजको युगीन विकासका दृष्टिले आज पनि विश्वसाम्राज्यवाद र सर्वहाराक्रान्तिको युगमा नै रहेको भएता पनि आत्मगत र वस्तुगत परिस्थितिमा आएको उपर्युक्त महत्वपूर्ण परिवर्तनहरू नै आजको सर्वहाराका अगाडि ठोस परिस्थितिको ठोस विश्लेषण र आधारमा आफ्ना विचार रणनीतिहरूलाई विकास परिमार्जन गर्नुपर्ने आवश्यकता उपस्थिति भएको छ ।
इतिहासका अनुभव, वर्तमान विश्व परिस्थितिको विश्लेषण एवम् जनयुद्धका पाँच वर्षका सजीव अनुभवसमेतका आधारमा पार्टीको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनले कयौं महत्वपूर्ण र राजनीतिक र फौजी संश्लेषण गरेको छ । त्यो संष्लेशित विचारको साढे दुई वर्षमा भएको घनीभूत प्रयोगद्वारा जनयुद्धको विकासमा प्राप्त गुणात्मक सफलता नै त्यसको वैज्ञानिकता प्राप्त प्रमाणित गरेको छैन, अपितु उच्च वैचारिक, राजनीतिक र फौजी संश्लेषणका निमित्त मजबुत आधारसमेत तयार भएको छ । दोस्रो राष्ट्रिय सम्मेलनदेखि आजसम्मको नेपाली वर्गसङ्घर्षको विकास एवम् ११ सेप्टेम्बरदेखि इराक युद्धसम्म विकास भएको विश्व परिस्थितिको आधारमा जनवादी क्रान्तिको रणनीतिमा विकास परिमार्जन आवश्यक छ । यस सन्दर्भमा पार्टी, सेना, सत्ता र जनसमुदायको सम्बन्धबारे निम्न कुराहरू विशेष रूपले विचारणीय रहेका छन् ः
पार्टी :
२० औं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरूद्वारा कुन कुरा निकै निर्मम ढ¨ले प्रदर्शित भएको छ भनेर राज्यसत्ता कब्जा गरिसके पछिको अवस्थामा पार्टीको सर्वहारावर्गीय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारण रूपले कठीन हुन जान्छ । क्रान्तिकालमा पार्टीभित्र र बाहिर दायावाया वामपन्थी विचलनका विरुद्ध निम्न विचारधारात्मक सङ्घर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र बलिदानका अद्भूत कृतिमान कायम गर्दै विजयी बनेका पार्टीहरू राज्यसत्ता कब्जा गरिसकेपछि तुलनात्मक रूपले सहजै र विश्वको सबै पार्टीहरू छोटै अवधिमा नोकरशाही संशोधनवाद जनताबाट अलगथलग र प्रतिक्रान्तिकारी पार्टीमा बदलिन पुगे ? निश्चय नै महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ तर ती आधारभूत सिद्धान्तहरूले प्रतिक्रान्तिलाई रोक्ने गरी प्रयोग गनेृ सङ्गठनात्मक सिद्धान्त र विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छन् । यो प्रश्न पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्ष र सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो । अनुभवले सावित गरेको छ कि राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरू राज्यसत्ता सञ्चालनमा मात्र संलग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई नोकरशाही, पदलोलुपता र सुविधासम्पन्न वर्गमा परिणत गर्ने खतरा तीब्र र प्रवल बनेर जान्छ । यसप्रकारको खतराको तीब्रता र प्रवलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलगथलग बन्दै जान्छ । त्यो प्रक्रिया आफ्ने विकासको एउटा निश्चित बिन्दुमा पुगिसकेपछि त्यो अनिवार्य रूपले प्रतिक्रान्तिमा बदलिन पुग्दछ । प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नको लागि दुई लाइन सङ्घर्ष र निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारावर्ग र श्रमजीवि जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने सङ्गठनात्मक विधि र मान्यताको अझै विकास गर्नु जरुरी छ । यसका लागि पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरूदेखि कार्यकर्ताहरूसम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता सञ्चालनमा लाग्ने निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरी सि¨ो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ । प्रारम्भदेखि नै पार्टीले र उसको नेतृत्वअन्र्गत राज्यसत्ताले जनसमुदायसँग घनिष्ट सम्बन्ध कायम गर्ने, दुःखकष्ट र फारोतिनो सर्वहाराशैली अपनाउने तथा साम्यवादी उद्देश्यका निम्ति सम्पूर्ण रूपले समर्पित रहने, पार्टी, नेता र कार्यकर्ताहरूलाई प्रेरणा र आदर्शका रूपमा प्रस्तुत गर्ने तथा पदको दुरुपयोग गर्ने, जनसमुदायमाथि हैकम चलाउन खोज्ने, सुविधाभोगी एवम् पदलोलुप प्रवृत्ति, नेता एवम् कार्यकर्ताहरूविरुद्ध निर्मम विचारधारात्मक सङ्घर्षका साथै जनसमुदायमा न¨्याउने नीति एवम् संरचानाको विकास गर्न जोड लगाउनैपर्दछ । यससन्दर्भमा पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षमा राज्यको बल प्रयोग प्रवृत्तिलाई निरुत्साहित गर्ने तथा सही र गलतको फैसला वैचारिक सङ्घर्षको बीचबाट आमकार्यकर्ता र जनसमुदायद्वारा गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनुपर्दछ । पार्टीभित्र र बाहिर निश्चित विद्रोह न्यायसङ्गत हो वा होइन भन्ने कुराको फैसला गर्ने अधिकार आमकार्यकर्ता र जनसमुदायमा रहने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ ।
सेना :
२०औं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिको अनुभवहरूले कुन कुरालाई स्पष्टसँग प्रदर्शित ग¥यो भन्ने सर्वहारावर्गीय सही क्रान्तिकारी विचार, नीति र योजनाको आधारमा अगाडि बढ्दा करिब शून्यको स्थितिबाट जनसमुदायले दुश्मनको अत्याधुनिक र शक्तिशाली सेनालाई धुलापिठो पार्न सक्ने अपराजय जनसेनाको विकास गर्नु सक्दो रहेछ तर पाटीृका गलत विचार हावी भएमा त्यही सेना प्रतिक्रान्तिको हतियार बन्न पुग्दो रहेछ । अनुभवले जनसेनाका सन्दर्भमा पनि के सावित गरेको छ भने क्रान्तिपूर्वको कमजोर कठीन घडीमा त्याग, तपस्या, वीरता र बलिदान र वैचारिक निष्ठासहित जनसमुदायसँग एकाकार हुँदै दुश्मनका विरुद्धको युद्धमोर्चामा अपराजय सावित हुने जनसेना राज्यसत्ता कब्जा भइसकेपछि क्रमशः व्यारेकमा विशेष व्यवस्थाअन्तर्गत रहने बुर्जुवा आधुनिक नियमित सेना बन्ने प्रवृत्ति प्रवल हुँदै जाने भौतिक परिवेश बन्दछ । सर्वहारावर्गीय विचार एवम् जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा रहने कुरालाई सुनिश्चित गर्ने विधि र संरचनाको विकास गर्नु नसक्ने हो भने त्यो प्रवृत्ति झ्याङ्गिंदै गएर एउटा निश्चित विन्दुमा पुगेपछि सेना स्वाभाविक रूपले प्रतिक्रान्तिको सेवा गर्ने हतियारमा परिणत हुन पुग्दछ । उपर्युक्त स्थितिको पुनरावृत्ति हुनबाट रोक्नको लागि प्रारम्भदेखि नै जनसेनामा वैचारिक राजनैतिक कामलाई सर्वाधिक महँवका साथ सञ्चालन गर्ने र प्रतिक्रान्तिका विरुद्ध विद्रोहको चेतनाद्वारा सि¨ो सैन्य पङ्क्ति एवम् आम–जनसमुदायसम्मलाई सुसज्जित पार्ने कुरालाई जोड दिनुपर्दछ । यसका साथै २१औं शताब्दीका जनसेना भनेको राज्यसत्ता कब्जा गरिसकेपछि निश्चित व्यारेकमा बसेर विशेष तालिम र हतियारद्वारा आधुनिक बन्ने प्रक्रियामा होइन, जनसमुदायलाई नै सैनिकीकरण गर्ने तथा आमजनसमुदायकै सेवा गर्ने क्रान्तिकारी संवाहक बनिराख्ने कुरामा सुनिश्चित गर्नुपर्दछ । वैचारिक र भौतिक दुवै दृष्टिले सशस्त्र जनसमुदायको विकास गरेरमात्र वैदेशिक प्रतिक्रियावादी हस्तक्षेपको प्रतिरोध गर्न एवम् प्रतिक्रान्तिलाई रोक्न सकिन्छ भन्ने कुरामा अहिलेदेखि नै सैनिक पङ्क्तिमा स्पष्ट दृष्टिकोण विकास गर्न जोड लगाउनुपर्दछ । विद्रोहको अधिकार प्रयोग गर्न सचेत सशस्त्र जनसमुदायको विकास गर्ने ऐतिहासिक दायित्व पूरा गर्ने कार्यभार नै २१औं शताब्दीको जनसेनाको प्रमुख कार्यभार हुन पुग्छ ।
राज्यसत्ताबारे :
सर्वहारवर्गको राजनीतिक पार्टीको नेतृत्वमा जनयुद्धद्वारा राज्यसत्ता कब्जा गर्ने क्रान्तिको केन्द्रीय प्रश्न हिजो र आज पनि महान् र कष्टसाध्य प्रश्न अवश्य रहेको छ तर २०औं शताब्दीका अनुभवहरूले स्पष्ट गरेका छन् कि राज्यसत्ता कब्जा गर्ने प्रश्नभन्दा पनि राज्यसत्ताको निरन्तर जनवादीकरण गर्दै त्यसको विलोपीकरणतिर डो¥याउने प्रश्न अझै हजारौंगुणा कठीन र जटिल हुने गर्दछ । एकै शताब्दीमा विश्व थर्काउँदै रुस, चीनलगायतका देशमा भएका महान् क्रान्तिहरूको सफलता एवम् शक्तिशाली विश्व समाजवादी कित्ताको विकास र भयानक प्रतिक्रान्तिका घटनाक्रमहरू हुँदै विश्वमा एउटा पनि समाजवादीसत्ता बाँकी नरहेको यथार्थले विषयको महत्व र गम्भीरतालाई दर्शाउँछन् ।
आखिर पुँजीवादी साम्राज्यवादले आफ्नो सैनिक फासीवादी सारतत्वलाई तथा कथित प्रजातन्त्रको् नकाबले ढाकेर विश्व जनमतलाई भ्रमित पार्न सफल हुन तथा सर्वहारावर्गको आफ्नो जनवादी सारतत्वको बाबजुत राज्यसत्तामा आफ्नो पकड मजबुत गर्न नसक्नुका तमाम ऐतिहासिक र सैद्धान्तिक कारणका बाबजुत आज हाम्रो अगाडि जनवादको विकासको समस्या एउटा ज्वलन्त समस्या बनेर खडा भएको छ । पराजित वर्गदुश्मनका विरुद्ध अधिनायकत्वको आवश्यकता र जनताको जनवादको अभ्यासको आवश्यकताका बीचमा समुचित सन्तुलन कायम गर्ने सन्दर्भमा प्रमुख समस्याहरू के छन् ? जनताको जनवादी अधिनायकत्व वा सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत जनताको जनवाद वा सर्वहारा जनवाद प्रस्तुत औपचारिक, यान्त्रिक र सङ्कीर्ण किन हुन पुग्यो ? यहाँ हाम्रो प्रश्न विश्वका तमाम रूप र र¨का संशोधनवादी र विसर्जनवादीहरूले उठाउने गरेको जनताको जनवादी अधिनायकत्व वा सर्वहारावर्गको अधिनायकत्वको विरोध गरेर बुर्जुवाहरूको औपचारिक प्रजातन्त्रमा फस्ने गद्धारीसँग कुनै सम्बन्ध छैन । हाम्रो प्रश्न यही निरन्तर क्रान्तिको पर्वाह सङ्गठित गर्ने संस्थाका रूपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रित छ । आखिर राज्यसत्ताको व्यापक र सजीव जनवादीकरणको प्रक्रियामा नै वास्तविक जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व सुदृढ हुन सक्दछ । जनवादी केन्द्रीयताको महान् वैज्ञानिक सिद्धान्तको योभन्दा अर्को अर्थ हुन सक्दैन । राज्यसत्ता कब्जा गर्नुपूर्वसम्म जनवादी केन्द्रीयताको सही अभ्यास गरेर राज्यसत्ता कब्जा गर्न सफल हुने पार्टीहरू पनि पछि किन औपचारिक जनवाद र नोकरशाही केन्द्रीयताको सिकार हुन पुगे ? पार्टीभित्र संशोधनवाद हावी भएकोले भन्ने तर्कले मात्र यसको पूरा उत्तर दिंदैन । आखिर द्वन्द्वात्मक भौतिकवादको प्रयोगमा माक्र्सवादीहरूद्वारा भएको यो वा त्यो रूपका कमजोरी पनि यसका जिम्मेवार छन् ।
एउटा निश्चित देश, काल र परिस्थितिमा सर्वहारावादी क्रान्तिकारी रहेको पार्टी र जनवादी वा समाजवादी रहेको राज्यसत्तामा अर्को देश, काल र परिस्थतिमा प्रतिक्रान्तिमा परिणत हुन सक्दछ । त्यो अवस्थामा जनसमुदाय र क्रान्तिकारीहरूले विद्रोह गर्नुपर्दछ भन्ने महान् सर्वहारा सांस्कृतिक क्रान्तिको संश्लेषण आफ्नो ठाउँमा पूरै सही रहेको कुरा स्पष्ट नै छ तर एकपटक एक निश्चित कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी वा समाजवादी राज्यसत्ता स्थापित भइसके, सो पार्टी सधैँ सर्वहारावादी भैरहन्छ भनेझैँ त्यसका विरुद्ध राजनैतिक रूपले जनसमुदायद्वारा स्वतन्त्र रूपमा जनवादी वा समाजवादी प्रतिस्पर्धा गर्ने वातावरण नहुनु, नबनाउनु वा त्यसमाथि प्रतिबन्ध लगाइनुले एकातिर सत्तासीन पार्टीले जनसमुदायको बीचमा कसैसँग राजनीतिक प्रतिस्पर्धा गर्न नपर्ने हँुदै त्यो क्रमशः विशेष सुविधा सम्पन्न यान्त्रिक नोकरशाही पार्टी र त्यसको नेतृत्व राज्यसत्ता पनि क्रमशः यान्त्रिक र नोकरशाही मेसिनरीमा परिणत हुने तथा अर्कोतिर जनसमुदाय औपचारिक जनवादको सिकार भएर क्रमशः उसको असीमित सिर्जनशीलता र गतिशीलताको ऊर्जा कुण्ठित हँुदै जाने खतरा इतिहासमा स्पष्ट देखा पर्ने गरेको छ । उपर्युक्त समस्या समाधानका लागि निरन्तर क्रान्तिको सिद्धान्तअनुसार राज्यसत्तामा जनसमुदायको नियन्त्रण, निगरानी र हस्तक्षेपको प्रक्रियालाई सजीव र वैज्ञानिक ढ¨ले सङ्गठित गर्ने आवश्यकतामा जोड दिनुपर्दछ । यहाँ फेरि पनि प्रश्न दुश्मनका विरुद्ध अधिनायकत्व प्रभावकारिता जनसमुदायको जनवादको अभ्यासको प्रभावकारितामा निर्भर रहने वैज्ञानिक तथ्यलाई द्वन्द्वात्मक ढ¨ले सङ्गठित गर्ने प्रश्न नै हो ।
यसका लागि सामन्तवाद र साम्राज्यवादविरोधी जनवादी राज्यसत्ताको संवैधानिक सीमाभित्र राजनीतिक प्रतिस्पर्धा सङ्गठित गरी कम्युनिस्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण अनिवार्य हुने परिस्थिति निर्माण गरिनुपर्दछ । यदि पार्टीले आफैँलाई निरन्तर क्रान्तिकारीकरण गर्न नसक्ने त्यसको खिलाफमा अर्को क्रान्तिकारी पार्टी वा नेतृत्वलाई राज्यसत्तामा पु¥याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत गरेर मात्र प्रतिक्रान्तिलाई प्रभावकारी ढ¨ले रोक्न सकिनेछ । सामन्तवाद र साम्राज्यवाद विरोधी विभिन्न राजनीतिक दल, सङ्घ, संस्था जसले जनवादी राज्यसत्ताको संवैधानिक व्यवस्थालाई स्वीकार गर्दछन् । उनीहरूको बीचमा कम्युनिस्ट पार्टीलाई सहयोगमात्र गर्नुपर्ने यान्त्रिक सम्बन्धमा होइन, जनताको सेवामा जनवादी राजनीतिक प्रतिस्पर्धा गर्ने द्वन्द्वात्मक सम्बन्धमा जोड दिइनुपर्दछ । स्पष्ट छ कि, यो प्रक्रियामा यदि कसैले जनवादी राज्यसत्ताद्वारा वैधानिक रूपले निर्धारित सीमाको अतिक्रमण गरेमा उसमाथि जनवादी अधिनायकत्व लागु हुनेछ ।
एकपटक राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीले नेतृत्वकाृ हैसियत सावित गर्नु आफ्नो विचारको सतहीपना, जनसमुदायको हितहरूसँग एकाकार हुने आवश्यकता, त्याग, तपस्या र बलिदान एवम् वर्ग र जनताप्रतिको निष्ठा सावित गरिरहन नपर्ने स्थितिको प्रारम्भदेखि नै अन्त गर्न जोड दिनुपर्दछ । राज्यसत्तामा विचार नेतृत्वको केन्द्रीकरणले जनसमुदायको सो निर्णयको अधिकार कटौती गर्ने स्थिति आउन नदिने कुरामा विशेष ध्यान दिनुपर्दछ ।
नेपालको जनवादी क्रान्तिको सन्दर्भमा हामीले वर्गीय, जातीय, क्षेत्रीय एवम लि¨ीय उत्पीडनबाट जनसमुदायको मुक्तिको कुरा गरिहेका छौँ । आत्मनिर्णयको अधिकारसहित जातिय र क्षेत्रीय स्वशासनका कुरा गरेका छौँ । साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको कुरा पनि गरिरहेका छन् । ती अवस्थामा राज्यसत्ताको निरन्तर जनवादीकरणका लागि जनसमुदायको स्वनिर्णयको अधिकारलाई सजीव रूपले सङ्गठित गर्ने कुरामा जोड दिनुपर्दछ । यसरी पार्टी, सेना र राज्यसत्ताको उपर्युक्त प्रकारको समुचित विजकासमा नै २१औं शताब्दीको जनवादले निरन्तर क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर प्रतिक्रान्तिलाई रोक्न सक्नेछ ।
(स्रोत : नेकपा माओवादीको ऐतिहासिक दस्ताबेजहरूबाट )
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-66742695018220555192020-07-24T04:37:00.001-07:002020-07-24T04:37:16.592-07:00ऐतिहासिक दस्तावेज : वास्तविक कम्युनिष्ट पार्टीको निर्माण कसरी गर्ने ? : क. हिम्मत
१) केही महत्वपूर्ण स्वीकारोक्तिहरुः– एकता महाधिवेशनका लागि प्रस्तुत र केन्द्रीय तदर्थ समितिद्वारा पारित यसपटकको ‘राजनीतिक प्रतिवेदन’को एउटा महत्वपूर्ण पक्ष के रहेको छ भने यसले वर्तमान र विगत कम्युनिष्ट पार्टीको चरित्र स्थिति र मुख्य दोषहरुका सम्बन्धमा केही उल्लेखनीय स्वीकारोक्तिहरु पेश गरेको छ। यी स्वीकारोक्तिहरु अत्यन्त महत्वपूर्ण छन्, किनकि यी स्वीकारोक्तिहरु जिम्मेवारीपूर्वक, गम्भीरतापूर्वक र इमान्दारितापूर्वक पेश भएका हुन् भने यही बिन्दुबाट नेपालमा वास्तविक र सही कम्युनिष्ट पार्टीको निर्माणका निम्ति ठीक थालनी हुन सक्छ। ‘राजनीतिक प्रतिवेदन’मा विगत र वर्तमानका कम्युनिष्ट पार्टी, जसमध्ये नेकपा एकता केन्द्र पनि पर्दछ, को चरित्र, स्थिति र मूलभूत दोषहरुबारे जे–जे कुरा स्वीकार गरिएका छन्, ती साँच्चै नै बोध गरिएका हुन् भने र इमान्दारीतापूर्वक भनिएका हुन् भने यहीबाट पार्टीको कायापलट गर्ने पहिलो सही कदम सुरु हुन सम्भव छ।
यी स्वीकारोक्तिहरु दस्तावेजमा विभिन्न सन्दर्भमा विभिन्न ठाउँमा छरिएर रहेका छन्। मैले यहाँ साथीहरुले आफैले दस्तावेजमा दिइएका स्वीकारोक्तिहरुबाट स्वतन्त्र रुपमा निष्कर्ष निकाल्न सजिलो होस् भनेर ती छरपष्ट रुपमा छरिएर रहेका स्वीकारोक्तिहरुलाई एकै ठाउँमा जम्मा गर्ने प्रयत्न गरेको छु। दस्तावेजबाट लामालामा उदाहरणहरु दिनु परेको छ, जुन पढ्नका निम्ति त्यति चाखलाग्दो हुँदैन। यसका निम्ति पहिले नै क्षमा माग्न चाहन्छु।
क) पार्टीको वर्गचरित्रबारेः– के पार्टी एकता गरी सकिएपछिको यो एकीकृत पार्टी वास्तवमा सर्वहारा वर्गको अगुवादस्ता हो ? के यो क्रान्तिको नेतृत्व गर्न सक्षम छ ? यसको नेतृत्व र कार्यकर्ताको वैचारिक र नैतिक साँस्कृतिक स्तर कस्तो छ ? यी सवालहरुका बारेमा ‘राजनीतिक प्रतिवेदन’ले स्पष्ट भाषामा यसरी स्वीकारेको छ :
“पार्टी एकता गरेर हामी पक्कै नै बलियो भएका छौं, यो राम्रो कुरा हो। परन्तु, वास्तविकता यो हो कि क्रान्ति गर्न योग्य नेपाली सर्वहारा वर्गको सच्चा राजनीतिक अग्रदलको निर्माण अझै हुन सकिरहेको छैन। कार्यकर्ता र नेताहरुको वैचारिक धरातल, चेतना र संस्कार आवश्यकताभन्दा धेरै तल छ। उनीहरुको मनोगत सिद्धान्तनिष्टा एवं आत्मोत्सर्गको भावना सर्वहारावर्गीय नैतिक आदर्शले अनुप्राणित बन्न अझ धेरै नै बाँकी छ। वर्तमान युग एवं क्रान्तिका गहनतम् कार्यभार सम्हाल्नका लागि पार्टी अझै असक्षम छ।” (हेर्नुहोस्, राजनीतिक प्रतिवेदनको तात्कालिक नीति र राजनीतिक कार्यदिशा” शीर्षक अंशको क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण भन्ने बुँदा।)
यो निकै महत्वपूर्ण स्वीकारोक्ति हो। पार्टीको वर्ग चरित्रबारेमा यसमा स्पष्ट रुपमा के स्वीकार गरिएको छ भने पार्टी एकता गरेर यसो बलमा मात्र बृद्धि भएको छ। तर, गुणमा यो सर्वहारावर्गको सच्चा अग्रदल बनिसकेको छैन। अर्थात् यो वास्तविक कम्युनिष्ट पार्टी बन्न सकेको छैन। कम्युनिष्ट पार्टीको मुख्य विशेषता हो सर्वहारावर्गको सबैभन्दा वर्ग सचेत प्रतिनिधिका रुपमा उनीहरुका सम्पूर्ण वर्गसंघर्ष र क्रान्तिको नेतृत्व गर्नु। तर, यो पार्टी न क्रान्तिको नेतृत्व गर्न सक्षम छ, न युग र क्रान्तिका गहनतम् कार्यभार सम्हाल्न। यसको कारण के हो भने यसका नेता र कार्यकर्ताको वैचारिक धरातल, चेतना र नैतिक–सांस्कृतिक स्तर नै सर्वहारा वर्गीय छैन। त्यस्तो बन्न अझै धेरै नै बाँकी छ। यसको मतलव यो पार्टी एकता गरेपछि पनि सर्वहारावर्गको आन्दोलनको नेतृत्व गर्न सक्ने अगुवा होइन, आन्दोलनको पुच्छरकै स्तरमा छ।
ख) पार्टीको नेतृत्वबारेः– यो पार्टीको नेतृत्व कस्तो छ ? भन्ने सम्बन्धमा राजनीतिक प्रतिवेदनमा यस्तो स्वीकारोक्ति पेश भएको छ। “क्रान्तिका लागि सुयोग्य एवं चातुर्यिक ढंगले सोच्न सक्ने नेतृत्वको आवश्यकता पर्दछ। क्रान्तिको रथ हाँक्नका लागि क्रान्तिकारी दृष्टिकोणले समृद्ध विवेकी, साहसी र कर्मवीर नेताहरुको खाँचो पर्दछ। आज हाम्रो पार्टीभित्र यस्ता नेताहरुको अभाव छ।” (हेर्नुहोस्, उही दस्तावेजको उही शीर्षक अन्तर्गत संगठनात्मक कामहरु भन्ने बुँदाको नेतृत्व सम्बन्धी प्रश्न भन्ने उपबुँदा।)
राजनीतिक प्रतिवेदनले यसमा के प्रष्टतापूर्वक स्वीकारेको छ भने हामीले क्रान्ति गर्न भनेर पार्टी त बनाएका छौं। तर क्रान्तिको रथ हाँक्नका लागि सुयोग्य र सक्षम नेतृत्व हामीसित छैन। अर्थात् हामीसित औसत औपचारिक नेतृत्वमात्र छ। यो सुयोग्य र सक्षम किन छैन भने योसित कम्युनिष्ट पार्टीको नेतृत्वमा हुनुपर्ने क्रान्तिकारी दृष्टिकोण, मार्क्सवादी विश्व दृष्टिकोण नै छैन। न योसित विवेक, साहस र कर्मवीरताको संयोजन नै छ।
हाम्रो पार्टी लगायत पुरै कम्युनिष्ट आन्दोलनको नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण, नैतिकता र वर्गचरित्र कस्तो छ ? यस सवालका बारेमा राजनीतिक प्रतिवेदनले यस्तो स्वीकारोक्ति पेश गरेको छ।
“हाम्रो आन्दोलनको नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण र दिनचर्या सामन्त र बुर्जुवाहरुको भन्दा खासै फरक पाइँदैन। अझ कतिपय अर्थमा त त्यो जस्तो कि भन्ने गरिन्छ बुर्जुवा मानवतावादीको भन्दा पनि तल रहने गरेको छ। बोलीको ठेगान नहुने, निम्न स्तरको झुटो बोल्ने, अर्थ हिनामिना गर्ने, भ्रष्ट यौन आचरण गर्ने, आफ्ना लागि विशेष सुविधाको माग गर्ने, संगठनमा जालझेल र षड्यन्त्र गरेर नेता बनिरहने, तानाशाही र उदारवादी बन्ने, संगठनलाई आफ्नो व्यक्तिगत पेवा र सम्पत्ति सम्झने, बाहिर सर्वहारा आदर्शको कुरा गर्ने भित्र लुकीछिपी जस्तोसुकै भ्रष्ट काम गर्न पनि पछि नपर्ने जस्ता नितान्त सामन्ती र बुर्जुवा नैतिकता हाम्रो आन्दोलनको नेतृत्वमा छरपस्टै देखा पर्ने गरेका छन्। जबसम्म आन्दोलनको नेतृत्व यस्ता किसिमका घात र व्यक्तिवादी प्रवृत्तिहरुबाट मुक्त हुँदैन, तबसम्म जनतको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाजलाई बदल्ने भन्ने र कुरा ढाँट कुरा र “दिन काट्ने र काल पर्खने” कामसिवाय केही हुँदैन।” हेर्नुहोस्, उही दस्तावेजको नेपाली कम्युनिष्ट आन्दोलनका आधारभूत समस्याहरु शीर्षकको अंश।)
यस स्वीकारोक्तिमा राजनीतिक प्रतिवेदनले के स्पष्टतापूर्वक स्वीकारेको छ भने एकताकेन्द्र लगायत पुरै नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वको जीवनशैली, दैनिक, आचरण, नैतिकता र वर्ग–चरित्र सामन्त र वुर्जुवा नेतृत्वको भन्दा आधारभूत रुपले फरक छैन। कम्युनिष्ट पार्टीहरुमा मानिसहरु नेतृत्वमा त पुगेका छन्। तर, साँस्कृतिक रुपान्तरण विना नै, वर्ग चरित्रको रुपान्तरण विना नै। त्यसैले पार्टीको परिचय–पत्र साथमा नहुने हो भने उनीहरुको जीवनशैली, दैनिक आचरण र वर्ग–चरित्र मात्र हेरेर उनीहरुलाई कम्युनिष्ट भन्ने कुनै आधार भेटिन्नँ। उनीहरु आधारभूत रुपमा सामन्त र वुर्जुवा वर्गका प्रतिनिधिझै नै लाग्छन्। यस्तो नेतृत्वबाट जनताको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाज बदल्ने कुरा असम्भव छ। त्यसैले नेतृत्व यस्तो प्रवृत्ति र वर्ग–चरित्रबाट मुक्त हुनु पर्दछ। यो निकै महत्वपूर्ण स्वीकारोक्ति हो।
ग) पार्टीको विश्वदृष्टिकोण, चिन्तन पद्धति र संगठन सञ्चालनको सिद्धान्तबारेः– के पार्टीको विश्व दृष्टिकोण र चिन्तन पद्धतिका रुपमा मार्क्सवाद–लेनिनवादको व्यवहारमा अभ्यास भइरहेको छ ? के जनवादी–केन्द्रीयताको लेनिनवादी सिद्धान्तका आधारमा पार्टी सञ्चालन भइरहेको छ ? यस सम्बन्धमा दस्तावेजले यस्तो लेखेको छ, “हामीले सिद्धान्ततः मार्क्वाद–लेनिनवाद–माओविचार मानेर पनि, जनयुद्धद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कुरामा राजी भएर पनि, जनवादी केन्द्रीयतालाई बुझ्ने र लागू गर्नेबारे नयाँ ढंगले जानुपर्ने कुरामा सहमत भएर पनि व्यवहारमा त्यस्तो गर्न सकिरहेका छैनौं।” (हेर्नुहोस्, दस्तावेजको तात्कालिन नीति र राजनीतिक कार्यदिशा शीर्षकअन्तर्गत संगठनात्मक कामहरु भन्ने बुँदाको पार्टीको सुदृढीकरणको सवाल भन्ने उपबुँदा।)
यो महत्वपूर्ण स्वीकारोक्तिमा के प्रष्ट रुपमा स्वीकारिएको छ भने पार्टीको विश्व दृष्टिकोण र चिन्तन पद्धतिका रुपमा “मार्क्सवाद–लेनिनवाद–माओविचारलाई सिद्धान्ततः मान्छौं भन्ने कार्य मात्र भएको छ। तर, दैनिक व्यवहारमा त्यो दृष्टिकोण र चिन्तन पद्धतिको आधारमा समस्याको विश्लेषण, समाधान, निर्णयको कार्यान्वयन गर्ने काम भइरहेको छैन। अर्थात् मार्क्सवाद हाम्रो जीवनपद्धति हरेक कामको मार्गदर्शक सिद्धान्त बनेको छैन। व्यवहारमा हाम्रो अरु नै गैरमार्क्सवादी दर्शन अभ्यास भइरहेको छ। त्यस्तै गरी जनवादी केन्द्रीयताको लेनिनवादी संगठन सञ्चालनको सिद्धान्त पनि हामीले व्यवहारमा प्रयोग गर्न सकिरहेका छैनौं। यद्यपि त्यसलाई नयाँ र सही ढंगले बुझ्नुपर्छ भनेर भनिरहेका छौं। अर्थात् हामीले जुन केन्द्रीयता अभ्यास गरिरहेका छौं, त्यो जनवादी छैन र जुन जनवाद अभ्यास गरिरहेछौं, त्यो केन्द्रीयताउन्मुख छैन। हामी यान्त्रिक वा औपचारिक जनवाद र केन्द्रीयताको अभ्यास गरिरहेछौं।
घ) पार्टीको अनुशासनको स्थितिबारेः– पार्टीमा जनवादी केन्द्रीयता अभ्यास भइरहेको छैन भने अनुशासनको पालना कसरी भइरहेछ त ? कस्तो अनुशासन पार्टीमा लागू भइरहेछ ? यसबारे राजनीतिक प्रतिवेदनले यस्तो स्वीकारोक्ति लेखेको छ, “हामी गुटगत स्वार्थबाट माथि उठ्न सकेका छैनौं र हामीले पार्टी अनुशासन होइन, गुटगत अनुशासनको पालना गरिरहेछौं। हामी संस्कारको वृहत कुरा गर्छौं। तर, कम्युनिष्ट संस्कार के हो, अनुशासन के हो त्यसप्रति हाम्रो ध्यान जान्नँ। यदि स्थिति यही नै रह्यो भने समाज बदल्ने कुरा त परै जाओस्, पार्टी एकतालाई नै कसरी धान्ने भन्ने प्रश्न हाम्रा अगाडि गम्भीर प्रश्न बन्न जाने छ र हाम्रो स्थिति देखेर विरोधीहरु हाँस्न थाल्नेछन्।” (हेर्नुहोस्, दस्तावेजको उपरोक्त बुँदा।)
यस स्वीकारोक्तिले के प्रस्ट्याएको छ भने पार्टीमा कम्युनिष्ट पार्टीमा हुनुपर्ने अनुशासन कायमै छैन। पार्टीभित्र गुटहरु छन् र पार्टीमा गुटको अनुशासन हावी भइरहेको छ। अर्थात् पार्टीमा थुप्रै समानान्तर केन्द्रहरु छन्, प्रत्येक गुटहरुले पार्टी अनुशासन होइन, आ–आफ्नो गुटगत केन्द्रको अनुशासन पालना गरिरहेका छन्। यसले गर्दा पार्टी एकता नै कसरी जोगाउने भन्ने गम्भीर समस्या खडा भइरहनेछ। यो स्वीकारोक्तिले अहिलेको एकीकृत पार्टीको अनुशासनको हालत छर्लङ्ग पारेको छ।
ङ) नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासबारे– के नेपाल कम्युनिष्ट पार्टीले विगत ४० वर्षको इतिहासमा सर्वहारावर्गको अगुवाको रुपमा नेतृत्वदायी भूमिका खेल्न सकेको छ ? यस सवालका बारेमा राजनीतिक प्रतिवेदनले यस्तो स्वीकारोक्ति पेश गरेको छ, “नेपाली कम्युनिष्ट आन्दोलनको संगठित इतिहास चार दशकभन्दा बढी लामो भइसकेको छ। यो अवस्था निश्चय नै आन्दोलनका थुप्रै सकारात्मक र नकारात्मक अनुभवहरुले भरिएको छ। यहाँ एउटा क्रान्तिकारी कम्युनिष्टका हैसियतले हामीले निर्भिकतापूर्वक सुरुमै के कुरा स्वीकार गर्नैपर्दछ भने यति लामो इतिहास भएर पनि कम्युनिष्ट आन्दोलनले नेपालमा सामान्य राजनीतिक आन्दोलनमा गुणात्मक महत्वको नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेको छैन। जनतामा व्यापक रुपले बढ्दै गएको कम्युनिष्ट र क्रान्तिप्रतिको आकर्षणलाई समेटेर एउटा स्वतन्त्र एवं सशक्त क्रान्तिकारी आन्दोलन सृष्टि गर्न गत कालमा पार्टी सैद्धान्तिक, राजनीतिक, भौतिक एवं नैतिक रुपले असक्षम रहँदै आएको छ।” (हेर्नुहोस्, दस्तावेजको नेपाली कम्युनिष्ट आन्दोलनको आधारभूत समस्याहरु शीर्षकको अंश।)
यो स्वीकारोक्तिले के कुरा प्रष्टतापूर्वक स्वीकारेको छ भने विगत ४० वर्षको इतिहासमा कम्युनिष्ट आन्दोलनले स्वतस्फूर्त राजनीतिक आन्दोलनमा अगुवाको भूमिका खेल्न सैद्धान्तिक, राजनीतिक र नैतिक सबै हिसाबले असक्षम रहेको छ। यसको मतलव के हो भने कम्युनिष्ट पार्टी विगतमा पनि स्वस्फूर्त आन्दोलनको पुच्छर रहँदै आएको छ। यो वास्तविक कम्युनिष्ट पार्टी हुन सकेको छैन।
यद्यपि यो स्वीकारोक्तिमा केही अन्तरविरोधी कुराहरु छन्, जस्तो कम्युनिष्ट आन्दोलनले विगतमा सशक्त क्रान्तिकारी आन्दोलन सृष्टि गर्न सकेन भनेर पनि भनिएको छ, जनतामा कम्युनिष्टप्रति व्यापक रुपले आकर्षण बढ्दै गएको पनि भनिएको छ। सशक्त आन्दोलन नै सृष्टि नगरेको भए कम्युनिष्टप्रति जनतामा आकर्षण किन बढ्यो ? भन्ने प्रश्न सजिलै उठ्न सक्छ। तथापि विगतमा नेपाली कम्युनिष्ट आन्दोलनले राजनीतिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्न सकेन भन्ने स्वीकारोक्ति निकै महत्वपूर्ण छ। त्यसमा सर्वहारा वर्गको अग्रगामी दस्ताको हैसियतले भन्ने वाक्यांश भने राख्नेका निम्ति छुटेको महशुस हुन्छ।
विगतमा कम्युनिष्ट आन्दोलनको नेतृत्वको वर्गचरित्र, पद्धति र कार्यशैली कस्तो थियो ? यस सम्बन्धमा पनि राजनीतिक प्रतिवेदनले एउटा महत्वपूर्ण स्वीकारोक्ति पेश गरेको छ, “आन्दोलनभित्र सामान्यतः सामन्ती मनोवृत्ति, व्यक्तिवाद, ढुलमुलपन, अराजकतावाद, संकीर्णतावाद, उदारवाद जस्ता नितान्त गैरसर्वहारावादी प्रवृत्तिहरु हावी रहने गरेका छन्।” र, अर्को ठाउँमा “कम्युनिष्ट आन्दोलनभित्र सामन्ती र बुर्जुवा चिन्तन पद्धति र कार्यशैलीको प्रभुत्व रहने गरेको छ।” (हेर्नुहोस्, दस्तावेजको उही अंश।)
यसमा के स्वीकार गरिएको छ भने विगतदेखि हालसम्म पनि नेपाली कम्युनिष्ट आन्दोलनमा र त्यसको नेतृत्वमा सर्वहारा वर्ग चरित्र होइन, गैरसर्वहारावादी वर्ग चरित्र वा प्रवृत्तिहरुकै प्रभुत्व रहने गरेको छ। चिन्तन पद्धति र कार्यशैली पनि सर्वहारा वर्गको होइन, अर्थात् मार्क्सवादी–लेनिनवादी चिन्तन पद्धति र कार्यशैली होइन, सामन्त र वुर्जुवावर्गको रहने गरेको छ, गैरमार्क्सवादी रहने गरेको छ। यसको मतलव के भयो भने पार्टी नेतृत्वलाई आफूलाई विचारधारात्मक र सांस्कृतिक रुपले कम्युनिष्टका रुपमा रुपान्तरण गरी सकेका छैन। तर, भन्नलाई चाहिँ आफूलाई कम्युनिष्ट भन्ने गरेको छ।
च) स्वीकारोक्तिले पैदा गरेको निष्कर्षहरुः– यसरी एकता महाधिवेशनका निम्ति प्रस्तुत राजनीतिक प्रतिवेदनले एकसाथ थुप्रै महत्वपूर्ण स्वीकारोक्तिहरु सामुन्ने ल्याएको छ। पार्टी वर्गचरित्र, पार्टीको विश्वदृष्टिकोण, चिन्तन पद्धति र पार्टी सञ्चालनको सिद्धान्त, पार्टीको नेतृत्व पार्टीमा अनुशासनको स्थिति र नेपाली कम्युनिष्ट आन्दोलनको विगत इतिहासबारेको राजनीतिक प्रतिवेदनको मूल्याङ्कन नेपालमा वास्तविक कम्युनिष्ट पार्टीको निर्माणको सही थालनीका निम्ति निकै महत्वपूर्ण छन्। यी सबै स्वीकारोक्तिले एकसाथ के निष्कर्ष निकालेका छन् भने नेपालमा अहिलेसम्म पनि सर्वहारा वर्गको वास्तविक अग्रगामी दस्ता अर्थात् कम्युनिष्ट पार्टी निर्माण हुन सकेको छैन। पार्टीको वर्ग चरित्र गैरसर्वहारा वर्गीय छ, अर्थात् यो निम्न पूँजीवादी वा पूँजीवादी छ। किनकि यसले व्यवहारमा अपनाइरहेको विश्व दृष्टिकोण र चिन्तन पद्धति सर्वहारावर्गीय छैन, अर्थात् मार्क्सवादी–लेनिनवादी छैन। यसको संगठन संचालनको सिद्धान्त सर्वहारा वर्गीय छैन, अर्थात् जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्तमा आधारित छैन।
पार्टी नेतृत्वको र कार्यकर्ताको वर्गचरित्र, वैचारिक धरातल, नैतिक सास्कृतिक स्तर सर्वहारा वर्गीय छैन। यो सामन्त र पूँजीवादी वर्गको भन्दा आधारभूत रुपले भिन्न छैन। पार्टीमा सर्वहारावर्गीय पार्टीको अनुशासन छैन, यसमा गुटगत अनुशासन छ, जुन निम्न पूँजीवादी र पूँजीवादी पार्टीको मात्र विशेषता हो। पार्टीको विगत ४२ वर्षको इतिहासमा पनि यो सर्वहारा वर्गको अग्रगामी दस्ताको भूमिका निभाउन असमर्थ रहेको छ। यो स्वस्फूर्त आन्दोलनको पुच्छर रहेको छ। राजनीतिक प्रतिवेदनले पेश गरेको स्वीकारोक्तिहरुको मूख्य सार नै हो। प्रतिवेदनले थुप्रै स्वीकारोक्तिहरु प्रस्तुत गरेको छ। तीमध्ये कुनै एउटा स्वीकारोक्ति मात्र पनि नेपालमा वास्तविक सर्वहारावर्गको अग्रगामी दल अर्थात् कम्युनिष्ट पार्टी निर्माण भइसकेको छैन भन्ने निष्कर्ष पैदा गर्न काफी छ।
तर, राजनीतिक प्रतिवेदनको कुन स्वीकारोक्तिसँग म सहमत छैन भने विगतमा कम्युनिष्ट आन्दोलनले कुनै स्वतन्त्र र सशक्त क्रान्तिकारी आन्दोलन सृष्टि गर्न सकेन। यो भनाइ यथार्थमा आधारित छैन। विगतमा पार्टीले पूर्वी तराईदेखि लिएर पश्चिम तराईसम्म, पूर्वी पहाडदेखि लिएर पश्चिमी पहाडसम्म र काठमाडौं उपत्यकामा पनि थुप्रै स्वतन्त्र र सशक्त क्रान्तिकारी वर्गसंघर्ष सृष्टि गरेको हो। राष्ट्रिय स्वाधीनता र जनवादका निम्ति क्रान्तिकारी आन्दोलन पनि सिर्जना गरेको हो। नत्र क्रन्ति र कम्युनिष्टप्रति जनतामा व्यापक आकर्षण बढ्नुको वस्तुगत कारण के त ? जस्तो कि दस्तावेजले पनि स्वीकारेको छ। तात्कालिन पार्टीले गर्न नसकेको त के मात्रै हो भने आफैले सृष्टि गरेका वर्गसंघर्षलाई झनझन उचाइमा र पूर्णतातिर कसरी लैजाने ? एक ठाउँको वर्गसंघर्षलाई अरु ठाउँसित कसरी संयोजन गर्ने ? एउटा प्रकारको वर्गसंघर्षलाई अर्कोसित कसरी संयोजित गर्ने ?सर्वहारा वर्गको अगुवाको हैसियतले गर्नुपर्ने यो काम तात्कालिक पार्टीले गर्न सकेन। अर्थात् मजदुर र किसानहरुको वर्गसंघर्षसित मार्क्सवादको प्रयोेग संयोेजन गराउन पार्टी असमर्थ भयो।
नेतृत्वको विचारधारात्मक अस्पष्टता वा दिशाहिनताको कारणले नै यस्तो भएको थियो। फलस्वरुप ठूला ठूला वर्गसंघर्षहरु पनि आर्थिक संघर्षकै स्तरमा सीमित भए। सशक्त राजनीतिक आन्दोलनहरु पनि दिशाहीनतामा टुंगिए। त्यसैले, स्वतन्त्र र सशक्त क्रान्तिकारी आन्दोलन नै सृष्टि गर्न सकेन, वास्तविकता यो होइन। सर्वहारा वर्गको अगुवाको हैसियतले ती आन्दोलनको झन्झन् पूर्णताउन्मुख अगुवाइ हुन सकेन। वास्तविकता यो हो क्रान्तिकारी आन्दोलन सृष्टि गर्नु निम्न पूँजीवादी र पूँजीवादीहरुबाट पनि सम्भव छ। तीनको सफलता उन्मुख र पूर्णताउन्मुख अगुवाइ यो सर्वहारावर्गको अगुवाइ दस्ताको विशेषता हो, कमसेकम आजको युगमा।
२) सर्वहारावर्गको वास्तविकता अगुवादस्ता बन्न नसक्नुका मूलभूत कारणहरुः– के कारणले नेपाली कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट पार्टी क्रान्तिको नेतृत्व गर्न समर्थ सर्वहारावर्गको वास्तविकता अगुवादस्ता हुन सकेन त ? कुनकुन मूलभूत कारणले नेपालमा वास्तविक कम्युनिष्ट पार्टीको निर्माण हुन सकेन त ? कम्युनिष्ट आन्दोलनमा यी नकारात्मक अनुभवका पछाडि मुख्य रुपले तीन वस्तुगत कारणले काम गरेको राजनीतिक प्रतिवेदनको विश्लेषण छ। ती तीन कारणहरुमध्ये प्रत्येकको एकएक गरी अध्ययन गरौं।
क) प्रतिवेदनले पेश गरेको पहिलो कारण :– नेपालको आर्थिक, राजनीतिक र सांस्कृतिक विकासको अत्यन्त पीछडिएको अवस्था र त्यसबाट उत्पन्न हुने गैरसर्वहारावादी प्रवृत्तिहरुको सामान्यतः कम्युनिष्ट आन्दोलनमा र विशेष रुपले नेतृत्वमा परेको जबर्जस्त प्रभाव। यसको फलस्वरुप आन्दोलनभित्र सामान्यतः सामन्ती मनोवृत्ति, व्यक्तिवाद, ढुलमुलपन, अराजकतावाद, संकीर्णतावाद, उदारवाद जस्ता नितान्त गैरसर्वहारावादी प्रवृत्तिहरु हावी रहने गरेका छन्, कम्युनिष्ट आन्दोलनभित्र सामन्ती र बुर्जुवा चिन्तन पद्धति र कार्यशैलीको प्रभूत्व रहने गरेको छ। नेपालमा ठूलो मात्रामा फैलिएको निम्न पूँजीवादी आर्थिक आधारका कारणले कम्युनिष्ट आन्दोलनमा कहिले बायाँ अति कहिले दायाँ अति समेत स्वाभाविक रुपमा देखा पर्दै आएको पनि छ।” (हेर्नुहोस्, दस्तावेजको नेपालको कम्युनिष्ट आन्दोलनका आधारभूत समस्याहरु शीर्षकको अंश।)
ख) के आर्थिक अवस्था नै एकमात्र निर्णायक कारण हो भन्ने धारणा मार्क्सवादी धारणा हो ? :– हामी ऐतिहासिक भौतिकवादका पक्षधर हौं। अन्ततः सामाजिक अस्तित्वले नै सामाजिक चेतना पैदा गर्छ। यो सही मान्यता हो। मार्क्सवादीले विचारको सिर्जनाभन्दा पहिले भौतिक परिस्थितिलाई नै प्राथमिक ठान्दछ। यसले आर्थिक अवस्थालाई ठूलो र सबैभन्दा बढी महत्व दिन्छ। तर, यसले त्यो महत्व र जोड सधै दिँदैन र सबै अवस्थामा दिँदैन। यहीनेर त मार्क्सवाद आर्थिक निर्धारणवादभन्दा आधारभूत रुपले फरक छ। आर्थिक अवस्था नै एक मात्र कारण हो, सक्रिय तत्व हो, बाँकी सबै वस्तु त्यसका निस्क्रिय परिणाम मात्रै हुन्, वास्तविक जीवनको वास्तविकता पनि यो होइन र माक्र्सवादको मान्यता पनि यो होइन।
तर राजनीतिक प्रतिवेदनमा नेपालको कम्युनिष्ट आन्दोलन र विशेष रुपले नेतृत्वमा गैरसर्वहारावादी प्रवृत्ति प्रदा हुनु, बायाँ अति र दायाँ अति पैदा हुनु, वुर्जुवा चिन्तन पद्धत्ति र कार्यशैलीको प्रभुत्व रहनुको मुल कारण नेपालको आर्थिक, राजनीतिक र सांस्कृतिक विकासको अत्यन्त पीछडिएको अवस्थालाई ठूलो मात्रामा फैलिएको निम्न पूँजीवादी आर्थिक आधारलाई ठह्याएको छ। यदि वास्तविकता यो हो भने त जबसम्म नेपालको अर्थ व्यवस्था, राजनीतिक र सांस्कृतिक यस्तै अत्यन्त पीछडिएको रहन्छ, तबसम्म पार्टी र यसको नेतृत्वमा स्वभावतः गैरसर्वहारा वर्गीय प्रवृत्तिहरुको प्रभुत्व रही नै रहने भयो। विश्व दृष्टिकोण र चिन्तन पद्धत्ति गैरसर्वहारावर्गीय अर्थात् गैरमार्क्सवादी रही नै रहने भयो। पार्टी सञ्चालनको सिद्धान्त गैरसर्वहारावर्गीय तथा जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित नभएको भई नै रहने भयो र स्वभावतः पार्टीमा कहिले दायाँ अति र कहिले बायाँ अति पैदा भई नै रहने भयो। जबसम्म अर्थ व्यवस्था, राजनीतिक र सांस्कृतिक आफसेआफ उन्नत हुँदैन, पार्टीमा र नेतृत्वमा गैरसर्वहारावर्गीय प्रवृत्ति, दृष्टिकोण, पद्धत्ति र वर्गचरित्र खत्तम गर्ने प्रयत्न गर्नु व्यर्थ, अनावश्यक र असम्भव हुने भयो।
यसको मतलव पार्टी र नेतृत्वमा गैरसर्वहारावर्गीय प्रवृत्ति, दृष्टिकोण, पद्धत्ति र वर्गचरित्र खत्तम गर्न पहिले देशको अर्थ व्यवस्था, राजनीति र संस्कृतिमा नै आमूल परिवर्तन गर्नुपर्ने भयो। अर्थात् पहिले कम्युनिष्ट पार्टी विना नै क्रान्ति गरेर देशको अर्थ व्यवस्था, राजनीति र संस्कृति अत्यन्त उन्नत पार्नुपर्ने भयो, अनि मात्र पार्टी र नेतृत्वमा गैरसर्वहारावर्गीय प्रवृत्तिहरु, दृष्टिकोण, चिन्तन पद्धत्ति र वर्गचरित्रको प्रभुत्व हुने मुहान सुक्ने भयो। पार्टी र नेतृत्व बल्ल सर्वहारावर्गीय हुन सक्ने भयो। यसको तात्पर्य, जुन जुन मुलुकमा अर्थ व्यवस्था, राजनीति र संस्कृति अत्यन्त उन्नत अवस्थामा छ, त्यहाँ स्वतः पार्टी र नेतृत्वमा गैरसर्वहारावर्गीय प्रवृत्ति दृष्टिकोण, चिन्तन पद्धति र वर्ग चरित्रको प्रभुत्व नहुने भयो। देशमा पिछडिएको अर्थतन्त्र, राजनीतिक र संस्कृति पार्टी र नेतृत्वमा स्वभावतः गैरसर्वहारावर्गीय प्रवृत्ति। देशमा उन्नत अर्थतन्त्र, राजनीतिक र संस्कृति पार्टी र नेतृत्वमा स्वभावतः सर्वहारावर्गीय प्रवृत्तिको सिर्जना। राजनीतिक प्रतिवेदनले विगतमा र वर्तमानमा पार्टी सर्वहारा वर्गको वास्तविक अगुवादस्ताका रुपमा निर्माण हुन नसक्नुको पछाडिको एउटा मूलभूत वस्तुगत कारणको विश्लेषण यसरी गरेको छ। देशको अर्थ व्यवस्था नै एउटै मात्र कारण हो, सक्रिय तत्व हो, अरु त्यसका निस्क्रिय परिणाम हुन्। प्रतिवेदनको विश्लेषण मूल आधार यही छ। यही सोचलाई मार्क्सवादले आर्थिक निर्धारणवाद भनेको हो।
आर्थिक तत्व नै एक मात्र कारक तत्व हुने भए र त्यसैका कारणले पार्टीमा र नेतृत्वमा गैरसर्वहारावादी प्रवृत्तिले प्रभुत्व जमाउने भए जापान, अमेरिका, बेलायत, जर्मनी अर्थतन्त्र, राजनीति र संस्कृतिमा निकै उन्नत मुलुकहरु थिए। किन त्यहाँ गैरसर्वहारा प्रवृत्तिहरुबाट मुक्त सर्वहारा वर्गको वास्तविक अगुवादस्ता निर्माण गर्न सफलता प्राप्त भएन ? तर त्यतिखेरै तीभन्दा अर्थतन्त्र, राजनीतिक र संस्कृतिमा निकै पीछडिएको मुलुक चीन र सोभियत संघमा माओ र लेनिनको नेतृत्वमा किन सर्वहारा वर्गको वास्तविक अगुवादस्ता निर्माण गर्न सम्भव भयो ? गैरसर्वहारा प्रवृत्तिहरुबाट मुक्त हुन, सही विश्व दृष्टिकोण चिन्तन पद्धति अपनाउन, सही संगठन सञ्चालनको सिद्धान्त अभ्यास गर्न किन सम्भव भयो ? सर्वहारा वर्गको अगुवाइमा क्रान्ति गर्न किन सम्भव भयो ? आर्थिक निर्धारणवादमा चिन्तनलाई आधारित गरेर यी प्रश्नहरुको उत्तर भेटाउन सम्भव छैन।
अर्थतन्त्र, राजनीतिक र संस्कृतिमा अत्यन्त पछौटे हुनुका कारणले नै पार्टीमा र नेतृत्वमा गैरसर्वहारा प्रवृत्ति, वर्गचरित्र, विश्व दृष्टिकोण र प्रवृत्तिको प्रभुत्व हुन जाने भए कुनै पनि त्यस्तो पछौटे मुलुकमा सर्वहारावर्गको वास्तविक अगुवा दल निर्माण गर्नु असम्भव छ। निर्माण गर्न प्रयत्न गर्नु व्यर्थ छ। किनकि निर्माण गरी नै हालियो भने पनि त्यहाँ त्यो निष्कर्ष मताविक, स्वभावतः र अवश्यभावी रुपमा गैर सर्वहारा प्रवृत्तिले प्रभुत्व जमाइहाल्छ। गैरसर्वहारा वर्ग चरित्र, विश्व दृष्टिकोण र पद्धति हावी भइहाल्छ। त्यसैले, त्यस्तो मुलुकको निम्ति एउटै उपाय बाँकी रहन्छ, पहिलो सर्वहारा वर्गको वास्तविक अगुवा दल विना नै क्रान्ति। अनि मात्र उन्नत अर्थतन्त्र, राजनीति र संस्कृति। त्यसपछि मात्र गैरसर्वहारा प्रवृत्तिबाट मुक्त कम्युनिष्ट पार्टी।
कति अनौठो यान्त्रिक र गलत निष्कर्ष निक्लिन्छ, यसबाट १. यो निष्कर्षले कुनै पनि पीछडिएको मुलुकमा सर्वहारावर्गको वास्तविक अगुवादस्ताको अस्तित्वको सम्भावनालाई नै अस्वीकार र निषेध गर्ने सिद्धान्त निक्लिन्छ। यो निष्कर्षले हाम्रोजस्तो पछौटे मुलुकमा कम्युनिष्ट पार्टीमा र यसको नेतृत्वमा गैरसर्वहारावर्गीय प्रवृत्ति, विश्व दृष्टिकोण, चिन्तन पद्धत्ति र वर्ग–चरित्रको प्रभुत्व हुनुलाई यस्तो हुनु त स्वभाविकै छ नि। भनेर सहज रुपमा स्वीकार गर्ने विषय वस्तु बनाइदिन्छ। यो निष्कर्षले गैरसर्वहारा प्रवृत्तिहरु खत्तम गर्न सचेत संघर्ष र प्रयत्नले खेल्ने र खेल्न सक्ने प्रभावकारी भूमिकालाई न्यून मूल्याङ्कन गर्छ।
तर ऐतिहासिक भौतिकवादको समस्या विश्लेषण गर्ने पद्धत्ति यो होइन। ऐतिहासिक भौतिकवादले आर्थिक अवस्थालाई नै एकमात्र निर्णयक तत्व ठान्दैन, जस्तो राजनीतिक प्रतिवेदनले ठानेको छ। यस सम्बन्धमा एंगेल्सको निम्न भनाइ मननीय छ, “इतिहासको भौतिकवादी धारणा मुताविक इतिहासको अन्तिम विश्लेषणमा निर्णायक तत्व वास्तविक जीवनको उत्पादन र पुनरोत्पादन हो। योभन्दा बढी न मार्क्सले न मैले नै कहिल्यै भनेको छु। त्यसैले कसैले यसलाई तोडमरोड गरेर आर्थिक तत्व नै एक मात्र निर्णायक तत्व हो भन्छ भने उसले हाम्रो प्रस्थापनालाई निरर्थक, अमुर्त र खोक्रो शब्दावली मात्र बनाउँछ। आर्थिक परिस्थिति जग हो। तर उपरिढाँचाको विविध तत्वले अर्थात् वर्गसंघर्षको राजनीतिक रुपले जित्ने वर्गद्धारा संघर्षमा सफलता प्राप्त गरेपछि स्थापित राज्य प्रणाली र त्यसको परिणाम, कानूनी रुप र यसको साथसाथै यी वास्तविक संघर्षहरुले त्यसमा भाग लिने सहभागीहरुका मस्तिष्कमा पार्ने प्रतिविम्ब, राजनीतिक, न्यायिक, दार्शनिक सिद्धान्त, धार्मिक मत र जडसुत्रवादी पद्धतिका रुपमा तिनको विकासले ऐतिहासिक संघर्षको क्रममा आफ्नो प्रभाव पार्दछ र थुप्रै ठाउँमा त संघर्षको रुपले निर्धारणमा यसैको बजन बढी हुन्छ। यी सबै तत्वले एक अर्कोलाई प्रभावित पार्ने क्रिया चल्दछ।” (हेर्नुहोस्, मार्क्स–एंगेल्सको साहित्य र कला, हिन्दी, प्रगति प्रकाशन, मस्को, १८८१, पृष्ठ ६७।)
यहाँ एंगेल्स इतिहासको अन्तिम विश्लेषणमा आर्थिक अवस्था नै निर्णायक तत्व हुन्छ भन्ने मार्क्स एंगेल्सको प्रस्थापनालाई तोडमरोड गरेर हरेक परिस्थितिमा आर्थिक अवस्था नै एकमात्र निर्णायक तत्व हुन्छ भनेर अर्थ लगाउनेहरु विरुद्ध बोल्दै हुनुहुन्थ्यो। वहाँ आर्थिक तत्वलाई अन्ततः निर्णायक तत्वका रुपमा सबैभन्दा बढी र प्रमुख जोड दिने पक्षमा हुनुहुन्थ्यो। तर हरेक परिस्थितिमा एकमात्र निर्णायक तत्वका रुपमा होइन। उहाँ सचेतन पक्षले पनि आर्थिक तत्वलाई प्रभावित पार्ने र कतिपय परिस्थितिमा त संघर्षको रुप निर्धारणमा उसको बजन बढी हुने कुरा बताउँदै हुनुहुन्थ्यो।
एंगेल्सले यसै सवालमा अरु प्रष्ट पार्दै भन्नुभएको छ, “राजनीति, न्याय, दर्शन, धर्म, साहित्य, कला आदिको विकास आर्थिक विकासमै आधारित हुन्छ। तर, यी सबैले एक अर्कामा आर्थिक आधारलाई पनि प्रभावित पार्दछन्। कुरा यो होइन कि आर्थिक परिस्थिति नै कारण हो, एकमात्र सक्रिय तत्व हो, जवकि बाँकी सबै कुराहरु निस्क्रिय परिणाम मात्रै हुन। बरु कुरा के हो भने आर्थिक अनिवार्यताको आधारमा जुन अन्तिम विश्लेषणमा सधै प्रभावशाली हुन्छ, एकले अर्कोलाई प्रभावित पार्ने अन्योक्रिया चल्दछ।” (मार्क्स–एंगेल्सको उही संकलित रचना संग्रह साहित्य र कला, पृष्ठ ६८।)
एंगेल्सले यस भनाइमा पनि आर्थिक आधारलाई उचित महत्व दिनुभएको छ र त्यसलाई कुनै पनि समाजको जग मान्नुभएको छ। समाजिक चेतनाको कुनै पनि पक्षको विकास, अन्तिम विश्लेषण आर्थिक विकासमै आधारित हुन्छ भन्नुभएको छ। तर आर्थिक परिस्थिति नै सामाजिक चेतनाको विकासको एक मात्र कारण हो, एक मात्र सक्रिय तत्व हो, बाँकी सबै कुराहरु आर्थिक परिस्थितिकै निस्क्रिय परिणामहरु मात्रै हुन् भन्ने चिन्तनको धुवाँधार विरोध गर्नुभएको छ। इतिहासको भौतिकवादी धारणाको उहाँको व्याख्या के हो भने सामाजिक चेतना अन्तिम विश्लेषणमा समाजको आर्थिक अवस्थाबाटै पैदा र निर्धारित हुन्छ। तर, समाजिक चेतना, अर्थात् राजनीति, न्याय, दर्शन, धर्म, साहित्य कला आदि एकचोटी पैदा भएपछि यसको आफ्नै सापेक्षिक स्वतन्त्रता पनि हुन्छ, यसले समाजको जग अर्थात् आर्थिक आधारलाई पनि प्रभावित पार्न सक्छ र यसको आफ्नै विकासक्रम पनि हुन सक्छ।
ग) के पछ्यौटे अर्थतन्त्र भएको मुलुकले उन्नत दर्शन ग्रहण गरेर वास्तविक कम्युनिष्ट पार्टी निर्माण गर्न सक्छ ? :– त्यसैले प्रत्येक युगको दर्शनले पहिलेको दर्शनबाट प्राप्त विचार सामाग्रीलाई खुराकको रुपमा लिएर, पूर्वमान्यताको रुपमा लिएर, त्यसैलाई प्रस्थान विन्दु बनाउँदै, दोष हराउँदै त्यसको थप विकास गर्न सक्दछ। एंगेल्स भन्ने गर्नुहुन्थ्यो, “प्रत्येक युगोदर्शन, किनकि त्यो श्रम विभाजनको निश्चित क्षेत्र हो, त्यसैले पहिलेको दर्शनबाट प्राप्त केही चिन्तन सामाग्रीलाई पूर्व मान्यताको रुपमा ग्रहण गर्छ र त्यही त्यसको प्रस्थान विन्दु हो। यही नै कारण हो, जसले गर्दा आर्थिक दृष्टिले पछ्यौटे देशले पनि दर्शनमा अगुवाइ गर्न सक्छ, जस्तो कि १८ औं शताब्दीमा बेलायतको दर्शनमा नै आफ्नो दर्शन आधारित गर्ने फ्रान्सले बेलायतको मुकाबिलामा अगुवाइ गर्यो र जर्मंनीले यी दुवैको मुकाबिला गर्यो। (हेर्नुहोस्, उही पुस्तक, पृष्ठ ७०।)
यही वास्तविकता हो, जसको कारणले अर्थतन्त्रमा निकै पछ्यौटे चीनले माओको अगुवाइमा मार्क्सवादी दर्शन ग्रहण गर्न सक्यो र त्यसलाई चीनको विशिष्ट परिस्थितिमा लागू गरेर क्रान्ति सम्पन्न गर्न सक्यो। तर, अर्थतन्त्रमा निकै उन्नत जापान, अमेरिका, जर्मनीले त्यही कुरा गर्न सकेन। यही कारण हो, जसको कारणले अर्थतन्त्रमा निकै पछ्यौटे रुसले लेनिनको अगुवाइमा मार्क्सवादी दर्शनको त्यति ठूलो विकास गर्न सक्यो र क्रान्ति सम्पन्न गरेर समाजवाद स्थापित गर्न सक्यो। तर उन्नत जर्मनीले त्यही कुरा गर्न सकेन।
त्यसैले राजनीतिक प्रतिवेदनले गरेको दार्शनिक गल्ती के हो भने त्यसले आर्थिक परिस्थितिले नै सामाजिक चेतना पैदा गर्छ भन्ने ऐतिहासिक भौतिकवादको निष्कर्षलाई यान्त्रिक ढंगले बुझ्यो त्यसले हरेक परिस्थितिमा आर्थिक अवस्थालाई नै एक मात्र निर्णायक, एकमात्र सक्रिय तत्वका रुपमा बुझ्यो र अर्थ्यायो। त्यसैले त्यसले नेपाली कम्युनिष्ट आन्दोलनले मार्क्सवादी दर्शन सही तवरले नपक्रनु, व्यवहारमा लागू गर्न नसक्नुको जरो कारण पनि देशको पछ्यौटे आर्थिक अवस्थामै खोज्यो। त्यसैले चेतना पक्ष, सचेत संघर्ष, प्रयत्नको पक्ष र त्यसले खेल्ने प्रभावकारी भूमिकालाई बिल्कुलै उपेक्षा वा न्यून मूल्याङ्कन गर्यो।
कम्युनिष्ट पार्टी निर्माण गर्नु भनेको सर्वहारा वर्गको सबैभन्दा अग्रगामी दल निर्माण गर्नु हो। त्यो ज्ञान र चेतनामा पनि अग्रगामी हो, नैतिकता र संस्कृतिमा पनि अग्रगामी हो, संगठन क्षमता र कार्यशैलीमा पनि अग्रगामी हो। त्यस्तो अग्रगामी दल गठन गर्नको लागि हामीले पूर्ववर्ती दर्शन, ज्ञान र अनुभवबाट, नीतिशास्त्र र संस्कृतिबाट के र कति चिन्तन सामग्री ग्रहण गर्याैं, द्वन्दात्मक तवरले त्यो ग्रहण गर्नकोलागि कति र कसरी सचेत संघर्ष प्रयत्न गर्यौं र कुन प्रक्रियाबाट त्यस्तो सबैभन्दा अग्रगामी दल निर्माण गर्यौं। यिनै सवालहरुमा त्यो वास्तविक अग्रगामी दल हुन्छ कि हुँदैन मुल रुपमा निर्भर गर्छ। देश पछ्यौटे अर्थतन्त्र भएको हुनुले यहाँको आम सामाजिक चेतनाको स्तरलाई पनि निधार्रण त गर्छ नै र आम सामाजिक चेतना पछ्यौटे हुन्छ नै। तर कम्युनिष्ट पार्टीको निर्माण सामाजका तिनै औसत पछ्यौटे चेतना भएका मानिसले गर्ने होइन। तिनीहरुमध्ये पनि सर्वहारावर्गको वर्ग संघर्षप्रति सबैभन्दा संवेदनशील र त्यसैबाट आएका सामाजका सबैभन्दा लडाकु, सचेत र प्रतिभाशाली मानिसहरुले नै यसको निर्माणका निम्ति पहल गर्ने हो।
देशको अर्थतन्त्र पछ्यौटे हुँदाहुँदै पनि संसारको सबैभन्दा उन्नत दर्शन, उन्नत नैतिकता र संस्कृति, उन्नत अनुभव र कार्यशैली द्वन्दात्मक तवरले ग्रहण वा बोध गर्नका लागि सही प्रक्रियाबाट सतत र सचेत संघर्ष र प्रयत्न गछौँ भने हाम्रो जस्तो पछौँटे मुलुकमा पनि सर्वहारावर्गको वास्तविक अग्रगामी दल निर्माण गर्न सम्भव छ, मार्क्सवादी दर्शनको विकास गर्न सम्भव छ। हो, अर्थतन्त्र, राजनीति र संस्कृति उन्नत भएको मुलुकमा जस्तो रुस र चीनमा भयो। यो प्रक्रिया यहाँभन्दा सरल कम कठिनाइपूर्ण हुन सक्दछ। यहाँ बढी कठिनाइपूर्ण र कष्टप्रद हुन सक्दछ। तर, असम्भव होइन। पूर्ववर्ती सबैभन्दा उन्नत दर्शन, नैतिकता, संस्कृति कार्यशैलीलाई ग्रहन गर्न सही प्रक्रियाबाट सतर्क र सचेत संघर्ष र प्रयत्न भएन भने अर्थतन्त्रमा निकै उन्नत मुलुकमा पनि सर्वहारा वर्गको वास्तविक अग्रगामी दल निर्माण नहुन सक्दछ। जस्तो जर्मनी, अमेरिका, बेलायतमा भएन।
तर, राजनीतिक प्रतिवेदनले यो सवाललाई यसरी बुझेन। त्यसले सर्वहारा वर्गको अग्रगामी दलको निर्माणमा सही प्रक्रिया, सचेत संघर्ष र प्रयत्नको महत्वपूर्ण र प्रभावकारी भूमिकालाई पूरै नजरअन्दाज गर्यो। त्यसैले यसले पार्टी र नेतृत्वमा गैरसर्वहारावर्गीय प्रवृत्ति, दृष्टिकोण, पद्धत्ति र वर्ग चरित्रको प्रभुत्व रहनुको मुल कारण पार्टी निर्माणको विद्यमान गलत प्रक्रिया, गलत गैरसर्वहारावर्गीय दृष्टिकोण, पद्धत्ति, वर्ग चरित्र विरुद्ध सही र सतत विचारधारात्मक संघर्षको अभाव हो भनेर बुझेन। यसले जरो कारण पनि राजनीतिक प्रतिवेदनले देशको पिछडिएको अर्थतन्त्रमा नै खोज्यो किनकि अर्थतन्त्रले नै हरेक परिस्थितिमा हरेक कुराको निर्धारण गर्दछ भन्ने त्यसको दार्शनिक ठम्याइ थियो। यही चिन्तनलाई एंगेल्सले धुवाँधार विरोध गर्नुभएको थियो र मार्क्सवादमा आर्थिक निर्धारणवादको संज्ञा दिइएको थियो।
घ) गैरसर्वहारा प्रवृत्ति उन्नत पुँजीवादी र समाजवादी मुलुकको पार्टीमा प्रभुत्वशाली हुन सक्दैन ? :– राजनीतिक प्रतिवेदनले अर्थतन्त्र, राजनीति र संस्कृतिको अत्यन्त पिछडिएको अवस्थाबाट गैरसर्वहारावादी प्रवृत्ति उन्नत हुने र कम्युनिष्ट आन्दोलन र नेतृत्वमा हावी हुने प्रस्तावना अघि सारेको छ। यो प्रस्थापना सही छैन। यदि त्यस्तो हुने भए अर्थतन्त्र, राजनीति र संस्कृतिका क्षेत्रमा समाजवादी आन्दोलन चलाइसकिएको चीन र सोभियत संघ जस्तो मुलुकको पार्टी र त्यसको नेतृत्वमा त गैरसर्वहारावादी प्रवृत्ति उत्पन्न नै हुन सम्भव थिएन। तर, त्यो त्यहाँ पनि किन हावी भयो र किन वर्गहरु नै उन्मुलन गरिएको समाजवादी अर्थ व्यवस्था, राजनीति र संस्कृति भएको पार्टीमा गैरसर्वहारा प्रवृत्तिले प्रभुत्व जमायो ?
पार्टीमा र नेतृत्वमा गैरसर्वहारा प्रवृत्तिहरुले प्रभुत्व जमाउनुको कारणलाई मार्क्सवादीहरु यसरी यान्त्रिक ढंगबाट आर्थिक निर्धारणवादको आधारमा विश्लेषण गर्दैनन्। अर्थतन्त्र उन्नत हुँदैमा विचारधारा आफसेआफ उन्नत हुन्छ, गैरसर्वहारा प्रवृत्ति आफसेआफ हट्छ। मार्क्सवादीहरुको विश्लेषण यस्तो यान्त्रिक हुने गर्दैन। यदि अर्थव्यवस्थाको विकासको गतिको सापेक्षतामा उन्नत विचारधारात्मक स्तर हासिल गर्न पार्टीमा विचारधारात्मक संघर्ष चलाइएन, गैरसर्वहारा प्रवृत्तिका नयाँ–नयाँ रुपहरु विरुद्ध सतत र सचेत संघर्ष चलाइएन भने अत्यन्त उन्नत समाजवादी मुलुकको कम्युनिष्ट पार्टीमा पनि गैरसर्वहारा प्रवृत्तिले प्रभुतव जमाउन सक्छ। पूँजीवादी मुलुकको त कुरै छोडिदिउँ। चीन र सोभियत संघको पार्टी र नेतृत्वमा गैरसर्वहारा प्रवृत्तिले प्रभुत्व जमाउनु यसको सबैभन्दा ज्वलन्त उदाहरण हो।
एकदमै उन्नत अर्थ व्यवस्था भएको बेलायतमा मजदुर नै मजदुरहरु भरिएको पार्टीका रुपमा लेबर पार्टी किन गैरसर्वहारा प्रवृत्तिको ज्वलन्त नमूना बन्यो र विश्वसामु उदाहरणका रुपमा खडा छ। त्यसैले कम्युनिष्ट पार्टीमा गैरसर्वहारा प्रवृत्तिले प्रभुत्व जमाउनुको मुल कारण पछिडिएको अर्थ व्यवस्था होइन। उन्नत समाजवादी मुलुक भए पनि यो घटना घट्न सक्छ। मुलकारण त पार्टी निर्माण र सञ्चालनको सही प्रक्रिया, सतत विचारधारात्मक संघर्ष र प्रयत्नको अभाव हो, जसको विस्तृत चर्चा हामी तल उपयुक्त ठाउँमा गर्ने छौँ।
यही कुरा दायाँ अति र बायाँ अतिका सम्बन्धमा पनि लागू हुन्छ। राजनीतिक प्रतिवेदनले भने दायाँ अति र बायाँ अति पार्टीमा देखा पर्नुको मुल कुरालाई ठूला मात्रामा फैलिएको निम्न पूँजीवादी आर्थिक आधार हो भनेर यसरी पेश गरेको छ, मानौँ यहाँ विकसित पूँजीवादी वा समाजवादी आर्थिक आधार भएको भए यो समस्या पार्टीमा देखा नै पर्दैन्थ्यो।
यसरी राजनीतिक प्रतिवेदनले पेश गरेको पहिलो कारण दार्शनिक रुपमा नै गलत छ। यो ऐतिहासिक भौतिकवादको यान्त्रिक समझदारीका कारणले पैदा भएको गल्ती हो।
विश्लेषणको यो पद्धतिले पछौटे मुलुकमा सर्वहारावर्गीय पार्टीका नाममा गैरसर्वहारावर्गीय पार्टी बन्नुलाई सहज स्वीकार्य मात्र बनाउँदैन, गैरसर्वहारा प्रवृत्तिसित विजय प्राप्त गर्दै सर्वहारा वर्गको वास्तविक अगुवा दस्ता नै निर्माण हुनु असम्भव छ, त्यसका लागि प्रयत्न गर्नु नै बेकार छ भन्ने सैद्धान्तिक निष्कर्षमा पुर्याउँछ। यस्तो निष्कर्षमा पुर्याउने दस्तावेजको नियत नहुन सक्छ। तर, यस्तो डरलाग्दो सैद्धान्तिक भड्कावतर्फ यो विश्लेषणले डोर्याउँछ नै। पार्टीमा गलत विश्व दृष्टिकोण, गलत चिन्तन पद्धति, गलत कार्यशैली, गलत प्रवृत्ति, गैरसर्वहारा वर्गचरित्र, दायाँ अति, बायाँ अति साराको मुल जरो र मुल कारण देशको पछौटे अर्थ व्यवस्था हो भनेर ठोकुवा गरेपछि त्यो जरो यथावत हुञ्जेल त्यसमा तिनै फल त फली नै रहने भए। जरो विषालु भएपछि रुख र फल विषालु हुनु कसरी अस्वभाविक र बेठीक भयो र ?
ङ) राजनीतिक प्रतिवेदनले पेश गरेको दोश्रो कारण :– नेपालमा कम्युनिष्ट पार्टीहरु सर्वहारा वर्गको वास्तविक अगुवादल किन बन्न सकेनन् ? बारे राजनीतिक प्रतिवेदनले पेश गरेका दोश्रो मूलभूत वस्तुगत कारणका रुपमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा खास गरी सोभियत संघ र चीनको नेतृत्वमा प्रभुत्व जमाउन सफल भएको संशोधनवादको नेपालमा असरलाई ठहर्याएको छ। राजनीतिक प्रतिवेदनको यस सम्बन्धी विश्लेषण यसप्रकार छ, “केही दशक यता अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा प्रभुत्व जमाउन सफल भएको संशोधनवादको असरले पनि नेपाली कम्युनिष्ट आन्दोलन काफी प्रभावित भएको छ। स्तालिनको निधनपछि प्रतिक्रान्तिकारी षड्यन्त्रद्वारा पार्टीको नेतृत्व हत्याएर संशोधनवादी गद्दार खुश्चोभद्वारा सोभियत संघमा पूँजीवादको पुनस्र्थापना गरेपछि त्यसको असर संसारभर कम्युनिष्ट पार्टीहरुमा पर्न गयो। त्यसैको प्रभावस्वरुप नेपाली कम्युनिष्ट आन्दोलनमा खुश्चोभी संशोधनवादी बाटो र माओवादी क्रान्तिकारी बाटोको बीचमा संघर्ष सुरु भयो। प्रत्यक्ष वा परोक्ष रुपले त्यो संघर्षबाट पार्टीमा फुट र विभाजनको प्रक्रिया पनि सुरु भयो।
सन् १९७६ मा क. माओको निधन भयो। प्रतिक्रान्तिकारी षड्यन्त्रद्वारा चीनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व समेत संशोधनवादी गद्दार तेङ मण्डलीले हत्याउन सफल भयो। यसरी चीनमा समेत पूँजीवादको पुनस्र्थापना हुन पुग्यो। यस घटनापछि संसारमा एउटा पनि सर्वहारावर्गको सत्ता बाँकी रहन गएन। अहिलेको सबै समाजवादी मूलुकहरुले रंग बदले, साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादीहरुले मार्क्सवाद र साम्यवादको हार र पतनको ढोल पिट्न थाले। यसबाट नेपालमा पनि कतिपय निम्न पूँजीवादी र शक्ति पूजावादी तत्वहरु काफी प्रभावित भएर एक अर्को गर्दै संशोधनवादमा पतन भई साम्राज्यवादका अगाडि आत्मसर्मपण गर्न पुगे र कतिपय इमान्दार तत्वहरु समेतको होसहसास खल्बलिएर एक वा अर्को प्रकारको पलायन, निराशा र अज्ञेयवादका शिकार हुन पुगे। यसरी संशोधनवादको असरले पनि आन्दोलनले प्रशस्त क्षति व्यहोर्नुपरेको छ। (हेर्नुहोस्, दस्तावेजको नेपाली कम्युनिष्ट आन्दोलनमा आधारभूत समस्याहरु शीर्षकको अंश।)
च) वस्तुको परिवर्तनको आधारभूत कारण वाह्य कि आन्तरिक ? :– विश्वमा हुने कुनै पनि घटनाले अन्य मूलुकलाई प्रभावित पार्नु स्वभाविक छ किनकि संसार अन्तसम्बन्धित छ र संसारमा एउटा वस्तुमा हुने परिवर्तनले अरु वस्तुमा पनि केही न केही परिवर्तन ल्याउँछ नै। द्वन्द्धात्मक वस्तुका अनुसार संसारमा गति भनेकै यही परिवर्तन हो। तर, बाह्य प्रेरक तत्वका कारणले वस्तुमा के परिवर्तन आउछ भन्ने कुरा चाहिँ उही हुँदैन। त्यो बाह्य कारणमा होइनन्, मुलतः वस्तुको अन्तरवस्तुमा, वस्तुभित्रको अन्तरविरोधमा निर्भर गर्दछ। गति वा परिवर्तनको आधारभूत कारण आन्तरिक हुन्छ। अरु वस्तुसितको अन्तरसम्बन्ध र अन्तरक्रिया सहायक कारण मात्र हुन सक्छ।
१०० डिग्री तापक्रममा पुगेपछि पानी वाफ हुन्छ। त्यो पानीभित्रको अन्तरवस्तु र अन्तरविरोधको कारणले नै वाफ बनेको हुन्छ, १०० डिग्रीको तापक्रम त्यसको सम्बन्ध हो, सहायक कारण हो बाह्य प्रेरक तत्व हो। तर, के १०० डिग्रीको तापक्रम दिँदैमा ढुङ्गा वाफ बन्छ र, चामल वाफ बन्छ र ? त्यसैले वाफ बन्छ कि बन्दैन, त्यसको मूलभूत कारण १०० डिग्री तापक्रम होइन। वस्तुभित्रको अन्तरवस्तु हो, अन्तरविरोध हो। द्वन्दमत्मक वस्तुवादको परिवर्तनको यो नियम संसारमा सबै वस्तु र घटनामा लागू हुन्छ। संशोधनवादले पार्ने असरका सम्बन्धमा पनि लागू हुन्छ।
तर राजनीतिक प्रतिवेदनको माथि दिइएको नेपालमा संशोधनवादको असर सम्बन्धी विश्लेषणले द्वन्द्धात्मक वस्तुवादको यो नियम स्वीकारेको पाइन्न। त्यो विश्लेषणले बाह्य कारणलाई नै वस्तुको परिवर्तनको आधारभूत कारण मानेको छ। यस्तो विश्लेषण पद्धति र खाली अधिभूतवादको मात्र हुने गर्दछ। द्वन्द्धात्मक वस्ुतवादको विश्लेषण पद्धति यो होइन।
सोभियत संघ र चीनको पार्टी नेतृत्वमा संशोधनवाद हावी भयो। त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनमा पनि प्रभावित पर्यो। यहाँसम्म कुरा ठीकै छ र यस्तो हुनु स्वाभाविकै छ। तर, त्यहाँ पार्टी र त्यसको नेतृत्वमा संशोधनवाद हावी हुनुको कारणले नेपालको कम्यनिष्ट आन्दोलनमा पनि संशोधनवाद हावी भयो र नेपालमा सर्वहारावर्गको वास्तविक अगुवादस्ता निर्माण हुन सकेन भन्नु आखिर परिवर्तन वा गतिका निम्ति बाह्य कारणलाई नै प्रमुख ठान्नु नै भयो नि प्रश्न के उठ्छ भने यदि नेपालको कम्युनिष्ट पार्टीमा र आन्दोलनमा संशोधनवादका निम्ति अनुकूल अन्तरवस्तु र अन्तरविरोध नै थिएन भने अरु मूलुकमा संशोधनवाद पार्टी नेतृत्व हुँदैमा यहाँ पनि किन पार्टी नेतृत्वमा पनि पार्टीमा संशोधनवाद हामी हुन्छौ ? यहाँका कम्युनिष्ट पार्टीहरुमा संशोधनवाद हावी हुनका लागि र फष्टाउनका लागि अनुकुल परिस्थिति थिएन, तिनीहरुमा सर्वहारा वर्गको अगुवा दलका निम्ति आवश्यक अन्तरवस्तु वा खाली अनुकुल परिस्थिति थियो भने किन यहाँका पार्टीहरुलाई संशोधनवादले ग्रस्त गर्न सक्छ ?
यदि नेपालको कम्युनिष्ट पार्टीमा संशोधनवाद हावी हुन नहुनुको नेपालको पार्टी सर्वहारा वर्गको वास्तविक अगुवादल हुन सक्नु नसक्नुको मूल कारण आन्तरिक नएर प्रतिवेदनले बताए जस्तो बाह्य हुने भए त्यो त हाम्रो नियन्त्रण भन्दा बाहिरको कारण भयो। अरु बाह्य मूलुकमा संशोधनवाद हावी भइरहेसम्म नेपालमा कहिल्यै संशोधनवादबाट मुक्त पार्टी बन्ने सम्भावना भएन। नेपालमा कहिल्यै सर्वहारा वर्गको वास्तविक अगुवा दल बन्ने सम्भावना भएन। नेपाल र यो जस्तो मूलुकमा सर्वहारावर्गको वास्तविक अगुवा दल निर्माण हुनुका निम्ति सर्वप्रथम अरु मुलुकमा, ठूला मूलुकमा संशोधनवादबाट मुक्त पार्टी हुनुपर्ने भयो।
त्यसैले नेपालमा सर्वहारा वर्गको वास्तविक अगुवा दस्ता निर्माण हुन नसक्नुको मुलभूत वस्तुगत कारणका रुपमा राजनीतिक प्रतिवेदनले अघि सारेको दोश्रो कारण पनि दार्शनिक रुपमा नै गलत छ। यो अधिभूतवादी छ। यसले नेपालका कम्युनिष्ट पार्टीहरुमा मार्क्सवादको सट्टामा संशोधनवाद हावी हुनु निराशा, आत्मसमर्पण वा पलायनका प्रवृत्तिहरु देखा पर्नु इमान्दार तत्वको पनि होसहवास गुम हुनुको मूल कारणका रुपमा रुस र चीनको नेतृत्वमा संशोधनवादी रुपान्तर हुनुलाई बतायो। तर, नेपालको कम्युनिष्ट आन्दोलनमै त्यस्तो के अन्तरवस्तु र अन्तरविरोध थियो, अनुकुल परिस्थिति थियो, जसको कारणले त्यो बाह्य घटनाले यहाँ गम्भीर रुपले असर गर्यो। त्यो मूल कारण चाहिँ उल्लेख गरेन।
छ) नेपालमा संशोधनवादी हावी हुन सक्नुको मूल कारण के थियो ? :– प्रतिवेदनले एक ठाउँमा अर्कै सन्दर्भमा संशोधनवाद विरुद्ध संघर्ष गर्ने नेपालको कम्युनिष्ट पार्टीभित्रको क्रान्तिकारी प्रवृत्तिको उल्लेख गर्दै भनेको छ, “त्यस प्रकारको क्रान्तिकारी प्रवृत्ति पनि मार्क्सवाद–लेनिनवाद–माओवाद विचारधाराको वैज्ञानिक र सिद्धान्तको सही समझदारीमा भन्दा एक वा अर्को प्रकारको निम्न पूँजीवादी मानसिकता र यान्त्रिक अन्धानुकरणमा नै बढी आधारित रहन गयो।” (हेर्नुहोस्, दस्तावेजको माथि उल्लेखित अंश।)
हुन त यो भनाइ नेपालको कम्युनिष्ट पार्टीभित्र विद्यमान संशोधनवाद विरुद्ध लड्ने क्रान्तिकारी प्रवृत्तिको सन्दर्भमा भनिएको छ। तर, यो भनाइभित्र पार्टीमा विद्यमान त्यो अन्तरवस्तु वा अन्तरविरोधको संकेत छ। जसको कारणले यहाँ पनि संशोधनवाद फस्टाउन सक्यो। त्यो संकेत के हो त ? राजनीतिक प्रतिवेदनले तिनमा माओले चलाउनुभएको महान सर्वहारा साँस्कृतिक क्रान्ति र संशोधनवाद विरोधी संघर्षको असर नेपालमा पनि पर्यो र यहाँ पनि एक दशकसम्म संशोधनवाद विरोधी संघर्ष चल्यो र यहाँको आन्दोलनमा क्रान्तिकारी प्रवृत्ति हावी भयो भनेर उल्लेख गरेको छ। तर, प्रतिवेदनका अनुसार यो क्रान्तिकारी प्रवृत्ति पनि मार्क्सवाद–लेनिनवादको सही समझदारीका कारणले हावी भएको होइन। चीनको त्यतिखेरको यान्त्रिक अन्धानुकरणका कारणले हावी भएको हो। प्रतिवेदनमा लुकेको संकेत यही नै हो।
यो संकेतले के देखाएको छ भने नेपालको त्यतिखेरको कम्युनिष्ट पार्टीहरुमा विद्यमान क्रान्तिकारी प्रवृत्तिमा मार्क्सवाद लेनिनवादको सही समझदारी थिएन। स्वतन्त्र चिन्तन थिएन, अरु देशको यान्त्रिक रुपले नक्कल गर्ने प्रवृत्ति थियो। भनाइको मतलव यहाँको पार्टीको अरु मुलुका पार्टीसितको सम्बन्ध द्वन्द्धात्मक थिएन। यो धार्मिक गुरु र चेलाको जस्तो अन्धतापूर्ण र यान्त्रिक थियो। यो क्रान्तिकारी प्रवृत्तिले माओको अगुवाइ भेटायो। यसले माओको अगुवाइ नभेटाएको भए यो पनि दिशाहिन हुन्थ्यो। त्यसैले मार्क्सवाद बुझेका कारणले होइन, माओको अगुवाइको अन्धानुकरण गरेर नेपालमा संशोधनवाद विरोधी संघर्ष चल्यो। प्रतिवेदनको यही विश्लेषणले नेपालमा कम्युनिष्ट पार्टीहरुमा विद्यमान त्यो अन्तरवस्तु र भित्री अन्तरविरोधी छर्लंग भएको छ। त्यो अन्तरवस्तु हो, पार्टीमा यान्त्रिक अनधानुकरणको प्रवृत्ति, द्वन्द्धात्मक चिन्तनको अभाव। त्यो अन्तरविरोध हो, पार्टी मार्क्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित तर त्यो सिद्धान्तकै सही समझदारीको अभाव, क्रान्तिकारी चरित्र तर क्रान्तिकारी सिद्धान्तको सही समझदारीको खडेरी।
यो अन्तरवस्तुले खुश्चोभी सम्बन्ध भेट्यो, केही त्यसबाट पनि प्रभावित भए, केहीले माओको भेटायो, त्यसबाट पनि प्रभावित भयो। यदि यहाँको पार्टीको मार्क्सवादको सही समझदारी र अभ्यास भएको भए द्वन्द्धात्मक र आलोचनात्मक चिन्तन गर्ने प्रवृत्ति भएको भए, सम्बन्ध यान्त्रिक नभएर द्वन्द्धवादमा आधारित भएको भए, रुस र चीनमा संशोधनवादी नेतृत्व हावी भएर पनि नेपालको कम्युनिष्ट आन्दोदलनमा त्यसको प्रतिकूल प्रभाव पर्दैन्थ्यो, प्रभाव त पथ्र्यो त्यो नकारात्मक हुन्थ्यो, निषेधात्मक हुन्थ्यो। त्यसबाट नकारात्मक शिक्षा लिइन्थ्यो, जस्तो तात्कालिन माओको चीनले लिएको थियो, अनवर होक्जाको अल्वानियाले लिएको थियो।
त्यसैले नेपालमा सर्वहारा वर्गको अगुवा जस्ता निर्माण हुन नसक्नुको मुलभूत वस्तुगत कारण फेरि पनि त रुस र चीनमा प्रभुत्व जमाउन सफल भएको संशोधनवादको असर ठहरिएन जस्तो प्रतिवेदनले बताएको छ। बरु नेपालकै कम्युनिष्ट पार्टीभित्रको त्यो अन्तरवस्तु र अन्तरविरोध चाहिँ संशोधनवाद हावी हुन सक्नुको मूल कारण हुन सक्छ। जसको उल्लेख हामीले लगत्तै माथि गरी सक्यौं, यसको सबिस्तार चर्चा हामीले तल उपयुक्त ठाउँमा गर्ने छौं।
ज) प्रतिवेदनले पेश गरेको तेश्रो कारण :– राजनीतिक प्रतिवेदनले नेपालको कम्युनिष्ट आन्दोलनले सर्वहारा वर्गको वास्तविक अगुवा दस्ताको रुपमा आन्दोलनको नेतृत्व गर्न असक्षम हुनुको तेश्रो मुलभूत वस्तुगत कारणका रुपमा साम्राज्यवादको भ्रम र दमन चक्रलाई ठहराएको छ। साम्राज्यवादको भ्रम र दमनबाट भयभित र आतंक भएर निम्न पूँजीवादी तत्वहरुले कम्युनिष्ट आन्दोलनमा पलायन र गद्दारीको प्रवृत्ति हुलिरहेको भन्ने प्रतिवेदनको विश्लेषण छ।
झ) के साम्राज्यवादको दमन र भ्रमले सर्वहारावर्गको दस्ता निर्माण हुन नसकेको हो ? : – पहिलो कुरा त नेपालमा साम्राज्यवादको दमन र भ्रमले भए आतंक र दिशाभ्रम खडा गरिरहेको भन्ने निष्कर्ष नै सही होइन। दमन र भ्रमले त नेपालमा कम्युनिष्टको बिस्तार र प्रभाव घट्नुपर्ने हो, सदस्य संख्या खुम्चिनुपर्ने हो र मानिसहरु कम्यनिष्टसित बसउठ गर्न डराउनुपर्ने हो। तर, वास्तविकता के हो भने नेपालमा त्यसको उल्टो भइरहेछ। तर, वास्तविकता के हो भने नेपालमा त्यसको उल्टो भइरहेको छ। नेपाल संसारमै एउटा यस्तो देश हो, जहाँ कम्युनिष्टको परिचयमा वामपन्थीहरु बढिरहेछन्। जनतामा उनीहरुको प्रभाव बढ्दो छ, कम्युनिष्ट र क्रान्तिप्रति जनतामा आकर्षण व्यापक रुपले बढिरहेछ भनेर प्रतिवेदनले आफैले स्वीकार गरेको हामीले माथि उल्लेख गरिसकेका छौं। दमन, आतंक, भय र भ्रम हुँदो हो त यो कसरी बढ्न सम्भव भयो ? यसरी प्रतिवेदनका आफ्नै भनाइहरु एक आपसमा नराम्ररी बाझेका छन्।
तात्कालीन नेकपा (एकताकेन्द्र) को एकता राष्ट्रिय महाधिवेशन–२०४८ को मुल राजनीतिक प्रस्तावमाथि क. हिम्मतले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव। पाठकहरुलाई कम्युनिष्ट पार्टी निर्माणको बहस बुझ्न सजिलो होस् भन्ने हेतुले यहाँ प्रस्तुत गरेका हौं।)
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-54964867805836577602020-07-24T04:32:00.002-07:002020-07-24T04:45:00.320-07:00के छ पूर्व माओवादीको ‘एक्काईसौं शताब्दीको जनवाद’ नामक दस्तावेजमा ?
महान नेपाली जनयुद्ध आज रणनैतिक सन्तूलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिकरुपले यो चरण आफैमा अत्यन्त जटील र संवेदनशिल चरण हुने गर्दछ । साम्राज्यवादको युगमा कुनै पनि देशको जनक्रान्तिले यो चरणसम्म विकास गरे पछि, त्यसले अनिवार्यरुपमा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिन पुग्दछ । विकासको यो स्थितिले स्वतः सम्बन्धित जनक्रान्तिका अगाडि नितान्त नयाँ चूनौती र नयाँ संभावनालाई खडा गरिरहेको हुन्छ । त्यसमा पनि आज विशेष गरि विश्वमा एउटा पनि वास्तविक समाजवादी सत्ता नरहेको तथा ‘भूमण्डलीकरण’ र ‘उदारीकरण’, ‘सभ्यताको विस्तार’ र ‘आतंक विरोधी युद्ध’का नाममा अत्यन्त उदण्डतापूर्वक अमेरिकी साम्राज्यवादले विश्वलाई नै आफ्नो मुठ्ठीमा राख्न अगाडि बढिरहेको वर्तमान संदर्भमा नेपाली जनयुद्धको यो चरण र यसको भावी विकास अझ विशेषरुपले जटील र अझ विशेषरुपले महान हुने कुरा निश्चित छ ।
पार्टीको दास्रो राष्ट्रिय सम्मेलनको वैचारिक संश्लेषण तथा त्यसको प्रयोगको प्रक्रियासँगै जनयुद्धको विकासमा गुणात्मक प्रगति देखा पर्यो । २१औँ शताब्दीको सँघारमा देखा परेको जनयुद्धको गुण र मात्राको ब्यापकता सँगसँगै विश्व साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादले आफ्नो हस्तक्षेपकारी गतिविधिलाई तिव्रता दिन थाल्यो । दरवार हत्याकाण्ड मार्फत सर्वाधिक निरङ्कुश सामन्ती तत्वहरुलाई अगाडि बढाई महान जनयुद्धका विरुद्ध उनिहरुलाई सामाजिक, आर्थिक र राजनैतिक खुला सहयोगद्धारा साम्राज्यवादले नेपालमा आफ्नो दाह्रा, नंग्रा गाड्ने जमर्को गर्दै आएको छ । नेपालको भू—राजनैतिक स्थितिको रणनैतिक महत्व र जनयुद्धको विजयद्धारा पैदा हुने दुरगामी प्रभावलाई ठूलो चूनौतीकारुपमा बुझेर नै साम्राज्यवादीहरुले नेपालमा माओवादी आन्दोलनलाई सत्ता कब्जा गर्नबाट रोक्ने रणनीतिको घोषणा गरिरहेका छन् । ११ सेप्टेम्बरको घटनापछि तथाकथित आतंकवाद विरोधी युद्धका नाममा साम्राज्यवादको विरोध गर्ने उत्पीडित देश र जनताका विरुद्ध अत्यन्त क्रुर र जंगली युद्ध थोपर्दै आएको अमेरिकी साम्राज्यवादले अहिले नेपालमा भएको युद्धविराम र वार्ता प्रक्रियालाई समेत आफ्नो त्यहि रणनीतिको अंग र विजयकारुपमा प्रचार गर्नु तथा माओवादी आन्दोलनलाई समेत अन्तराष्ट्रिय आतंकवादको सूचीमा राख्नुले जनयुद्धको विकासको स्तर र यसका अगाडिका चूनौतीहरुलाई स्पष्ट गर्दछन् ।
आज विश्व जनमतको जर्बजस्त विरोधका बावजूद अत्याधुनिक सैन्य प्रविधिका बलमा इराक र इराकी जनतालाई तवाह पार्न ‘सफल’ भएको उदाहरण देखाएर अमेरिकी साम्राज्यवादले त्यो कथित सफलतालाई, विद्रोहको कुरा गर्ने विश्वका साना—ठूला सबै शक्तिहरुका लागि एउटा चेतावनी भएको अहंकारयुक्त घोषणा गरिरहेको छ । देशभित्र पुरानो सामन्ती सत्ता र प्रमुख संसदवादीहरुको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र एवं साम्राज्यवादको उपरोक्त धम्किका सन्दर्भमा हामीले अत्यन्त गंभीरतापूर्वक पार्टीका रणनीति र कार्यनीतिहरुको विकास गर्न जरुरी छ ।
विश्व परिस्थितिबारे
शीतयुद्धको समाप्तीपछि साम्राज्यवादीहरुले गरेको ‘इतिहासको अन्त्य’ र ‘नयां विश्व व्यवस्थाको उदय’को दाबीलाई पूर्णतः झुट्टो बकवास साबित गर्दै आज विश्वका सबै आधारभूत अन्तरविरोधहरु तिव्र भएका छन् । साम्राज्यवाद र उत्पीडित राष्ट्र एवं जनताका बीचको विश्वको प्रमुख अन्तरविरोध मात्र विष्फोटक भएको छैन अपितू अन्तरसाम्राज्यवादी अन्तरविरोध पनि झन चर्केर गएको छ । पूर्व सोभियत संघको पतनपछि सिंगो भूमण्डलमा आफ्नो एकछत्र प्रभुत्व कायम गर्ने रणनीति अन्तर्गत अमेरिकी साम्राज्यवादको बढ्दो लूट, हस्तक्षेप र आतंक सँगै यो स्थितिको विकास भइरहेको छ ।
धर्तीको अत्याधिक मानवीय एवं प्राकृतिक संशाधनको शोषण, दोहन र लूटमा खडा भएको तथाकथित अमेरिकी सम्पन्नता र सभ्यातालाई आफैंले विश्वको आदर्श धरोहर घोषणा गर्दै साम्राज्यवादी धनकुबेरहरुको वुश मण्डलीले उसको विरोधमा आवाज उठाउने राष्ट्र, संगठन, आन्दोलन र जनसमुदाय जो कसैमाथि हमला गर्ने विशेष अधिकारको दाबी र प्रयोग गर्दै आएको छ । मानव जातीलाई नै ध्वंस गर्न सक्ने महाविनासकारी हतियारहरुको निर्माण गर्ने युद्ध उद्योगमा टिकेको अमेरिकी अर्थतन्त्रलाई धराशायी हुनबाट बचाउन यो वा त्यो बहानामा जनसमुदायमाथि युद्ध थोपर्नु साम्राज्यवादको एउटा मूल विशेषता बनिरहेकै छ ।
गत दशक देखिनै सामान्यतः समग्र साम्राज्यवादी अर्थतन्त्र एवं विशेषतः अमेरिकी अर्थतन्त्रमा गहिरो मन्दी छाएको छ । औद्योगिक पूँजीमाथि वित्तिय पूँजीको बर्चस्व कायम भएको र त्यस प्रकारको वित्तिय पूँजीमाथि ‘विश्व बैंक’, ‘अन्तराष्ट्रिय मुद्राकोष’ जस्ता संस्था मार्फत मुख्यतः अमेरिकी नियन्त्रण रहेको छ । वित्तिय पूँजीको दबदबा र त्यसको असीमित संकेन्द्रणले असमान आय वितरण, असमान विकास, वेरोजगारी एवं धनि र गरिबका बीचको खाडललाई पनि भयानकरुपले चर्काएर लग्यो । विज्ञान, प्रविधिको विकास र पूँजीको संकेन्द्रणले साम्राज्यवादी आर्थिक इकाईहरुको उत्पादन क्षमता त असिमितरुपले वृद्धि भइरहेको छ तर, विकास र वितरणको असमानताकाकारण माग र बजार त्यहि अनुपातमा नबढेको मात्र होइन झन सीमित हुँदै गएको छ । साम्राज्यवादी अर्थ व्यवस्थाको यो वंशाणुगत नीयतीका कारण बजारका निमित्त साम्राज्यवादी गुटहरुका बीचमा टकराव हुन अनिवार्य हुन्छ ।
आज विश्व परिस्थितिमा एउटा ठूलो मोड र परिवर्तनलाई व्यक्त गरिरहेको इराक युद्धको पृष्ठभूमीले उक्त कुरालाई स्पष्ट गर्दछ । अन्तर्राष्ट्रिय भुक्तानको माध्यम डलर भएको हुनाले पाँच खरब भन्दा बढिको व्यापार घाटालाई अमेरिकाले मनपरी डलर छापेर पूर्ति गरिरहेको भयता पनि यदि झण्डै आधा अमेरिकन मुद्रामा नियन्त्रण गर्ने युरोप लगायतका अन्य साम्राज्यवादी देशहरुले डलरको सट्टा अन्य मुद्रा प्रयोग गर्ने वित्तिकै सस्तो ब्याजको ऋणमा टिकेको अमेरिकी घरेलु अर्थ व्यवस्था टाट पल्टिने निश्चित छ । वस्तूतः अमेरिकाका कैयौँ ठूल्ठूला कम्पनि र बैंकहरु टाट पल्टिंदै जानुका पछाडि यहि स्थितिले काम गरिरहेको छ । यता केहि समयदेखि विकास हुँदै गएको ‘यूरो’को अवस्थाले ‘डलर’को भविष्यलाई चूनौती दिँदै गएको छ । यसमा खास गरि सन् २००० देखि इराकले आफ्नो तेलको भुक्तान युरो मार्फत गर्न थालेको थियो । भेनेजुएलाले यो काम झन पहिलेदेखि गर्दै गएको थियो । अमेरिकन डलरको सट्टा कैयौँ सामाज्यवादी देशहरुले आफ्नो विदेशी मुद्रा भण्डारलाई विस्तारै युरोमा बदल्न थाले ।
कतिपय अमेरिकाकै नजिकका मानिने देशहरु समेत युरोलाई निश्चित हदसम्म भण्डार गर्न इच्छुक हुँदै गए । त्यसमा पनि गत सात वर्षदेखि तेल उत्पादक देशहरुले तेल सम्पदाको विकासकालागि कुनै पनि अमेरिकन कम्पनिलाई आमन्त्रित गर्न छोड्न थाले । यो समग्रस्थितिमा यदि तेलको विशाल विश्व व्यापारमा युरोको कब्जा भयो र डलर बाहिरीयो भने (जसको स्पष्ट संकेत देखा परि सकेको थियो) अमेरिकाको अर्थतन्त्र चौपट हुने र विश्वमा उसको एकछत्र दादागिरि नचल्ने निश्चित भयो । यसरि वस्तूतः ११ सेप्टेम्बरको घटना भन्दा पहिलै नै अमेरिकाको आर्थिक प्रभुत्वमा ठूलो खतरा उत्पन्न भइ सकेको थियो । त्यो अवस्थामा स्वंय नाटोका सदस्य देशहरु भित्रै अति उत्पादन र सिमित बजारको अन्तरविरोधको अनिवार्य अभिव्यक्तिकारुपमा आपसी टकराव देखा पर्नु स्वभाविक थियो । अमेरिकी साम्राज्यवादले अब आफ्नो आर्थिक प्रभुत्वकालागि एकमात्र अतिमहाशक्तिको दर्जा प्राप्त विशाल फौजी संयन्त्रसहित युद्ध छेड्नु बाहेक अर्को उपाय देख्न संभव थिएन ।
ठिक यहि पृष्ठभूमिमा ११ सेप्टेम्बरको घटना घट्यो । यो घटना वस्तूतः संकटग्रस्त बन्दै गएको अमेरिकी साम्राज्यवादी धनकुबेरको निमित्त युद्ध छेड्ने अत्यन्त ठूलो बहाना बन्न गयो । एक ध्रुवीय आर्थिक र सैनिक प्रभुत्वकालागि आफ्नो विशाल फौजी संयन्त्रसहित युद्धको बहाना खोज्न थालेका तेल व्यापारी बुश मण्डलीले तत्काल कथित आतंक विरोधी युद्धका नाममा दीर्घकालिन युद्धको घोषणा गर्यो । आफ्नो प्रमुख रणनैतिक लक्ष्य तेल कब्जा गरि आफ्ना प्रतिस्प्रधिहरुलाई पाखा लगाउनु र विश्व अर्थतन्त्रमाथिको पकड मजबुत पार्नु भएता पनि तत्काल त्यसलाई आतंकविरोधी युद्धको नाम दिएर अफगानिस्तानमाथि हमलाबाट शुरु गरियो । जब यो प्रक्रिया अगाडि बढेर विश्वको दोस्रो ठूलो तेल भण्डार रहेको सार्वभौम राष्ट्र इराकमाथि कथित सामुहिक विनासका रासायनिक तथा जैविक हतियार रहेको र त्यसलाई नष्ट गर्ने आधारहिन आरोपमा हमलाको तयारी अमेरिकी र ब्रिटिश फौजबाट हुन थाल्यो तब विश्व परिस्थितिमा ठूलो उथल-पूथल र परिवर्तन देखा प¥यो र परिरहेको छ ।
युद्धको तयारीकै क्रममा मुख्यतः युरोप, अमेरिका लगायत विश्वभरि नै साम्राज्यवादी युद्धको विरोधमा अभूतपूर्व जन-प्रदर्शनको लहर देखा पर्यो । साम्राज्यवादीहरुका गढमानै युद्धलाई ‘मानवता विरुद्धको अपराध’ र ‘वुश–ब्लेयरहरुलाई २१औँ शताब्दीका हिटलरसँग’ तूलना गरेर भएको युद्ध विरोधी विशाल र भव्य जनप्रदर्शनहरुले विश्व क्रान्तिको नयाँ लहरका लागि वस्तुगतरुपले क्रान्तिकारी परिस्थितिलाईण् ठूलो मात्रामा तयार गरेको छ । यूरोप, अमेरिका र विश्वभरि विकास भएको जनसमुदायको युद्ध विरोधी एकता र पहलले तत्काल इराक युद्धलाई रोक्न सफल नभएता पनि यसले साम्राज्यवादका विरुद्ध जनशक्तिको विकल्प र भावी विद्रोहको सम्भावनाको बलियो आधार खडा गरेको छ । करौडौँ जनसमुदायको विश्वव्यापी विरोधका बावजूद छेडिएको युद्धले साम्राज्यवादीहरुको प्रजातन्त्रको नकाव च्यात्तिएर उनिहरुको असली सैन्य फासिवादी चरित्र एक पटक फेरी विश्वस्तरमा उदाउँदो भएको छ । इराक युद्धका सन्दर्भमा विकसित भएको विश्व परिस्थितिको यो एउटा अत्यन्त सकारात्मक पक्ष हो ।
इराक युद्धले अन्तर साम्राज्यवादी अन्तरविरोधलाई सतहमा मात्र ल्याएन काफिहदसम्म त्यसलाई चर्काएर लगेको छ । फ्रान्स, जर्मनी र रुस मुखरित भएर नै अमेरिका र ब्रिटेनको युद्ध नीतिका विरुद्ध देखा परे । फ्रान्सले राष्ट्र संघमा युद्धका विरुद्ध भीटो प्रयोग गर्न दिएको धम्की तथा अमेरिकाको ‘एक ध्रुवीय विश्व प्रभुत्व सैन्य नभएको’ घोषणाले अन्तर साम्राज्यवादी अन्तरविरोधको स्तरलाई व्यक्त गर्दछ । मुख्यतः आ-आफ्नो आर्थिक स्वार्थ र सहायकरुपमा सडकमा जनसमुदायको जवर्जस्त प्रदर्शनको दवाबका कारण यस किसिमको विरोध त्यो स्तरसम्म देखा परेको कुरा स्पष्ट नै छ । तर, आजको साम्राज्यवादी विश्व व्यवस्थालाई बचाइराख्न सक्ने एक मात्र तागत अमेरिका नै भएको तथ्यलाई राम्रोसँग बुझेका यी साम्राज्यवादीहरुको विरोधको स्वरमा अमेरिकासँग साँठगाँठ र दलालीको गन्ध पनि सजिलै महशुस गर्न सकिन्छ । यो कुरा राष्ट्रसंघको वकालत र युद्धको विरोध गर्दा गर्दै पनि यी देशहरुले त्यसलाई रोक्न कुनै ठोस कदम नचालेको मात्र होइन अप्रत्यक्ष रुपमा युद्धलाई सहयोग गर्ने तथा अमेरिकाले युद्ध हार्न भने हुँदैन भनेर गरेको प्रचारबाट स्पष्ट हुन्छ । जे भए पनि तेल र बजारका निमित्त साम्राज्यवादी प्रतिश्प्रधा बढ्दै गएको छ र इराक युद्धले त्यो अन्तरविरोधलाई झन तिब्र र गहिरो तुल्याएको छ । विश्व परिस्थितिमा विकास भएको यो अर्को महत्वपूर्ण परिवर्तन हो ।
शीत-युद्धको अन्तपछि अमेरिकाको एकछत्र प्रभुत्वलाई स्वीकार गरेर त्यसको आशिवार्द प्राप्त गर्न प्रतिस्प्रधा गरिरहेको तेस्रो विश्वका प्रतिक्रियावादी शासकहरु गत दशकको अनुभवबाट आफ्नो स्थिति झन कमजोर भइरहेको महशुस गरिरहेका थिए । अहिले तस्रो विश्वका सबै प्रतिकृयावादी शासकहरु एकातिर जनसमुदायको बढ्दो आक्रोश र विद्रोह तथा अर्कातिर विश्व साम्राज्यवादको दबाव, धम्कीको दोहोरो चेपमा रहेका छन् । राष्ट्र संघको अस्वीकृती, विश्व जनमतको व्यापक विरोध र तेस्रो विश्वका अधिकांश शासकहरुको अनुनय, विनयका वावजूद अमेरिका र ब्रिटिश साम्राज्यवादद्धारा एउटा सार्वभौम देश इराकमाथि गरिएको भीषण हमलाले झण्डै–झण्डै बिर्सिन लागेको असंलग्न आन्दोलनलाई स्मरण गर्न र सो आन्दोलन मार्फत युद्धको विरोध गर्न तेस्रो विश्वका शासकहरु बाध्य भएका छन् । तर, आफ्नो प्रतिकृयावादी चरित्रका कारण साम्राज्यवादका विरुद्ध उनिहरुले कुनै दृढ अडानलिन सकिरहेका छैनन् र लिन सक्ने कुरा पनि होइन । तेस्रो विश्वका कतिपय निरङ्कुश शासकहरु आफ्नो आयु र अस्तित्वका लागि नै साम्राज्यवादका दलाली गरिरहेका छन् भने, अन्य कतिपय आतंकित मानसिकता सहित सम्झौताको बाटो खोजिरहेका छन् । जे भए पनि अन्तर साम्राज्यवादी अन्तरविरोध चंर्कदै जानु र त्यहि अनुपातमा असंलग्न आन्दोलनले पूनर्जीवित हुने जमर्को गर्नुले विश्व स्थितिमा आइरहेको परिवर्तनलाई नै व्यक्त गर्दछ ।
इराक युद्धमा प्राप्त कथित फौजी सफलताबाट अमेरिकी साम्राज्यवादीहरुको विश्व प्रभुत्व कायम गर्ने अहंकार झन बढेर गएको छ । उनिहरुले त्यो ‘सफलता’लाई अमेरिकाका विरुद्ध आवाज उठाउने विश्वका साना ठूला सबै शक्तिका विरुद्ध एउटा चेतावनी भएको दम्मपूर्ण घोषणा गरेका छन् । पुरै अरब देशहरुमा आफ्ना अगाडि घुँडा टेक्न कठपूतली सरकार कायम गरि तेल मार्फत विश्व कब्जा गर्ने रणनीति अहिले सिरिया, इरान लगायतका देशहरुमाथि धम्किमा केन्द्रित गरिरहेका छन् ।
अफगानिस्तान र पाकिस्तानमा आफ्नो सैन्य संयन्त्रलाई बलियो तूल्यादै लगेको अमेरिकी साम्राज्यवादले दक्षिण एशियामा आफ्नो प्रभुत्व कस्दै लैजाने रणनीति अपनाएको छ । यस क्षेत्रका देशहरुमा विद्यमान प्रतिक्रियावादी सरकारहरुको आत्मसमर्पणवादी चरित्रका कारण त्यो रणनीतिमा उनिहरु सफल पनि हुँदै गएका छन् । कश्मीर विवादलाई हतियारकारुपमा प्रयोग गरि भारत र पाकिस्तानका शासकहरुलाई विरालोले मुसा खेलाएझैं खेलाउँदै आएको अमेरिकी साम्राज्यवादको अहिलेको ध्यान जनयुद्धको माध्यमबाट तिब्र गतिमा एकपछि अर्को सफलता हाशिल गर्दै गएको नेपाली जनताको महान जनवादी आन्दोलनलाई निस्तेज पार्ने प्रश्नमा केन्द्रीत भइरहेको छ ।
वैचारिक दृष्टिले २१औँ शताब्दिको अग्रगामी आन्दोलन भएको तथा नेपालको भ-रणनैतिक अवस्थिति (विशाल चिन र भारतका बीचमा हुनु) का कारण माओवादी आन्दोलनको सफलता विश्व साम्राज्यवादका विरुद्ध नयाँ विश्व क्रान्तिको झिल्को हुने तथा त्यसबाट विश्व साम्राज्यवादमा डढेलो लाग्ने कुरालाई बुझेर नै उनिहरुले नेपालमा विगत करिब ३ वर्षदेखि आफ्नो हस्तक्षेपकारी गतिविधिलाई बढाँउदै लगेका छन् । घोर प्रतिगामी सामन्ती निरङ्कुशवादी तत्वहरुलाई टिकाइराख्न जनयुद्धका विरुद्ध सामरिक, आर्थिक, भौतिक सहयोग बढाइरहेका छन् । युद्धविराम भएर औपचारिक वार्ताको संघारमा आइ पुग्दा अमेरिकी साम्राज्यवाद र नेपाली पुरानो सत्ताका बीचमा भएको कथित आतंकवादका विरुद्धको ५ वर्षे समझदारी (सन्धिले) र हालै नेपालको माओवादी आन्दोलनलाई समेत आतंकवादको सूचीमा राख्ने घोषणाले स्थितिको गम्भीरतालाई स्पष्ट गर्दछ ।
अहिलेको विश्व परिस्थितिको यो संक्षिप्त अवलोकनबाट मात्र पनि के कुरा स्पष्ट हुन्छ भने इतिहासका तमाम उतार–चढावका बावजूद साम्राज्यवादका आधारभूत विशेषता र बुसका लागि युद्धको अनिवार्यताबाट कमरेड लेनिनले गरेको विश्लेषण आज पनि उत्तिकै वैज्ञानिक र सान्दर्भिक रहेको छ । क्रान्तिद्धारा युद्धको विरोध बाहेक विश्व जनसमुदायका अगाडि अर्को विकल्प छँदै छैन् । इराक युद्धसम्मको स्थितिले २१ औँ शताब्दिमा विश्व क्रान्तिको नयाँ लहरका लागि वस्तूगत परिस्थितिलाई परिपक्क बनाउदै लगेको छ । मालेमाका आधारभूत सिद्धान्तका आधारमा साहसपूर्वक त्यो विश्व क्रान्तिको नेतृत्वका लागि आफैलाई तयार पार्ने महान ऐतिहासिक कार्यभार अन्तर्राष्ट्रिय सर्वहारा वर्गको काधमा आएको छ । जनयुद्ध वाहेक साम्राज्यवादलाई परास्त गर्ने अर्को कुनै फौजी रणनीति हुन सक्तैन ।
विश्व परिस्थिति र नेपाली क्रान्तिबारे
सूचना प्रविधिमा भएको अभूतपूर्व विकासले आजको विश्वलाई आश्चर्य जनकरुपमा साँघुरो पारि दिएको छ । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विकासले कुनै निश्चित देशमा जनक्रान्तिको सफलताका लागि अन्तर्राष्ट्रिय परिस्थितिको अनुकूलता वा प्रतिकूलताले रणनैतिक महत्वको भूमिका खेलिरहेको हुन्छ । त्यसमाथि २१औँ शताब्दिको विज्ञान र प्रविधिको विकासले एउटा देशमा क्रान्तिको सफलताका लागि अन्तर्राष्ट्रिय परिस्थितिको महत्व झन गुणात्मकरुपले बढ्न गएको छ । आजको स्थितिमा कुनै निश्चित देशको क्रान्तिका उतार-चढावहरु विश्व परिस्थितिमा आउने उतार-चढावसँग निरन्तर र अभिन्नरुपले गाँसिएका हुन्छन् । नेपाली क्रान्तिको विकासका ७ वर्षहरुले उपरोक्त वास्तविकतालाई राम्रोसँग अभिव्यक्त गर्दै आएको छ ।
विश्व साम्राज्यवाद, आजको अवस्थामा मुख्यतः अमेरिकी साम्राज्यवाद यदि पुरानो सामन्ती सत्ताको सहयोगमा प्रत्यक्ष अगाडि नआएको भए पार्टीको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनद्धारा संश्लेषित विचार, रणनीति र कार्यनीतिको प्रयोगद्धारा नेपाली क्रान्ति अहिलेको भन्दा केहि भिन्न र सापेक्षित सहजतापूर्वक अगाडि बढ्न संभव थियो । कुख्यात दरबार हत्याकाण्ड मार्फत सर्वाधिक क्रुर र निरङ्कुश सामन्ती तत्वहरुलाई नेपाली जनयुद्धका विरुद्ध खडा गराउनेदेखि ११ सेप्टेम्बर पछि कथित आतंकवादका विरुद्ध युद्धको घोषणासागै नेपालमा आफ्नो हस्तक्षेप बढाउनेसम्मका अमेरिकी साम्राज्यवादका क्रियाकलापले नेपाली क्रान्ति प्रभावित भएको छ । हामी यो कुरा स्पष्टसँग र पुरै अनुभवकासाथ भन्न सक्दछौँ कि विगत ‘संकटकाल’मा यदि पुरानो सामन्ती सत्ता र उसको शाही सेनालाई अमेरिकी सैन्य विशेषज्ञहरुको योजना, निर्माण, तालिम र निर्देशनमा प्रत्यक्ष सहभागिता नभएको भए तथा अमेरिका लगायत वैदेशिक प्रतिकृयावादी शक्तिहरुको आर्थिक र फौजी सहयोग प्राप्त नगरेको भए नेपालमा सडेगलेको सामन्ती सत्ता जनयुद्धका अगाडि आजसम्म टिक्न सम्भव थिएन । साम्राज्यवादको प्रत्यक्ष सहयोग र निर्देशनमा सामन्ती सत्ताले संकटकालका नाममा चलाएको भीषण सैनिक अत्याचार र आतंकका विरुद्ध विभिन्न मोर्चामा उसलाई पराजित गरेर वास्तविक अर्थको रणनैतिक सन्तूलनसम्म जनयुद्धको विकास हुनुले पार्टीको राजनैतिक एवं फौजी कार्यदिशाको महान विजयलाई नै प्रमाणित गर्दछ ।
‘शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै’ र ‘असाधारण जटील स्थितिको सिर्जना गर्दै’ अगाडि बढ्नु माक्र्सवाद-लेनिनवाद-माओवादका अनुसार कुनै पनि क्रान्तिको नियम हो । नेपाली क्रान्तिको विकासको नियम त्यो भन्दा बाहिर हुन सक्तैन । आज नेपाली जनयुद्ध रणनैतिक सन्तूलनबाट प्रत्याक्रमणको तयारीको चरणमा रहेकाले साम्राज्यवादी शक्ति पनि यसका विरुद्ध अझ भीषण हमलाको तयारीमा रहेको कुरामा कुनै शंका छैन । नेपाली क्रान्तिका सम्पूर्ण जटीलता, संभावना र चूनौती यहि वस्तुगत स्थितिका अभिव्यक्तिहरु हुन् । सैद्धान्तिक र रणनैतिक दृष्टिले साम्राज्यवाद कमरेड माओले भने झैं कागजी बाघ नै हो । तर, तात्कालिन र कार्यनैतिक दृष्टिले उ मान्छे खांदै हिंड्ने साच्चैको बाघ पनि हो ।
इराक युद्धसम्म आइपुग्दा साम्राज्यवाद कागजको बाघ र सांच्चैको बाघ दुबै प्रमाणित भइरहेको छ । रणनैतिक दृष्टिले इराक युद्धमा साम्राज्यवाद विश्वभरिका जनसमुदायको विरोध, घृणा र आक्रोशको केन्द्र बनेकोले उ बागजी साबित भएको छ । तर, तात्कालिकरुपबाट उसले अफगानिस्तान र इराकका जनताको रगत पिइरहेको छ र विश्वभरिका जनतातिर आफ्नो रगत लतपत्तिएको मुख देखाएर गर्जिरहेको छ, त्यसरि उ साँच्चैको बाघ बनेको छ । इराक युद्धले विश्वभरिनै क्रान्तिकारी परिस्थितिलाई अझ परिपक्व अवश्य बनाएको छ, तै पनि तत्काल सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिको लहर भने चालिरहेको छैन । तर, नेपालमा भने क्रान्तिको विकास प्रत्याक्रमणको तयारीको चरण जस्तो अत्यन्त संवेदनशिल चरणसम्म भइसकेको छ । विश्व परिस्थितिको यहि रणनैतिक अनुकूलता एवं तात्कालिक प्रतिकूलता र देश भित्रको रणनैतिक सन्तूलनको स्थितिमा नै पार्टीका आजका युद्धविराम, वार्ता, राजनैतिक विकासलगायतका कार्यनैतिक श्रृंखलाहरु आधारित रहेको यथार्थलाई बुझ्न जरुरी छ ।
चीनमा पूँजीवादको पूनस्थापनासँगै विश्वमा एउटा पनि समाजवादी सत्ता नरहेको, वस्तूगत परिस्थिति अनुकूल बन्दै गएको भएता पनि तत्काल सर्वहारा वर्गको नेतृत्वमा कुनै शक्तिशाली क्रान्तिकारी आन्दोलनको विकास भइनसकेको, विश्व साम्राज्यवाद घाइते बाघझैं उदण्ड भएर जताततै जनतामाथि झंम्टदैं हिंडेको आजको परिस्थितिमा नेपाल जस्तो सानो र विशिष्ट भू-राजनैतिक अवस्थाको देशमा क्रान्तिलाई केन्द्रीय सत्ता कब्जा गर्ने स्तरसम्म विजयी बनाउन संभव छ रु आज पार्टीका अगाडि उपस्थित भएको यो सर्वाधिक महतवपूर्ण प्रश्न हो । यो प्रश्नको समूचित माक्र्सवादी-लेनिनवादी-माओवादी उत्तरमा नै नेपाली क्रान्तिको भविष्य निर्धारित हुने छ ।
विचारधारात्मक र राजनैतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । हिजो शितयुद्धको अन्तपछि पश्चिममा साम्राज्यवादले वैचारिक र भौतिक दुबै अर्थमा ‘विजयउत्सव’ मनाइरहेको तथा पेरुको जनयुद्धले समेत गम्भीर धक्का खाएको अत्यन्त प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीले जनयुद्धको ऐतिहासिक पहल गरेको तथ्य यहाँ स्मरणीय छ । देश भित्र र बाहिरका तमाम प्रतिकृयावादी एवं दक्षिणपन्थी संशोधनवादीहरुले जनयुद्धको यो पहललाई वस्तुगत परिस्थिति बिनाको ‘उग्रपन्थी भड्काव’ भन्दै केही महिना भित्रै सखाप हुने भविष्यवाणी गरेका थिए । तर, ती तमाम आरोप र भविष्यवाणीका विपरीत ७ वर्षमा जनयुद्ध आजको चूनौतीपूर्ण अवस्थासम्म विकास भएको छ । यो अद्धीतिय विकासका पछाडी पार्टीको सही विचार, नीति, योजना र कार्यक्रम रहेको कुरा स्वतः स्पष्ट छ ।
आज साम्राज्यवादी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादको सामना गर्दै क्रान्तिलाई विजयसम्म डो¥याउने जुन चूनौती खडा भएको छ । अन्ततः यो पनि सहि विचारधारात्मक र राजनैतिक कार्यदिशाको विकास गर्ने चुनौती नै हो । ठोस वस्तूको ठोस विश्लेषणका आधारमा यदि पार्टीले नयाँ परिस्थितिका लागि वैचारिक र राजनैतिक कार्यदिशाको विकास गर्न असफल भएर, जडसुत्रवाद वा अनुभववादको शिकार भयो भने क्रान्तिलाई विजयसम्म डोर्याउन असंभव हुनेछ । अहिलेको विश्व परिस्थितिबाट क्रान्तिकारी आन्दोलनमा देखा पर्न सक्ने तीन प्रकारका विचलनकाबारे यहाँ चर्चा गर्न आवश्यक छ ।
दुश्मनको शक्तिलाई अधिमूल्याङ्कन र जनताको शक्तिलाई अवमूल्यन गर्ने दक्षिणपन्थी आत्मसमर्पणवादी विचलन आजको सन्दर्भमा क्रान्तिकारी आन्दोलनभित्र देखा पर्न सक्ने पहिलो र मुख्य खतरा रहेको कुरामा पार्टी स्पष्ट हुन आवश्यक छ । यस प्रकारको विचलनले युद्धविरामलाई निरपेक्ष शान्तिको अर्थमा ग्रहण गर्ने, वार्ता प्रक्रियालाई दुश्मनका विरुद्ध संघर्षको अर्को मोर्चाकारुपमा नलिएर जसरी पनि सम्झौता गर्ने अर्थमा ग्रहण गर्ने, जनसेनाको सुदृढीकरण र जनसमुदायलाई गोलबन्द गर्ने प्रमुख र कष्टसाध्य काम प्रति अरुची र दुश्मनका विभिन्न गुटहरुसँगको कुटनैतिक सहकार्य र त्यसको परिणामप्रति अनावश्यक आशावादीता प्रकट गर्ने, विश्व परिस्थिति र त्यसको दबावलाई देखाएर पार्टीका रणनैतिक लक्ष्यलाई कार्यनैतिक सिर्जनशिलताका नाममा परित्याग गर्न उद्धत रहने, विचार र नेतृत्वको विकासमा भन्दा यथास्थितिमा चक्कर काट्न रमाउने, युद्धविराम भंग गरेर क्रान्तिलाई अगाडि बढाउनुलाई आत्मघात सम्झने आदि जस्ता विविधरुपमा अभिव्यक्त हुन सक्दछ ।
उपरोक्त विचलनको ठीक विपरित अर्को विचलन दुश्मनको शक्तिलाई अवमूल्यन र जनताको शक्तिलाई अधिमूल्याङ्कन गर्ने ‘वामपंथी‘ दुश्साहसवादी विचलनकारुपमा देखा पर्न सक्दछ । यस प्रकारको विचलनले युद्धविराम र वार्ता प्रक्रियालाई अनावश्यक र औचित्यहिन कसरत देख्ने, रणनैतिक लक्ष्यप्रति दृढताका नाममा क्रान्तिको विकासले पैदा गरेका जटीलताहरुको सामना गर्न आवश्यक कार्यनैतिक धुमधुमाउलाई अस्वीकार गर्ने, दुश्मनका बीचको अन्तरविरोधको पहिचान र परिचालनलाई अवसरवाद देख्ने तथा सिधै अगाडि बढेर मात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने एकोहोरो सोच राख्ने, पार्टीका विचार, नीति, योजना र कार्यक्रमलाई निरन्तर विकास गर्नु पर्ने कष्ट साध्य कामकारुपमा भन्दा पूर्व संश्लेषित विचार, नीति, योजना र कार्यक्रमलाई पूर्णताको जड अर्थमा ग्रहण गर्ने आदि जस्ता विविधरुपमा अभिव्यक्त हुन सक्दछ ।
पार्टीले उपरोक्त दुई परस्पर विपरित देखिने विचलनका साथै अर्को विचलन अकर्मण्यतावाद र पदलायनवादका रुपमा पनि देखा पर्न सक्दछ । यो प्रकारको विचलनले दक्षिणपन्थी, वामपन्थी र क्रान्तिकारी कुनै पनि दिशामा आफूलाई दृढतापूर्वकमा उब्याउन सक्तैन । अन्ततः पलायनवाद यसको गन्तव्य हुन पुग्दछ । पार्टी यस प्रकारका विचलनका विरुद्ध मालेमा र प्रचण्ड—पथका आधारमा निरन्तर विचारधारात्मक संघर्ष अगाडि बढाउन जोड दिन्छ । रणनैतिक, दृढता र कार्यनैतिक लचकताको पार्टीको स्थापित विचारलाई नयाँ परिस्थितिको मांग अनुसार अर्को नयाँ उचाईमा उठाउन आवश्यक ठान्दछ । नेपाली जनयुद्धको विजय न दक्षिणपन्थी आत्मसमर्पणहरुले सोच्ने जस्तो असम्भव छ, न वामपन्थी दुश्साहसवादीहरु सोचे जस्तो सिधा र सरल नै हुनेछ ।
अफगानिस्तान र मुख्यतः इराक युद्धपछि निश्चितरुपले विश्व साम्राज्यवादका साथै युद्ध विरोधि विश्व जनमत ९कम्युनिष्ट क्रान्तिकारीहरु समेत०को आँखा नेपालमा विशेषरुपले केन्द्रीत हुँदै गएको छ र भावी दिनमा अझ केन्द्रीत हुँदै जानेछ । तेस्रो विश्वका कुनै पनि धार्मिक कट्टरतावादी शासक वा गुट वा प्रतिकृयावादी तानाशाहहरुले साम्राज्यावादी सैन्य हस्तक्षेपका विरुद्ध वास्तविक प्रतिरोध गर्न नसक्ने तथ्य इराक युद्धसम्म आउँदा अझ स्पष्ट भइ सकेको छ । यसका पछाडि तीन प्रमुख कारण रहेको कुरामा हामी स्पष्ट हुनु पर्दछ । पहिलो, त्यस प्रकारका प्रतिकृयावादी शासकहरु आफ्नै जनसमुदायबाट अलग—थलग रहेका हुन्छन् र प्रतिरोध युद्धमा जनसमुदायको सक्रिय पहलकदमीको असीमित उर्जालाई संगठीत गर्न असफल हुन्छन् । दोस्रो, त्यस प्रकारका शासकहरुले प्रयोग गर्ने युद्धशैली साम्राज्यवादी युद्धशैली नै हुने गर्दछ जुन शैलीमा अतिमहाशक्ति साम्राज्यवाद हजारौं गुणा बलियो हुने भएकोले तेस्रो विश्वका शासक वा धार्मिक कट्टरवादी गुटहरु युद्धमा लामो समय टिक्न सम्भव नै हुँदैन । तेस्रो, साम्राज्यवादी युद्धको विरोधमा रहँदा रहँदै पनि त्यस प्रकारका प्रतिकृयावादी शासक वा धार्मिक कट्टरतावादी गुटका पक्षमा विश्व जनमत पुरै शक्तिकासाथ र निरन्तर आन्दोलित हुन असम्भव हुन्छ ।
निश्चित छ कि नेपाली जनयुद्धका सन्दर्भमा त्यस प्रकारकोस्थिति आधारभूतरुपले नै फरक हुनेछ । मालेमाका सार्वभौम सिद्धान्त र इतिहासका अनुभवद्धारा अकाट्यरुपमा प्रमाणित तथ्य हो कि साम्राज्यवादका विरुद्ध जनयुद्धको विधिद्धारा मात्र सफलता हाशिल गर्न सम्भव छ । आज विश्व जनमत साम्राज्यवादका विरुद्ध पुनः आन्दोलित भइरहेको सन्दर्भमा नेपाली जनयुद्धले विश्व क्रान्तिको नयाँ लहर सृष्टि गर्ने विश्व ऐतिहासिक महत्वको भूमिका खेल्न सक्ने सम्भावना प्रवल बन्दै गइरहेको छ । यदि नेपाली जनयुद्धले दक्षिणपन्थी आत्मसमर्पणवाद वा वामपन्थी दुस्साहसवादको शिकार भएर यो वा त्यो रुपमा धक्का खान पुगेमा त्यसले विश्व क्रान्तिको विकासमा नै ठूलो नकारात्मक भूमिका खेल्नेछ । ७ वर्षको जवरर्जस्त विजय अभियान र रणनैतिक सन्तूलनको आजको अवस्थाका कारण साम्राज्यवादी दुश्मन जनयुद्धका विरुद्ध नयाँ–नयाँ रणनीति अपनाउन वाध्य भइरहेका छन् । इन्डोनेशिया, चीली, भीयतनाम, निकारागुआ र पछिल्लो पेरुको अनुभव समेतलाई दृष्टिगत गरि साम्राज्यवादले नेपाली जनयुद्धलाई सखाप पार्ने खुला र छद्म रणनीतिको विकास गर्ने जमर्को गरिरहेको छ । ती मध्ये सबै भन्दा प्रभावकारी उपायकारुपमा आतंकवादको आरोप स्थापित गरि भीषण फौजी हमलाको तयारी गर्नु नै रहेको छ । यो स्थितिमा नेपाली जनयुद्धको भावी विकास त्यति सहज र सरल भने अवश्य हुने छैन । तर, सही रणनीति र कार्यनीतिका आधारमा अगाडि बढ्दै जाँदा यसले विश्व जनमतलाई आन्दोलित गर्दै र साम्राज्यवादलाई थकाउँदै क्रान्तिलाई विजयसम्म डो¥याउन पुरै सम्भव छ । यसका लागि निश्चय नै पार्टीले कार्यनीतिमा थुप्रै फेरबदल, घुम्ती र उतार चढावहरु पार गर्नु पर्नेछ । यहाँ मुख्य प्रश्न २१ औँ शताब्दिको क्रान्तिको झण्डालाई झुक्न नदिने रणनैतिक प्रतिबद्धतामा दृढ रहने हो । अमेरिकी साम्राज्यवादीको विपरित र वैकल्पिक ध्रुवको रुपमा जनयुद्धको रणनीतिलाई स्थापित गर्नु र त्यसका लागि ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै आवश्यकता अनुसार अघि, पछि र दायाँ–बायाँ हुँदै अगाडि बढ्न जरुरी पर्दछ, यस सन्दर्भमा पार्टीले निम्न कुराहरुमा विशेष ध्यान दिन आवश्यक छ ।
सर्वहारा अन्तर्राष्ट्रियतावादको महान सिद्धान्त प्रति दृढ रहँदै विश्व सर्वहारा वर्गसँग पार्टीको सम्बन्धलाई अझ ठोस र व्यापक बनाउन जोड गर्न आवश्यक छ । साम्राज्यवादका विरुद्धको लडाईमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सामुहिक प्रयत्न बिना कुनै खास देशको क्रान्तिको विजय विशेषरुपले असम्भव भएको आजको विश्वमा पार्टीले त्यसका लागि रिम मार्फत विश्वभरिका सर्वहारावादी क्रान्तिकारीसँगको सम्बन्धलाई सजीब र आन्दोलनयुक्त तूल्याउन अझ पहल बढाउन आवश्यक छ । अन्तर्राष्ट्रिय सर्वहारावर्गसँगको सम्बन्ध र उसको सामूहिक प्रयत्नमा संगठित र आन्दोलितरुप दिने कुरालाई पार्टीले पहिलो प्राथमिकता दिन आवश्यक छ ।
साम्राज्यवादका विरुद्ध विश्वव्यापिरुपमा विकसित हुँदै गएको जनमतसँग नेपाली क्रान्तिलाई जोड्ने प्रश्न पार्टीका अगाडि उपस्थित महत्वपूर्ण प्रश्न हो । पार्टीको अहिलेसम्मको गतिविधिले साम्राज्यवाद विरोधि विश्व जनमतसँग नेपाली क्रान्तिलाई जोड्नकालागि राम्रो वैचारिक र राजनैतिक आधार अवश्य तयार भएको छ । पार्टी र अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सामुहिक र योजनाबद्ध पहल सहित त्यो सम्बन्धलाई सजीब, संगठित र आन्दोलनयुक्त तूल्याउन जोड दिनु आवश्यक छ ।
उपरोक्त दुई मुलभूत सम्बन्धलाई विकसित गर्ने प्रयाससँगै अमेरिकी साम्राज्यवादसँग अन्तरविरोध राख्ने अन्य विभिन्न साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरुलाई उपयोग गर्ने प्रयत्न बढाउनु पर्दछ । यहाँ स्पष्ट हुनु सर्वहारा वर्ग र साम्राज्यवाद विरोधि विश्व जनमतसँगको सम्बन्धलाई प्राथमिकतासहित मजबूत तूल्याउने प्रयत्नको विकासको सापेक्षेतामा नै अन्तर साम्राज्यवादी र अन्तर प्रतिकृयावादी अन्तरविरोधलाई उपयोग गर्ने पार्टीको क्षमतामा वृद्धि हुनेछ ।
यसरी मात्र हामीले विश्व क्रान्तिलाई सेवा गर्ने तथा नेपाली क्रान्तिलाई डो¥याउने आफ्नो ऐतिहासिक दायित्वलाई पुरा गर्न सक्नेछौँ ।
वर्तमान घरेलु परिस्थितिबारे
देशको वर्तमान राजनैतिकस्थिति संक्रमणकालिन संकटको अवस्थाबाट गुज्रिरहेको छ । गृहयुद्धमा रणनैतिक सन्तुलनको विशेष अवस्था, जनसमुदायको शान्तिको आकांक्षा र वैदेशिक शक्तिकेन्द्रहरुको बढ्दो चलखेल र हस्तक्षेपसमेतलाई विचार गरि हाम्रो पार्टीले अत्यन्त गम्भीरता, जिम्मेवारी र लचकतापूर्वक युद्धविराम र वार्ता प्रक्रियामा समावेश भई शान्तिपूर्ण ढंगले अग्रगामी राजनैतिक निकासका लागि प्रयत्न गर्दै आएको छ । जनता र जनयुद्धको व्यापक दबावका कारण अन्तर्राष्ट्रिय शक्तिकेन्द्र एवं उनका नेपाली दलालहरुले औपचारिकरुपमा युद्धविराम र वार्ता प्रक्रियालाई स्वागत गरेको देखाए पनि वास्तविक अर्थमा युद्धविरामको घोषणासँगै यसका विरुद्ध षडयन्त्रको पनि शुरुवात गरियो । युद्धविरामको घोषणा देखिनै शाही सेना समेत पुरानो सत्तापक्षद्धारा गरिएका दमन, धरपकड र हत्या प्रक्रियालाई जारी राख्दै अगाडि बढाइरहेको सैन्य सुदृढीकरणको अभियान तथा विभिन्न प्रतिकृयावादी संसदीय गुटहरुद्धारा गरिएको तथा कथित माओवादी र दरवारका बीचको गोप्य सांठगांठको सूनियोजित प्रचारवाजीले त्यसप्रकारको षडयन्त्रलाई स्पष्ट संकेत गरिरहेको थियो ।
हाम्रो पार्टीले प्रारम्भ देखिनै सबै प्रकारका षडयन्त्रहरुको भण्डाफोर गर्दै देश र जनताको आवश्यकता र आकंक्षा अनुसार युद्धविराम र वार्तालाई सफल पार्न जोड दिँदै आएको छ । यस सन्दर्भमा हाम्रो इमान्दारी, गम्भीरता र जिम्मेवारीवोध वार्ताटोलीको गठनदेखि साहसपूर्वक र सार्वजनिकरुपले गरिएका विभिन्न राजनैतिक शक्ति, वौद्धिक व्यक्तित्व, पत्रकार एवं जनसमुदायसँगको गहन छलफल, अन्तरक्रियाद्धारा मात्र होइन सत्तापक्षसँगका औपचारिक वार्तामा हामीले प्रस्तुत गरेका कार्यसूची र अडानहरुले समेत राम्रोसँग प्रमाणित गरेका छन् । तर, हाम्रो राजनैतिक आचरण र शान्तिपूर्ण राजनैतिक निकास प्रतिको हाम्रो प्रतिबद्धता प्रति ग्रामिण मात्र होइन सहरीया मध्यमवर्गिय जनसमुदाय समेत जति व्यापकरुपले स्पष्ट र आकर्षित हुँदै गएकोस्थिति देखा पर्न थाल्यो, त्यत्तिनै मात्रामा वैदेशिक प्रतिक्रियावाद र उनका नेपाली दलालहरुको षडयन्त्रको मात्रा पनि बढ्दै गएको तथ्य स्पष्ट देख्न सकिन्छ । औपचारिक वार्ताकै मुखमा आएर अमेरिकी साम्राज्यवाद र पुरानो सत्ताका बीचमा भएको तथाकथित आतंकवादका विरुद्धको पाँच वर्षे समझदारी, भारतीय स्थल सेनाध्यक्षद्धारा ‘आतंकवादक विरुद्ध’ लड्न पुरानो सत्तालाई दिइएको र दिइने ३०० करोड मूल्य बराबरको युद्धसामग्रीको सार्वजनिक घोषणा तथा पछिल्लो चरणमा अमेरिकी विदेश मन्त्रालयद्धारा माओवादी आन्दोलनलाई अन्तर्राष्ट्रिय आतंकवादको सूचीमा राख्ने सार्वजनिक घोषणा, नेपालस्थित अमेरिकी राजदूतद्धारा खुलेआम दिइने गरेको धम्की, शाही सेनाका क्रियाकलाप र सार्वजनिक अभिव्यक्तिहरु तथा प्रमुख संसदवादी दलहरुका भ्रामक प्रचारवाजीहरुले त्यो कुरालाई पुरै स्पष्ट गर्दछन् ।
युद्धविरामदेखि अहिलेसम्मको राजनैतिक विकासक्रमले स्पष्ट गरेको छ कि गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभा मार्फत अग्रगामी राजनैतिक निकास खोज्ने हाम्रो न्यूनतम र सर्वमान्य हुनुपर्ने प्रस्तावलाई निरंकुश राजतन्त्रको सपना देख्ने दरवारीया तत्वहरुलेमात्र होइन संसदीय प्रजातन्त्रको राग अलाप्ने प्रमुख संसदवादी गुटहरुले समेत अस्वीकार गरिरहेका छन् । वस्तूतः यो अस्वीकृतिले उनिहरु देशमा न वास्तविक अर्थको शान्ति, न वास्तविक राजनैतिक निकास नै चाहान्छन् भन्ने कुरामात्र प्रमाणित भइरहेको छ । रुपपक्षमा हेर्दा निरंकुश राजतन्त्रवादी, संसदवादी र क्रान्तिकारी शक्तिका बीचमा त्रिकोणात्मक संघर्ष चलेको देखिने राजनैतिक परिदृश्यको वर्गिय सारतत्वमा गएर हेर्दा दुई पक्ष (प्रतिकृयावादी र जनवादी वा प्रजातान्त्रिक शक्ति) का बीचको संघर्षमात्र देखा पर्दछ । निरंकुश राजतन्त्रवादी एंव संसदवादी गुटका बीचको अन्तर प्रतिकृयावादी पुरानो सत्तामा अंशवण्डाको झगडा बाहेक अरु केहि नभएको कुरा व्यवहारतः प्रमाणित भइरहेको छ । दरवारीयाहरु राष्ट्रियता (नक्कली) र संसदवादीहरु प्रजातन्त्र (नक्कली) को नाममा सत्तामा बसेर देश र जनतामाथि एउटै वर्गिय प्रकृतिको घात गर्न चाहान्छन् भन्ने कुरा नेपालमा पटक पटक प्रमाणित भइरहेको छ । देशको वर्तमान संकटपूर्णस्थिति र हाम्रो गम्भीर पहलका बावजूद संविधानसभा जस्तो वुर्जुवा प्रजातान्त्रिक विधिमा आउन इन्कार गर्नुले उनिहरुको राष्ट्रियता र प्रजातन्त्रको नारा कति खोक्रो र पाखण्डी छ भन्ने कुरा एक पटक फेरी व्यापकरुपमा प्रमाणित भएको छ । यसबाट राष्ट्रियता र प्रजातन्त्र बुर्जुवा जनवादी क्रान्तिका एक अर्काबाट अलग गर्ने नसकिने अवयव हुन् भन्ने हाम्रो नीतिको वैज्ञानिकता झन स्पष्ट भएको छ ।
वर्गिय र सैद्धान्तिकरुपले हामीले भन्दै आएको तथा अहिलेको युद्धविराम र वार्ता प्रक्रियाका सन्दर्भमा विशेषरुपले कुन कुरा उदाउँदो भएको छ भने यथार्थमा नेपालका विभिन्न प्रतिकृयावादी गुटहरुका बीचको आपसी खिचातानी, कचिल र अन्तरविरोधका पछाडि विभिन्न अन्तर्राष्ट्रिय प्रतिकृयावादी शक्ति केन्द्रहरुको आपसी स्वार्थको टक्करले काम गरिरहेको छ । शाही सेना र दरवारीया तत्वहरुलाई पश्चिमा साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवाद र प्रमुख संसदवादी गुटहरुलाई दक्षिण एशियामा आफ्नो विशेष प्रभुत्व खोज्ने भारतीय शासकहरुले सञ्चालन र संरक्षण गरिरहेकाले उनिहरुका बीचमा निरन्तर खिचातानी चलिरहने गरेको छ । अतः सिंगो पार्टी अझ स्पष्ट हुन जरुरी छ कि दरवारीया र नेपालका संसदवादीहरु कसैलाई पनि एक अर्काका तूलनामा प्रजातान्त्रिक वा राष्ट्रवादी देख्ने सोच दरवार हत्याकाण्ड पछिको राजनैतिक विकासका सन्दर्भमा अझ विशेषरुपले गलत र हानिकारक हुन पुगेको छ ।
कुन खास स्थितिमा अन्तरविरोधलाई कुन किसिमले सञ्चालन गर्ने भन्ने बाहेक दरवारीया र संसदवादी गुटहरुका सन्दर्भमा हाम्रो कुनै सैद्धान्तिक र राजनैतिक सम्बन्ध हुन नसक्ने कुरा आजको नेपालमा झन स्पष्ट भइरहेको छ । घटनाक्रमले स्पष्ट गरिरहेको छ कि दरवारीयाहरु शान्तिवार्ताका नाममा हामीलाई उपयोग गरि आफ्नो सत्ता सुदृढ गर्ने र अमेरिकी साम्राज्यवादको आडमा हाम्रो आन्दोलनलाई सखाप पार्ने रणनीति अन्तर्गत नै अगाडि बढिरहेका छन् भने प्रमुख संसदवादी गुटहरु प्रतिगमनका विरुद्ध संघर्षका नाममा हामीलाई उपयोग गरि पुरानै सत्ताको कुर्सिमा पुगेर वैदेशिक प्रतिकृयावादकै आडमा हाम्रै आन्दोलनलाई सखाप पार्ने रणनीति अन्तर्गत अगाडि बढिरहेका छन् । यो स्थितिमा उनिहरुको रणनैतिक षडयन्त्रको झण्डाफोर गर्दै जनसमुदायलाई व्यापकरुपमा गोलबन्द गर्नु तथा प्रतिकृयावादीहरुका बीचको अन्तरविरोधलाई उपयोग गर्दै जनक्रान्तिलाई नयाँ उचाईमा उठाउन जोड गर्नु बाहेक क्रान्तिकारीहरुको अर्को रणनीति हुनै सक्तैन ।
के अन्तर्राष्ट्रिय शक्ति एवं देशका प्रतिकृयावादी तत्वहरुको यस प्रकारको षडयन्त्रपूर्ण रवैयाले युद्धविराम, वार्ता र शान्तिपूर्ण राजनैतिक निकासप्रतिको हाम्रो गम्भीर र जिम्मेवारीपूर्ण पहलकदमीको औचित्यलाई समाप्त गर्दछ रु कतिपय मानिसहरुलाई त्यस्तो लाग्न पनि सक्दछ । तर, वास्तविक र वैज्ञानिक अर्थमा दुश्मनका यी षडयन्त्रहरुले हाम्रो यो पहलको औचित्यलाई झन व्यापकरुपले प्रमाणित गर्दछन् । सर्वप्रथमः हाम्रो यो पहलले ग्रामीणमात्र, शहरीया जनसमुदाय र देशभित्रमात्र होइन उल्लेखनिय हदसम्म विश्वभरिका जनसमुदायसम्म हाम्रो आन्दोलनको राजनैतिक श्रेष्ठता स्थापित गर्न साम्राज्यवाद एवं उसका दलालहरुको सैन्य फाशिवादी निकृष्टतालाई न¨याउन महत्वपूर्ण भूमिका खेलेको छ । अझ ठोस रुपमा भन्नुु पर्दा वार्ता र राजनैतिक निकासको गंभीर पहल भईरहेको बेला अमेरिकी साम्राज्यवादद्धारा गरिएको युद्ध उन्मादि र अन्यायपूर्ण हस्तक्षेपले शहरिया बौद्धिक समुदायदेखि आम जनतासम्म र विश्व भरिका प्रगतिशिल जनसमुदायको नजरबाट समेत एकै चोटी अमेरिकी साम्राज्यवाद र उसका नेपाली दलालहरु नराम्रो संग गिर्न पुगेका छन । यसले भावि प्रत्याक्रमणका लागि ठूलो राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक तयारीको भुमिका खेल्ने कुरालाई हामीले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्दछ । दोस्रो कुरा, हाम्रो यो पहल र अमेरिकी साम्राज्यवाद को नां¨ो हस्तक्षेपले पार्टीका अगाडि अन्तरसाम्राज्यवादी एवं विभिन्न देशका प्रतिक्रियावादी शासकहरुका बीचको अन्तरविरोधलाई उपयोग गर्ने संभावनालाई धेरै हदसम्म बढाइदिएको छ । तेस्रो कुरा, हाम्रो पहल र दुश्मनको नां¨ो षडयन्त्रले देशका विभिन्न प्रतिक्रियावादी एवं संसोधनवादी गुटहरु भित्र आपसी अन्तरविरोधलाई व्यापक रुपले चर्काएर सतहमा ल्याउने काम गरेको छ । यस बाट प्रतिक्रियावादी एवं संशोेधनवादी गुटहरुको भ्रममा रहेका कार्यकर्ता र जनताको तप्कालाई स्पष्ट पार्न राम्रो अवसर प्राप्त भईरहेको छ । वार्ता पनि एउटा संर्घषको मोर्चा हो भन्ने पार्टीको मुल सैद्धान्तिक मान्यता अनुसार हामीले यसलाई अन्तसम्म र एउटा तार्किक निष्कर्षसम्म पु¥याउन जोड गर्नु पर्दछ । तर, यो कार्यनीति प्रत्याक्रमणको राजनैतिक तयारीको रणनीतिक सँग अभिन्न रुपले गासिएको यथार्थलाई हामीले दह्रोसँग पक्डनै पर्दछ । अन्तमा रणनैतिक र वर्गिय दृष्टिले दरवारिया एवं प्रमुख संसदवादी नेतृत्वगुटहरुका बारेमा उपरोक्त विश्लेषणमा स्पष्ट हुँदै तात्कालिक र कार्यनैतिक दृष्टिले अमेरिकी साम्राज्यवाद र उसको नेपाली दलाल बनेको दरवारका विरुद्ध जहाँसम्म अगाडि जान तयार हुन्छन् त्यहाँसम्म अन्य साम्राज्यवादी, वैदेशिक प्रतिकृयावादी एवं देश भित्रका प्रमुख संसदवादीहरुसँग आवश्यक तालमेल, समझदारी र कार्यगत एकता गर्न ध्यान दिनु पर्दछ । यसरि नै हामीले मुख्य दुश्मनका विरुद्ध आक्रमणलाई प्रभावकारीढंगले अगाडि बढाउन सक्ने छौं ।
इतिहासका अनुभव र २१औँ शताब्दिमा जनवादको विकासबारे
“Marxism is not a lifeless dogma, not a completed, readymade immutable doctrine, but a living guide to action” -Lenin
क्रान्ति र प्रतिक्रान्तिका प्रचुर अनुभवहरुद्धारा सम्वृद्ध विश्व सर्वहारा आन्दोलनको वैज्ञानिक संस्लेषण गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्नु माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षाको मूलभुत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिलाई नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रारम्भदेखि नै मालेमाका शिक्षालाई जडसुत्रका रुपमा होइन ‘कामको सजीव मार्ग दर्शक’ कारुपमा सिर्जनात्मक प्रयोग र विकास गर्ने कुरामा जोड दिँदै आएको छ । नेपाली क्रान्तिको ठोस परिस्थिति अनुसार मा.ले.मा का शिक्षाहरुको प्रयोग र विकास गर्ने योे महान प्रक्रियामा हामीले दक्षिणपन्थी संसोधनवादका साथै जडसुत्रीय संसोधनवादका विरुद्ध समेत निरन्तर संघर्ष गर्दै आएका छौँ । वर्ग संघर्षको आवश्यकतासँग अभिन्नरुपले गासिएको विचारधारात्मक संघर्षको प्रक्रियाले महान जनयुद्धको विकासलाई एकपछि अर्को छाल हान्दै ७ वर्षको अवधिमा विकासको आजको चरणसम्म ल्याई पुर्याएको छ । वर्ग संघर्ष र विचारधारात्मक संघर्षको यहि विकास प्रक्रियाले नै नेपाली क्रान्तिको विशिष्ट विचार श्रृंङखलाकारुपमा ‘प्रचण्ड–पथ’को आविष्कार भएको संश्लेषण पार्टीले गरिसकेको छ ।
यहाँ कुन कुरा विशेषरुपले महत्वपूर्ण छ भने पार्टीले आफ्नो सैद्धान्तिक र व्यवहारिक संघर्षको प्रस्थान बिन्दु, सर्वहारा क्रान्तिको विज्ञानको सर्वोच्च संश्लेषणकारुपमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्ने, महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई बनाउंदै आएको छ । यसको अर्थ प्रतिक्रान्तिलाई रोक्ने सैद्धान्तिक आधारकारुपमा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिलाई आत्मसात गर्नु तथा पार्टीको निरन्तर सर्वहाराकरणका निमित्त ‘तीन गर र तीन नगर’को सैद्धान्तिक मान्यताका आधारमा वैचारिक संघर्षलाई अगाडि बढाउनु हो । यी मूलभुत सैद्धान्तिक मान्यताबाट कुनै पनि विचलन, सर्वहारा आन्दोलनबाट विचलन हुने कुरामा हाम्रो पार्टी दृढ रहँदै आएको छ । तर, यसको अर्थ २१औं शताब्दिको क्रान्तिका आवश्यकताका सन्दर्भमा बनिबनाउ र पूर्ण उत्तरको जड अर्थमा यसलाई ग्रहण गरियो भने त्यो आफैमा मालेमा र सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षा विपरित हुने कुरा स्वतः स्पष्ट छ ।
महान सर्वहारा सांस्कृतिक क्रान्तिसम्मको संश्लेषणले विश्व सर्वहारा वर्गलाई मालेमाको सैद्धान्तिक हतियारले लैश अवश्य गराएको छ । तर, क. माओको मृत्यु पछि चीनमा पूँजीवादको पूनस्थापना भयो र दुनियामा एउटा पनि समाजवादी सत्ता बांकी रहेन । यसबाट विश्व सर्वहारा आन्दोलनले व्योहोरेको एउटा ठूलो धक्का र विश्व परिस्थितिमा आएको एउटा ठूलो नकारात्मक परिवर्तनलाई अस्वीकार गर्नु मनोगत विचलनमात्र हुनेछ । वस्तुगतरुपले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग तथा क्रान्तिनै विश्वको मूल प्रवृत्ति रहेको यथार्थमा कुनै परिवर्तन आएको छैन । यसको अर्थ सत्ताको संघर्षमा चीनमा प्रतिक्रान्तिसम्म आउँदा सर्वहारा वर्गले ठूलो आत्मगत पराजय भोग्नु परेको यथार्थलाई अवमूल्यन गर्नु तथा ती पराजयहरुबाट शिक्षा लिएर भावी दिनमा प्रतिक्रान्ति रोक्ने तयारीलाई गम्भीरतापूर्वक नलिने भन्ने कुरा हुन सक्तैन । आजको विश्व क्रान्ति एवं कुनै निश्चित देशको क्रान्तिका सन्दर्भमा सर्वहारा वर्गको राजनैतिक अग्रदस्ताका अगाडि एउटा ठूलो प्रश्नकारुपमा यसको जवाफ दिने आवश्यकता टड्कारो रहेको छ ।
त्यसै गरि २१औँ शताब्दिमा प्रवेशसँगै विश्वमा विज्ञान र प्रविधि मूख्यत इलेक्ट्रोनिक सूचना प्रविधिमा अभूतपूर्व तिव्रताकासाथ विकास भएको छ । यो अद्भूत विकासले जसरी विश्वलाई विविधरुपमा प्रभावित पारेको छ, त्यसले अनिवार्यरुपमा सर्वहारा क्रान्तिको राजनैतिक र फौजी रणनीतिमा परिमार्जन र विकासको मांग गरिरहेको छ । विश्वको कुनै पनि कुनामा हुने कुनै सकारात्मक वा नकारात्मक परिघटनाको विश्वव्यापिरुपमा हुने आजको जस्तो तिव्र, घनिभूत एवं प्रत्यक्ष संवेदनात्मक प्रभाव मानव जातीको इतिहासमा पहिला कहिल्यै पर्ने गरेको थिएन ।
यसरी प्रतिक्रान्तिका अनुभवहरुले हामीलाई विगत क्रान्तिमा रहन गएका सीमा र कमजोरीबाट शिक्षा लिन प्रेरित गर्दछन् भने विज्ञान प्रविधिमा भएको विकासले हामीलाई क्रान्तिका रणनीति र कार्यनीतिमा सिर्जनात्मक विकास गर्न प्रेरित गर्दछन् । मानव समाजको युगिन विकासका दृष्टिले आज पनि विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा नै रहेको भएता पनि आत्मगत र वस्तूगत परिस्थितिमा आएका उपरोक्त महत्वपूर्ण परिवर्तनहरुले आजको सर्वहाराका अगाडि ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा आफ्ना विचार र रणनीतिहरुलाई विकास र परिमार्जन गर्नु पर्ने आवश्यकता उपस्थिति भएको छ ।
१. पार्टी
२०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुद्धारा कुन कुरा निकै निर्मम ढंगले प्रदर्शित भएको छ भने राज्यसत्ता कब्जा गरि सकेपछिको अवस्थामा पार्टीको सर्वहारा वर्गिय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारणरुपले कठिन हुन जान्छ । क्रान्तिकालमा पार्टी भित्र र बाहिर दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारात्मक संघर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र वलिदानका अद्भूत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरु राज्यसत्ता कब्जा गरि सकेपछि तुलनात्मकरुपले सहजै र विश्वका सबै पार्टीहरु छौटै अवधिमा नोकरशाही, संशोधनवादी, जनताबाट अलग थलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे रु निश्चित नै महान सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ । तर, ती आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरि प्रयोग गर्ने संगठानात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । योे प्रश्न पार्टी भित्र चल्ने दुई लाइन संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो ।
२०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुद्धारा कुन कुरा निकै निर्मम ढंगले प्रदर्शित भएको छ भने राज्यसत्ता कब्जा गरि सकेपछिको अवस्थामा पार्टीको सर्वहारा वर्गिय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारणरुपले कठिन हुन जान्छ । क्रान्तिकालमा पार्टी भित्र र बाहिर दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारात्मक संघर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र वलिदानका अद्भूत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरु राज्यसत्ता कब्जा गरि सकेपछि तुलनात्मकरुपले सहजै र विश्वका सबै पार्टीहरु छौटै अवधिमा नोकरशाही, संशोधनवादी, जनताबाट अलग थलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे रु निश्चित नै महान सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ । तर, ती आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरि प्रयोग गर्ने संगठानात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । योे प्रश्न पार्टी भित्र चल्ने दुई लाइन संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो ।
अनुभवले साबित गरेको छ कि राज्यसत्ता कब्जा गरि सके पछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरु राज्यसत्तासंचालनमा मात्र सम्लग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलूप र सुविधा सम्पन्न वर्गमा परिणत गर्ने खतरा तिव्र र प्रबल बनेर जान्छ । यस प्रकारको खतराको तिव्रता र प्रबलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलग थलग बन्दै जान्छ । यो प्रक्रिया आफ्नो विकाशको एउटा निश्चित बिन्दुमा पुगि सकेपछि त्यो अनिवार्यरुपमा प्रतिक्रान्तिमा बदलिन पुग्दछ । प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नकालागि दूई लाइन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्त अनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवि जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यताको अझै विकास गर्न जरुरी छ । यसका लागि पार्टी भित्र चल्ने दुई लाईन संघर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरुदेखि कार्यकर्तासम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता सञ्चालनमा लाग्ने तथा निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरि सिंगो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ । प्रारम्भ देखिनै पार्टीले र उसको नेतृत्व अन्तर्गत राज्यसत्ताले जनसमुदायसँग घनिष्ट सम्बन्ध कायम गर्ने, दुखकष्ट र फारोतिनो गर्ने सर्वहारा शैली अपनाउने तथा साम्यवादी उद्धेश्यका निमित्त सम्पूर्णरुपले समर्पित रहने, पार्टी, नेता र कार्यकर्ताहरुलाई प्रेरणा र आदर्शकारुपमा प्रस्तूत गर्ने तथा पदको दुरुपयोग गर्ने, जनसमुदायमाथि हैकम चलाउन खोज्ने, सुविधाभोगि एवं पदलोलुप प्रवृत्ति, नेता एवं कार्यकर्ताका विरुद्ध निर्मम विचारधारात्मक संघर्षका साथै जनसमुदायमा न¨याउने नीति एवं संरचनाको विकास गर्न जोड लगाउनु पर्दछ । यस सन्दर्भमा पार्टी भित्र चल्ने दुई लाइन संघर्षमा राज्यको बल प्रयोग गर्ने प्रवुत्तिलाई निरुत्साहित गर्ने तथा सहि र गलतको फैशला वैचारिक संघर्षको बीचबाट आम कार्यकर्ता र जनसमुदायद्धारा गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनु पर्दछ । पार्टी भित्र र बाहिर निश्चित विद्रोह न्यायसंगत हो वा होइन भन्ने कुराको फैसला गर्ने अधिकार आम कार्यकर्ता र जनसमुदायमा रहने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ ।
२. सेना
२०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुले कुन कुरालाई पनि स्पष्टसँग प्रर्दशित ग¥यो भने सर्वहारा वर्गिय सही क्रान्तिकारी विचार, नीति र योजनाका आधारमा अगाडि बढ्दा करिब सु्न्यको स्थितिबाट जनसमुदायले दुश्मनको अत्याधुनिक र शक्तिशालि सेनालाई धुलोपिठो पार्न सक्ने अपराजय जनसेनाको विकास गर्न सक्दो रहेछ, तर पार्टीमा गलत विचार हावी भएमा त्यही सेना प्रतिक्रान्तिको हतियार बन्न पुग्दो रहेछ । अनुभवले जनसेनाका सन्दर्भमा पनि के साबित गरेको छ भने क्रान्ति पूर्वको कमजोर र कठिन घडिमा त्याग, तपस्या, वीरता, वलिदान र वैचारिक निष्ठासहित जनसमुदायसँग एकाकार हुँदै दुश्मनका विरुद्धको युद्ध मोर्चामा अपराजय साबित हुने जनसेना राज्यसत्ता कब्जा भई सकेपछि क्रमशः व्यारेकमा विशेष व्यवस्था अन्तर्गत रहने वुर्जुवा आधुनिक नियमित सेना बन्ने प्रवृत्ति प्रबल हुँदै जाने भौतिक परिवेश बन्दछ । सर्वहारा वर्गिय विचार एवं जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा रहने कुरालाई सुनिश्चित गर्ने विधि र संरचनाको विकास गर्न नसक्ने हो भने त्यो प्रवृत्ति झांगिदै गएर एउटा निश्चित बिन्दुमा पुगे पछि सेना स्वभाविकरुपले प्रतिक्रान्तिको सेवागर्ने हतियारमा परिणत हुन पुग्दछ ।
उपरोक्त स्थितिको पुनारावृत्ति हुनबाट रोक्नको लागि प्रारम्भदेखिनै जनसेनामा वैचारिक र राजनैतिककामलाई सर्वाधिक महत्वकासाथ सञ्चालन गर्ने र प्रतिक्रान्तिका विरुद्ध विद्रोहको चेतनाद्धारा सिंगो सैन्यपंक्ति एवं आम जनसमुदायसम्मलाई सुसज्जित पार्ने कुरामा जोड दिनु पर्दछ । यसकासाथै २१ औँ शताब्दिको जनसेना भनेको राज्यसत्ता कब्जा गरि सकेपछि निश्चित ब्यारेकमा बसेर विशेष तालिम र हतियारद्धारा आधुनिक बन्ने प्रक्रियामा होइन आम जनसमुदायलाईनै सैनिकीकरण गर्ने तथा जनसमुदायकै सेवागर्ने क्रान्तिकारी संवाहक बनि राख्ने कुरामा सुनिश्चित गर्नु पर्दछ । वैचारिक र भौतिक दुबै दृष्टिले सशस्त्र जनसमुदायको विकास गरेर मात्र वैदेशिक प्रतिकृयावादी हस्तक्षेपको प्रतिरोध गर्न एवं प्रतिक्रान्तिलाई रोक्न सकिन्छ भन्ने कुरामा अहिले देखिनै सैन्यपंक्तिमा स्पष्ट दृष्टिकोण विकास गर्न जोड लगाउनु पर्दछ । विद्रोहको अधिकार प्रयोग गर्न सचेत सशस्त्र जनसमुदायको विकास गर्ने ऐतिहासिक दायित्व पुरा गर्ने कार्यभार नै २१औँ शताब्दिको जनसेनाको प्रमुख कार्यभार हुनु पर्दछ ।
३. राज्यसत्ताबारे
सर्वहारा वर्गको राजनैतिक पार्टीको नेतृत्वमा जनयुद्धद्धारा राज्यसत्ता कब्जा गर्ने क्रान्तिको केन्द्रीय प्रश्न हिंजो र आज पनि महान र कष्टसाथ प्रश्न अवश्य रहेको छ । तर, २० औँ शताब्दिका अनुभवहरुले स्पष्ट गरेका छन् कि राज्यसत्ता कब्जा गर्ने प्रश्न भन्दा पनि राज्यसत्ताको निरन्तर जनवादीकरण गर्दै त्यसको विलोपीकरणतिर डोर्याउने प्रश्न अझ हजारौं गुना कठिन र जटील हुने गर्दछ । एकै शताब्दिमा विश्व थर्काउदैं रुस, चीन लगायतका देशमा भएका महान क्रान्तिहरुको सफलता एवं शक्तिशालि विश्व समाजवादी कित्ताको विकास र भयानक प्रतिक्रान्तिका घटनाक्रमहरु हुँदै विश्वमा एउटा पनि समाजवादी सत्ता बाँकी नरहेको यर्थाथले विषयको महत्व र गम्भीरतालाई दर्शाउछन् ।
आखिर पूंजीवादी साम्राज्यवादले आफ्नो सैन्य फासिवादी सारतत्वलाई तथाकथित प्रजातन्त्रको नकावले ढाकेर विश्व जनमतलाई भ्रमित पार्न सफल हुनु तथा सर्वहारा वर्गको आफ्नो जनवादी सारतत्वका बावजूद राज्यसत्तामा आफ्नो पकड मजबुत गर्न नसक्नुका तमाम ऐतिहासिक र सैद्धान्तिक कारणका बावजूद आज हाम्रो अगाडि जनवादको विकासको समस्या एउटा ज्वलन्त समस्या बनेर खडा भएको छ । पराजित वर्ग दुश्मनका विरुद्ध अधिनायकत्वको आवश्यकता र जनताको जनवादको अभ्यासको आवश्यकताका बीचमा समुचित सन्तूलन कायम गर्ने सन्दर्भका प्रमुख समस्याहरु के हुन् रु जनताको जनवादी अधिनायकत्व वा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत जनताको जनवाद वा सर्वहारा जनवाद वस्तूतः औपचारिक, यान्त्रिक र संकीर्ण किन हुन पुग्यो रु यहां हाम्रो प्रश्न विश्वका तमामरुपरंगका संशोधनवादी र विसर्जनवादीहरुले उठाउने गरेको जनताको जनवादी अभिनायकत्व वा सर्वहारा वर्गको अधिज्नायकत्वको विरोध गरेर वुर्जुवाहरुको औपचारिक प्रजातन्त्रमा फंस्ने गद्धारीसंग कुनै सम्बन्ध छैन ।
हाम्रो प्रश्न यहाँ निरन्तर क्रान्तिको प्रवाह संगठित गर्ने संस्थाकारुपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रीत छ । आखिर राज्यसत्ताको व्यापक र सजीव जनवादीकरणको प्रक्रियामानै वास्तविक जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व सुदृढ हुन सक्दछ । जनवादी केन्द्रीयताको महान वैज्ञानिक सिद्धान्तको यो भन्दा अर्को अर्थ हुनै सक्तैन । राज्यसत्ता कब्जा गर्नु पूर्वसम्म जनवादी केन्द्रीयताको सहि अभ्यास गरेर राज्यसत्ता कब्जा गर्न सफल हुने पार्टीहरु पछि किन औपचारिक जनवाद र नोकरशाही केन्द्रीयताको शिकार हुन पुगे रु पार्टी भित्र संशोधनवाद हावी भएकोले भन्ने तर्क मात्रले यसको पुरा उत्तर दिंदैन । आखिर द्धन्दात्मक भौतिकवादको प्रयोगमा माक्र्सवादीहरुद्धारा भएको यो वा त्यो रुपका कमजारी पनि यसमा जिम्मेवार छन् ।
एउटा नस्चित देश, काल र परिस्थितिमा सर्वहारावादी क्रान्तिकारी रहेको पार्टी र जनवादी वा समाजवादी रहेको राज्यसत्तामा अर्को देश, काल परिस्थितिमा प्रतिक्रान्तिमा परिणत हुन सक्दछ । त्यो अवस्थामा जनसमुदाय र क्रान्तिकारीहरुले विद्रोह गर्नु पर्दछ भने महान सर्वहारा सांस्कृतिक क्रान्तिको संश्लेषण आफ्नो ठांउमा पुरै सहि रहेको कुरा स्पष्ट नै छ । तर, एक पटक एक निश्चित कम्युनिष्ट पार्टीको नेतृत्वमा जनवादी वा समाजवादी राज्यसत्ता स्थापित भइसके सो पार्टी सधै सर्वहारावादी भइराख्छ भने झै त्यसका विरुद्ध राजनैतिकरुपले जनसमुदायद्धारा स्वतन्त्ररुपमा जनवादी वा समाजवादी प्रतिश्पर्धा गर्ने वातावरण नहुनु, नबनाउनु वा त्यसमाथि प्रतिबन्ध लगाइनुले एकातिर, सत्ताशिन पार्टीले जनसमुदायका बीचमा कसैसँग राजनैतिक प्रतिश्पर्धा गर्नु नपर्ने हुँदा त्यो क्रमशः विशेष सुविधा सम्पन्न यान्त्रिक नोकरशाही पार्टी र त्यसको नेतृत्वको राज्यसत्ता पनि क्रमशः यान्त्रिक र नोकरशाही मेसिनरीमा परिणत हुने तथा अर्कातिर जनसमुदाय औपचारिक जनवादको शिकार भएर क्रमशः उसको असिमित सिर्जनशिलता र गतिशिलताको उर्जा कुण्ठीत हुन जाने खतरा इतिहासमा स्पष्ट देखा पर्ने गरेको छ । उपरोक्त समस्या समाधानका लागि निरन्तर क्रान्तिको सिद्धान्त अनुसार राज्यसत्तामा जनसमुदायको नियन्त्रण निगरानी र हस्तक्षेपको प्रक्रियालाई सजीव र वैज्ञानिक ढंगले संगठित गर्ने आवश्यकतामा जोड दिइनु पर्दछ । यहाँ फेरी पनि प्रश्न दुश्मनका विरुद्ध अधिनायकत्वको प्रभावकारीता जनसमुदायको जनवादको अभ्यासको प्रभावकारीतामा निरर्भर रहने वैज्ञानिक तत्थलाई द्धन्दात्मक ढंगले संगठित गर्र्ने प्रश्न नै हो ।
यसका लागि सामन्तवाद र साम्राज्यवाद विरोधि जनवादी राज्यसत्ताको सवैधानिक सिमा भित्र राजैतिक प्रतिश्पर्धा सगठित गरि कम्युनिष्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण अनिवार्य हुने परिस्थिति निर्माण गरिनु पर्दछ । यदि पार्टीले आफैलाई निरन्तर क्रान्तिकारीकरण गर्न नसके त्यसको खिलाफमा अर्को क्रान्तिकारी पार्टी वा नेतृत्वलाई राज्यसत्तामा पु¥याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत गरेर मात्र प्रतिक्रान्तिलाई प्रभावकारी ढंगले रोक्न सकिने छ । सामन्तवाद र साम्राज्यवाद विरोधी विभिन्न राजनैतिक दल, संघ, संस्था जसले जनवादी राज्यसत्ताको सवैधानिक व्यवस्थालाई स्वीकार गर्दछन्, उनिहरुका बीचमा कम्युनिष्ट पार्टीलाई सहयोगमात्र गर्नु पर्ने यान्त्रिक सम्बन्धमा होइन जनताको सेवामा जनवादी राजनैतिक प्रतिस्पर्धा गर्ने द्धन्दात्मक सम्बन्धमा जोड दिइनु पर्दछ । स्पष्ट छ कि यो प्रक्रियामा यदि कसैले जनवादी राज्यसत्ताद्धारा वैधानिकरुपले निर्धारित सिमाको अतिक्रमण गरेमा उसमाथि जनवादी अधिनायकत्व लागू हुनेछ ।
एक पटक राज्यसत्ता कब्जा गरि सकेपछि पार्टीले नेतृत्वको हैशियत साबित गर्न आफ्नो विचारको सहि पना, जनसमुदायका हितहरुसँग एकाकार हुने आवश्यकता, त्याग, तपस्या र बलिदान एवं वर्ग र जनता प्रतिको निष्ठा साबित गरिरहन नपर्ने स्थितिको प्रारम्भदेखिनै अन्त गर्न जोड दिइनु पर्दछ । राज्यसत्तामा विचार र नेतृत्वको केन्द्रीकरणले जनसमुदायको स्व—निर्णयको अधिकार कटौती गर्नेस्थिति आउन नदिने कुरामा विशेष ध्यान दिनु पर्दछ ।
नेपालको जनवादी क्रान्तिका सन्र्दभमा हामीले वर्गिय, जातिय, क्षेत्रिय एवं लिगिय उत्पीडनबाट जनसमुदायको मुक्तिको कुरा गरिरहेको छौ । आत्मनिर्णयको अधिकार सहित जातिय र क्षेत्रिय स्वशासनका कुरा गरेका छौँ । साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको कुरा पनि गरि रहेका छौँ । त्यो अवस्थामा राज्यसत्ताको निरन्तर जनवादीकरणका लागि जनसमुदायको स्वनिर्णयको अधिकारलाई सजीवरुपले संगठीत गर्ने कुरामा जोड दिनु पर्दछ । यसरि पार्टी, सेना र राज्यसत्ताको उपरोक्त प्रकारको समूचित विकासमा नै २१औँ शताब्दिको जनवादले निरन्तर क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर प्रतिक्रान्तिलाई रोक्न सक्ने छ ।
तत्कालिन नेकपा (माओवादी) को २०६० जेठमा सम्पन्न केन्द्रीय समितिको वैठकमा पारित प्रस्ताव
www.khabardabali.com बाट
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-43300913545970189842020-07-24T04:23:00.002-07:002020-07-24T04:27:34.679-07:00वैकल्पिक आन्दोलनको लागि वैकल्पिक संगठनको निर्माण किन ? : प्रमोद धिताल
यतिखेर समयतामूलक र न्यायपूर्ण समाज तथा वैकल्पिक व्यवस्था निर्माणको आन्दोलन कम्जोर हुनपुगेको महशुश आमूल परिवर्तनका पक्षधरहरुलाई भएको छ । त्यसको निम्ति वैकल्पिक नेतृत्व, कार्यदिशा र कार्यक्रमको अभाव पनि सबैतिर खड्किएको छ । यस रिक्ततालाई पूरा गर्नको लागि हामीले आ आफ्नो ठाउँबाट साना–साना झिल्काहरुको निर्माण गर्नको लागि पनि पहल र कसरत गर्नैपर्ने आवश्यकता देखिएको छ । हामीलाई थाहा छ, नाम मात्र फरक राखेर संगठन निर्माण गर्दैमा आन्दोलन अगाडि बढ्न सक्दैन । कुनै पनि आन्दोलन अगाडि बढाउनको लागि त्यससँग आफ्नै वैचारिक जगमा आधारित मौलिक कार्यदिशा, कार्यक्रम र संस्कृति हुन आवश्यक छ । त्यसले आफ्नो मौलिक प्रवृत्तिको विकास गर्नुपर्ने हुन्छ । हामीलाई यो पनि थाहा छ कि यो रातारात निर्माण हुने प्रक्रिया पनि होइन । यसले व्यापक संवाद, संघर्ष, जनसहभागिता एवं सहकार्य, ठोस कार्यदिशामा आधारित कार्यक्रम र निरन्तरताको माग गर्दछ । निम्न आवश्यकताको आधारमा हामीलाई वैकल्पिक आन्दोलनको लागि वैकल्पिक संगठनको आवश्यकता महुसस भएको छः
१.श्रमजीवी वर्गको मुक्ति, वर्गीय पक्षधरता, बल प्रयोगको सिद्धान्त र निरन्तर क्रान्तिको मर्ममलाई आत्मसात गरी समाजवाद हुँदै साम्यवादी समाज निर्माणको महाअभियानसँग जोडिन ।
२.मानव जातीको इतिहासमा क्रान्तिकारी वर्गले निर्वाह गर्दै आएको गौरवपूर्ण विरासतलाई अगाडी बढाउन ।
३.विश्व कम्युनिष्ट आन्दोलनको दौरानमा भए गरेका गल्ती र भूलहरुको समीक्षा गर्दै मुक्तिको दर्शनलाई नयाँ उँचाईमा स्थापित गर्न ।
४. वर्तमान भुमण्डलिकृत साम्राज्यवादी व्यवस्थाका अमानवीय शोषणकारी पक्षहरुको विरुद्धमा भण्डाफोर र संघर्ष गर्दै उत्पीडित श्रमजीवी वर्गको आन्दोलनलाई थप मजबुत बनाउँन ।
५. विचार निर्माणमा सामुहिक सहभागीता र योगदान सुनिश्चित गर्न ।
६.आमूल परिवर्तनकारी दर्शनलाई आत्सात गर्दै समतामूलक वर्गवीहिन समाजको निर्माण गर्न ।
७.सांगठनिक अभ्यासको नाउँमा हालसम्म भएगरेका सकारात्मक र नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै समाज रुपान्तरणको लागि सामुहिक नेतृत्वको विकास गर्न ।
८.समाजवाद र वर्गविहीन समाज कुनै सुदूर भविष्यको मात्र विषय होइन । त्यो चाहना र कामनाले मात्र उदाउने व्यवस्था पनि होइन । बरु त्यसको लागि अहिलेदेखि नै सम्भव हुने हदसम्म वैचारिक, राजनीतिक, सांठनिक, आर्थिक, सास्कृतिक, पर्यावरणीय र मानवीय सम्बन्धहरुका सवालरुमा लागू गर्दै जान ।
दार्शनिक कार्यदिशा
ऐतिहासिक द्वन्दान्तमक भौतिकवाद
आम राजनीतिक कार्यदिशा
सम्पूर्ण श्रमजीवी उत्पीडित जनसमुदायहरुको संगठित एकता र आन्दोलनको बलमा वर्तमान दलाल पूँजिवादी व्यस्थाको अन्त्य गर्दै समाजवादी व्यवस्थाको निर्माण गर्ने ।
कार्यनीति
वैकल्पिक संस्कृति, अर्थतन्त्र, विचारधारा, राजनीति, शिक्षानीति, स्वास्थ्य, विकास, कृषि, पर्यावरण, संस्कृति, सहित समाजवादी प्रणालीको निर्माणको कामहरुलाई अगाडि बढाउने ।
इतिहासको अध्ययन, विश्व कम्युनिष्ट आन्दोलनको अध्ययन, ज्ञानका विविध शाखाहरुको अध्ययन, नेपाली समाजको अध्ययन, विचार निर्माणको लागि सामुहिक संवाद–सहकार्य, मुक्तिको दर्शनलाई भौतिक अस्त्रमा बदल्नको लागि उत्पीडित वर्ग र जनसमुदासँग व्यापक र नियमित जनसंवाद अभियान चलाउने ।
नेपाली समाजको जात व्यवस्था, लैंगिक उत्पीडन, भाषिक उत्पीडन, क्षेत्रीय उत्पीडन लगायतका विभिन्न शोषण उत्पीडन र वर्गीय शोषण–उत्पीडनको विरुद्ध जनसमुदायलाई क्रान्तिकारी विचारको वरिपरि संगठित गर्दै संघर्षका कार्यक्रमहरुलाई अगाडि बढाउने ।
क्रान्ति र उत्पादको संगसंगै अभ्यास र निरन्तरता, आत्मनिर्भर अर्थतन्त्र, संस्कृति र जीवनशैलीको अभ्यास सामुहिक संस्कृति, चेतना र जीवनशैलीको वकालत गर्ने तर व्यक्विादी संस्कृति, चेतना र जीवनशैलीको अभ्यासको गर्ने प्रवृत्तिलाई अन्त्य गर्न संघर्ष गर्ने ।
संसारका जुनसुकै स्थानमा भए गरेका शोषण, उत्पीडन, अत्याचार विरोधी तथा साम्राज्यादी शोषण उत्पीडनविरोध आन्दोलनमा एक्यवद्धता जनाउँने ।
नेपाली समाजका जनपक्षीय, मौलिक तथा राष्ट्रि मूल्य, मान्यता, संस्कृति परम्पराहरुको संरक्षणको लागि काम गर्ने मौलिक, राष्ट्रिय र जनपक्षीय अर्थतन्त्रको संरक्षण र निरन्तरताकोलागि संघर्ष गर्ने ।
नेपालको आर्थिक, राजनीतिक, सामाजिक–साँस्कृतिक, शैक्षिक, कृषि, ऊर्जा, भूमी, सुरक्षा लगायतका विविध पक्षहरुमाथि भइरहेका साम्राज्यवादी–विस्तरावादी हस्तक्षेप, आक्रमण, घुसपैठ र अतिक्रमणको विरुद्ध विभिन्न खाले प्रतिरोधी कार्यक्रमहरुसहित जनताकोे सहभागितामा आन्दोनहरु संगठित गर्ने ।
राष्ट्रियता, सामाजिक न्याय, जनअधिकार जनजिविकासँग जोडिएका जुनसुकै विशिष्ट प्रकृतिका मुद्धाहरुसँग जोडिएर जनतालाई संगठिन गर्ने । तिनीहरुको विरुद्ध हुने अतिक्रमण र वैचारिक, आर्थिक, साँस्कृतिक, राजनीतिक तथा पर्यापरणीय आक्रमणका विरुद्ध संघर्ष गर्ने ।
सांगठनिक कार्यदिशा
१. एकल नेतृत्वको विकल्पमा सामुहिक नेतृत्व ।
२. एकल निर्णयको विकल्पमा सामुहिक निर्णय ।
३. औपचारि तथा यान्त्रिक जनवाद र अनुशासनको ठाउँमा वास्तविक तथा सृजनशील जनवाद र अनुशासन ।
४. धेरैको लागि थोरैले सोचिदिने, बोलिदिने र गरिदिने होइन सबैले सबैको निम्ति सोच्ने, बोल्ने र गर्ने प्रणालीको अभ्यास ।
५.अनुसरणमुखी, आदेशमुखी होइन सहकार्यमुखी सांगठनिक अभ्यास ।
६.कुनै पनि विषयको सम्बन्धमा निर्णय र निश्कर्षको प्रक्रियामा परम्परागत बहुमत र अल्पमतको औपचारिक कर्मकाण्डबाट मुक्त रही तथ्यहरुमार्फत सत्य पत्ता लगाउने मान्यतालाई केन्द्रमा राख्दै गम्भिर अध्ययन, अन्वेषण, मन्थन र बहसको जगमा निश्कर्ष र निर्णयमा पुग्ने । देखा पर्न जाने सबै मतहरुलाई सम्मान गर्ने संस्कृतिको विकास गर्ने ।
७.विचार निर्माणको प्रक्रियामा सत्य कुनै विशिष्ट प्रतिभावको दिमागबाट जन्म लिन्छ भन्ने आदर्शवादी मान्यतालाई पूर्ण रुपमा खारेज गर्ने । तथ्य, अध्ययन, अनुसन्धान, निरीक्षण र परीक्षणको जगमा सत्यको खोजी र पहिचान गर्ने ।
८.विचार निर्माण प्रक्रियामा निम्नपूँजीवादी अधैर्यबाट मुक्त रही त्यसको लागि आवश्यक पर्ने जतिसुकै कष्ट, मेहनत र समयसँग सम्झौता गर्दै अगाडि बढ्न तयार हुने ।
९.संगठन या आन्दोलनको सदस्य र कुनै पनि तहको अगुवा हुनको लागि कुनै व्यक्तिको सिफारिश या भावनात्मक समर्थन नभै यसले अंगालेको समग्र कार्यदिशाप्रतिको समर्थनलाई आधार बनाउँने ।
१०.संगठन या आन्दोलनलाई योगदान गर्नको लागि यसमा आवद्ध कुनै पनि व्यक्तिको विशिष्ट प्रतिभा, रुचि र क्षमतालाई उपेक्षा गरी जिम्मेवारी वहनको लागि कसैले कसैमाथि कर–बल गर्ने प्रवृत्तिलाई निरत्साहित गर्ने ।
११. आदेश र अह्रन–खटनमुखी संस्कृतिलाई होइन सामुहिक निर्णयको आधारमा जिम्मेवारी बाँडफाँड गर्ने ।
१२.मूल्यांकन संगै स्व–मूल्यांकन, आलोचनासँगै आत्मालोचनाको संस्कृति र विधिलाई स्थापित गर्ने ।
१३. कुनै पनि व्यक्तिको मूल्यांकन र जिम्मेवारी वहनको आधार उसले जीवनम लागु गर्ने जीवनदर्शन र रुपान्रणलाई बनाउँने ।
१४.कुनै व्यक्तिको बारेमा निर्णय गर्दा विशेष सिफारिस प्रणालीलाई मान्यता नदिने । आफूले गर्ने योगदानको बारेमा आफै निर्णय गर्ने । तर सामुहिक निर्णय लिइसकेपछि त्यही निर्णय निर्णायक हुने ।
१५. आफ्नो मतलाई नै अन्तिम सत्यको रुपमा निर्णय प्रक्रियामा लैजान या स्वीकार्न लगाउने प्रकृत्तिलाई मान्यता नदिने ।
१६.व्यक्तिको सारतत्व कमिटी, कमिटीको सारतत्व संगठन, संगठनको सारतत्व वर्ग र वर्गको सारतत्व समग्र मानवजातीमा खोज्ने संस्कृतिको अभ्यास गर्ने ।
सामाजिक तथा साँस्कृतिक कार्यदिशा
जीवनका सबै पक्षहरुमा वैकल्पिक/समाजवादी/साम्यवादी संस्कृतिको अभ्यासलाई संस्थागत गर्ने ।
जनपक्षीय संस्कृतिलाई सामाजिक संस्कृतिको रुपमा स्थापित गर्न कार्यक्रहरु सहित श्रमजीवी वर्गको बीचमा पुर्याउने ।
ooo
जीवनशैली रुपान्तरण किन?
–प्रमोद धिताल
हामी बाँचिरेहेको व्यवस्था खन्चुवा व्यवस्था हो । उपभोक्तवादले रोगी बनाइएको व्यवस्था हो । एकथरि मानिसहरु छन् जो न्यूनतम उपभोगको अवसरबाट पनि बन्चित छन् । बन्चित मात्र छैनन् उनीहरु असुरक्षित र रोगी छन् । उनीहरुको जिन्दगीभरि भिड्नुपर्ने सवाल भएको छ रोटी र कपडाको सवाल । एकतिर खाने कुरा थुप्रिएको छ, अर्कोतिर भोका मानिसहरु के खाउँ भन्ने चिन्ताले तड्पिरहेका छन् । एकातिर कपडाका खातहरु छन् अर्कोतिर एकसरो कपडाको अभावमा मानिसहरु भौतारिइरहेका छन् । एकातिर आलिशान महलहरुमा खाली कोठाहरु छन्, अर्कोतिर मानिसहरु ओतको अभावमा खुला आकाशमुनि कठ्याङ्ग्रिदै रात गुजार्न बाध्य छन् ।
यस्तो किन हुन्छ ? के यो पूर्व जन्मको पाप या पूण्यको परिणाम हो जसले गर्दा कोहि अभावग्रस्त र कोही यति सम्पन्न छ ? के यो ती अधिकांश साधन र स्रोतहरुबाट बन्चित मानिसहरुको अकर्मण्यता, अज्ञानता र गल्तीको परिणाम हो जसले गर्दा उनीहरुले अभावको सजाय भोग्दैछन् ? अनि केहि मुठ्ठीभर मानिसहरुको बुद्धिमता र पौरखको परिणाम हो जसले गर्दा उनीहरु संसारका यावत अवसरहरुका भागिदार छन् ? एकथरि मानिसहरुको बुझाई, व्याख्या र निश्कर्ष यस्तो खालको छ । यो निश्कर्ष भनेको लुटाहा वर्गको निश्कर्ष हो । यो निश्कर्षप्रति ढुक्क भएर बसेपछि कसैलाई पनि लुटाहा व्यवस्थाप्रति विद्रोह गर्नुपर्ने आवश्यकता रहँदैन । वैकल्पिक व्यवस्था निर्माणको लागि संघर्षको गर्नुपर्ने हुँदैन । आफ्नो भाग्यलाई दोष दियो बस्यो । अनि आफू असक्षम, बुद्धिहीन र नालायक भएको कुरा स्वीकार गर्यो बस्यो ।
नाफामा अधारित व्यवस्थाले सहअस्तिवलाई स्वीकार गर्दैन । प्रतिस्पर्धामा विश्वास गर्छ । शोषणमा विश्वास गर्छ । सह–जीवनमा होइन अरुलाई उछिनेर अगाडि जाने कुरामा विश्वास गर्छ । प्रतिस्पर्धाको लागि समान अवसर दुश्मन हो । कोहि मानिसहरु सम्पन्न बन्नको लागि, सुखी बन्नको लागि धेरै मानिसहरु गरीब बन्नुैपर्छ, दुखी बन्नैपर्छ । किनभने यसो नभइकन यो व्यवस्था टिक्नै सक्दैन । यदि लुटाहा वर्गले निर्माण गरेको भाष्य अनुसार केहि मुट्ठीभर व्यक्तिहरुको स्वामित्वमा रहेको विश्वको अधिकांश सम्पत्ति उनीहरुको पौरखको फल हुन्थ्यो भने संसारका अधिकांश मानिसहरु बिना परिश्रम, दुःख र संघर्ष त बसेका छैनन् किन उनीहरु गरीब छन् त ? गरिबी र असमानता यव्यवस्थाको उपज हो । वर्गीय समाजको परिणाम हो । यदि अहिलेकै तरिकाबाट सबै देश र मानिसहरु सम्पन्न बन्न खोज्ने हो भने सिंगो पृथ्वी नै मानिसका लागि अपर्याप्त हुन्छ ।
पूँजीवादी आदर्श भनेको म नै उपभोग गरौं भन्ने हो । मबाट सुरु भएर ममा टुँगिने साँस्कृतिक मनोविज्ञानले त्यति मात्र गरेर चयनको नींद सुत्न सक्दैन । बरु त्यसले के भन्छ भने संसारमा भएका सबै सुख, सुविधा, साधन स्रोतहरु म मात्रै उपभोग गरुँ । जति सक्यो धेरै उपभो गरुँ । “बाँचौं र बचाऔं” भन्ने नारा वर्तमान व्यवस्थाको निम्ति एउटा ढोंगी नारा हो । जुन व्यवस्थाभित्र मानिसको मूल्यांकनको आदि र अन्तिम आधार पैसा र व्यक्तिगत सम्पत्ति हो त्यो व्यवस्था कसरी मानवीय हुन्छ ? वर्तमान व्यवस्थाभित्र कसैलाई गर्ने सहयोग पनि नाफाको लागि गरिने लगानी हुन्छ ।
तसर्थ हामीले अब यतिखेरदेखि नै त्यस्तो चिन्तन र जीवनशैलीको खोजी गर्नुपर्ने भएको छ जसले सभ्यताको नाउँमा हामीलाई परिष्कृत पशुमा सीमित नगरिदेओस् । यो दुनियाको सृजनशील, न्यायप्रेमी, सचेत र समृद्ध प्राणीको पहिचान दिन सकोस् । तर के जीवनशैलीको वर्तमान दिशाबाट हामी यो दुनियाँको समृद्ध प्राणी बन्न सक्छौं ? समृद्धि त्यो होइन जसले मानिसलाई कहिल्यै नअघाउने खन्चुवा र भोगवादमा लिप्त बनाउँछ । बरु समृद्धि त्यो हो जसले मानिस आविष्कारकको सँगसँगै आफ्नो परिवेशी जगतप्रति संवेदनशील पनि बनोेस् । चारैतिर विनाशको आगो सल्काएर भोगचलन गर्ने समृद्धि भनेको समृद्धि नभएर पशुववृत्ति भन्दा पनि तुच्छ दर्जाको आत्मघाती खेल हो । जुन अहिलेको पूँजीवादी खन्चुवा व्यवस्थाले गरिरहेको छ । जसले आर्थिक र भौतिक समृद्धिको कुरा त गर्छ तर मानसिक, वौद्धिक, सामाजिक र साँस्कृतिक समृद्धिको कुरा गर्दैन । किनकि त्यससँग मानवीय न्याय, समानता, मानव जाती र प्रकृतिको संरक्षणको कुरा जोडिएको छ । व्यक्तिस्वार्थ केन्द्रित नाफामा टिकेको व्यवस्थाभित्र जुन सम्भव नै छैन । त्यसले त जम्मै मानवीय संवेदशनीलताहरुको पनि व्यापार गर्छ ।
पूँजीवादी उपभोक्तावादले मानिसलाई आवश्यकताको आधारमा बस्तुको छनौट गर्ने बनाउँदैन । बरु पहिला बस्तुको आविष्कार गर्छ अनि मानिसभित्र आवश्यकताको मनोविज्ञान पैदा गर्छ । कुनै पनि उत्पादित मालको दाश बनाउँनुभन्दा पहिला उसले आलोचनात्मक र सचेत प्राणीलाई अचेतन उपभोक्तामा बदल्नुपर्ने हुन्छ । त्यसको लागि पूँजीवादले विज्ञापनका साधनहरुमार्फत मानवीय तथा सामाजिक रुचि मार्दै जानु र बजारको रुचि प्रवेश गराउँदै जानुपर्ने हुन्छ । त्यो काम उसले मानिसलाई बचपन देखि नै गर्ने गर्छ । “बजारको माग” अन्तर्गत मानिसको विवेकलाई बन्ध्याकरण गर्नु र उसलाई नाफाको साधन बनाउनु नै यसको मुख्य ध्यय हो । यो आवश्यकता उसले मानिसको विवेक र सोच्ने तरिकामाथि आक्रमणबाट पूरा गर्छ । यसलाई “ब्रेन वास” पनि भन्न सकिन्छ ।
उपभोक्तावादी सँस्कृतिले ‘नीड’ र ‘ग्रीड’को बीचमा भिन्नता मेटिदिन्छ । ग्रीडलाई नै निडको रुपमा स्थापित गरिदिन्छ । अन्ततः मानिसभित्र अन्त्यहीन, कहिल्यै शान्त नहुने लालचको आगो यसरी लाग्छ कि त्यो कहिल्यै शान्त हुँदैन । हाम्रो जीवनकालभरि शरीर ढाक्नलाई कति कपडा आवश्यक पर्छ ? स्वस्थ रहनको लागि कति खाद्य पदार्थ चाहिन्छ ? हाम्रो परिवारलाई कस्तो, कति ठूलो निवासको आवश्यक पर्छ ? हामीले विहानदेखि बेलुकासम्म उपभोग नगरिनहुने बस्तुहरु के–के हुन् ? यसरी प्राथमिकता छनौट र निर्धारण गर्न दिंदैन उपभोक्तावादले । यसले भन्दैन कि तिमीलाई जे अनिवार्य छ त्यो उपभोग गर जे छैन त्यसमा फजुल पैसा, समय र ऊर्जा खर्च नगर । अनावश्यक तनावको शिकार नबन । बरु यसले यो भन्छ कि हरेक दिन बजारले प्रदर्शनीमा राख्ने सबै नयाँ–नयाँ कुराहररुको उपभोग गर । केहि नछोड । त्यसले मात्र तिमीलाई सु–सँस्कृत, सभ्य र उन्नत प्राणीमा बदल्नेछ । जसरी हुन्छ खरिद्न र बेच्न सक्ने मानिस बन, अन्यथा सुख र समृद्धिको दौडमा असफल हुनेछौं । यस्तो छ उपभोक्तवादी प्रशिक्षण अन्तर्गत एउटा समृद्ध मानिसबारेको बुझाई ।
यसै विषयमा भारतीय लेखिका सरला सुन्दरम लेख्छिन्, “एक जमाना थियो जतिखेर मानिसहरु जिवित रहनको लागि उत्पादन गर्दथे । फेरि उनीहरुले सुख–चयन र मोजमस्तीको जिन्दगी ज्यूनको लागि तथा आध्यात्मिक र सौन्दर्यात्मक आनन्दको लागि पनि उत्पादन गर्न लागे । तर आजको अर्थव्यवस्था केबल उपभोगका बस्तुहरुको मात्र उत्पादन गर्दैन बरु उपभोक्ताहरुको पनि उत्पादन गर्छ........ऊ केबल उपभोक्ता हो जो उपभोगको लागि उपभोग गर्छ ।” उनी कारको चर्चा गर्दै भन्छिन् कि आजको मानिसलाई कारको अकांक्षाले होइन बरु आकांक्षाले कारले चलाईरहेको छ । हुन पनि हो सुविधासम्पन्न जीवनको लागि मानिसले पहिला कार खरिद्छ अनि सोच्न थाल्छ त्यसको किस्ता कहाँबाट तिर्ने ? जसको परिणाम यही हुन्छ कि मानिसले कार होइन कारले मानिसलाई चलाउँन थाल्छ । आजको उपभोक्ता त्यतिमा मात्र सन्तुष्ट छैन । बरु उसलाई बजारमा आउने हरेक मोडेलका कारहरु पनि चढ्नुछ । जसको चरित्र विगतको उपभोक्ताभन्दा फरक छ । यसबाट के देखिन्छ भने आजको उपभोक्ता आवश्यकता पूर्तिको लागि होइन उपभोगको लागि उपभोग गर्छ । यो जन्मजात मानवीय स्वभाव, कम्जोरी या अपराध नभएर व्यवस्था आविष्कृत मनोविज्ञान हो ।
उपभोग र विकासको यही मोडेल अगाडि बढ्दै जाने हो भने मनुष्यको लागि भविष्यको मानचित्र सुरक्षित देखिन गाह्रो पर्छ । तसर्थ विकास र जीवनशैलीको यो विनाशकारी गतिलाई रोक्ने हो भने हामीसँग दुईवटा विकल्प छन् । एउटा पूँजिवादी व्यवस्थाले अगाडि सारेको विकासको अवधारणामाथि स्वतन्त्र दिमागले पुनर्विचार गर्नु । अर्को हामीले आफ्नै जीवनशैलीलाई जति सकिन्छ सरल र मितव्ययी बनाउँनु । औपनिवेशिक दिमाग बोकेर मानवीय मुक्ति र स्वतन्त्रताको यात्रा गर्न असम्भव छ । यसले एउटा त मानिसभित्रको जिवित(आलोचनात्मक, विवेकशील, सामाजिक) मानिसको हत्या गर्दोरहेछ । अर्को प्रकृतिको इकोसिस्टम जो मानिसको इच्छा र योजनाभन्दा स्वतन्त्र, शक्तिशाली, स्वभाविक र जीवनमैत्री छ, त्यसको बिनास पनि गर्दोरहेछ ।
पूँजिवादी–साम्राज्यवादले नीति अन्तर्गत मुख्यगरि तीनवटा कुराहरु आउँछन् । निजिकरण, भूमण्डलीकरण र उदारीकरण । साम्राज्यवादी शोषण र लुटपाटको नीतिलाई विश्वव्यापी रुपमा फैलाउनु नै आजको भुमण्डलीकरणको नीति हो । त्यसलाई जतिसुकै महिमामण्डित गरेर पेश गरेपनि अहिलेको भुमण्डलीकरण उत्पीडित जनतालाई शोषण–उत्पीडनबाट मुक्त गर्ने अस्त्र हुँदै होइन । बरु पूँजीवादी–साम्राज्यवादी स्वार्थको निम्ति गरीब मुलुकहरुमा रहेका साधनहरुमाथि लुट मच्चाउनु, त्यसको निम्ति त्यहाँका रैथाने आदिवासीहरुलाई जमिनबाट बेदखल गर्नु र अकुत नाफा कमाएर आफ्नो वर्चश्व कायम राख्नु हो । यसलाई निर्वाध रुपमा अगाडि बढाउनको लागि गरीब राष्ट्रहरु र तिनका सरकारहरु साम्राज्यवादी मुलुकका नीति–कार्यक्रमहरुलाई लागू गर्नको लागि ढोका खोलिदिनुपर्छ भन्न्ने नीति हो । यति भैसकेपछि शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, रोजगारी, ऊर्जा लगायतका सामाजिक दायित्वका क्षेत्रहरुबाट सरकारले हात झिक्ने र ती क्षेत्रहरुलाई निजि क्षेत्र या पूँजिपतिहरुको हातमा सुम्पिने कुरा स्वाभाविक छ । यसरी सरकारले दायित्व बहन गर्नुपर्ने या जिम्मा लिनुपर्ने क्षेत्रहरु बहुराष्ट्रिय कम्पनीको हातमा पुगिसकेपछि सरकार केबल नियमनकारी कर उठाउने संस्थाको रुपमा मात्र सीमित हुनपुग्छ । तर बिडम्बनाको कुरा जुन राजनीतिक क्याम्पभित्र यो विषयमा सबैभन्दा बढि बहस हुनुपर्ने हो त्यो भएको छैन । आफूलाई आमूल परिवर्तनका अगुवा र अनुयायी दाबी गर्नेहरु नै जीवनशैलीको यही मोडेलाई विकास भन्दै साम्राज्यवादी खन्चुवा व्यवस्थाका मतियार बन्ने काम गरिरहेका छन् ।
आजको पूँजिवाद एउटा औजार मात्र लिएर विश्व विजयको अभियानमा सरिक भएको छैन । बरु यसले आफ्नो वर्चश्व कायम गर्नका लागि आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक र शैन्य सबै प्रकारका अस्त्रहरुको संगसँगै प्रयोग गर्छ । कुनै बेला कुनै पनि कम्जोर मुलुकलाई उपनिवशे बनाउनुपर्दा ऊ सिधा सैन्य आक्रमण गथ्र्यो भने आज उसले साँस्कृतिक रुपले त्यहाँका राजनीतिक, वौद्धिक, शैक्षिक क्षेत्र हुँदै पुरै समाजमा औपनिवेशिक दाशता कायम गर्छ । उसले अगाडि सारेको विकास, समृद्धि र जीवनशैको मोडेल नै निर्विकल्प हो भन्ने कुर स्थापित गर्ने ध्याउन्नमा छ । यसको लागि उसले कला, साहित्य, सुचना–सञ्चार, विज्ञापन शिक्षा, वौद्धिक सबै औजारहरुको प्रयोग गरेको छ । त्यही भएर साम्राज्यवाद र त्यसका सबै दानवीय चेहराहरु पनि मानिसलाई मानवीय, सभ्य र उत्कृष्ट लाग्छन् । यसलाई हामी साम्राज्यवादी मोहनी भन्न सक्छौं । तर यसैलाई वर्तमानको सबैभन्दा ठूलो सच्चाईको रुपमा स्थापित गर्न ऊ प्रयत्नशील र सफल पनि छ ।
त्यसकारण हामी यो कुरामा स्पष्ट हुनपर्ने जरुरी छ कि विकास र समृद्धि यो मोडेल साम्राज्यवादद्वारा पालित पोषित बहुराष्ट्रिय कम्पनी र तिनका मालिकहरुको समृद्धि हो हाम्रो समृद्धि होइन । हाम्रो समृद्धि उनीहरुका विकासे फर्मुलाहरु प्रयोग गरेर आउनेवाला छैन । त्यो हामीले नै तय गर्नुपर्ने छ । यतिखेरको समृद्धि भनेको हामी र हामी बसेको धर्ती लुटिने, कंगाल र खोक्रो हुने तर उनीहरु जुका ढाडिए झैं मोटाउने समृद्धि हो । यसैलाई उनीहरुले सबैको समृद्धिको रुपमा मूर्ख बनाइरहेका छन् । आज राज्यले विकासको नाउँमा बहुराष्ट्रिय कम्पनीहरुलाई पैशाको लोभमा लुटको लाइशेन्स प्रदान गरिरहेको छ । यो नीतिको विरुद्धमा उभिनु विकास र समृद्धिको विरुद्धमा उभिनु होइन विनाशको विरुद्धमा उभिनु हो ।
साम्राज्यवादी मिशन अनुकूलको सोंच,संस्कृति, मनोविज्ञान र जीवनशैलीको विस्तार जति गर्न सक्यो ऊ त्यति नै सफल हुनसक्छ । त्यसको लागि उसले जनतालाई आकर्षित गर्ने खालका नाराहरु अगाडि सारेर जनविरोधी परियोजनाहरु प्रवेश गराउँछ । साम्राज्यवादले त्यसरी नै काम गर्छ जसरी बल्छीमा चारो उनेर माछालाई फसाइन्छ । आर्थिक लगानी, सहयोग, अनुदान विकास, समृद्धि, गरिबी निवारण, हरित क्रान्ति, आर्थिक बृद्धि, जीवनस्तरमा सुधार, लैंगिक उत्थान, दलित शशक्तिकरण जुनसुकै नारा लिएर पनि ऊ आउन सक्छ । तर त्यसको घातक परिणाम गरीब मुलुक र त्यहाँका जनताहरुले भोग्नुपर्छ ।
तसर्थ वर्तमान भूमण्डलिकृत पूँजीवादले हाम्रो मौलिक जीवनशैली र सँस्कृतिमाथि आक्रमण गरिरहेको छ । यसको हामीले आफ्नो जीवनशैलीमाथि पुनर्विचार गरेर हाम्रो अर्थको गुणस्तरीय जीवनशैलीको खोजी गनैपर्ने हुन्छ । जुन स्वस्थ, मितव्ययी र देखासिकीमुक्त होस् । सुविधा र क्षणिक सन्तुष्टीको नाउँमा जसले हामीलाई थप गरिबीतिर नलैजाओस् । यस्तो जीवनशैली जसले हामीलाई मौलिक, सृजनशील, स्वाभीमानी, स्वावलम्बी र उत्पादनशील बनाओस् । वैकल्पिक जीवनशैली निर्माणको आन्दोलन साँस्कृतिक आन्दोलनसँगै सम्बन्धित विषय हो । त्योभन्दा अलग विषय होइन । यतिखेर जीवनशैली अनुसरणको हिसाबले जनताले रोलमोडल मान्न सक्ने गरी कुनै वैकल्पिक शक्ति अगाडि देखिन्न । जसले अपील गर्न सकोस् कि हाम्रो जीवनशैली र मौलिक संस्कृति यो हो । समाजवादी जीवनशैली अपनाएर मात्र हामी साँस्कृतिक साम्राज्यवादले खडा गरेका भ्रम र आक्रमणहरुलाई परास्त गर्न सक्छौं । गरीब तथा उत्पीडित मुलूकहरुका जनताहरुले आफूलाई दह्रोसँग उभ्याउनको लागि सबैभन्दा शक्तिशाली हतियार भनेको नैतिक र साँस्कृतिक हतियार हो ।
Unknownnoreply@blogger.com2tag:blogger.com,1999:blog-6197684027398797437.post-54773322143961107612019-07-13T07:41:00.001-07:002019-07-13T07:41:40.959-07:00नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को राजनीतिक प्रतिवेदन
(२०७५ जेठ ३ गते निर्वाचन आयोग समक्ष प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन)
राजनीतिक प्रतिवेदन
प्रिय कमरेडहरू !
नेपाल कम्युनिष्ट पार्टीको ६९औं स्थापना दिवसको सुखद अवसरमा हुनगइरहेको पार्टी एकीकरणको
यस ऐतिहासिक घडीमा उभिएर हामी तपाईँहरू सबैलाई हार्दिक वधाइ तथा अभिवादन व्यक्त गर्दछौं । नेपाल
कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, कमरेड मदन भण्डारी, कमरेड मनमोहन
अधिकारी, कमरेड तुलसीलाल अमात्य, कमरेड निर्मल लामा लगायत सबै अग्रजहरूप्रति उच्च सम्मान व्यक्त
गर्दै समृद्ध र समुन्नत समाजवादी नेपाल निर्माण गर्ने सब्कल्प गर्दछौं । कम्युनिष्ट आन्दोलनका गौरवशाली
सात दशकको अवधिमा न्याय, समानता र स्वतन्त्रताको आन्दोलनमा आफ्नो अमूल्य जीवन अर्पण गर्नु हुने
आदरणीय शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौं । आन्दोलनमा घाइते तथा अब्गभब्ग हुनुभएका
योद्धाहरू एवं वेपत्ता पारिएका व्यक्तिका परिवारहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । नेपालको कम्युनिष्ट
आन्दोलनलाई निरन्तर साथ, समथन र र्ए ेक्यवद्धता प्रकट गर्ने सबैप्रति आभार व्यक्त गर्दछौं ।
टुटफुट र विभाजनको दुखदायी शृब्खलालाई अन्त्य गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल
कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच भइरहेको यो पार्टी एकीकरण नेपाली इतिहासकै दूरगामी र
अविस्मरणीय परिघटना हो । यस एकीकरणले कमरेड पुष्पलाल लगायत अग्रजहरूले सुरु गर्नुभएर बीचमा
टुट्न पुगेको इतिहासको कडीलाई मात्रै जोडेको छैन, न्यायप्रेमी नेपाली जनताको वर्षौं पुरानो आकाब्क्षालाई
पनि मूर्त रुप दिएको छ । यसले मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई गुणात्मक ढङ्गले नै सकारात्मक
बनाएको छ, यसले राष्ट्रियता, लोकतन्त्र, राजनीतिक स्थायित्व र समृद्धिका लागि ठोस योगदान गरेको छ र
नेपाललाई एक्काइसौ शताव्दीका ं े पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्ने आधार तयार गरेको छ ।
यो परिघटना विश्वकै परिवर्तनकामी जनता र वामपन्थी आन्दोलनका लागि समेत प्रेरणादायी रहने छ भन्ने
हाम्रो विश्वास छ । अपार संभावना र नयाँ चुनौतीहरूका बीचमा पार्टी एकताको घोषणा गरिरहेको यस
ऐतिहासिक अवसरमा हामीहरू प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत् एकीकृत पार्टीका दृष्टिकोण र धारणाहरू
सार्वजनिक गर्दछौं ।
१. वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र विश्व कम्युनिष्ट आन्दोलन
वर्तमान युग आम रुपमा रुसी अक्टोबर क्रान्तिपश्चात् सुरु भएको साम्राज्यवाद र सर्वहारा क्रान्तिकै
युगका रुपमा रहेको भएता पनि साम्राज्यवाद, सर्वहारा वर्ग र क्रान्तिका धेरै आयामहरूमा भने महत्वपूर्ण
परिवर्तनहरू देखापरेका छन् । श्रम र पुँजीबीच, समाजवाद र पुँजीवादबीच, साम्राज्यवाद– साम्राज्यवादबीच र
विश्व साम्राज्यवाद तथा उत्पीडित राष्ट्रहरूबीचका आधारभूत अन्तर्विरोधहरू अहिले पनि कायमै छन्, तर
विश्व साम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको अन्तरविरोध प्रखर र प्रमुख रुपमा अभिव्यक्त भइरहेको छ ।
एकाधिकार पुँजीवादले २१ औं शताब्दीको सुरुवातसम्म आइपुग्दा विश्वका अधिकांश मुलुकहरूलाई
बजारका रुपमा परिणत गर्दै त्यसलाई एउटा विश्व प्रणालीको स्वरुप दिएको छ । सँगसँगै कतिपय
मुलुकहरूमा भने समाजवादी दिशातर्फ अघि बढ्ने अभ्यास समेत भइरहेको छ । आफ्ना प्रारम्भिक दिनमा
पुँजीवाद सामन्तवादका विरुद्ध औद्योगिक राष्ट्रिय पुँजीवादको स्वरुपमा थियो र सामाजिक रुपान्तरणमा
अग्रगामी भूमिका निर्वाह गरेका थिया े े । तर १९ औं शताब्दीको अन्त्यसम्म आइपुग्दा पुँजीको अति केन्द्रिकरण
घ
हुने क्रममा यसले एकाधिकार पुँजीवादको स्वरुप ग्रहण गर्न थाल्यो र पुँजीवादको प्रगतिशील चरित्र समाप्त
हुन थाल्यो । उत्पादित वस्तुका लागि बजारको खोजी र नियन्त्रण गर्ने क्रममा एकाधिकार पुँजीवाद
साम्राज्यवादका रुपमा विकसित भयो र एशिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरूमाथि औपनिवेशिक
प्रणाली थोपर्ने प्रक्रिया तीव्र भयो । उपनिवेशकै लागि साम्राज्यवादी शक्ति राष्ट्रहरूबीच दुईवटा विश्वयुद्ध र
अनेकौं क्षेत्रीय तथा स्थानीय युद्धहरू भए । उपनिवेशवाद विरुद्ध राष्ट्रिय स्वाधिनताको आन्दोलन अगाडि
बढ्यो र चीन भारत लगायत विभिन्न राष्ट्रहरू स्वाधिन बने । यसै अवधिमा संयुक्त राष्ट्रसंघ, असंलग्न
आन्दोलन लगायत संस्थाहरूको जन्म भयो । युद्धलाई रोकेर विश्व शान्ति कायम गर्ने प्रक्रियामा केही
सफलता मिल्यो ।
एकाधिकार पुँजीवाद आज भूमण्डलीकृत वित्तीय पुँजीवादको स्वरुपमा रहेको छ । मुठ्ठीभर पुँजीवादी
घरानाहरूका हातमा पुँजीको अत्याधिक संकेन्द्रण, वित्तिय एकाधिकार पुँजीमार्फत् नवआपनिव ै ेशिक शोषण,
विश्व वित्तीय संस्थाहरू र बहुराष्ट्रिय निगमहरू मार्फत् विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने
प्रयाश, नवउदारवादी विचारधारामार्फत् व्यक्तिवाद र उपभोक्तावादलाई प्रश्रय एवं विश्वलाई पुँजीवादी माल
र मनोरञ्जनको बजार बनाउनु यसका विशेषताका रुपमा रहेका छन् । विश्व बैब्क, अन्तर्राष्ट्रिय मुद्रा कोष
लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू मार्फत् विश्वव्यापी रुपमै निजीकरण, उदारीकरण र भूमण्डलीकरणको
वर्चस्व कायम गर्ने प्रयाश भइरहेको छ । औद्योगिक तयारी वस्तुहरूको निर्यातभन्दा पनि वित्तिय पुँजीको
निर्यातमा जोड दिँदै बहुराष्ट्रिय निगमहरूमार्फत् विश्वव्यापी वित्तिय एकाधिकार कायम गर्न प्रयाश भइरहेको
छ । अर्थतन्त्रको निर्धारक तत्व खुला बजारलाई बनाउँदै राज्यलाई नियमनकारी संस्थाको रुपमा सीमित गर्न
खोजिएको छ । सुरक्षित श्रमको सट्टा करार, ज्यालादारी र आउट सोर्सिब मार्फत श्रमजीवी वग र्् लाई विभाजित,
असुरक्षित र पराश्रित बनाइएको छ । विज्ञान र प्रविधिमार्फत् विश्वले आर्जन गरेको प्रगतिबाट लाभान्वित हुन
बहुसब्ख्यक जनता बञ्चित छन् । आज विश्व वित्तीय पुँजीवादले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूका
माध्यमबाट वित्तिय एकाधिकारका दलालहरूको संजाल तयार गरी नयाँ प्रकारको नवऔपनिवेशिक प्रणाली
थोपर्ने प्रयाश गरिरहेको छ । पुँजीवाद र साम्राज्यवादको नवीनतम् अभिव्यक्तिका रुपमा विश्व वित्तीय
पुँजीवादले आज विश्व श्रमिक समुदाय र उत्पीडित राष्ट्रहरूमाथि शोषणका नयाँ र सूक्ष्म रुपहरू थोपरिरहेको
छ ।
भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादकै कारण आज विश्व थुप्रै संकटहरूको बीचबाट गुज्रिरहेको
छ । आर्थिक विषमता भयावह बन्दै गइरहेको छ । मुठ्ठीभर बहुराष्ट्रिय निगमहरूका हातमा विश्वको
अधिकांश सम्पत्ति थुप्रिँदै जानु, विश्वव्यापी गरिबीको समस्या बढ्दै जानु र बेरोजगारी विकराल बन्नु वर्तमान
समयका सबैभन्दा ठूला चना ु ैती हुन् । उत्पादनका साधन र स्रोतमा उत्पादक शक्तिको पहुँच झनै कमजोर
बनेको छ र ती एकाधिकार पुँजीपति वर्गको हातमा केन्द्रित छन् ।
वित्तीय एकाधिकार पुँजीवादको सबैभन्दा बढी असर तेस्रो विश्वका मुलुकहरूमाथि परेको छ । स्वदेशी
कृषि र औद्योगिक उत्पादन विस्थापित भएर ती मुलुकहरू शक्तिशाली वहुराष्ट्रिय निगमका बजार जस्तो बन्न
पुगेका छन् । वस्तु आयात गरेर निर्वाह गर्नुपर्ने स्थितिले तेस्रो विश्वका मुलुकहरूमा अत्यधिक परनिर्भरताको
स्थिति सिर्जना गरिदिएको छ । कृषि र औद्योगिक उत्पादनको विस्थापनबाट सबैभन्दा ठूलो मार युवा
श्रमशक्तिलाई परेको छ । ती मुलुकहरू श्रमशक्ति निर्यात गरेर त्यसबाट प्राप्त विप्रेषण रकम (रेमिट्यान्स)को
भरमा जीवन निर्वाह गर्नुपर्ने उपभोक्तावादी समाजमा परिणत हुँदैछन् ।
वित्तिय एकाधिकारवादी दलाल पुँजीवादले विद्यमान वर्गीय, क्षेत्रीय, लंैगिक र जातीय समस्याहरूलाई
आफ्नो स्वार्थ अनुकूल प्रयोग गरिरहेको छ । सामन्तवादले छोडेका विभेद र उत्पीडनका विरासतलाई
दुरुपयोग गर्दै विश्व साम्राज्यवादी शक्तिहरूले ।।।फुटाउ र शासन गर’ को नीति प्रयोग गरिरहेका छन् ।
द्ध
जनतालाई प्राकृतिक स्रोत र साधनमाथिको स्वामित्वबाट विस्थापन गर्ने, जातीय, क्षेत्रीय तथा धार्मिक
प्रकृतिका साम्प्रदायिक द्वन्द्वहरू सिर्जना गराउने, आन्तरिक द्वन्द्वमा फसाएर तेस्रो विश्वका मुलुकहरूको
राष्ट्रियतालाई समाप्त पार्ने षड्यन्त्रहरू भइरहेका छन् ।
शक्ति राष्ट्रहरू आणविक अस्त्रमाथि नियन्त्रण कायम गर्दै हतियार व्यापारको निम्ति विश्वव्यापी प्रभुत्व
कायम गरिरहेका छन् । इस्लामिक आतंकवादको विरोधको नाममा इराक, अफगानिस्तान, सिरियालगायतका
अधिकांश खाडी मुलुकहरूमा युद्ध थोपरिएको छ । युद्धको भित्री आशय भने खाडी क्षेत्रबाट तेल र
ग्याँसलगायतका प्राकृतिक स्रोतहरूको दोहन गर्नुमा केन्द्रित छ । सिरियाको युद्धबाट लाखौं निर्दोषहरूको
नरसंहार भएर भयावह मानवीय सब्कट सिर्जना भएको छ । कोरियाली प्रायःद्वीपमा बढ्दो अमेरिकी
गतिविधिले तनाव सिर्जना गरेको छ । आतब्कवाद र विभिन्न रुपमा प्रकट हुँदै गरेका जातीय एवं धार्मिक
अतिवाद विश्व शान्ति, सामाजिक सद्भाव र सांस्कृतिक एकताका लागि चुनौती बन्दै गएका छन् ।
तर पुँजीको यो अत्यधिक केन्द्रीकरण, अनियन्त्रित बजार व्यवस्था र नाफाका लागि विभिन्न शक्ति राष्ट्र
र बहुराष्ट्रिय निगमहरूको हानथाप जस्ता कारणले सिर्जना भएको नयाँ आन्तरिक सब्कटले विश्व वित्तीय
पुँजीवादलाई नराम्रो धक्का दिएको छ । सन् २००८ बाट सुरु भएको विश्वव्यापी आर्थिक मन्दीबाट अमेरिका
र युरोपका कतिपय मुलुकहरू अझै बाहिर निस्कन सकेका छैनन् । कैयौं वित्तिय संस्था, घरजग्गा कारोबार (
रियल स्टेट) कम्पनी र उद्योगहरू टाट पल्टिएका छन् । सब्कटकै कारण कतिपय मुलुकमा सरकार परिवर्तन
भएका छन् । राज्यले अरबौं लगानी गरेर त्यस्ता व्यवसायलाई उद्धार गर्न खोजे पनि समस्या कायमै छ ।
सीमित पुँजीपतिहरूको स्वार्थ रक्षाका लागि ती देशका सरकारहरूले ।।।मितव्ययिता’ का नाममा सुरु गरेको
खर्च कटौती, सामाजिक सुरक्षामा नियन्त्रण र मजदुर तथा कर्मचारीहरूको निष्काशनले गंभीर सामाजिक
समस्या उत्पन्न गर्दै लगेको छ ।
राज्यलाई नियामक संस्थाका रुपमा सीमित राख्दै बजारलाई अनियन्त्रित छाड्नु पर्छ भन्ने तर्क गर्नेहरू
नै राज्यले हस्तक्षेपकारी नीति अपनाउनु पर्छ भन्ने ठाउँमा आइपुग्नु, खुल्ला बजारका हिमायतीहरू नै
संरक्षणवादी नीतिका पक्षपोषक बन्न पुग्नु र विश्व व्यापार सब्गठन लगायत आफैले निर्माण गरेका
संस्थाहरूको नीति र नियमलाई चुनौती दिनु विश्व वित्तीय पुँजीवाद र यसले अवलम्बन गरेको
नवउदारवादको सर्वाधिक ठूलो असफलता हो । अमेरिकाले अरु मुलुकहरूबाट आयातित वस्तुहरूमाथि कडा
भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्न चालेको कदमले मतभेद चुलिँदै गएर
।।।व्यापार युद्ध’ हुन सक्ने आशब्का समेत गर्न थालिएको छ । युरोपेली सब्घबाट बेलायतको बहिर्गमनले
सिर्जना गरेका असरहरू कायमै छन् । विभिन्न पुँजीवादी राष्ट्रहरूमा संरक्षणवादका पक्षपोषक, आप्रवासन
विरोधी र जातीय अहब्कारवादका पक्षधर दक्षिणपन्थी अतिवादीहरूको उदय गंभीर चुनौतीका रुपमा दखा े
परेको छ ।
विश्व वित्तीय एकाधिकार पुँजीवाद र यसले सिर्जना गरेका आर्थिक–सामाजिक समस्याहरूका विरुद्ध
विभिन्न स्वरुपका ठूला–ठूला आन्दोलनहरू भएका छन् । जनतालाई मार पार्ने गरी सामाजिक सुरक्षामा
गरिएको कटौती, आतब्कवादी हमला, बन्दुकको अन्धाधुन्ध प्रयोग, जलवायु परिवर्तनका असर,
श्रमिकहरूमाथि थोपरिएका नयाँ शोषण तथा कृषि क्षेत्रमा बहुराष्ट्रिय निगमहरूको हस्तक्षेप जस्ता विषयमा
समाजका विभिन्न समुदायले सशक्त आवाजहरू उठाइरहेका छन् र विश्व वित्तीय पुँजीवादलाई चुनौती
दिइरहेका छन् । समकालीन घटनाहरूले विश्व वित्तीय पुँजीवादले आफ्ना सब्कटको दिगो समाधान खोज्न
सक्दैन, पुँजीवादीहरूले पक्षपोषण गरेको तथाकथित नयाँ विश्व व्यवस्थाको विकल्प खोज्नु अपरिहार्य भएको
छ र आम श्रमजीवी जनताको भविष्य समाजवादमै निहित छ भन्ने कुरालाई पुनर्पुष्टि गर्दै लगेको छ ।
छ
विश्व वित्तीय पुँजीवाद गंभीर सब्कट र मन्दीबाट गुज्रिरहेको बेला जनवादी गणतन्त्र चीन लगायतका
मुलुकहरूले भने अर्थतन्त्रको क्षेत्रमा गुणात्मक फड्को मारेका छन् । चीन विश्वको दोस्रो आर्थिक शक्तिको
रुपमा स्थापित भएको छ र निकट भविष्यमै पहिलो आर्थिक शक्तिका रुपमा स्थापित हुने दिशामा अग्रसर
छ । केही दशकभित्रै चीनले हासिल गरेको चमत्कारिक उपलव्धि प्रेरणादायी छ । आर्थिक विकास, यातायात
लगायत आवागमन सम्पर्क (कनेक्टिभिटी) र विभिन्न मुलुक र सभ्यताका बीचमा सम्बन्ध जोड्ने उद्देश्यका
साथ चीनले अगाडि सारेको ।।।बेल्ट एण्ड रोड इनिसिएटिभ’ लाई विश्वका ७० भन्दा बढी मुलुकहरूले समर्थन
गरेका छन् र विकासका नयाँ अवधारणाहरू विकास गर्दैछन् । चीनको यो अभूतपूर्व विकास, चीन, रुस,
ब्राजिल, दक्षिण अफ्रिका र भारतबीच खडा गरिएको ।।।ब्रिक्स’ संयन्त्र, एसियाली पूर्वाधार विकास बैब्क
लगायत वित्तीय संस्थाहरू र विभिन्न पहलकदमीहरूले नीति निर्माण र निर्णय प्रक्रियामा अमेरिका र युरोपको
वर्चस्व कमजोर बन्दै गएको छ । एसिया क्रमशः आर्थिक विकासको केन्द्र बन्दै गएको छ र भूमण्डलीकृत
पुँजीवादको ध्यान पनि त्यतै केन्द्रित हुँदैछ । अमेरिकी नेतृत्वको एक धु्रवीय शक्तिलाई चुनौती दिँदै विश्व
बहुधु्रवीय दिशातर्फ अग्रसर भइरहेको छ । यससँगै नयाँ–नयाँ अवसर र चुनौतीहरू पनि सिर्जना भएका छन् ।
यी अन्तर्राष्ट्रिय परिदृष्यहरूका अतिरिक्त हामीले हाम्रो भूराजनीतिक सन्दर्भमा विकसित भइरहेका
घटनाक्रमहरूलाई पनि नजिकबाट नियाल्नु पर्दछ । अमेरिकासँग भारतको बढ्दो सैन्य साझेदारी, अमेरिका,
भारत, दक्षिण कोरिया, जापान र अष्ट्रेलियाबीचको सैन्य गठबन्धन, दक्षिण चीन सागर र मलक्का जलडमरु
लगायत समुद्री मार्गहरूमा उत्पन्न समस्या, प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी,
चीनको ।।।बेल्ट एण्ड रोड इनिसिएटिभ’ र यसका विरुद्ध कतिपय देशका प्रयाश, कोरियाली प्रायद्विपको तनाव र
पछिल्ला विकसित घटनाक्रम, चीन विरुद्धका कथित स्वतन्त्र तिब्बत गतिविधिहरू लगायत एशिया पशान्त ्र
क्षेत्रका घटनाक्रमहरूलाई पनि हामीले ध्यानमा राख्नु पर्दछ । यस क्रममा नेपालको राष्ट्रिय स्वाधीनतामा
पर्नसक्ने प्रभावका बारेमा आवश्यक सजगता अपनाउनु पर्दछ । युद्ध, आणविक अस्त्र र हातहतियारको
होडबाजीको विरोध गर्दै उत्पीडित राष्ट्रहरूको स्वाधीनताको रक्षा एवं शान्ति, समृद्धि र आर्थिक विकासको
निम्ति निरन्तर प्रयत्न जारी राख्नु पर्दछ ।
राष्ट्रिय स्वाधीनता र श्रमिक वर्गको मुक्तिको दिशा नै आजको कम्युनिष्ट तथा वामपन्थी आन्दोलनको
मूल प्रवृत्तिका रुपमा रहेको छ । वित्तीय एकाधिकार पुँजीवादको वर्चस्वलाई विस्थापित गरी राष्ट्रिय औद्योगिक
पुँजीको विकास गर्दै आर्थिक आत्मनिर्भरता हासिल गर्न सक्यौं भने मात्रै राष्ट्रिय स्वाधीनता सुदृढ गर्नसकिने
छ र समाजवादी क्रान्तिको आधारभूमि तयार गर्नसकिने छ । वित्तीय भूमण्डलीकृत साम्राज्यवादले जुन संकट
उत्पन्न गराइराखेको छ, त्यसबाट मुक्तिको लागि एक मात्र विकल्प भनेको राष्ट्रिय स्वाधीनता सहितको
समाजवाद नै हो । वर्तमान संकटले समाजवादको आवश्यकता र औचित्यतालाई झनै पुनर्पुष्टि गर्दै लगेको
छ ।
औद्योगिक पुँजीवादी क्रान्तिपश्चात् उत्पन्न पुँजीपति वर्ग र मजदुर वर्गबीचको अन्तरविरोधको
पृष्ठभूमिमा मजदुर वर्गको मुक्तिको मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवादको जन्म भएको थियो । द्वन्द्वात्मक
तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण, वर्गसंघर्ष, श्रमजीवी वर्गको राज्य, सर्वहारा अन्तर्राष्ट्रवाद र
वैज्ञानिक समाजवाद तथा साम्यवाद जस्ता माक्र्सवादी वैचारिक अवधारणाहरूको जगमा कम्युनिष्ट
आन्दोलनको जन्म र विकास भएको थियो । गएका १७० वर्षहरूमा माक्र्सवादले विश्व सर्वहारा श्रमजीवी
वर्गको मुक्ति आन्दोलनलाई निरन्तर मार्गदर्शन गरिरहेको छ । माक्र्सवादको विकासकै क्रममा लेनिनवादको
विकास भएको छ भने चिनियाँ जनवादी क्रान्ति लगायत विश्वका विभिन्न मुलुकमा भएका क्रान्तिकारी
आन्दोलनले माक्र्सवादलाई सिर्जनात्मक रुपमा प्रयोग र विकास गर्न महत्वपूर्ण योगदान गरेका छन् । यस
अवधिमा विश्वका विभिन्न मुलुकहरूमा क्रान्ति सम्पन्न भएका छन् भने माक्र्सवादकै प्रभाव र पथप्रदर्शनमा
विश्वमा ठूला राजनीतिक परिवर्तनहरू संभव भएका छन् । मजदुर वर्ग, महिला लगायत विभिन्न समुदायका
ट
अधिकारहरू स्थापित भएका छन् । उत्पीडित वर्ग र समुदायमा अभूतपूर्व जागरण सिर्जना भएको छ ।
सर्वहारा श्रमजीवी वर्गको मात्रै होइन, उत्पीडित राष्ट्रहरू र अन्ततः सिब्गै मानव जातिको मुक्तिका लागि
समेत माक्र्सवादको सान्दर्भिकता आज पनि उत्तिकै छ ।
तर सोभियत सब्घको विघटन र कतिपय मुलुकहरूमा समाजवादी सत्ताहरूको विस्थापनसँगै विश्व
कम्युनिष्ट आन्दोलन आज रक्षात्मक अवस्थामा छ । सशस्त्र सब्घर्षको बाटो अवलम्बन गरेका अधिकांश
मुलुकहरूमा आन्दोलनले गंभीर धक्का खाएको छ । शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट समाजवाद निर्माण
गर्ने प्रयाशमा पनि विश्व वित्तीय पुँजीवादले अनेकौं अवरोध सिर्जना गरेको छ । विश्व साम्राज्यवादले थोपरेको
नवऔपनिवेशिक प्रणाली विरुद्ध क्रान्ति सम्पन्न हुन नसकेको मात्र होइन, क्रान्तिको रक्षा गर्ने प्रश्नमा समेत
गम्भीर समस्याहरू परिरहेको देखिन्छ । त्यसका लागि क्रान्तिका उपलब्धिहरू र माक्र्सवाद–लेनिनवादका
सार्वभौम मूल्य मान्यताहरूको रक्षा गर्दै नवऔपनिवेशिक शोषण उत्पीडन, त्यसका जगमा बन े ेका वर्गहरू र
वर्गीय अन्तरविरोधहरूको ठोस विश्लेषण गर्दै वैचारिक राजनीतिक क्षेत्रमा थप विकास र संश्लेषणको
टड्कारो आवश्यकता रहेको छ । क्रान्ति र प्रतिक्रान्तिका यी घटनाक्रमहरूको गंभीर र वस्तुपरक विश्लेषण
गर्दै हामीले एक्काइसौं शताव्दीमा माक्र्सवादको विकासका लागि सिर्जनात्मक, रचनात्मक र नयाँ सोचको
विकास गर्नु अत्यावश्यक भएको छ । यस अघि स्थापित समाजवादी सत्ता र समाजहरूमा जनवादको
अभ्यासमा भएको मूल कमजोरीलाई सच्याउँदै वैचारिक सांस्कृतिक स्तर उन्नत बनाउन ध्यान दिनु पर्दछ ।
यसरी हेर्दा विश्व कम्युनिष्ट आन्दोलनको आम प्रवृत्ति भूमण्डलीकृत साम्राज्यवादका विरुद्ध उत्पीडित
राष्ट्रहरूको राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिको तयारी नै रहेको छ । नेपालको सन्दर्भमा
सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभीमान र स्वाधीनताको रक्षा गर्दै जनवादी क्रान्तिका
बाँकी कार्यभार पूरा गर्ने तथा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गर्दै समाजवादका आधार तयार गर्ने बाटो
नै अहिलेको क्रान्तिको कार्यदिशा रहेको छ । पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको वडापत्रको आधारमा
समानता, स्वतन्त्रता र पारस्परिक आपसी राष्ट्रिय हितको आधारमा कुटनीतिक सम्बन्ध विस्तार गर्ने,
उत्पीडित राष्ट्रहरू तथा श्रमजीवी वर्गका हक हित र मुक्तिका आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्ने र आफ्नो
ठाउँबाट विश्व शान्ति, न्याय र समानताको आन्दोलनलाई सघाउने हाम्रो नीति हुनु पर्दछ ।
पुँजीको अत्यधिक केन्द्रीकरण, विज्ञान–प्रविधिका लाभहरूको असमान वितरण र विश्वव्यापीकरणको
प्रक्रियाका बीचमा विश्व प्रणाली झनै जटिल भएको छ । असमान विकासका कारण देश–देशमा क्रान्ति,
समाजवाद निर्माणको बाटो र स्वयं समाजवादी ढाँचा पनि विविधतायुक्त हुनु अनिवार्य छ । प्रत्येक देशका
वामपन्थीहरूले आफ्नो समाजको विकासक्रम, ठोस परिस्थिति र समाजका विशेषताका बारेमा स्पष्ट बन्न
सक्नुपर्दछ र आन्दोलनको आफ्नै मौलिकता अन्वेषण गर्दै त्यसका आधारमा माक्र्सवादको सिर्जनात्मक रुपमा
प्रयाग गर्द े ै अगाडि बढ्नु पर्दछ । हामीले माक्र्सवादको प्रयोग र विकासमा विविधतालाई स्वीकार्नु पर्दछ ।
हामी नयाँ र न्यायपूर्ण विश्व व्यवस्थाका पक्षमा दृढतापूर्वक उभिनु पर्छ ।
२. वर्तमान राष्ट्रिय परिस्थिति
नेपाली समाजको चरित्र
२०६२÷६३ सालको ऐतिहासिक क्रान्ति र त्यसपछि विकसित राजनीतिक परिस्थितिसँगै नेपाली समाज
ऐतिहासिक विकासक्रमको हिसाबले नयाँ चरणमा प्रवेश गरेको छ । सामन्तवाद विघटन र पतन भएर समाज
पुँजीवादी चरणमा प्रवेश गर्नु, संविधानसभाबाट संविधान निर्माण भएर सब्घीय लोकतान्त्रिक गणतन्त्र
स्थापना र संस्थागत हुनु, नेपाली जनता संवैधानिक र व्यवहारिक दुबै दृष्टिले सार्वभौम बन्नु, वाह्य दबाब र
हस्तक्षेपलाई अस्वीकार गर्दै नेपालले संविधान निर्माण लगायत आफ्ना आन्तरिक विषयहरूमा आफ्नो
ठ
स्वतन्त्र निर्णय, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई स्थापित गर्नु, निर्वाचनका माध्यमबाट सब्घीय, प्रदेश
तथा स्थानीय तीनै तहमा वामपन्थी शक्तिहरू झण्डै दुई तिहाइ शक्तिका साथ नेतृत्वमा स्थापित हुनु र
शान्तिपूर्ण तथा वैधानिक बाटोबाट समाजवाद निर्माणका आधारहरू बलियो बन्दै जानु यस नयाँ चरणका
विशेषताका रुपमा रहेका छन् ।
नेपाल पुँजीवादको प्रारम्भिक चरणबाट गुज्रिरहेको छ । राष्ट्रिय पुँजीवादी उत्पादक शक्ति कमजोर
अवस्थामा छ । उत्पादनशील लगानी र पुनर्उत्पादन पुँजीवादको मुख्यपक्ष बन्न सकेको छैन । विदेशी वस्तु
मुलुकमा भित्र्याएर नाफा कमाउने व्यापारिक पुँजी र विभिन्न ठेक्कापट्टा एवं सेवाहरूमा विदेशी कम्पनीको
सेवक बनेर पैसा कमाउने दलाल पुँजीको बोलवाला छ । यो दलाल पुँजीपतिवर्गलाई राज्य संयन्त्रमा पकड
जमाएर बसेका उच्च तहका कर्मचारीतन्त्र र कतिपय राजनीतिक पार्टीका नेता, कार्यकर्ताहरूको एउटा
हिस्साले सहयोग र सेवा गरिरहेका छ । त्यसल े े दलाल पुँजीपति वर्गलाई राज्यको तर्फबाट अवसर र
नाजायज छुटहरू उपलब्ध गराएर त्यस वापत बिना कुनै लगानी र श्रम आम्दानीमा ठुलो हिस्सा लिइरहेको
छ । यसरी हिस्सा लिने नोकरशाही पँुजीपति वर्ग हो । त्यसैले दलाल तथा नोकरशाही पँुजीवाद हाम्रो
समाजमा राष्ट्रिय पुँजीको विकासका लागि मुख्य अवरोधका रुपमा रहेको छ । उत्पादनशील लगानी र
पुनर्उत्पादनको प्रक्रियालाई यो पुँजीवादले प्रोत्साहित गर्दैन, उल्टो कमजोर बनाउँछ । प्रगतिशील उत्पादक
शक्तिको विकास, उत्पादन वृद्धि, आर्थिक विकास र आत्म निर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माणलाई यसले
अवरुद्ध पारिरहेको छ । त्यसका अतिरिक्त बिना लगानी र श्रम ठुलो मात्राको आम्दानी गर्ने यसै वर्गको
प्रभावका कारण समाजमा उपभोक्तावाद चरमरुपमा प्रोत्साहित भएको छ । उद्योगधन्दा, कलकारखानामा
लगानीद्धारा गरिने पुँजी निर्माणको प्रक्रियाभन्दा बाहिरबाट नै ठूलो आम्दानी गर्ने यो वर्गले “मामाको धन
फुपका ु े श्राद्ध” भने झै उत्पादनशील क्षेत्रमा लगानी गर्नुको सट्टा बंगला, कार, होटेल, रेष्टुराँ, फर्निसिङ्ग,
ब्युटिपार्लर, भोज भतेर, क्लब, बार, गहना, महँगा कपडा आदि विलासितामा खर्च गर्दछ । त्यसले गर्दा पूरै
समाजमा उपभोक्तावादी संस्कृति बढ्दै गइरहेको छ । विप्रेषणबाट प्राप्त रकमको ठुलो हिस्सा अनावश्यक
रुपमा यस्तैमा खर्च भईराखेको छ । आधारभूत आवश्यकताका विषयमा खर्च गर्न धौ धौ पर्ने परिवारले पनि
ऋण खोजेर वा अचल सम्पति बेचेर “सामाजिक हैसियत” कायम राख्ने नाममा अनावश्यक रुपमा
उपभोक्तावादी खर्च गरिरहेका छन् । यो प्रक्रियाले समाजको आर्थिक विकासलाई नकारात्मक ढंगले प्रभावित
गरिरहेको छ ।
उपरोक्त तथ्यहरूबाट नेपाली समाजको सामाजिक–आर्थिक संरचनाको मूल चरित्र स्पष्ट हुन्छ । नेपाली
समाज मूलतः पुँजिबादी समाजमा रुपान्तरित भएको छ । नेपाली पँुजीवादी जनवादी क्रान्ति आधारभूत रुपले
सम्पन्न भएको छ । तर नपालका े े पुँजीवाद कमजोर अवस्थामा छ । सामन्तवादका अवशेषहरू पनि अझै
केहि बाँकि छन र विभिन्न रुप र मात्रामा नवऔपनिबेशिक शोषण–उत्पीडन कायमै छ । यसलाई अन्त्य गरेर
औद्योगिक पँुजीको विकास गर्नु अत्यावश्यक छ ।
नेपाल गौरवशाली सभ्यता, इतिहास र संस्कृति भएको संसारकै पुरानोमध्ये एक र सधैभरि स्वतन्त्र
अस्तित्वमा रहेको राष्ट्र हो । हजारांै वर्ष अगाडि देखि नेपालले मानव सभ्यता र विश्व शान्तिका सन्दर्भमा
योगदान गर्दै आएको छ र बहुलता, विविधता, सांस्कृतिक सहचार्य र सामाजिक सद्भावको विशिष्ट पहिचान
कायम राख्दै आएको छ । विश्वमा उपनिवेशवादको विगविगी भएको बेला पनि वाह्य साम्राज्यवादी
आक्रमणबाट देशको स्वतन्त्र अस्तित्व कायम राख्न सफल हाम्रो इतिहासप्रति हामीलाई गर्व छ ।
तर इतिहासमा सधै स्वतन्त्र रहँदै आएको नेपालले सुगौली सन्धीपश्चात् भने राजनीतिक, आर्थिक र
सांस्कृतिक हस्तक्षेपसँग सामना गर्नुपरेको छ । विभिन्न असमान सन्धीहरू, आर्थिक परनिर्भरता, सांस्कृतिक
अतिक्रमण र नेपालले आफ्ना आन्तरिक विषयहरूको स्वतन्त्र ढङ्गले समाधान गर्ने क्रममा बेलाबेलामा प्रकट
ड
हुने वाह्य हस्तक्षेपसँग हामीले निरन्तर प्रतिरोध गरिरहेका छौं । संविधान निर्माण र त्यसपछिका घटनाक्रममा
राष्ट्रिय स्वाधीनता र स्वाभिमानका विषयमा नेपाली जनतामा अभूतपूर्व जागरण, सजगता र एकता प्रकट
भएको छ, जुन हाम्रो राष्ट्रियताको सुदृढीकरणका लागि निकै मूल्यवान आधार हो । सबै वर्ग, क्षेत्र र
समुदायका जनताको एकतालाई अझ बलियो बनाउँदै हामीले हाम्रो राष्ट्रियतालाई सुदृढ गर्नु पर्दछ र सबै
खाले नवऔपनिवेशिक शोषण उत्पीडनलाई समाप्त पार्दै स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकास तथा आर्थिक
आत्मनिर्भरता हासिल गर्नु पर्दछ ।
३. नेपाली पुंजीवादी जनवादी क्रान्तिः समाजवाद उन्मुख जनताको जनवाद
विकासका विभिन्न ऐतिहासिक चरणहरू पार गर्दै र विकसित हुँदै आएको नेपाली समाज लामो समय
सामन्तवादको चरणबाट गुज्रेको थियो । सामन्तवादी सामाजिक–आर्थिक संरचना अनुरुप सामन्ती
अधिरचनाको रुपमा निरंकुश राजतन्त्रले राज्य सञ्चालन गरिरहेको थियो । त्यस पृष्ठभूमिमा, सामन्तवाद
तथा सामन्तवर्ग विरुद्धको वर्गसंघर्ष र सामन्ती निरंकुशतन्त्र विरुद्धको राजनीतिक लोकतान्त्रिक संघर्ष र
अन्ततः पुँजीवादी जनवादी क्रान्तिको रुपमा अघि बढ्नु ऐतिहासिक वस्तुगत आवश्यकता बन्यो ।
नेपालको सामन्तवाद एवं सामन्तवर्गले विश्व साम्राज्यवाद, एकाधिकार पुँजीवाद, क्षेत्रीय प्रभुत्ववाद र
विस्तारवादसँगको सहकार्य एवं साँठगाँठबाट आफ्नो रक्षाका लागि बाह्य सहयोगी शक्ति प्राप्त ग¥यो ।
नेपाल र नेपाली जनता वाह्य शक्तिको समेत शोषण र उत्पीडनमा परे । यसरी सामन्तवाद विरोधी नेपाली
पुँजीवादी जनवादी क्रान्तिले सामन्तवाद र सामन्ती निरंकुशतन्त्रलाई अन्त्य गर्न साम्राज्यवाद र क्षेत्रीय
प्रभुत्ववाद–विस्तारवादका विरुद्ध राष्ट्रिय स्वाधीनताको कायभार र्प ूरा गर्ने संघर्ष पनि सँगसँगै अघि बढाउनु
अनिवार्य बन्यो ।
आरम्भमा सामन्ती राज्यसत्ता र निरंकुशतन्त्रका विरुद्धको संघर्ष मूलतः जहानिया राणाशासन विरुद्धको
संघर्षका रूपमा संगठित भयो । सामन्ती निरंकुशतन्त्र विरुद्धको संघर्ष लखन थापाको विद्रोह एवं ।।।प्रचण्ड
गोरखा’ ।।।प्रजा परिषद्’ को आन्दोलन हुँदै अगाडि बढ्यो र नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टीको
स्थापनासँगै २००७ सालमा राणाशासन विरोधी महत्वपूर्ण राजनीतिक आन्दोलन एवं परिवर्तनका रुपमा
विकसित भयो । आन्दोलनको मुख्य नेतृत्व नेपाली काँग्रेसले ग¥यो र भर्खरै जन्मिएको नेपाल कम्युनिष्ट
पार्टीले पनि यो लोकतान्त्रिक संघर्षमा सक्रिय सहभागी हुँदै आफ्नो भूमिका खेल्यो । नेतृत्वदायी पुँजीपतिवर्ग
कमजोर भएको, त्यसको मुख्य चरित्र दलाल भएको र बाह्य शक्तिको भूमिका समेतको कारण २००७
सालको परिवर्तनले लोकतान्त्रिक क्रान्तिलाई पूर्णता दिन सकेन । तथापि त्यो लोकतन्त्रको दिशामा
ऐतिहासिक महत्वको परिवर्तन थियो ।
२००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीले प्रारम्भदेखि नै सारतत्वमा सामन्तवाद–साम्राज्यवाद
विरोधी पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रम अगाडि सारेको थियो । राजतन्त्रसँग आत्मसमर्पण गर्नपुगेका
केही तत्वहरू बाहेक विभिन्न समूहमा विभाजित हुनपुगेका कम्युनिष्ट तथा वामपन्थी पार्टीहरूले नयाँ
जनवाद, जनताको जनवाद, राष्ट्रिय प्रजातन्त्र वा जनताको बहुदलीय जनवाद आदि विभिन्न नाम र रुपमा
क्रान्तिको कार्यक्रम प्रस्तुत गरेपनि सारतत्वमा यी सबै कार्यक्रम सर्वहारा श्रमजीवीवर्ग र कम्युनिष्ट पार्टीको
नेतृत्वमा सम्पन्न हुने सामन्तवाद–साम्राज्यवाद विरोधी नयाँखाले पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रम नै
थिए । एकीकृत अवस्थामा होस् या विभाजित अवस्थामा, नेपाली कम्युनिष्ट आन्दोलन यही कार्यक्रमकै
बाटोमा अघि बढिरह्यो ।
नेपाली लोकतान्त्रिक क्रान्ति राजनीतिक क्षेत्रमा पटक–पटक प्रतिगमनको चपेटामा परे पनि त्यस्तो
प्रतिगमनले समाजको पुँजीवादीकरणलाई पूरै रोक्न सकेन । राज्यको सकारात्मक भूमिकाको अभावका
ढ
बाबजुद नेपालको पुँजीवादीकरणको प्रक्रिया कमजोर रुपमा नै भएपनि अघि बढ्दै ग¥यो । तद्नुरुप
राजनीतिक संघर्ष पनि अघि बढ्दै गयो । यस क्रममा राजनीतिक अधिरचनाको क्षेत्रमा पूर्ण
लोकतान्त्रिकरणको दबाब र माग स्वभावतः झनै बढ्यो । नेपालमा राजतन्त्र रहँदासम्म सामन्ती निरंकुशतन्त्र
पूर्ण रुपमा अन्त्य हुँदैन र गणतन्त्र स्थापना अनिवार्य छ भन्ने ऐतिहासिक यथार्थ आम रुपमा स्पष्ट भयो ।
यसका साथै, मूलतः दलाल तथा नोकरशाही पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस जस्तो पार्टीकै
नेतृत्वका कारण २००७ सालदेखिको लोकतान्त्रिक परिवर्तन अधुरै रहन गएको हो र कम्युनिष्ट शक्तिको
नेतृत्वमा मात्र लोकतान्त्रिक क्रान्तिले पूर्णता पाउन सक्छ भन्ने पनि पुष्टि हुँदै गयो । यसका साथसाथै,
कम्युनिष्ट तथा वामपन्थी शक्तिहरू लामो तथा बलिदानी संघर्षमा निरन्तर लागिरहे, माक्र्सवादको
सिर्जनात्मक पया ्र ेग गर्ने प्रयत्न गर्दै जनताका बीचमा गएर आन्दोलन उठाउन सक्रिय रहे, यस क्रममा
विभिन्न सकारात्मक र नकारात्मक अनुभव सहित जनताका दुखसुखमा निरन्तर साथ रहे, जस्का कारणले
नेपाली राजनीतिक आन्दोलनका नेतृत्वदायी शक्तिका रुपमा उनीहरू स्थापित भए ।
यसरी २००७ सालदेखिका विभिन्न सशस्त्र र शान्तिपूर्ण संघर्ष, झापा विद्रोह, माओवादी जनयुद्ध,
उत्पीडित समुदायले चलाएका विभिन्न आन्दोलनले सामन्तवादविरोधी पुँजीवादी जनवादी क्रान्ति अर्थात्
लोकतान्त्रिक क्रान्तिलाई मूलतः कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको नेतृत्वमा पूर्णता दिने वस्तुगत र
आत्मगत आधार तयार ग¥यो ।
एकातिर नेकपा (एमाले) को नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिष्ट
आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्यो
भने अर्कोतिर तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित जनयुद्धले उत्पीडित वर्ग, जाति, क्षेत्र,
लिंग र विभिन्न सांस्कृतिक समदायका जनतामा राजनीतिक च ु ेतना र जागरण ल्याउन तथा संगठित र
आन्दोलित गर्न महत्वपूर्ण भूमिका खेल्यो । यसरी प्रतिक्रियावादी सामन्ती राज्यव्यवस्थालाई कमजोर पार्दै,
लोकतन्त्रको स्थापना र पूँजीको विकास गर्दै, समाजवाद तर्फ उन्मुख हुने अवस्था सिर्जना गर्नुका साथै संघीय
लोकतान्त्रिक गणतन्त्र स्थापनाको आधार तयार भयो । शान्तिपूर्ण जनआन्दोलनमा रहेका नेकपा (एमाले)
लगायतका सात राजनीतिक दल र जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन नेकपा (माओवादी)का बीचमा
भएको १२ बुँदे समझदारीको आधारमा आ–आफ्नो ठाउँबाट दुवै शक्तिबाट सञ्चालित जनआन्दोलनले
२००७ साल यताका सबै संघर्षको सञ्चित असरका रुपमा सामन्ती निरंकुश राजतन्त्रको अन्त गर्दै संघीय
लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेल्यो ।
यसप्रकार नेपाली पुँजीवादी जनवादी क्रान्ति प्रक्रिया र सारतत्व दुवै हिसाबले मौलिक रहेको छ ।
संसदीय र गैरसंसदीय संघर्ष, माआवादी जनय े ुद्ध, ऐतिहासिक जनआन्दोलन, शान्तिप्रक्रिया, संविधानसभा र
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको मौलिक एवं विशिष्ट प्रक्रियाबाट नेपाली पुँजीवादी जनवादी क्रान्ति
आधारभूत रुपले सम्पन्न भएको छ ।
सारतत्व एवं चरित्रको हिसाबले पनि नेपाली पूँजीवादी जनवादी क्रान्ति मौलिक रहेको छ । कम्युनिस्ट
तथा वामपन्थी शक्तिहरूको नेतृत्वदायी भूमिकामा सम्पन्न भएकाले नेपाली पुँजीवादी जनवादी क्रान्ति
परम्परागत संसदीय गणतन्त्र वा औपचारिक राजनीतिक लोकतन्त्रमा मात्र सीमित छैन । यो समाजवाद
उन्मुख जनताको जनवादका रुपमा स्थापित भएको छ ।
नेपाली जनताले आफ्नै मौलिक बाटोबाट प्राप्त गरेको मौलिक चरित्रको लोकतान्त्रिक परिवर्तनलाई
हाम्रो निर्णायक पहल र नेतृत्वमा निर्मित नयाँ संविधानले निम्नलिखित मुख्य विशेषताहरूसहित संस्थागत
गरेको छ ः
ज्ञण्
(क) नेपाली जनताले पहिलोपटक आफूमा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै आफ्नो संविधान आफैंले
निर्माण गरी घोषणा गरेका छन् । राजाहरूले ।।।आफूमा निहित सार्वभौमसत्ता र राजकीय सत्ताको प्रयोग
गर्दै’ देशको मूल कानुन जारी गर्ने सामन्ती युगको अन्त्य भएको छ ।
(ख) सामन्तवादको मूल राजनीतिक प्रतिनिधिका रुपमा रहेको राजतन्त्रलाई समूल अन्त्य गरी गणतन्त्रलाई
संस्थागत गरिएको छ । केन्द्रिकृत एवं एकात्मक राज्यको स्थानमा संघीय संरचना संस्थागत गरिएको
छ । लोकतन्त्रको मान्यता अनुरुप धर्म निरपेक्षतालाई संस्थागत गरिएको छ । संघीय लोकतान्त्रिक
गणतन्त्रको संस्थागत सुदृढीकरण युगान्तकारी महत्वको परिवर्तन हो ।
(ग) नयाँ संविधान गतिशील संविधान हो । नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता,
स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमसत्ताबाहक क े ुनै पनि कुरा असंशोधनीय वा अपरिवर्तनीय
छैन । एकातिर उपरोक्त मूलभूत विषय एकदमै सुरक्षित भएका छन् भने ती विषय बाहेक नेपाली
जनताले चाहेमा सबै विषय संवैधानिक बाटोबाट परिवर्तन गर्न सकिन्छ भन्ने कुरा संविधानतः स्थापित
भएको छ । यो दूरगामी महत्वको परिवर्तन हो ।
(घ) शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र खाद्य सम्प्रभुतालाई मौलिक हकका रुपमा सुनिश्चित गरिएको छ ।
सामाजिक सुरक्षालाई संविधानले प्रत्याभूत गरेको छ । सामाजिक न्यायको कोणबाट संविधान अग्रगामी
रहेको छ ।
(ब) समावेशी लोकतन्त्रको मान्यता अनुरुप जनप्रतिनिधि संस्थाहरूमा मिश्रित निर्वाचन प्रणाली अन्तर्गत
महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु, मुस्लिम र खस आर्य सबै समुदायको
प्रतिनिधित्व सुनिश्चित गरिएको छ । संघीय संसद् लगायतका सबै जनप्रतिनिधि संस्थामा महिलाको
न्यूनतम एक तिहाइ र स्थानीय तहमा न्यूनतम ४० प्रतिशत प्रतिनिधित्वका लागि विशेष व्यवस्था
गरिएको छ । महिला र दलितलाई राज्यका सबै निकायहरूमा समानुपातिक समावेशीकरणको हक
सुनिश्चित गरिएको छ । राज्यका सबै निकाय र अंगमा समावेशी सिद्धान्तका आधारमा नियुक्ति गर्ने
व्यवस्था गरिएको छ । समावेशीकरण र समानुपातिक प्रतिनिधित्व आजको नेपाली लोकतन्त्रको अंग
बनेको छ । यो विश्वकै लागि नमुनायोग्य रहेको छ ।
(च) संविधानमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र हितलाई केन्द्रमा राखी स्वतन्त्र
परराष्ट्र नीति अवलम्बन गर्ने स्पष्ट व्यवस्था गरिएको छ । नेपालको संवैधानिक इतिहासमा पहिलोपटक
स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने घोषणा गरिएको छ । त्यसैगरी अन्य मुलुकसँग भएका सबै सन्धि
सम्झौताको पुनरावलोकन गरी पारस्परिक समानता र हितमा आधारित सन्धि सम्झौता गर्ने स्पष्ट
व्यवस्था गरिएको छ । हाम्रो परिप्रेक्ष्यमा यो विशेष दूरगामी महत्वको विषय रहेको छ ।
(छ) संविधानले नेपाल राष्ट्रलाई वैज्ञानिक र वस्तुनिष्ट ढंगले परिभाषित गरेर राष्ट्रिय एकताको बलियो
आधार प्रदान गरेको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता र भौगोलिक
विविधतामा अभिव्यक्त समान आकांक्षा, नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय हितप्रति
प्रतिबद्ध रही एकताको सूत्रमा आबद्ध समग्र नेपाली जनतालाई नेपाल राष्ट्रका रुपमा परिभाषित
गरिएको छ ।
(ज) नयाँ संविधानले किसानको हितमा भूमिसुधार गर्ने आधार प्रदान गरेको छ । भूमिसुधार, जग्गामा
किसानको पहँुचको हक, प्रत्येक भूमिहीन दलित परिवारलाई जग्गा प्राप्त गर्ने हक, खाद्य अधिकार र
खाद्य सम्प्रभुताको अधिकार व्यवहारमा लागू गर्ने क्रममा नेपालमा कृषि क्रान्तिको क्षेत्रमा अत्यन्त
महत्वपूर्ण उपलब्धि हुनेछ ।
ज्ञज्ञ
सार्वजनिक, निजी र सहकारी सहितको तीन खम्बे अर्थनीति स्वीकार गरी राजनीतिलाई मात्र हैन
अर्थतन्त्रलाई पनि समावेशी र सहभागितामूलक बनाउने दृष्टिकोण अघि सारिएको छ ।
(झ) नयाँ संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासनव्यवस्था र त्यसमा आधारित समाजवादप्रति
प्रतिबद्ध रहने कुरा स्पष्ट गरेको छ । विश्वव्यापी रुपमा स्वीकृत लोकतन्त्रका आधारभूत विषय, मानव
अधिकार, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणलाई संविधानले प्रत्याभूत गरेको छ । त्यसैगरी
राज्यलाई प्रस्ट रूपमा समाजवादउन्मुख, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर
परिभाषित गरिएको छ । यसले हाम्रो परिवर्तन, राज्य र समाजको चरित्रलाई निर्दिष्ट गरेको छ ।
(ञ) संविधानसभा र संविधान निर्माण नेपालको शान्तिप्रक्रियाको अभिन्न र मुख्य अंग हो । संविधान
घोषणाले शान्ति प्रक्रियाको मुख्य राजनीतिक कार्यभार पूरा गरेको छ र दिगो शान्तिका लागि मूल
आधार प्रदान गरेको छ ।
निचाडमा, न े ेपालको संविधानले नेपाली पुँजीवादी जनवादी क्रान्तिको आधारभूत परिवर्तन एवं
उपलब्धिलाई संस्थागत गरेको छ । सामन्तवाद विरोधी पुँजीवादी जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार
संविधानतः पूरा भएको छ । तर नेपाली पूँजीवादी जनवादी क्रान्तिका केही कार्यक्रमहरू बाँकी रहेकोले
त्यसलाई पूरागर्न संबिधान संशोधन एवं परिमार्जन गर्दै जानुपर्ने आवश्यकता पर्न सक्छ ।
यसरी नेपालको संविधानले मूल सारतत्वमा पुँजीवादी लोकतन्त्रकै सीमाभित्र रहेको तर पुरानो खाले
परम्परागत पुँजीवादी संसदीय लोकतन्त्रभन्दा उन्नत समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई स्थापित
गरेको छ । यो विश्वकै लागि लोकतन्त्रको नयाँ मोडेल र प्रयोग बन्न पुगेको छ । हामीले यसलाई
सफलतापूर्वक कार्यान्वयनका साथै अझ विकसित गर्दै अघि बढ्नु पर्छ ।
।।।कुनै पनि क्रान्ति शुद्ध रूपमा सम्पन्न हुन नसक्ने’ यथार्थ नेपाली क्रान्तिको सन्दर्भमा पनि लागू हुनु
स्वाभाविक छ । हाम्रो पुँजीवादी जनवादी क्रान्ति सर्वहारा श्रमजीवीवर्ग र कम्युनिस्ट शक्तिको नेतृत्वमा
भएको भएपनि अन्तर्राष्ट्रिय परिवेश र हाम्रो ठोस विशिष्टताको वर्गीय तथा राजनीतिक शक्ति सन्तुलनमा
पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति समेतसँग सहकार्य गर्दै अघि बढ्नु प¥यो । त्यसैले
स्वभावतः यसका केही सीमा र कमजोरी छन् । हाम्रो पुँजीवादी जनवादी क्रान्ति सर्वहारा श्रमजीवी वर्ग र
कम्युनिस्ट शक्तिले चाहेजस्तो आजको युगको पुँजीवादी जनवादी क्रान्तिको आदर्श स्वरुपमा सम्पन्न भएको
दावी गर्न सकिन्न । पुँजीवादी जनवादी क्रान्तिका केही कार्यभारहरू अझै बाँकी छन्, किनकि सामन्तवादका
अवशेषहरू अझै पनि छन् । आर्थिक र सांस्कृतिक क्षेत्रमा यसको मात्रा क्रमशः सजिलै देख्न सकिन्छ भने
राजनीतिक अधिकारको क्षेत्रमा पनि अझै विकास गर्नुपर्ने आवश्यकता हुन्छ नै ।
हाम्रो देश स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं स्वाधीन मुलुकका रुपमा रहे पनि राष्ट्रिय स्वाधीनतालाई
बलियो बनाउने सवालमा अझै हामीले कैयौं कार्यभार पूरा गर्नुपर्ने आवश्यकता छ । वाह्य हस्तक्षेप र
उत्पीडनलाई पूर्ण अन्त्य गर्न आवश्यक पहलकासाथ उपयुक्त कदम चाल्नु पर्दछ । नेपाललाई आर्थिक र
सुरक्षा सम्बन्धी गतिविधिमा आफूमाथि निरन्तर आश्रित बनाएर नेपालको आन्तरिक मामलामा हस्तक्ष्ोप गर्ने
र नेपालको राजनीतिलाई समेत आफ्नै प्रभावमा निरन्तर राखी रहने छिमेकी शासकहरूको व्यवहारले गर्दा
नेपालले नवउपनिवेशवादी नीति र व्यवहार विरुद्ध समेत निरन्तर संघर्ष गरिरहनु परेको छ । नेपालको
स्वाधीनता, सार्वभौमसत्ता र स्वाभिमानलाई सदृढ पार्न निरन्तर लागि रहनु पर्दछ ।
पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभारलाई नयाँ ऐतिहासिक चरणको नयाँ रणनीति र कार्यनीति
कार्यान्वयनका क्रममा, वर्गसंघर्ष एवं क्रान्तिकारी आन्दोलनको विकासको क्रममा र लोकतान्त्रिकरणको
विस्तार एवं समाजवाद उन्मुख कार्यक्रम लागू गर्ने क्रममा पूरा गर्दै अघि बढ्नु पर्छ । हामीले हाम्रो
लोकतन्त्रलाई यसको सारतत्व एवं विशिष्टतासहित लागू गर्ने क्रममा अझै विकास गर्ने दिशामा ध्यान
ज्ञद्द
दिनुपर्छ र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकता अनुसार यसमा संशोधन एवं विकास गर्दै
अघि बढ्नु पर्छ ।
४. रणनीति, कार्यनीति र राजनीतिक कार्यदिशा
क्रान्तिको चरित्र, रणनीति र कार्यदिशा त्यो खास समाज विकासको कुन ऐतिहासिक चरणमा छ र
त्यस समाजका आधारभूत सामाजिक–आर्थिक संरचना, राज्यको चरित्र र राजनीतिक अधिरचना, वर्ग र वर्ग
अन्तरविरोध के हुन् भन्ने कुराले निर्धारित गर्दछ । सामन्तवादको मूलतः अन्त्य भई नेपाली समाज
पुँजीवादको चरणमा प्रबेश गरेको र पुँजीवादी जनवादी क्रान्ति आधारभूत रुपले सम्पन्न भएको हाम्रो
निचोडले नयाँ ऐतिहासिक चरणमा सामन्तवाद विरोधी पुँजीवादी जनवादी क्रान्ति वा जनताको जनवादी
क्रान्ति सम्पन्न गर्ने रणनीति वा आम राजनीतिक कार्यदिशामा परिवर्तनको माग गर्दछ । त्यसैगरी प्रगतिशील
राष्ट्रिय पुँजीवादी उत्पादक शक्तिको विकास कमजोर अवस्थामा रहेको र दलाल तथा नोकरशाही पुँजीवाद
यति बेलाको नेपाली पूँजीबादको मूल प्रवृत्ति बनेको कारणबाट तात्कालिक रुपमा समाजवाद होइन,
समाजवादको आधार तयार पार्ने समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक पुँजीवादको विकास अनिवार्य कार्यभार
हुनजान्छ । त्यसले तात्कालिक रुपमा दिशा निर्देशित गर्ने विशिष्ट राजनीतिक कार्यदिशाको माग गर्दछ । यो
विशिष्ट कार्यदिशाको कार्यान्वयनले आम कार्यदिशा कार्यान्वयनको आधार तयार पार्नेछ ।
आम राजनीतिक कार्यदिशा
पुँजीवादी जनवादी क्रान्ति आधारभूत रुपले सम्पन्न भएसँगै नेपाली समाज आम रुपमा समाजवादी
क्रान्तिको ऐतिहासिक चरणमा प्रवेश गरेको छ । त्यसैले नेपाली क्रान्तिको दीर्घकालीन र रणनीतिक लक्ष्य
समाजवादको स्थापना हो । तदनुरुप क्रान्तिको आम रणनीति नेपाली समाजलाई समाजवादमा रुपान्तरण
गर्नु, समाजवाद निर्माण गर्नु वा समाजवादी क्रान्ति सन्पन्न गर्नु हो ।
हाम्रो समाजवादको बाटो के हो र समाजवादको चरित्र कस्तो रहन्छ भन्ने विषय आजको ज्यादै
महत्वपूर्ण र सान्दर्भिक विषय हो । यसको स्पष्टताले नै हाम्रो पार्टीको आम राजनीतिक कार्यदिशालाई स्पष्ट
पार्नेछ ।
हामी शान्तिपूर्ण संघर्ष र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट समाजवाद निर्माण गर्न चाहन्छौं । हाम्रो
विशिष्ट सन्दर्भमा त्यो सम्भव छ । हाम्रो संविधानले समाजवादप्रति प्रतिबद्धता जाहेर गरेको छ, राज्यलाई
समाजवादउन्मुख राज्यका रुपमा परिभाषित गरेको छ । संविधान अनुसार राष्ट्रिय सार्वभौमिकता, अखण्डता र
जनताको सार्वभौमसत्ता बाहेक सबै विषय आवश्यकता अनुसार संविधान संशोधन गरी परिवर्तन गर्न सकिने
अवस्था छ । सच्चा समाजवादको प्रतिनिधित्व गर्ने क्रान्तिकारी कम्युनिष्ट शक्ति सुदृढ एवं शक्तिशाली छ
तथा यो अझै सुदृढ हुँदै जानेछ । तसर्थ, अन्तर्राष्ट्रिय परिस्थिति, भूमण्डलीकृत साम्राज्यवाद एवं भूराजनीतिक
परिवेश र उक्त परिस्थितिजन्य सीमाले हामीलाई सजगता, व्यवहार कुशलता एवं नेतृत्व कुशलताको प्रदर्शन
र तद्नुरुपको पहल एवं तत्परताका निम्ति तयार हुन निर्देशित गरेपनि शान्तिपूर्ण प्रतिस्पर्धा एवं शान्तिपूर्ण
जनआन्दोलनको बाटोबाट अघि बढ्ने हाम्रो दृढ चाहना र प्रतिबद्धता छ ।
अहिले हामी शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अघि बढि रहका छा े ैं । तर हाम्रो यो बाटो हाम्रो चाहाना
वा विश्वासमा मात्र आधारित हुनेछैन । क्रान्ति, समाजवाद, राष्ट्र एवं जनताका शत्रुहरू कुन रुपमा प्रस्तुत
हुनेछन् भन्ने कुरा समेतले यसलाई निर्धारित गर्नेछ । त्यसैले संघर्षको कुनरुप र विधिलाई अपनाउनुपर्छ भन्ने
विषय ठोस परिस्थितिले निर्धारण गर्नेछ भन्ने कुरामा पनि हामी स्पष्ट छौं । हामी क्रान्तिको उद्देश्य, लक्ष्य र
कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर परिस्थितिले माग गरे अनुसार संघर्षको रुप र जनताको निर्णायक
भूमिकालाई स्वीकार्ने छौं र सोही अनुरुप नेतृत्व गर्नेछौं ।
ज्ञघ
शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अघि बढ्ने हाम्रो नीतिले बहुदलीय प्रतिस्पर्धात्मक निर्वाचन, संसद र
सरकारलाई संघर्ष र कामको मुख्य मोर्चाको रुपमा लिने कुरा स्पष्ट छ । त्यस अतिरिक्त संवैधानिक व्यवस्था
र अधिकारको प्रयोग गर्दै आवश्यकता अनुसार जनपरिचालन, जनआन्दोलन र उत्पीडित वर्ग एवं समुदायका
आवाजहरूको पनि हामी अगुवाइ गरिरहनेछौं । जनचेतना जगाउने सुसंगठित गर्ने र चेतनशील नागरिकको
भूमिका निर्वाह गर्ने कार्यमा प्रेरित गरिरहने छौ ।
हामीले आम रणनीतिक लक्ष्यका रुपमा लिएको समाजवाद कुन प्रकृतिको हुनेछ, त्यसबारे स्पष्टताको
आवश्यकता छ । पहिलो, कम्युनिष्टहरूको नेतृत्वमा विश्वस्तरमा समाजवादी आन्दोलनको ज्वारभाटा तीव्र
बनेपछि त्यसलाई रोक्न पँुजीवादीहरूले पुँजीवादभित्रका सीमित सुधारलाई “प्रजातान्त्रिक समाजवाद”को नारा
र आवरणमा प्रस्तुत गरे । यतिबेला त्यो नउवदारवादी पुँजीवादको एउटा अंगको रुपमा निकम्मा र अकर्मण्य
बनेको छ । हाम्रो समाजवाद त्यस प्रकारको “प्रजातान्त्रिक समाजवाद” होइन । दोस्रो, हाम्रो समाजवाद
सोभियत संघ र त्यसलाई अन्धानुकरण गरेर आम रुपमा पूर्व समाजवादी देशहरूमा लागू गरिएको ।।।सोभियत
मोडेल’को समाजवाद पनि होइन । त्यसले कतिपय सकारात्मक पक्ष र योगदानका बाबजुद समाजवादलाई
एकदलीय राज्यप्रणाली र निजी सम्पत्तिको औपचारिक उन्मूलन, राष्ट्रियकरण तथा राज्य नियन्त्रित
समाजवादी आर्थिक प्रणालीका रुपमा सीमित गरी गलत ढंगले प्रस्तुत गर्ने काम ग¥यो र अन्ततः त्यो
आफैंमा अन्तरनिहित कमजोरीका कारण समेतले समाप्त भयो । हामीेले निर्माण गर्ने समाजवाद त्यसबाट
शिक्षा लिँदै आजको युगका विशेषताहरू समाविष्ट भएको उन्नत समाजवाद हुनेछ ।
अबको समाजवादमा लोकतन्त्र वा जनवादको अभ्यासलाई कुण्ठित हुन दिइने छैन, बरु सुनिश्चित
गरिनेछ । आम जनसमुदायको बीच लोकतान्त्रिक अधिकारको उपभोग, मुख्यतः संगठन, अभिव्यक्ति,
आलोचना वा विरोध, सिर्जना र व्यक्तिगत स्वतन्त्रतालाई प्रत्याभूत गरिनेछ । साथै राज्यसत्ता सञ्चालनमा
आम जनसमुदायको संस्थागत सहभागिता एवं निर्णायक भूमिकालाई सुनिश्चित गरिनेछ । त्यसका निम्ति
विचार र कार्यक्रमको आधारमा राजनीतिक पार्टीहरूको गठन, सञ्चालन र बहुदलीय प्रतिस्पर्धाको
प्रणालीलाई अवलम्बन गरिनेछ । वालिग मताधिकार, आवधिक निर्वाचन, निर्वाचित जनप्रतिनिधि संस्था र
सरकार, प्रतिपक्ष, विधिको शासन, शक्ति पृथकीकरण जस्ता विषयहरू यसका अभिन्न अंग हुनेछन् ।
राजनीतिक क्षेत्रमा पार्टी स्वतन्त्रता र बहुदलीय प्रतिस्पर्धाका अतिरिक्त समाजवादी लोकतन्त्रलाई अझ उन्नत
बनाउन थप प्रभावकारी विधि, संयन्त्र एवं उपायको विकासमा ध्यान दिइनेछ ।
समाजवादको नाममा ।।।राज्य नोकरशाही पुँजीवादलाई’ वैधता दिने गरी वा त्यसलाई प्रश्रय दिने
अर्थतन्त्र अवलम्बन गरिने छैन । सर्वहारा श्रमजीवी वर्गको सत्ता, आम सर्वहारा श्रमजीवी वर्ग माथिको
उत्पीडनको अन्त्य, उत्पादक शक्तिको पूर्ण विकास, आम सर्वहारा श्रमजीवीलाई आर्थिक न्याय र सुखद्
जीवनयापनको सुनिश्चितता, आर्थिक उत्पादनको प्रचुरता, समन्यायिक वितरण, सहकारिताको सही प्रयोग,
पर्यावरणको रक्षा अबको समाजवादी आर्थिक मोडेलको सामान्य विशेषता हुनेछ । हामी यसलाई ठोस रुपमा
थप विकास गर्दै लैजाने छौं ।
उपरोक्त विश्लेषणबाट के प्रस्ट हुन्छ भने हाम्रो पार्टीको रणनीतिक लक्ष्य समाजवाद हो र आम
रणनीति समाजवादको स्थापना गर्नु हो । उक्त रणनीतिक लक्ष्यलाई केन्द्रमा राखिएको उपरोक्त रणनीति र
रणनीतिमा आधारित क्रान्तिको बाटो, नीति, संघर्ष, कार्यक्रमको समष्टि नै हाम्रो आम राजनीतिक कार्यदिशा
हुनेछ ।
आम राजनीतिक कार्यदिशालाई कार्यान्वयनको प्रक्रियामा लैजान हाम्रो पार्टीसँग माक्र्सवाद–
लेनिनवादको बैचारिक कार्यदिशा छ । यसलाई थप परिमार्जन र विकास गर्ने निचोडमा हामी पुगिसकेका
छौ । विश्वमा विकास भएका नयाँ वस्तुगत पक्षहरू –भूमण्डलीकरण एवं भूमण्डलीकृत पुँजीवाद, सूचना
ज्ञद्ध
प्रविधिको असामान्य एवं अभूतपूर्व विकास र उत्पादन प्रविधिमा देखापरेका नयाँ आयाम–लाई सम्बोधन गर्नु
पर्ने आवश्यकता छ । त्यसका साथै अधिकांश पूर्व समाजवादी सत्ता भएका देशहरूमा भएको प्रतिक्रान्तिबाट
शिक्षा लिनु पनि जरुरी छ । यस अघि स्थापित अधिकांश समाजवादी सत्ताहरूको अवसानका पछाडि
कम्युनिष्ट पार्टिहरूको के कस्ता नीति, योजना, कार्यक्रम, आचरण र कमजोरीहरूले काम गरेका छन,
त्यसलाई संश्लेषण गरेर सच्याउने प्रक्रियामा अघि बढ्न आवश्यक छ । त्यसलाई आत्मसात गरेर हामी नयाँ
निश्कर्षका साथ अघि बढि पनि रहेका छौं । त्यस बारेमा थप अध्ययन र संश्लेषण अपेक्षित छ । उपर्युक्त
वस्तुगत र आत्मगत पक्षहरूलाई सम्बोधन र समाधान गर्ने गरी गहन अध्ययन, अनुसन्धान, छलफल, बहस,
विश्लेषण र संश्लेषणद्धारा माक्र्सवाद र विचारको विकास गर्नु समाजवाद निर्माणको सन्दर्भमा अबको हाम्रो
एक मुख्य वैचारिक कार्यभार हुनेछ । त्यसका अतिरिक्त हाम्रो समाजवादले नेपाली विशिष्टता र विशेषतालाई
आत्मसात गर्नेछ । यसले हाम्रो इतिहास, राष्ट्र निर्माणको ऐतिहासिक प्रक्रिया, सभ्यता र संस्कृति लगायत
समाजको अझ गहिरो अध्ययन, वर्ग विश्लेषण र विशिष्टताहरूको निरुपणको माग गर्दछ । यसरी हाम्रो
क्रान्तिको आम रणनीति र रणनीतिक लक्ष्य थप सुस्पष्ट हुँदै जानेछ । त्यसै अनुसार राजनीतिक कार्यदिशाको
परिमार्जन एवं विकास हुनेछ । बैज्ञानिक समाजवादको मान्यतामा आधारित नयाँ मोडलको समाजवाद
निर्माणले सफलता प्राप्त गर्नेछ ।
५ विशिष्ट राजनीतिक कार्यदिशा ः मूल राजनीतिक कार्यनीति
आधारभूत रुपले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेकाले हामी आम रुपमा समाजवादी
क्रान्तिको नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेका छौं । तर अहिले नै हामी समाजवादमा संक्रमण वा
रुपान्तरण गर्ने समाजवादी कार्यक्रम लागू गर्ने, समाजवाद निर्माण गर्ने वा समाजवादी क्रान्ति सम्पन्न गर्ने
तहमा पुगेका छैनौं । पुँजीवादी उत्पादक शक्तिको विकास कमजोर रहेको, राष्ट्रिय स्वाधीन अर्थतन्त्रको
विकास भइनसकेको, मुलुक अत्यधिक परनिर्भरताबाट गुज्रिरहेको लगायत कारणले अहिले नै समाजवाद
निर्माणका निम्ति उत्पादन लगायत अन्य भौतिक आधार खडा भएको छैन । उत्पादक शक्तिको विकासको
वर्तमान स्थिति, तात्कालिक शक्ति सन्तुलन र अन्तरविरोध आदि पक्षको वस्तुनिष्ठ विश्लेषणले समाजवादलाई
तत्कालीन लक्ष बनाउनु वा समाजवादलाई तात्कालिक कार्यदिशा बनाउनु उपयुक्त हुने छैन । यसले
तत्कालिक रुपमा अर्को विशिष्ट राजनीतिक कार्यदिशाको माग गर्दछ ।
जनवादी क्रान्ति सम्पन्न गरेका कतिपय मुलुकहरूले समाजवादमा प्रवेश गर्ने हतारो गर्दा उग्रवामपन्थी
भूल गरेको र त्यसले निकै ठूलो क्षति पु¥याएको अन्तर्राष्ट्रिय अनुभव छ । त्यसैले हामीले सामन्तवादका
अवशेषहरूको उन्मूलन, जनवादी व्यवस्थाको सुदृढीकरण र समाजवादका आधारहरू तयार गर्ने आजको
विशेष चरण सुहाउँदो विशिष्ट राजनीतिक कार्यदिशा र नीतिहरू तर्जुमा गर्नुपर्दछ ।
नेपाली समाजमा दलाल तथा नोकरशाही पूँजीवादले उत्पादक शक्तिको विकास र अन्ततः उत्पादन र
समृद्धिमा अवरोध उत्पन्न गरिरहेको छ । यतिबेला नेपाली जनताको विकास, प्रगति र समृद्धिको तीब्र
आकांक्षाको सम्बोधन मुख्य आवश्यकता हो । यो आवश्यकता र अविकसित, पिछडिएको र विपन्न अवस्था
बीच ठूलो अन्तरविरोध छ । तसर्थः राष्ट्रिय औद्योगिक पूँजीवादको विकास र समृद्धिको बाटोमा अवरोध
उत्पन्न गर्ने वर्ग, शक्ति, प्रवृत्ति र तत्वहरूसँग नेपाली जनताको मुख्य अन्तरविरोध रहेको छ । दलाल
नोकरशाही पँुजीवाद र सामन्तवादका अवशेषहरू नै यस रुपमा देखा परेका छन् । राज्यको नेतत्वदायी ृ
भूमिका र प्रभावकारी ढङ्गले सुशासनको कार्यान्वयनद्वारा दलाल पुँजीको नियन्त्रण र रुपान्तरण गर्दै राष्ट्रिय
पुँजीवादी उत्पादक शक्तिको विकास नगरी उत्पादन वृद्धि र समृद्धिको दिशामा देशलाई लैजान सकिँदैन ।
त्यसो नगरी बेरोजगार, अर्धबेरोजगार, गरीब, सुकुम्वासी र श्रमिकहरूको अहिलेको समस्या समाधान गर्न
सकिँदैन । कृषिको आधुनिकरण, व्यवसायिकरण र यान्त्रिकीकरणको दिशामा देशलाई लैजान सकिदैन ।
ज्ञछ
त्यसैले आजको हाम्रो तात्कालिक मूल दिशा र कार्यभार निम्नानुसार हुनेछ ः पुँजीवादी जनवादी
क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण, राष्ट्रिय पुँजीवादी उत्पादक शक्तिको विकास,
राष्ट्रिय पुँजीवादी आर्थिक क्रान्ति र समृद्धि । तर आजको अवस्थामा भूमण्डलीकृत साम्राज्यवादसँग एक
हदसम्म नजुझीकन र अर्थतन्त्रलाई समाजवादउन्मुख नबनाइकन राष्ट्रिय पुँजीवादको विकास गर्न पनि
सकिन्न भन्ने कुरामा स्पष्टताको आवश्यकता छ । त्यसैले समाजवादउन्मुख राष्ट्रिय पुँजीवादको विकास र
सामाजिक न्यायसहितको समृद्धि हाम्रो तत्कालिक दिशा, कार्यभार र लक्ष्य हुनेछ । अझ ठोस रूपमा भन्ने हो
भने संविधानको कार्यान्वयन र विकास, शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् सरकार निर्माण, राष्ट्रिय
स्वाधीनता एवं हितको रक्षा, समाजवादउन्मुख समावेशी लोकतन्त्रको सफल प्रयोग, सामाजिक न्यायसहितको
समृद्धि र समाजवादको आधार निर्माण नै हाम्रो मूल राजनीतिक कार्यनीति हो । यो मूल राजनीतिक
कार्यनीति तत्कालै फेरबदल हुने सामान्य कार्यनीति होइन । यसले सापेक्ष रुपमा लामो अवधिसम्म हाम्रो
समाज, राजनीति र वर्गसंघर्षलाई दिशा निर्देशित गर्नेछ । उत्पादक शक्तिको विकास, राष्ट्रिय पुँजीवादी
औद्योगिकरण, समृद्धि र समाजवादको भौतिक आधार तयार नभएसम्म समाजवादमा रुपान्तरण गर्ने वा
समाजवादी कार्यक्रम लागू हुनसक्ने स्थिति बन्दैन । त्यतिबेलासम्म यो मूल राजनीतिक कार्यनीतिले नै
हामीलाई मार्गनिर्देश गरिरहनेछ । तसर्थः हाम्रो क्रान्तिको सन्दर्भमा यो मूल राजनीतिक कार्यनीति नै आजको
विशिष्ट राजनीतिक कार्यदिशा हो । समाजवाद निर्माणको रणनीतिक लक्ष्य र आम राजनीतिक कार्यदिशालाई
यो विशिष्ट राजनीतिक कार्यदिशाले सहयोग पु¥याइरहेको हुन्छ र अंशतः कार्यान्वयन गरिरहेको हुन्छ । यो
विशिष्ट राजनीतिक कार्यदिशा अन्तर्गत तत्कालीन परिस्थिति, शक्तिसन्तुलनमा हुने हेरफेर वा परिवर्तन
अनुसार अन्य कार्यनीतिहरू तर्जुमा र कार्यान्वयन गर्दै अघि बढ्नु पर्नेछ । समाजवादको आधार तयार भई
सकेपछि समाजवादमा रुपान्तरणको लागि यो विशिष्ट राजनीतिक कार्यदिशा परिवर्तन गर्नुपर्ने हुन्छ ।
६. तात्कालिक राजनीतिक परिस्थिति
नेपाली जनताको ठूलो बलिदानपूर्ण संघर्षको परिणामस्वरुप संविधानसभाबाट निर्माण भएको नेपालको
संविधान अहिले कार्यान्वयनको प्रक्रियामा अघि बढिसकेको छ । संविधान कार्यान्वयनको पहिलो चरणको मुख्य
र महत्वपूर्ण कार्यभार संघ, प्रदेश र स्थानीय तहको निर्वाचन पूरा भइसकेको छ । निर्वाचन सम्पन्न भएसँगै
परिवर्तन संस्थागत भएको छ । देश र जनताले जितेको छ । निर्वाचनमा हाम्रो पार्टी (तत्कालीन वामपन्थी
गठबन्धन)ले करिब दुई तिहाई निकटको बहुमतको जनादेश प्राप्त गरेको छ र त्यसअनुरुप संघीय सरकार र
६ वटा प्रदेशमा पनि सरकार गठन भइसकेको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय
सभाको अध्यक्ष र उपाध्यक्षको पनि निर्वाचन भइसकेको छ ।
निर्वाचनले हाम्रो पार्टीलाई पर्याप्त बहुमत दिएर आर्थिक क्रान्तिको ढाका खा े ेल्ने अवसर प्रदान गरेको
छ । नेपाली कांग्रेसलाई राष्ट्रको नेतृत्व गर्न र देशको आजको कार्यभार पूरा गर्न नसक्ने शक्तिको रूपमा
पछाडि धकेलिदिएको छ । राजतन्त्र र हिन्दू राज्यको पक्षमा रहेको राप्रपाका विभिन्न चिराहरू निर्वाचनमा
जनताद्वारा बढारिएका छन् । मधेश केन्द्रित पार्टीहरूले मधेसको मनोविज्ञान र भावनाको दुरुपयोग गर्दै
आफ्नो राजनीतिक अस्तित्व धान्ने स्थिति बनाएका छन् ।
यसरी जनताले क्रान्तिको नेतृत्व गर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सामाजिक–आर्थिक
रुपान्तरणद्वारा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न नेतृत्व गर्ने शक्तिका रुपमा हाम्रो पार्टीलाई
बैधानिक अवसर दिएको छ । हाम्रो पार्टी सहिदको सपना र जनताको आशा एवं आकांक्षा पूरा गर्न गम्भीर छ
र तद्नुरुप काम गर्न संकल्पबद्ध छ । हामी नेपालको मुहार फेर्ने गरी काम गर्नेछौं ।
हाम्रो पार्टीले राष्ट्रिय स्वाधीनता एवं हितको रक्षा, संविधानको कार्यान्वयन र विकास एवं समृद्धिको
लक्ष्य हासिल गर्न सबै राजनीतिक पार्टीसँग हातेमालो र सहकार्य गर्ने नीति लिनेछ ।
ज्ञट
तर अहिले प्रमुख प्रतिपक्ष बनेको नेपाली कांगे्रस चुनावबाट पराजित भएपछि लोकतान्त्रिक
मूल्यमान्यतामा आधारित जिम्मेवार भूमिका निर्वाह गर्न सकिरहेको छैन । निर्वाचन परिणाम आइसकेपछिका
नेपाली कांग्रेसको कामचलाउ सरकारले गरेको निर्णय तथा काम अलोकतान्त्रिक र गलत मात्र होइन,
गैरजिम्मेवार तथा घातक पनि रहे । नेकांको नेतृत्वले सरकारको विरोध गर्न सय दिन पनि नकुर्ने घोषणा
गरेबाट प्रतिपक्षको भूमिका रचनात्मक होइन, निषेधात्मक हुने संकेत गर्दछ ।
वामपन्थीहरूको बहुमत आएदेखि नै एकातिर आम जनतामा वामपन्थी सरकार गठनको व्यग्रता र
सरकारबाट परिवर्तनको तीब्र अपेक्षा देखिएको थियो । वामपन्थी गठबन्धनको सरकार बनेपछि पार्टीएकता
हुननदिन विभिन्न दाउपेच भैरहेको देखिएको छ । उक्त दाउपेचलाई असफल पार्दै पार्टी एकीकृत भइसकेको
अहिलका े े अवस्थामा वामपन्थी सरकारलाई प्रभावकारी तथा परिणाममुखी ढंगले काम गर्ननदिने कोसिस
हुनेछन् भन्ने कुरामा पनि सजगताको आवश्यकता छ ।
निर्वाचनबाट जनताले स्थीर सरकारमार्फत् राजनीतिक स्थायित्वको पक्षमा जनादेश दिएका छन् । हाम्रो
सरकारले पूरा अवधि मुलुकको नेतृत्व गर्नेछ । सरकारको नेतृत्वमा समृद्धिको अभियानले राजनीतिक
स्थीरताको थप बलियो आधार प्रदान गर्नेछ । तर राजनीतिक स्थायित्वका लागि संविधानप्रदत्त अधिकार
जनताको सबै हिस्साले व्यवहारमा उपभोग गर्नपाउने कुरा सुनिश्चित गरिनुपर्दछ । त्यसका लागि आवश्यक
कानुनको निर्माण समयमै गर्दै व्यावहारिक प्रत्याभूति पनि गरिनुपर्दछ । त्यसका अतिरिक्त उत्पीडित वर्ग,
जाति, क्षेत्र, लिंग र समुदायको असहमति, असन्तुष्टि, मनोविज्ञान र अपेक्षालाई सम्बोधन गर्न पनि त्यत्तिकै
ध्यान दिनुपर्दछ ।
तत्कालीन रूपमा अत्यन्त महत्वपूर्ण रहेको अर्काे पक्ष हो, संक्रमणकालीन न्यायसँग सम्बन्धित काम
परा गर ू ेर शान्तिप्रक्रियाको बाँकी काम पनि सम्पन्न गर्नु । यो अति संवेदनशील विषय पनि हो । यसलाई
विभिन्न शक्तिहरूले गतिरोध, अस्थिरता वा द्वन्द्वका निम्ति प्रयोग गर्न सक्छन् ।
हाम्रो अगाडि नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणको ऐतिहासिक सम्भावना र अवसर छ
भने सँगसँगै गम्भिर चुनौतीहरू पनि हाम्रा सामु छन् । सबै प्रकारका प्रतिक्रियावादी, हस्तक्षेपकारी,
आत्मसमर्पणवादी, दलाल शक्ति र तत्वहरूले हाम्रो प्रगतिको बाटोमा अवरोध उत्पन्न गर्ने र असफल पार्न
दुस्प्रयत्न गर्ने छन् । हामीले यस्ता दुस्प्रयत्नलाई असफल पार्दै समाजवादको आधार निमार्ण गर्ने काम सफल
पार्नुपर्दछ ।
हामीमाथि सरकारमा गएपछि राष्ट्रियताको प्रश्नमा अडान छाड्ने गरेको वा स्वतन्त्र र सन्तुलित
परराष्ट्र नीति अवलम्बन गर्न नसकेको कथित आरोप लगाउने गरिएको छ । हाम्रो व्यवहारले यो आरोपलाई
पूर्ण रुपमा खण्डन गर्नछ । हामी राष्टि े «यताको नीतिमा अविचल रहने छौं । छिमेकी लगायत सबै अन्तर्राष्ट्रिय
मित्रहरूसँग राष्ट्रिय हितलाई केन्द्रमा राखेर समानता र पारस्परिक लाभको आधारमा मैत्रीपूर्ण सम्बन्ध कायम
गर्नेछौं ।
७. राजनीतिक शक्तिहरूको विश्लेषण
नेपाल कम्युनिस्ट पार्टी
नेपाल कम्युनिस्ट पार्टी नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि हो । यसले वर्गीय तथा
सामाजिक उत्पीडनमा परेका सबै उत्पीडित समुदाय, देशभक्त शक्तिहरू र आमजनसमुदायको हितको समेत
प्रतिनिधित्व गर्दछ । यसले राष्ट्रिय पुँजीवाद र राष्ट्रिय पुँजीपति वर्गको हितको पनि रक्षा गर्दछ । हाम्रो पार्टी
सामन्तवाद विरोधी पुँजीवादी जनवादी क्रान्तिको मूल नेता हो । माक्र्सवाद–लेनिनवाद पार्टीको पथप्रदर्शक
ज्ञठ
सिद्धान्त हो । समाजवाद रणनीतिक लक्ष्य हो । सर्वहारा श्रमजीवी वर्गको नेतृत्वमा सम्पूर्ण उत्पीडित वर्ग एवं
समुदाय र आम समुदायलाई गोलबद्ध गरी शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अघि बढ्दै समाजवादको निर्माण
गर्नु यसको आम राजनीतिक कार्यदिशा हो । संविधानको कार्यान्वयन एवं परिमार्जन, शान्तिपूर्ण प्रतिस्पर्धाबाट
सरकार निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा, सामाजिक न्यायसहितको समृद्धि, राष्ट्रिय एकता तथा सामाजिक
सद्भाव र समाजवादको आधार निर्माण पार्टीको मुख्य कार्यभार र विशिष्ट राजनीतिक कार्यदिशा हो । जुन
सापेक्ष रुपमा लामो अवधिसम्मका लागि कायम रहने छ । यतिबेला सामाजिक न्याय सहितको समृद्धिलाई नै
पार्टीले केन्द्रविन्दुमा राखेको छ । यो देशभक्तीपूर्ण आन्दोलनको अगुवा शक्ति हो ।
झापा विद्रोहको पृष्ठभूमि हुँदै लामो समयदेखि शान्तिपूण जनआन्र्दा ेलन तथा संसदीय संघर्षको नेतृत्व
गर्दै आएको र नयाँ संविधानअन्तर्गतको चुनावमा मुलुकको पहिलो पार्टी बन्न सफल नेकपा (एमाले) र
।।।जनयुद्ध’ को नेतृत्व गर्दै शान्ति प्रक्रिया मार्फत् मुलुकमा नेतृत्वदायी र महत्वपूर्ण भूमिका खेल्दै आएको
नेकपा (माओवादी केन्द्र)का बीचमा एकीकरण भई निर्माण भएको हाम्रो पार्टी मुलुकलाई समृद्धि र
समाजवादको बाटोमा अघि बढाउन र त्यस उद्देश्यका लागि अन्य कम्युनिस्ट समूहलाई पनि एकताबद्ध पार्न
गम्भीर एवं दृढ रहेको छ । यो एकता मूलतः २०१९ सालमा विभाजित भएको कम्युनिस्ट पार्टीलाई आ–
आफ्नो पहलमा पुर्नगठन एवं ध्रुवीकरण गर्दै अघि बढिरहेका दुई ठूला कम्युनिस्ट पार्टीहरूको एकीकृत
कम्युनिस्ट पार्टी निर्माण गर्ने ऐतिहासिक कदम हो । या ने ेपाली क्रान्तिको कार्यभारलाई पूरा गर्ने ऐतिहासिक
निर्णय पनि हो । पार्टीले नयाँ सन्दर्भले माग गरेअनुरुप विचार एवं राजनीतिक कार्यदिशाको विकासको
आवश्यकतालाई पनि महत्वका साथ आत्मसात गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नै नेपाली जनताको आशा र भरोसाको केन्द्र हो ।
नेपाली कांग्रेस
नेपाली कांग्रेस नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद विरोधी पुँजीवादी
क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको कारणबाट यसको
नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्नसकेन । यद्यपि यसले लोकतान्त्रिकरणको प्रक्रिया र
लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
नेपालको दलाल तथा नाकरशाही प े ुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली काब्ग्रेसले नै
गरेको छ । त्यसैले अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादसँग यसको घनिष्ट एवं अन्योन्यास्रित सम्बन्ध छ । यसको
नवउदारवादी आर्थिक नीतिको अन्धानुकरणलाई यसै परिप्रेक्ष्यमा बुझ्नु पर्दछ । उसको यही आर्थिक नीतिकै
कारणबाट काब्ग्रेस नेतृत्वको लामो अवधिमा पनि देशमा उत्पादक शक्तिको विकासले गति लिनसकेन र
आर्थिक विकास हुनसकेन । नेपाली काब्ग्रेसको वर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारणबाट उसले
लगाउने गरेको ।।।प्रजातान्त्रिक समाजवाद’ को नारा औपचारिकता र ढोंगमा परिणत भएको छ ।
नेपाली काब्ग्रेस राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभिन सकेको छैन । ऊ सरकारको
नेतृत्वमा हुँदा कैयौं पटक राष्ट्रिय हितविपरीत सन्धिसम्झौता र राष्ट्रियतामाथि आघात पु¥याउने निर्णय
भएका छन् । २००७ सालको दिल्ली सम्झौता देखि २०७२ सालको नाकाबन्दी सम्मका प्रमुख घटनाहरूमा
यसले राष्ट्रियहित र स्वाधीनताको पक्षमा अडान लिनुको साटो आत्मसमर्पणवादी नीति लिंदै आएको छ ।
राष्ट्रियताको मुद्दामा सम्झौतापरस्त नीति यसको प्रवृत्ति नै बन्न पुगेको छ । नेपालको लोकतान्त्रिक संघर्षको
पुरानो पार्टी भएर पनि यो लोकतान्त्रिक मूल्यमान्यतामा खरो उत्रन सकेको छैन । सरकारमा रहँदा यसले
पटक–पटक अलोकतान्त्रिक निर्णय र काम गर्ने गरेको छ । भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको मात्र
होइन, यसले कैयौं सन्दर्भमा भ्रष्टहरूको संरक्षण समेत गरेको छ ।
ज्ञड
विगतमा हामीले सामन्तवादविरुद्धको सब्घर्षमा पटक–पटक नेपाली काब्गे्रससँग सहकार्य गरेका छौं, र
भविष्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा र समृद्धिको सवालमा जति हदसम्म ऊ तयार रहन्छ,
त्यति हदसम्म सहकार्य गर्ने नीति लिइनेछ । तर वर्गीय, वैचारिक र राजनीतिक रुपमा कम्युनिष्ट आन्दोलन र
सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति भने नेपाली काब्ग्रेस नै हो ।
तराई मधेशकेन्द्रित पार्टी
पछिल्लो समयमा यसमा मुख्यतः दुई समूह देखापरेका छन् ः संघीय समाजवादी फोरम, नेपाल र
राष्ट्रिय जनता पार्टी, नेपाल । कतिपय सवालमा यी दुवै पार्टीको नीति समान देखिए पनि यी दुईमा कतिपय
प्रश्नमा भिन्नता छन् । कतिपय बेला ढुलमुल देखिए पनि संघीय समाजवादी फोरम राष्ट्रिय एकता र राष्ट्रिय
स्वाधीनताको पक्षमा तुलनात्मक रुपमा सही ढंगले उभिने गरेको छ । यसले समाजवाद उन्मुख समावेशी
लोकतन्त्रलाई पनि सकारात्मक रुपमा आत्मसात गरेको छ । जातीय, भाषिक र संघीयताको सन्दर्भमा यसको
सोच र नीतिमा केही संकीर्णता र अतिवाद प्रकट हुनेगरेका छन् । यसका त्यस्तो सोच, नीति र कमजोर
पक्षको आलोचना गर्दै यससँग सहकार्य गर्न सकिन्छ ।
राजपा, नेपाल जातीय, भाषिक र संघीयताको विषयमा अतिवादको पक्षपोषण गर्दछ । यसले मजदुर
किसान, गरीब, सर्वहारा श्रमजीवी वर्गको हितको पक्षपोषण गर्दैन, बरु तिनका विरुद्धमा उभिने गर्दछ ।
राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा यसले आत्मसमर्पणवादी नीति अवलम्बन गर्नेगरेको छ । कतिपय बेला
यसका विभिन्न नेताहरूबाट वाह्य शक्तिको हित गर्ने र विखण्डनकारी विचार पनि प्रकट हुनेगरेका छन् ।
मूलतः यसले तराई–मधेशका बचे खुचेको सामन्त र दलाल पूँजीपति वर्गको एउटा हिस्साको प्रतिनीधित्व
गर्दछ । संविधानको कार्यान्वयन एवं देश तथा जनताको हितको विषयमा यसले जति हदसम्म आफूलाई
पस्त्र ुत गर्दछ, त्यति हदसम्म यससँग सहकार्य हुनसक्छ ।
तराई–मधेशमा नेपाललाई कमजोर पार्ने गुरुयोजना अनुरुप केही समय यता विखण्डनकारी प्रबृतिले
टाउको उठाउन खोजिरहेको छ । नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गान र नेपालको अस्मितामा अाँच
पु¥याउने क्रियाकलाप भैरहेको छ । कतिपय विदेशी शक्ति र संस्थाहरूको आर्थिक सहयोग र प्रोत्साहनमा
क्रियाशील हुन थालेको यो प्रवृत्ति अत्यन्त घातक छ । यसले नेपाली राष्ट्रिय सार्वभौमिकता र भौगोलिक
अखण्डतालाई अस्वीकार गर्दै तराई–मधेशलाई छुट्टै देश बनाउने घोषणा गरेको छ । राज्यले यसलाई
गम्भिरतापूर्वक लिनु पर्दछ र विखण्डनकारी प्रवृतिलाई कुनै छुट दिनु हुदैन ।
संघीय समाजवादी फोरम र राजपा दुवैलाई राष्ट्रिय राजनीतिको मूलधारमा रहन प्रोत्साहित गर्दै तराई
मधेसमा देखापरेको पृथकतावादी प्रवृत्तिको विरुद्ध सम्भव भएसम्म यी दुवै दलसंग एकता र सहकार्य गर्ने
नीति लिनुपर्दछ ।
अन्य कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू
नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेमकिपा र अन्य कम्युनिस्ट तथा वामपन्थी समूहहरू
पनि राजनीतिमा क्रियाशील छन् । उनीहरूका जडसूत्रीय, संकीर्ण, आत्मकेन्द्रित चिन्तन, नीति र व्यवहारको
आलोचना गर्दै उनीहरूलाई एकतामा सामेल गर्ने पहल र प्रयत्न अघि बढाउनु पर्दछ । उनीहरूसँग
राष्ट्रियता, लोकतन्त्र, समृद्धि र समाजवादका विषयमा कार्यगत एकता र सहकार्यको नीति लिइनेछ । तर
उनीहरूका गलत नीति र व्यवहारका विरुद्ध सैद्धान्तिक र वैचारिक संघर्ष गर्ने हाम्रो नीति स्पष्ट छ ।
त्यस्तै नेत्रविक्रम चन्द समुहले उग्रवामपन्थी प्रवृत्तिको प्रतिनीधित्व गरिरहेको ्छ । नेपाली जनताको
बलिदान र संघर्षबाट प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गर्ने संविधानलाई अस्वीकार गर्दै पुनः सशस्त्र
ज्ञढ
संघर्षलाई तत्कालिन कार्यसूची बनाउने वकालत गरिरहेको छ । यो नेपालको आजको आवश्यकता र
परिस्थीतिसँग पट्टकै मेल नखाने काम हो । यसले ऐतिहासिक परिवर्तनलाई कमजोर पार्ने र यसलाई
उल्ट्याउन तथा नेपालमा अस्थिरता उत्पन्न गर्न चाहने विभिन्न शक्ति तथा प्रवृत्तिलाई बल पु¥याउने कार्य
गर्दछ । यसको मनोगतवादी – एवं उग्रबामपन्थी प्रवृत्तिको कडा आलोचना गर्दै यसलाई राजनीतिको
मूलधारमा ल्याउने प्रयत्न गर्नु पर्दछ ।
राप्रपा
पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले तीन समूहमा विभाजित छ । यी तीनवटै पार्टीले मूलतः सामन्तवादी
अवशेषको प्रतिनिधित्व गर्दछन् । यी तीनवटै समुहहरूले हिन्दु राज्यको नाममा धर्मलाई राजनीतिको अस्त्र
बनाउन खोजिरहेका छन् । अहिलेको निर्वाचनबाट राप्रपाका सबै समूहहरू जनताबाट पूरै अस्वीकृत भएका
छन् ।
८. नेपाली कम्युनिष्ट आन्दोलन र पार्टी एकीकरण
८. १. कम्युनिष्ट पार्टीको स्थापनाः एक ऐतिहासिक परिघटना
नेपाली सर्वहारा–श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रुपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना
२००६ साल बैशाख १० गते (अप्रिल २२, १९४९ ) मा भएको थियो । नेपालको राजनीतिक इतिहासको
महत्वपूर्ण परिघटनाका रुपमा कम्युनिष्ट पार्टीको स्थापना भएसँगै सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनताको
आन्दोलन गुणात्मक रुपमा नयाँ चरणमा प्रवेश ग¥यो ।
कम्युनिष्ट पार्टीले देशभक्तिपूर्ण युद्ध, सामाजिक सुधारका अभियान एवं प्रजातान्त्रिक आन्दोलन जस्ता
नेपाली जनताका आन्दोलनका पूर्ववर्ती धाराहरूलाई समेट्दै नयाँ चरणमा विकसित ग¥यो । राष्ट्रीय एकीकरण
एवं अब्ग्रेज उपनिवेशवाद विरुद्धको देशभक्तिपूर्ण युद्धका क्रममा निर्मित एवं विकसित नेपाली राष्ट्रियताको
धारा अपमानपूर्ण सुगौली सन्धी पश्चात् कमजोर भएको थियो । सामन्तवाद विरुद्ध प्रकट भएका विभिन्न
सामाजिक सुधारका आन्दोलनहरू पनि उपयुक्त वैचारिक मार्गदर्शन र सब्गठनात्मक सामथ्र्यका अभावमा
सफल हुनसकिरहेका थिएनन् । वि.सं. १९९० को दशकबाट सुरु भएको प्रजातान्त्रिक आन्दोलन पनि नृशंस
दमन एवं १९९७ मा भएको शहादतसँगै शिथिल जस्तो बनिरहेको थियो । आन्दोलनका यी धाराहरूलाई
समेत प्रतिनिधित्व गर्दै सामन्तवाद–साम्राज्यवाद विरुद्ध जनवादी क्रान्तिको सही नेतृत्व गर्नसक्ने प्रगतिशील
शक्तिको आवश्यकता पूरा गर्ने क्रममा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
दोस्रो विश्व युद्धको पूर्वसन्ध्यादेखि सीमित मात्रामै भएपनि केही उद्योग स्थापना र कम्पनी कानुन,
नेपाल बैब्क लगायतका संरचना निर्माणसँगै नेपालमा पुँजीवादी उत्पादन प्रक्रिया आरम्भ हुनुका साथै नेपाली
श्रमिक वर्गको उदय भयो । २००३ सालमा विराटनगरको पहिलो मजदुर आन्दोलनसँगै यसले वर्गीय
आन्दोलन सब्गठित ग¥यो । नयाँ उत्पादक शक्तिका रुपमा श्रमिक वर्गको उदयसँगै यसको राजनीतिक
प्रतिनिधिका रुपमा कम्युनिष्ट पार्टी स्थापनाका लागि वस्तुगत आधार तयार भयो ।
सन् १९१७ मा अक्टोबर क्रान्तिसँग सुरु भएको सर्वहारा क्रान्तिको नयाँ युगले संसारभर समाजवादी
आन्दोलनका लागि नयाँ प्रेरणा प्रदान ग¥यो । विभिन्न मुलुकमा कम्युनिष्ट पार्टी स्थापित भए र आफ्नो
विशिष्ट परिस्थिति अनुसार कतै राष्ट्रिय स्वतन्त्रता युद्ध त कतै सामन्तवाद विरोधी जनवादी क्रान्तिका रुपमा
आन्दोलन अगाडि बढ्दै गए । दोस्रो विश्वयुद्धमा फासीवादको पराजयसँगै विश्वव्यापी रुपमै निर्माण भएको
क्रान्तिको अनुकूल परिस्थितिका क्रममा सन् १९४९ मा चीनमा जनवादी क्रान्ति सफल भयो र पूर्वी युरोपका
विभिन्न मुलुकहरू, भियतनाम, कोरिया लगायतका मुलुकमा समाजवादी र जनवादी क्रान्ति सम्पन्न भए ।
द्दण्
भारत लगायत एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न मुलुकहरूले उपनिवेशवाद विरोधी स्वतन्त्रता
सब्ग्राममा अभूतपूर्व विजय हासिल गरे । यी सबैले नेपाली जनतालाई पनि प्रत्यक्ष र परोक्ष रुपमा प्रेरित र
जागृत गरे ।
यिनै ऐतिहासिक पृष्ठभूमि, सामाजिक– आर्थिक सन्दर्भ र वस्तुगत परिस्थितिमा नेपाल कम्युनिष्ट
पार्टीको जन्म भएको थियो ।
कम्युनिष्ट पार्टी स्थापना पूर्व नै प्रजा परिषद् र नेपाली राष्ट्रिय काब्ग्रेस जस्ता राजनीतिक पार्टीहरू
स्थापना भइसकेको भएपनि तिनबाट सामाजिक मुक्ति र राष्ट्रिय स्वतन्त्रताको ऐतिहासिक अभिभारा पूरा हुनु
संभव थिएन । प्रजा परिषद् १९९७ को चरम दमनसँगै क्षतविक्षत जस्तै बन्नपुगेको थियो भने मूलतः उदार
सामन्त तथा ठूला पुँजिपति वर्गको प्रतिनिधित्व गर्ने काब्ग्रेससँग सामन्तवाद विरुद्ध निर्णायक सब्घर्ष गर्ने,
साम्राज्यवाद र विदशी प े ्रभुत्वको विरोध गर्ने तथा जनताको भावना अनुरुप सामाजिक आर्थिक रुपान्तरण गर्ने
सोच र सामथ्र्य थिएन । यिनै निष्कर्षका साथ कमरेड पुष्पलाल, तुलसीलाल अमात्य, निर्मल लामा जस्ता
अग्रजहरूले नेपाली राष्ट्रिय काब्ग्रेसबाट विद्रोह गर्नुभएको थियो ।
कमरेड पुष्पलालले कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवाद (वि.सं. २००५) को भूमिकामा नयाँ
क्रान्तिकारी पार्टी र नयाँ क्रान्तिकारी सिद्धान्तको आवश्यकता औंल्याउनु भएको थियो ।
यसै पृष्ठभूमिमा, २२ अप्रिल १९४९ (१० बैशाख २००६) का दिन कलकत्ताको श्यामबजारमा कमरेड
पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । पार्टीले राणाशासनको अन्त्य र नागरिक
अधिकारको स्थापनाको नाराका साथ सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवाद विरोधी
जनवादी क्रान्ति एवं समाजवाद तथा साम्यवाद स्थापनाको तात्कालीन र दीर्घकालीन लक्ष्य किटान ग¥यो ।
यसका लागि सर्वहारा श्रमजीवी वर्गको नेतृत्व अपरिहार्य रहेको स्पष्ट पार्दै मजदुर, किसान, विद्याथी तर्था
महिलाहरूलाई जागृत गर्ने, स्थानीय तहमा क्रान्तिकारी समिति गठन गर्ने र जनविद्रोह सब्गठित गर्ने
कार्यदिशा तय ग¥यो । अप्रिल २२, १९४९ मा प्रकाशित पहिलो पर्चा तथा सेप्टेम्बर १५ मा जारी
घोषणापत्रमा यी दृष्टिकोणहरू उल्लेख छन् ।
८. २. कम्युनिष्ट आन्दोलनका गौरवशाली ६८ बर्षहरू
२००७ को दिल्ली सम्झौताले उत्कर्षमा पुगिरहेको राणाशासन विरोधी आन्दोलनलाई बीचमै अवरुद्ध
पारिदियो । नेपाली काब्ग्रेस दिल्ली सम्झौतालाई स्वागत गर्दै मोहन समशेर नेतृत्वको सरकारमा सहभागी
भयो भने नेपाल कम्युनिष्ट पार्टी लगायत लोकतन्त्रवादी तथा देशभक्त शक्तिहरूले सम्झौताको विरोध गर्दै
क्रान्तिलाई निर्णायक बिन्दुमा पु¥याउन आन्दोलन जारी राखे । भीमदत्त पन्त, रामप्रसाद राई, के.आई. सिंह
लगायतको नेतृत्वमा भएका विद्रोहहरूलाई भारतीय सुरक्षा फौज समेत भित्र्याएर निर्ममतापूर्वक दमन
गरियो । नेपाली काब्ग्रेस नेतृत्वको सम्झौतापरस्त, यथास्थितिवादी तथा विदेशपरस्त प्रवृत्तिका विरुद्ध नेपाल
कम्युनिष्ट पार्टीले क्रान्तिकारी, देशभक्तिपूर्ण तथा समाजवादी धारको नेतृत्व गर्दै आन्दोलन अगाडि बढाउन
हरसंभव प्रयत्न ग¥यो । २००८ सालमा प्रतिबन्धित भएसँगै पाटीर्ल े विभिन्न वैधानिक मोर्चा तथा
जनसब्गठन निर्माण गर्दै सामन्तवाद विरोधी जनवादी क्रान्तिलाई जारी राख्यो । २००९ देखि १३ सालसम्ममा
बारा, पर्सा र रौतहटमा भएका किसान विद्रोह, गुल्मी, तनहुँ, तेह«थुम लगायत विभिन्न ठाउँमा भएका स्थानीय
सामन्त विरोधी आन्दोलन, कोशी र गण्डक सम्झौता विरोधी राष्ट्रिय हितका सब्घर्षहरू एवं संविधानसभाको
निर्वाचनका लागि निरन्तर दबाब तत्कालीन अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्वमा सञ्चालित महत्वपूर्ण
आन्दोलनहरू थिए । नेपालको राजनीति कम्युनिष्ट नेतृत्वको क्रान्तिकारी धारा र नेपाली काब्ग्रेस नेतृत्वको
यथास्थितिवादी धाराका रुपमा धु्रवीकृत हुँदै गयो ।
द्दज्ञ
संस्थापक महासचिव कमरेड पुष्पलाललाई नेतृत्वबाट विस्थापन गरिएसँगै नेपाल कम्युनिष्ट पार्टीमा
वैचारिक र सब्गठनात्मक विचलन देखा प¥यो । पार्टीको पहिलो महाधिवेशन (२०१०) मै देखा पर्न थालेको
दक्षिणपन्थी प्रवृत्ति, केशरजब्ग रायमाझी महासचिव बनेसँगै दक्षिणपन्थी अवसरवादका रुपमा प्रकट भयो ।
पार्टीको दोस्रो महाधिवेशन (२०१४) मा पार्टीको कार्यक्रम नै परिवर्तन गर्ने रायमाझीको दुष्प्रयाशलाई कमरेड
पुष्पलालको पहलमा विफल पारिएपनि महाधिवेशनबाट पारित गणतन्त्रको कार्यक्रमलाई रायमाझी नेतृत्वले
अगाडि बढाउने काम गरेन ।
यस बीचमा शक्तिशाली बन्दै गएको राजतन्त्रले संविधानसभा निर्वाचनको पूर्व प्रतिवद्धतालाई लत्याएर
आफ्नै नेतृत्वमा जारी संविधानको मातहत संसदीय निर्वाचन गर्ने घोषणा ग¥यो । यससँगै नेपाली काब्गेस ्र
संविधानसभाको मागबाट पछि हट्यो । दक्षिणपन्थी अवसरवादी नेतृत्वका कारण प्रतिगामी षडयन्त्र विरुद्ध
कम्युनिष्ट पार्टीको प्रतिरोधी क्षमता क्रमशः कमजोर हुँदै गयो । नेपाली काब्ग्रेसको अहं तथा अल्पदृष्टि, साना
पार्टीहरूको सत्तामोह एवं कम्युनिष्ट पार्टीको नेतृत्वमा उत्पन्न दक्षिणपन्थी सोचबाट लाभ उठाउँदै राजा
महेन्द्रले २०१७ साल पुषमा संसदीय व्यवस्था र जननिर्वाचित सरकारलाई अपदस्थ गर्दैे तानाशाही व्यवस्था
लागू गरे । त्यस विरुद्ध छिटफुट विरोध भए पनि तत्काल सशक्त प्रतिरोध हुनसकेन ।
पार्टीलाई दक्षिणपन्थी अवसरवादबाट मुक्त गर्ने, राजाको तानाशाही विरुद्ध सशक्त प्रतिवाद गर्ने र
जनवादी क्रान्तिलाई अगाडि बढाउने उद्देश्यका साथ आयोजित दरभब्गा प्लेनमले केशरजब्ग रायमाझीलाई
कार्वाही गरी महासचिवबाट हटाएर पार्टी पुनर्गठनको पहल ग¥यो । २०१९ सालमा आयोजित तेस्रो
महाधिवेशनले रायमाझीलाई पार्टीबाट निष्काशन ग¥यो । तर महाधिवेशनबाट पारित ।।।राष्ट्रिय प्रजातन्त्रको
कार्यक्रम’ र ।।।सर्वाधिकार सम्पन्न संसदको स्थापना’ को नाराले आन्दोलनलाई सही दिशावोध गराउन सकेन ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखा परेका विभाजन, सोभियत र चिनियाँ कित्तामा भएको ध्रुवीकरण र
नेतृत्वको विवाद जस्ता वाह्य र आन्तरिक कारणले नेपाली कम्युनिष्ट आन्दोलन समेत प्रभावित भयो ।
केन्द्रमा अलग–अलग धारहरू निर्माण हुन थालेसँगै मातहतका कमिटीहरूले आफूलाई केन्द्रबाट अलग घोषणा
गर्ने, आ–आफ्नै ढङ्गले सब्गठन सञ्चालन गर्ने र कतिपय नेताहरूले आत्मसमर्पण र पलायनको बाटो लिने
जस्ता कारणले नेपाली कम्युनिष्ट आन्दोलनमा विभाजन र विखण्डनका शृब्खला सुरु भए । कमरेड
पुष्पलालले तेस्रो राष्ट्रिय सम्मेलन (२०२५) मार्फत् पार्टीलाई वैचारिक र सब्गठनात्मक रुपमा पुनर्गठन गर्ने
प्रयाश गर्नुभयो, तर त्यसमा आन्दोलनका सबै धारा समेटिने स्थिति बन्न सकेन ।
यसै पृष्ठभूमिमा भएको झापा विद्रोह (२०२७–२८) ले नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो तरब्ग
सिर्जना ग¥यो । यसले एकातिर राजतन्त्र विरुद्ध सशक्त विद्रोहको उद्घोष ग¥यो भने अर्कातिर कम्युनिष्ट
आन्दोलनमा उत्पन्न शिथिलता र अकर्मण्यताका विरुद्ध बलिदान, विद्रोह र पुनर्गठनको नयाँ उर्जा समेत
प्रवाह ग¥यो । प्रतिकूल राजनीतिक शक्ति सन्तुलन एवं आन्दोलनमा देखा परेको उग्रवाम प्रवृत्तिका कारण
आन्दोलनमाथि चरम दमन भयो, तर यसले सिर्जना गरेको प्रभाव रोकिएन । यो प्रवाह २०३२ सालमा अखिल
नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माले), २०३५ सालमा नेकपा (माले) र २०४७ सालमा
नेकपा (एमाले) का रुपमा विकसित हुँदै नयाँ शक्तिका रुपमा अगाडि बढ्यो । कमरेड पुष्पलालको निधन
पश्चात् गठित नेकपा (माक्र्सवादी) पनि यही धारासँग एकीकृत भयो । अर्कातिर केन्दीय न्य ्र ुक्लियस हुँदै सुरु
भएको अर्को धाराले २०३१ मा चौथो महाधिवेशन सम्पन्न ग¥यो । यसले सामन्तवाद विरोधी क्रान्तिकारी
युवाहरूलाई संगठित गर्दै सशक्त शक्ति निर्माण ग¥यो । यो २०४० को दशकमा चौथो महाधिवेशन, मशाल,
मसाल र नेकपा (एकता केन्द्र) तथा २०५२ मा नेकपा (माओवादी) र अन्ततः एकिकृत नेकपा (माओवादी) र
माओवादी केन्द्र हुँदै अगाडि बढ्यो । तीसको दशकदेखि नेपाली कम्युनिष्ट आन्दोलन मुख्यतया दुई धाराबीच
धु्रवीकृत भयो र यी धाराहरू बीचको प्रतिस्पर्धा, सहकार्य, सब्घर्ष, पारस्परिक प्रभाव र एकताको प्रक्रिया हुँदै
कम्युनिष्ट आन्दोलन अगाडि बढ्दै आयो ।
द्दद्द
कम्युनिष्ट आन्दोलनको विभाजनका वावजुद कम्युनिष्ट पार्टीका विभिन्न धाराहरूको नेतृत्वमा जनताको
अधिकार प्राप्तिको आन्दोलन निरन्तर जारी रह्यो । स्ववियु गठन र राजनीतिक पार्टी खुला गर्नुपर्ने लगायत
विभिन्न मागहरू राख्दै पटक–पटक भएका विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, विभिन्न जिल्लामा भएका
किसान र झोडा आन्दोलन, २०३५÷३६ सालको मजदुर आन्दोलन कम्युनिष्ट पार्टीको नेतृत्वमा भएका यस
बीचका उल्लेखनीय आन्दोलनहरू थिए । त्यसरी नै सीमा अतिक्रमण, सिक्किम विलयन लगायत मुद्दामा
राष्ट्रियताको आन्दोलनको नेतृत्व पनि कम्युनिष्ट पार्टीले नै ग¥यो । महङ्गी र भ्रष्टाचार विरुद्ध, जमिनको
अधिकारका निमित्त, अनिवार्य बचत फिर्ता गर्ने माग गर्दै भएको आन्दोलन, विभिन्न सरकारी ज्यादती विरुद्ध
र जनजीविकाका आन्दोलनको अगुवाइ पनि कम्युनिष्ट पार्टीबाट नै भयो । यी आन्दोलनहरू मार्फत्
कम्युनिष्ट पार्टी नेपाली जनताको प्रतिनिधि पार्टीका रुपमा स्थापित हुँदै गयो ।
२०३५÷३६ सालको आन्दोलन र जनमत सब्ग्रहको घोषणासँगै खुकला ु े राजनीतिक वातावरण निर्माण
हुँदै जाँदा कम्युनिष्ट पार्टीको प्रत्यक्ष अगुवाइमा विभिन्न जनसब्गठनहरू क्रियाशील हुन थाले, सीमित रुपमै
भएपनि वैधानिक गतिविधिहरू सञ्चालन भए । यसले पार्टीको जनाधार बलियो बनाउँदै लग्यो । यसै क्रममा
२०४६ सालमा संयुक्त जनआन्दोलन सम्पन्न भयो, जसमा वामपन्थीहरूको महत्वपूर्ण भूमिका र नेतृत्व
थियो । आन्दोलनलाई सामान्य सुधारमा सीमित राख्न चाहने नेपाली काब्ग्रेसको प्रयाशलाई असफल पार्दै
पञ्चायती व्यवस्थाको समूल अन्त्य गर्न, बहुदलीय राजनीतिक प्रणालीसहितको संविधान निर्माण गर्न
कम्युनिष्टहरूले अग्रणी भूमिका खेले । यद्यपि, संविधानसभाको निर्वाचनको विषयमा भने तत्कालीन संयुक्त
वाममोर्चा र संयुक्त राष्ट्रिय जनआन्दोलनबीच मतभिन्नता कायम रह्यो ।
यस अवधिमा माक्र्सवाद–लेनिनवादका आम सिद्धान्तहरूलाई नेपालको विशिष्ट परिस्थितिमा कार्यान्वयन
गर्ने र नेपाली क्रान्तिका आफ्नै मौलिक विचार, नीति र बाटो निर्माणका निम्ति अथक प्रयाश अगाडि
बढाइयो । माक्र्सवादको गहन अध्ययन, विभिन्न स्वरुपमा प्रकट भएका दक्षिणपन्थी र उग्रवामपन्थी
प्रवृत्तिहरूको आलोचना र नेपाली समाजको विशिष्ट परिस्थितिको सूक्ष्म अध्ययन गर्ने क्रममा नेकपा (माले)
ले २०४६ सालको चौथो महाधिवेशनबाट बहुदलीय प्रतिष्पर्धा सहितको जनवादी व्यवस्थाको नयाँ अवधारणा
अगाडि सा¥यो । कमरेड मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलनका अनुभवहरू, सोभियत समाजवादी
व्यवस्थाको असफलता र सोभियत सब्घको विघटन एवं नेपाली कम्युनिष्ट आन्दोलनका अनुभवहरूलाई
संश्लेषण गर्दै जनताको बहुदलीय जनवादको अवधारणा प्रस्तुत गर्नुभयो, जसलाई नेकपा (एमाले) ले पाँचौ
महाधिवेशनबाट नेपाली क्रान्तिको कार्यक्रम र छैटौं महाधिवेशनबाट नेपाली क्रान्तिको सिद्धान्तका रुपमा
अवलम्बन गर्दै आएको छ । वामपन्थीहरूको पहिलो लोकप्रिय सरकार बनाएर सामाजिक न्यायका कामहरू
अघि बढाउन र जनतालाई आन्दोलनमा नेतृत्व गर्दै गणतन्त्र सम्म ल्याई पु¥याउन नेकपा (एमाले) ले
महत्वपूर्ण भूमिका खोल्यो । प्रतिकूल अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन,
प्रतिक्रियावादी एवं प्रतिक्रान्तिकारी हमलाबाट आन्दोलनको रक्षा गर्न, पार्टीलाई जनताको बीचमा लोकप्रिय र
सुदृढ जनाधार सहित स्थापित गर्न एवं वैधानिक ढङ्गबाट आन्दोलनलाई अगाडि बढाउन नेकपा (एमाले) को
उल्लेखनीय योगदान रहेको छ ।
यसै अवधिमा सामन्तवाद र साम्राज्यवादको विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दीर्घकालिन
जनयुद्धका रुपमा बलप्रयोग अनिवार्य रहेको निष्कर्षका साथ नेपालको ठोस परिस्थितिमा राजनीतिक र फौजी
रणनीतिको विशिष्ट सन्तुलन कायम गर्दै कमरेड प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी) ले २०५२ फागुन १
गतेदेखि जनयुद्धको पहल ग¥यो । त्याग र वलिदानका कीर्तिमान कायम गर्दै माओवादी जनयुद्धले नेपाली
राजनीतिमा नयाँ तरब्ग र वहस सहित दूरगामी प्रभाव पा¥यो । महिला, दलित, मधेसी, जनजाति लगायतका
उत्पिडित वर्ग र समुदायलाई जागृत र सब्गठित गर्न, राजनीतिमा समावेशीकरणका मुद्दालाई स्थापित गर्न,
संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार पार्न माओवादी आन्दोलनले मूख्य
द्दघ
भूमिका खेल्यो । वैचारिक, राजनीतिक सिद्धान्तको विकासका क्रममा कमरेड प्रचण्डकै नेतृत्वमा नेकपा (
माओवादी)ले एक्काइसौं शताव्दीमा जनवादको विकास सम्बन्धी नयाँ अवधारणा सहित संविधानसभा र
शान्ति संझौताको अन्तरसम्वन्ध बारे ठोस कार्यक्रम समेत प्रस्तुत ग¥यो । नेकपा (माओवादी)को यो
पछिल्लो सैद्धान्तिक र राजनीतिक विकासले नेकपा (एमाले)संग सहकार्य र सात राजनीतिक दलसंग
समझदारीका साथ शान्ति संझौतामा हस्ताक्षर गर्ने स्तर सम्म देशलाई ल्याईपु¥याउन ठुलो योगदान ग¥यो ।
लामो समयसम्म एक आपसमा प्रतिष्पर्धा, वैचारिक सब्घर्ष र तिक्ततापूर्ण सम्बन्ध समेत रहेपनि
आन्दोलनका यी दुई धारबीच निरन्तर संवाद र सम्पर्क पनि हुँदै आएको थियो । दुबै आन्दोलनले एक
अर्कालाई प्रभावित पनि गर्दै आएका छन् । एक अर्काको वैचारिक राजनीतिक विकास तथा रुपान्तरणमा
दुबैको योगदान रहेको छ ।
२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण शक्ति हातमा लिएर तानाशाही सत्ता
स्थापित गरिसके पछि आन्दोलनका दुबै धार एकै ठाउँमा उभिनै पर्ने र यसमा नेपाली काब्ग्रेस लगायत
निरब्कुशतन्त्र विरोधी सबै शक्तिलाई समेट्नै पर्ने ऐतिहासिक आवश्यकता उत्पन्न भयो । ने.क.पा (एमाले) ले
गणतन्त्र स्थापनालाई कार्यनीतिक नारा वनाएपछी नेपाली कांग्रेस लाई समेत गणतन्त्रमा जान दबाव प¥यो ।
ने.क.पा.(माओवादी) ले संविधानसभा र गणतन्त्रलाई केन्द्रमा राखेर संघर्ष गरिरहेकै थियो । यसै पृष्ठभूमिमा
२०६२ साल मब्सिर ७ गते १२ बुँदे समझदारीमा हस्ताक्षर भयो । यसले राजतन्त्र विरोधी सबै शक्तिहरूलाई
एक ठाउँमा उभ्याउने काम ग¥यो र आन्दोलनलाई गणतन्त्रको तहसम्म विकसित गर्न (यद्यपि नेपाली
काब्ग्रेसको द्विविधाका कारण समझदारी पत्रमा स्पष्ट रुपमा ।।।गणतन्त्र’ उल्लेख नगरेर ।।।पूर्ण लोकतन्त्र’
शव्दावली प्रयोग गरिएको थियो), तथा संविधानसभाको निर्वाचन, राज्यको अग्रगामी पुनर्संरचना र दस बर्षे
सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा रुपान्तरण जस्ता विषयहरूमा सहमति कायम ग¥यो । ०६२÷६३ को
जनआन्दोलनको मुख्य राजनीतिक आधारका रुपमा रहेको १२–बुँदे समझदारीसँगै नेपालको लोकतान्त्रिक
आन्दोलनले नयाँ उचाइ ग्रहण ग¥यो । आन्दोलनलाई विघटित संसदको पुनस्र्थापनामा सीमित गर्न चाहने
नेपाली काब्ग्रेसलाई संविधानसभाको निर्वाचन र गणतन्त्रसम्म डो¥याउन हामीले निर्णायक भूमिका खेल्यौं ।
संविधानसभाबाट संविधान निर्माण गर्न तथा त्यसमा प्रगतिशील अन्तरवस्तु तथा समाजवादी विशेषता प्रदान
गर्न वामपन्थीहरूको नेतृत्वदायी योगदान रह्यो ।
यसरी विगतका ६८ बर्षको गौरवपूर्ण इतिहासमा नेपालको कम्युनिष्ट आन्दोलनले विभिन्न कमी र
सीमाका बाबजुद युगान्तकारी भूमिका खेलेको छ र वर्तमान समयमा देशकै मुख्य राजनीतिक शक्तिका रुपमा
स्थापित भएको छ ।
८.३. पार्टी एकताः ऐतिहासिक आवश्यकता
२०६२÷६३ सालको जनआन्दोलन पछिका १२ बर्षको अवधिमा कम्युनिष्ट पार्टीका मुख्य दुई प्रतिनिधि
शक्ति नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको सम्बन्धमा अनेकौं आरोह–अवरोहहरू देखिए।
आन्दोलनलाई निष्कर्षमा पु¥याउने, संविधानसभाको निर्वाचन सम्पन्न गर्ने, गणतन्त्र स्थापना गर्ने,
संविधानसभाबाट संविधान जारी गर्ने, आर्थिक विकास र समृद्धिका आधारशीला निर्माण गर्ने एवं नाकाबन्दी
जस्तो सब्कटको सामना र राष्ट्रिय हित र स्वाभीमानको रक्षा गर्ने जस्ता विषयमा सहकार्य भयो भने
विभिन्न विषयमा गंभीर मतभिन्नता र तिक्तताहरू पनि उत्पन्न भए । कतिपय वैचारिक राजनीतिक
प्रश्नहरू, कतिपय कार्यशैलीगत समस्या, अर्कोको अवनतिमा आफ्नो उन्नति देख्ने चिन्तन र कतिपय
आन्तरिक तथा वाह्य कारणहरूले गर्दा विभाजन, अस्वस्थ प्रतिष्पर्धा र निषेधका सोचहरू समेत देखा परे ।
यस्तो तिक्तता र विभाजनले दुईवटा पार्टी या कम्युनिष्ट आन्दोलनलाई मात्रै होइन, सामाजिक परिवर्तन र
राष्ट्रियताका आन्दा े ेलनलाई समेत क्षति पु¥याउँदै आएको थियो ।
द्दद्ध
इतिहासका बहुमूल्य शिक्षाहरू, आम नेपाली जनताको चाहना एवं अनेकौं वस्तुगत कारणहरूको
पृष्ठभूमिमा नेपाली कम्युनिष्ट आन्दोलनमा एकताको टड्कारो र युगिन आवश्यकता रहेको छ ।
विश्वव्यापी रुपमा कम्युनिष्ट तथा वामपन्थी आन्दोलन प्रतिरक्षात्मक अवस्थामा रहेको वर्तमान
समयमा नेपाल एउटा यस्तो मुलुक हो, जहाँ केन्द्र, ७ मध्ये ६ प्रदेश तथा अधिकांश स्थानीय तहमा
वामपन्थीहरूले झण्डै दुई तिहाई बहुमतसहित सरकार निर्माण गरेका छन् । यो विश्वमै उदाहरणीय र
प्रेरणादायी घटनाका रुपमा रहेको छ । नेपालमा शान्तिपूर्ण एवं वैधानिक ढङ्गबाट समाजवाद निर्माणको
संभावना एकदमै प्रबल छ । कम्युनिष्ट आन्दोलन विभाजित रहिरहँदा यी संभावनाहरू वास्तविकतामा
रुपान्तरित नहुने मात्रै होइन, शक्ति सन्तुलन प्रतिकूल हुने, प्रतिगामी शक्तिहरू पुनस्र्थापित हुने र आन्दोलन
प्रतिरक्षात्मक अवस्थामा पुग्ने जोखिम पनि उत्तिकै छ । त्यसैल कम्य े ुनिष्ट आन्दोलनको यो एकीकरण समयको
आवश्यकता बन्न पुगेको छ ।
माओवादी जनयुद्ध र २०६२÷६३ सालको आन्दोलन लगायत आजसम्मका प्रायः सबै आन्दोलन र
परिवर्तनका मुख्य संवाहक शक्ति हामी वामपन्थीहरू हौं । कम्युनिष्ट पार्टीको निर्णायक पहलकदमी नभएको
भए न संविधानसभा राष्ट्रिय कार्यसूचि बन्न सक्थ्यो, न त संविधानसभाबाट प्रगतिशील, जनमुखी र
समाजवाद–उन्मुख विशेषतासहितको संविधान नै निर्माण हुन सक्थ्यो । संविधानको रक्षा र कार्यान्वयनका
लागि पनि वामपन्थी शक्तिहरूको एकता ऐतिहासिक आवश्यकता बन्न पुगेको छ ।
नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै मौलिक विशेषताका साथ अगाडि बढेको छ । क्रान्तिमा
सर्वहारा श्रमजीवी वर्गका अतिरिक्त पुँजीवादी शक्तिसमेत सहभागी भएको छ र औपचारिक रुपमा हेर्दा दुबै
वर्गको संयुक्त नेतृत्व जस्तो समेत देखापरेको छ । त्यसैले क्रान्तिपश्चात्का उपलव्धिको स्वामित्व तथा
भविष्यको दिशा तय गर्ने विषयमा दुब वर्ग ै र शक्तिका बीचमा तीव्र प्रतिष्पर्धा कायम छ । शक्ति सन्तुलन
प्रतिकूल भएर वुर्जुवा वर्गको वर्चस्व स्थापित हुने दुर्भाग्यपूर्ण परिस्थिति निर्माण भयो भने प्रगतिशील परिवर्तन
कमजोर र अपहरित हुँदै जाने र मुलुक समाजवादी दिशातिर होइन, नवउदारवादी पूँजीवादी बाटोतिर जाने
स्थिति उत्पन्न हुने खतरा छ । क्रान्तिका उपलव्धिहरूको रक्षा तथा समाजवादी भविष्य सुनिश्चित गर्न पनि
पार्टी एकीकरण अनिवार्य छ ।
प्रगतिशील उत्पादक शक्तिहरूको विकास, राष्ट्रिय पुँजीको निर्माण, व्यापक सामाजिक–आर्थिक–
सांस्कृतिक रुपान्तरण एवं सामाजिक न्याय र समावेशी विकास बिना आर्थिक समृद्धि संभव छैन । यी यस्ता
विषय हुन्, जुन वामपन्थी पार्टीहरूको परिकल्पना र पहलबाटै मात्रै स्थापित भएका छन् । यिनको
कार्यान्वयनका लागि वामपन्थी नेतृत्व अपरिहार्य छ । नवउदारवाद, अनियन्त्रित विदेशी लगानी र स्वेच्छाचारी
बजार अर्थतन्त्रलाई विकासको एकमात्र आधार ठान्ने नेपाली काब्ग्रेस लगायतका शक्तिबाट विकासको यो
सही दिशा अवलम्बन गर्नु असंभव छ । त्यसका लागि पनि कम्युनिष्ट एकता समयको माग बन्न पुगेको छ ।
राष्ट्रियता हाम्रो आन्दोलनको अविभाज्य अब्ग र जनताको सर्वोपरि सरोकारको विषयका रुपमा रहँदै
आएको छ । हाम्रो राष्ट्रियता मूलतः राष्ट्रिय हितको रक्षा हो, कसैका विरुद्ध परिलक्षित विषय होइन । नेपाली
जनता र नेपाल राष्ट्रले भोगिरहेको परनिर्भरता, वैदेशिक हस्तक्षेप, राजनीतिक–सांस्कृतिक अतिक्रमण तथा
वैदेशिक हैकमवादलाई अन्त्य नगरी राष्ट्रिय स्वाधीनता र स्वाभिमान सुदृढ हुन सक्दैन । तसर्थः राष्ट्रिय
हितलाई केन्द्रविन्दुमा राखेर छिमेकी लगायत सबै मित्र राष्ट्रहरूसँग समानता र पारस्परिक लाभमा आधारित
सम्बन्ध विकसित गर्न तथा इतिहासले विरासतका रुपमा थोपरिदिएका असमान सम्बन्धहरूका ठाउँमा नयाँ
युग सुहाउँदो अन्तर्राष्ट्रिय सम्बन्धको विकासका लागि बलियो वामपन्थी शक्तिको खाँचो छ । त्यस्तो बलियो
शक्ति विभाजनबाट होइन, एकताबाट मात्र प्राप्त हुने कुरा स्वतः स्पष्ट छ ।
द्दछ
सबै वर्ग, समुदाय र क्षेत्रका जनताको बलियो एकता नै राष्ट्रियताको आधार हो । यस्तो एकताका लागि
सबै खाले विभेदको अन्त्य, सबैको पहिचान र समान अधिकार, अवसर, सम्मान तथा सुरक्षा एवं पछाडि
परेको÷पारिएको समुदायलाई विशेष व्यवस्थासहित राज्यका सबै अब्गमा न्यायोचित सहभागिता अनिवार्य
हुन्छ । यथास्थितिवादले मात्रै होइन जातीय अहंकारवाद, जातीय÷क्षेत्रीय सब्कीर्णता, साम्प्रदायिकता र
अतिवादले पनि राष्ट्रिय एकतालाई कमजोर पार्छन् । सामाजिक सद्भावमाथि आधारित बलियो राष्ट्रियताको
विकासका लागि कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूको नेतृत्व र निर्णायक भूमिका अपरिहार्य छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण शक्तिको रुपमा नेपाली कम्युनिष्ट आन्दोलनले
ऐतिहासिक भूमिका खेलेको छ र आज यो लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्तिका रुपमा स्थापित छ ।
यो भूमिका र उपलव्धि प्रति हामी गर्व गर्छौँ । अब हाम्रा का े ँधमा छोटो समयभित्रै तीव्र आर्थिक विकासका
माध्यमबाट ।।।सुखी नेपाली र समृद्ध नेपाल’को अभिभारा पूरा गर्ने ऐतिहासिक जिम्मेवारी आइपुगेको छ ।
यसलाई पूरा गर्न सक्ने हाम्रो सामथ्र्यबाटै नेपाली कम्युनिष्ट आन्दोलनको औचित्य र सान्दर्भिकता पुष्टि हुन
सक्छ । इतिहासको गौरवगानबाट मात्रै भविष्यको अभिभारा पूरा हुन सक्दैन । सामन्तवादका अवशेषहरू
समाप्त पार्ने, राष्ट्रिय पुँजी निर्माण गर्दै उत्पादक शक्तिको तीव्र विकास गर्ने, भूमण्डलीकृत पुँजीवादको युगमा
आत्मनिर्भरता सहित समृद्धि हासिल गर्ने र समाजवादका आधार तयार गर्ने अभिभारा गंभीर र चुनौतीपूर्ण
अभिभारा हो । यस्तो अभिभारा एकीकृत पार्टीको नेतृत्वमा मात्रै संभव छ ।
कम्युनिष्ट घोषणापत्र प्रकाशन यताको १७० बर्ष र अक्टोबर क्रान्ति पश्चातका १०० बर्ष बीचमा
विश्व समाजवादी आन्दोलनले सफलता र विफलता, उपलव्धि र धक्का तथा विजय र पराजयका अनेकांै
शृब्खला पार गर्दै आएको छ । सोभियत सब्घको विघटनसँगै आज यो आन्दोलन आमरुपमा प्रतिरक्षात्मक
अवस्थामा छ । माक्र्सवादका सार्वभौम सिद्धान्तहरू आज पनि सही छन् र श्रमजीवी वर्गको मुक्ति एवं
उत्पीडित राष्ट्रहरूको स्वतन्त्रताका लागि मार्गदर्शन गर्न माक्र्सवाद बाहेक अर्काे वैज्ञानिक सिद्धान्त विद्यमान
छैन । तर गएको डेढ शताव्दीमा विश्व परिस्थितिमा ठूल–ठूला परिवर्तनहरू भएका छन् । श्रमको स्वरुप र
सम्बन्ध, श्रम शोषणका स्वरुप, समाजको वर्ग संरचना एवं पुँजीवाद तथा साम्राज्यवादको चरित्रमा समेत
ठूलो परिवर्तन आएको छ । पारिवारिक, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्धमा अनेकौं नयाँ आयाम थपिएका
छन् । विज्ञान र प्रविधिको अभूतपूर्व विकासले विश्वलाई तीव्र रुपमा परिवर्तन गरिरहेको छ । यस्तो स्थितिमा
माक्र्सवादको रक्षा, सिर्जनात्मक प्रयोग र विकासको आवश्यकता विगतमा भन्दा अझ बढी रहेको छ ।
माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा नेपाली क्रान्ति र समाजवाद निर्माणको आफ्नै मौलिक सिद्धान्त तथा
बाटोको विकासका लागि पनि एकीकृत कम्युनिष्ट पार्टीका खा े ँचो टड्कारो गरी महसुस भएको छ ।
८.५. पार्टी एकताका सैद्धान्तिक आधारहरू
यिनै यथार्थलाई आत्मसात गर्दै निकै लामो बहस, सघन छलफल र अन्तरक्रिया पश्चात् नेपाल
कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) ले असोज १७, २०७४ का दिन पार्टी एकताको लक्ष्य
निर्धारण गर्दै निर्वाचनमा वाम गठबन्धन बनाएर अगाडि बढ्ने ऐतिहासिक घोषणा ग¥यौं । नेकपा (एमाले)का
तर्फबाट अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डद्वारा हस्ताक्षर गरिएको यस ऐतिहासिक घोषणाको सहमति पत्रमा भनिएको छ– ।।।फरक फरक
पृष्ठभूमिका साथ अघि बढेका हामीहरू राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, भौगौलिक अखण्डता, राष्ट्रिय हित
एवं स्वाभीमानको रक्षा गर्दै संविधानसभाबाट पारित नेपालको संविधानको रक्षा र प्रयोगको क्रममा देश र
जनताको आवश्यकता अनुसार परिमार्जन र विकास गर्दै, लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिष्पर्धाको
माध्यमबाट सामाजिक,आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्ने र समृद्ध, समुन्नत एवं न्यायपूर्ण समाजको
निर्माण गर्दै समाजवादका आधारहरू तयार गर्ने साझा निष्कर्षमा आइपुगेका छौं । नेपाली जनताले एकतावद्ध
द्दट
कम्युनिष्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेका छन् । हाम्रो पृष्ठभूमि र जनताको चाहना एवं
आवश्यकताले पनि हामीलाई एकतावद्ध हुन र एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका
छन् । तसर्थ हामी हाम्रा आफ्नै अनुभव र जनता एवं राष्ट्रको आवश्यकतालाई हृदयब्गम गर्दै एउटै
कम्युनिष्ट पार्टी निर्माण गर्न सहमत भएका छौं ।’
निर्वाचनमा जनतासामु प्रस्तुत साझा चुनावी घोषणामा उल्लेख गरिएको छ– ।।।यो एकताको पहल
नेपालका आम श्रमजीवी र देशभक्त जनताको सम्मानको परिचायक हो । यो एकता प्रयत्न २००७ सालदेखि
सुरु भएको राजनीतिक अस्थिरता अन्त्यको सूचक हो । यो नेपाली जनतामा रहेको गरिबी, अभाव, पछौटेपन,
भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत र समृद्ध राष्ट्र
निर्माणको प्रतिबद्धता पनि हो । यो एकता राष्ट प« ुनर्निर्माण गर्ने संकल्पको द्योतक हो । यस महाअभियानमा
सामेल हुन हामी विभिन्न कम्युनिष्ट समूहका अतिरिक्त सबै वामपन्थी, देशभक्त र सच्चा
लोकतन्त्रवादीहरूलाई आह्वान गर्दछौं । विज्ञान र प्रविधिको विकास, विश्वव्यापीकरण, संसारका अधिकांश
देशहरूको विकास र दु्रतगतिमा विकसित भइरहेका दुई छिमेकी मुलुकहरूको अगाडि अब नेपाललाई संसारकै
अल्पविकसित, गरिब, पिछडिएको, परनिर्भर र हेपिएर बस्न बाध्य मुलुकका रुपमा कदापि राख्नुहुँदैन । राष्ट्रिय
स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डता जोखिममा रहने स्थिति सदाका लागि अन्त्य
गर्नुपर्दछ । नेपालसँग समृद्धिका अथाह आधारहरू छन् । राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्ने वीर पुर्खाका सन्तान
हामीहरू श्रमशक्तिका रुपमा छौं । नेपालको विकासका निम्ति संसारभरिबाट करोडौं हातहरू सहयोगका
निम्ति तयार छन् । मात्र यी सबै सकारात्मक पक्षहरूलाई उपयोग गर्न सक्ने राष्ट्रिय नेतृत्वको खाँचो छ ।
यस्तो नेतत्व क्षमता एकताबद्ध भइरह ृ ेका यी दुई कम्युनिस्ट पार्टीहरूसँग मात्र छ । यही क्षमतालाई उजागर
गर्न हामी दुई कम्युनिस्ट पार्टीहरूले एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने घोषणा गरेका छौं ।’
हाम्रो यस घोषणालाई नेपाली जनताले अत्यन्त उत्साहका साथ स्वागत र समर्थन गरेका छन् ।
जनताको यो स्वागत र समर्थन निर्वाचनमा वामपन्थीहरूका पक्षमा खसेको झण्डै ५५ प्रतिशत मत र दुई
तिहाइ हाराहारी बहुमतमा अभिव्यक्त भएको छ । पार्टी एकताको विषय अब दुई पार्टीको मात्रै सरोकारको
विषय रहेन, यो नेपाली जनताबाट अनुमोदित राष्ट्रिय एजेण्डा बन्न पुगेको छ ।
यसै सिलसिलामा यही फागुन ७ गते हामीले एकीकरणका प्रारम्भिक आधारहरू विषयमा सात बुँदे
सहमति ग¥यौं । उक्त सहमतिमा एकीकृत कम्युनिष्ट पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने कुरा उल्लेख
गरिएको छ । पार्टीको निर्दशक सिद्धान्त माक्र्स े वाद–लेनिनवाद रहने कुरालाई स्पष्ट गरिएको छ । नेकपा (
एमाले) ले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय
प्रतिस्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र नेकपा (माओवादी केन्द्र)को पनि
शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो
श्रेष्ठता हासिल गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट पारिएको छ । प्राप्त उपलव्धिको
रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरण मार्फत्
समाजवादका आधार निर्माण गरिने कार्यदिशा समेतको बारेमा उक्त सहमतिले स्पष्ट पारेको छ । नेकपा (
एमाले) ले अवलम्बन गरिआएको ।।।जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन
गरिआएको ।।।माओवाद र एक्काइसां शताव्दीका ै े जनवाद’ सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गरी
आवश्यक परिमार्जन र विकास गर्न सकिने कुरा पनि सहमतिमा उल्लेख गरिएको छ ।
आगामी महाधिवेशनसम्म एकीकृत पार्टीलाई यिनै सिद्धान्त, कार्यदिशा र मान्यताहरूले मार्गदर्शन
गर्नेछन् । गंभीर वैचारिक बहसका माध्यमबाट नेपाली क्रान्तिको सिद्धान्तलाई थप विकसित र समृद्ध गर्न
तथा नेपाली मौलिक विशेषता सहितको समाजवाद निर्माण गर्ने सहमतिका साथ आज दुबै पार्टी एकीकृत
द्दठ
भएका छन् । २००६ साल बैशाखमा कमरेड पुष्पलालको नेतृत्वमा गठित कम्युनिष्ट पार्टी विभाजनको साढे
पाँच दशक लामो पीडादायी कालखण्ड पार गर्दै आज पुनः एकीकृत हुनु सुखद एवं ऐतिहासिक उपलब्धि हो ।
९. पार्टी निर्माण र पार्टीको सब्गठनात्मक सिद्धान्त
नेपाल कम्युनिष्ट पार्टी नेपाली सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी हो ।
माक्र्सवाद–लेनिनवादको आम मार्गदर्शन र आफ्नै देशमा विकसित क्रान्तिका विशिष्ट सिद्धान्तहरूको ठोस
दिशानिर्देशमा सामाजिक मुक्ति र राष्ट्रिय स्वतन्त्रताको आन्दोलनलाई नेतृत्व गर्दै जनवादी क्रान्तिका बाँकी
कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्नु यस पार्टीको मुख्य अभिभारा हो ।
बदलिँदो उत्पादन सम्बन्ध र श्रमको स्वरुपसँगै श्रमजीवी वर्गको परिभाषा, घेरा र संरचनामा पनि
परिवर्तन आएको छ । शारीरिक श्रम मात्रै होइन, वौद्धिक श्रम गरेर त्यसैको आर्जनमा बाँच्ने वर्ग समेत आज
श्रमजीवी वर्गको रुपमा समेटिन पुगेको छ । कम्युनिष्ट पार्टीले सबै खाले श्रमजीवी वर्गको प्रतिनिधित्व
गर्दछ ।
समाज परिवर्तनको अग्रणी शक्ति हुनुको नाताले कम्युनिष्ट पार्टीले समाजका निम्न तथा मध्यम वर्ग र
परिवर्तनमा सहयोगी हुने राष्ट्रिय पुँजीपति वर्गको हितको समेत प्रतिनिधित्व गर्छ । तर क्रान्तिकालमा होस्
या क्रान्तिपश्चात् सत्ता सञ्चालनको अवधिमा, पार्टी श्रमजीवी वर्ग पक्षधरताबाट कहिल्यै विचलित हुन
सक्दैन, हुनुहुँदैन । कम्युनिष्ट पार्टीले विभिन्न वर्ग या समुदायका आन्दोलन सञ्चालनका लागि
जनसब्गठनहरू निर्माण गर्न सक्छ, विभिन्न शक्तिहरूसँग वर्गीय र राजनीतिक मोर्चा निर्माण गर्न सक्छ र
जनताको अभिमत लिएर सत्ता सञ्चालन गर्न सक्दछ । तर आन्दोलनमा रहँदा होस् या सत्तामा, एकल नेतृत्व
गरिरहँदा होस् या संयुक्त मोर्चाभित्र रहेर काम गर्दा, कम्युनिष्ट पार्टीको चरित्र सधैभरि सर्वहारा श्रमजीवी
वर्गको राजनीतिक पार्टीका रुपमा अक्षुण्ण रहन्छ, रहनु पर्दछ ।
कम्युनिष्ट पार्टी निर्माणका दुईवटा आयाम छन्– सैद्धान्तिक÷वैचारिक र सब्गठनात्मक आयाम । पार्टी
निर्माणको मुख्य पक्ष यसको वचारिक÷स ै ैद्धान्तिक पक्ष हो । कम्युनिष्ट पार्टी विचारविहीनहरूको समूह होइन,
स्वेच्छिक रुपले सामाजिक परिवर्तनमा समर्पित हुन तत्पर, त्यसका लागि जस्तोसुकै बलिदान दिन तयार तथा
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणबाट दीक्षित व्यक्तिहरूको स्वेच्छिक अनुशासनमा
आवद्ध सचेत स्वयंसेवी राजनीतिक संस्था हो । त्यसैले पार्टी निर्माणलाई सदस्य र कमिटीहरूको प्राविधिक
संरचनाका रुपमा होइन, सचेत, निष्ठावान र वैचारिक एवं भावनात्मक एकरुपताका साथ आन्दोलनमा
समर्पित र लक्ष्यमा एकाग्र नेता कार्यकर्ताहरूको शृब्खलावद्ध संरचनाका रुपमा बुझ्नु र तदनुरुप अगाडि
बढाउनु पर्छ ।
माक्र्सवाद–लेनिनवादका आम सिद्धान्तलाई वैचारिक मार्गदर्शकका रुपमा स्वीकार गर्नु, द्वन्द्वात्मक तथा
ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणलाई आत्मसात गर्नु, तदनुरुप नै आफूलाई दार्शनिक रुपले रुपान्तरण
गर्नु, सर्वहारा श्रमजीवी वर्ग पक्षधरतालाई हमेशा अवलम्बन गर्नु, सामन्तवाद–साम्राज्यवादका विरुद्ध तथा
देशभक्तिपूर्ण भावनाका साथ देश र जनताको पक्षमा निरन्तर क्रियाशील भइरहनु, सामाजिक आथिर्क
रुपान्तरणका माध्यमबाट राष्ट्रिय पुँजी निर्माण, प्रगतिशील उत्पादक शक्तिको विकास, स्वतन्त्र र आत्मनिर्भर
अर्थतन्त्रको स्थापना तथा समाजवादका आधार निर्माणको कार्यदिशालाई अवलम्बन गर्नु तथा संसारभरका
न्याय, समानता र परिवर्तनका पक्षधर, शान्तिप्रेमी जनताको आन्दोलनप्रतिको ऐक्यवद्धता र विश्व
मानवतावादको पक्षधरता जस्ता विषयहरू पार्टी निर्माणका वैचारिक आधारहरू हुन् । दक्षिणपन्थी र
उग्रवामपन्थी आवरणमा देखा पर्ने अवसरवाद विरुद्धको सतत् वैचारिक सब्घर्ष, अनुभवहरूको निरन्तर
द्दड
विश्लेषण र संश्लेषणका माध्यमबाट सिद्धान्तको विकास यस क्रममा अत्यावश्यक छन् । शान्तिपूर्ण र
बहुदलीय प्रतिष्पर्धाका माध्यमबाट श्रेष्ठता हासिल गर्दै यसै संविधानका माध्यमबाट वैधानिक रुपमा
समाजवाद निर्माणका आधार तयार गर्ने कार्यदिशाले हाम्रो पार्टी निर्माणको विषयलाई विशिष्ट र मौलिक
प्रकृतिको बनाइदिएको छ ।
शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत् आफ्नो श्रेष्ठता हासिल गर्ने विषय सहज विषय होइन । यसका
लागि आम जनताको सचेत, स्वेच्छिक तथा अविच्छिन्न समर्थन अनिवार्य पूर्वशर्त हो । खुल्ला समाज, विभिन्न
वर्गको प्रतिनिधित्व गर्ने शक्तिहरूको उपस्थिति, साधनस्रोत, शक्ति र वाह्य समर्थनमा तुलनात्मक रुपमा
बलियो वुर्जुवा एवं पश्चगामी वर्गको निरन्तर प्रतिरोधका बीच कम्युनिष्ट चरित्र कायम राख्दै विजय प्राप्त
गर्नु महत्वपूर्ण पक्ष हो । पूँजीवादी भूमण्डलीकरण र यसले सिर्जना गरेका व्यक्तिवाद, उपभोक्तावाद गलत
वैचारिक मान्यता एवं समाजमा विद्यमान पछौटे चिन्तनका बीचबाट कम्यनिष्ट पार्टी ु ले आफूलाई निरन्तर
नैतिक र आचरणगत रुपमा स्वच्छ, पारदर्शी र जनमुखी बनाइरहनु निकै कष्टसाध्य काम हो । परम्परागत
राज्यसंरचना र प्रतिकूल विश्व परिस्थिति थप चुनौतीका रुपमा रहेका छन् । यस्तो अवस्थामा कम्युनिष्ट
पार्टीले आफूलाई हमेशा जनताको सेवकका रुपमा प्रस्तुत गर्नुपर्दछ । जनताको अपेक्षा र आकाब्क्षामा
आफूलाई निरन्तर खरो उतार्नु पर्दछ । आफूभित्र निरन्तर शुद्धीकरण गरिरहनु पर्दछ र जनताको बदलिँदो
चाहनाको प्रतिनिधिका रुपमा आफूलाई निरन्तर अद्यावधिक गरिरहनु पर्दछ । बहुदलीय प्रतिष्पर्धामा श्रेष्ठता
हासिल गर्न समाजका विभिन्न तप्काको मत प्राप्त गर्नुपर्ने आवश्यकता र आफ्नो सर्वहारा श्रमजीवी वर्ग
पक्षधरताको संरक्षणका बीचमा सन्तुलन मिलाउन विशेष कुशलता अवलम्बन गर्नुपर्दछ । खुल्ला समाज र
भूमण्डलीकृत विश्व परिवेशमा क्रियाशील कम्युनिष्ट पार्टीले त्यस खुल्लापनबाट आउने ताजा हावा र
अनुकूल विषयहरूलाई गहण गन ्र्र े र प्रदूषणबाट जोगिन विशेष सजगता अपनाउनु पर्छ ।
पार्टी निर्माणका आधारस्तम्भहरू पार्टी सदस्यहरू हुन् । कुनै बेला निकै गर्वको विषय ठानिने, निकै
कठीन अग्निपरीक्षा पश्चात् मात्र हासिल हुने सदस्यता प्राप्तिको प्रक्रिया अचेल धेरै खुकुलो, न्यून मापदण्डको
र गुणस्तरहीन बन्दै गएको छ । पार्टी निर्माण रुपी भवनको जगका रुपमा रहेका पार्टी सदस्यहरूकै गुणस्तर
कमजोर भयो र पार्टी सदस्यता प्रदान गर्ने विधि मनोगत, स्वार्थप्रेरित र भद्रगोल भयो भने यसले पार्टी
निर्माणलाई कमजोर बनाउने कुरा स्पष्ट छ । पार्टीको सार्वभौमसत्ता सारतः पार्टी सदस्यमै निहित रहने तथा
पार्टीको नीति तथा नेतृत्व निर्माणको निर्णायक स्रोत पार्टी सदस्य नै हुने यथार्थलाई ध्यानमा राखेर पार्टी
सदस्यता वितरण प्रक्रियालाई विधानसम्मत र व्यवस्थित बनाउनु पर्दछ । पार्टी सदस्यता प्राप्त गर्नुपूर्व निजले
सकभर कुनै न कुनै जनसब्गठन या मोर्चा सब्गठनमा निश्चित अवधि व्यतीत गरेको, पार्टीद्वारा सञ्चालित
अभियान÷आन्दोलनमा सक्रिय सहभागी भएको र सदस्यता प्राप्त गर्नु पूर्व पार्टीको वैचारिक र सब्गठनात्मक
विषयमा निश्चित ज्ञान हासिल गर्न एक तहको पार्टी प्रशिक्षण हासिल गरेको कुरा सुनिश्चित गर्नु पर्छ ।
टाठाबाठा र हाटहुट गर्नेहरूले सजिलै सदस्यता पाउने, तर आधारभूत तहमा रहेर निरन्तर खटिरहेका
व्यक्तिहरूले सदस्यता पाउनमा कठिनाइ व्यहोर्नु पर्ने स्थितिको अन्त्य गर्नुपर्दछ ।
पार्टी संरचना शृब्खलावद्ध कमिटी प्रणालीमा आवद्ध संरचना बन्नु पर्दछ । मुलुकमा सब्घीयता
कार्यान्वयन भइसकेको परिप्रेक्ष्यमा हाम्रो कमिटी प्रणाली पनि मुलुकको सब्घीय र प्रशासनिक संरचना
अनुरुपकै हुनुपर्दछ । यसरी हेर्दा हाम्रो सब्गठनात्मक संरचना केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधिसभा तथा
प्रदेशसभा निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तथा प्रारम्भिक गरी ८ तहको हुनु वाञ्छनीय हुन्छ । यसमध्ये
केन्द्र, प्रदेश, जिल्ला, स्थानीय, वडा तथा प्रारम्भिक तहलाई कार्यकारी र दुबै निर्वाचन क्षेत्र तहका कमिटीलाई
समन्वयात्मक÷मनोनयनद्वारा गठित हुने ढाँचामा लैजानु उपयुक्त हुन्छ । संविधानले जिल्ला तहलाई
समन्वयकारी तह घोषणा गरेको भएपनि पार्टी संरचनाका हिसाबले भने जिल्लालाई केही अवधिसम्म
द्दढ
कार्यकारी रुपमै कायम राख्नु उपयुक्त हुन्छ ।
संसारभरका प्रायः सबै कम्युनिष्टहरूले मूलतः लेनिनवादी सब्गठनात्मक सिद्धान्तलाई अवलम्बन गर्दै
आएका छन् । पार्टीमा सब्गठित हुन तथा लेभी तिर्न तयार व्यक्तिमात्रै (अर्थात् सामान्य समर्थक होइन,
समर्पित व्यक्तिमात्रै ) पार्टीको संगठित सदस्य हुनसक्ने, पार्टी जनवादी केन्द्रीयताको आधारमा सञ्चालित हुने
तथा व्यक्ति सब्गठनको, मातहत कमिटी माथिल्लो कमिटीको र अल्पमत बहुमतको अधीनस्थ रहनु पर्ने
जस्ता मान्यताहरू आम रुपमा आज पनि सान्दर्भिक छन् । तर यी मान्यताहरूलाई पनि सिर्जनात्मक ढङ्गले र
आफ्नो विशिष्ट स्थिति अनुरुप लागू गर्नु आवश्यक छ । तर जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तलाई
संगठनात्मक केन्द्रीयताको उपरोक्त नियमहरूमा मात्र संकुचित र सिमित गर्नु हुँदैन । सर्वहारा जनवादको
अभ्यास सुनिश्चित गर्दै त्यसको आधारमा निर्मित बैचारिक केन्द्रियताले नै संगठनात्मक केन्द्रियतालाई मूल
आधार प्रदान गर्दछ । त्यसैले जनवादी केन्द्रियतालाई जनवाद र केन्द्रियताको द्वन्दात्मक एकताको अर्थमा
ग्रहण गर्नु पर्दछ । नेता, कार्यकर्ता र आमपार्टी सदस्यहरूको बैचारिक साँस्कृतिक स्तरले जनवादी
केन्द्रियताको अभ्यासलाई प्रभावित गर्दछ ।
लामो समयसम्म प्रतिक्रियावादी सत्ता मातहत काम गर्नुपरेको, शान्तिपूर्ण ढङ्गले गतिविधि गर्न सभव ं
नरहेको एवं भूमिगत र अवैध ढङ्गले काम गर्नुपरेको कारण कम्युनिष्ट पार्टीको निर्माणका आम अनुभवहरूमा
आफ्नै सीमा र कमजोरी रहेका छन् । तत्कालीन परिस्थितिको आवश्यकताले जनवादलाई गौण र
केन्द्रीयतालाई प्राधान्यता दिइएको अवस्था छ । आम जनताको बीचमा घुलमील भएर उनीहरूको स्वेच्छिक
समर्थन हासिल गर्नुपर्ने कुरालाई गौण बनाइदिएको परिस्थिति छ । त्यसैले फौजी ढाँचाको सब्गठन, अत्यधिक
कन्दे ्रीकरण र भूमिगत कार्यशैली जस्ता कम्युनिष्ट पार्टी निर्माणका कतिपय अन्तर्राष्ट्रिय र आफ्नै अनुभवहरू
हाम्रा लागि आज सान्दर्भिक छैनन् । हामीले आफ्नै विशिष्ट स्वरुपको पार्टी निर्माणको ढाँचा विकास
गर्नुपर्छ ।
शान्तिपूर्ण र बहुदलीय प्रतिष्पर्धाका माध्यमबाट श्रेष्ठता हासिल गर्नु हाम्रो कार्यदिशाको महत्वपूर्ण अब्ग
भएकाले यो विषय हाम्रो पार्टी निर्माणलाई दिशानिर्देश गर्ने महत्वपूर्ण पक्ष हो । त्यसैले पार्टी आवधिक
निर्वाचनमार्फत् जनताबाट अनुमोदित हुनुपर्छ भने पार्टीको कार्यशैली, नेतृत्व निर्माण र संरचनाहरू त्यसैसँग
अनुकूल हुने गरी रुपान्तरित गर्नुपर्छ । पार्टी र जनसंगठनका संरचनाहरू अति नै ठूला र भद्दा तथा बैठक नै
हुन नसक्न र कामकाजी नह े ुने स्थितिको अन्त्य गर्नुपर्छ । पार्टीको गोपनीयता र मर्यादाको रक्षा हुने वातावरण
कायम राख्नुपर्छ । यस्तो अवस्थामा पार्टीका नेता कार्यकर्ताहरूको जीवनशैली, कार्यसम्पादन र आचरण पनि
आम जनताको चासो र सरोकारको विषय बन्न पुग्छ । त्यसैले नेता कार्यकर्ताहरूको शैली र आचरणमा
स्वच्छताको प्रत्याभूति हुनुपर्छ । निरपेक्ष समानता संभव छैन, तर नेता र कार्यकर्ताहरूको जीवनशैली
जनताबाट अलगावमा पर्ने खालको, सार्वजनिक टिप्पणी हुने खालको हुनुहुँदैन । स्वच्छ, विवादरहीत र
मर्यादित हुनुपछ । पार्र्टी कार्यकर्ताहरूले पार्टी विधान मात्रै होइन, मुलुकको संविधान र प्रचलित कानुनको
पनि पालना गर्नु पर्छ ।
विगतमा हाम्रो पार्टी निर्माण राजतन्त्र विरोधी आन्दोलनको आवश्यकता अनुरुप भयो । तर २०६२÷६३
सालको परिवर्तन, सब्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधानको घोषणासँगै हामी नयाँ युगमा
प्रवेश गरेका छौं । पूँजीवादी जनवादी क्रान्तिको कार्यभार सम्पन्न भएकोले हामी समृद्धि हासिल गर्ने
अभियानको नेतृत्व गरिरहेका छौं । फेरिएको सन्दर्भले पार्टी निर्माणका कतिपय पक्षमा परिवर्तनको माग
गरिरहेको छ । अब हामीले आन्दोलनमा प्रशिक्षित हाम्रो पार्टी पंक्तिलाई उत्पादन, निर्माण र विकासको
अनुकूल हुने गरी रुपान्तरित गर्नुपर्छ, कार्यकर्तालाई नयाँ कार्यभारका बारेमा प्रशिक्षित गर्नुपर्दछ र नयाँ
जिम्मेवारी सम्हाल्न सक्ने विषय विज्ञ र विशेषज्ञहरूलाई पनि ठूलो सब्ख्यामा पार्टीमा सब्गठित गर्नुपर्दछ ।
घण्
उनीहरूलाई विषयगत ज्ञानका साथसाथै पार्टी दृष्टिकोणले दीक्षित गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।
पार्टीमा वैचारिक काम कमजोर बन्दै गरेको, पार्टी पंक्तिको चेतना स्तर खस्किँदै गरेको र नयाँ
परिस्थितिका नयाँ चुनौतीको सामना गर्न पार्टी पंक्ति पर्याप्त मात्रामा सक्षम बन्न नसकेको आम अनुभूति
छ । त्यसैले पार्टीमा नियमित, व्यवस्थित र अनिवार्य प्रशिक्षणको व्यवस्था गर्नुपर्छ । त्यस्ता स्कुलहरूमा
माक्र्सवादको सैद्धान्तिक प्रशिक्षणका साथसाथै आजका ज्वलन्त विषयहरूमा सहभागीहरूलाई दीक्षित गर्ने
व्यवस्था गर्नु पर्दछ । परम्परागत प्रशिक्षण शैली प्रभावकारी बन्न नसकेको यथार्थलाई हेक्का राख्दै प्रशिक्षणका
आधुनिक, प्रविधिमैत्री र छरिता विधि अवलम्बन गर्नुपर्दछ ।
खुल्ला समाज र वैधानिक रुपमा क्रियाशील, अझ सत्ता सञ्चालनको नेतृत्व गरिरहेको पार्टी हुनुको
नाताले हामीले संचार माध्यम, नागरिक समाज, समाजका विभिन्न तप्का, अन्तर्राष्ट्रिय समुदाय र समाजका
सबै पक्षसँग भेटघाट, सम्पर्क र सम्वाद गर्नु अनिवार्य जस्तै बन्न जान्छ । यस्ता संस्थाहरूसँगको सम्पर्कको
विधि, मर्यादा रेखा, जानकारी र उपयुक्त सम्बन्ध बारे पनि हामी सजग हुनु पर्छ ।
विभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश गर्ने क्रम निरन्तर जारी छ र आगामी दिनमा यो क्रम झनै
बढ्ने छ । पार्टी विस्तारका लागि यो सकारात्मक र आवश्यक विषय भए पनि नवप्रवेशीहरूलाई उचित
जिम्मेवारी, प्रशिक्षण र व्यवस्थापन गर्न नसक्दा पार्टी प्रवेश पर्याप्त लाभकारी हुन नसकेको अनुभव छ ।
त्यसैले पार्टी प्रवेशलाई व्यवस्थित गर्ने, नवप्रवेशीहरूलाई उचित प्रशिक्षणको व्यवस्था गर्ने र उचित
जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्छ ।
पार्टीले विभिन्न जनसब्गठनहरू निर्माण र सञ्चालन गरेको छ । विभिन्न समुदायमा पार्टीलाई स्थापित
गर्न, पार्टी कार्यकर्ता तयार गर्ने नर्सरीका रुपमा विकास गर्न र विभिन्न समुदायका मागलाई पार्टीको आम
आन्दोलनसँग आवद्ध गर्न जनसबगठनहरूका ् े भूमिका विशेष हुन्छ । विगतमा, विशेष गरेर पार्टी भूमिगत
अवस्थामा रहेको बेला यी सब्गठनहरूले पार्टीको प्रभाव विस्तार, आन्दोलनको उठान र पार्टी निर्माणमा
उल्लेखनीय भूमिका खेलेका छन् । परिवर्तित सन्दर्भ, पार्टीले वैधानिक रुपमै आन्दोलनको अगुवाइ गरिरहेको र
सत्ताको नेतृत्व समेत गरिरहेको पृष्ठभूमिमा अब जनसब्गठनहरूको भूमिकालाई पुनर्परिभाषित गर्नु जरुरी
छ । अब उनीहरू राजनीतिक भूमिकामा भन्दा आफ्नो समुदायको सरोकारका विषयमा बढी केन्द्रित हुनुपर्छ
र समुदायको सही प्रतिनिधि बन्ने हिसाबले अगाडि बढ्नुपर्छ । जनवर्गीय सब्गठनहरू पार्टीको जनवर्गीय
मोर्चाका अब्ग हुनाले उनीहरूलाई वैचारिक मार्गदर्शन र सब्गठनात्मक स्वायत्तताको मान्यताका आधारमा
सञ्चालन गर्नपर्छु ।
सत्तामा रहेको पार्टीभित्र भ्रष्टाचार, विचलन, नोकरशाही शैली, व्यक्तिवाद, पदीय अहंकार, नैतिक र
चारित्रिक स्खलन र जनताबाट अलगावको प्रवृत्ति देखापर्ने खतरा अन्य बेलामा भन्दा प्रबल हुन्छ । यस्ता
प्रवृत्तिहरूलाई सच्याउन व्यापक रुपमा अभियान सञ्चालन गर्नुपर्दछ । त्यसैले पार्टी नेता कार्यकर्ताहरूको
जीवनशैलीको निरन्तर अनुगमन गर्ने, सार्वजनिक रुपमा उठेका प्रश्नहरूको सार्वजनिक जवाफदेहिता कायम
गर्ने र पार्टी नेता÷कार्यकर्ताहरूलाई पार्टी विधान र राज्यको कानुन दुबैतिर उत्तरदायी बनाउनु पर्छ ।
पार्टीको रुपान्तरणका लागि बैचारिक–साँस्कृतिक अभियानलाई पार्टी निर्माणको अभिन्न अंग बनाउनु पर्दछ ।
वर्तमान युग प्रचारको युग भएकोले पार्टीले देश र जनताको सेवा वा हितमा गरेका क्रियाकलापहरूको
बारेमा जनतालाई निरन्तर सुसचित गराउनु पर्छ । विरोधीहरूल फ े ैलाउने वा फैलाएका आरोप, भ्रम र
कुप्रचारहरूको निरन्तर खण्डन गर्ने र उनीहरूका देश एवं जनता विरोधी काम कुराहरूको खण्डन र
आलोचना गर्नुपर्छ । यसका लागि पार्टीको प्रचार संयन्त्रलाई सुदृढ र प्रभावकारी तुल्याउनु पर्छ ।
घज्ञ
१०. आर्थिक र सामाजिक रुपान्तरणको पार्टी कार्यक्रम
हम्रो पार्टीको दीर्घकालीन रणनीतिक लक्ष एवं कार्यक्रम समाजवाद भएपनि अहिले नै समाजवादी
कार्यक्रम लागु गर्ने भौतिक आधार र परिस्थिति छैन भन्ने कुरा उल्लेख भई सकेको छ । राजनीतिक क्षेत्रमा
प्राप्त उपलब्धि तथा सफलतालाई आर्थिक तथा सामाजिक क्षेत्रमा विस्तार गर्न आवश्यक छ । तसर्थ,
यतिबेलाको पार्टीको कार्यक्रम समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक पूँजीवाद हो । यो आर्थिक क्रान्तिको
कार्यक्रमले समृद्धि हासिल हुनेछ र समाजवादको आधार निर्माण गर्नेछ । राजनीतिक, आर्थिक र सामाजिक
रुपान्तरणको बाटोबाट अघि बढदै नेपाली विशेषतामा आधारित एक्काइसौं शताब्दी अनुरुपको समाजवाद
निर्माणका आधारहरू तयार गर्नुपर्छ ।
आधारभूत नीति
१. मुलुकको सामाजिक–आर्थिक रुपान्तरणको लागि पहिलो शर्त राष्ट्रको स्वतन्त्रता, स्वाधीनता,
सार्वभौमिकता, भौगोलिक अखण्डता एवं राष्ट्रिय हितको रक्षा तथा सदृढीकरण हा भन्न े े कुरालाई सर्वोपरी
राखिनेछ । वाह्य हस्तक्षेप र प्रभावबाट मुक्त गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्ने नीति
ढृढतापर्वक अवलम्बन गरिनेछ । यस्तो राष्ट्रिय हितलाई के्रन्द्रविन्दुमा राख्ने नीतिद्वारा छिमेकी
मित्रराष्ट्रहरू र विश्वमा भईरहेको तीब्र विकासबाट समेत लाभ लिदैं समृद्धिको यात्रालाई अघि
बढाइनेछ ।
२. सामन्ती शोषणका सबै अवशेषहरूलाई अन्त्य गरिनेछ र दलाल तथा नोकरशाही पुँजीवादी शोषणलाई
समाप्त पारिनेछ । उत्पादक शक्ति, उत्पादकत्व एवं उत्पादनमा तीव्र वृद्धि गर्ने, सामाजिक न्याय एवं
न्यायोचित वितरणसहितको आर्थिक समृद्धि हासिल गर्ने, गरिबी, बेरोजगारी, असमानता एवं
परनिर्भरताको अन्त्य गर्ने कार्यक्रम अवलम्बन गरिनेछ । यसो गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गरिने
छ र समग्रमा समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक अर्थतन्त्र निर्माण हुने छ । यो नै आर्थिक क्रान्ति,
सामाजिक आर्थिक रुपान्तरण र समृद्धिको आधारभूत नीति हुनेछ ।
ड्ड आर्थिक विकासका प्रक्रियालाई तीब्रताका साथ अघि बढाउन राज्यको तर्फबाट नेतृत्वदायी भूमिका
खेलिनेछ ।
ड्ड लगानीमैत्री वातावरण अनुकूल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गर्दै निजी
क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अगंको रूपमा सहभागी र प्रोत्साहित गरिनेछ । सार्वजनिक–
निजी साझेदारीलाई महत्वकासाथ अगाडि बढाइनेछ । सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण आधारको
रूपमा विकास गरिनेछ ।
ड्ड राष्ट्रिय औद्योगिकीकरण र गुणात्मक आर्थिक वृद्धिका निम्ति आन्तरिक पूँजी पर्याप्त छैन । त्यसैले
ठूला पूर्वाधार निर्माण र राष्ट्रिय प्राथमिकताका आयोजनाहरूमा विदेशी लगानी भित्र्याउनु आवश्यक
छ । स्पष्ट छ, बाह्य लगानीमा मात्र भर पर्नाले वा अनियन्त्रित रूपमा वाह्य लगानी भित्र्याउनाले
देश विदेशी ऋण र परनिर्भरताको सबकटमा पन र्् सक्छ । तसर्थ, आन्तरिक र बाह्य लगानीमा
सन्तुलनको नीति लिइने छ र बाह्य लगानीलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र तथा योजनामा
विधिसम्मत ढंगले आमन्त्रण गरिनेछ ।
ड्ड विकराल बन्दै गइरहेको व्यापार घाटा हाम्रा लागि ठूलो चुनौती बनेको छ । यसलाई अन्त्य गर्न
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्योगहरूको विकासमा विशेष ध्यान दिइने छ ।
उत्पादकत्व र उत्पादन वृद्धि, रोजगारी सिर्जना, आर्थिक परनिर्भरता र व्यापार घाटा समाप्त पार्ने
नीति लिईनेछ ।
घद्द
ड्ड जलश्रोत तथा उर्जाक्षेत्र, कृषि, भौतिक पर्वाधार, पर्यटन, औद्योगिकरण र मानव संसाधनको
विकासलाई योजनाबद्ध र एकीकृत ढंगले अघि बढाउँदै आर्थिक विकासलाई तीब्र पारिनेछ ।
ड्ड नवउदारवादको अन्ध पक्षपोषणले पैदा गरेको अनुत्पादक, उपभोगवादी र पराश्रित पँुजीवादलाई
अन्त्य गरी राष्ट्रिय उत्पादनशील पँुजी परिचालन गर्दै श्रम र रोजगारी केन्द्रित औद्योगिकरण
प्रक्रियालाई तीब्र पारिनेछ ।
ड्ड आर्थिक वृद्धि, सामाजिक न्याय, रोजगारी, पर्यावरणमैत्री, समाजवादउन्मख र दिगो विकास हाम्रो
विकासको मूल स्वरुप र विशेषता हुनेछ ।
३. संविधानमा मौलिक अधिकारका रूपमा प्रत्याभूत गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता र
आवासलाई आवश्यक कानुन र योजना बनाई प्रभावकारी रूपमा लागू गरिनेछ ।
कार्यक्रम
समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समृद्धि हासिल गरी नेपाली जनताको जीवनस्तर
माथि उठाउनको लागि उपर्युक्त मूल नीतिका आधारमा निम्नलिखित कार्यक्रमका साथ अघि बढ्नु आवश्यक
छः
१. राष्ट्रिय विकासका लागि सबै प्राकृतिक स्रोतहरूको सही उपयोग
देश र जनताका आवश्यकता पूरा गर्न तथा राष्ट्रिय समृद्धि हासिल गर्न जलस्रोतलगायत सबै प्राकृतिक
स्रोतको उपयोग राष्ट्रिय हित, मुलुकको समृद्धि र स्रोतमाथिको अधिकार कायम राख्दै गरिनुपर्छ । जलस्रोतको
व्यापक रूपमा विकास गरी सस्तो र पर्याप्त विजुली उपलब्ध नभएसम्म औद्योगिकीरकण अघि बढ्न
सक्दैन । राष्ट्रिय हित र आवश्यकताअनुरुप प्राकृतिक स्रोतको उपयोगमा रहेका सबै प्रकारका तगारा हटाउनु
पर्छ । देशको समृद्धिको लागि प्राकृतिक स्रोतहरूको उपयोगलाई प्राथमिकता दिनुपर्छ । यस सन्दर्भमा भएका
राष्ट्रिय विकासमा अवरोध सिर्जना गर्ने वा बाह्य जगत्को स्वार्थ साधना गर्ने किसिमका गलत कार्यलाई
सच्याउनु पर्छ ।
नेपालमा उपलब्ध जडिबुटीको औषधी उत्पादनमा उपयोग गर्नुपर्छ । औषधीजन्य कच्चा पदार्थलाई
औषधीको राष्ट्रिय आवश्यकता पूरा गर्न उपयोग गर्नुका साथै प्रशोधन गरी निकासी गर्नुपर्छ । नेपाली
जडिबुटीको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ ।
२. कृषिको आधुनिकिकरण, यान्त्रिकीकरण र व्यवसायीकरण
भूमिसुधारसहित कृषि क्षेत्रमा व्यापक सुधार गरी त्यसको आधुनिकिकरण, यान्त्रिकीकरण र
व्यवसायिकरण गर्नुपर्छ । निर्वाहमुखी कृषि प्रणालीलाई परिवर्तन गरी व्यवसायिक बनाउने, कृषिमा आश्रित
श्रमशक्तिलाई औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्ने र उत्पादकत्व वृद्धि गर्दै कृषिमा आत्मनिर्भर बन्ने दिशामा
अगाडि बढ्नु पर्दछ । मल, बिउ, प्रविधिलगायत क्षेत्रमा बहुराष्ट्रिय निगमहरूको एकाधिकारबाट किसान र
कृषि अर्थतन्त्रको संरक्षण गर्नुपर्छ । उपजको ढुवानी र यातायातका लागि ग्रामीण क्षेत्रका सडकलाई कृषि
सडकमा रुपान्तरण गर्नुपर्छ । सिंचाई, बिउ विजन, प्राङ्गारिक मललगायतको उपलब्धता सहज बनाइनु पर्छ ।
कृषि उत्पादन वृद्धिका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
३. औद्योगिकरण र व्यापार विविधिकरण
नेपालमा उपलब्ध कच्चा पदार्थको उपयोगमा आधारित उद्योग व्यवसायलाई प्रश्रय दिदै बढ्दो व्यापार
घाटा घटाउने र जनताका आवश्यकता स्वदेशी उत्पादनबाट पूर्ति गर्ने नीति अख्तियार गर्दै सोहीअनुरुप
घघ
उद्योगको विकास र विस्तार गर्ने नीति कार्यान्वयन गर्नुपर्दछ । तुलनात्मक लाभका क्षेत्रहरू निर्धारण गरी
छिमेकी देशलगायत विश्व बजारमा नेपाली वस्तुको निर्यात प्रवद्र्धनमा जोड दिइनुपर्छ । भूपरिवेष्ठित देशले
उपभोग गर्न पाउने पारवहन सुविधा भारत र चीन दुवै देशको भूमि र बन्दरगाहबाट निर्वाध उपभोग
गर्नुपर्छ । भारत हुँदै बंगलादेशको बन्दरगाह उपयोग गर्ने ठोस नीति बनाई अघि बढ्नु पर्छ । नेपालको
राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय हितमा योगदान पुग्ने गरी व्यापार विविधिकरण गर्नुपर्छ । घरेलु
उद्योग र साना उद्योगको व्यापक विकास र विस्तारका लागि कार्यक्रम लागू गर्नुपर्छ । प्रत्येक प्रदेशमा
आधुनिक औद्योगिक क्षेत्रको स्थापना गर्नुका साथै विद्यमान औद्योगिक क्षेत्रको आधुनिकीकरण गर्ने र यसको
माध्यमबाट रोजगारीको सिर्जना गर्ने कामलाई अगाडि बढाइनु पर्छ । उद्योग सञ्चालनसम्बन्धी पुराना कानुन
र नियमलाई औद्योगिकरणमा बल पुग्ने गरी र नयाँ उद्योग खोल्न एवं सञ्चालन गर्न प्रोत्साहन पुग्ने गरी
संशोधन गरिनेछ ।
४. भूउपयोग नीतिको निर्धारण र कार्यान्वयन
कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकरण तथा राष्ट्रिय औद्योगिकरण, व्यवस्थित
बसोबास र स्रोत परिचालन एवं व्यवस्थापनका लागि भूउपयोग नीति निर्धारण गरी त्यसको कार्यान्वयन
गर्नुपर्छ । भूमि व्यवस्थापनका लागि भूमिसुधार गर्दै जग्गाको चक्लाबन्दीबाट उत्पादकत्व वृद्धि गर्ने, कृषियोग्य
जमिन बाँझो रहने अवस्थालाई अन्त्य गर्न र खेती गर्नेको हातमा मात्र कृषियोग्य जमिन रहने अवस्था
उत्पन्न गर्न आवश्यक पहल गरिनेछ । भूमिको उत्पादनशीलता र त्यससँग सन्बन्धित वातावरणीय सन्तुलन
कायम गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
५. भौतिक पूर्वाधारको निर्माण र विकास
राष्ट्रिय अर्थतन्त्रको विकासका लागि पूर्वाधारको तीब्र विकास र विस्तार अपरिहार्य छ । कृषि, उद्योग,
पर्यटन र जलस्रोतको विकासका लागि यस्ता पूर्वाधार पूर्वशर्त नै हुन् । देशभित्र यातायात र सञ्चारको
सञ्जाल विस्तार गर्न, शिक्षाको गुणस्तर वृद्धि गर्न, स्वास्थ्य सेवा प्रभावकारी तुल्याउन, जलस्रोतलगायतका
प्राकृतिक स्रोतको उपयोग प्रभावकारी रूपमा गर्न राष्ट्रिय गौरवका सडक, जलविद्युत् र सिंचाई आयोजना,
विमानस्थल, विश्वविद्यालय, महाविद्यालय र विद्यालय, अस्पताल, औद्योगिक क्षेत्रको निर्माण कार्यलाई राष्ट्रिय
अभियानका रूपमा अगाडि बढाउनु पर्छ । सहर र विकसित हुँदै गरेका वस्तिमा पिउने पानी, ढल
निकासलगायतका आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ ।
सडक यातायात, नयाँ पुल निर्माण, हवाई सेवा, रेल मार्ग, केबुल कार, घोडेटो बाटोको द्रूत विकास
गर्नुका साथै जल यातायातको सम्भाव्यता अध्ययन गरी त्यसको उपयोग गरिनुपर्छ । देशभर रहेका सडक र
पुलहरूको मर्मत सम्भार र आधुनिकिकरण गर्नुपर्छ ।
६. पर्यटन विकासमा राष्ट्रिय सम्पदाहरूको उपयोग
देशका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको सदुपयोग गरी पर्यटन
उद्योगको विकास गर्दै राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा योगदान गर्नुपर्छ । यस्ता सम्पदाहरूको संरक्षण,
प्रवद्र्धन र प्रचार प्रसार गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटकीय महत्वबोध गराउँदै र देशभित्र समेत
आन्तरिक पर्यटनमा बृद्धि गर्नुपर्छ । पर्यटन उद्योगको विकास गर्दै रोजगारी सिर्जना गर्ने र यसलाई पूर्वाधार
विकाससंग समन्वयात्मक रूपमा अगाडि बढाउने काम गर्नुपर्छ ।
७. शिक्षा र संचारलाई राष्ट्रिय समृद्धिसंग आवद्ध गर्ने
घद्ध
शिक्षालाई राष्ट्र विकासको मुख्य उत्तोलकका रूपमा स्थापित गर्दै उच्च आर्थिक बृद्धिदर, विकास
निर्माणको अभियान तथा आर्थिक समृद्धि हासिल गर्नको लागि शिक्षा र संचार क्षेत्रको विकासलाई समृद्धिको
राष्ट्रिय उद्देश्यसंग आवद्ध गर्नुपर्छ । देशलाई आवश्यक मानव संशाधन उत्पादनको मूल थलो शिक्षा क्षेत्र नै
हो । दक्ष जनशक्ति तयार गर्न र प्रतिभाहरूको खोजिका लागि राज्यले ठोस योजना बनाउनु पर्दछ । यसै
अनुरुप शिक्षा र संचार क्षेत्रमा सुधार गर्नुपर्छ । यस क्षेत्रमा रहेका शोषण, विकृति र असमानतालाई हटाइनु
पर्छ ।
८. राष्ट्रिय विकासमा जनशक्तिको परिचालन तथा बाह्य लगानीको उपयोग
समग्र राष्ट्रिय विकास र प्राथमिकताका क्षेत्रहरूमा वैदेशिक लगानी आकर्षित गर्नुपर्छ । वाह्य पूँजीको
लगानी सँगसँगै उच्च प्रविधि देशमा भित्र्याउनु पर्छ । यस प्रयोजनका लागि आर्थिक कूटनीतिमा विशेष जोड
दिइनुपर्छ । प्रत्यक्ष विदेशी लगानीलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा प्रवाहित हुने वातावरण सिर्जना गर्न
आवश्यक कानुनी र प्रशासनिक सुधार गर्नुपर्छ । राष्ट्रिय विकासका लागि आवश्यक जनशक्तिको विश्लेषण र
प्रक्षेपण गरी विकास निर्माणको व्यापक अभियान र विशेष योजना सञ्चालन गर्न आवश्यक पर्ने दक्ष
जनशक्ति निर्माण गर्नु पर्छ । आर्थिक र सामाजिक विकास तथा रुपान्तरणका लागि कानुनी र प्रशासनिक
व्यवस्था, नीति निर्धारण, कार्यक्रम र कार्ययोजना निर्माण गर्नुका साथै यसको पक्षमा व्यापक जनसमर्थन
सिर्जना गर्ने र जनसहभागिता परिचालन गर्ने कामलाई प्राथमिकता साथ अघि बढाइनुपर्छ । राष्ट्रिय र
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई राष्ट्रिय समृद्धि तथा जनताको जीवनस्तर उकास्ने दिशामा उन्मुख
गराउनु पर्छ ।
उक्त सन्दर्भमा गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, श्रम, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासमा
आकर्षित र उपयोग गर्ने वातावरण सिर्जना गर्नुपर्छ । गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा गएका
नागरिकहरूको आम्दानीलाइ उत्पादक क्र्ष ेत्रमा लगाउने सम्बन्धमा ठोस योजना बनाउनु पर्छ । साथै वैदेशिक
रोजगारीमा रहेका शोषण, बेथिति एवं विकृतिलाई अन्त्य गरी शोषणमुक्त, सुरक्षित, व्यवस्थित, अत्यधिक
लाभयुक्त र सम्मानजनक तुल्याउने तथा देशलाई आवश्यक जनशक्तिसँग समेत तादात्म्य रहने गरी अगाडि
बढाउनु पर्छ ।
९. वित्तीय अनुशासन र मौद्रिक प्रणालीमा सुधार
परिवर्तित स्थितिमा देश र जनताको आवश्यकताअनुरुप सुशासन र वित्तीय अनुशासन कायम गर्दै
मौद्रिक प्रणालीमा सुधार गर्ने काम गरिनुपर्छ । एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली लागू गरी
त्यसलाई राष्ट्रिय विकास योजनासँग आवद्ध गर्नुपर्छ । भ्रष्टाचार र अनियमित कार्य गर्नेलाई कडा कानुनी
कारबाही गर्दै राज्यका सबै क्षेत्रमा जनसेवाको भावनामा अभिवृद्धि गर्नुपर्छ । बैंक र वित्तीय प्रणालीका
गतिविधि देशको आर्थिक अवस्था बलियो तुल्याउन, औद्योगिकरण, उत्पादन तथा भौतिक पूर्वाधारमा योगदान
पु¥याउन उन्मुख गराउनु पर्छ । आर्थिक पारदर्शिता र अनुगमन तथा मूल्याकंन प्रणाली कायम गर्ने,
प्रगतिशील कर प्रणाली लागू गर्ने र अनुत्पादक खर्चमा नियन्त्रण गर्ने कामलाई अगाडि बढाउनुपर्छ ।
कालाबजारी, तस्करी, एकाधिकार, कृत्रिम अभाव सिर्जना, प्रतिस्पर्धा हुन नदिने जस्ता क्रियाकलाप नियन्त्रण
गर्दै व्यापारिक स्वच्छता र अनुशासन कायम गर्नुपर्छ । विकास निर्माण कार्यमा हुने ढिलासुस्ति, अनियमितता
र विसंगतिको अन्त्य गर्नुपर्छ ।
१०. अध्ययन, अनुसन्धानमा लगानी वृद्धि
वैज्ञानिक अध्ययन, अनुसन्धान, विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासलाई राष्ट्रिय
अर्थतन्त्रको विकाससँग आवद्ध गर्दै त्यसमा लगानी बढाउनु पर्छ । विशेषतः कृषि, खनिज, जल र
घछ
वनसम्पदाको उपयोग, शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातको विकासका लागि अध्ययन–अनुसन्धानलाई
राष्ट्रिय आवश्यकता अनुसारको आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्नका लागि अगाडि बढाउनुपर्छ ।
विभिन्न अनुसन्धान संस्थालाई सुदृढ र क्रियाशील बनाउन यस क्षेत्रमा राज्यले पर्याप्त लगानी बढाउनुपर्छ र
विकसित देशहरूसँग यस विषयमा साझेदारी बढाउनुपर्छ । साथै देशको आवश्यकताअनुरुप अनुसन्धान केन्द्र
र अनुसन्धान जनशक्तिको विकास गरिनुपर्छ ।
११. सन्तुलित विकास, सामाजिक न्याय र न्यायोचित वितरण
विकासका दृष्टिले पछाडि पारिएका क्षेत्र तथा विपन्न नागरिकलाई प्राथमिकता दिदै विकास निर्माणको
प्रक्रियामा स्थानीय जनसहभागिता वृद्धि गर्नुपर्छ । देशमा उपलब्ध साधन र स्रोतको संरक्षण तथा राष्ट्रिय
विकासका लागि अधिकतम उपयोग गर्दै प्राप्त प्रतिफलको न्यायोचित वितरण गरिनुपर्छ । आर्थिक
विकासलाई सामाजिक न्याय र समावेशिकरणको सिद्धान्तसँग आवद्ध गरिनुपर्छ । सामाजिक सुरक्षा कार्यक्रम
लागू गर्दा आर्थिक रुपले विपन्नलाई प्राथमिकता दिइनु पर्छ ।
असहाय, जोखिममा परेका, पछाडि पारिएका, बालबालिका, अपाब्गता भएका, मुक्त कमैया, कम्लरी,
हरूवा, चरुवा, हलिया, भूमिहीन, सुकुम्वासीका लागि आवास, रोजगारी वा जीविकोपार्जनको व्यवस्था
गर्नुपर्छ । राष्ट्रिय आर्थिक विकास अभियानमा युवा सहभागितामा अभिवृद्धि गर्नका लागि युवाहरूलाई
सशक्तिकरण गर्दै प्राविधिक रुपले दक्ष बनाउने कार्यक्रम लागू गर्नुपर्छ । महिला, दलित, विपन्न, थारु,
आदिवासी जनजाति र मधेशी समुदायलाई आर्थिक र सामाजिक रूपमा आवश्यक संरक्षण गर्दै उत्थान र
विकासका लागि अवसर प्रदान गर्नुपर्छ । विपन्न, पछाडि पारिएका वर्ग र समुदायको सशक्तिकरण गर्दै
संविधानप्रदत्त अधिकारको उपभोग गर्न सक्षम तुल्याइनु पर्छ । स्थानीय समुदायको परम्परागत ज्ञान, सीप,
संस्कृति, अनुभवको संरक्षण र उपयोग गर्नुपर्छ । सबै उत्पीडित वर्ग र समुदायको हक–हितको संरक्षण र
सम्बद्र्धनमा पार्टी क्रियाशील रहनु पर्दछ ।
आगामी कार्यभार
जनताको लोकप्रिय मतबाट प्रतिनिधिसभा र ६ वटा प्रदेशमा बहुमत प्राप्त सरकार गठन गर्न सफल
नेकपा (एमाले) र नेकपा (माओवादी) को पार्टी एकीकरणको निर्णयले नेपालको हित तथा समृद्धि चाहने
नेपालीहरू अत्यन्त खुशी र उत्साही बनेका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सदस्य र
शुभेच्छुकहरूले पार्टी एकीकरणलाई राष्ट्र र जनताको सुखद् भविष्यको आरम्भको रूपमा लिइरहेका छन् ।
यसका साथै उनीहरूले पार्टी र सरकारबाट धेरै अपेक्षा पनि गरेका छन् । अन्तर्राष्ट्रिय जगतले उत्सुकता र
गम्भीरताका साथ हेरिरहेको छ । यी सबै कुरालाई मनन गर्दै निम्नलिखित आगामी कार्यभारलाई देश र
जनताप्रतिको इमान्दारी, निष्ठा, सक्रियता र दृढताका साथ पूरा गर्नुपर्छ ः
१. संविधानको प्रभावकारी कार्यान्वयन तथा लोकतन्त्रको सुदृढीकरण
विश्वमा नै विरलै हुने दुई पटकको संविधानसभा निर्वाचन र जन–निर्वाचित संविधानसभाबाट निर्मित
नेपालको संविधानले सबै वर्ग, तह, समुदाय, लिङ्ग र क्षेत्रका जनताका अधिकार सुनिश्चित गरेको छ ।
नेपालको शासन व्यवस्थालाई समाजवादउन्मुख दिशामा संचालन गर्दै समृद्ध, स्वाधीन र स्वाभिमानी देशको
रूपमा अघि बढाउने स्पष्ट दिशा निर्धारण गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, कानूनको शासन,
सामाजिक न्याय, समानता, समानुपातिक सहभागिता, मानव अधिकार, आवधिक निर्वाचन, शान्तिपूर्ण
प्रतिस्पर्धात्मक राजनीति तथा बहुमतको सरकार र अल्पमतको विपक्ष, स्वतन्त्र न्यायालय, शक्ति पृथकिकरण,
शान्ति, समृद्धि, संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलका सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति
लगायतका मान्यताहरू आत्मसात गरेको नेपालको संविधानले नेपालको उज्वल भविष्यको लागि मार्गनिर्देशन
घट
गरेको छ । यस संविधान अन्तर्गत तीन तहका निर्वाचन लगायतका महत्वपूर्ण अभ्यास भइसकेका छन् ।
स्थानीय तह, प्रदेश र केन्द्रमा सरकार गठन भइसकेका छन् । संविधानको निर्माण तथा घोषणामा हाम्रो
निर्णायक पहल, सक्रियता र नेतृत्व रहेको छ । आगामी दिनमा नेपालको संविधानमा उल्लेखित अन्य
प्रावधानलाई संविधानको मर्म र भावना अनुरुप प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जानुपर्छ ।
२. सबल एवं सुदृढ पार्टीको निर्माण र विकास
राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भमा ऐतिहासिक महत्व राख्ने दुई पार्टीबीचको एकीकरणलाई अन्तरिम
विधानअनुरुप केन्द्रदेखि स्थानीय तहसम्म र पार्टी कमिटीदेखि जनसंगठनसम्म निश्चित समयभित्र सम्पन्न
गरिसक्नुपर्छ । सबै तहका पार्टी कमिटी, जनसंगठन र पार्टी पंक्तिलाई देश र जनताको हितका लागि पार्टी
एकीकरणको महत्व र प्रभावबारे प्रशिक्षण, भेला र सभाको माध्यमद्वारा जानकारी गराउनु पर्छ । दुई
पार्टीबीच विगतमा रहेका मतभेद तथा फरक दृष्टिकोणका कारण कुनै किसिमको अन्तरविरोधको सिर्जना हुन
नदिन र संगठनात्मक एकीकरणको कामलाई सुव्यस्थित रूपमा अगाडि बढाउनका लागि सबै तहका नेता र
कार्यकर्तालाई परिचालित गर्नुपर्छ । अन्तरिम पार्टी विधानको दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ । देशका दुई
ठूला कम्युनिस्ट पार्टीहरूको स्वामित्वमा रहेका चल–अचल सम्पत्तिको लेखापरीक्षण गरिएका विवरण निश्चित े
समयभित्र प्राप्त गरी सबै सम्पत्ति एकीकृत पार्टीको मातहतमा ल्याउनुका साथै पार्टीको अग्रगतिका लागि
त्यसको समुचित उपयोग गर्न योजना निर्माण गरी कार्यान्वयन गरिनुपर्छ । पार्टी एकीकरणका सम्पूर्ण काम
व्यवस्थित रूपमा अगाडि बढाउने र पार्टीलाई सुदृढ गर्ने सन्दर्भमा निम्नलिखित कामलाई प्रमुख कार्यभारका
रूपमा लिनुपर्दछ ः
२.१. एकता महाधिवेशनको आयोजना
पार्टी एकीकरणको आरम्भिक कार्य सम्पन्न भइसकेपछि उपयुक्त समयमा एकीकृत पार्टीको राष्ट्रिय
महाधिवेशन सम्पन्न गर्नुपर्छ । महाधिवेशनको तयारी कार्यलाई अगाडि बढाउन पार्टी सदस्यताको व्यवस्थित
विवरण निश्चित अवधिमा तयार गर्ने, तयारीका लागि आवश्यक विभिन्न समिति गठन गरी महाधिवेशनको
ठोस काम अगाडि बढाउनु पर्छ । महाधिवेशनको तयारी आरम्भ भएपछि नयाँ सदस्यता दिने कार्य स्थगित
गर्नुपर्छ ।
महाधिवेशन सम्पन्न गर्नुका साथै नेपाली राजनीतिलाई स्थायित्व प्रदान गर्दै विकास र समृद्धिको
मार्गमा निरन्तर अगाडि बढ्नका लागि कम्युनिस्ट पार्टीको संगठनात्मक अवस्थालाई बलियो र लोकप्रिय
तुल्याउन प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्छ । जनसंगठनहरूको एकीकरण, सञ्चालन र परिचालनलाई
सुव्यवस्थित तुल्याउनुका साथै सबै तहका पार्टी कमिटी र जनसंगठनहरूलाई पनि सम्मेलन तथा अधिवेशन
निश्चित समयभित्रै गर्न लगाउनु पर्छ । अनुशासन र जिम्मेवारीप्रतिको निष्ठा तथा देश र समाजप्रतिको
कर्तब्यबोध गराउँदै देशलाई सबल तुल्याउनु हाम्रो कर्तव्य हो । यसअन्तर्गत कार्यकर्तालाई व्यापक प्रशिक्षण
दिने, जनताका बीच कम्युनिस्ट पार्टीले सरकारमा रहँदा गरेका काम र राज्य सञ्चालनमा वामपन्थीहरूको
नेतृत्व तथा भूमिकाबारे सचेतना अभियान सञ्चालन गर्ने विषय समेत पर्दछन् ।
२.२. पार्टी एकीकरणको औचित्य र महत्वबारे जानकारी
ऐतिहासिक महत्वको पार्टी एकीकरणको उद्देश्य र महत्ताबारे देशभित्र आम जनसमुदायलाई तथा
अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु पर्छ । नेपालको राजनीतिक इतिहासमा पार्टी एकीकरणले
राष्ट्रियता, लोकतन्त्र, आर्थिक समृद्धिमा पार्ने सकारात्मक प्रभाव तथा ल्याउन सक्ने उपलब्धिलाई जनता र
पार्टी पंक्तिबीच व्यापक प्रचार गर्नुपर्छ । पार्टी एकीकरणका सन्दर्भमा छरिएका भ्रमलाई चिर्नुपर्छ । यसका
घठ
लागि देशभित्र गोष्ठी, अन्तक्र्रिया कार्यक्रम र जनसभाहरू गर्नुपर्छ । प्रवासमा नेपालीहरूका बीच भेला र
प्रशिक्षण कार्यक्रम गर्नुपर्छ । यसका लागि प्रचारसामग्री तयार गरी वितरण गरिनुपर्छ ।
२.३ जनवादी केन्द्रीयताको अभ्यास र शुद्धीकरण अभियान
पार्टीमा देखापर्दै गएका वैचारिक एवं चारित्रिक स्खलन, भ्रष्टीकरण, व्यक्तिवादी, अनुशासनहीन एवं
अराजक प्रवृत्ति र नोकरशाही कार्यशैलीलाई सच्याउन तथा रुपान्तरण गर्न जनवादी केन्द्रियताको अभ्यासलाई
सदृढ पार्दै योजनाबद्ध रूपमा व्यापक शुद्धीकरण अभियान सञ्चालन गर्नुपर्छ । पार्टीमा आर्थिक अपारदर्शिता र
अनियमितता हुर्कन नदिन, पारदर्शी बनाउन र विधिसम्मत ढंगले सञ्चालन गर्न कडा कदम चाल्नुपर्दछ ।
३. राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धि
बहुमत प्राप्त वामपन्थीहरूको सरकार सञ्चालन गर्ने ऐतिहासिक अवसरको पूर्ण रूपमा सदुपयोग गर्दै
देशमा ।।।सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना साकार पार्न सुशासन, आर्थिक विकास, राजनीतिक
स्थायित्व, दिगो शान्ति, राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, स्वाभिमानको मार्गमा सम्पूर्ण कार्य दृढताका
साथ अघि बढाउनु पर्छ । भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था र जनताको दैनिक जीवनलाई सहज
तुल्याउनु पर्छ । देश र जनताको हित, आशा, आकांक्षा र आवश्यकताअनुरुप सरकार सञ्चालन गर्दै
वामपन्थीहरूको पक्षमा व्यापक र बलियो जनमत सिर्जना गर्नुपर्छ । यस सन्दर्भमा संघ, प्रदेश र स्थानीय तह
सरकारको कुशलता र प्रभावकारी रूपमा सञ्चालन गर्दै जनताको जीवनस्तर उठाउने र सुशासन प्रदान गर्ने
कार्यलाई महत्वका साथ अगाडि बढाउनु पर्छ । स्थानीय तह, प्रदेश र केन्द्रमा व्यवस्थापकीय र कार्यकारी
कार्यलाई व्यवस्थित तथा प्रभावकारी रूपमा अगाडि बढाउनका लागि आवश्यक कानुनको निर्माण, बजेट
व्यवस्थापन, प्रशासनिक प्रवन्ध र भौतिक सुविधाको यथोचित व्यवस्था गर्नुपर्छ ।
राष्ट्रिय विकास र समृद्धिको अभियानमा सहयोग पु¥याउन, गरिबी, पछौटेपन, बेरोजगारी, अभाव र
परनिर्भरताबाट देशलाई मुक्त पार्न संघ, प्रदेश र स्थानीय तहमा विकास तथा समृद्धिको दिशामा सञ्चालन
गर्ने कार्यक्रम र अभियानलाई पूर्ण रूपमा सहयोग गर्नुपर्छ । ।।।सरकार जनताका लागि जनता देशका लागि’
भन्ने भावनाका साथ राष्ट्रिय समृद्धिको मार्गमा अग्रसर हुनुपर्छ । नेपालको विकास र समृद्धिका लागि देशभित्र
जनशक्तिको उपयोग र परिचालन अत्यावश्यक छ । लाखौंको संख्यामा देशबाट पलायन भइरहेको
जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराई उपयोग र परिचालन गर्न आवश्यक कार्य गर्नुपर्छ ।
४. विपद् व्यवस्थापन तथा विपद्मा परेका जनतालाई सहयोग र पुनस्र्थापना
नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणबाट जोखिम क्षेत्रमा पर्दछ । यस्तो जोखिम न्यून गर्नका लागि
योजनाबद्ध कार्यक्रम लागू गर्नुपर्छ । भूकम्प, बाढी–पहिरो, डुबान लगायतका प्राकृतिक विपद्बाट पीडित
जनताका लागि आवश्यक राहत कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस प्रकारका विपद्को जोखिम न्यूनिकरणका
कार्यक्रम सञ्चालन गर्नुपर्छ र विपद्को सामना गर्न पूर्व तयारी गरिनुपर्छ । यसका लागि आवश्यक जनशक्ति
तयार गर्नुका साथै साधन र स्रोतको समुचित व्यवस्था गर्नुपर्छ । पीडित जनताको पुनस्र्थापनाका लागि
व्यवस्थित कार्यक्रम अगाडि बढाइनु पर्छ । जनसमुदायमा विपद्को अवस्थामा स्वयंसेवी भावनाका साथ काम
गर्ने चेतना र भावनाको विकास एवं विस्तार गरिनुपर्छ । पर्यावरणको रक्षा र जलवायु परिवर्तनका प्रतिकूल
प्रभावको न्यूनीकरण तथा त्यसको सामना गर्न सक्ने समुदायको क्षमतालाई बलियो बनाउनु पर्दछ ।
५. स्वतन्त्र परराष्ट्र नीति र राष्ट्रिय हितको प्रवद्र्धन
राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित
हुँदै राष्ट्रिय हितअनुकूल परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनु पर्दछ । असमान सन्धिसम्झौताको
घड
पुनरावलोकन गर्दै पारस्परिक लाभ, सम्मान, समानता र राष्ट्रिय हितअनुरुप नयाँ सन्धिसम्झौता गरिनुपर्छ ।
विश्वशान्ति र समानतामा योगदान पु¥याउने भूमिका स्थापित गर्नुपर्छ । स्थापित अन्तर्राष्ट्रिय कानुन र
कूटनीतिक मर्यादा अनुरुप अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील हुँदै यस्तै मर्यादा देशभित्र अन्य देशका नियोगहरू
तथा नेपाल भ्रमणमा आउने विदेशी नेता र प्रतिनिधिमण्डहरूसँगको भेटघाट र सम्बन्धका सन्दर्भमा स्थापित
गर्नुपर्छ । राज्यका विभिन्न निकायसँग सम्बद्ध व्यक्तिहरूले त्यस्तै मर्यादाअनुरुप व्यवहार गर्नुपर्ने व्यवस्था
सुनिश्चित गर्नुपर्दछ ।
६. राष्ट्रिय सुरक्षाको सुदृढीकरण
नेपालको भूराजनीतिक अवस्थिति अत्यन्त संवेदनशील रहेको छ । विश्व शक्तिको रूपमा विकसित दुई
विशाल छिमेकीको बीचमा रहेको नेपालले एकातर्फ ती देशहरूको विशाल बजारको उपयोग, विकास र
प्रगतिबाट लाभ लिनसक्ने अवसर रहेको छ भने अर्कोतर्फ नेपालको राष्ट्रिय हित, स्वतन्त्रता र स्वाभिमानका
लागि सचेतन सक्रियता कायम राख्नुपर्ने आवश्यकता छ । यस सन्दर्भमा सरकारमार्फत् राष्ट्रिय सुरक्षा
नीतिको प्रभावकारी कार्यान्वयन गर्दै नेपालको आन्तरिक सुरक्षा प्रणाली र अवस्थालाई सुदृढ बनाउनु पर्छ ।
रोजगारीको लागि विदेशी सुरक्षा निकायमा भर्ति हुने व्यवस्थालाई विस्थापन गर्नेतर्फ ध्यान दिइनु पर्छ ।
नेपालको समग्र सुरक्षामा कुप्रभाव पार्नसक्ने कुनै पनि विषय र कार्यलाई छुट दिइनु हुन्न । यसका लागि
आवश्यक कानुन निर्माण गर्नुपर्छ । राजनीतिक जीवनका सबै क्षेत्र, राज्य सञ्चालन र शैक्षिक क्षेत्रमा
दशभक्ति तथा समाजप े ्रतिको कर्तब्यबोध गराइनु पर्छ ।
७. शान्तिप्रक्रियाका बाँकी कामहरूको पूर्णता
शान्तिप्रक्रियाका मूलभूत काम सम्पन्न भइसकेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र
बेपत्ता व्यक्तिहरूको छानबिनसम्बन्धी आयोगको काम भने अझै पूरा हुन बाँकी छ । यी दुवै कामलाई
महत्वका साथ लिंदै पूरा गरिनुपर्छ ।
८. राष्ट्रिय एकता, देशभक्ति र समाजवादमा आधारित उन्नत सभ्यताको निर्माण
समाजमा विद्यमान अन्धविश्वास, विभेद र कुप्रथाको अन्त्य गर्दै सुसंस्कृत समाजको निर्माण गर्ने
दिशामा अघि बढ्नुपर्छ । श्रमप्रतिको सम्मान, जनताको सेवा र देशभक्तिको भावना बलियो बनाउनुपर्छ ।
यसका लागि राज्य र पार्टीका सबै संयन्त्रहरू आवश्यकताअनुसार परिचालन गरिनुपर्छ । सुसंस्कृत, सभ्य र
असल समाज निर्माणका लागि कानुनले बन्देज गरेका, जनजीवनका लागि हानिकारक र सभ्य विश्वले
अस्वीकार गर्ने किसिमका विभेद, कुरीति र विकृतिविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै तिनको अन्त्यका
लागि अभियान सञ्चालन गर्नुपर्छ ।
विविधतामा एकता र सामाजिक सद्भाव कायम गर्न विभिन्न जाति, समुदाय र क्षेत्रका जनताबीच
सहअस्तित्व, सहकार्य, सहजीवन र सद्भावको विकास र विस्तार गर्दै राष्ट्रिय एकतालाई बलियो
बनाउनुपर्छ । विभिन्न जाति, भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै साझा नेपाली संस्कृति र
मनोभावनाको विकास गरिनुपर्छ । यसरी राष्ट्र प्रेम, न्याय र समानताको चेतना जागृत गराउँदै चेतनशील,
सुसंस्कृत र सभ्य नागरिकको रूपमा नेपालीहरूको पहिचान स्थापित गर्नुपर्छ । यसका लागि
आवश्यकताअनुसार शिक्षण संस्थाका पाठ्यक्रममा समेत विषय समावेश गर्नुपर्छ ।
९. व्यवस्थित प्रचार संयन्त्रको उपयोग
पार्टीका सिद्धान्त, विचार, नीति, कार्यक्रम, कार्ययोजना र कार्यबारे जनता र पार्टी पंक्तिमा सही
जानकारी हुनु अत्यावश्यक छ । पार्टी र सरकारले अवलम्बन गरेका नीति, कार्यक्रम र कार्ययोजना तथा
घढ
गरेका कामका बारेमा जनतालाई सुसूचित गर्ने, विभिन्न अवस्था र स्थितिको बारेमा पार्टीको विश्लेषणलाई
दस्तावेजीकरण गर्दै कार्यकर्ता र जनतामा पु¥याउने तथा विपक्षीहरूले गर्ने कुप्रचार एवं भ्रमलाई चिर्ने
कामलाई प्रभावकारी तुल्याउन प्रचार कार्यलाई सुव्यवस्थित रूपमा संचालन गर्नुपर्छ । यसका लागि उचित
प्रचार संयन्त्रको निर्माण गर्नुका साथै आम प्रचारमाध्यमको सही उपयोग गर्नुपर्छ ।
१०. वैचारिक कार्यभार
सामन्तवादविरोधी पुँजीवादी जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न गरी नेपाली क्रान्ति नयाँ
ऐतिहासिक चरणमा प्रवेश गरेको छ । हामी त्यसले माग गरेको नयाँ, आम र विशिष्ट कार्यदिशासहित अघि
बढिरहेका छौं । साथै पुँजीवादी जनवादी क्रान्तिको नेतृत्वको कार्यभार पूरा गर्दै २००६ सालमा स्थापित
पार्टीले पनि एक चक्र पूरा गरेको छ र अहिले हामी एकीकरण र पुनः निर्माणको नयाँ अभियानमा
लागिरहेका छौं । यी दुवै कामलाई अझ स्पष्ट एवं व्यवस्थित रूपमा अघि बढाउन र समृद्धिको ठोस
कार्यक्रम सम्पन्न गर्न थप अध्ययन, अनुसन्धान, छलफल, बहस, विश्लेषण र संश्लेषण सहित विचारको
विकास गर्नु पार्टीको महत्वपूर्ण वैचारिक कार्यभार हुनेछ । सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरूमा अध्ययनको
संस्कृतिलाई पुनः स्थापित गर्नुपर्ने आवश्यकता छ ।
पार्टीलाई वैचारिक, संगठनात्मक र सांस्कृतिक रूपमा रुपान्तरण गर्दै आजको आवश्यकता अनुरुप
सुव्यवस्थित, गतिशील र अनुशासित क्रान्तिकारी पार्टी बनाउनु पर्दछ ।
कमरेडहरू !
नेपाल इतिहासकै महत्वपूर्ण परिवर्तनको मोडबाट गुज्रिरहेको यस घडीमा परिवर्तनलाई संस्थागत गर्ने
र पुँजीवादी जनवादी क्रान्तिका उपलव्धिको रक्षा एवं समाजवादका आधार निर्माण गर्ने जिम्मेवारी हाम्रो
काँधमा आएको छ । नेपाली जनताका आकांक्षा र आवश्यकता पूरा गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न हामी
एकीकृत पार्टी निर्माण गर्ने निष्कर्षमा आइपुगेका छौं । देशभक्ति, राष्ट्रिय एकता, स्वाभिमान र
आत्मविश्वासका साथ समृद्ध नेपालको निर्माण गर्ने बलियो र सशक्त शक्ति सिर्जनाको दिशामा हाम्रो पार्टी
एकताको निर्णयले महत्वपूर्ण योगदान पुग्नेछ । माथि उल्लेख गरिए झैं, यो इतिहासले हाम्रो काँधमा सुम्पेको
युगीन अभिभारा पूरा गर्ने निर्णायक कदम हो र आम नेपाली जनताको मुहारमा खुशियाली ल्याउने सुखद्
परिघटना हो । निश्चय नै, अग्रगमनका बाधकहरू यस घटनाबाट निकै क्षुब्ध हुनेछन् र नयाँ–नयाँ चुनौती
खडा गर्ने प्रयास पनि गर्नेछन् । तर माक्र्सवाद–लेनिनवादप्रतिको हाम्रो अविचलित आस्था, सामाजिक
रुपान्तरण र क्रान्तिप्रतिको हाम्रो अभेद्य सब्कल्प, देश र जनताप्रतिको हाम्रो सम्झौताहीन निष्ठा र देश,
विदेशका सबै न्यायप्रेमी जनताको साथ–समर्थन र विश्वासका आधारमा हामी सबै चुनौतीलाई पराजित
गरिछाड्ने छौं । एक्काइसौं शताव्दीको पहिलो र आफ्नै मौलिकतामा निर्मित समाजवादी मुलुकका रूपमा
नेपाललाई स्थापित गराउन पहल र नेतृव गर्नेछौं । माथि उल्लेखित हाम्रा नीति, मान्यता र दृष्टिकोण हाम्रा
लागि मार्गदर्शक हुन् । अध्ययन, बहस र अनुभवको विश्लेषण तथा संश्लेषणका आधारमा यिनलाई हामी थप
समृद्ध र विकसित गर्दै लैजानेछौं । पार्टी एकीकरणको यस महान् अभियानमा एकताबद्ध भएर अघि बढौं !
२०७५ जेठ ३ गते
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-74048928556467267152019-05-23T07:39:00.002-07:002019-05-23T07:39:52.878-07:00दर्शन, वर्गसङ्घर्ष र सामाजिक क्रान्तिको सम्बन्ध - प्रचण्ड
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भएको छ । नयाँ पार्टीको राजनीतिक कार्यदिशाका बारेमा बहस अझै शुरु भने भएको छैन । नेपाली क्रान्तिको कार्यदिशा के हुने ? नेपाली कम्युनिष्ट आन्दोलन अब कसरी अगाडि बढ्छ ? वर्ग, वर्ग संघर्ष र राज्यको चरित्रबारे नेकपाले कस्तो दृष्टिकोण बनाउने भन्ने विषय अब भने घनिभूत बहसको विषय बन्ने छ । यही सन्दर्भममा अध्यक्ष प्रचण्डको यो चर्चित लेख यहाँ साभार गरिएको छ ।
ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुदै आएको छ ।
आदिम साम्यवाद र त्यसभन्दा अगाडिको सिङ्गो सामाजिक जीवनमा दर्शनशास्त्रको प्रत्ययवादी (Idealistic) स्वरूप मुख्य रूपमा प्रचलित थियो जसले सामाजिक चेतनामाथि पुराना र काल्पनिक शक्तिको आधिपत्य स्थापित गर्ने जमर्कोद्वारा एउटा निश्चित पौराणिक विधि–विधान खडा गर्ने र मानव जातिलाई भयमुक्त तुल्याउने प्रयत्न गर्दथ्यो । यसलाई कार्ल मार्क्सले, ‘कल्पना मार्फत् प्रकृतिका शक्तिहरूमाथि नियन्त्रण गर्ने’ चेष्टा बताउँदै वास्तविक अर्थमा नै प्रकृतिमाथि नियन्त्रण स्थापित भएपछि त्यो स्वतः बिलाएर जाने तथ्य पनि स्पष्ट गर्नु भएको छ ।
जब मानव समाज आफ्नो विकासक्रममा आदिम साम्यवादको विघटन र दासयुगको प्रारम्भको ऐतिहासिक चरणबाट गुज्रँदै थियो तब दर्शनशास्त्रको विकासले पनि एउटा गुणात्मक फड्को हान्न पुग्यो । अब दर्शनशास्त्र काल्पनिक, पौराणिक र धार्मिक मतवादका प्रत्ययवादी (आदर्शवादी) प्रस्तावनाद्वारा प्रकृतिमाथि ‘नियन्त्रण गर्न’ मानिसलाई दिइने मिथ्या विश्वासका रूपमा नभएर जीवनको यथार्थ धरातलमा टेकेर विज्ञानका रूपमा अगाडि बढाउने महान् ऐतिहासिक प्रक्रियाको थालनी पनि त्यसै अवधिबाट भयो ।
विज्ञानका विभिन्न विशिष्ट शाखाहरू जस्तै विज्ञानका रूपमा दर्शनको इतिहास पनि त्यति नै प्राचीन रहिआएको छ । फरक के मात्र छ भने विज्ञानका विशिष्ट शाखाहरूले सम्बन्धित विशिष्टको विशिष्टताको अध्ययन–अनुसन्धान गर्दछन् भने दर्शन विज्ञानका समग्र उपलब्धिहरूको संश्लेषण गर्दै अगाडि बढ्दछ ।
विकासका क्रममा जब मानव समाज मानसिक र शारीरिक श्रम गर्ने दुई अलग–अलग कित्तामा विभाजित हुन पुग्दछ तब दर्शनशास्त्रमा पनि दुई भिन्न धाराको विकास हुन थाल्दछ । समाजको मानसिक श्रम गर्ने कित्ता क्रमशः मालिक र भौतिक श्रम गर्ने कित्ता दासका रूपमा स्थापित हुन पुग्दछ । यही ऐतिहासिक यथार्थसँगै मानव समाज विपरीत स्वार्थका विपरीत वर्गमा विभाजित हुन पुग्यो । यही यथार्थसँगै दर्शन पनि यथास्थिति र मालिकहरूको पक्षपोषण गर्ने प्रत्ययवादी धारा र परिवर्तन र श्रमजीवीहरूको पक्षपोषण गर्ने भौतिकवादी (materialistic) धारामा विभाजित र विकसित हुँदै गयो । यस सन्दर्भमा फ्रेडरिक एङ्गेल्सको निम्न भनाइ विशेष महत्वपूर्ण छ, “एक पुस्ताबाट अर्को पुस्ता हुँदै श्रम स्वयम् भिन्न अधिक पूर्ण, अधिक विविधतायुक्त बन्दै गयो । सिकारी र पशुपालनमा कृषि थपियो अनि धागो कताइ, बुनाइ, धातु कार्य, माटाका भाँडा बनाउने काम थपिए । व्यापार र उद्योग सँगसँगै कला र विज्ञान देखा परे । प्रजातिबाट जाति र राज्यहरूको विकास भयो । कानुन र राजनीतिको उत्पति भयो र त्यससँगै मानव मनमा मानवीय चीज सम्बन्धी काल्पनिक प्रतिबिम्ब, धर्म पैदा भयो ।
सर्वप्रथम मनको उपजका रूपमा देखा परेको र मानव समाजमाथि प्रभुत्व जमाएको देखिएका उक्त सारा सिर्जनाहरूका अगाडि शारीरिक श्रमका अत्यधिक सहज र सरल उत्पादनहरू पछिल्तिर धकेलिए । त्यस्तो स्थिति झन् बढ्यो । किनकि समाज विकासको प्रारम्भिक चरणमा नै श्रम प्रक्रियालाई योजनाबद्ध पारेको मनले आफ्नो हातबाट भन्दा अर्कैको हातबाट सो आयोजित श्रमिकलाई काम गराउन सक्ने भयो । सभ्यताको छिटो प्रगति हुनुको सारा श्रेय मनलाई, मस्तिष्कको विकास र क्रियाशीलतालाई दिइयो । मानिसहरू आफ्ना कार्यहरूको व्याख्या आफ्ना आवश्यकताहरू (जुन कुनै पनि सवालमा मनमा प्रतिबिम्बित हुन्छन्, चेतनामा आउँछन्) बाट नगरीकन आफ्ना विचारबाट गर्न अभ्यस्त भए र यसरी समयको क्रममा प्रत्ययवादी विश्व दृष्टिकोणको विकास भयो र सो दृष्टिकोणले खास गरी प्राचीन संसारको पतनदेखि मानिसको मनमा प्रभुत्त्व जमाएको छ, अझसम्म मानिसको मनमा त्यसको प्रभुत्व रहेको छ ।”
ऐतिहासिक विकासको विशिष्ट पृष्ठभूमिसहित दर्शनशास्त्रको प्रत्ययवादी धाराले प्रकृति, समाज र चिन्तनको विकासका नियमहरूको अध्ययन गर्दा आत्मा, चेतना, परम, विचार जस्ता अत्मगत पक्षलाई र भौतिकवादी धाराले पदार्थ भौतिक तत्त्व जस्ता वस्तुगत पक्षलाई प्राथमिकतामा रख्यो । अन्ततः पदार्थ वा चेतनामध्ये कुन प्रधान भन्ने प्रश्न दर्शनशास्त्रको आधारभूत प्रश्न बन्न गयो ।
पदार्थलाई प्रधान ठान्ने भौतिकवादीले प्रकृति, समाज र चिन्तनका नियमहरूलाई बोधगम्य (बुझ्न सकिने) मान्दछ भने प्रत्ययवादले तिनलाई बुझ्न नसकिने रहस्यका रूपमा व्याख्या गर्दछ । यस सन्दर्भमा लेनिनले आफ्नो प्रशिद्ध दार्शनिक रचना भौतिकवाद र अनुभवसिद्ध आलोचनामा भन्नुभएको छ, “भौतिकवादी र प्रत्ययवादी दर्शनका अनुयायीहरूका बिचको मूल भिन्नता कुन तथ्यमा रहेको छ भने भौतिकवादले सामान्यतः संवेदना, ज्ञान, विचार र मानिसको मनलाई वस्तुगत यथार्थको प्रतिबिम्ब ठान्दछ । संसार भनेको हाम्रो चेतनामा प्रतिबिम्बित उक्त वस्तुगत यथार्थको गति हो । विचार, ज्ञान आदिको गतिभन्दा बाहिर रहेको भौतिक तत्त्वको गति अनुरूप रहन्छ । भौतिक तत्त्वको अवधारणाले हाम्रो संवेदनामा परेको वस्तुगत यथार्थबाहेक अन्य कुनै कुरालाई व्यक्त गर्दैन ।”
प्रत्येक विशिष्ट विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने आफ्नै विधि, प्रणाली भए जस्तै दर्शनशास्त्रको पनि आफ्नै मौलिक विधि र प्रणाली रहिआएका छन् । दर्शनशास्त्रमा अध्ययन–अनुसन्धानको आफ्नो तरिका पनि दर्शनशास्त्रकै आधारभूत प्रश्नको उत्तरसँग अभिन्न रूपले जोडिएको हुन्छ ।
भौतिकवादले आफ्नो अनुसन्धानको विधिका रूपमा द्वन्द्ववादको प्रयोग गर्दछ भने प्रत्ययवादले अधिभूतवादको । यद्यापि भौतिकवादको विकासका क्रममा विधिका विभिन्न रूपहरू, जस्तै– प्राचीन कालको सरल भौतिकवाद, सोह्रौ शताब्दीदेखि उन्नाइसौँ शताब्दीसम्मको अधिभूतवादी भौतिकवाद र अन्त्यमा द्वन्द्वात्मक भौतिकवाद रहेका छन् ।
द्वन्द्ववादका अनुसार अस्तित्वमा रहेका प्रत्येक वस्तुहरू निरन्तर गति र परिवर्तनको प्रक्रियामा रहेका छन्, ती प्रत्येक वस्तुहरूको कुनै न कुनै रूपमा एक–अर्कासँग सम्बन्धित रहेका छन् । यस मतका अनुसार अस्तित्वमा रहेका प्रत्येक वस्तुहरूको विनाश अपरिहार्य छ । जन्मसँग मृत्यु जोडिए जस्तै अस्तित्वसँग विनाश जोडिएको हुन्छ । द्वन्द्ववादले प्रकृति, समाज र मानव चिन्तनको प्रक्रियामा परिवर्तनको मुख्य कारक तत्त्व बाहिर नभएर सम्बन्धित वस्तुभित्रै अन्तर्निहित विपरीत तत्त्वहरूको सङ्घर्षलाई नै द्वन्द्ववादले विकासको प्रमुख नियम मान्दछ । साथै मात्रात्मक र गुणात्मक परिवर्तन एवम् निषेधको निषेधलाई पनि यस नियमभित्र पार्न सकिन्छ भनेर अध्यक्ष माओले स्पष्ट गर्नुभएको छ ।
द्वन्द्ववादका विपरीत अधिभूतवादले गति, परिवर्तन र अन्तर्सम्बन्ध, अन्तर्सङ्घर्ष, अस्तित्व र विनाश कुनै कुरालाई स्वीकार गर्दैन । अपितु यसले सबै वस्तुलाई अलग–अलग, स्थिर एवम् अपरिवर्तनीय मान्दछ । परिवर्तनलाई उसले उही वस्तुमा भएको थपघट मात्र मान्दछ ।
दर्शनशास्त्रमा भौतिकवादको विकासका लागि इतिहासका अनेकौँ कालखण्डमा दार्शनिकले यथास्थितिवादीहरूका अनगिन्ती यन्त्रणाको सामना गरेका छन् । यस प्रक्रियामा भौतिकवादको विकासको पछिल्लो कडीका रूपमा लुडविग फायरबाखको योगदान र द्वन्द्ववादको विकासमा हेगेलको योगदान असाधारण रहेको कुरा स्वयम् कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले स्वीकार गर्नु भएको छ । अन्ततः फायरबाखको भौतिकवाद र हेगेलको द्वन्द्ववादमा रहेको प्रत्ययवादी पक्षलाई हटाई मार्क्सवादले दर्शनशास्त्रका क्षेत्रमा एउटा महान् क्रान्तिका रूपमा भौतिकवादी द्वन्द्ववादको वैज्ञानिक आधारशिलाको अविष्कार गर्यो ।
भौतिकवादी द्वन्द्ववाद स्पष्टतः सर्वहारावर्गको वर्गसङ्घर्षको वैज्ञानिक हतियारका रूपमा विकसित भयो । “हरेक युगमा शासक वर्गका विचारहरू नै शासक विचार हुन्छन्, अर्थात् समाजको जुन वर्ग शासक हुन्छ, त्यही नै बौद्धिक शासकवर्ग हुन्छ । जुन वर्गको अधीनमा भौतिक उत्पादनका साधनहरू हुन्छन्, त्यही वर्गको अधीनमा मानसिक उत्पादनका साधनहरू पनि रहेका हुन्छन्, जसले गर्दा सामान्यतः मानसिक उत्पादनका साधनहरूको अभावमा रहेकाहरूको विचार त्यसको अधीनस्थ रहन्छ” भन्दै मार्क्स–एङ्गेल्सले आफ्नो कृति ‘जर्मन विचारधारा’ मा यस नयाँ युगमा सर्वहारावर्गलाई वर्गसङ्घर्षको दिशानिर्देश गर्नुभएको छ ।
माथिको सामान्य चर्चाबाट यो कुरा स्पष्ट गर्न खोजिएको हो कि प्रथम, प्रकृतिमाथि नियन्त्रण गर्ने मानवजातिको सङ्घर्षमा दर्शनशास्त्रको अहम् भूमिका रहँदै आएको छ । द्वितीय, मानव समाज वर्गमा विभाजित भएसँगै दर्शनशास्त्रमा त्यसको प्रत्यक्ष प्रभाव रहँदै आएको छ । तृतीय, विकासका विभिन्न चरणमा विभिन्न रूपले भौतिकवादले परिवर्तन र प्रत्ययवादले यथास्थितिको पक्षपोषण गर्दै आएको छ । चतुर्थ, भौतिकवादी द्वन्द्ववादको आविष्कार दर्शनका क्षेत्रमा एउटा क्रान्ति हो र यसले सर्वहारावर्ग र श्रमजीवी जनसमुदायको वर्गसङ्घर्षको पक्षपोषण गर्दै मानव जातिलाई साम्यवादको सुन्दर भविष्यको दिशानिर्देश गर्दछ ।
भौतिकवादी द्वन्द्ववादको उपरोक्त दार्शनिक मान्यताका आधारमा मार्क्सवाद–लेनिनवाद–माओवादले समग्र वर्गसङ्घर्ष राज्य र सामाजिक क्रान्तिसम्बन्धी वैज्ञानिक अवधारणाको विकास गर्दै आएको छ । यस प्रकारका वैज्ञानिक अवधारणाहरूको विकास, तत्कालीन समयका गलत विचारहरूका विरुद्ध विभिन्न रूपमा गरिएका भीषण सङ्घर्षसँग गाँसिएका छन् । अध्यक्ष माओले “वर्गसङ्घर्ष, उत्पादनका निमित्त सङ्घर्ष र वैज्ञानिक प्रयोग” का बिचबाट नै सामाजिक विकासले गति लिर्दै आएको भन्नुको तात्पर्य पनि यही हो ।
भौतिकवादी द्वन्द्ववादको विज्ञानका रूपमा मार्क्सवादी दर्शनको आविष्कार भएदेखि नै पुँजीवादी र अवसरवादीहरूका तर्फबाट यसमाथि भीषण प्रहार हुँदै आएको छ । सैद्वान्तिक धरातलमा पुँजीवाद र त्यसका पृष्ठपोषकहरू मार्क्सवादसँग बहस र सङ्घर्षमा पराजित भएपछि मार्क्सवादको नामभित्र रहेर यसका आधारभूत सिद्धान्तहरूलाई तोडमोड गर्ने, संशोधन गर्ने तथा यसलाई वर्गसङ्घर्षको सट्टा वर्ग–समन्वयको हतियारमा परिणत गरी पुँजीपतिवर्गका आधारभूत हितअनुकूल पार्ने ठूलो कसरत हुँर्दै आएको छ । यस किसिमको संशोधनवादी र अवसरवादी प्रवृत्तिले मार्क्स, एङ्गेल्सकै समयदेखि आजसम्म पनि निरन्तर मार्क्सवादमाथि प्रहार गर्दै आएको छ । भौतिकवादी द्वन्द्ववादको वैज्ञानिकतालाई आत्मासात् गर्ने सच्चा मार्क्सवादीहरूले पनि त्यस प्रकारको संशोधनवादी र अवसरवादी प्रवृत्तिलाई साम्यवादी आन्दोलनभित्र घुसेको पुँजीवादका रूपमा भन्डाफोर गर्दै आएका छन् । यस सङ्घर्षका क्रममा नै मार्क्सवादको मार्क्सवाद–लेनिनवादमा र मार्क्सवाद–लेनिनवाद–माओवादमा विकास भएको हो ।
यहाँ एउटा अर्को पक्षमा पनि आज कम्युनिस्ट क्रान्तिकारीहरूको ध्यान जानु पर्दछ । साम्राज्यवादले नियोजित रूपमा आफ्ना दलालहरूलाई मार्क्सवादी जामा पहिराएर कम्युनिस्ट पार्टीभित्र घुसाउने तथा निश्चित ख्याति प्राप्तिपछि आफ्ना दलालहरूलाई त्यो जामा फालेर घोषित रूपमा पुँजीवादका पक्षमा खडा गराई श्रमजीवी जनसमुदायलाई भ्रमित पार्ने षड्यन्त्र पनि गर्दै आएका छन् ।
वर्गसङ्घर्ष र कम्युनिस्ट आन्दोलनको इतिहासमा यस प्रकारका अनगिन्ती घटनाहरू देख्न सकिन्छ । हालै नेपाली कम्युनिस्ट आन्दोलनमा हाम्रो पार्टी परित्याग गरी पुँजीवादी विकासको वकालत गर्ने ‘वरिष्ठ‘ नेता पनि यसै कोटीमा रहेको तथ्यलाई घटनाक्रमले राम्रोसँग पुष्टि गरिरहेको छ । यस स्थितिमा वर्गसङ्घर्ष र राज्यसत्ताबारे मार्क्सवादका आधारभूत सिद्धान्तहरूको अध्ययन र प्रचारप्रसारमा जोड दिनु आज विशेष रूपले आवश्यक हुन गएको छ । त्यसमा पनि युवा पुस्तामा मालेमाका आधारभूत सिद्धान्तको प्रचारले सामाजिक क्रान्तिको विकासमा महत्त्वपूर्ण योगदान पुराउने कुरा स्पष्ट नै छ । त्यसैले यहाँ वर्गसङ्घर्ष, राज्य र क्रान्तिका सम्बन्धमा मालेमाका आधारभूत सिद्धान्तहरूबारे सङ्क्षिप्त चर्चा गरिएको छ ।
आदिम साम्यवादको विघटनसँगै मानव समाज दुई विपरीत वर्गमा विभाजित हुन पुगेको तथ्यमा कसैको दुईमत छैन । विकासको वस्तुगत आवश्यकताले पैदा गरेको मानव जातिको मानसिक र शारीरिक श्रमको विभाजन अन्ततः मालिक र दासका रूपमा दुई विपरीत वर्ग बन्न पुगे जुन युगलाई दास युग भनेर चिनिन्छ । यस वर्ग विभाजनले समाजका शान्ति र व्यवस्था कायम गर्न अर्थात् दासहरूलाई गरिने शोषण, अत्याचारलाई कायम राख्न, उनीहरूको विद्रोहलाई दबाइराख्न एउटा यस्तो संयन्त्रको आवश्यकता महसुुुस गरियो जसले वर्गसङ्घर्षलाई रोक्न सकोस् । राज्यसत्ताको जन्म विपरीत वर्गका बिचको यही सङ्घर्षको परिणामका रूपमा भएको हो । यस सम्बन्धमा फ्रेडरिक एङ्गेल्सको विश्वप्रसिद्ध वैज्ञानिक रचना ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति” मा गरिएको निम्न विश्लेषण विशेष रूपले मननयोग्य छ ।
“राज्य कुनै यस्तो शक्ति होइन, जुन बाहिरबाट समाजमा थोपरिएको होस्, न त्यो कुनै नैतिक विचारको मूर्त रूप वा विवेकको मूर्त र वास्तविक रूप” हो जस्तो कि हेगेलले भन्ने गरेका छन् । अपितु भन्नै पर्दछ कि त्यो (राज्य..अनु.) समाजकै उपज हो, जुन विकासको एक निश्चित अवस्थामा पैदा हुन पुग्दछ , त्यो यस कुराको स्वीकारोक्ति हो कि यो समाज समाधान नै नहुने अन्तर्विरोधमा फस्न गएको छ, त्यो यस्ता विरोधहरूद्वारा क्षतविक्षत भएको छ जसको समाधान गर्न सकिँदैन र जसलाई समाधान गर्नु उसको क्षमताभन्दा बाहिरको कुरा हो । तथापि यो अन्तर्विरोधले परस्पर विरोधी आर्थिक हित भएका यी वर्गहरूले व्यर्थको सङ्घर्षमा आफूलाई र पुरै समाजलाई नै ध्वस्त नपारून्, यसकारण एउटा यस्तो शक्ति जुन समाजभन्दा माथि रहेको भान परोस्, त्यस्तो शक्ति आवश्यक बन्न गयो, ताकि यस सङ्घर्षलाई मत्थर गर्न सकियोस् र त्यसलाई व्यवस्थाको सिमानाभित्र राख्न सकियोस् । यही शक्ति, जुन समाजबाट पैदा हुन्छ तर समाजभन्दा माथिको स्थान ग्रहण गर्दछ र त्यसबाट बढीभन्दा बढी टाढा हुँदै जान्छ, त्यही नै राज्य हो ।”
वर्ग–विरोध र राज्यको उत्पत्तिबारे मार्क्सवादको वैज्ञानिक र आधिकारिक धारणा उपरोक्त संश्लेषणमा सटिक रूपमा अभिव्यक्त भएको छ । वर्गसङ्घर्ष एवम् राज्यको उत्पत्ति र चरित्रबारेको ठिक यही वैज्ञानिक संश्लेषणमाथि नै संसारभरिका पुँजीवादी र निम्न पुँजीवादी तत्त्वहरूले सर्वाधिक हमला र तोडमोड गर्दै आएका छन् । लेनिनका अनुसार कैयौँ पुँजीवादी विद्वान् र प्रोफेसरहरूले वर्ग–सङ्घर्ष र राज्यको सम्बन्धका बारेमा मार्क्सको प्रमुख शिक्षालाई मार्क्सकै हवाला दिएर संशोधन गर्ने धृष्टता गर्दै आएका छन् । त्यस्ता कथित विद्वान् र प्रोफेसरहरूले कहिले मार्क्सवादको औचित्य सकिएको तर्क गर्दै र कहिले त्यसमा संशोधन र परिमार्जन आवश्यक भएको कुरा गर्दै वर्ग र राज्यका सम्बन्धमा मार्क्सका आधारभूत वैज्ञानिक प्रस्थावनाहरूलाई भुत्ते पार्ने कसरत गर्दै आएका छन् । नेपालमा अहिले त्यस्तै कथित विद्वान्हरू नयाँ शक्तिका नाममा वर्ग–समन्वय र राज्यलाई त्यसको साधन मान्दै तमाम विजातीय तत्त्वहरूसँग हनिमुन (सुहागरात) मनाउँदै हिँडेका छन् ।
यहाँ विशेष रूपले ध्यान दिनुपर्दछ कि संशोधनवादी र अवसरवादी बुर्जुवा ‘विद्वान्’हरूले वर्ग–विभाजित समाजलाई समन्वय गर्ने आवश्यकताको परिपूर्ति गर्ने यन्त्र नै राज्य हो भनेर प्रचार गर्ने प्रयास गर्दछन् । जबकि मार्क्सवादका अनुसार “यदि वर्गहरूका बिचमा समन्वय सम्भव हुन्थ्यो भने राज्यको उत्पत्ति हुनै सक्दैनथ्यो र त्यो कायम रहनै सक्दैनथ्यो ।”
लेनिनले वर्ग–विरोध र राज्यको उत्पत्तिका बारेमा माक्र्सका शिक्षाहरूलाई आफ्नो विश्वप्रसिद्ध रचना “राज्य र क्रान्ति” मा सुन्दर र व्यवस्थित ढङ्गले प्रस्तुत गर्नुभएको छ । लेनिन भन्नुहुन्छ, “मार्क्सका अनुसार राज्य भनेको वर्गीय प्रभुत्वको निकाय हो, एउटा वर्गद्वारा अर्को वर्गमाथि उत्पीडन गर्ने निकाय हो, यस्तो ‘व्यवस्था’ को सिर्जना हो, जसले वर्गीय टक्करलाई मत्थर गरेर उत्पीडनलाई वैधानिक र बलियो बनाउँछ ।”
वर्ग र राज्यसम्बन्धी मार्क्सवादको ठिक यही वैज्ञानिक र क्रान्तिकारी सारतत्त्वमाथि नै विश्वभरिका सारा बुर्जुवा बुद्धिजीवी, संशोधनवादी र अवसरवादीहरूको प्रहार केन्द्रित हुँदै आएको छ र विश्वभरिका मालेमावादीहरूले पनि यिनै वैज्ञानिक प्रस्तावनाहरूको रक्षा, प्रयोग र विकासका निमित्त सङ्घर्ष गर्दै आएका छन् । आज नेपालका मालेमावादीहरूका अगाडि पनि यही सङ्घर्षलाई अगाडि बढाउने ऐतिहासिक जिम्मेवारी रहेको छ ।
मार्क्सवादका अनुसार मानव समाजमा ‘राज्य’ न प्रारम्भदेखि थियो न अन्तसम्म रहन सक्दछ । समाजमा वर्ग–विभाजनको एक निश्चित कालखण्डको आवश्यकतासँग जोडिएको राज्य अर्को निश्चित अवस्था जहाँ गएर वर्ग–विभाजन समाप्त हुन्छ, त्यहीँ नै राज्यको पनि अन्त्य हुने कुरालाई मालेमाले स्पष्ट व्याख्या गर्दै आएको छ । यस सन्दर्भमा एङ्गेल्स भन्नुहुन्छ, “राज्य अनादिकालदेखि चलेर आएको होइन, यस्तो समाज पनि रहेको थियो, जसले राज्यविना नै आफ्नो काम चलाउँथ्यो र जसलाई राज्य र राज्यसत्ताको कुनै ज्ञान थिएन । आर्थिक विकासको एक निश्चित अवस्थामा जुन समाजमा वर्ग विभाजन हुने कुरासँग अभिन्न रूपले गाँसिएको थियो, यही विभाजनका कारण राज्य अनिवार्यतः बन्यो अब हामीहरू उत्पादनको विकासको यस्तो अवस्थातिर तीव्र रूपले बढिरहेका छौँ । जहाँ यी वर्गहरूको अस्तित्व अनावश्यक मात्रै होइन बरु उत्पादनका लागि निश्चित रूपमा बाधक बन्न जान्छ । वर्गहरूको त्यति नै अवश्यम्भावी विनाश हुनेछ जति अवश्यम्भावी ढङ्गबाट यसको जन्म भएको थियो । त्यसका साथसाथै राज्य पनि अनिवार्य रूपमा मेटिने छ । जुन समाजले उत्पादकहरूको स्वतन्त्र तथा समान सहयोगका आधारमा उत्पादनहरूको सङ्गठन गर्नेछ, त्यस समाजले राज्यको पुरै मेसिनरीलाई उठाएर त्यस ठाउँमा राखिदिने छ, जुन उसको लागि सबैभन्दा उपयुक्त ठाउँ हुनेछ, अर्थात् यसले राज्यलाई हातको चर्खा र फलामको बन्चरोसँगै पुराना वस्तुहरूको सङ्ग्रहालयमा राख्ने छ ।”
राज्यको उत्पत्ति र विघटनसम्बन्धी यो निष्कर्ष मालेमाको आधिकारिक र आधारभूत निष्कर्ष हो । यहाँ वर्ग–विभाजनको अन्त्यसँगै राज्यको आवश्यकताको पनि अन्त्य हुने कुरा गर्दा क्रान्ति र बल प्रयोगको भूमिकाका सम्बन्धमा पनि स्पष्ट हुन आवश्यक छ । ड्युहरिङ मत खण्डनमा एङ्गेल्सले विकासको एक विशिष्ट परिस्थितिमा भनेको “राज्यलाई रद्द गरिँदैन बरु त्यो आफैँ विलुप्त हुँदै जान्छ”लाई लिएर अराजकतावादी र अवसरवादीहरूको क्रान्ति र बल प्रयोगको आवश्यकतालाई नै अस्वीकार गर्ने षड्यन्त्रलाई लेनिनले राज्य र क्रान्तिमा व्यवस्थित रूपले भन्डाफोर गर्नुभएको छ ।
लेनिन भन्नुहुन्छ, “एङ्गेल्स यी तर्कहरूका सुरुमै भन्नुहुन्छ कि राज्यसत्तामाथि अधिकार कायम गरेर सर्वहारावर्गले, राज्यका रूपमा राज्यको अन्त्य गर्दछ । यसको अर्थ हो, यसलाई अन्यथा सोच्नु अप्रचलित हुन्छ । वास्तवमा एङ्गेल्सले सर्वहारा क्रान्तिद्वारा बुर्जुवा राज्यको अन्त्यको कुरा गर्नुभएको छ, जबकि राज्यको विलोपसम्बन्धी शब्दको नाता समाजवादी क्रान्तिपछिका सर्वहारा राज्यको अवशेषसँग रहेको छ । एङ्गेल्सका अनुसार बुर्जवा राज्य विलोप हुँदैन अपितु सर्वहारावर्गले क्रान्तिद्वारा त्यसलाई अन्त गरिदिने छ ।” क्रान्तिपछि सर्वहारा राज्य वा अर्द्धराज्यको विलोप हुन जान्छ भनेर क्रान्ति र राज्यको विलोपीकरण सम्बन्धी मार्क्सवादी प्रस्थापनाको स्पष्ट व्याख्या लेनिनले गर्नुभएको छ ।
कार्ल मार्क्सको ‘दर्शनको दरिद्रता’, कम्युनिस्ट घोषणा पत्रको ‘अन्तिम भाग’ र गोथा कार्यक्रमको आलोचनालाई उद्धरण गर्दै लेनिनले मार्क्स, एङ्गेल्सले बुर्जुवाका विरुद्ध बलात् क्रान्तिको अनिवार्यतालाई सगर्व घोषणा गरेको तथ्यलाई अगाडि सार्दै ‘बलपूर्वक क्रान्तिको ठिक यही धारणालाई व्यवस्थित रूपबाट जनतामा प्रचार गर्ने आवश्यकता नै मार्क्स, एङ्गेल्सका सम्पूर्ण शिक्षाको आधार हो’ भन्नुभएको छ ।
समाजमा वर्गहरूको अस्तित्व वर्ग–सङ्घर्ष र सर्वहारावर्गको आधिपत्यका सम्बन्धमा कार्ल माक्र्सले १८५२ मा लेखेको एउटा पत्रमा भन्नुभएको निम्न निष्कर्ष पनि यहाँ विशेष ध्यान दिन आवश्यक छ । पत्रमा भनिएको छ, “जहाँसम्म मेरो कुरा छ, आधुनिक समाजमा वर्गहरूको अस्तित्वको खोजी गर्ने श्रेयको म अधिकारी होइन । न उनीहरूका बिचको (वर्गहरूका बिचको अनु.) सङ्घर्षको खोजी गर्ने श्रेय नै मलाई मिल्नु पर्दछ । मभन्दा धेरै पहिले बर्जुवा इतिहासकारहरूले वर्गहरूका बिचको सङ्घर्षको ऐतिहासिक विकास र बुर्जुवा अर्थशास्त्रीहरूले वर्गहरूको आर्थिक बनावटको व्याख्या गरिसकेका थिए । मैले जुन नयाँ चीज गरेँ, त्यो यो सिद्व गर्नका लागि थियो किः १) वर्गहरूको अस्तित्व उत्पादनको विकासको खास ऐतिहासिक प्रक्रियासँग जोडिएको छ, २) वर्ग–सङ्घर्षले अनिवार्य रूपमा सर्वहारावर्गको अधिनायकत्त्वको दिशामा लैजान्छ, ३) यो अधिनायकत्त्व आफैँ सबै वर्गहरूको उन्मूलन तथा वर्गविहीन समाजतिरको सङ्क्रमण मात्र हो ।”
मार्क्सले सरल भाषामा तर इतिहासको निकै नै जटिल प्रश्नको उत्तर दिनुभएको छ । यहाँ मार्क्सले दर्शनको निर्धनतामा भौतिक उत्पादन र सामाजिक सम्बन्धका अन्तर्सम्बन्धबारे व्याख्या गर्दै प्रुधोंलाई गरेको आलोचना पनि स्मरणीय छ । मार्क्सले भन्नुभएको छ , “अर्थशास्त्री श्री प्रुधों राम्रोसँग यो कुरा बुझ्दछन् कि उत्पादनको निश्चित सम्बन्धभित्र मानिसले नै कपडा, सनपाट वा रेसम बनाउँछन् तर जुन कुरा उनले बुझ्दैनन् त्यो के हो भने, सनपाट आदि जस्तै मानिसहरूले एक सामाजिक सम्बन्धलाई पनि जन्म दिन्छन् । सामाजिक सम्बन्धको उत्पादक शक्तिसँग गहिरो सम्बन्ध हुन्छ । नयाँ उत्पादक शक्ति हासिल गर्ने प्रक्रियामा मानिसले आफ्नो उत्पादनको पद्धतिलाई बदल्छन् र आफ्नो उत्पादन पद्धतिलाई बदल्दै उनीहरू आफ्नो सामाजिक सम्बन्धलाई पनि बदल्छन् । हातको चर्खाले तपाईलाई सामन्ती प्रभुवाला समाज दिन्छ, वाष्प इन्जिनले पुँजीवादी समाज दिन्छ ।”
लुई बोनापार्टको अठारौँ ब्रुमेरमा संसदीय लोकतन्त्रको भन्डाफोर गर्दै बुर्जुवा क्रान्तिको सीमा स्पष्ट गर्नुका साथै कार्ल मार्क्सले विशाल नोकरशाही र फौजी सङ्गठनमा बचेका बुर्जुवा राज्य मेसिनरीलाई चकनाचुर पार्ने कुराको आवश्यकतामा जोड दिनुभएको छ । सामन्तवादको पतनपछि युरोपमा जति पनि पुँजीवादी क्रान्तिहरू भए ती सबैले नोकरशाही र फौजी सङ्गठनसहितको राज्य मेसिनरीलाई थप विकास र सुदृढीकरण मात्र गरेका तथ्यका सन्दर्भमा मार्क्सको यो संश्लेषण पनि उत्तिकै ऐतिहासिक महत्त्वको रहेको छ, “क्रान्तिका विरुद्ध आफ्नो सङ्घर्षमा संसदीय लोकतन्त्रले दमनकारी कारबाहीहरू बाहेक सरकारी सत्ताका साधन एवम् केन्द्रीकरणलाई पनि सुदृढ गर्न आफैँलाई विवश पार्यो । सबै क्रान्तिकारीहरूले त्यस यन्त्रलाई चकनाचुर गर्नुको सट्टा सर्वाङ्गपूर्ण बनाए । पालैपालो प्रभुत्वका लागि होड गर्ने पार्टीहरू त्यस भीमकाय राजकीय ढाँचाको स्वामित्व प्राप्त गर्नुलाई विजयको प्रधान पुरस्कार सम्झन्छन् ।” यहाँ मार्क्सले संसदीय दलहरूको राजनैतिक चरित्रको संश्लेषण मात्रै गर्नुभएको छैन, अपितु सबै बुर्जुवा क्रान्तिहरूले विशाल नोकरशाही र फौजी सङ्गठनमा आधारित राज्य मेसिनरीलाई ‘चकनाचुर’ गर्नुको सट्टा ‘सुदृढ’ गरेको आरोपभित्र सर्वहारा क्रान्तिको उद्देश्य स्पष्ट रूपमा निर्देशित भएको छ ।
दर्शन, वर्ग–सङ्घर्ष, राज्य र क्रान्तिको अन्तर्सम्बन्धको माथि गरिएको व्याख्याबाट वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न धारा र प्रवृत्तिलाई बुझ्न सहज हुनेछ । त्यसअनुसार भौतिकवादी द्वन्द्ववादको स्थानमा आदर्शवाद वा सारसङ्ग्रहवादको पक्षपोषण गर्ने प्रवृतिले राजनीतिमा वर्ग–समन्वयको दक्षिणपन्थी विसर्जनवादी बाटो पक्डने गरेको तथा भौतिकवादी द्वन्द्ववादी दर्शनप्रति दृढ रहने प्रवृतिले वर्ग–सङ्घर्ष र क्रान्तिको पक्षपोषण गर्ने गरेको कुरा स्पष्ट देख्न सकिन्छ । यस दृष्टिकोणले नेपालका कुन पार्टी र नेताहरू कुन कित्तामा पर्दछन् भन्ने कुराको निर्णयको अधिकार पाठकहरूलाई नै दिनु उपयुक्त ठानिएको छ ।
www.everestdainik.com बाट साभार
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-40205203513493349022019-04-11T20:37:00.001-07:002019-04-11T20:37:22.450-07:00आजका कम्युनिस्टले दिनुपर्ने उत्तरहरू - आहुति
लेनिनले व्याख्या गरेको युगको अन्त्य भई संसार नयाँ युगमा प्रवेश गरेको यथार्थसँगै यस युगका कम्युनिस्ट क्रान्तिकारीले नयाँ रणनीतिसहितको उत्तर दिनैपर्छ ।
नयाँ पत्रिका बहस शृंखला
आज दुनियाँभरिको कम्युनिस्ट आन्दोलन सन् १९९० आसपासको जस्तो चरम संकटबीच उभिएको छ । कार्ल माक्र्सकालीन पेरिस कम्युनको सफल विद्रोह र ७१ दिनको श्रमिक वर्गीय शासनले पुँजीवादको विकल्पमा प्रगतिशील श्रमिक वर्गको व्यवस्था सम्भव भएको पुष्टि ग-यो । माक्र्स–एंगेल्स नेतृत्वको कम्युनिस्ट आन्दोलनले संगठन र संघर्षको अनेक प्रयत्न गरे पनि राज्यसत्ताप्राप्तिको स्तरमा त्यतिखेर पुग्न सकेन । तथापि, समग्र वैकल्पिक विचारधाराका रूपमा द्वन्द्वात्मक भौतिकवाद अर्थात् माक्र्सवाद स्थापित भने भइछाड्यो ।
माक्र्सको मृत्युपछि फ्रेडरिक एंगेल्सको मुख्य काम माक्र्स र आफूले गरेको वैचारिक कामको थप पुष्ट्याइँमा बितेको देखिन्छ । सन् १९०० को आसपासमा पुग्दा माक्र्सवादको औचित्य समाप्त भएको तीव्र हल्लाखल्ला व्याप्त भयो । विगतका कम्युनिस्टमा भागदौड मच्चियो । माक्र्सवादलाई जडसूत्रका रूपमा ग्रहण गर्ने वा सत्ताप्राप्तिको फगत हतियारका रूपमा बुझ्नेहरू नै भागाभाग गरिरहेका थिए । त्यतिवेला माक्र्सवादका तीनवटै संघटक अंग अर्थात्– दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमाथि व्यापक रूपमा हमला भएको थियो । त्यतिवेला विरोधीले उठाएका प्रश्नको तथ्यमा आधारित वैज्ञानिक उत्तर नदिई कम्युुनिस्ट आन्दोलन एक कदम अगाडि बढ्न सम्भव थिएन । ठीक त्यही बिन्दुमा लेनिनले आफ्नो कामलाई अगाडि बढाएका थिए ।
आफ्नो समयको ज्ञान–विज्ञानका सबै निष्कर्षबाट सुसज्जित नभई क्रान्ति अगाडि बढाउन नसकिने निष्कर्षसहित ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’लगायतको शोधमार्फत माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको अवधारणामा नयाँ युगअनुकुल विकास गरियो । लेनिनको नेतृत्वमा द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिकतालाई आफ्नो समयको भौतिक विज्ञानका निष्कर्षद्वारा पुनरपुष्टि गरिएको थियो । माक्र्सले भनेजस्तो पुँजीवाद समाप्त भएन भनी विरोधीले गरेको प्रहारलाई जवाफ दिँदै प्रतिस्पर्धात्मक पुँजीवाद एकाधिकार पुँजीवादको चरणमा पुगेको, त्यो पुँजीवादी साम्राज्यवाद भएको र त्यो मरणासन्न रहेको व्याख्यासहित विश्व नयाँ युग अर्थात् साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा प्रवेश गरेको नयाँ खोज अघि सारियो ।
साम्राज्यवादी पुँजीवादको युगमा पुँजीपति वर्गका फरक–फरक गुट एक–आपसमा युद्ध गर्ने, करोडौँ मजदुर उत्पादन थलोमा संगठित हुने र त्यस्तो अवस्थालाई उपयोग गरेर समाजवादी क्रान्ति अघि बढ्न सक्ने रणनीति अघि सारियो । वैज्ञानिक समाजवादका सम्बन्धमा त्यो समाजवाद संक्रमणकालीन व्यवस्था हुने, सर्वहारा वर्गको अधिनायकत्व जरुरी हुने, सम्पूर्ण सत्ता सोभियतमा लैजानुपर्ने, कम्युनिस्ट पार्टीले अग्रदस्ताको रूपमा काम गर्नुपर्ने आदि अवधारणा अगाडि सारियो । यसरी लेनिनको नेतृत्वमा माक्र्सवादलाई नयाँ युगअनुसार विकसित गरेपछि नै नयाँ युगको क्रान्तिका हरेकजसो नयाँ प्रश्नको नयाँ उत्तर सम्भव भएको थियो ।
नयाँ युगको एकाधिकार पुँजीवादको साम्राज्यवादी आधारभूत चरित्र र त्यसका आन्तरिक संकटलाई उत्खनन् गरेपछि नै त्यसविरुद्धको रणनीति निर्माण सम्भव भएको थियो । अन्तरसाम्राज्यवादी संकटका रूपमा नै पहिलो विश्वयुद्ध अगाडि आयो र अक्टोबर समाजवादी क्रान्ति सम्पन्न हुन सम्भव भयो । माक्र्सवादी खेमामा प्रायःजसो तत्कालीन समयका कम्युनिस्ट क्रान्तिलाई मात्र लेनिनवादको सफलतासँग जोड्ने गरिन्छ, तर त्यतिमा सीमित गर्नु बिल्कुल सही कुरा होइन ।
रुसी अक्टोबर क्रान्तिपछि एकातिर कम्युनिस्ट क्रान्ति अगाडि आए भने अर्कातिर उपनिवेशवादविरोधी स्वतन्त्रता संग्राम अगाडि आए । ती दुवै क्रान्तिको मूल चरित्र उपनिवेशवादविरोधी राष्ट्रिय मुक्ति आन्दोलन थिए । राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व जुन–जुन देशमा कम्युनिस्टले गरे, त्यो कम्युनिस्ट आन्दोलनका रूपमा चिनियो । पुँजीपति वर्गले नेतृत्व गरेका राष्ट्रिय मुक्ति आन्दोलनचाहिँ केवल उपनिवेशवादविरोधी क्रान्तिका नाममा चिनिए । ती क्रान्ति यसकारण सफल भएका थिए कि लेनिनले अघि सारेको अन्तरसाम्राज्यवादी युद्धमा साम्राज्यवाद फस्न पुगेको थियो । चीन, भारत, भियतनाम, कोरियालगायत संसारभरिका उत्पीडित राष्ट्रमा चलेको राष्ट्रिय मुक्ति आन्दोलन पहिलो र दोस्रो विश्वयुद्धमा शक्तिशाली साम्राज्यवादी गुटहरू आफैँसित लड्दैनथे भने सफल हुन गाह्रो थियो भन्ने यथार्थ सजिलै बुझ्न सकिन्छ ।
लेनिनको थेसिसले अगाडि सारेको अन्तरसाम्राज्यवादी अन्तरविरोधबाट जन्मिएका दुई विश्वयुद्धबाट व्यापक स्तरमा पुँजीवाद विकास भइसकेका देशका कम्युनिस्टले फाइदा उठाउन सकेनन् । पहिलो विश्वयुद्धबाट रुसी कम्युनिस्टले फाइदा उठाए । दोस्रो विश्वयुद्धको फाइदा चीन, भियतनाम, कोरिया आदि देशका कम्युनिस्टले लिन सके । पूर्वी युरोपका कम्युनिस्टलाई पनि दोस्रो विश्वयुद्धले नै सत्ताधारी बनाउन पुग्यो । यसरी सन् १९१७ बाट सुरु भएको कम्युनिस्ट क्रान्तिको लहर सन् १९५९ को क्युबाली क्रान्तिसम्म पुग्दा करिब आधा शताब्दी बेगवान रह्यो ।
यसरी पहिलो र दोस्रो विश्वयुद्धले ल्याएको पुँजीवादी खेमाको संकटको ताजा अवधिसम्म कम्युनिस्ट आन्दोलन उर्वर रह्यो । लेनिनले व्याख्या गरेझै पुँजीवाद मरणासन्न पनि भयो । त्यसैले त पुँजीवाद भौतिक आक्रमणको सट्टा कम्युनिस्ट शिविरसँग शीतयुद्ध गर्नुपर्ने हालतमा पुग्यो । तर, दोस्रो विश्वयुद्ध र त्यसको रापपछि न त तेस्रो विश्वयुद्धतिर पुँजीवाद गयो, न त नयाँ देशमा नयाँ कम्युनिस्ट क्रान्ति नै सम्पन्न भयो । स्थापित कम्युनिस्ट सत्ता पनि ढल्दै गए ।
म्यानमार, थाइल्यान्ड, बंगलादेश, फिलिपिन्सलगायत थुप्रै देशका आधार क्षेत्रसहितका कम्युनिस्ट आन्दोलन यसबीचमा पतन भएर गए । पेरुको आन्दोलन ध्वस्त भयो । नेपालमा माओवादी १० वर्षे युद्धसहित अगाडि आयो, तर त्यो पनि लज्जास्पद हारमा विसर्जन हुन पुग्यो । सन् १९१७ देखि २०१९ सम्मको पहिलो आधा शताब्दी क्रान्तिमय भयो, तर पछिल्लो आधा शताब्दी फेरि प्रतिक्रान्तिमय भयो । किन यस्तो भयो ? मरणासन्न पुँजीवाद कसरी फेरि हट्टाकट्टा भएर आयो त ?
पुँजीवादले मानवको हित गरेको भए कम्युनिस्ट आन्दोलन नउठ्नु स्वाभाविकै हुन्थ्यो, तर पुँजीवादले गरिब र धनीबीचको खाडल बढाउँदै आयो । कमजोर राष्ट्रमाथि लुट र युद्ध थोपर्दै आयो । पर्यावरण ७० प्रतिशत नष्ट गरी नै सक्यो । पुँजीवादले यति ठूलो खलनायकी देखायो, तर कम्युनिस्ट आन्दोलनले आधा शताब्दीसम्म पनि आफ्नो नायकी प्रमाणित गर्न सकेन । यसबीचमा माक्र्सवादको काम छैन भनेर छाड्नेले पनि गतिलो दुनियाँ बनाउने कुनै विचार फेला पार्न सकेनन् ।
दक्षिण एसियाकै कुरा गर्दा ज्योति बसुहरू आधारभूत माक्र्सवाद छाडेर शासक त भए, तर कलकत्ताका नांगाखुट्टे रिक्सावाल श्रमिकलाई समेत मुक्त गर्न सकेनन् । माक्र्सवादको पनि कुरा गर्दै पुँजीवादी बन्ने नेपालका बाबुरामदेखि प्रधानमन्त्री ओलीसम्मले १० आँैला जोड्ने त बहुराष्ट्रिय कम्पनीवाला पुँजीवादलाई नै हो ।
जुन पुँजीपतिले आफ्नो देशमा असमानता घटाउन सकेनन्, त्यो पुँजीवादको लगानी, नाफा र लुटको भरमा नेपालमा खुसहाली कसरी आउँछ ? यसरी जताबाट विमर्श गरे पनि कम्युनिस्ट आन्दोलन र क्रान्तिको विकल्प छैन । तर, कम्युनिस्ट आन्दोलन भने सन् १९०० आसपासको जस्तै भागदौड, अन्योल र निराशाको भूमरीमा छ । त्यसैले आजका माक्र्सवादीले विगत सय वर्षमा उठेका सबै सफलता र असफलतासम्बन्धी प्रश्नको उत्तर दिन सक्नुपर्छ । विगत ७५ वर्षमा ज्ञान–विज्ञानका सबै शाखामा प्राप्त नवीन खोजको कसीमा माक्र्सवादका तीनवटै संघटक अंगलाई विकसित गर्न सक्नुपर्छ । कम्तीमा आधारभूत विषयमा उठेका प्रश्नको उत्तर त दिनैपर्छ ।
पहिलो प्रश्न : के द्वन्द्वात्मक भौतिकवाद सही छ ?
माक्र्सवाद नाम दिइएको द्वन्द्वात्मक भौतिकवादी दर्शन पुरानो आदर्शवादी दर्शनभित्रकै एक भौतिकवादी रुझानको शाखा थिएन । बरु त्यो समग्रतामा आदर्शवादविरोधी दार्शनिक प्रणाली थियो । हेगेलकृत द्वन्द्ववाद र फायरवाखकृत भौतिकवाद हुँदै द्वन्द्वात्मक भौतिकवादका रूपमा संश्लेषित गर्दा त्यतिवेलासम्मको समग्र भौतिक विज्ञान, प्रकृति विज्ञान र तर्कशास्त्र समेतका निचोडका आधारमा गरिएको थियो । भौतिक विज्ञानको क्षेत्रमा आइज्याक न्युटनको खोज नै मेरुदण्ड थियो । त्यसपछि भौतिक विज्ञानमा परमाणु र सन् १८८६–९७का बीचमा परमाणुभित्रका प्रोटोन र इलेक्ट्रोन पत्ता लागेपछिको समयमा लेनिनले तत्कालीन भौतिक विज्ञानका नयाँ निष्कर्षसमेतलाई अगाडि राखेर माक्र्सवादको दार्शनिक प्रणालीलाई पुनपुष्र्टि गरेका थिए ।
लेनिनको मृत्युपछि आएका आइन्सटाइनदेखि स्टेफन हकिंग्सम्मले ईश्वर वा चेतनाको प्रथम भूमिकालाई खुल्ला रूपमा अनावश्यक र झुठ बताए । अन्तरिक्षको विशाल फलकमा होस् या पदार्थलाई टुक्र्याउँदै जाँदा भेटिएका क्वार्क वा क्वान्टम तरंगसम्म पदार्थभित्रको आन्तरिक गति र विपरीतसँगको द्वन्द्वले नै प्रत्येक पदार्थको अस्तित्व, विकास र विनाश निर्धारित हुने तथ्य पुष्टि भएको छ । भौतिक विज्ञानका यी अत्याधुनिक निष्कर्षद्वारा माक्र्सवादी दर्शनलाई थप पुनपुष्र्टि गर्ने काम भने जरुरी स्तरमा हुन सकेको छैन ।
माओत्से तुङ आफ्ना आखिरी दिनमा रसायनशास्त्रका पुस्तक खोज्न पुस्तकालय धाउँथे भन्नेसम्म चिनियाँ पुस्तकमा उल्लेख छ । तर, दर्शनशास्त्रलाई आफ्नो समयको विज्ञानमा समेत आधारित भएर उनले काम गर्न भ्याएको भेटिन्न । वास्तवमा लेनिनपछि पनि विकसित विज्ञानले पदार्थ नै आधारभूत भएको लगातार नयाँ–नयाँ उचाइमा पुष्टि गर्दै आएको छ । तर, कम्युनिस्ट आन्दोलनले त्यसलाई माक्र्सवादी दर्शनशास्त्रलाई पुनपुष्र्टि गर्ने मुख्य औजारका रूपमा मुखर प्रयोग गर्न सकेको छैन । त्यो काम अब समग्रतामै गर्नुपर्छ । नयाँ युगको विज्ञानबाट पुनपुष्र्टि भएको दर्शनलाई मात्र नयाँ पुस्ताले ग्रहण गर्न तम्सिनेछ ।
म्यानमार, थाइल्यान्ड, बंगलादेश, फिलिपिन्सलगायत थुप्रै देशका आधार क्षेत्रसहितका कम्युनिस्ट आन्दोलन यसबीचमा पतन भएर गए । पेरुको आन्दोलन ध्वस्त भयो । नेपालमा माओवादी १० वर्षे युद्धसहित अगाडि आयो, तर त्यो पनि लज्जास्पद हारमा विसर्जन हुन पुग्यो । सन् १९१७ देखि २०१९ सम्मको पहिलो आधा शताब्दी क्रान्तिमय भयो, तर पछिल्लो आधा शताब्दी फेरि प्रतिक्रान्तिमय भयो । किन यस्तो भयो ? मरणासन्न पुँजीवाद कसरी फेरि हट्टाकट्टा भएर आयो त ?
दोस्रो प्रश्न : के लेनिनको युग यथावत् छ ?
सन् १९०० पछि लेनिनले एकाधिकार पुँजीवाद र सर्वहारा क्रान्तिको नयाँ युग सुरु भएको प्रस्तावनाका रूपमा सैद्धान्तीकृत गरे । माक्र्सको युग सकिएको विश्लेषण गर्नु माक्र्सवादको औचित्य अन्त्य भएको विश्लेषण कदापि थिएन । बरु माक्र्सवादलाई नयाँ युगअनुसार लागू गर्न र विकसित गर्न संकल्प गर्नु थियो । आज विज्ञान प्रविधि नै मुख्य उत्पादन शक्ति हुन पुगेको समयमा विश्व पुँजीवाद विज्ञान प्रविधिलाई उपयोग गरेर विश्वव्यापी रूपमा परराष्ट्रिय र बहुराष्ट्रिय कम्पनीमार्फत एकीकृत भएको छ ।
अन्तरसाम्राज्यवादी तेस्रो विश्वयुद्ध विगत सात दशकदेखि नामोनिसान छैन । लेनिनको युग हुँदा त थप विश्वयुद्ध दुईपटक देखापर्नुपर्ने हो ! करोडौँ श्रमिक उत्पादनको थलोमा नभई आज सेवा क्षेत्र र बेरोजगारीमा फालिएका छन् । लेनिनको युग बाँकी हुँदा त श्रमिक उत्पादन थलोमा केन्द्रित हुनुपर्ने होइन ? लेनिनको वित्तीय पुँजीको युगमा राजनीतिज्ञ र नोकरशाह वित्तीय पुँजीका प्रतिनिधि र व्यवस्थापक थिए, तर आजको भूमण्डलीकृत निगमीकृत पुँजीवादमा राजनीतिज्ञ र नोकरशाह केवल त्यसका दलालमा परिणत भएका छन् ।
लेनिनको थेसिसमा पुँजी नै पुँजीवादको मुख्य हतियार थियो र सर्वहाराको मुख्य हतियार सामूहिक श्रम थियो । पुँजी मान्यता मात्र थियो, तर सामूहिक श्रम अनिवार्य आवश्यकता । केवल मान्यतामाथि अनिवार्य आवश्यकताको विजय स्वाभाविक रूपमा अनिवार्य थियो । तर, आज पुँजीवादले विज्ञान प्रविधिलाई आफ्नो फरक, तर मुख्य हतियार बनायो ।
श्रमिकको सामूहिक श्रमलाई उत्पादनमा अनावश्यक र सेवा क्षेत्रमा असंगठित बनाउन सफल भयो । शारीरिक वा मानसिक श्रमको भूमिका उत्पादनमा कम बरु विज्ञान–प्रविधिको भूमिका मुख्य हुने युग सुरु भइसक्यो । पुँजीजस्तो मान्यतालाई पुँजीको बलमा होइन, बरु पुँजीवादले विज्ञान–प्रविधिको बलमा टिकाइरहेको छ । यो विषयलाई कम्युनिस्टले अब छिचोल्नैपर्छ । विज्ञान प्रविधि त आजको अनिवार्य यथार्थ हो । तर, सामूहिक श्रमचाहिँ अब उत्पादनका निम्ति हिजोको जस्तो अनिवार्य रहेन । लेनिनको थेसिससम्म पुँजीवाद केवल पुँजी मान्यतालाई लिएर लड्थ्यो, तर आज विज्ञान–प्रविधि यथार्थको हतियार बोकेर उभिएको छ । तब श्रमिक वर्गले त्यही हतियार अर्थात् विज्ञान–प्रविधिलाई मुख्य हतियार नबनाई कसरी जित्न सक्छ ?
तेस्रो प्रश्न : अब वर्गसंघर्षको स्वरूप कस्तो ?
सन् १९०० पछि कम्युनिस्ट क्रान्तिको फौजी कार्यदिशा दुईवटा नै कार्यकारी भए । एक, औद्योगिक क्षेत्रसहित सहरलाई मुख्य आधार बनाएर सशस्त्र आमविद्रोह । दुई, व्यापक ग्रामीण किसान आवादीलाई मुख्य बनाएर दीर्घकालीन जनयुद्ध । सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा एक मात्र रुसी अक्टोबर क्रान्तिमा प्रयोग भयो । ग्रामीण किसान आवादीलाई मुख्य आधार बनाएर चीन, भियतनाम, कोरिया, कम्बोडिया, लाओस आदिमा कार्यकारी भयो । क्युवा र पूर्वी युरोप अपवाद थिए । सशस्त्र आमविद्रोह रुसमा लागू हुनुको कारण त्यो पुँजीवादी मुलुक थियो ।
अरू कम्युनिस्ट क्रान्ति भएका मुलुक सामन्तवादी वा साम्राज्यवादी उत्पीडन रहेको अर्धसामन्ती थिए । सशस्त्र आमविद्रोह वा दीर्घकालीन प्रकृतिको जनयुद्धको फौजी कार्यदिशा– ती दुवैले जहाँ सबैभन्दा बढी शोषित वर्गको संख्या छ, त्यसैलाई विद्रोहमा उतार्ने हो । सशस्त्र आमविद्रोहको कार्यदिशामा साना–ठूला सबै वर्गसंघर्ष आमविद्रोह बनाउन गरियो । त्यसैगरी दीर्घकालीन जनयुद्धको कार्यदिशा सबै प्रकारको वर्गसंघर्षका रूपहरू दुस्मन सत्ताको कमजोर पहुँच भएको क्षेत्रमा आधार इलाकाको निर्माण रक्षा र विकासको निम्ति गरियो । दुवै फौजी कार्यदिशा प्रयोग गरेर भएका क्रान्ति सफल हुनुको अर्को महत्वपूर्ण कारण थियो– विश्व पुँजीवादी खेमामा फुट र एकताबद्ध हुन सक्ने प्रविधिको अभाव ।
आज विज्ञान प्रविधि मुख्य उत्पादक शक्ति भइसकेको युग हुनाले औद्योगिक केन्द्रलाई मुख्यआधार बनाएर विद्रोह सम्भव छैन । किनभने औद्योगिक उत्पादनमा मजदुर साह्रै कम संख्यामा छन् । हिजो बहुसंख्यक मजदुरले गर्ने काम त प्रविधिले गरिरहेको छ । सहरी क्षेत्रमा कि त निर्वाहमुखी मध्यमवर्ग छ या त असंगठित क्षेत्रमा करोडाैँ श्रमिक छरिएका छन् । हिजो पुँजीवादी उत्पादनको मुख्य नाभी मजदुरकेन्द्रित थियो, तर आज उत्पादनको मुख्य नाभी प्रविधिमा छ ।
सेवा क्षेत्र त आफैँ असंगठित हुने नै भयो । थाइल्यान्डको रातो टिसर्ट विद्रोह, फ्रान्स, वाल स्ट्रिट वा अन्यमा मासिनको विशाल जमघट त भयो, तर त्यो जमघट पुँजीपति वर्गको नाफा कमाउने मूल थलोमा बाधा दिने थिएनन् । लेनिन युगको मजदुर विद्रोह शक्तिशाली हुन पुग्यो, किनभने त्यसले पुँजीपति वर्गको नाफा केन्द्रलाई तहसनहस पाथ्र्यो । सेवा क्षेत्रका मानिसको सडक प्रदर्शन पुँजीपति वर्गले बेवास्ता वा दमन गर्न यसकारण आज सम्भव छ कि तिनले मुख्य उत्पादन क्षेत्रलाई प्रभावित गर्न सक्दैनन् । यस यथार्थलाई गम्भीर रूपमा लिनैपर्छ । हिजोको युगमा प्रयोग भएको व्यापक ग्रामीण क्षेत्रका किसान जागृत गरेर मुक्त इलाका गठन गर्ने वर्ग संघर्षको स्वरूप सम्भव छैन भन्ने कुरामा धेरै छलफल आवश्यक छैन । किनभने प्रविधिका कारण विश्वको कुनै पनि भू–भाग सत्ताको कमजोर पहुँचमा अब छैन ।
नयाँ युगको यसप्रकारको यथार्थले गर्दा वर्गसंघर्षको मुख्य स्वरूपमा परिवर्तन अनिवार्य छ । कतै कम र कतै सर्वाधिक हुने गरी कृषि वा औद्योगिक सबै क्षेत्रमा श्रमिकको केन्द्रीकरण तीव्र गतिमा घट्दै जाने युग आज छ । यो विषयलाई आजका कम्युनिस्टले आत्मसात् गर्नैपर्छ । बेरोजगार वा असंगठित सेवा क्षेत्रमा छरिएका श्रमिक भनेका कार्ल माक्र्स युगभन्दा खराब हालतमा पुगेको स्थिति छ । किनकि माक्र्स–लेनिनको युगमा त श्रमिक मुख्य उत्पादनको थलोमा अनिवार्य थिए । यसकारण पुरानो वर्ग संघर्षको स्वरूपलाई अपनाएर पुँजीपति वर्गलाई हराउन सक्ने कुनै सम्भावना बाँकी छैन । तब एक मात्र विकल्प वा बाटो बाँकी छ । त्यो हो– जहाँ पुँजीवादी व्यवस्था छ, त्यहीँ त्यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्दै अघि बढ्ने ।
पुँजीवादी राज्यलाई पहिले ध्वस्त गरेर समाजवाद निर्माण गर्ने पुरानो युगको कार्यदिशा अब लागू हुन सक्दैन । आजको विज्ञान–प्रविधिको कारणले प्रत्येक देशमा पुँजीवादी व्यवस्थाको समानान्तरमा समाजवादी व्यवस्था निर्माण गर्दै अघि बढ्नु सम्भव छ । सर्वहारा–श्रमिक वर्गका अगाडि अर्को विकल्प छैन । सम्भव छ त त्यो ? छ । कसरी भन्नेबारे कम्युनिस्ट आन्दोलनले गम्भीर बहसमा प्रवेश गर्न उत्साहित हुनुप¥यो । हिजो पुँजी र त्यसको कारोबार शोषकवर्गीय मान्यता थियो । त्यसमाथि कब्जा गर्न श्रमिक वर्गले सत्ता कब्जा नगरी सक्दैनथ्यो । तर, विज्ञान–प्रविधि त कथिएको मान्यता होइन । बरु त्यो त जसले प्रयोग गरे पनि हुने पत्ता लागेका सूत्रहरू हुन् । त्यसैले विज्ञान–प्रविधिलाई जसले चाहन्छ, त्यसैले प्रयोग गर्न सक्छ । तब विज्ञान–प्रविधिलाई प्रयोग गरेर श्रमिक वर्गले क्रान्ति गर्नुपर्ने नयाँ युग आइपुग्यो । धेरैले भन्छन्, विज्ञान प्रविधि त पुँजीपति वर्गको कब्जामा छ अनि कसरी श्रमिक वर्गले प्रयोग गर्ने ? त्यस्तो पटक्कै होइन भन्ने इतिहास र वर्तमानले भन्छ । आइन्सटाइन सामाजवाद चाहिन्छ भनेर लेख लेख्थे । मृत्युपहिले स्टेफन हकिङले पुँजीवादी शासकलाई दोष दिएरै छाडे ।
म्याडम क्युरीले असामान्य अभावग्रस्त जीवनमा गरेको रेडियमको खोज र उत्तर कोरियाले बनाएको अमेरिकालाई हैरान पार्ने परमाणु बम ! के यो यथार्थबाट बुझ्न सम्भव छैन र विज्ञान–प्रविधि कसको हुन्छ ? जसले चाहन्छ, त्यसले प्रयोग गर्न सक्छ । पुँजीपति वर्ग थोरै छ । ऊ असमानता र पृथ्वी ध्वस्त पार्ने लीलामा छ । श्रमिक वर्ग बहुसंख्यक छ अनि समानता र पृथ्वी जोगाउने पक्षमा छ । त्यसैले मानवताको मुक्तिको निम्ति श्रमिकवर्गले नै विज्ञान–प्रविधिलाई आफ्नो पक्षमा लिइछाड्नुपर्नेछ । यसको विकल्प छैन ।
यसरी लेनिनले व्याख्या गरेको युगको अन्त्य भई संसार नयाँ युगमा प्रवेश गरेको यथार्थसँगै यस युगका कम्युनिस्ट क्रान्तिकारीले नयाँ रणनीतिसहितको उत्तर दिनैपर्छ । विज्ञान–प्रविधि मुख्य उत्पादन शक्ति भइसक्यो, अबको क्रान्तिको रणनीति त्यसैमा आधारित हुनुपर्छ । यो निष्कर्षलाई कतिपयले हतारमा बनिबनाउ पुरानो आरोपले पन्छाउन खोज्छन् । कार्ल माक्र्स इन्जिन गाडी नभएको युगमा थिए । लेनिन इन्जिनले तान्ने रेल चढेर क्रान्ति गर्न हिँडे । के इन्जिन प्रविधिलाई प्रयोग गर्नु लेनिनको प्रविधिवादी कदम थियो ? प्रविधिले स्वतः परिवर्तन ल्याउँछ वा प्रविधि प्रयोगमा अब्बल हुन सके परिवर्तन गर्न सकिन्छ वा प्रविधि प्रधान हो, विचारधारा होइन भन्ने अवधारणा प्रविधिवाद हो । तर, मानिस निर्णायक हो । विचारधारा मुख्य हो । विचारधाराको विजयका निम्ति विज्ञान प्रविधिको प्रयोग मुख्य आवश्यकता भयो भन्नु प्रविधिवाद कसरी हुन्छ ?
पुँजीवाद र कम्युनिस्ट आधारभूत सबै विषयमा ठीक उल्टो हुनैपर्छ । तब त उल्टो समाज व्यवस्थालाई सुल्ट्याउन सम्भव हुन्छ । पुँजीवादले भोट हालेर प्रतिनिधि पठाउनुलाई पूर्ण लोकतन्त्र भन्छ, जुन झुट हो । कम्युनिस्ट आन्दोलनले भोट हालेर प्रतिनिधि चुन्ने अधिकार पुँजीवादको षड्यन्त्र हो, बरु सरोकारवाला आफैँले आफ्नाबारेमा निर्णय गर्न पाउनु पूर्ण लोकतन्त्र हो भन्न सक्नुपर्छ ।
चौथो प्रश्न : पुँजीवादी ढाँचामा कम्युनिस्ट संगठन कसरी ?
हरेक वस्तुको विकास र विनाशको मुख्य कारण त्यस वस्तुभित्रै निहित हुन्छ भन्ने द्वन्द्वात्मक भौतिकवादी निष्कर्षबाट हेर्दा सन् १८७१ को पेरिस कम्युनदेखि आजसम्मका कम्युनिस्ट व्यवस्थाको पतनको मूल कारण त्यहीँभित्र छ भन्ने मान्नैपर्छ । सोभियत संघदेखि चीनको आजको पुँजीवादी व्यवस्थासम्म बाहिरबाट आक्रमण गरेर चिली, इन्डोनेसियाको वामपन्थीलाई जसरी ढालेर प्रतिक्रान्ति भएको होइन । बहुसंख्यक देशका कम्युनिस्टका पुराना निष्कर्ष अर्थात् संशोधनवादले सत्ता कब्जा गरेर कम्युनिस्ट ढलेको मान्ने हो भने के पुँजीवादको अनुमतिमा समाजवाद सम्भव हुने माक्र्सवाद कतै थियो र ? भन्ने प्रश्नमा गएर ठोकिन्छ ।
वास्तवमा संशोधनवादका रूपमा अगाडि आउने पुँजीवादसँग लड्ने वैचारिक र संगठनात्मक विधि विकास गर्न असफल भयौँ भनेर पो सच्चा कम्युनिस्टले स्विकार्नुपर्ने हुन्छ । रुसका स्टालिन नियतमा सच्चा श्रमजीवी वर्गका नेता नै प्रमाणित हुन्छन्, तर संशोधनवादसँगै लड्ने उनको विधिबाट सफलता मिलेन । चीनका माओले सर्वहारा सांस्कृतिक क्रान्तिको प्रयोग गरे, जुन असाधारण क्रान्तिको रूपमा पुँजीवादी बौद्धिक क्षेत्रमा समेत स्थापित भयो, तर त्यो असफल भयो । माओले चाहेझैँ थप सांस्कृतिक क्रान्तिको आयोजक बाँकी रहेनन् । माक्र्स र एंगेल्सले सत्ता अभ्यास गर्नै पाएनन् । सत्ता प्राप्त गरेर धेरथोर अभ्यास गर्ने वैचारिक नेता लेनिन र माओले गम्भीर मिहिनेत गरेको पाइन्छ । लेनिनले सम्पूर्ण सत्ता सोभियतलाई भनेर अनि माओले आमजनतालाई अधिकार दिन सांस्कृतिक क्रान्तिमार्फत प्रयत्न गरे । लेनिन र माओको यो यथार्थमै महान् प्रयोग थियो । किनभने उनीहरू दुवैले आमश्रमिक जनतालाई नै निर्णायक बनाउन ती प्रयोग गरेको देखिन्छ ।
पुँजीवाद र संशोधनवादका रूपमा प्रकट हुने छद्म पुँजीवादले त क्रान्तिअघि वा क्रान्तिपश्चात आक्रमण त गर्छ नै । त्यसैले संशोधनवादको आक्रमणका कारण हामी हा-यौँ भन्ने भाष्यलाई मुख्य बनाउन कम्युनिस्टलाई छुट छैन । बरु आज कम्युनिस्टले विचारका अलावा संगठनको ढाँचा र पद्धतिमा कहाँ गल्ती भयो भन्ने प्रश्नमा घोत्लिनु जरुरी छ । यदि कठोर सिंहावलोकनतिर लाग्ने हो भने पुँजीवादले बनाएको संगठनको ढाँचा र कम्युनिस्टले बनाएको संगठनको ढाँचा आधारभूत रूपमै उस्तै हुँदै आएको छ ।
संगठनको अंश पार्टीभित्र मात्रै होइन, सिंगै राज्य व्यवस्थासम्म पुँजीवाद र कम्युनिस्ट ढाँचामा आधारभूत फरक छैन । १. पुँजीवादी पार्टीमा सर्वेसर्वा पिरामिडको चुचुरोमा रहेको नेता वा समिति हुन्छ । ठीक त्यसैगरी कम्युनिस्ट पार्टीमा पनि त्यस्तै हुन पुग्यो । पुँजीवादी व्यवस्थामा नेता भनेको शासक हुन्छ । कम्युनिस्ट व्यवस्थामा पनि मूलतः त्यही हुँदै आयो । फरक के भयो ? २. पुँजीवादी व्यवस्थाले आमजनतालाई प्रतिनिधि छान्ने मात्र अधिकार दिन्छ । त्यसपछि प्रतिनिधिमूलक संस्थाले प्रतिनिधि छान्ने जनताको बारे सबै निर्णय गरिभ्याउँछ ।
कम्युनिस्ट व्यवस्थामा पनि एक वा अर्को रूपमा यस्तै भयो । सरोकारवाला वर्ग र समुदाय आफैँले निर्णय गर्नै पाएनन् । तब फरक के भयो ? पुँजीवादसँग लड्ने र वैज्ञानिक समाजवादी समाज बनाउने लक्ष्य राख्ने, तर निर्णय जति पुँजीवादले जस्तै सानोभन्दा सानो जमातले गर्ने प्रणाली बनाएपछि त्यो समाजवादी ढाँचा नै अन्ततः भएन । तसर्थ, कम्युनिस्ट आन्दोलनले संगठनको ढाँचा र निर्णय प्रणालीलाई पूरै उल्ट्याउनु जरुरी छ ।
पार्टीलगायत प्रतिनिधि समितिले १. वैचारिक र राजनीतिक दिशाबोध गर्ने । २. उत्पीडित वर्ग र समुदायका निर्णयलाई व्यवस्थापन अर्थात् लागू गर्ने । ३. उत्पीडित वर्ग र समुदायबीच संयोजन गर्ने काम मात्र गर्ने ढाँचा तय गर्नुपर्छ । पुँजीवादले निर्णयाधिकार सबै माथि लैजान्छ भने कम्युनिस्टले चाहिँ निर्णय गर्ने अधिकार सरोकारवाला आमजनसमुदायमा फर्काउने प्रणालीमै जानुपर्छ । पुँजीवाद र कम्युनिस्ट अधारभूत सबै विषयमा ठीक उल्टो हुनैपर्छ । तब त उल्टो समाजव्यवस्थालाई सुल्ट्याउन सम्भव हुन्छ । पुँजीवादले भोट हालेर प्रतिनिधि पठाउनुलाई पूर्ण लोकतन्त्र भन्छ, जुन ठूलो झुठ हो । कम्युनिस्ट आन्दोलनले भोट हालेर प्रतिनिधि चुन्ने अधिकार पुँजीवादको ठूलो षड्यन्त्र हो बरु सरोकारवाला आफैँले आफ्नो बारेमा निर्णय गर्न पाउनु पूर्ण लोकतन्त्र हो भन्न सक्नुपर्छ र त्यसैअनुसारको संगठन एवं व्यवस्थाको ढाँचा प्रस्तुत गर्नुपर्छ ।
पाँचौँ प्रश्न : प्रकृतिमाथि विजयी हुनु मानवलक्ष्य हो ?
पुँजीवादले प्रकृतिलाई ध्वस्त नबनाइसकेको समयमा मानव जातिको सुखको निम्ति प्रकृतिलाई अत्यधिक प्रयोग गर्नुपर्ने आवश्यकता र लालसाका कारण माक्र्स–एंगेल्सकालीन कम्युनिस्ट साहित्यमा प्रकृतिमाथि विजयी बन्नुपर्ने अवधारणा स्थापित हुन पुग्यो । वर्गको अन्त्यपश्चात् साम्यवादी समाजमा मानवको मुख्य अन्तरविरोध प्रकृतिसँगै हुने अवधारणासमेत जोडतोडले प्रचार हुन पुग्यो ।
प्रकृतिका नियमको कम ज्ञानका कारण मानव जीवनलाई समृद्ध बनाउन परेको समस्याको चापले यस्तो मान्यता अगाडि आएको मान्न सकिएला, तर यो गलत अवधारणा थियो । जसरी निजी सम्पत्तिको जन्म भयो, त्यसपछि मानव सभ्यता विकृतितिर जान सुरु भयो । जबदेखि मानवले पृथ्वीलाई आफ्नो मात्र ठान्न थाल्यो, पर्यावरण ध्वस्त हुन सुरु भयो । त्यसैले मानव विशिष्ट जीवन हो, तर अरूभन्दा सर्वश्रेष्ठ हो भन्ने मान्यता आज गलत साबित भएको छ । त्यसैगरी, प्रकृतिमाथि विजयी हुने अवधारणा पनि गलत हुन्छ । मानव स्वयं प्रकृतिको अंश हो । तब प्रकृति दुस्मन कसरी हुन्छ ? रोगी मुटुले मात्र दिमागसँग संघर्ष गर्न थाल्छ र मान्छेको मृत्यु हुन्छ नत्र भने शरीरका अंग त एक–अर्काका पुरक पो हुन्छन् ।
प्रकृतिको मानव अत्यन्त सानो अंश हो, तब मानवले प्रकृतिका नियम पत्ता लगाउँदै प्रकृतिको रक्षा गर्दै आफ्नो पनि समृद्धि खोज्नुपर्ने हुन्छ । आजको समाजशास्त्र, मानवशास्त्र आदि ज्ञानका क्षेत्रमा प्राप्त यी र यस्ता सयौँ गम्भीर प्रश्नको नयाँ र सही उत्तर आजको कम्युनिस्ट आन्दोलनले दिन सक्नुपर्छ । त्यस्ता विषयमा हिजो कम्युनिस्ट आन्दोलनले गरेका त्रुटिलाई सच्याउने वा नयाँ युगअनुकुल मान्यता निर्माण गर्न सक्नैपर्छ ।
के नयाँ युगका नयाँ प्रश्नको उत्तर दिएर २१औँ शताब्दीलाई पुनः कम्युनिस्ट क्रान्तिमय बनाउन कम्युनिस्टहरू तम्सिएलान् ? ढिलो–चाँडो कम्युनिस्टहरूले त्यो पहलकदमी लिनेछन् ।
www.nayapatrikadaily.com बाट साभार
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-61892614462532781092019-02-16T01:15:00.004-08:002019-02-16T01:15:53.937-08:00नेपाली सन्दर्भ र ‘समाजवाद’ - हरि राेका
शिलापत्रडटकमको यो मासिक स्तम्भ हो । यस स्तम्भमार्फत समाज, राजनीति, अर्थनीति, कुटनीति लगायतका विभिन्न क्षेत्रमा सैद्धान्तिक र व्यवहारिक बहस गर्नेछौं । बहसको विषयवस्तुका पक्ष–विपक्षमा मत जाहेर गर्न विचारक स्वतन्त्र छन् । यो स्तम्भमा विज्ञ र विचारकबाट व्यक्त धारणाले देश र समाज निर्माणमा योगदान गर्नेछ भन्ने हाम्रो ठहर छ । यसपटकको बहसमा राजनीतिक अर्थशास्त्री हरि रोकाको -नेपाली सन्दर्भ र ‘समाजवाद’-विषयमा बहस गरेका छौं। आशा छ यो बहसमा तपाईंकाे सक्रिय सहभागिता रहनेछ ।
नेपाली सन्दर्भमा माक्र्सवादमा आधारित समाजवाद
के हो समाजवाद ? किन समाजवाद ? कसका लागि समाजवाद ? हिजो आज असाध्य धुमिल देखिन्छ परिभाषा । जनताको पक्षमा लामबद्ध भएका पुराना वामपन्थीहरुको परिभाषा भने अलि प्रष्ट लाग्थ्यो ।
जस्तो कि समाजका प्रत्येक ब्यक्तिको समानताका आधारमा उसका सम्पूर्ण ब्यक्तिगत क्षमताको भरपुर विकासको अवसर प्राप्त गर्न आवश्यकता अनुसार साधन उपलब्ध होस् । यतिवेलाको समाजमा त्यो क्षमता विकास अवरुद्ध भएकोछ ।
खासगरी जीवन यापनको मापदण्ड, रोजगारी, प्राप्त कामकै पनि अवस्था, शिक्षा, स्वास्थ्य, आवास, संस्कार र संस्कृतिको उपलब्धि, सामाजिक श्रम आदि जस्ता आधारभूत विषय वस्तु प्राप्तीमै बिषम असमानता विद्यमान छ ।
यी असमानता दूइवटा प्रणालीमा राखेर हेर्न सकिन्छ ।
(१) आमरुपमा पन्छाउने(exclusion)क्रियाकलाप मार्फत । र दोश्रो शोषण (exploitation) मार्फत । पहिलो प्रणालीमा मानिसहरुको ठूलै समूहलाई आम बेरोजगारी तथा जातीय तथा धार्मिक आधारमा संस्थागत रुपमै बाहिरिएको छ ।
(२) दोश्रो प्रणालीमा जिवीकाका लागि उत्पादनका साधन मार्फत उत्पादित वस्तु तथा सेवा सहित एउटा पक्षबाट अधिक हिस्सा हरण गरेर वा नाफाको हिस्सा आफ्नो भागमा बढी र अर्कोको भागमा कम गरेर शोषण गरिन्छ । कार्लमाक्र्सले प्रत्येक जसो सभ्यतामा श्रमजीवि वर्गले उत्पादन गरेको सामाजिक वचत (social surplus) अपहरण र शोषण हुने गरेको बताएका छन् (Ccckshott & Zachariah 2012) ।
एउटा निर्दिष्ट आर्थिक रुपमा (economic form) उत्पादनका साधन (means of production) बाट बाहिरिएका श्रमजीवि वर्ग र उत्पादन शोषणबाट उत्पीडित कामदार वर्ग तथा उत्पादनका साधनामाथि अधिनायकत्व जमाएका वर्गबीचको उत्पादन सम्बन्ध भन्दा बाहिर शासित र शासकको सम्बन्ध स्थापित हुँदै जान्छ ।
बिगतमा सामाजिक वैज्ञानिकहरुले समाज र उत्पादक सम्पतिमाथि नियन्त्रणका हिसावले आर्थिक वर्गको (Economic class) वर्ग विश्लेषण गरेकाछन् । जस्तो दास, मालिक, जमिन्दार, स्टेट म्यानेजर, पूँजीपति आदि ।
यस्तो प्रकृया नजानिँदो, वा जानिदो, प्रत्यक्ष वा अप्रत्यक्ष वा पद्धतिका रुपमा समेत विकसित हुन्छ । अनि शासकहरुले पछि विधिवत रुपमै सामाजिक उत्पादकत्व माथि नै नियन्त्रण गर्न थाल्छन् ।
बिगतमा सामाजिक वैज्ञानिकहरुले समाज र उत्पादक सम्पतिमाथि नियन्त्रणका हिसावले आर्थिक वर्गको (Economic class) वर्ग विश्लेषण गरेकाछन् । जस्तो दास, मालिक, जमिन्दार, स्टेट म्यानेजर, पूँजीपति आदि ।
यो वर्गीकरणमा उत्पादित वस्तु तथा सेवा माथि यो धनाढ्य वर्गले वस्तु र सेवा माथि कसरी नियन्त्रण गर्छन्, कसरी उपभोग गर्छन र कसरी शोषण गर्छन् भन्ने आधारमै त्यो कुन आर्थिक वर्ग भित्र थियो र छ भन्ने पहिचान हुने हो । समाजवादी समाज यी दुवै खाले शोषण र पीडाबाट मूक्ति प्राप्त गर्ने प्रणालीका रुपमा बुझिन्छ ।
खासगरी उत्पादन क्षमता भएका सम्पति तथा बचत गरिएको सञ्चिति वा शोषण वा उत्पीडन गरेर जम्मा गरिएको पूँजी सञ्चिति माथि सामाजिक स्वामित्व स्थापित गर्दा मात्रै समाजवादको मार्ग प्रशस्त हुन्छ भन्ने मान्यता रहँदै आएकोछ । हामी यो प्रवन्धमा उल्लेखित समाजवाद माक्र्सवादमा आधारित रहेको तथ्य स्पष्ट गर्न चाहन्छौँ । त्यही आधारमा हाम्रो बाँकी विश्लेषण आधारित रहेको ब्यहोरा अवगत गराउँछौँ ।
माक्र्सवाद र ऐतिहासिक भौतिकवाद
अन्य सवै सैद्धान्तिक अवधारणाभन्दा भिन्न ऐतिहासिक उत्खनन्का कारण माक्र्सवाद भिन्न छ । जसलाई हामी माक्र्सवाद भन्छौँ त्यो कल्पनामा होइन ऐतिहासिक विज्ञानमा आधारित तथ्यमा निहित छ । माक्र्स भन्छन्, ‘मान्छेले आफ्नो इतिहास आफैँ बनाउछ, कसैलाई खुसी पार्न कसैले पनि इतिहास रच्दैन ।’
त्यो इतिहास वर्गीय शोषण कुन चरणबाट गुज्रिदैछ भन्ने कुरामा भरपर्छ । साधरणतया ‘उत्पादन पद्धति’, आर्थिक शक्ति र सम्बन्ध तथा उनीहरुबीचको अन्र्तर विरोध आदिले निर्माण गर्ने वर्ग र समाजमा कस्को कस्तो निर्णायक भूमिका रहन्छ भन्ने निर्धारण गर्छ ।
माक्र्सवाद भन्छौँ त्यो कल्पनामा होइन ऐतिहासिक विज्ञानमा आधारित तथ्यमा निहित छ । माक्र्स भन्छन्, ‘मान्छेले आफ्नो इतिहास आफैँ बनाउछ, कसैलाई खुसी पार्न कसैले पनि इतिहास रच्दैन ।’
ऐतिहासिक निर्धारण, आर्थिक तथा प्राविधिक विषयले ऐतिहासिक रुपान्तरण गर्नमा तिनको भूमिका, राजनीतिले निर्धारण गर्ने आर्थिक नीति र संस्थागत परिचालनले शोषणका ऐतिहासिकता कस्तो भन्ने तय गर्छ (Marx; 1960)। इतिहासका सबै मोडहरुलाई हेरेर र नै माक्र्स र एंगेल्सले कम्यूनिष्ट घोषणापत्रमा ‘अहिले अस्तित्वमा रहेको समाज इतिहासमा भएका अनेक वर्ग संघर्षको उपज’ हो भने ।
यो वाक्यले नै माक्र्सले खिचेको क्रान्तिकारी राजनीतिक कार्यक्रमको विचारको खाका प्रस्तुत हुन्छ । यही सोचले श्रमजीविको आत्मस्वभिमान जगाउने संघर्ष मात्र होइन सबै प्रकारका शोषण र उत्पीडनबाट मुक्त हुनका लागि संघर्ष गर्न उक्साउछ ।
प्रखर माक्र्सवादी अध्ययेताहरुले माक्र्सवादलाई सूत्रको रुपमा होइन ऐतिहासिक वर्ग–संघर्ष रुपरेखाको अध्ययन गर्ने विधिको रुपमा बोध गरेका छन । विज्ञान प्रविधिको नयाँ खोज तथा अन्वेषण तथा विस्तार र विकासले ल्याउने सामाजिक परिवर्तन अर्को अर्थमा हरेक औद्योगिक क्रान्तिले ल्याउने परिवर्तन, हरेक परिवर्तन भित्र विकसित हुने उत्पादक शक्तिको विकास कसरी हुन्छ ? त्यो कामदार शक्ति कसरी प्रशिक्षित हुन्छ ? कस्ता बाहक वा संगठकले तिनलाई डोर्याउछन ?
सामाजिक उत्पादन पद्धति र सामाजिक वितरणमा तिनको सहभागिता कसरी तय गरिन्छ भन्ने कुराले क–कस्ता वर्गहरु उत्पादन हुन्छन्, तिनीहरुबीच कस्ता अन्तर्सम्वन्ध वा संघर्ष स्थापित हुन्छन् वा हुने संभावना रहन्छ भन्ने निर्धारण गर्छ ।
आर्थिक सामाजिक परिस्थिति, श्रमजीवि शक्तिको प्रशिक्षण, राज्यको नीतिले निर्धारण गर्ने वर्ग संघर्ष र क्रान्ति पछिको रुपान्तरण प्रक्रिया यो अध्ययनसँग जोडिने महत्वपूर्ण कडी हुन पुग्छन् (Dworkin; 2007) । त्यसैले सिद्धान्ततः माक्र्सवाद ‘वाद–विवाद’ वा ‘बहस (Dialectics)’, “भौतिकवाद (Materialism)”, र ‘इतिहास ’ को सम्मिश्रण हो । यथार्थपरक अध्ययन, खोज र मिमांसा नगरी परिस्थितिको ठोस वा यथार्थ बिश्लेषण गर्न सजिलो छैन ।
त्यसैले माक्र्सको एउटा प्रसिद्ध भनाई छ, ‘विज्ञानसम्म पुग्न बनिबनाउ राजमार्ग हुँदैन’ । ‘माक्र्सवाद’, बाइबल, कुरान, वा गीता होइन जसलाई कण्ठस्थ गरेर कथित ‘मुक्ति’ प्राप्त होस् । आजसम्म जे जति समाजवादी क्रान्ति सम्पन्न भए माक्र्सवादी विधिअनुरुप आफ्नो वर्गसंघर्षको इतिहास, तत्कालिन समाजको आर्थिक सामाजिक संरचना, तत्कालिन राज्यको प्रकृति र प्रवृति, समाजमा विद्यमान वर्ग संघर्ष आदिलाई गहिरोसँग केलाएर बहुमत मानिसलाई संगठित संघर्षमा होम्दै सफलतामा पुगेका हुन् ।
सिद्धान्ततः माक्र्सवाद ‘वाद–विवाद’ वा ‘बहस (Dialectics)’, “भौतिकवाद (Materialism)”, र ‘इतिहास’ को सम्मिश्रण हो । यथार्थपरक अध्ययन, खोज र मिमांसा नगरी परिस्थितिको ठोस वा यथार्थ बिश्लेषण गर्न सजिलो छैन ।
माक्र्सवादी अध्ययनविधिकै कारण पछिका माक्र्सवादीहरुले ‘ठोस परिस्थितीको ठोस विश्लेषण’ गरेर क्रान्तिको अगुवाई गरे । रुसको अक्टोवर क्रान्ति, चिनिया जनक्रान्ति वा क्युवाली क्रान्ति सवै आ–आफ्ना परिवेशमा आ–आफ्ना व्याख्या र विश्लेषणका आधारमा सम्पन्न भएका थिए । ती सवैको संघर्षको प्रकृति भिन्ना भिन्नै थिए ।
माक्र्सवाद र लोकतन्त्र
बिद्यमान समाजले कुनै पनि तर्क वा विश्लेषण वा संगठानिक वा परिपाटी बिशेष लाई निषेध गर्दैन, तर पूर्ण रुपमा बिश्वस्त नहुन्जेल शंकाको घेरा वा शंसय भित्र राखिरहन्छ । किनकी अधिकांश राजनीतिक पार्टीहरु समाजकै रुपान्तरणको दावा गरेर उत्पन्न हुन्छन तर वास्तविकतामा भने समाजको रुपान्तरणमा भन्दा राज्य संयन्त्र माथि पहुँच र नियन्त्रण राख्ने अवस्था भए पछि समग्र समाजमाथि शोषण र उत्पीडन गर्दै आफै रुपान्तरित हुन्छन् ।
त्यसैले समाजवादमा विश्वास गर्ने श्रमजीवि वर्गले कुन पार्टी समाजवादी हो होइन भन्ने छुट्याउन आवश्यक छ ।
कुन पार्टीले उत्पादनका साधनमाथिको स्वामित्व सामाजिक गर्न चाहेको छ ? उत्पादनका साधानमाथिको सामाजिक न्यायका आधारमा वितरण गर्न चाहेको छ ? कसले कामका मामिलामा सही सूचना प्रवाह गरिरहेको छ ? कस्ले पूँजीवादलाई प्रराष्त गरेर समाजवाद स्थापना गर्न चाहिरहेको छ ?
त्यसैले समाजवादमा विश्वास गर्ने श्रमजीवि वर्गले कुन पार्टी समाजवादी हो होइन भन्ने छुट्याउन आवश्यक छ ।
कस्ले सवै जात–जाति, भाषा–भाषी, रिती–थिती, रहन–सहन वा सबै संस्कृतिको समान विकासको पहल गरिरहेको छ वा त्यसका लागि संर्घष गरिरहेको छ ? कस्ले धरमर र अधकल्चो कुरा गरिरहेको छ र कस्ले पक्का, दोहोरो अर्थ नलाग्ने पक्का कुरा गरिरहेको छ भन्नेबाट कित्ताकाट गर्न आवश्यक हुन्छ ।
नेपाली सन्दर्भमा होस या बाह्य समाजवादी कार्यक्रमका वारेमा हचुवा घोषणा, हलुका ब्याख्या वा अपव्याख्या गर्नेहरु धेरै आए र आइरहन्छन् । एक थोक घोषणा गर्ने र अर्को थोक गर्ने हरु पनि प्रसस्त छन् र त्यसैलाई समाजवादको आवरण दिने कोसिस गर्छन् । यस्ले गर्दा आम जनसमुदायमा वितृष्णा उत्पन्न गराई समाजावाद शब्द माथि नै घृणा उत्पन्न गराउने माहौल खडा गर्न थाल्छन ।
त्यसैले अनवश्यक ठूलठूला बाचा गर्ने भन्दा समाजमा के त्यस्ता कुराहरु छन् जस्ले समाजमा बिद्यमान बहुमत जनसमुदाको जीवन पद्धतीमा सहजता र सजिवता ल्यान मद्दत गर्छ ? समाजको भित्रि तहको दमित माग वा इच्छाहरु कसरी परिपूर्ती गर्न मेलो मिलाउन सकिन्छ ? जस्ता मुद्धाहरुमा समाजवादी ध्येय हुन बाञ्छनीय हुन्छ (Gindin;2019) ।
आम श्रमजीवि वर्गका माझमा विश्वास जगाउन सक्नु नै समाजवादीहरुका लागि सवैभन्दा ठूलो चुनौति हो । यस्तो विश्वासमा धमिरा लाग्यो वा कोही कसैले उल्टो बाटो हिड्यो वा लक्ष्य विपरित बङ्ग्यायो भने समग्र समाजवादी आन्दोलन माथि नै अविश्वास पैदा हुने खतरा रहन्छ ।
वर्तमान विश्वमा सवैभन्दा बढी उछालिएको बिषय माक्र्सवादीहरुले ‘लोकतन्त्र’ माथि छलफल गर्दैनन् भन्ने हो । यद्यपि माक्र्सवादले अनुपम सामाजिक आधार र आधारभूत विचारधारात्मक सिद्धान्तलाई व्यवस्थित गर्न छलफल र बहसका निकैवटा चरण पार गरिसकेको छ ।
वर्तमान विश्वमा सवैभन्दा बढी उछालिएको बिषय माक्र्सवादीहरुले ‘लोकतन्त्र’ माथि छलफल गर्दैनन् भन्ने हो । यद्यपि माक्र्सवादले अनुपम सामाजिक आधार र आधारभूत विचारधारात्मक सिद्धान्तलाई व्यवस्थित गर्न छलफल र बहसका निकैवटा चरण पार गरिसकेको छ ।
पहिलो चरण, अर्थात फस्ट इन्टरनेशनल विचार निर्माणको क्रममा थियो । यद्यपि बहस र छलफल बृहत रुपमै सम्पन्न भएका थिए । दोश्रो, माक्र्सको देहावसानपछि सेकेण्ड र थर्ड इन्टरनेशन अर्न्र्तराष्ट्रिय स्तरमै श्रमजीवि आन्दोलन र तिनीहरुका पार्टीहरुमा केन्द्रित रहे । तर सन् १९५० को मध्यान्न देखि भने माक्र्सवाद सम्वन्धी बहस युरोप, अमेरिका र एसियाका निश्चित विश्वविद्यालयमा केन्द्रित हुन पुग्यो (Hobsbawm; 2011) ।
पूँजीवादी कोणबाट माक्र्सवाद सर्वासत्तावादी छ लोकतान्त्रिक छैन भन्ने धेरै साहित्य रचना गरिए । ग्रावियल ए. आलमण्ड, हन्ना र्आन्त, फर्नाडो काउडिन, जोसेप सुम्पटर, फिलिप सेल्झेनिक, जेकव ताइमन आदी । यी लेखकका कृतिहरु वास्तविकतामा आधारित भन्दा शीतयुद्धको राजनीतिसँग बढी प्रभावित देखिन्थे ।
पूँजीवादी कोणबाट माक्र्सवाद सर्वासत्तावादी छ लोकतान्त्रिक छैन भन्ने धेरै साहित्य रचना गरिए । ग्रावियल ए. आलमण्ड, हन्ना र्आन्त, फर्नाडो काउडिन, जोसेप सुम्पटर, फिलिप सेल्झेनिक, जेकव ताइमन आदी । यी लेखकका कृतिहरु वास्तविकतामा आधारित भन्दा शीतयुद्धको राजनीतिसँग बढी प्रभावित देखिन्थे ।
यस्को निरन्तरता फ्रान्सिस फुकुयामाको ‘दी इण्ड अफ हिष्ट्री एण्ड दी लास्ट म्यान (Fukuyama; 1992) सम्म दोहोरिइरहे । सन् १९१७ को अक्टुवर क्रान्तिपछि ‘माक्र्सवाद’ युरोप र अमेरिकाका श्रमजीवि जनताका लागि मूक्तिकामी हुन पुग्यो । ट्रेड युनियनहरु बलिया भए र तिनले उत्पादन र वितरणका क्षेत्रमा सामाजिक न्याय केही हद सम्म भए पनि लिन सक्ने वतावरण बन्यो । ल्याटिन अमेरिकामा विकासमा परनिर्भरताको सिद्धान्त (dependency's theory) बलियो भएर आयो ।
यस्ले साम्राज्यवादी अर्थराजनीतिको बिपक्षमा आम मानिसलाई उभ्यायो । सन् १९५० पछि अफ्रिका र एसियाली मुलुकहरुमा माक्र्सवाद उपनिवेशवाद बिरोधी संघर्षका रुपमा उल्लेख भयो । उदाहरणका रुपमा भियतनाम, अंगोला, मोजाम्बिकलाई लिन सकिन्छ । पूँजीवादका पक्षधरहरुले माक्र्सवादले सिद्ध गरेका यी दुई तथ्यहरुलाई पूर्णरुपमा आँखा चिम्लिए ।
बिसौँ शताब्दिको अन्त्यतिर आईपुग्दा माक्र्सवादको विश्वव्यापी प्रभाव कमजोर बन्दै गयो । सोभियत संघको पतन पछि कथित प्रजातान्त्रिक समाजवाद पनि टिकेन । चीन र भियतनामको बजार समाजवाद पनि पूँजीवादमै गएर टूंगिए । बिस्तारै संसार भरी वर्गमा आधारित राजनीतिभन्दा पहिचानको सामाजिक आन्दोलनले ठाँउ लिँदै गयो ।
विश्वविद्यालयहरु समाजशास्त्र र मानवशास्त्रमा पहिचानसँग गाँसिएको अमानवियता खोज्ने ठाँउमा पुगे । यसको अर्थ नवशास्त्रीय अर्थशास्त्रीहरु (Neo-classical Economists) र उदारवादी राजनीतिक शास्त्रीहरुले (liberal political scientists) शीतयुद्ध पछिको बिश्व राजनीतिले माक्र्सवादी विचारधारा नवउदारवादको विकल्प हुन सक्तैन भन्ने मान्यता स्थापित गर्न खोजेकै थिए ।
यस्तो समय वा कालखण्ड व्यतित हुन सक्छ भन्ने अनुमान बिगतमा गरिएका थिएनन् । तर एक्काइशौँ शताब्दी सुरु हुँदा नहुँदै नवउदारवादी पूँजीवाद माथि गहिरो संकट एकपछि अर्को गर्दै देखा परे । सन् २००८/०९ को महा मन्दी (great recession) र त्यसले संसारब्यापी रुपमा निम्त्याएको संकटबाट बर्तमान विश्व एक दशक वितिसक्दा पनि मुक्त हुन सकेन । माक्र्सवादमा चाख राख्ने समाजशास्त्री तथा अर्थशास्त्रीहरु यतीवेला माक्र्सवादको पुर्नउत्थानका लागि चार वटा प्रारंभिक तत्वहरुको ब्याख्या गर्न रुचाइरहेका देखिन्छन् ।
१. माक्र्सवादमा आन्तरिक र बाह्य लोकतन्त्रको ब्यवस्थापन । कथित आलोचना र आत्मआलोचना असफल सिद्ध भइसकेको सन्दर्भमा ।
२. पूँजीवादले विकृत तुल्याउने पर्यावरणीय समस्याका वारेमा,
३. विश्व पूँजीवादमा देखापरेको संकट टार्न सकिने (चक्रिय प्रणाली भित्रको संकट) हो वा टार्न नसकिने प्रणालिगत (systemic crisis) भन्ने तथ्यमा आधारित बिश्लेषण र, ४. हालसम्मका माक्र्सवादी असफलताका पाठहरुवाट सिक्ने वा गंभिर अध्ययन गर्ने कुरा ।
माक्र्सवादलाई उन्नाइसौँ र बिसौँ शताब्दिको बुझाईमा सिमित राखेर ‘माक्र्सवाद’ को पुर्नउत्थान संभव छैन । यसका साँघुरा अवयवहरु र वर्गसंघर्षको गाथासँग मात्र जोडिएर पनि संभव छैन । सन् १९६८ देखि हालसम्म सतहमा विश्व राजनीतिमा के कस्ता मुद्धाहरु देखापरे ? जस्तो पहिचान, महिलावाद, पर्यावरण, अराजकतावाद, आदिवासी व्यवस्थापन, आदि मुद्धाहरु (Renton; 2004) ।
माक्र्सवादलाई उन्नाइसौँ र बिसौँ शताब्दिको बुझाईमा सिमित राखेर ‘माक्र्सवाद’ को पुर्नउत्थान संभव छैन । यसका साँघुरा अवयवहरु र वर्गसंघर्षको गाथासँग मात्र जोडिएर पनि संभव छैन ।
यस सन्दर्भमा माक्र्सवादका नयाँ अभ्यासहरुलाई पनि बुझ्न जरुरी छ । बोलिभियाको आदिवासी जनजाति उत्थानको विषय, भेनेजुयलामा ह्युगो चाभेजको एक्काइसाै शताब्दीको समाजवादको उद्भव र त्यसले भोगेका कठिनाई र असफलता, भारतको केरलाको क्रान्तिकारी लोकतान्त्रिक विकेन्द्रिकरण, वल्र्ड सोसियल फोरम, अकुपाई मुभमेन्ट, स्पेन, ग्रीस र बेलायतमा भएको एन्टी अष्टेरिटी मूभमेन्ट, अरब स्प्रिङ्ग र नेपालकै माओवादी युद्ध र जनआन्दोलनको अन्तरघुलन आदि ।
यी सवै आन्दोलनहरु बिगतमा केलाइएको वा अभ्यास गरिएको माक्र्सवादी विचारधारात्मक ब्ल्यूप्रिन्ट हुवहु लागु गरेर मात्र संभव भएका होइनन् । लोकतान्त्रिक, सामाजिक न्यायसहित, पर्यावरण जोगाउने गरी पूँजीवादको विकल्प खोज्न यी आन्दोलनहरु बहुतै सामान्य मानिसहरुको प्रयत्नवाट सुरु गरिए र ‘अर्को संसार संभव छ’ भन्ने मान्यता स्थापित गरिए ।
समाजवादबारे नेपाली बहस
जहानिया राणा शासनको अन्त सँगसँगै नेपालमा ‘वाद तथा विचारधारा’ भित्रिए । २००७ सालको आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेससँग आवद्ध नेताहरु भारतका विभिन्न आन्दोलनकारी नेताहरुका विचारबाट प्रभावित थिए ।
अंग्रेजी साहित्यसँग परिचित केही नेताहरु अन्तराष्ट्रिय प्रजातान्त्रिक समाजवादसँग पनि नजिक रहेको धारणा ब्यक्त गर्दथे । २०१२ सालको बैरगनिया सम्मेलन पछि नेपाली कांग्रेसले आफ्नो लक्ष्य ‘प्रजातान्त्रिक समाजवाद’ रहेको उल्लेख गर्यो ।1
नेपाली प्रजातान्त्रिक समाजवादका प्रणेता भनिएका बी.पी.कोइराला मुख्यत बालिगमताधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा राजनीतिक पार्टीहरुको अधिकार आदिको ब्यवस्था भएको पश्चिमा पूँजीवादी राज्यको विचारको पक्षपोषण गर्दथे (Bhusal:2001) । उनले समाजवाद किन ? कसका लागि कसरी प्राप्त गर्न सकिन्छ भनेर आधिकारिक ढंगले कुनै दस्तावेज प्रस्तुत गरेका छैनन् ।
नेपाली प्रजातान्त्रिक समाजवादका प्रणेता भनिएका बी.पी.कोइराला मुख्यत बालिगमताधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा राजनीतिक पार्टीहरुको अधिकार आदिको ब्यवस्था भएको पश्चिमा पूँजीवादी राज्यको विचारको पक्षपोषण गर्दथे । उनले समाजवाद किन ? कसका लागि कसरी प्राप्त गर्न सकिन्छ भनेर आधिकारिक ढंगले कुनै दस्तावेज प्रस्तुत गरेका छैनन् ।
राजा महेन्द्रले सैन्य कु मार्फत बी.पी. कोइराला नेतृत्वको कांग्रेस सरकार अपदस्थ गरे । जेल र भारत प्रवासमा रहुन्जेल बीपीका धेरै साहित्यक कृतिहरु प्रकासित भए तर प्रजातान्त्रिक समाजवादको खाकाबारे उनले खासै लेखेनन् । भारत प्रवासबाट फर्किएपछिको सक्रिय राजनीतिक कालखण्डमा पनि उनले ‘प्रजातान्त्रिक समाजवाद’ बारे नया सन्दर्भमा नयाँ ब्याख्या बाहिर ल्याएनन् ।
उनका अन्तिम दुई कृति ‘जेल–जर्नल’ र ‘आत्म बृतान्त’ मा त्यो सैद्धान्तिक बिषयले प्राथमिकता पाएको देखिएन ।
उनका अनुयायीहरु १९९० पछि पटक पटक सत्तारुढ रहँदा नवउदारवादी बजार अर्थतन्त्रको मोडल नै ब्यवहारमा कार्यान्वयन गरेपछि नेपाली कांग्रेस मुख्यत ‘उदारवादी ब्यक्तिवाद’ मा केन्द्रित थियो भन्न सकिन्छ । र उसको समाजवादसँग कुनै साइनो सम्वन्ध थिएन भनेर ठोकुवा गर्न मिल्छ ।
नेपाली कांग्रेसले भन्ने गरेको ‘प्रजातान्त्रिक समाजवाद’ माक्र्सवादमा आधिारित समाजवाद होइन । उनीहरु श्रमजीवि तथा सर्वहारा वर्गले उत्पादनका साधनमाथि स्वामित्व पाउने वा उत्पादनका साधन माथि सामाजिक स्वामित्व हुनुपर्छ भन्ने धारणाका विरोधी हुन् ।
सामाजिक न्यायका लागि सम्पत्तिको पुर्नवितरण आवश्यक छ भन्ने विषय तिनका लागि ‘लोकप्रियवाद’ वा ‘वितरणमुखी’ ठहरिएकोछ । यसैगरी जनवादी क्रान्ति सम्पन्न भए पछि कम्यूनिष्टहरुले झैँ, जमिनदार, एकाधिकारवादी तथा कर्पोरेट पूँजीपतीहरुको हातमा संकुचित र सञ्चित हुँदै जाने उत्पादनशील सम्पत्तिको (प्रोडक्टीभ एस्सेट्स) स्वामित्व खोसेर त्यो पूँजी वा सम्पत्तिको ब्यवस्थापन र स्वामित्व मजदुरलाई सुम्पने कल्पना उनीहरुले राख्दैनन् (रोका ; २०७४) ।
बि.सं. २००६ सालमा कामरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्यूनिष्ट पार्टीको गठन भयो । नेकपा गठनको दोश्रो दशकमा पार्टी पंक्ति चिनिया क्रान्तिवाट प्रस्तावित नौलो जनवादी कार्यक्रमवाट प्रभावित बन्न पुग्यो । नेपाली वर्ग विश्लेषण तथा र क्रान्तिको कार्यनीति र रणनीतिहरु पनि चिनिया विश्लेषण कै नेपाली संस्करण जस्ता लाग्ने गरि ब्याख्या गरिए ।
यद्यपि समाज परिवर्तनको त्यो नेपाली खाका जसलाई ‘जनवाद’ भनियो, आम नागरिकबीचमा लोकप्रिय बन्दै गयो । यस अर्थमा नेपाली कम्यूनिष्ट आन्दोलनमा समाजवादमा पुग्ने कार्यक्रमका रुपमा ‘जनवाद’लाई लिइयो र जनवादकै परिभाषा पछिल्लो चरणमा भिन्ना भिन्नै अर्थमा अथ्र्याइयो । त्यसैले कस्तो समाजवाद भन्दा ‘कस्तो जनवाद ?’ भन्ने बिषयमा छलफलको बिषय बन्न पुग्यो ।
९० को दशकमा सोभियत मोडलको पतनपछि ‘राष्ट्रिय जनवाद’का पक्षधरहरु क्रमिक रुपमा समापनको दिशातर्फ उन्मुख हुन पुगे । आधारभूत रुपमा ‘नेपाली समाज अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक रहेकाले’ समाजवाद धेरै टाढाको बिषय हो र जनवादी क्रान्ति (आधारभूत रुपमा पुँजीवादी चरित्र रहेको क्रान्ति) गर्नु पर्ने सैद्धान्तिक वैचारिक हिसाबले ठिक हो भन्ने निश्कर्षमा नेपाली कम्यूनिष्ट आन्दोलनमा बहुमत उभियो ।
सोभियत संघको बिघटन पछि नेकपा (एमाले) ‘बहुदलीय जनवाद’ को कार्यक्रम (मुलत वेष्टमिन्ष्टर मोडलको संसदीय प्रणाली) प्रति प्रतिबद्ध भएर अगाडी बढ्यो भने, नौलो जनवादी क्रान्तिको पक्षधर ठानिएकाहरुको पनि ‘जनयुद्ध’ मार्फत मुलधार बन्न पुगेको नेकपा (माओवादी) जनयुद्ध मार्फत नौलो जनवादी ब्यवस्था कायम गर्न तम्सियो (स्टेफन माइकसेल; २००४) ।
झण्डै एक दशक लामो युद्धकै समयमा दरबार हत्याकाण्ड हुन पुगेपछि र नयाँ स्थापित राजाले सत्ता हत्याएर दलहरुमाथि प्रतिबन्ध लगाएपछि, युद्ध लडिरहेको माओवादी, संसदीय ब्यवस्थाको पुर्नस्थापनाका लागि आन्दोलित सात संसदीय राजनीतिक पार्टीहरु एक ठाउ आएपछि राजनीतिले नयाँ कोल्टे फेर्यो ।
‘युद्ध र आन्दोलन’ को फ्युजनपछि, अन्तरिम संविधान, संविधान–सभा, संघीय गणतन्त्रको स्थापनासँगै नयाँ संविधानमा वेष्टमिन्ष्टर मोडलमा नीहित लोकतान्त्रिक अवयवहरु सहितको समाजवाद स्थापना गर्ने उल्लेख गरियो ।
यहाँसम्म आइपुग्न कम्युनिष्टका यी दुई घटक तथा कांग्रेस सहमत भएरै संविधान जारी हुन पुग्यो । आधिकारिक तवरमा नेपाली समाजको चरित्रबारेको प्रश्नमाथि नेकपा (एमाले) का तत्कालीन उपमहासचिव घनश्याम भूसालले प्रश्न उठाए (भूसाल, २०६४, पेज २६–४०) । त्यसैगरी ने.क.पा. (माओवादी) ले हेटौँडा महाधिवेशनमार्फत समाजको चरित्र फेरिएको र अव समाजवादी क्रान्तिमा होमिनु पर्ने जनायो । पछिल्लो समयमा मूलधारका राजनीतिक पार्टीहरु समाजवादी क्रान्ति गर्ने कथन गरिरहेका छन ।
धिकारिक तवरमा नेपाली समाजको चरित्रबारेको प्रश्नमाथि नेकपा (एमाले) का तत्कालीन उपमहासचिव घनश्याम भूसालले प्रश्न उठाए । त्यसैगरी ने.क.पा. (माओवादी) ले हेटौँडा महाधिवेशनमार्फत समाजको चरित्र फेरिएको र अव समाजवादी क्रान्तिमा होमिनु पर्ने जनायो ।
सन् १९८६ देखि नेपाली अर्थतन्त्रका महत्वपूर्ण अवयवहरु विश्व बजारका अंग बन्दै गए । सन् १९८९ को भारतीय आर्थिक नाकावन्दीपछि सुरु भएको पहिलो जनआन्दोलन र पुर्नस्थापित संसदीय ब्यवस्थापछि सुरु भएको दोश्रो चरणको नव–उदारवादीकरणले नेपाली अर्थतन्त्र आधारभूत रुपमै विश्वपूँजीवादी अर्थतन्त्रसँग जोडियो ।
भारतसँग खुला रहेको सीमा नाकाका बावजुद पनि नेपाल एउटा ‘फ्रन्टिएर नेशन स्टेट’ थियो भने त्यसपछि आर्थिक र सामाजिक हिसाबले पनि राष्ट्रिय राज्यको सम्पूर्ण सीमाहरु मिचिँदै र थिचिँदै गए ।
यसको परिणाम बहुदल आएको झण्डै ६ बर्षको अवधिमा नेपाली समाजभित्र असमानताको खाडल झन् धेरै गहिरो बन्न पुग्यो (६ बर्षमा झण्डै १४ प्रशितका दरले) । राजनीतिक रुपमा स्वतन्त्रता तर आर्थिक सञ्चिती र उपभोगका हिसावले निश्चित वर्ग र तहमामात्र खुम्चनुले असन्तुष्टि चुलिनु नौलो थिएन ।
‘जनयुद्ध’ को बाहक शक्तिका रुपमा नेकपा (माओवादी) यो चुुलिएको असमानता र असन्तुष्टिलाई कही कतै उल्लेख नगरीकनै अर्कै ढंगले युद्धलाई प्रस्तुत गर्यो । यद्यपि उसका सुरुका दस्तावेजहरु हेर्दा ‘जनवाद’ प्राप्ति भन्दा सैद्धान्तिक तथा उद्देश्यात्मक हिसाबले भिन्न उपलब्धिका लागि थिएन भन्ने कुरा विभिन्न तथ्यहरुले प्रमाणित गरिसकेका छन् ।
नेपालमा ‘जनवाद’ को अर्थ मोटो तवरमा समाजवाद उन्मुख ‘मिश्रित अर्थतन्त्र’ को चरित्र सहितको पूँजीवाद भन्ने नै बुझ्नै गरिएको थियो । कम्यूनिष्ट पार्टी शासन सत्तामा सहभागी हुँदा अर्थतन्त्रको विकासमा आधारभूत संरचनागत परिवर्तन गर्न लाग्छन् भन्ने मान्यता थियो ।
तर बिसं २०५१ देखि २०७४ सम्म आईपुग्दा कम्यूनिष्ट ब्यानरमा सरकारमा सामेल भईरहँदा पनि यी पार्टीहरु पूँजीवादीहरुले खडा गरेको मानक लोक कल्याण (welfarism) मा सीमित हुन पुगे । त्यसैले ‘जनवाद’ आर्थिक हिसावले संरचनात्मक परिवर्तन भन्दा राजनीतिक लोकप्रियताको नारामा सीमित हुन पुगेको देखिन्छ।
त्यो पनि बहुदलियताको अनिवार्यतालाई जोडेर । विचारधारात्मक रुपमा उदारवादमा आधारित वेष्टमिन्ष्टर मोडलको संसदीय प्रजातन्त्र कति प्रजातान्त्रिक ? किन उदारवाद असफल भयो भन्ने सम्मको प्रश्न खडा भईरहँदा पनि (Deneen; 2018)2 त्यसैमा झुण्डिनुको सैद्धान्तिकीकरण किन भन्ने कसैले पनि बुझ्न सकेको अवस्था छैन । यद्यपि अहिले सत्तारुढ नेकपा वैष्टमिन्ष्टर मोडलको खिचडी बहुदलीय परम्पराकमा अनुयायी बन्न पुगेका छन् ।
तर बिसं २०५१ देखि २०७४ सम्म आईपुग्दा कम्यूनिष्ट ब्यानरमा सरकारमा सामेल भईरहँदा पनि यी पार्टीहरु पूँजीवादीहरुले खडा गरेको मानक लोक कल्याण (welfarism) मा सीमित हुन पुगे । त्यसैले ‘जनवाद’ आर्थिक हिसावले संरचनात्मक परिवर्तन भन्दा राजनीतिक लोकप्रियताको नारामा सीमित हुन पुगेको देखिन्छ।
नेपालले संघीयता अपनाएको छ । संघीय शासन ब्यवस्था वास्तवमा आम जनतालाई आर्थिक राजनीतिक सामाजिक तथा सांस्कृतिक रुपमा सक्रिय सहभागी तुल्याउन कै हाे । योजना छनोट, निर्माण, ब्यवस्थापन र परिचालनमा यदी गलत ब्याख्यासहितको कानुन तयार भएन भने आम मान्छेको निर्णायक भूमिका रहोस् भन्ने नै संविधानको मनसाय देखिएको छ (तर आमरुपमा विधयकहरु संविधानको समाजवादी मर्म विपरित प्रस्तुत गरिएको अशंका ब्याप्त रहेकोछ) । जो बिगतका दशक सम्म पनि सु–ब्यवस्थित थिएनन् ।
बिगतको राजनीतिक र सामाजिक प्रणालीले ब्यवहारिक रुपमा सयौँ समुदायहरु लाई किनारामा धकेली दिएको थियो । एक प्रकारको प्याट्रोन–क्लाइन्ट, र संस्थाहरु तानशाही ढंगले सञ्चालन गरिएका थिए जस्ले किनारामा रहेका मानिसहरुलाई नजानिदो तरिकाले प्रवेश प्रतिवन्ध लगाइएको थियो । निर्वाचन प्रणाली आफैमा समावेशी सहभागितामूलक हुन सक्तैनथे ।
लामो तथा जोखिमयुक्त संघर्ष पछि सहभागिता मुलक संस्थाहरु निर्माण हुन पुगे र राजनीतिमा समान्यभन्दा सामान्य मानिसहरु, तथा समुदायको पहुच हुन पुगेको छ । यद्यपि यी अझै पनि प्रष्टरुपमा परिभाषित र पूर्ण छैनन् र अझै खुला खुलस्त परिभाषित गर्न सम्वन्धित पक्षहरु खुलेर आएका देखिन्नन् ।
नेकपा बन्नु अघि एमाले र माओवादी केन्द्रले जारी गरेको संयुक्त घोषणापत्रमा “सामन्तवाद र सामन्ती निरंकुशतन्त्रबिरुद्धको लोकतान्त्रिक क्रान्तिका आरंभिक चरणहरुमा कम्युनिष्ट तथा वाम पार्टीहरुको नेतृत्व हुन नसक्दा ती आन्दोलनहरु पूर्णतामा पुग्न सकेनन्” भन्ने दावी गरेका थिए ।
अहिले यी पार्टी कम्युनिष्ट आन्दोलनको शक्ति र प्रभाव विस्तारसँगै लोकतान्त्रिक परिवर्तन गर्न चाहना राख्न निर्णायक भूमिका खेल्ने ठाँउमा पुगेका छन् । उनीहरुले संसद र सरकारमा सामेल भएर कम्युनिष्ट क्रान्तिकारीहरुले सुधारात्मक कामहरुद्वारा समाजिक आर्थिक रुपान्तरणलाई गति दिन तथा राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको पक्षमा महत्वपुर्ण काम गरेका थिए (प्रतिनीधि सभा तथा प्रदेशसभा निर्वाचन २०७४,साझा घोषणा पृष्ठ ३)”।
त्यसैगरी “आजको समाजवाद आजकै विशेषतामाथि आधारित भएर मौलिक ढंगले मात्र निर्माण गर्न सकिन्छ र गर्नु पर्दछ । प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली र लोकतान्त्रिक मूल्य–मान्यता नेपाली समाजवादका विशेषताका रुपमा रहनेछन् । यो नेपाली जनताको चाहना र देशको आवश्यकता हो । यस समाजवादमा देश विकासका लागि राष्ट्रिय पूँजीको संरक्षण, विकास र परिचालन गरिने छ ।
यतिवेला दुवै पार्टी एक भएर नेकपा (नेकपा) बनेको ९ महिना ब्यतित भएकोछ भने, सरकार बनेको १ बर्ष ब्यतित भएकोछ । तर राज्यले प्रगतीशील वा माक्र्सवादजन्य चेत भन्दा नवउदारवादी पूँजीवादी चेतअनुसारको अभ्यासलाई निरन्तरता दिईरहेको छ ।
जनताको समर्थन प्राप्त हुँदा हामी राज्यको नेतृत्व गर्नेछाैं समर्थन प्राप्त भएन भने प्रतिपक्षमा रहनेछौँ । तर संविधानसम्मत समाजवाद उन्मुख प्रणालीलाई भत्काएर राष्ट्रलाई अस्थिरता तर्फ धकेल्ने प्रयासलाई भने सफल हुन दिदैनौ (घोषणापत्र पृष्ठ ७)” भन्ने उनीहरुको दावा थियो ।
यतिवेला दुवै पार्टी एक भएर नेकपा (नेकपा) बनेको ९ महिना ब्यतित भएकोछ भने, सरकार बनेको १ बर्ष ब्यतित भएकोछ । तर राज्यले प्रगतीशील वा माक्र्सवादजन्य चेत भन्दा नवउदारवादी पूँजीवादी चेतअनुसारको अभ्यासलाई निरन्तरता दिईरहेको छ ।
र अन्त्यमा
समाजवाद बनी–बनाउ रचना होइन । हरेक देशको आफ्नो वस्तुगत अवस्था (आवश्यक जनशक्ति, पूर्वाधार (पूँजी सञ्चिती, शिक्षा, स्वास्थ, यातायात)) अनुसार समाजवाद निर्माणका आफ्ना मौलिक विशेषता सहितको कार्यक्रम तय गर्नु आवश्यक हुन्छ । खासगरी नेपाली सन्दर्भमा निम्नानुसार समाज रुपान्तरणका नयाँ अवयवहरु मथि बहस गरि निर्क्याैलमा पुग्न आवश्यक देखिन्छ ।
(क) नेपालको बिद्यमान आर्थिक तथा सामाजिक संरचनाको रुपान्तरणमा संरचनागत परिवर्तनको आवश्यकता छ वा बिगतमाझैँ संरचनागत समायोजन मार्फत नै संवोधन गर्न सकिन्छ भन्ने निर्क्याैल निकाल्न आवश्यक छ ।
(ख) समाजवाद र बजारबीचको अन्तरसम्वन्ध केलाउन जरुरीछ ।
(ग) समाजवादमा संघीयता कसरी फिट हुन सक्छ ? स्थानीय तथा प्रदेश सरकारहरु लाई साँचो अर्थमा जनआधारित प्रतिनिधित्वका जिम्मेवार सरकारमा कसरी रुपान्तरित गर्न सकिन्छ ?
(घ) संघ (केन्द्र), प्रदेश तथा स्थानीय सरकारका मा योजनाबद्ध विकासको ढाँचा कोर्न (layers of planning) कसरी सकिन्छ ?
समाजवादको मूल आधार योजना हो । योजना हचुवामा बन्दैनन् । योजना हवाइ कल्पना होइनन् । यद्यपि योजनालाई समाजवाद भन्ने बुझ्ने गल्ति पनि गर्नु हुदैन । समाजवाद सामाजिकीकरणको एउटा प्रकृयाहो । जसको मुल लक्ष्य समाजमा माथि उल्लेख गरिएझै सबैको सबै पक्ष्यको विकासका लागि समान अवसर हाे ।
समाजवादको मूल आधार योजना हो । योजना हचुवामा बन्दैनन् । योजना हवाइ कल्पना होइनन् । यद्यपि योजनालाई समाजवाद भन्ने बुझ्ने गल्ति पनि गर्नु हुदैन । समाजवाद सामाजिकीकरणको एउटा प्रकृयाहो । जसको मुल लक्ष्य समाजमा माथि उल्लेख गरिएझै सबैको सबै पक्ष्यको विकासका लागि समान अवसर हाे ।
नेपालका शासकहरुले समाजवादलाई लोक कल्याणकारी अर्थमा सीमित गर्न खोजेको जस्तो मात्र देखिँदैछ । आधिकारिक तवरमा जे जस्ता कार्यक्रम प्रस्तुत गरिएकाछन्र ( जस्तो योगदानमा आधारित सुरक्षा स्किम) र जे जस्ता संवाद र अन्तरसंवाद र नियम कानुन (जस्तो शिक्षा विधेयक) नेपाली ‘समाजवाद–उन्मुखता’ कतै सानातिना वेलफियर स्किममा अर्थाएर गैरसरकारी संस्थाहरुको कार्यक्षेत्र भित्र टाक्सिने त होईनन् भन्ने शंका मात्र होइन खतरता देखिँदैछन ।
यतिबेलाका शासकहरु पनि बिगतमाझैँ आफुले टेकेको धरातलीय यथार्थ नहेरी, बदलिन लागेको बिश्वब्यापी ट्रेण्ड (खासगरी अमेरिकी साम्राज्यवादले भरखरै अख्तियार गरेको आत्मसुरक्षावादी(protectionism) चिन्तन नहेरी भिमकाय लगानी आवश्यकता बाहिरबाटै हुन्छ भन्ने विश्वस्त देखिन्छन । जहाँ नाफा र सुरक्षा दुवै होस ।
दीर्घकालिन, रोजगारमुलक, र उत्पादनमूलक उद्योग व्यवसाय राष्ट्रिय अभियान बेगर संभव छैन । कृषिको उत्थान कृषिमा कच्चा पदार्थमा आधारित उद्योग र र उद्यम नजोडी नेपाली औद्योगीकरण र रोजगार उत्थान संभव छैन ।
उदियमान अर्थतन्त्र भएका शक्ति राष्ट्रहरुले प्रतिस्पर्धात्मक रुपमा लगानी भित्र्याए नै भने पनि आम नेपालीको जीवनमा मूल्य अभिबृद्धि चाँही कसरी हुन्छ ? बिद्यमान आर्थिक तथा सामाजिक संरचनागत परिवर्तन नगरीकनै धनी बहुराष्ट्रिय कम्पनीहरुले लगानी गर्ने बित्तिकै नाफा चुहिएर आर्थशास्त्रको भाषामा ट्रिकलडाउन भएर नेपालीको जीवनस्तर कसरी उक्सन्छ ? बिगत ३ दशकमा संभावना नभएको कुरामा फेरी कति आशा बाँध्ने ?
दृढ अठोटसहित अभियानका रुपमा कार्ययोजनालाई कार्यन्वयनमा ल्याइँदा मात्र समाजवादको सुरुको गारेटो भेट्न संभव छ । ‘ल्हासा जाने कुतिको बाटो’ भनेझैँ नवउदारवादी बजारलाई अर्थतन्त्र सुम्पेर समाजवादमा पुग्न संभव छैन ।
[1] www.nepalicongress.org. "NepaliCongress.org- Nepali Congress Official website | Political party of Nepal". www.nepalicongress.org.
[2] "Why Liberalism Failed" by Patrick J.Deneen, Yale University Press, 2018.
सन्दर्भ सामाग्री (नेपाली)
नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र),(२०७४) साझा घोषणापत्र, काठमाण्डौँ ।
माइकसेल, स्टेफन (२००४), ‘प्रजातन्त्र’ मेरी डेशेन र प्रत्यूस वन्त द्वारा सम्पदित, नेपालको सन्दर्भमा समाजशास्त्रिय चिन्तन, सोसल साइन्स वहाः काठमाण्डौँ ।
भूसाल, घनश्याम (बिसं.२०६४), ‘आजको माक्र्सवाद र सामाजिक क्रान्ति’, नेपाल अध्ययन केन्द्र, काठमाण्डौँ ।
रोका, हरि (२०७४), ‘कहाँ कांग्रेस, कहाँ प्रजातान्त्रिक समाजवाद’ नागरिक दैनिक
References
Dworkin, Dennis (2007), …Class Struggles, Pearson, Longman, London.
Marx, Karl (1960), '18th Brumaire, vol.VII, page 196-9', progress publisher, Moscow.
Therborn, Goran (2008), 'From Marxism to Post Marxism)', verso London .
William, Michelle(2013), ' Marxism and democracy: Liberal, vanguard or direct?' in "Marxism in 21st Century", (edit) Michelle William and Vishwas Satgar, Wits University Press, Johannesburg.
Brown, Wendy (2015),'Undoing the Demos, Neoliberalism's Stealth Revolution', Zone Books, New York.
Cockshoot,Paul and David Zachariah (2012), ' Argument for Socialism' Glasgo University press, U.K.
Gindin, Sam (2019), 'Socialism for Realist', Catalyst Magazine, https://catalyst-journal.com/vol2/no3/socialism-for-realists
Harnencker Marta( 2015) "Social Movements and Progressive Governments, Building a new relationship in Latin America", Monthly Review, Vol.67, issue 08 January 2016.
Katch,Danny (2015), 'Socialism, A brief Guide to Human Liberation', Haymarket Books, Chicago, Illinois.
Rasiah, R. (2011). The role of institutions and linkages in learning and innovation. International Journal of Institutions and Economies, 3(2), 165–172.
Wolff, Richard D (2016),' Capitalism vs. Socialism: A changed debate, Truth out, Friday December 09, 2016.
(http://www.truth-out.org/opinion/item/38546-capitalism-vs-socialism-a-changed-debate).
Younge, Gary (2014) 'Who's in control – nation states or global corporations?' Mon, 2 Jan, 2014, The guardian.
www.shilapatra.com बाट साभार
प्रकाशित मिति: आईतबार, माघ २७, २०७५
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-92072316157298900942019-01-20T19:51:00.000-08:002019-01-20T19:51:06.084-08:00अहिलेको बनिबनाउ नेकपाले समाजवाद ल्याउँदैन - घनश्याम भुसाल
समाजवादको कुरा गर्दा कम्युनिष्ट पार्टीको घोषणापत्रको नाम किन ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ राखियो भनेर माक्र्सले एक ठाउँमा स्पष्टीकरण दिएका छन्। युरोपमा कम्युनिष्ट पुुँँजीपतिहरुले समाजवादको झण्डा यति उठाए कि तिनीहरुभन्दा हामी फरक हौँ भन्ने कुरा भन्नै नसकिने भो। अहिले युरोपमा समाजवाद यति व्यापक भयो कि जसले पनि आफूलाई समाजवादी भन्छ।
नेपालको निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टी समाजवादी भएर अहिले दुःख भएको हो कि? जसले गर्दा समाजवादमा धेरै छलफल पनि हुन परेन। के हो समाजवाद भन्ने कुरा बुझ्न पनि परेन।
संविधानमा समाजवाद छ। हाम्रा पार्टीहरूले घोषणापत्र र विधानमा त्यो लेखेका छन्। यसरी सबै समाजवादी भएको हुनाले समाजवादको चरण नै सकिने हो कि भन्ने डर लाग्छ। अहिले समाजवाद र नेकपाको दुई तिहाइ भन्ने बिन्दुबाट कुरा उठ्नु स्वभाविक हो जस्तो लाग्छ। यो विषयमा हामीले अलिअलि छलफल गरेका छौँ। तर, हाम्रो यसमा अझै छलफल हुन जरुरी छ।
किनभने, न हामीले चिनियाँ बाटो अंगीकार गर्न सक्छौैँ न सोभियत संघको वा अरु कसैको। हामी अलि आफ्नो तरिकाले आएका छौँ। यस हिसाबले भन्दा मलाई कहिलेकाहीँ के लाग्छ भने, चिनियाँहरूले चिनियाँ विशेषतासहितको समाजवाद भन्छन् भने हामी नेपाली विशेषताको समाजवाद भन्न सकिन्छ कि सकिँदैन होला? निश्चितै रुपमा यो कुरा सकिन्छ होला भन्ने लाग्छ। सैद्धान्तिक रुपमा यसो भन्ने कि नभन्ने? यसमा छलफल गरौँ। तर, हाम्रो कार्यभार चिनियाँभन्दा फरक छ कि, रुसीहरूको भन्दा फरक छ कि वा अरु कसैको भन्दा फरक छ? हाम्रा कार्यभार के हुन् भनेर अब विमर्श सुरु गर्नुपर्छ होला।
अब नेपाली समाज पुँजीवादी समाज हो। अब यो सामन्ति समाज रहेन। नेपाल आफैैैमा एउटा जनवादी क्रान्ति सम्पन्न गरिसकेर अगाडि बढिसकेको एउटा समाज हो, राजनीति हो। यस वरिपरि पनि वास्तवमा जति छलफल हुनुपर्थ्ययो त्यति भएको छैन। एक हिसाबले भन्दा धेरै आत्मप्रशंसामा रुमल्लिएको अवस्था छ।
हामीले तत्कालीन नेकपा(एमाले)को ८औ महाधिवेशनमा ६०/६२ पृष्ठको एउटा दस्तावेज लेखेका थियौँ। त्यसमा हाम्रो समाज, वर्ग, बदलिएको समाज, बदलिएको वर्ग, बदलिएको राजनीतिक दिशा, क्रान्ति र यसको चरित्रका बारेमा त्यसमा विश्लेषण गरेका थियाैँ।
अहिले पनि त्यसभन्दा बाहिर अरु अभ्यास मैले देखेको छैन्। त्योभन्दा बाहिरपट्टी अथा त्योभन्दा माथि, त्यसलाई च्यालेन्ज गरेर अथवा त्यसलाई परिपुष्टि गर्ने वा अरु योगदान गर्ने हिसाबले कहीँ छलफलै भएको छैन।
यस हिसाबले हेर्दा हाम्रो सैद्धान्तिक र राजनीतिक उचाइ त्यही हो कि? यदि, त्यही हो भने यो धेरै डरलाग्दो कुरा हो। यसले हाम्रो समाजवादको अबको जिम्मेवारी, कार्यभारलाई पूरा गर्न धेरै गाह्रो हुनेछ। हाम्रो आजको ठ्याक्कै समस्या के होला? त्यस हिसाबको विश्लेषणले भन्न सकिन्छ—समाज पुँजीवादी समाज हो। पुँजीवादको दुईवटा चरित्र हुन्छ। एउटा उत्पादक चरित्र हुन्छ, अर्को अनुत्पादक चरित्र हुन्छ।
नेपालको पुँजीको मुख्य चरित्र अनुत्पादक भएको हुनाले यो दलाल हो। यो दलाल चरित्रलाई पहिला राष्ट्रिय चरित्र, उत्पादक चरित्र, उद्यमशील चरित्रमा बदलिएन भने त्यसले समाजवादतिर जाने बाटो नै तय गर्दैन। त्यो अगाडि बढ्दै बढ्दैन। जनवाद, समाजवाद र समाजवाद–पुँजीवादको झगडा हामीकहाँ मात्रै होइन कि?कांग्रेसको पनि २०४८ सालपछि समाजको ‘डोमिनेन्ट क्यारेक्टर’ वर्चश्वशाली चरित्र) दलाल पुँजीवादी थियो। त्यसको सत्ता जुन आउँदै थियो, त्यसमा अलि अन्योल थियो।
कांग्रेसले के गर्छ? कुन बाटो लिन्छ भन्नेकु्रा अन्योल थियो। या त त्यसले समाजको वर्चश्वशाली त्यो चरित्रसँग लड्ने राजनीति हुनुपथ्र्यो र त्यहाँ अलि लामो समयसम्म संघर्ष गर्नुपथ्र्यो। समाजवाद र दलाल पुँजीवादबीचको संघर्ष अलि लामो समयसम्म जान्थ्यो होला। या त कांग्रेसलाई पनि उसले दलाल पुँजीवादी बनाउनुपर्ने थियो।
यो काम गिरिजाबाबुु (गिरिजाप्रसाद कोइराला) को नेतृत्वमा अक्षरशः समाज जस्तो छ, राजनीति बनाउने काम भयो। दलाल पुँजीवादी समाजको चरित्र थियो, त्यसलाई नेतृत्व गर्नका लागि दलाल पुँजीवादी पार्टी बनाइदियो। यो संगतिपूर्ण भयो। गिरिजाबाबुको नेतृत्वले दलाल पुँजीवादको संरक्षण गर्न सक्दैन कि भन्ने लागेपछि राजा ज्ञोन्द्र शाह अघि सरेका थिए। उनले सकैनन्। चाँडै नै बिदा भइहाले।
हामीले के इन्कार गर्नुहुन्न भने, हामीले समाजवाद र दलाल पुँजीवाद सँगसँगै लड्दै आएका छौँ। यदि, यो कोणबाट हेर्नुहुन्छ भने, यो दुई तिहाइ कसको दुई तिहाइ हो? दलाल पुँजीवादको दुई तिहाइ हो कि समाजवादको दुई तिहाइ हो? यसमा प्रश्नै उठेन भने यो गिरिजाबाबुको जस्तै हुन्छ। समाज जस्तो छ, राजनीति त्यस्तै भइदिन्छ। दुई तिहाइ कसको हो भन्ने एउटा धेरै ठूलो प्रश्न हो। यद्यपि, म पनि त्यसभित्रकै मान्छे हुँ। आजको समाजवाद कम्तिमा दुई तिहाइको हो भन्ने कुरा ग्यारेन्टि नगरिकन अगाडि बढ्न सकिँदैन। यो फ्रेम(सिमा)भित्र छलफल गरेर जाने हो भने लडाइ बाँकी छ, है। यस अर्थमा, यो पार्टी (नेकपा)लाई नै समाजवादी पार्टी बनाउन बाँकी छ।
अहिलेको बनिबनाउ नेकपाले समाजवाद ल्याउँदैन। यो कुरा मैले धेरै अगाडिदेखि भन्दै आएको छु। यद्यपि, यसले धेरै राम्रो काम गरेको छ। यसले ल्याएका धेरै ठूला उपलब्धी छन्। तर, त्यो प्रयाप्त छैन। जे गरिएको छ, जे प्राप्त भएको छ, त्यसले समाजवादको ग्यारेन्टी गर्दैन। किनभने हामीले समाजवादको पक्षमा दुई तिहाइ भन्नेगरी आफ्नो पार्टीलाई नै विकसित गरेका छैनौँ। त्यो एजेन्डा बनेको छैन। अहिले नै हेर्दा पनि देशको कति ठाउँमा यस्ता छलफल हुन्छन्? यस्तो छलफल त नेकपाको हरेक गाउँपालिका, हरेक नगरपालिकाले निरन्तर गरिराख्नुपर्ने हो। यदि, समाजवादको ग्यारेन्टी गर्ने हो भने यो विषयको छलफल त्यहाँ गर्नुपर्छ। यो बाहिर–बाहिर चलिरहेको बहसलाई कसरी कम्युनिष्ट पार्टीभित्र हुलिदिने? यसमा काम गर्नुपर्छ।
खासगरी अबको राजनीति र अर्थतन्त्रको दिशा कस्तो होला भन्ने कुरामा छलफल गरेर जानुपर्छ। अर्थतन्त्रको कुरा गर्दा, आर्थिक नीतिहरूको कुरा गर्दा अथवा, यो सरकारको बजेटको कुरा गर्दा मुलतः दुई/तीन ठाउँमा हामीले ध्यान दिनुपर्छ होला। हामीले सबभन्दा बढी ध्यान दिनुपर्ने क्षेत्र कृषि क्षेत्र नै हो। त्यहाँ रहेको जनसंख्या र श्रमकको ध्यान नदिइकन, अन्त–अन्त मात्रै दगुरेर, रेलको, पानी जहाजको कुरा गरेर मात्रै हुँदैन। यदि, रेल र पानी जहाज हामीलाई जरुरी छ भनेर भन्ने हो भने पनि आज त्यो जनसंख्यालाई पानी जहाजको कति जरुरी छ भन्ने कुरा हामीले पुष्टि गरेर जानुपर्छ।
हाम्रो जसरी टुक्रिएको कृषि क्षेत्र छ, त्यस हिसाबले हामीले यस क्षेत्रमा बृहत सहकार्य राख्दै जानुपर्छ। त्यसलाई हामी औधोगिकृत गर्दै जान्छौंँ। त्यसमा हामी लगानी बढाउँछौँ। आवश्यताअनुसार यान्त्रिकिरण पनि गर्छौँ। यो क्रममा कृषिक्षेत्रबाट श्रम अतिरिक्त भएर जानेछ। कृषिको औगोगिकरण गर्ने र रोजगारी सृजना गर्नेतर्फ केन्द्रित गर्नुपर्छ।
हामीले त्यसभन्दा बाहिर रोजगारबाट रोजगारी खोज्नुपर्छ। हामीले त्यसो गर्यौँ भने, कृषिचाहिँ समाजवादी स्वामित्व अन्र्तगत आउन सजिलो हुन्छ। यो १०–१५ वर्षमा समाजवादी स्वामित्व अन्र्तगत आउने छ। किनभने, कामका, रोजागरीका अरु विकल्प दिइयो भने कृषिको क्षेत्रमा बकौती कर्जा बढाउँदै जान सकिन्छ। जस्तो, मेरो छोराले ५० प्रतिशत तिरेपछि मात्रै मेरो सम्पतिमा अंश पाउँछ वा बकौती पाउँछ भन्ने कु्रा आज गर्न सक्ने हो भने ऊ ५० प्रतिशत पैसा लिएर हिँड्दैन। बाउको जग्गा खानका लागि ५० प्रतिशत दाबी गरेर आउँदैन। किनकी, उसका लागि यो भन्दा अरु नै राम्रा क्षेत्र हुन्छ। सम्भवः कृषिलाइ हामीले सामूहिक, सार्वजनिक स्वामित्व अन्र्तगत ल्याउने कुरा छाडेर अरु जे सुकै गरे पनि समाजवादको कुनै पनि जग बसाउन सकिँदैन।
लामो समय, १०–१५ वर्ष हाम्रो अर्थतन्त्रको मोटामोटी हिंसा यस्तै भएर जान्छ। कति यसको राम्ररी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरामा नै हामीले ध्यान केन्द्रित गर्नुपर्छ। अर्को महत्वपूर्ण कुरा, हामी प्रगतिशील कर लगाउने छौँ। त्यसबाट एकातिर तलको मान्छेलाई चाहिँ जागिरको ग्यारेन्टी गर्ने दिशामा जान्छौँ। कृषिलाई हामीले आधुनिकीकृत, औद्योगिकृत गर्छौँ। तल्लो वर्गलाई सशक्तिकरण गर्ने एउटा यो तरिका हो। हामीसँग प्रतिशील करबाट उठेको पैसा हुन्छ। त्यसबाट शिक्षा र स्वास्थ्यमा हामी ठूलो लगानी गर्न सक्छौँ। यसमा राज्यले लगानी गर्न सक्छ। हामी राम्रो शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न सक्छौँ।
यो पाटोबाट १०–१५ वर्ष मुलुक हिँड्दै जाँदा हामीलाई अभ्यासले भूमिलाई सार्वजनिक स्वामित्वमा ल्याउने प्रक्रियामा लैजान्छ। यसबाट हामी समाजवादतर्फ निरन्तर अगाडि बढ्दै जान सक्छौँ। यो भन्दा बढी अहिले अरु केही गर्न सकिन्छ भन्ने मलाई लाग्दैन। तर, राजनीति त्यतातिर गइराखेको छ कि छैन? हामी त्यो दिशामा छाँं कि छैनौँ? भन्ने कुरा आजको सन्र्दभमा निकै महत्वपूर्ण प्रश्न हो। आज हामी त्यतिपट्टि गइराखेका छैनौँ। दलाल पुँजीवादलाई नियन्त्रण गर्नका लागि हामीले कति काम गरेका छौँ भन्ने कुराले नै हामी त्यतापट्टि गएका छौँ कि छैनौं भन्ने कुराको जवाफ दिन्छ। हामीले त्यसतर्फ गम्भीरतापूर्वक सौचौँ।
साँच्चै भन्दा यो विकास, समाजवाद, समाजवादी बटेज बनाउने कुराप्रति संसद्मै पनि मेरो चासो कम हुन्छ। त्यहाँ अर्थमन्त्रीलाई चारवटा सुझाब दिएपछि त्यसले समाजवाद ल्याइन्छ कि जस्तो गरेर मान्छेले जसरी छलफल गर्छन्, मलाई त्यसमा पटक्कै विश्वास छैन। अर्थमन्त्रीलाई बजेट दिएर वा स्थायी कमिटिको बैठक बसेर, फलाना–फलाना मन्त्री बनाउने भनेर, आफ्नता नातागोता, चारकहरूलाई राजनीतिक नियुक्ति दिलाएर हुँदैन। यो समाजवादतिर जाने तरिका होइन।
समाजवाद ल्याउने हो भने समाजवादी पार्टी चाहियो। यसमा हाम्रो छलफलै हुँदैन। किनभने, मलाई पनि पार्टी पहिले नै छँदैछ भन्ने लाग्छ। दुई तिहाइ आइसकेको छ। अस्ति प्रचण्ड कम्रेडले भनेको जस्तो ‘ड्याम–ड्याम’ समाजवाद ल्याउने काम छाडेर पार्टी बनाउने कुरामा धेरै जाँगर लाग्ने कुरा पनि त भएन।
‘ड्याम–ड्याम’ समाजवाद ल्याउने कुरा छ, ‘ड्याम–ड्याम’ काम गर्ने कुरा छ। त्यसैले मुख्य त यदि समाजवाद ल्याउने हो भने समाजवादी पार्टी चाहियो।
अहिलेको बनिबनाउ पार्टीले समाजवाद ल्याउँदैन। त्यसका लागि समाजवादी पार्टी बनाउनुपर््योो। त्यो पार्टीका लागि सिद्धान्त चाहियो, संगठन बनाउनुपर्यो। यदि, यो न गर्ने हो भने यो सबै कुरा गफ हो है! यो दुई तिहाइ नि गफ हो। त्यस्तो अवस्थामा दुई तिहाइले समाजवादमा सर्मथन गर्दैन। सबै कुरालाई छोडिदिने हो भने दुई तिहाइले समाजवादलाई सर्मथन गर्दैन।
म हरेक समाजवादी साथी, कम्रेडहरूलाई के अनुरोध गर्न चाहन्छु भने, हाम्रो सम्पूर्ण प्रयत्न यो समाजवादी पार्टी कस्तो बन्छ भन्ने बारेमा अलि साँच्चिकै साचिहाल्ने हो कि? थालिहाल्ने हो कि?
नेपालको नेतृत्व गाउँ, नगरदेखि नै सुरु हुन्छ। नेतृत्वको बहुमत अब नकामाएको सम्पतिले बाँच्न थाल्यो। नेपाली राजनीतिक पार्टी यस्ता भए कि अब यिनीहरु नकमाएको सम्पतिले पालिन्छन् । माथिदेखि तलसम्म यस्तै छ । जति माथि गयो यो झन् बढ्दै जान्छ ।बाइडबडी कान्ड, एनसेल कान्ड, चूडामणी शर्मा कान्ड। यो त प्रस्ट छ । कांग्रेस केही करायो भने ए खोजेको हो ? भन्दिएपछि कांग्रेस बोल्दैन् । देखियो नि त, कोही नबोल्ने भयो ।
त्यसो हुनाले समाजवाद ल्याउनका लागि पहिलो सर्त समाजवादी पार्टी हो। समाजवादी पार्टीको पूर्वसर्त समाजवादी सिद्धान्त नै हो ।
(‘समकालीन विमर्श’ शृङ्खला अन्तर्गत आइतबार राजधानीमा नेपाल वैकल्पिक अध्ययन समाजले ‘समकालीन नेपालमा समाजवाद’ विषयको छलफलमा नेकपा नेता भुसालले राखेको मन्तब्यको सम्पादित अंश।)
www.nepallive.com बाट साभार
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-5885495440477062282018-10-19T20:41:00.001-07:002018-10-19T20:41:13.589-07:00के हो बहुलवाद ? (संविधानमा राख्दा हुन्छ के, नराख्दा हुन्छ के ?) - मोहन वैद्य 'किरण
एकथरि साथीहरु बहुलवादलाई संविधानमै समावेश गर्नुपर्छ भनेर आइरहनुभएको छ । हामी त्यसको दृढ विपक्षमा छौं । यो कुरा हामीले विभिन्न माध्यमहरुद्वारा सार्वजनिक गरिरहेकै छौं ।
हामी किन बहुलवादको विपक्षमा छौं त ? यसबारे मैले आफ्ना पूर्वप्रकाशित रचनाहरुमा स्पष्ट पारेको छु तर यस प्रकारको बहस हुन सकेको थिएन । त्यसैले गर्दा म यो बहसको सुरुवात बहुलवाद भनेको के हो भन्ने कुराबाटै गर्न चाहन्छु ।
के हो बहुलवाद ?
बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्वलाई प्राथमिकता दिने सिद्धान्त हो । यसले विश्वको उत्पत्ति र विकास एउटै तत्वबाट होइन, बहुतत्वबाट भएको मान्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्छ ।
बहुलवाद प्राचीन भारतीय दर्शनका साथै प्राचीन युनानी दर्शनमा पनि पाइन्छ । भारतीय जैन दर्शनमा अनेकान्तवादको जुन सिद्धान्त छ, त्यो बहुलवाद नै हो । प्रारम्भिक भौतिकवादमा पनि पृथ्वी, जल, तेज, हावा वा परमाणुहरू जस्ता विभिन्न भौतिक तत्वहरूबाट संसार बन्यो भन्ने सिद्धान्तमा बहुलवादका केही लक्षणहरू पाइन्छन् । त्यस्तै, प्रारम्भिक आदर्शवादमा बहुईश्वरको चर्चा गरिएको पाइन्छ । यो प्राचीनकालीन बहुलवादको कुरा भयो ।
आधुनिक कालमा भने बहुलवादको जन्म सर्वप्रथम जर्मनीमा भएको हो । सत्रौं शताब्दीको अन्त्य र १८औं शताब्दीको प्रारम्भतिरका जर्मन बुद्धिवादी दार्शनिक लाइबनित्जले संसार चेतनामय बहुतत्व (monads) बाट बनेको छ भनेका थिए । पछि आएर बहुलवादी दर्शनलाई विकसित गर्ने काम अमेरिकी व्यवहारवादी दार्शनिक विलिमय जेम्सले गरेका छन् ।
बीसौं शताब्दीको सुरुमा उनले यो विश्व एकरूप (universe) हैन, बहुरूप (multiverse) छ भने । पछिल्लो समयमा बहुलवादी दर्शन इङ्ल्यान्डलगायत विश्वका विभिन्न देशमा फैलियो । यसलाई बहुदलीय राजनीतिक व्यवस्थाको दार्शनिक आधारका रूपमा स्थापित गर्ने काम भयो ।
युरो–कम्युनिजमको धाराले संसदीय व्यवस्था र बहुलवादलाई स्वीकार गर्यो । अन्ततः बहुलवाद उत्तरआधुनिकतावादी दर्शनको प्रमुख आधारशीला बन्न पुग्यो । हाम्रो नेपालमा पनि ठ्याक्कै त्यही युरो–कम्युनिजम् हुँदै एमालेले बहुलवादलाई अङ्गीकार गर्यो । उत्तरआधुनिकतावादको प्रवेशसँगै यहाँ पनि बहुलवाद बहसको विषय बन्न गएको छ ।
संविधानमा बहुलवाद किन नराख्ने ?
अहिले हामी संविधानसभामार्फत् नयाँ संविधान निर्माणको क्रममा छौं । यतिबेला संविधानमै ‘बहुलवाद’ शब्द राख्ने कि नराख्ने भन्ने छलफल पनि चलिरहेको छ । हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)ले संविधानमा ‘बहुलवाद’ राख्न नमानेका कारण यो पार्टी बहुदलीय व्यवस्था, स्वतन्त्रता, लोकतन्त्र आदिका पक्षमा नै छैन भन्ने हिसाबले गलत प्रचार पनि गरिएको छ । यसबारे स्पष्ट हुन जरूरी छ ।
अहिले हामी जुन संविधान बनाउन गइरहेका छौं, त्यो यथास्थितिवादी वा संसद्वादी संविधान होइन । अहिले हामीले बनाउन चाहेको संविधान जनताको सङ्घीय गणतन्त्रमा आधारित अग्रगामी एवम् प्रगतिशील संविधान हो । यस्तो संविधानमा सारमा वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक तथा जातव्यवस्थामा आधारित सबै समस्याको समाधान गरिन्छ । यहाँ यसप्रकारका सबै तह, तप्का तथा समुदायका जनताका आस्था र दृष्टिकोणलाई समेटिने काम हुन्छ ।
यो संविधान कुनै अतीतमुखी शक्ति र त्यसको दर्शनप्रति प्रतिबद्ध रहन सक्तैन । यो सबै सामन्तवाद–साम्राज्यवादविरोधी शक्तिहरूको साझा अभिलेख हुनुपर्छ । त्यसमा कुनै एक पक्ष तथा वर्गको दर्शनलाई राख्ने र अर्को पक्षको दर्शनलाई निषेध गर्नु ठीक हुँदैन ।
अहिले हामीकहाँ दुईथरि मान्यता र दर्शन मान्ने पक्ष छन्– एउटा, बहुदलीय संसदीय व्यवस्था मान्नेहरू छन्, जसले आफ्नो आस्था तथा आदर्शबमोजिम संविधानमै बहुलवाद राख्न चाहन्छन् र दोस्रो, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद मान्नेहरू छन्, जसले संविधानमा बहुलवाद राख्न चाहँदैनन् ।
बहुलवाद एउटा दर्शन हो भन्ने माथि नै चर्चा गरिसकियो । अहिले हामीले के भनेका छौं भने संविधानमा कसैको दर्शनलाई नराखौं । हामी बहुलवाद मान्दैनौं, हाम्रो दर्शन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो ।
प्रश्न उठ्न सक्छ– संविधानमा द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई पनि किन नराख्ने त ? हामीले त अरु दलले जस्तो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई संविधानमै राख्नुपर्छ भनेर दाबी गरेका छैनौं । हाम्रो भनाइ संविधानमा कसैको पनि धर्म, दर्शन वा आस्थालाई नराखौं, सम्बन्धित सबैका साझा कुरा मात्रै राखौं भन्ने हो ।
आस्थाका सवालमा सम्बन्धित सबैलाई स्वतन्त्रता दिनुपर्छ । संविधानको तर्क पनि वैचारिक आस्थाका सवालमा सम्बन्धित सबैलाई व्यक्तिगत स्वतन्त्रता हुनेछ भन्ने नै हो । यसो भनेको अरुको वैचारिक आस्थामा हस्तक्षेप नगर्ने भनेको हो । बहुलवाद मान्नुपर्छ भनेर संविधानमा राख्दा बहुलवाद नमान्नेको स्वतन्त्रतामा हस्तक्षेप हुन्छ । हामीले संविधानमा ‘बहुलवाद’ राख्न नमान्नुको प्रमुख कारण यही हो । साथै, बहुलवाद कुनै नयाँ र विज्ञानसम्मत दर्शन पनि होइन ।
अर्कोतिर, बहुलवाद नमानेकै कारण माओवादीहरू बहुदलीय व्यवस्था पनि मान्दैनन् भन्ने आरोप पनि लगाइने गरेको छ । हामी बहुदलीय व्यवस्था मान्छौं । बहुदलीय व्यवस्था मान्नुको अर्थ बहुलवादलाई नै मान्नुपर्छ भन्ने हुँदैन । हामीहरूको बीचमा फरकफरक दार्शनिक मान्यता छन् ।
नेपाली काङ्ग्रेस तथा एमालेहरू बहुलवादी दर्शनमा आधारित बहुदलीयता मान्छन्, हामीहरू द्वन्द्वात्मक भौतिकवादी दर्शनद्वारा आलोकित बहुदलीय व्यवस्था मान्छौं । तसर्थ, हामीले जनताको साझा संविधान बनाऔं भनेका हौं । उनीहरू संसदीय व्यवस्था मान्नुपर्छ भन्छन्, हामी संसदीय व्यवस्था मान्दैनौं । सबैले संसदीय बहुदलीय व्यवस्था मान्छन् भने त्यस्तो अवस्थामा पो बहुलवादलाई संविधानमा राख्नु ठिक हुन्छ त । अहिले त त्यस्तो स्थिति होइन ।
संविधानसभामा बहुलवादी र द्वन्द्वात्मक भौतिकवादी दुवैथरिको उपस्थिति भएकाले हामीले जनताको साझा संविधान बनाएर जानु नै उपयुक्त हुन्छ भनेका हौं । संविधानमा ‘बहुलवाद’ राखियो भने हामीलाई मान्य हुनेछैन । हामी ‘द्वन्द्वात्मक भौतिकवाद’ राख्न दबाब दिने र दबाबमा ‘बहुलवाद’ स्विकार्ने पक्षमा पनि छैनौं ।
बहुलवादकै सन्दर्भमा नेपाली राजनीतिमा अर्को एउटा भ्रम पनि छ । त्यो भ्रम भनेको नेकपा (एमाले) कम्युनिस्ट भएरै पनि बहुलवादको पक्षमा छ तर माओवादीले मात्रै किन विरोध गरेको भन्ने हो ।
मैले माथि युरो–कम्युनिजम्का बारेमा कुरा गरेको थिएँ । युरो–कम्युनिजम्ले संसदीय व्यवस्थालाई मानेको छ । त्यसले बहुलवाद र बहुदलीय व्यवस्थालाई स्विकारेको छ । एमाले त्यही युरो–कम्युनिजम्को नेपाली सन्तान मात्रै हो, द्वन्द्वात्मक भौतिकवादलाई मान्ने कम्युनिस्ट पार्टी होइन । क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्त बहुलवाद भनेको अहिलेसम्म कहींकतै पनि देखिँदैन ।
मैले त माधवजी (माधव नेपाल) सँग पनि कुरा गरें, बहुलवाद के हो भन्नेबारे व्यवहारिक रूपमा बहस गरौं पनि भनें । एकैसाथ द्वन्द्वात्मक भौतिकवाद र बहुलवाद मान्ने कुरा दुनियाँमा कहीं हुन्छ ? यी मिल्दै नमिल्ने फरक दर्शन हुन्, आकाश र पातालको फरक छ यिनमा । यसर्थ, आफूलाई कम्युनिस्ट पार्टीको दाबी गरे पनि सिद्धान्ततः एमाले कम्युनिस्ट पार्टी नै हैन । बहुलवाद मानेकै कारणले पनि यसै कुराको पुष्टि हुन्छ ।
बहुदलीय व्यवस्था मान्नुपर्छ भन्नुको अर्थ बहुलवाद र संसद्वाद दुवैलाई मान्नुपर्छ भनेको होइन । यदि कुरा त्यही हो भने त्यो एकैसाथ यथास्थितिवादी र रुढीवादी चिन्तन हो । यो चिन्तनले लोकतन्त्रलाई सदाका लागि स्थिर मान्छ । त्यसले लोकतन्त्रमा कुनै पनि परिवर्तन र सृजनात्मक विकासको सम्भावना नै देख्दैन ।
हामीले नेपालमा लोकतन्त्रलाई नयाँ ढङ्गले विकास गर्न चाहेका हौं । लोकतन्त्रको अभ्यास गर्ने प्रक्रियामा रुस, पूर्वी युरोपलगायतका पूर्वसमाजवादी मुलुकमा पनि केही कमजोरी भए र विश्वका पुँजीवादी मुलुकहरूमा पनि संसदीय व्यवस्था असफल बन्न पुग्यो । त्यो स्थितिमा हामी यी दुवै प्रकारका कमजोरी हटाउँदै एक्काइसौं शताब्दीमा जनवाद वा लोकतन्त्रको सिर्जनात्मक तथा मौलिक रूपमा विकास गर्न चाहन्छौं । ठीक त्यसैले हामी सृजनशीलता र मौलिकताको पक्षमा र सबैखाले यथास्थितिवाद तथा रुढीवादको विरोधमा छौं ।
संविधानमा ‘बहुलवाद’ नराख्दा कतिले के तर्क पनि गर्छन् भने माओवादीले भन्ने गरेको द्वन्द्वात्मक भौतिकवादी अद्वैतवाद सर्वसत्तावाद अर्थात् सर्वहारा अधिनायकतन्त्रको पक्षमा रहेको छ ।
हो, लोकतन्त्रको चरित्र वर्गीय हुन्छ, राज्यसत्ताको चरित्र वर्गीय हुन्छ । यस अर्थमा माओवादीले राज्यसत्तालाई वर्गीय अधिनायकत्वका रूपमा ग्रहण गर्छ । ठीक यही कारण के कुरा सत्य हो भने अमूर्त लोकतन्त्र, सबैका लागि लोकतन्त्र, संसदीय लोकतन्त्र वा बहुदलवादी लोकतन्त्र पनि आफ्नो सारतत्वमा पुँजीवादी अधिनायकत्व नै हुन्छ । सर्वसत्तावादी कम्युनिस्टहरू होइनन्, बहुलवादका नाममा एकाधिकार पुँजीवादी सैन्यवादको अभ्यास गर्ने साम्राज्यवादी तथा तिनका पक्षधर नै हुन् ।
विविधतामा एकरूपता
नयाँ संविधान निर्माणकै क्रममा हामीले हाम्रो मौलिक पहिचानसहितको नयाँ संस्कृतिको आधार खोज्नुपर्छ । नेपाललाई हामीले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भन्ने गरेका छौं । यही ‘बहु’ शब्द र पदावलीको प्रयोगलाई आधार मानेर एकथरिले नेपालमा बहुलवादी संस्कृति छ भन्छन् । यो गलत कुरा हो ।
नेपाली समाज र संस्कृतिमा विविधता छ, त्यो सत्य हो तर विविधता मात्रै छैन, त्यसलाई जोड्ने एकरूपता पनि छ । एकातिर विविधताको पाटो छ, अर्कोतिर एकरूपताको पाटो । अहिलेसम्म नेपालमा विविधताको पाटोलाई गौण रूपमा राखेर एकमनावादी एकरूपतालाई बढी स्थान र महत्व दिइयो । खास अर्थमा त्यो सही एकरूपता पनि थिएन ।
जस्तो, पृथ्वीनारायण शाहको केन्द्रीकरणको प्रक्रियादेखि यता संस्कृतिको क्षेत्रमा एकमनावाद लागु गरियो । सांस्कृतिक एकरूपताका नाममा एक खस भाषा, एक हिन्दू धर्म र एक खस आर्य जातिलाई प्राथमिकतामा राखियो । नेपाली समाजमा भएका अरु विभिन्न किसिमका विविधतालाई यसले समेट्न सकेन ।
हामीले एकमनावादमा आधारित एकात्मकताको विरोध र सङ्घात्मकताको पक्षमा लामो समयदेखि सङ्घर्ष गर्दै आएका छौं । हामी नयाँ ढङ्गले राज्यको पुनःसंरचना गर्ने पक्षमा छौं । यसप्रकारको पुनःसंरचना भाषिक, जातीय, क्षेत्रीय तथा सांस्कृतिक विविधतामा आधारित रहेको हुन्छ । यसरी विविधतालाई स्वीकार गर्नु भनेको बहुलवादीहरूले भनेजस्तो सबै विविधता एकअर्कासँग एकदमै पृथक् हुन्छन् भन्ने होइन । त्यो विविधतालाई हामीले एकरूपताले जोड्नुपर्छ ।
माक्र्सवादीहरूले भन्ने गरेको विपरीतहरूको एकत्वको सिद्धान्त यही हो । कसैकसैले हामीलाई विखण्डनवादी भन्छन् । हामी विखण्डनवादी होइनौं, हामी विविधतामा एकरूपता खोज्नेहरू हौं । वास्तविक अर्थमा विखण्डनवादी त बहुलवादी नै हुन् किनभने उनीहरु विविधतामा एकरुपता हुन्छ भन्ने नै मान्दैनन् । यसले असलमा को विखण्डनवादी हो भन्ने प्रस्ट हुन्छ ।
नेपाली संस्कृतिमा भएका विविधतालाई एकरूपतामा आबद्ध गर्ने केही तत्व वा सूत्रहरू छन् । तीमध्ये पहिलो सूत्र हो जनवाद । जब सबै वर्ग, समुदाय, जाति, क्षेत्र र लिङ्गका जनताले जनवादको उच्च अभ्यास गर्न पाउँछन्, त्यो बेला ती उत्पीडनबाट मुक्त हुन्छन् र एकअर्कासँग सुमधुर प्रकारको सम्बन्ध कायम गर्न पुग्छन् ।
हामीलाई एकरूपतामा आबद्ध गर्ने दोस्रो तत्व राष्ट्रियता हो । राष्ट्रियता यस्तो चीज हो, जसले सबैलाई एउटै सूत्रमा आबद्ध गर्छ । राष्ट्रियताका पनि दुई रूप छन्– आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियता । आन्तरिक रष्ट्रियतालाई मजबुत पारेर सामन्तवादको विरोध र बाह्य राष्ट्रियतालाई बलियो बनाएर साम्राज्यवाद/विस्तारवादको प्रतिरोध गर्नुपर्छ । यी दुवैको विरोध गरेर नै सच्चा राष्ट्रियता स्थापित हुन्छ ।
यसैगरी विविधतामा एकरूपताको अर्को सूत्र हो वैज्ञानिक चिन्तन । सांस्कृतिक एकरूपताका लागि हामीमा वैज्ञानिक चिन्तन हुनुपर्छ । यसका निम्ति हामीले आफूमा विद्यमान रुढीबुढी, अन्धविश्वास, भाग्यवाद, कर्मवादलगायतका सोचभन्दा भिन्न वैज्ञानिक चिन्तन अँगाल्न जरुरी छ । त्यसो भयो भने नै हामी एकअर्काको कदर गरेर जान सक्छौं ।
नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने नयाँ संस्कृति भनेको जनवाद, राष्ट्रियता र वैज्ञानिक चिन्तनमा आधारित संस्कृति नै हो । यही नै विविधतामा एकरूपता हो ।
सांस्कृतिक क्षेत्रमा बहुविधतामा एकरूपता कायम गर्ने काम आदर्शवादी अद्वैतवाद र बहुलवादबाट होइन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी अद्वैतवादको आलोकबाट मात्र हुन सक्छ । यो कुरालाई गम्भीरतापूर्वक हृदयङ्गम गर्न जरुरी छ ।
केही वर्षअघि संगीतश्रोताले मूल्याङ्कन मासिकका लागि वैद्यसँग गरेको कुराकानीको एक अंश । एमाओवादी पहिलो संविधानसभामा हुँदाका बखत उनीसँग कुराकानी गरिएको थियो- सम्पादक ।
http://esamata.com बाट साभार
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-83317265328009231502018-10-19T20:38:00.002-07:002018-10-19T20:38:39.877-07:00कस्तो समाजवाद ल्याउने : नयाँ कि पुरानै ? - रमेश सुनुवार/नन्दनहरि दाहाल
समाजवादको स्वरुप
वर्तमान पुँजीवादी व्यवस्थाबाट उत्पन्न संकटबाट मुक्त हुन समाजवादबिना सम्भव छैन । तर त्यो समाजवाद पुरानो समाजवाद होइन, नयाँ समाजवाद हो । भूमण्डलीकृत भयानक पुँजीवादबाट आक्रान्त जनता समाजवादको लागि बलिदान गर्न तयार हुन्छन्, तर विगतको जस्तो समाजवादको लागि होइन ।
त्यसकारण अब समाजवादी क्रान्तिको पहिलो प्रश्न समाजवादको स्वरुपको सम्बन्धमा उठ्छ– कस्तो समाजवाद ल्याउने ? विगतको जस्तो समाजवाद ल्याउनको लागि कोही पनि तयार हुँदैनन् । त्यो असफल भइसकेको समाजवाद फेरि किन ल्याउने ? यदि जनतालाई समाजवादको लागि उत्प्रेरित गर्ने हो भने जुन विगतको भन्दा भिन्न उपयुक्त स्वरुप प्रस्तुत गर्नु आवश्यक छ ।
नयाँ समाजवादको स्वरुप यसप्रकार हुनेछ– १) विज्ञान–प्रविधिमा आधारित समाजवाद, २) सामाजिक नियन्त्रणमा आधारित समाजवाद र ३) सामाजिक स्वामित्वमा आधारित समाजवाद ।
१) विज्ञान–प्रविधिमा आधारित समाजवाद
हरेक सामाजिक व्यवस्थाको स्वरुपको आधार उत्पादक शक्तिको स्वरुप हो । उत्पादक शक्तिको अनुरुप उत्पादनसम्बन्ध (सामाजिक व्यवस्था) हुनुपर्दछ । वर्तमान युगको उत्पादक शक्ति विज्ञान–प्रविधि हो । त्यसकारण अब बन्ने समाजवाद विज्ञान–प्रविधिमा आधारित हुनेछ ।
दोस्रो कुरा, समाजवादमा जीवनको लागि आवश्यक साधनहरुको जुन प्रचुरताको अपेक्षा गरिएको छ, त्यो विज्ञान–प्रविधिबाट मात्र सम्भव छ । आज विज्ञान–प्रविधिले उत्पादन क्षेत्रमा जुन आमूल परिवर्तन ल्याएको छ, जुन क्रान्ति ल्याएको छ, त्यसबाट अब समाजमा जीवनको लागि आवश्यक साधनहरुको अभावको कारण उत्पन्न सम्पूर्ण समस्याहरु, द्वन्द्वहरुको अन्त्य हुने सम्भावना देखिएको छ ।
२) सामाजिक नियन्त्रणमा आधारित समाजवाद
समाजवाद सामाजिक नियन्त्रणमा आधारित हुन्छ, राज्यको नियन्त्रणमा होइन । राज्यको नियन्त्रण त ती सामाजिक व्यवस्थाहरुमा हुन्छ, जसमा बहुसंख्यकमाथि अल्पसंख्यकको शासन हुन्छ । अल्पसंख्यकले राज्ययन्त्रको बलमा बहुसंख्यकमाथि नियन्त्रण गर्दछ । तर समाजवादमा सामाजिक नियन्त्रण हुन्छ । सामाजिक नियन्त्रण समाजका संघटकहरुको (सोभियतहरुको) सन्तुलनमा आधारित हुन्छ । र, सन्तुलन तिनीहरुका सम्बन्ध र अन्तर्निर्भरतामा आधारित हुन्छ । समाजका संघटकहरु सामाजिक समूहहरु हुन्; उदाहरणको लागि कृषक समूह, मजदुर समूह, व्यापारिक समूह आदि । यी समूहहरुमा शक्तिको विभाजन तथा हस्तान्तरण गर्नुपर्दछ ।
समाजका संघटकहरुमा शक्ति–पृथकीकरणबाट सामाजिक नियन्त्रण स्थापित हुन्छ ।
३) सामाजिक स्वामित्वमा आधारित समाजवाद
समाजवादको लक्ष्य उत्पादनका साधनहरुमाथि समाजको स्वामित्व स्थापित गर्नु हो । अथवा यसको लक्ष्य उत्पादनका साधनहरुमाथि व्यक्तिगत स्वामित्वलाई अन्त्य गरी सम्पूर्ण समाजको स्वामित्व स्थापित गर्नु हो । तर यो लक्ष्य उत्पादनका साधनहरुको राष्ट्रियकरण गरेर पूरा हुनसक्दैन, जुन विगतको अनुभवबाट स्पष्ट हुन्छ ।
त्यसैगरी यो लक्ष्य उत्पादनका साधनहरुमाथि सम्पूर्ण समाजको स्वामित्व घोषणा गरेर पनि पूरा हुनसक्दैन, किनभने त्यो अमूर्त हुन्छ । यसको लागि सर्वप्रथम समाजका समूहहरुको स्वामित्व स्थापित गर्नुपर्दछ । यसको विधि राष्ट्रियकरण गरेर उत्पादनका साधनहरुलाई राज्यको स्वामित्वमा ल्याउनु होइन, समाजका समुदायहरुको स्वामित्वमा ल्याउनु हो । समाजका विभिन्न समूहहरु, संघटकहरु उत्पादन प्रक्रियाका अंगहरु हुन् । तिनीहरुको स्वामित्वमा सम्पूर्ण उत्पादन साधनहरु र सम्पदा ल्याउनु आवश्यक छ ।
समाजका संघटकहरुको रुपमा विभिन्न समूहहरु हुन्छन् । ती समूहहरुले समाजका अलग–अलग कार्यहरु सम्पन्न गर्दछन् । अलग–अलग भूमिकाहरु निर्वाह गर्दछन् । समाजीकरणको प्रक्रिया ती समूहहरुलाई तिनीहरुको आफ्नो क्षेत्रको स्वामित्व प्रदान गरेर सम्पन्न गर्न सकिन्छ । उदाहरणको लागि किसानहरुको समूहहरुलाई कृषिको स्वामित्व, मजदुरहरुको समूहहरुलाई उद्योगको स्वामित्व प्रदान गरेर कृषि तथा उद्योगको समाजीकरण गर्न सकिन्छ । कारण कृषिको वास्तविक स्वामी किसानहरु र उद्योगका वास्तविक स्वामी मजदुरहरु हुन्छन् ।
समाजको प्रत्येक क्षेत्र त्यसमा संलग्न मानिसहरुको समूहलाई सुम्पिनु वास्तविक स्वामित्व स्थापनाको वास्तविक प्रक्रिया वा विधि हो । तर समाजवादको लागि वास्तविक स्वामित्व स्थापना मात्र पर्याप्त हुँदैन । यो त्यसको एउटा पक्ष मात्र हो । त्यसको अर्को पक्ष समाजीकरण हो । समाजीकरणको लागि हरेक उद्यमलाई समाजको एउटा अंग बनाउनु पर्दछ । यसरी हरेक उद्यम सम्पूर्ण सामाजिक व्यवस्थाको एउटा अंगमा परिणत भएपछि त्यसको स्वतन्त्र अस्तित्व समाप्त हुन्छ र त्यसले समाजमाथि शासन गर्न पाउँदैन । कारण त्यसलाई अन्य अंगहरुले (उद्यमहरुले) नियन्त्रण गर्दछन् ।
निष्कर्ष
समाजवादको यात्रा निरन्तर अगाडि बढिरहेको छ । कल्पनावादीहरुको कल्पनामा मात्र अस्तित्ववान समाजवाद माक्र्सवादको रुपमा सिद्धान्तमा प्रकट भयो । मार्क्सवादको रुपमा सिद्धान्तमा मात्र अस्तित्ववान समाजवाद पेरिस कम्युनको रुपमा सन् १८७१ मा व्यवहारमा साकार भयो । पेरिस कम्युनमा ७२ दिनसम्म मात्र अस्तित्व रहेको समाजवाद १९१७ मा बोल्सेभिक क्रान्तिको रुपमा पृथ्वीको ६ खण्डको १ खण्ड सोभियत संघमा स्थापित भयो । र, सोभियत संघमा ७० वर्षसम्म मात्र अस्तित्वमा रहेको समाजवाद अब सम्पूर्ण विश्वमा ७० शताब्दीसम्म अस्तित्वमा रहने गरी स्थापित हुने अवस्था तयार भइरहेको छ ।
यसको लागि हामीलाई आज तीन कुराहरुको (तीन जादूमय साधनहरुको) आवश्यकता छ । तिनीहरु हुन्– नयाँ मार्गदर्शन, दृढ प्रतिज्ञा र अदम्य साहस ।
भी.आई. लेनिन पहिलो पटक पक्राउ पर्दा उनलाई लिएर जाने प्रहरी अधिकृतले यसरी उनीसँग सोधेका थिए रे–
“तिमीले यस्तो दुस्साहस किन गरेको ? तिमीलाई थाहा छैन, तिम्रो अगाडि ठूलो पर्खाल उभिएको छ भन्ने कुरा ?”
त्यसको प्रतिउत्तरमा लेनिनले यसो भनेका थिए रे–
“मलाईं राम्रोसँग थाहा छ, मेरो अगाडि ठूलो पर्खाल उभिएको छ भन्ने कुरा । र, मलाई यो कुरा पनि राम्रोसँग थाहा छ कि यो पर्खाल यति पुरानो र मक्किएको छ, यदि यसलाई एक मुक्का प्रहार गर्ने हो भने यो गल्र्यामगुर्लुम ढल्छ । त्यसकारण मैले यस्ते साहस गरेको ।”
तर आजको पुँजीवाद लेनिनले भनेजस्तो कमजोर छैन । यसविरुद्ध सफलतापूर्वक संघर्ष गर्नको लागि र यसमाथि निर्णायक प्रहार गर्नको लागि नयाँ मार्गदर्शनको आवश्यकता छ ।
आज यस्तो दृढ प्रतिज्ञाको आवश्यकता छ, जुन हो चि मिन्हले देखाएका थिए– “हामी सय वर्षदेखि लड्दै आएका छौं । अब फेरि आवश्यक पर्दछ भने हामी अरु हजार वर्ष लड्न तयार छौं ।”
त्यसैगरी आज चे ग्वेभाराको जस्तो साहसको आवश्यकता छ, जसले सिङ्गो ल्याटिन अमेरिकी महादेशमा क्रान्ति ल्याउने साहस गरेका थिए । अर्थात्, सिङ्गो भू–मण्डलमा क्रान्ति ल्याउने साहसको आवश्यकता छ । तब विजय सुनिश्चित हुन्छ ।
लेखकद्वयको प्रकाशोन्मुख पुस्तक ‘समाजवादको यात्रा’को एक अंश- सम्पादक ।
http://esamata.com बाट साभार
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-17597028199176880512018-05-07T00:21:00.002-07:002018-05-07T00:21:42.945-07:00मार्क्सवाद र आजका हाम्रा कार्यभार - घनश्याम भूसाल
( कार्ल मार्क्स जन्मद्विशतवार्षिकी समारोह समितिद्वारा आयोजित राष्ट्रिय गोष्ठी, २०७५ मा समिति संयोजक घनश्याम भूसालद्वारा प्रस्तुत कार्यपत्र)
१. सन्दर्भ
हाम्रो युगका महान् सिद्धान्तकार तथा क्रान्तिद्रष्टा कार्ल मार्क्सको जन्म द्विशतवार्षिकीका अवसरमा हामी क्रान्तिका विषयमा विमर्श गर्न जम्मा भएका छौँ । हाम्रा अगाडि असाधारण सम्भावना छन्– हामी नेपाली कम्युनिष्टहरुका काँधमा समाजवाद निर्माणको दायित्व नजिकै क्षितिजमा देख्न सकिने असाधारण सम्भावनाका साथ आएको छ । त्यस्तै, हाम्रा अगाडि असाधारण चुनौति पनि छन्– एक, माक्र्सवादको प्रयोगको एक सयवर्षका सफलता र असफलताको चक्र पूरा भएको छ, सोभियत क्रान्तिको सफलता र असफलताको ठिक एक सयवर्ष वितेका छन् । र, हामी विश्व समाजवादी आन्दोलनको नयाँ चरणमा प्रवेश गरेका छौँ । दोश्रो, हाम्रै इतिहासमा पनि करिब ७० वर्ष अगाडि निश्चित गरिएको जनवादी क्रान्तिको राजनीतिक कार्यभार सम्पन्न गरेका छौँ । यी दुवै अवस्थामा हामीले आफ्ना कार्यभार निर्धारण गर्नु पर्नेछ, आजको ज्ञान–विज्ञानको शिरमा चढेर माक्र्सवादको आजको भाष्य गर्नु पर्नेछ ।
हामी लोकतान्त्रिक प्रतिस्पर्धामा विजयी भएर आएका सबैभन्दा लोकप्रिय कम्युनिष्ट शक्ति हौँ । त्यसैले नेपाली जनताको समाजवादी भविष्यका कार्यभार निर्धारण गर्ने र आजको माक्र्सवादमा योगदान गर्नु पर्ने ठाउँमा आइपुगेका छौँ । यहि जिम्मेवारी बोधका साथ माक्र्सवादी सिद्धान्त र इतिहासका प्रकाशमा हाम्रा कार्यभारहरु निश्चित गर्नु पर्ने छ । संक्षेपमा, हामी इतिहासको त्यस बिन्दुमा खडा छौँ जहाँबाट समाजवादको नयाँ चरण आरम्भ हुँदैछ, माक्र्सवादका सार्वभौम सिद्धान्तलाई आफ्ना विशिष्ठतामा प्रयोग गर्ने र आजको माक्र्सवादी दिशा निश्चित गर्नु पर्नेछ ।
२. आधारभूत सैद्धान्तिक प्रस्थापना
२.१ माक्र्सवादः ज्ञानको सिद्धान्त
माक्र्सवाद सबैभन्दा क्रान्तिकारी किन भयो भने, यसले इतिहास, चेतना–ज्ञान, मुक्ति जस्ता सबै प्रश्नको केन्द्रमा मानिसलाई नै राख्यो, इतिहास मानिसको इतिहास हो र त्यो मानिसले नै बनाउँछ, उसको चेतना भनेको उसकै क्रियाकलापहरुको चेतना हो र उसको मुक्ति पनि उसका आफ्नै बन्धनहरुबाट मुक्ति हो भन्ने तथ्यलाई अगाडि सा¥यो । मान्छे स्वयंले आफ्नो इतिहास बनाउँछ भन्ने घोषणा गर्दै त्यसले भन्योः मान्छेको समाजमा मान्छे नै सबैभन्दा महत्वपूर्ण छ । यस घोषणाले मान्छे कुनै अलौकिक–महान चेतनाको आविस्कार हो वा भौतिक जगतको यान्त्रिक उत्पादन हो भन्ने पुराना समस्त विश्वासलाई खण्डन ग¥यो । यसरीमाक्र्सवादले मानिसका सुख–दुःख, आशा–निराशा, प्राप्ति–अप्राप्ति, नैतिकता–अनैतिकता जस्ता विषयको अध्ययन–चिन्तनलाई मान्छेकै अध्ययन–चिन्तनको विषय बनाइदियो, मान्छेकै क्रियाकलापहरुको विषय बनाइदियो ।
हरेक सभ्यता–संस्कृतिका मानिसहरु केवल के कारणले भिन्न छन् भने तिनीहरुको बाँच्ने तरिकामा भिन्नता छ । फेरि त्यो भिन्नता अरु कसैले वा कुनै अर्को अलौकिक–महान चेतनाले वा शक्तिले यान्त्रिक रुपमा थोपरिदिएको अवस्था होइन, बरु स्वयम् मानिसले निर्माण गरेको हो । यदि आजको मानवजातिका असमानताहरुलाई हटाउने हो र ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया’लाई मानव जीवनमा सार्थक बनाउने हो भने आफैले निर्माण गरेको उत्पादनको अवस्थाका भिन्नतालाई हटाउनु पर्छ । त्यसैले मान्छेको वास्तविक मुक्ति वास्तविक क्रियाकलापबाट प्राप्त हुन्छ– भन्ने तथ्यको उद्घाटन गरेर कार्ल मार्क्सले मानव इतिहासका समस्त मुक्तिकामी चिन्तक, दार्शनिकहरुका हजारौं वर्षका खोजीको समाधान गरिदिए । संक्षेपमा, मानिसका भिन्न चेतना, समस्या र हैसियत मानिसका भिन्न अवस्थामा खोज्नुपर्छ र भिन्न आवस्था भनेको मानिसले बाँच्नका लागि आफैले निर्माण गरेको उत्पादनको सामाजिक अवस्था हो भनेर हेर्ने दृष्टिकोण ऐतिहासिक भौतिकवादका रुपमा स्थापित छ । जुनसुकै समाजलाई विश्लेषण गर्न सकिने भएकोले यो पद्धतिलाई विश्वदृष्टिकोण भनिएको हो । यसरी मान्छेको मुक्तिका लागि तपस्यारत समस्त दार्शनिक–तपस्वीहरुको अघिल्लो पंक्तिका मानववादी-मानवतावादी द्रष्टाका रुपमा माक्र्सले आफुलाई राखे । आज हामी माक्र्सवादी हौं भनेर दावी गर्नु भनेको हामी दुनियाँका अरु कोही भन्दा मानववादी-मानवतावादी हौं भन्ने दावी गर्नु पनि हो ।
२.२ माक्र्सवादः मुक्तिको सिद्धान्त
सांसारिक दुःखबाट मुक्तिका लागि असंख्य उदारमना–परोपकारी–क्रान्तिकारीहरुले अनेक उपाय सुझाए । ती सबैको सार या त ‘दुःखी–गरिबमाथि दया राख’ भन्ने उपदेश थियो या त ‘सांसारिक विषयबाटै सन्यास लेऊ’ भन्ने प्रेरणा थियो । तिनीहरु मान्छेले आफ्नो मुक्ति आफैं प्राप्त गर्छ भन्ने तथ्यमा पुग्न सकेनन् । माक्र्सवाद नै त्यस्तो क्रान्तिकारी दृष्टिकोण हो जसले इतिहासका तथ्य र तर्कका आधारमा श्रमजीवी वर्गले आफ्नो मुक्तिको शर्त आफैं पुरा गर्छ, श्रमजीवी वर्ग स्वयम्ले पुुँजीपति वर्गको हातबाट राज्यसत्ताको बागडोर आफ्नो हातमा लिन्छ, वर्ग व्यवस्थाको आधारलाई नै भत्काउँछ, यस्तो मानव संगठन बनाउँछ जहाँ हरेक व्यक्ति स्वतन्त्र हुन्छ, त्यो नै समाजवाद–साम्यवाद हुन्छ भनेर पुष्टि ग¥यो ।
पुँजीवादले समस्त पुराना अलौकिक विश्वास माथि गोला–बारुद गरेर राज्य, राजनीति, ज्ञान, मूल्य, आदर्श, धर्म–संस्कृति आदर्श जस्ता विषयलाई वर्गीय हितका लौकिक मामिला बनाइदियो । मानवश्रमको अजस्र उर्जा र सिर्जनालाई रोक्ने समस्त बाँधहरु भत्काएर त्यसले उत्पादक शक्तिको विकासको बाटो खोलिदियो । पुँजीवादले गरेको यो ऐतिहासिक क्रान्तिकारी काम हो । साथसाथै, पुँजीपति वर्गले श्रमजीवी वर्गमाथि लादेको अतिरिक्त श्रमको शोषणबाट मुक्तिका लागि मन्दीरतिर होइन, नारा–जुलुसका साथ स्वयम् पुँजीपति वर्गको मुख्यालय (राज्यसत्ता)तिर जानुपर्छ भनेर सिकायो । पुँजीपति वर्गको राज्यले, त्यसका निर्दयी संविधान, अदालत, सेना–पुलिस र सरकारले कुटिकुटिकन के सिकाए भने मजदुरवर्गको मुक्ति व्यक्तिगत मामिला होइन, कुनै समुदायको मात्रै पनि होइन बरु वर्गीय हो, राष्ट्रिय हो– त्यसभन्दा पर अन्तर्राष्ट्रिय हो । अर्थात्, पुँजीपति वर्गका विरुद्ध संघर्ष गर्ने क्रममा मजदुर वर्गले आफ्नो संगठन, उद्धेश्य, नारा, लड्ने तरिका, सहयोगी वर्गहरु, आफ्नो कार्यक्रम सिक्दै गयो । यहि क्रममा श्रमजीवी वर्गको संगठन र आफ्नै पार्टी समेत बनाउँदै गयो ।
श्रमजीवी वर्गकोपेशागत संगठनले उनीहरुका दैनन्दिन मामिलाहरु– ज्याला, कामको घण्टा, श्रमको अवस्थाजस्ता मुद्दामा ध्यान दिन्थ्यो । त्यसै क्रममा साना–ठूला दैनन्दिनका संघर्षहरुले राष्ट्रिय संघर्षको रुप लिन्छन्, अन्तर्राष्ट्रिय बन्दै जान्छन् र अन्ततः नयाँ विश्वसमाज व्यवस्थाको निर्माण गर्छन् भन्ने तथ्यहरुलाई देख्ने समाज वैज्ञानिकहरु पनि श्रमजीवी वर्गको आन्दोलनले जन्माउँदै गयो । ती समाज वैज्ञानिकहरुको पार्टी नै कम्युनिस्ट पार्टी हो । पुँजीवादी समाजका यिनै सामान्य ऐतिहासिक तथ्यहरुको घोषणाका रुपमा ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ लेखिएको थियो । श्रमजीवी वर्गले कहिले हारेको छ, कहिले जितेको छ– तर पुँजीवादी समाजका अन्तरविरोधको समाधान समाजवाद बिना सम्भव छैन भन्ने घोषणापत्रको घोषणा आजपनि उत्तिकै सान्दर्भिक छ ।
२.३ क्रान्तिको शर्त
एउटा माक्र्सवादी हुनु भनेको दुनियाँलाई वस्तुगत रुपले बुझ्ने र बदल्ने कर्ममा निरन्तर लागिरहनु हो । समस्त मानवीय घटनाक्रमलाई जस्ताको तस्तै बुझ्ने प्रक्रियामा नयाँ–नयाँ नियमहरुको उद्घाटन हुँदै जान्छ र नयाँ–नयाँ सिद्धान्तहरु विकसित हुन्छन्– सिद्धान्तको प्रयोग गर्ने क्रममा हाम्रो जीवनका भौतिक अवस्थाहरु बदलिँदै जान्छन् । यसैले सिद्धान्त र व्यवहारमा एकसाथ निरन्तर लागिरहनु नै माक्र्सवादी हुनु हो– कम्युनिस्ट हुनु हो । यहि हो द्वन्द्ववादको सार ।
ज्ञान र व्यवहारको द्वन्द्वात्मक सम्बन्ध जहाँ अवरुद्ध हुन्छ क्रान्तिले धक्का खान्छ । प्रायः के हुन्छ भने या त, हामीले सिद्धान्तमा जोड दिन्छौं र व्यवहारलाई बेवास्ता गर्छौं या व्यवहारमा जोड दिन्छौं र सिद्धान्तलाई बेवास्ता गर्छौं । जब क्रान्तिकारी व्यवहारलाई बेवास्ता तब सहि सिद्धान्तको बाटो अवरुद्ध हुन्छ, जब क्रान्तिकारी सिद्धान्तलाई बेवास्ता गर्छौं व्यवहारले बाटो भेट्टाउँदैन । सिद्धान्त काल्पनिक हुँदै जान्छ व्यवहार दृष्टिहीन हुँदै जान्छ । अर्थात्, काल्पनिक सिद्धान्तले क्रान्तिकारी व्यवहारलाई मार्गदर्शन गर्दैन, दृष्टिहीन व्यवहारले स्वयम् सिद्धान्त उत्पादन गर्दैन । क्रन्तिकारी छौं कि छैनौं भन्ने कुराको कसी हाम्रो सिद्धान्तले दुनियाँलाई परिवर्तन गर्दैछ कि छैन र हाम्रो व्यवहारले सिद्धान्तको उत्पादन गर्दैछ कि छैन भन्ने नै हो ।
जसरी उत्पादनमा असमान हैसियतले असमान वर्ग जन्माउँछ त्यसैगरि ज्ञान–सिद्धान्तको उत्पादन पनि असमान हैसियतले ज्ञानका उत्पादक र उपभोक्त जन्माउँछ । ज्ञानका उत्पादनहरुको क्रान्तिकारी व्यवहार साँघुरिँदै जान्छ, उपभोक्ताहरुको ज्ञान–सिद्धान्त साँघुरिँदै जान्छ । त्यस्तो पार्टी क्रमशः पुरेतहरु र यजमानहरुको वा सैनिक कमाण्डर र सिपाहीहरुको जस्तो बन्न जान्छ, आफ्नो युगीन दायित्वबाट त्यस्तो पार्टी अलग–थलग हुँदै जान्छ ।
३. माक्र्सवादको प्रयोग र शिक्षा
१९ औं शताब्दी माक्र्सवाद–वैज्ञानिक समाजवादको जन्म र विकासको समय थियो । २० औं शताब्दीमा क्रान्तिको केन्द्र–माक्र्सवादको अभ्यासको केन्द्र सोभियत समाजवाद थियो । त्यसको सफलता असफलता पनि सोभियत समाजवादकै वरिपरि नै रह्यो । सन् १९१७ को रुसी क्रान्तिले रुसी पुँजीपति वर्गका विरुद्ध नयाँ क्रान्तिकारी सत्ताको अभ्यास त ग¥यो नै त्यसबाहेक सोभियत सत्ताको लागि श्रमजीवी वर्गले पड्काएका तोप–गोलाका शक्तिशाली आवाजसँगै माक्र्सवाद–वैज्ञानिक समाजवाद विश्वस्तरमा फैलियो । चीन लगायत पुर्वका सामन्ती–अर्धसामन्ती मुलुकमा पुगेको माक्र्सवाद किसान मुक्तिको सिद्धान्त बन्यो, अफ्रिकी–ल्याटिन अमेरिकी उपनिवेशहरुमा राष्ट्रिय मुक्तिको दुर्दमनीय उर्जा बन्यो, पुँजीवादी पश्चिमी मुलुकहरुमा त्यो श्रमजीवी वर्गको मुक्तिको विपना बन्यो । मानव इतिहासमा त्यो ‘अकल्पनीय वास्तविकता’ बनेर दुनियाँका अगाडि खडा भयो । यसरी सोभियत समाजवादको स्थापनाले संसारको राजनीतिक–बौद्धिक तस्बीर नै बदलियो ।
सोभियत समाजवादको स्थापनाले एकातिर साम्राज्यवादका विरुद्ध उपनिवेशहरुमा राष्ट्रिय मुक्ति आन्दोलनलाई शक्ति दियो र प्रत्यक्ष औपनिवेशिक शासनलाई असम्भव बनाइदियो। अर्कोतिर, पुँजीवादको चरित्र माथि जबर्जस्त प्रभाव पा¥यो । सोभियत क्रान्तिभन्दा अगाडि पुँजीवादी राज्यको मुख्य काम आफ्नो सीमानाको रक्षा गर्न, शासन र व्यापारको बिस्तार गर्नु र मुलुकभित्र कुनै एउटा पुँजीवादी पार्टीलाई निर्वाचनद्वारा सरकारमा ल्याउनु हुन्थ्यो । सोभियत क्रान्तिले पुँजीवादलाई आफ्ना नागरिकका समस्या पनि सुन्न र ‘कल्याणकारी’ बन्न बाध्य पारिदियो । निश्चित ज्यालामा श्रमको अनिश्चित शोषण गर्ने व्यवस्थाका ठाउँमा ‘निश्चित ज्यालाको निश्चित काम’ स्थापित गरायो ।त्यसबाहेक, आयको पुर्नवितरणको केहि संरचना जस्तै– मजदुरको पेन्सन, बोनस, नाफा अनुसार ज्यालामा वृद्धि, शिक्षा र स्वास्थ्यमा लगानी जस्ता नीतिहरु लागु गर्न वाद्य पा¥यो । यसरी सोभियत समाजवादले पुँजीवादको रुप–रंग परिवर्तन गर्न बाध्य पा¥यो । दोस्रो विश्वयुद्धको अन्त्य र खासगरि चिनियाँ क्रन्तिपछि, समाजवादले विश्व व्यवस्थाको दाबी गर्न थाल्यो । यी सोभियत क्रान्तिका वा सोभियत क्रान्तिका जगमा प्राप्त उपलब्धि थिए ।
जसरी सोभियत क्रान्ति बीसौं शताब्दीमा माक्र्सवाद प्रयोगको एउटा उज्यालो अध्याय हो त्यसैगरि त्यो समाजवादको विघटन उत्तिकै अँध्यारो अध्याय पनि हो । रुसी क्रान्ति सामाजिक विकासको हिसाबले पछौटे समाजमा भएको थियो । पुँजीवादी विकासको हिसाबले पछौटे रुसी समाजको सानो संख्याको मजदुरवर्गले थालेको हुँदा सोभियत सत्ताले आरम्भदेखि नै अधिनायकत्वको बढी अभ्यास गर्नुप¥यो । अत्यधिक ठूलो संख्या पछौटे किसान, सम्राज्यवादको चौतर्फी हमला र चुनौती भएको अवस्थामा अति छोटो समयमा असाधारण गतिमा आधुनिकीकरण गरेर नवजात समाजवादी सत्ता जोगाउन सकिन्छ भन्ने बाटो सोभियत समाजवादले लियो । अस्वभाविक गतिमा विकास गर्नसम्पूर्ण मुलुकलाई सैन्य अनुशासनमा ढालियो । त्यस्तो व्यवस्थाले उत्पादनका क्षेत्रमा कल्पनातीत परिणाम पनि दियो । तर युद्धको तयारी, दोस्रो विश्वयुद्ध र संसारका विभिन्न मोर्चामा अमेरिका र नाटो सैन्यचुनौतीको सामना गर्नुपर्ने हुँदा त्यसको सैन्य तयारीले गर्दा उत्पादनको तुलनामा वितरण हुन सकेन । विश्व महाशक्ति संरचनाका रुपमा राज्यको बिस्तार भयो त्यसले बढी उत्पादनको माग ग¥यो– त्यसले मजदुर वर्गको अतिरिक्त श्रमको माग ग¥यो । यसका लागि भीमकाय सैन्य–कर्मचारी संचना आवश्यक भयो । यसरी सोभियत सत्ता क्रमशः सैन्य–कर्मचारी संयन्त्रमा रुपान्तरित हुँदै गयो, भ्रष्टाचार, लापरबाही र शक्तिको दुरुपयोग बढ्नु स्वभाविक भयो । खर्च र उत्पादनको अनुपात नकारात्मक हुँदै गयो । यसरी सन् १९७० तिर आइपुग्दा सोभियत समाजवाद उत्पादनका हिसाबले पनि ओरालो लाग्न थालिसकेको थियो ।समाजमाथि सोभियत राज्यको र राज्यमाथि पार्टीको कठोर नियन्त्रणभित्र सोभियत समाजको सिर्जनात्मक र उत्पादक क्षमता ह्रास हुँदै गयो ।
सोभियत सत्ताको आरम्भिक दिनदेखि नै युद्धमा हुर्केको हुँदा सोभियत कम्युनिस्ट पार्टी सामान्य राजनीतिक पार्टी जस्तो विकसिकत भएन । जनवादी केन्द्रियता केवल औपचारिक भयो । कमिटीले निर्णय गर्ने हुँदा व्यक्तिले सिर्जनात्मक हुन नपर्ने, बहुमतले निर्णय गर्ने हुँदा अल्पमतले सोच्नै नपर्ने, माथिल्लो कमिटीले नै जिम्मेवारी वहन गर्ने हुँदा मातहत कमिटीले विचार गर्नु नपर्ने, सबै थोक केन्द्रीय कमिटीले गर्नेहुँदा अरुले ध्यानदिनु नपर्ने र केन्द्रीय कमिटीमा पनि केही व्यक्तिले नै सबैथोक गर्ने हुँदा सम्पूर्ण पार्टी यान्त्रिक संरचना जस्तो हुन गयो । यसरी भित्रभित्रै मक्किदैं गएको पार्टीका लाखौं सदस्यहरुको अगाडि सोभियत समाजवाद बिना कुनै अवरोध वेवारिसे भएर चौबाटोमा लतारियो/ढल्यो ।
सन् १९३० को दशक देखि युरोपका कतिपय कम्युनिष्ट पार्टीहरु निर्वाचनद्वारा अगाडि बढ्ने बाटो लिए । पुँजीवादको विकास नभैसकेका मुलुकहरुमा चिनियाँ सशस्त्र क्रान्तिले ठूलो प्रोत्साहन दियो तर ती मुलुकहरुमा चिनियाँ क्रान्तिको नक्कल गर्ने प्रवृत्ति बढ्न थाल्यो । पछि सोभियत–चीन विवादले सबै जसो मुलुकका कम्युनिस्ट पार्टीहरु विभाजित भए । यस अवधिमा धेरै जसो के भयो भने शान्तिपूर्ण बाटो अवलम्बन गर्नेहरु निर्वाचनमा भागलिए, तिनले कहिले केही बढी भोट पाए कहिले कम पाए, निर्वाचनद्वारा केही प्रतिनिधिहरु संसद र सरकारमा समेत पठाए । निर्वाचनद्वारा हासिल गरेको जनमतले केही सुधारहरु पनि ग¥यो तर त्यो सुधार पनि अर्को केही निर्वाचनमा केही सिट जित्न मात्रै काम लाग्यो । कहिं न कहिं गएर सुधार पनि रोकियो । ती पार्टीहरु निर्वाचन देखि निर्वाचनसम्मको गोलचक्करबाट उम्किन सकेनन् । तिनीहरुले सिद्धान्त र व्यवहारको द्वन्द्वात्मकतालाई निरन्तर विकसित गर्न सकेनन् । निर्वाचनमा सकेसम्म बढी सिट जित्नु नै उनीहरुको सिद्धान्त भयो, व्यवहार पनि निर्वाचनमा भाग लिन मै सिमीत भयो । सामाजिक रुपान्तरणको आफ्नो मैदान छोडेपछि केवल निर्वाचनदेखि निर्वाचनको मैदानमा उनीहरु अरु वुर्जुवा पार्टीहरुसँग प्रतिस्पर्धामा टिक्न सकेनन् र साँघुरिँदै गए ।
त्यस्तै, अर्कोतिर बलपूर्वक–हिंसात्मक क्रान्तिको बाटो लिएका लडाकु पार्टीहरु गुप्त संगठन, गुप्त कार्यवाहीमा सिमित हुँदै गए । तिनीहरुले आफ्ना वरिपरि ठूलो जनसमुदायलाई गोलबन्द गर्न सकेनन् । समाजका क्रान्तिकारी भावना भएका कतिपय युवाहरुमा प्रभाव पारे पनि तिनका गतिविधिले जनमतलाई निरन्तर बिस्तार गर्न सकेनन् । हिंसा नै पार्टीको सिद्धान्त भएपछि क्रान्ति हिंसात्मक घटनाहरुमा साँघुरियो । दशकौंसम्म हिंसात्मक संघर्ष गरिरहँदा पार्टीहरुमा कुनै नयाँ विचार–सिद्धान्त बनेनन्, व्यवहारमा पनि नयाँ परिणामहरु देखा परेनन् । एउटै काम दोहो¥याइरहेर फरक परिणाम आउँदैनथ्यो, आएन । संक्षेपमा, ती पार्टीहरु भित्र पनि सिद्धान्त र व्यवहारको द्वन्द्वात्मक विकास अवरुद्ध भयो । शान्तिपूर्ण क्रान्तिको बाटो लिएका र हिंसात्मक क्रान्तिको बाटो लिएका पार्टीहरु साँघुरिँदै निष्प्रभावी हुने र सोभियत संघको विघटन हुने समय एउटै थियो । १९१७ को अक्टोबर क्रान्तिले उत्पन्न गरेको कम्युनिष्ट आन्दोलनको असाधारण उभार सन् १९९० वरिपरि आउँदा असाधारण धक्कामा परिणत भयो ।
सोभियत संघको विघटनलाई पुँजीवादीहरुले ‘इतिहासको अन्त्य’ भनेर प्रचार गरे । सन् १९४८ मा प्रकाशित कम्युनिस्ट घोषणापत्रको प्रथम वाक्य ‘आजसम्मको इतिहास वर्ग संघर्षको इतिहास हो’ बाट शुरु हुन्छ । त्यस्तै सन् १८५९ मा प्रकाशित माक्र्सको पुस्तक ‘राजनीतिक अर्थशास्त्रको आलोचना’ को भूमिकामा ‘पुँजीवादको अन्त्यसँगै शोषणको प्राचीन इतिहास पनि अन्त्य हुन्छ’ भनिएको थियो । सोभियत संघको विघटनपछि पुँजीवादीहरुले पुँजीवादको होइन समाजवादको अन्त्य भयो भनेर उत्तर दिए । पुँजीवादले आफ्ना संकट समाधान गर्न सक्दैन र समाजवादका लागि ढोका खोल्छ भन्ने माक्र्सवादी दुनियाँले आफ्नै सत्ता गुमाउनु प¥यो । यसरी माक्र्सवादको प्रयोगको बीसौं शताब्दीको पटाक्षेप भयो ।
तर पुँजीवादी दिग्विजयको यात्रा एक दशक पनि टिकेन । एकातिर सोभियत संघको विघटन पछि विश्व विजयको यात्रामा निस्केको साम्राज्यवाद मध्यपुर्वका युद्धमा फस्यो, अर्कोतर्फ पुँजीको कृत्रिम विकासको तथ्याङ्क देखाउने खाता–पाता १९९७ को आर्थिक सङ्कटले उदाङ्गो पारिदियो । पुँजीवाद एकपछि अर्को आर्थिक तनाव र युद्धमा फस्दै गर्दा ‘चिनियाँ विशेषताको समाजवाद’ले आर्थिक तरक्की शुरु ग¥यो । सन् २००८÷९ को आर्थिक संकटले पुँजीवाद चिरञ्जीवी होइन भन्ने तथ्य स्पष्ट पारिदियो ।यसैक्रममा पुँजीवादी विश्व व्यवस्थाको मोडेल भनेर प्रस्तुत गरिएको युरोपियन युनियनमा भएको विवाद र बेलायतको बहिर्गमन, अमेरिकी निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विजय, फ्रान्स, इटालीलगायत अरु कैयन युरोपेली मुलुकमा ‘उदार प्रजातन्त्र’ माथि मडारिइरहेको अन्धराष्टवाद र पपुलिज्मको कालो बादल,त्यसैबेला चीनले गरेको असाधारण विकास र त्यसले विश्व राजनीतिक मानचित्रमा ल्याउँदै गरेको परिवर्तनले वस्तुतः पुँजीवादीहरुले दावी गरे जस्तो इतिहासको अन्त्य होइन, केवल इतिहासको एउटा परिच्छेद (ऋजबउतभच) को अन्त्य भएको हो, त्यसका साथै अर्को परिच्छेदको आरम्भ भएको हो भन्ने कुरा पुष्टि हुँदै गएको छ ।फेरि छोटै समयमा पुँजीवादले के देखायो भने उसले आफ्ना संकट समाधान गर्न सक्दैन, समाजवाद नै मानव मुक्तिको सहि ठेगाना हो ।
एकैसाथ देखा परेका सोभियत समाजवादको विघटन र पुँजीवादका असफलताले एउटा वास्तविकतालाई सबैभन्दा ज्वलन्त रुपले प्रष्ट पार्छ ः अबको समाजवाद बीसौं शताब्दीका उपलब्धी र धक्काका जगमा निर्मित हुनेछ, यो इतिहास मरिसकेको उत्तराधुनिक युग होइन बरु नयाँ उचाईँबाट इतिहासको आरम्भ भएको युग हो,उत्तर सोभियत समाजवादी युग हो ।
बीसौं शताब्दीमा माक्र्सवादको प्रयोगका अनुभवहरुबारे असंख्य अध्ययन–अनुसन्धान भएका छन् । सोभियत संघको विघटन, शान्तिपूर्ण क्रान्तिको बाटो लिएर दक्षिणपन्थी हुँदै औचित्य गुमाएका र हिंसात्मक क्रान्तिको बाटो लिएर असफल भएका कम्युनिस्ट पार्टीहरुको शिक्षा नै बीसौं शताब्दीमा माक्र्सवादको प्रयोगका प्रमुख शिक्षाहरु हुन् ।सोभियत मोडेलको समाजवादले आम जनता, राज्य र पार्टी संरचनाको सम्बन्धलाई सिद्धान्त र व्यवहारमा विकसित गर्ने र व्यवहारमा प्रयोग गर्ने बाटो लिएन, त्यस प्रक्रियामा आम जनता र पार्टी सदस्यहरुलाई सहभागी गराएन । सिद्धान्त भनेको केही नेताहरुले दिने निर्देशनमा सिमित भयो भनेसोभियत गतिविधि (व्यवहार) नेताहरुको निर्देशनको पालनामा सिमित भयो । यसरी सोभियत पार्टी संरचनाले नयाँ–नयाँ परिस्थितिको वस्तुगत विश्लेषण गर्न सकेन । जनता र पार्टी सदस्यलाई समाजवादका निर्माताबाट समाजवादका खेताला वा उपभोक्ता मात्रै बनाइदियो । त्यसरी मक्किँदै गएको समाजवाद असफल भयो । त्यस्तै शान्तिपूर्ण क्रान्तिको बाटो लिएका पार्टीहरुका लागि केही व्यक्तिलाई संसदमा पु¥याउनु नै क्रान्तिको मुख्य कार्यभार भयो ।उनीहरुकालागि बहुदलीय प्रतिस्पर्धा क्रान्तिको बाटो भएन, साध्य भयो ।निर्वाचनमा प्रचारप्रसार गर्नु बाहेक पार्टी सदस्य र समर्थक जनताको अरु काम भएन । हिंसात्मक क्रान्तिको बाटो लिएकाहरुले पनि पार्टी सदस्य र जनसाधारणलाई क्रान्तिका साधन मात्रै ठाने, बलिदानको कोटा नै सिद्धान्त र व्यवहार बन्यो । यी तीनवटै परिघटनामा पार्टीको आन्तरिक जनवादी संरचना र प्रक्रिया अवरुद्ध भए । जनवादी केन्द्रियता औपचारिक बन्यो, त्यसले वास्तविक प्राण गुमायो । यसर्थ सोभियत–बोल्सेभिक मोडेलमा व्याख्या गरिएको समाजवाद र त्यसैको व्याख्यालाई नामाकरण गरिएको माक्र्सवादबाट बाहिर निस्कनु आजका माक्र्सवादीहरुको पहिलो काम हो ।
सोभियत मोडेलको समाजवादमा क्रान्तिको नक्कल गर्ने प्रवृत्तिले गर्दा भिन्न मुलुकका भिन्न ऐतिहासिक परिस्थितिको अध्ययन आवश्यक भएन । त्यसैले सोभियत कम्युनिष्ट पार्टीले जुन निर्णय गर्छ त्यही नै माक्र्सवाद हो भन्ने मान्यता बन्यो । सोभियत–चीन विवाद पछि पनि त्यस्तै भयो, कतिपय पार्टीका लागि माक्र्सवादको हेडक्वार्टर मास्को बन्यो भने अरु कतिपयका लागि बेइजिङ । यो माक्र्सवादको मूलभूत सिद्धान्त ऐतिहासिक भौतिकवाद (सिद्धान्त र व्यवहारको द्वन्द्ववाद) ओझेल पर्दै जानुको परिणाम थियो। सन् १९८० पछि चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो परियोजनालाई चिनियाँ विशेषताको समाजवाद भनेर नामाकरण गरेको छ । यसले एकातिर माक्र्सवादलाई आफ्नो विशिष्टतामा बुझ्ने घोषणा गरेको छ भने क्रान्तिको मोडेल निर्यात नगर्ने बताएको छ । चिनियाँ विशेषताको समाजवाद हुन्छ भने नेपाली वा अर्को विशेषताको समाजवाद पनि हुन्छ । यो बाटोबाट जाँदा हरेक मुलुक आ–आफ्नै विशेषताका साथ एउटै समाजवादी विश्वतर्फ जान्छन् भन्न सकिन्छ । यसरी हामी के निष्कर्षमा पुग्छौं भने– माक्र्सवादका आधारभूत सिद्धान्तहरुलाई आफ्ना विशिष्ठतामा व्याख्या गरेपछि त्यो सिद्धान्त त्यहाँको माक्र्सवाद हुन्छ, माक्र्सवादका आधारभूत सिद्धान्त अवलम्बन गर्ने हुँदा त्यो माक्र्सवाद कै एउटा धारा पनि हुन्छ ।
४. नेपालीसमाजको विशेषता र समाजवादी दिशा
(क) यो पुँजीवादी समाज हो : नेपालको एकीकरण भन्दा अगाडि नै पुँजीवादका भ्रुणहरु विकसित भएको नेपाल एकीकरणपछि पुँजीवादको विकासका लागि उपयुक्त हुँदैगयो । तर, त्यसैबखत विश्व पुँजीवादसँग जोडिन पुगेको हुँदा यहाँको पुँजी निर्माणको आन्तरिक प्रक्रिया भन्दा बाह्य प्रक्रिया प्रभावशाली बन्दै गयो । राणा शाहीको अन्त्यले सामाजिक आर्थिक क्षेत्रमा पुँजीवादीकरणको प्रक्रियालाई तीब्र पा¥यो । प्रजातान्त्रिक–लोकतान्त्रिक आन्दोलन र विश्व परिस्थितिले गर्दा पुँजीवादको प्रभाव बढ्दै गयो । भूमिसुधारको क्रममा वि.सं. २०३० को वरिपरि जमिनको नापी सम्पन्न भएपछि भूमिमाथि जमिन्दार वर्गको नियन्त्रण औपचारिक रुपले सकिएको थियो । वि.सं. २०४६ र २०६२/६३ को क्रान्तिले सामन्तीराजनीतिक–संवैधानिक संरचनाहरुलाई उन्मुलन गरे । पुँजीवादी समाजको चारित्रिक विशेषता के हो भने त्यो समाजको मूल प्रवृत्ति नाफा र ज्याला हुन्छ । जनसंख्याको एउटा हिस्सा नाफा कमाउन प्रयत्न गर्छ भने अर्को हिस्सा ज्यालाका लागि दौडन्छ । यहि चरित्रले गर्दा नेपाली समाज पुँजीवादी हो ।
(ख) पुँजीको मुख्य चरित्र दलाल छ : पुँजीको उत्पादक चरित्रलाई राष्ट्रिय पुँजी र अनुत्पादक चरित्रलाई दलाल भन्ने गरिएको छ । अझ ठोस रुपमा भन्ने हो भने नाफाको तुलनामा रोजगारी बढाउँदै जाने पुँजीले उत्पादक शक्तिको विकासमा योगदान गर्छ भने नाफा अनुसार रोजगारी सिर्जना नगर्ने पुँजीले उत्पादक शक्तिको विकासलाई सहयोग गर्दैन । धेरै अवस्थामा उत्पादक शक्तिको विकासलाई अवरोध गर्छ । वस्तु वा सेवा (राज्यशक्तिको समेत) को दलाली नै त्यस्तो पुँजीको मुख्य चरित्र हो । नेपालको वर्तमान अर्थतन्त्रमा यही दलाल पुँजीको वर्चश्व छ । त्यसले उद्यमशील पुँजीको विकासलाई अवरुद्ध गरेको हुँदा पुँजीवादी भएर पनि नेपाल अतिअविकसित गरिब मुलुक हो । श्रमजीवी वर्गको संख्या ठूलो छ । श्रमजीवीमध्ये असंगठित, वेरोजगार, अर्धवेरोजगारहरुको संख्या अझ ठूलो छ । संगठित क्षेत्रका श्रमजीवीभन्दा यिनीहरुको जीवन हरेक हिसाबले कष्टपूर्ण छ ।
(ग) नेपाली समाज विविधतापूर्ण छ :  मानवपुर्खाहरुले पुर्व पश्चिम ओहोरदोहोर गर्ने क्षेत्रमा अवस्थित नेपाल आर्य–मङ्गोल–अष्ट्रो द्रविड जातिहरु र तिनका उपजातीहरु, हिन्दु–बौद्ध, प्राकृत, मुसलमान धर्मका अनुयायीहरु तिनका उपजाती र सम्प्रदायहरुको साझेदारीले बनेको राष्ट्र हो । त्यसले गर्दा यहाँको जातीय, धार्मिक, साँस्कृतिक विविधता अनुपम छ । तर विकासको क्रममा कुनै जाती–जनजातीहरु अगाडि छन् भने कैयन् जाती–जनजातीहरु पछाडि परेका/पारिएका छन् । मुख्यतः दलित, जनजाती, मुस्लिम, मधेसी, महिलाहरु पछि छन् । पुँजीवादको असमान प्रक्रियाले कुनै क्षेत्र अगाडि छन् भने अरु पछाडि छन् । यो विविधता र असमानताले अरु कैयन् मुलुक भन्दा हामीलाई विशेष बनाउँछ ।
(घ) हाम्रो विशेष भू–अर्थराजनीतिक परिस्थितिमा छौँ :  विश्व पुँजीवादले जुनसुकै समाजलाई प्रभावित पारे झैं हामी पनि प्रभावित छौं । त्यसभन्दा महत्वपूर्ण हाम्रा छिमेकीहरु छन् । एकातिर समाजवादी चीन लामो इतिहास, ठूलो भूगोल, ठूलो जनसंख्या र हाल तीव्र आर्थिक विकासको साथ अगाडि बढ्दैछ भने अर्कोतिर त्यस्तै लामो इतिहास, भूगोल र जनसंख्याका साथ आर्थिक विकासका लागि प्रयत्न गरिरहेको भारत छ । ती मुलुकको राजनीति–अर्थतन्त्र र सँस्कृतिले हामीलाई प्रभावित पार्छ, पारिरहने छ । अबको विश्व–उत्पादनको इञ्जिन यी मुलुक बन्दैछन् ।जसले भविष्यमा हामीलाई पार्ने प्रभाव अझ सघन हुँदै जानेछ ।
(ङ) यो पुँजीवादी जनवादी (लोकतान्त्रिक) व्यवस्था हो :  रुसी क्रान्तिपछि, पुँजीवादको विकास नभैसकेका सामन्ती–अर्धसामन्ती समाजहरुमा कम्युनिस्ट क्रान्तिको कार्यभार नयाँ जनवाद, जनताको जनवाद वा राष्ट्रिय जनवाद हुन्छ भन्ने सिद्धान्त विकसित भएको थियो । साम्राज्यवादले गठबन्धन गरेको घरेलु पुँजीवाद र सामन्तवादले पनि पुँजीवादी क्रान्ति रोक्छन् । अर्कोतर्फ, पुँजीवादको पर्याप्त विकास नभैकन समाजवादमा जान सकिँदैन । त्यसैले त्यस उद्धेश्यका लागि पुँजीवादी जनवादको कार्यभारको जिम्मा पनि कम्युनिस्ट पार्टीले लिनुपर्छ भन्ने विश्लेषणका आधारमा सामन्तवाद र समाजवादका बीचमा कम्युनिस्ट पार्टीको नेतृत्व भएको संक्रमणकालीन व्यवस्थाको परिकल्पना गरिएको थियो । तर नेपालमा कम्युनिस्ट पार्टी र पुँजीवादी पार्टीका संयुक्त नेतृत्व बाह्य पुँजीवादी शक्तिहरुको सहयोगमा प्रजातान्त्रिक अधिकारहरुको स्थापना गर्दै र राजतन्त्रको उन्मुलन गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । समाजको चरित्र पुँजीवादी भएको र राज्यको चरित्र लोकतान्त्रिक गणतन्त्र भएको हुँदा आजको नेपाल पुँजीवादी लोकतान्त्रिक वा पुँजीवादी जनवादी मुलुक हो ।
उपरोक्त विशेषताले समाजवादको हाम्रो बाटो निर्धारण गर्दछन् । नेपाली समाज पुँजीवादी भएको हुँदा सामन्तवादका विरुद्ध हिजो अगाडि सारिएका नारा र कार्यक्रमहरुको ठाउँमा समाजादी नारा र कार्यक्रमहरु अगाडि सार्नु पथ्र्यो तर यो पुँजीवादको मुख्य चरित्र दलाल भएको हुँदा त्यसको ठाउँमा राष्ट्रिय (उद्यमशील) पुँजीको विकास नगरिकन समाजवादमा जान सकिँदैन । त्यसैले आजको एउटा मुख्य कार्यभार राष्ट्रिय पुँजीको विकास गर्नु हो । त्यस्तै,विकासको क्रममा हामी धेरै पछाडि परेको र हाम्रा छिमेकमा भइरहेको आर्थिक विकासका कारणले तीब्र आर्थिक विकास हाम्रो राष्ट्रिय आवश्यकता हो । द्रुत गतिको आर्थिक समृद्धिविना सयौँ वर्षदेखि अवरुद्ध विकासको क्षतिपूर्ति हुन सक्दैन । त्यसबाहेक, अहिले असाधारण गतिमा विकास गरिरहेका छिमेकीहरुका बीच सानो भूगोल र जनसंख्याको यो मुलुकले पनि त्यहि गतिमा विकास गर्न सकेन भने हाम्रो राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको अभ्यासमा अनेकौं बाधाहरु आइपर्नेछन् । त्यसैले हामीले आर्थिक प्रगतिलाई एउटा राष्ट्रिय मुद्दा बनाउनै पर्छ । तर छिटो आर्थिक बृद्धि गर्ने दबावमा परेर प्राकृतिक श्रोतको दुरुपयोग गर्न थाल्यौँ वा विदेशी पुँजीलाई बेरोकटोक बाटो दियौँ भने त्यसले विनाशमात्रै निम्त्याउने छ । सीमान्तश्रमजीवी वर्गलाई उद्यममा नल्याउने बाटो लियौँ भनेत्यस्तो आर्थिक विकासले एकाधिकारी पुँजीलाई नै बढाउँछ । विकासको प्रतिफल सबै जात–जाती, क्षेत्र र समुदायमा पु¥याएर राष्ट्रिय एकतालाई अझ बलियो बनाउने र समाजवादको तयारी गर्ने ऐतिहासिक दायित्व पूरा हुँदैन । त्यसैले न्यायपूर्ण वितरणमा आधारित तीब्र आर्थिक विकास आजकोहाम्रो बाटो हो ।
हाम्रो गणतन्त्र, यसले प्रत्याभूत गरेका मौलिक हक, समावेशी लोकतन्त्रका आधारहरु र संविधानले कबुल गरेको समाजवादले हामीलाई वास्तविक समाजतर्फ अगाडि बढ्न पर्याप्त सम्भावना दिएको छ । सारतः यो संविधानको चरित्र पुँजीवादी छ तर स्वच्छन्द पुँजीवादको संविधान पनि होइन । यसलाई औपचारिक लोकतन्त्रभित्रै सीमित राख्न पनि सकिन्छ भने यहि लोकतान्त्रिक प्रक्रियालाई सघन बनाउँदै–विस्तार गर्दै समाजवादतर्फ जान पनि सकिन्छ ।
५.नेपाली क्रान्तिका चुनौतिहरु
कम्युनिष्ट पार्टीको आजकोे श्रेष्ठता साना दुःखले आर्जेको भने होइन । पार्टीको स्थापना कालदेखि नै राष्ट्रियता, लोकतन्त्र र जनजिविकाका लागि एकसाथ लड्दै, बलिदान दिँदै नेपाल आमाका श्रेष्ठतम् सन्तानहरुले आर्जेको श्रेष्ठता हो । तर कुनै पनि संस्था केवल इतिहासका गौरवगाथाले चीरञ्जीवी हुन सक्दैन, हाम्रो सन्दर्भमा पनि त्यहि कुरा सहि हो । अर्थात्, हरेक संस्थाले आफ्ना सामर्थ्यका जगमा चुनौतिको सामना गर्दै आफ्नो औचित्यको पुनर्पुष्टि गर्छ । समयको इजलासमा त्यस्तो पुनर्पुष्टि गरिरहनु पर्छ । आज हामी इतिहासको नितान्त नयाँ मोडमा उभिएका छौँ । मार्क्सवाद र जनताको बहुदलीय जनवादमा टेकेर आजको एक्काइसौं शताब्दीका चुनौति र सम्भावनाका नयाँ उचाइबाट नयाँ दिशा र बाटो बनाउनु पर्ने जिम्मेवारी हामीमा छ । अर्थात्, आज हामी फेरि आफ्नो औचित्यलाई पुनर्पुष्टि गर्नु पर्ने ठाउँमा उभिएका छौँ ।
इतिहासमा हामीबाट गल्ति–कमजोरी पनि भएका छन् तर हाम्रो मुख्य प्रवृत्ति गौरवपूर्ण छ । हामीले गल्तिबाट सिक्दै, मार्र्क्सवादलाई नेपालको वस्तुगत अवस्थाअनुरुप प्रयोग गर्दै जस्तै सङ्कटमा पनि परिस्थितिको सामना गर्ने दृढताका साथ मुलुकलाई लोकतन्त्र र समाजवादतर्फ अगाडि बढाउन योगदान गरेका छौँ । यिनै सामथ्र्यका कारण कम्युनिष्ट पार्टी समसामयिक नेपालका अन्य पार्टी भन्दा बलियो बनेको छ । सबैचन्दा बलियो पार्टीका रुपमा यसले मुलुकका ठूलठूला चुनौतीहरुको सामना गरेर आफ्नो औचित्य पुष्टि गर्नुपर्ने छ । यस अभियानका केही मुख्य चुनौतीहरुबारे चर्चा गरौं ।
५.१ भू–अर्थ–राजनीतिक चुनौति
अरु सबै मुलुकको जस्तै हाम्रो एउटा खास अवस्थिति छ । हामी कहाँ छौं? हाम्रा वरिपरी को छन् ? तिनीहरु कस्ता छन् ? तिनीहरु हामीसँग कस्तो व्यवहार गर्छन् ? सङ््क्षेपमा, ती सबैले हाम्रो अगाडि कस्ता चुनौति खडा गरेका छन् जस्ता प्रश्नहरुको उत्तर हामीले ठम्याउनु पर्छ । यी विषयलाई हामी हाम्रो भूराजनीति भन्ने गरेकाछौँ । शीतयुद्ध कालमा बढी प्रचलित यो शब्दले मूलतः राजनीतिक तथा सुरक्षा रणनीतिका विषयहरुलाई समेट्थ्यो । तर पुँजीवादी विश्वव्यापिकरण र हाम्रो छिमेकमा भएका पछिल्ला विकासले गर्दा त्यस्ता प्रभावहरु आर्थिक–सामाजिक तथा साँस्कृतिक क्षेत्रहरुमासमेत हुन थालेका छन् र आर्थिक मुद्दा सुरक्षालगायत अन्य विषयको केन्द्रमा सर्दै गएको छ, त्यसैले यसलाई भूअर्थराजनीति भनेर विश्लेषण गर्नु बढी सान्दर्भिक हुनेछ ।
एक, हामी भारत र चीन जस्ता पुरानो सभ्यता भएका, ठूलो भूभाग र जनसंख्या भएका तर विभिन्न हिसावले प्रतिस्पर्धी आकांक्षा र विशेषता भएका मुलुकहरुको बीचमा छौँ । ती दुई मुलुकका जनसंख्याका बीचमा हाम्रो जनसंख्या १ प्रतिशत मात्र छ । ती दुई मुलुकका राजनीतिक व्यवस्था तथा ऐतिहासिक आकाङ्क्षाहरु अहिले झन् बढी प्रतिस्पर्धी बनेकाछन् । समाजवादी चीन संसारकै आर्थिक विकासको मुख्य केन्द्रका रुपमा देखापरेको छ र आगामी दशकमै संसारको पहिलो आर्थिक शक्ति बन्दैछ । भारत पनि विश्व आर्थिक दुनियाँको ठूलो र महत्वपूर्ण शक्ति बन्दैछ । प्राकृतिक प्रचुरता वा पुँजी विकासको पर्याप्त सम्भावना, ठूलो जनसङ्ख्या, जनसङ्ख्याको ठूलो भागमा अहिले पनि व्याप्त गरिबीजस्ता विशेषताले गर्दा भविष्यमा भारतको आर्थिक विकासको दर अझ तीब्र हुने देखिन्छ । अहिले चीनले घोषणा गरेको ‘वान बेल्ट, वान रोड, अगाडि बढ्दा आगामी तीन दशकभित्र संसारको भौतिक तस्वीरमात्रै होइन राजनीतिक तस्वीरमा अजङ्गको परिवर्तन आउँनेछ भन्ने कुरा अहिल्यै देख्न सकिन्छ । यसरी यो शताब्दि एशियाको हुनेछ र त्यसमध्ये पनि हाम्रो छिमेकमा हुनेछ । त्यस हिसाबले हेर्दा हामी एउटा विश्व–ऐतिहासिक भूमरीका बीचमा छौँ । त्यहाँ उम्लिरहेको आर्थिक विकास र त्यसले ल्याउने सुरक्षा, जनसङ्ख्या, वातावरणका साथसाथै राजनीतिक उथलपुथलका बीचमा हामी छौँ । यो भूमरीमा एउटा स्वतन्त्र राष्ट्रका हिसाबले बाँच्नु र विकास गर्नु हाम्रा लागि लामो समयसम्म चुनौति बनिरहने छ ।
दुई, अहिलेको विश्व राजनीतिमा चीनले आर्थिक विकास गरेको कुरा मात्रै महत्वपूर्ण होइन । समाजवादी चीनले विकास गरेको कुराले महत्व राख्छ । त्यसले वर्तमान विश्वमा विचारधाराको सबैभन्दा तीव्र तनावको प्रतिनिधित्व गर्छ । चिनियाँ समाजवाद समस्यामुक्त छैन तर समाजवादी अर्थतन्त्र, राजनीति र सामाजिक व्यवस्थालाई समृद्ध बनाउन अहिलेको चिनियाँ नेतृत्वले जति जोड दिएको छ त्यसलाई हेर्दा आगामी करिब तीन दशकमा विश्व राजनीतिक विधारधाराको क्षेत्रमा पनि ठूलो परिवर्तन आउने छ । हामी चीनको छिमेकी मात्रै होइन, चीनको संवेदनशील क्षेत्र तिब्बतसँग लामो सीमाना जोडिएका र्छौ । यसर्थ पुँजीवाद र समाजवादको विश्वव्यापि अन्तरविरोध र त्यसले ल्याउने परिवर्तनका उथलपुथलको प्रभाव हामीमाथि परिरहने छ । एउटा कम्युनिष्ट पार्टीका रुपमा ती उथल–पुथलबाट आफुलाई बचाउँदै अगाडि बढ्नु हाम्रा लागि अर्को चुनौति हुनेछ ।
तीन, आधुनिक विकासको इतिहास युरोपेली पुँजीवादको गर्भबाट आरम्भ हुन्छ । हिजोको साम्राज्यवादको पतन भए पनि ‘विकसित, पश्चिमी वा उत्तरी र ‘अविकसित, पूर्वी वा दक्षिणी दुनियाँको अन्तरविरोध जारी छ । अब त्यो अन्तरविरोध एशिया र पश्चिमको अन्तरविरोधका रुपमा देखा पर्दैछ । त्यसलाई कतिपय राजनीतिशास्त्रीहरु यसलाई पूर्वी र पश्चिमी सभ्यताका तनावका रुपमा पनि चर्चा गर्ने गरेका छन् । अठारौँ शताब्दिसम्म विश्व रङ्गमञ्चमा चीन र भारतले एशियाको प्रतिनिधित्व गर्थे, अहिले फेरि तिनीहरु उदाउँदै छन् । त्यस परिदृष्यमा चीन र भारतको बीचमा रहेको नेपालको आफ्नो एउटा खास अवस्थिति छ । ती मुलुकहरु ठूला छन् र तीनका राज्यहरु ब्लिया छन् जबकि हाम्रो राज्य कमजोर छ ।यसको अर्थ के हो भने हाम्रो राजनीतिले पूर्व र पश्चिमको त्यो अन्तरविरोधको तापसँग सामना गर्नु पर्ने ।
चार, भारत हाम्रो एउटा छिमेकी हो । बेलायती साम्राज्यवाट भारत मुक्त हुनुभन्दा अगाडि नै हामी एउटा स्वतन्त्र राष्ट्रका रुपमा उदाएका हौँ । आवतजावत, लेनदेन, भाषिक–साँस्कृतिक आदान–प्रदानका हिसाबले भारत र हामी बीचमा घनिष्ठ सम्बन्ध रहिआएको छ । तर हामीबीचको सम्बन्धको अर्को पाटो पनि छ । राजाहरुको नेतृत्वमा नेपालको पछिल्लो एकिकरण दौरानमा हामी र बेलायती–भारत युद्धमा भेट भयौँ । त्यसपछि राणाहरुले यो मुलुकको नेतृत्व गरे । उनीहरु कतिपय मुद्दामा बेलायती–भारतसँग जुधे भने कतिपय मुद्दामा तिनका हितलाई स्वीकार गरे । राजाका पालामा पनि कतिपय मुद्दाहरुमा उनीहरुले भारतसँग अडान लिए भने कतिपय मुद्दामा भारतको बलमिच्याईँका सामु घुँडा टेके । प्रजातान्त्रिकरलोकतान्त्रिक कालमा पनि नेपाली राजनीतिक पार्टी र नेताहरुले कहिले मुलुकको पक्षमा दृढताका साथ उभिए कहिले भारतका स्वार्थसँग आफ्ना स्वार्थलाई समायोजन गर्ने प्रयत्न गरे । समग्रतामा भन्ने हो भने केहि चोट–पटकका साथ नेपालले आफ्नो स्वतन्त्रता तथा सार्वभौमिकताको रक्षा गर्दै आयो । भारतले उसका स्वार्थसँग हाम्रा शासक वा नेताहरु झुकेको इतिहासमात्रै नेपाल–भारतसम्बन्धको मुख्य प्रवृत्ति हो भन्ने स्थापित गर्न चाहान्छ र हामीलाई आफ्नो विशेष सम्बन्धको सीमाभित्र राख्न चाहान्छ । जबकि अग्रजहरुले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको निर्माण र रक्षाका लागि लिएको अडान र गरेको योगदानलाई हामीले नेपाल–भारत सम्बन्धको मुख्य प्रवृत्ति ठान्छौँ । भारतेली शासक वर्ग र हाम्रोबीच इतिहासको यो समझदारी नै अन्तरविरोधपूर्ण छ, त्यसैले नेपाल भारतको सम्बन्ध पनि अन्तरविरोधपूर्ण छ । हामीले भविष्यमा पनि यो अन्तरविरोध व्यहोरिरहनु पर्ने छ, चुनौतिको सामना गरिरहनु पर्नेछ ।
५.२ अर्थ–राजनीतिक चुनौति
हाम्रो आर्थिक अवस्था र त्यसले निर्माण गर्ने वा त्यसले प्रभाव पार्ने राजनीतिक व्यवस्थाको अन्तरक्रियाले अर्थराजनीतिक अवस्था बन्छ । आर्थिक व्यवस्था र राजनीतिक परिस्थितिका बीच कस्तो सम्बन्ध छ भन्ने कुराले हाम्रो राजनीतिको भविष्य प्रभावित हुन्छ ।
हाम्रो सामाजिक–आर्थिक परिस्थिति : हाम्रो समाजको विकासलाई दुइसय वर्षदेखि जारी रहेको पराश्रित आर्थिक प्रक्रियाले खास किसिमले प्रभावित पार्यो । वर्गहरुको निर्माण र विभिन्न जातिहरुले बसोबास गर्ने क्षेत्रहरुको विकासको प्रक्रियामा त्यसले पार्ने प्रभावले हाम्रो समाजमा वर्ग, जातिहरु र क्षेत्रहरुको विकासलाई बेग्लै स्वरुप दियो । पुँजीपति वर्ग औद्योगिक पुँजीपति वर्गका रुपमा स्वतन्त्ररुपले विकास भएको हुन्थ्यो भने हाम्रो वर्गसङ्घर्ष र जातिहरुको विकास बेग्लै प्रकारले हुन सक्थ्यो । तुलनात्मकरुपले कम सङ्गठित सामन्तवादको गर्भबाट जन्मिँदै गरेको नेपालको पुँजीवाद बेलायती, जापानी पुँजीवादको हमलाबाट टाक्सींदै गयो । सामन्तवाद कमजोर हुँदै जाँदा त्यसको ठाउँ व्यापारिक पुँजीले लिँदै गयो । औद्योगिकरण नगर्ने त्यहि पुँजीवादलाई दलाल भनिएको हो । अहिलेको यसको मुख्य चरित्र जनसङ्ख्यालाई कृषिबाट उखेल्ने तर उद्यममा आउन नदिने (किनकि त्यसले उद्योग खोल्दैन, बरु भएकै उद्योगलाई पनि कमजोर पार्छ) हो । यस्तो सामाजिक–आर्थिक अवस्था भएको हुँदा हाम्रो राज्य पनि कमजोर हुनु स्वाभाविक भयो ।
हाम्रो राजनीतिक परिस्थिति : राजनीतिक अधिकारका क्षेत्रमा नेपालले कति प्रगति गरेको छ भन्ने कुरा संविधानले ग्यारण्टी गरेका मौलिक अधिकारहरु र अन्य व्यवस्थालाई हेर्दा थाहा हुन्छ । नागरिक समानता र स्वतन्त्रताका हक–अधिकारका साथै रोजगारीको हक, आधारभूत शिक्षा र स्वास्थ्यसम्बन्धी हक, आवास, खाद्य सम्प्रभूताको हक, उचित श्रम अभ्यासको हक र यस्ता अन्य हकहरु मौलिक हकको रुपमा संविधानमा स्थापित भएका छन् । राज्यमा महिला, दलित, जनजाति, मधेशी, अल्पसंख्यकहरुको प्रतिनिधित्वका लागि विशेष व्यवस्थाहरु गरिएका छन् । तिनीहरुका संवैधानिक आयोगहरुको व्यवस्था गरिएको छ जसले ती समुदायको हित, अधिकार र विकासको अनुगमन गरिरहने छन् र सरकारलाई निर्देशन गरिरहने छन् । सबै तहमा समानुपातिक–समावेशी प्रतिनिधित्व हुने व्यवस्था अभ्यासमा आइसकेको छ । मौलिक हकको कार्यान्वयन गर्न तीन वर्षभित्र आवश्यक कानूनहरु बनाउने प्रवधान राखिएको छ । त्यसपछि ती अधिकारबाट कुनै पनि नागरिक बञ्चित भएमा उसले मौलिक हकको उल्लंघन गरेको आरोपमा राज्यका विरुद्ध अदालतमा मुद्दा हाल्न सक्छ । समाजवाद नेपालको भविष्य हो भन्ने कुरा समेत संविधानमा समेटिएको छ । जनतालाई प्रत्याभूत गरेका अधिकारहरुको हिसाबले भन्ने हो भने हाम्रो जस्ता सामाजिक–आर्थिक विकासको स्तर भएका कैयन मुलुकका संविधान भन्दा यो संविधान प्रगतिशील संविधान हो ।
माथिको सन्दर्भले के देखाउँछ भने संविधानमा उल्लेख भएका एक्काइसौं शताब्दीको नेपाली नागरिकका आकाङ्क्षा र ती आकाङ्क्षालाई सम्बोधन गर्ने राज्यको सामर्थ्यका बीचमा असाधारण दूरी छ । नागरिक र समुदायहरुको राजनीतिक हैसियत बढेको छ । उनीहरु आफ्ना अधिकारको कार्यान्वयनको माग गर्न, अझ बढी अधिकार माग गर्न, त्यसका लागि राज्यका विरुद्ध सङ्गठित हुन, आन्दोलन गर्न स्वतन्त्र छन् । तर हाम्रो समाजको विकासको अवस्थाले गर्दा संविधानमा लेखिएका जनताका अधिकारहरु पूरा गर्न सक्ने राज्यको हैसियत असाध्यै कमजोर छ । आजको हाम्रो बेरोजगारी, गरिबी, असमानता, जातीय तथा क्षेत्रीय समस्या र त्यसबाट उत्पन्न हुने राजनीतिक अस्थीरता, राज्यको नालायकीलगायत समस्याहरुको मुख्य कारण यहि हो । यसरी नागरिकका अधिकार र राज्यको हैसियतका बीचमा रहेको दूरीले जुन तनाव (अन्तरविरोध) उत्पन्न हुनेछ त्यसैले नै हाम्रो भावी राजनीतिक दिशा, प्रवाह र परिणामलाई निर्धारण गर्नेछ ।
माथि चर्चा गरिएको भूअर्थराजनीतिक परिस्थितिले हाम्रो अर्थराजनीतिक परिस्थितिलाई प्रभावित गर्छ र अझ सङ्कटपूर्ण बनाउँछ । नागरिकहरुले आफ्ना हक–अधिकार स्थापित गर्न जोड गर्ने तर राज्यले त्यो पूरा गर्न नसक्ने अवस्थामा उत्पन्न हुने तनावले नेपालका भावी दिनहरु सबैभन्दा बढी प्रभावित हुनेछन् जसले हाम्रो लोकतान्त्रिक स्थीरतामा बाधा पुर्याइरहने छ र त्यसले राष्ट्रिय एकतालाई कमजोर बनाउन सक्नेछ । त्यसैले यो अन्तरविरोध नै नेपाली क्रान्तिले समाधान गर्ने प्रमूख अन्तरविरोध हो, चुनौति हो ।
५.३ संसदीय व्यवस्थामा अन्तरनिहित चुनौति
हामी राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादतर्फ जान चाहान्छौँ । यो दिशामा अगाडि बढ्ने हाम्रो बाटो शान्तिपूर्ण वा लोकतान्त्रिक हुन्छ । लोकतान्त्रिक बाटोमा हामीले जित्नु पर्ने लडाईँ मुख्यतस् संसदमा हुन्छ । तर हाम्रो जस्तो समाज संसदीय बाटोबाट समाजवादमा कसरी पुग्छ ? यस विषयमा भने हामीले आवश्यक गहिराइका साथ अध्ययन–छलफल गरिहेका छैनौँ । यस्तो विषय हाम्रा लागि मात्रै होइन संसारभरिका मार्क्सवादी, समाजवादीहरुका लागिसमेत आजका सबैभन्दा ज्वलन्त विषय मध्ये एउटा हो । खासगरि १९८० तिर दक्षिण अमेरिकी मुलुकहरुबाट प्रयोग गर्न थालिएको लोकतान्त्रिक बाटोबाट समाजवादको अभ्यास अहिले पनि प्रयोग र अध्ययनकै क्रममा छ । यस क्रममा ठूल्ठूला आन्दोलन र शक्तिशाली पार्टीहरु निर्माण भएका छन् । तिनले संसदमा बहुमत जितेर जङ्गी सुधार गरेका छन्, राजनीतिक विमर्शलाई विश्वव्यापिरुपमा प्रभाव पनि पारेका छन् । समयक्रममा ती पार्टीहरुले आफ्ना चुनौतिहरुलाई सामना गर्न नसकेर पछि हटेका पनि छन् । खासगरि विकासको एउटा चरणमा पुगेपछि उनीहरु रोकिने गरेका छन्, असफल भएका छन् । कतिपय पार्टीहरुले आफ्नो क्रान्तिकारी चरित्र गुमाउँदै गएका छन् । यस सन्दर्भमा दक्षिण अमेरिकाको वाम आन्दोलन, युरोपेली कम्युनिष्ट, समाजवादी वा लेवर पार्टीहरु, अफ्रिकाका समाजवादी पार्टीहरु, भारतको कम्युनिष्ट आन्दोलनका अनुभवहरु महत्वपूर्ण छन् ।
ती अनुभवका साथ २०४६ सालदेखि हामीले अवलम्बन गरेको बाटो र जनताको बहुदलीय जनवादको अभ्यासका अनुभवहरुका आधारमा हामीले आफ्नो सिद्धान्त र सङ्गठनलाई हेर्दा एउटा निष्कर्षमा पुग्न सकिन्छ स् लोकतान्त्रिक विधि अपनाउने क्रममा कम्युनिष्ट पार्टीले आफ्नो सिद्धान्त र कार्यक्रमका साथ चुनावमा भाग लिन्छ; निर्वाचनमा आफुले पाएको जनमतका आधारमा संसदमा आफ्ना प्रतिनिधि पठाउँछ; ती प्रतिनिधिहरुले श्रमजीवी वर्गको पक्षमा कानूनहरु निर्माण गर्न आवाज उठाउँछन्; या त उनीहरुले संसदलाई प्रभावित पार्छन् र श्रमजीवी जनताको पक्षमा कानून बनाउँछन् या उनीहरुको सङ्ख्या सानो भएका कारणले त्यसो गर्न सक्दैनन्; तर उनीहरुले सङ्घर्ष गरिरहन्छन्; संसदको त्यस सर्ङ्षलाई पार्टीले जनताका बीच फैलाउँछ र पार्टीका पक्षमा अझ बढी जनतालाई सङ्गठित गर्छ; अर्को चुनावमा पार्टीका पक्षमा जनमत बढ्छ र पहिलेभन्दा धेरै प्रतिनिधि संसदमा पठाउँछ; यसक्रममा पार्टीले संसदमा बहुमत ल्याउँछ र सरकार बनाउँछ; अब उसले आवश्यक ऐन–कानूनहरु निर्माण गर्छ, योजना तथा कार्यक्रमहरु पेश गर्छ र तिनको कार्यान्वयन गर्छ; उसले मूख्यतस् रोजगारी, शिक्षा र स्वास्थ्यका क्षेत्रमा गरेका सुधारहरुले जनताको जीवनमा देखिने गरी परिवर्तन ल्याउँछन; जनताको साँस्कृतिक चेतना उन्नत हुँदै जान्छ; त्यसले कम्युनिष्ट पार्टीलाई अझ शक्तिशाली बनाउँछ; यसक्रममा कम्युनिष्ट पार्टी संविधानमा आवश्यकताअनुसार संशोधन गर्न सक्ने गरी शक्तिशाली हुँदै जान्छ; यसरी एउटा पुँजीवादी समाजलाई कम्युनिष्ट पार्टीले समाजवादमा रुपान्तरण गर्दै जान्छ । यहि नै हो आजको समाजवादी बाटो ।
क्रान्तिकारी परिवर्तनको यस सैद्धान्तिक प्रक्रियालाई आरम्भ गर्न त्यति गाह्रो छैन, निरन्तरता दिन भने सजिलो छैन । मानौँ एउटा पार्टीले आफुमध्येका केहि योग्य सदस्य छानेर श्रमजीवी जनताका पक्षमा लोकप्रिय क्रान्तिकारी नाराका साथ निर्वाचनमा पठायो; पुँजीवादी राजनीति र बजारले शासन गरेको समाजमा क्रान्तिकारी नाराका साथ चुनाव जित्नु गाह्रो काम भए पनि केहि प्रतिनिधि निर्वा्चित भए; तिनले आफ्नो संसदीय काम पार्टीको उद्देश्यअनुसार योग्यतापूर्वक सम्पन्न गरे र त्यसले जनतामा राम्रो प्रभाव पनि देखायो; त्यसले गर्दा अर्को निर्वाचनमा केहि मत बढयो । अब क्रमशस् क्रान्तिकारी पार्टीमा समस्या शुरु हुन्छ । धेरैजसो पार्टीले के मूल्याङ्कन गर्छन् भने धेरै सिट जितेपछि ठूलो काम गर्न सकिन्छ । त्यसपछि पार्टीको एकमात्र उद्देश्य बढी सिट जित्नेमा केन्द्रित हुन्छ । पार्टीले अब दुईवटा कुरामा ध्यान दिन थाल्छ –एक, जित्नेलाई उम्मेदवार बनाउने र दुई, जुन जुन कुरा गर्दा र जुन जुन तरिका अपनाउँदा चुनाव जितिन्छ त्यहि गर्ने । त्यसो गर्दा पार्टीले धेरै सिट जित्न पनि सक्छ किनभने जसरी पनि चुनाव जित्ने सम्भावना भएका उम्मेदवार प्रसस्तै पाउन सकिन्छ । तर क्रान्तिकारी रुपान्तरणको गति त्यहिँबाट ओह्रालो लाग्छ । ‘जुन कुरा गर्दा र जुन तरिका अपनाउँदा चुनाव जितिन्छ, भन्ने बिन्दुबाट सिद्धान्तले काम गर्न छोड्छ, ‘जुन उम्मेदवार उठाउँदा जितिन्छ त्यहि उम्मेदवार, भन्ने बिन्दुबाट सङ्गठन खोक्रिन थाल्छ । यसरी पुँजीवादी समाजलाई समाजवादमा पुर्याउने कसम खाएको समाजवादी पार्टी स्वयंलाई पुँजीवादले आफ्नो प्रतिनिधि बनाइदिन्छ । अब संसदीय राजनीतिको व्यक्तिवादी, नाफावादी, गुटबादी चर्तिकलाको महायात्रा आरम्भ हुन्छ । अब पार्टीको भाषा फेरिन्छ स् नेता को हो ? जसले बढी भोट पाउँछ ! पार्टीको सिद्धान्त के हो ? चुनाव जित्नु ! अब नेताहरुको भाषा फेरिन थाल्छ स् राजनीतिक पार्टी कुनै साधु–सन्यासीहरुको भीड होइन ।
चुनावमा होमिएका सबै पार्टी र उम्मेदवारहरु जनताकै भलाइको कुरा गर्छन्, सबैले श्रमजीवी जनताको जीवनमा परिवर्तन गर्ने कुरा नै गर्छन् । तर जनताको अवस्था जस्ताको त्यस्तै रहने, पार्टी वा राज्यका ठूला पदमा पुगेपछि नेताहरुको जीनवस्तर भने असाधारण हिसाबले किन फेरिन्छ ? कुनै वैधानिक आयश्रोत नभएकाहरु नेताहरुको आर्थिक हैसियत कसरी बढ्छ ? यहि एउटा प्रश्नको धागो समाउँदै जाने हो भने पनि अहिलेको पुँजीवादी राजनीतिको धेरै बुझ्न सकिन्छ । वर्गोत्थान हुँदै गएको जमातले आफ्नो सुरक्षाका लागि एकातिर पार्टीमा नियन्त्रण गर्नुपर्ने हुन्छ, नयाँ–नयाँ कारोवारी गुटहरु बनाउनु पर्छ, ती गुटहरुलाई पनि पार्टीमा इज्जत दिनु पर्ने हुन्छ । अर्को्तिर राज्यलाई, राज्यका ठूला संवैधानिक नियुक्तिदेखि कानून, कर्मचारीतन्त्रलाई समेत नियन्त्रण गर्नुपर्ने हुन्छ । यसक्रममा तिनीहरुका हित दलाल पुँजीपतिहरुसँग मिल्दै जान्छन् । यसरी नेता, राज्यका संवैधानिक अख्तियारवाला ठूला मानिसहरु, काला व्यापारी तथा दुइनम्बरी ठेकेदारहरुको गठबन्धन तयार हुँदैजान्छ । यस्तो गठबन्धनका सदस्यहरु फरक–फरक पार्टी, राज्यका भिन्न अङ्ग, व्यापारका अलग–अलग क्षेत्रमा रहन सक्छन् तर त्यस गठबन्धनको हितका मामिलामा भने ‘राष्ट्रिय सहमति, भैरहन्छ । यति भैसकेपछि कुन पार्टीमा के निर्णय गराउने वा गर्न नदिने भन्ने कुरा पनि उनिहरुले नै निर्णय गर्न थाल्छन् । राज्य र राजनीति जनताबाट अलग्गिँदै जान्छ । राज्यको पार्टीकरण र पार्टीको नोकरशाहीकरण हुँदै जान्छ ।
त्यसैले चुनावद्वारा वा लोकतान्त्रिक बाटोबाट सामाजिक रुपान्तरण गर्न सकिन्छ भनेर मात्रै हाम्रोजस्तो पार्टीको जिम्मेवारी पूरा हुँदैन । माथि हामीले संसदीय निर्वाचनको उदाहरण राखेर छलफल गर्यौँ । चुनाव राज्यका अन्य तहमा, पेशागत, सामुदायिक र सार्वजनिक क्षेत्रमा पनि हुन्छन् । पार्टी्भित्रै पनि चुनाव हुन्छ ।ती सबै चुनाबमा हामी सहभागी हुँदै आएका छौँ । ती चुनावहरुमा हामी कसरी सहभागी हुन्छौँ भन्ने कुराले हामीले समाजलाई कतातिर लैजान्छौँ भन्ने कुरा निर्धारण हुन्छ । यदि पार्टी सामाजिक रुपान्तरणको बाहक हो भनेर दाबी गर्ने हो भने हामीले त्यस्तो पार्टी निर्माण गर्नु पर्छ जसले समाजका सबै क्षेत्रका निर्वाचनमा वास्तविक श्रेष्ठता हासील गर्ने कुराको ग्यारण्टी होओस् ।
५.४ राजनीतिक चुनौति
माथि उल्लेख गरिएका भूअर्थ–राजनीतिक र अर्थ राजनीतिक परिस्थितिले हाम्रो समाजका वर्गहरु, जातीय र क्षेत्रीय मुद्दाहरु, तिनका प्रतिनिधि राजनीतिक पार्टी र सामाजिक समूहहरुको सामान्य अवस्था, तिनका अन्तरविरोधहरु तथा मुलुकको संविधान, राज्यका विभिन्न अङ्गहरु र अन्य सामजिक क्षेत्रमा तिनको अभिव्यक्तिलाई निर्धारण गरेको छ । त्यसैभित्र हाम्रा राजनीतिक चुनौतिहरु निर्माण भएका छन् ।
राजनीतिक चुनौतिको कुरा गर्दा वर्तमान संविधान एउटा महत्वपूर्ण कडि हो । यसले लोकतान्त्रिक व्यवस्थाका संरचना र त्यसको प्रक्रियालाई स्थापित गरेको छ । यो वर्तमान पुँजीवादी समाजले निर्माण गर्ने राजनीतिक संरचना अनुरुप नै छ । त्यतिमात्रै होइन, यसले लोकतान्त्रिक प्रक्रियाबाट नेपाली समाजलाई समाजवादसम्म लैजान सकिने राजनीतिका लागि संवैधानिक ढोका खोलिदिएको छ । साथै, समावेशिताको व्यवस्थाले गर्दा पछि परेका जाति–जनजाति, महिला र दुर्गम क्षेत्रका जनताको हक–अधिकारलाई सुनिश्चित गरेर इतिहासमा भएका विभेद र अलगावलाई लोकतान्त्रिक तथा समाजवादी प्रक्रियामा सच्याउँदै जाने कुरालाई प्रत्याभूत गरेको छ । तर विश्वपरिस्थिति र हाम्रै समाजको विकासको अवस्थाले गर्दा पुँजीवादी उद्देश्यका लागि संविधानलाई प्रयोग गर्ने र त्यसमै सीमित राख्ने पुँजीवादी शक्तिहरु र त्यसलाई समाजवादसम्मै अगाडि लैजाने प्रगतिशील समाजवादी शक्तिहरुका बीचमा लामो, संभवतस् दशकौँसम्म, प्रतिस्पर्धा चलिरहने छ । नेकपा एमाले र नेपाली काङ्ग्रेसको इतिहासलाई हेर्दा के देखिन्छ भने यी दुई बीचको प्रतिस्पर्धा मुलुकको प्रमुख राजनीतिक प्रतिस्पर्धा वा प्रमुख अन्तरविरोध बनिरहने छ । अरु शक्तिहरु ती दुइ कित्तामा मिसिँदै जानेछन् वा तीनका बीचमा सौदावाजी गरेर आफ्नो अस्तित्व जोगाउने प्रयत्न गरिरहने छन् । हाम्रो भूअर्थ–राजनीतिक तथा अर्थराजनीतिक परिस्थितिमा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने बाटोमा अनेकौँ राजनीतिक जटीलताहरु देखा पर्नेछन् । तिनको सामना गर्दै दशकौंसम्म अगाडि बढिरहने बाटो सुनिश्चित गर्नु हाम्रो दीर्घकालीन राजनीतिक चुनौति हो ।
६. अनुकुल राजनीतिक अवस्था
२००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी अनेकौं विभाजन र एकीकरणबाट गुज्रिँदै अहिले झण्डै दुइतिहाई बहुमतका साथ संसदमा उपस्थित छ र सरकारमा छ । अरु कैयन् मुलुकका कम्युनिष्ट पार्टी भन्दा नेपालको कम्युनिस्ट पार्टीको फरक विशेषता के रह्यो भने यसले राष्ट्रियता, जनवाद र जीविकाको नारालाई एकसाथ उठायो । अरु कतिपय मुलुकका पार्टीहरुले कहिले राष्ट्रियतालाई जोड दिए र लोकतन्त्रलाई बिर्से भने कहिले लोकतन्त्रलाई जोड दिए । धेरैजसो पार्टीहरुले जीविकालाई जोड दिए तर लोकतन्त्रको आन्दोलनबाट अलग हुँदै गए । एक वा अर्को कारणले गर्दा ती पार्टीले विकास गर्न सकेनन् । तर नेपालको मामिलामा राजाले राष्ट्रियतालाई आफ्नो राजनीतिको आधार बनाए, नेपाली काँग्रेसले लोकतन्त्रलाई र कम्युनिस्ट पार्टीले जीविकाका नारालाई आफ्नो मुख्य पहिचान बनाए । नेपालको कम्युनिस्ट पार्टीजीविकाका नारामा मात्रै सीमित रहेन । त्यो पार्टी एकातिर राष्ट्रियताका सबै मुद्धामा अगाडि देखियो भने लोकतन्त्रको मुद्धामा पनि काँग्रेस सँगसगै रह्यो । कुनै एउटा कम्युनिस्ट पार्टीले लोकतन्त्रलाई बेवास्ता गरिरहेको अवस्थामा अर्को कम्युनिस्ट पार्टीले लोकतन्त्रको झण्डा माथि उठायो । राष्ट्रियताको मुद्धामा त सबै जसो कम्युनिस्ट पार्टी एकैठाउँ रहे । यसरी नेपालको कम्युनिस्ट पार्टी जनतामा प्रिय रह्यो । माओवादी जनयुद्धकालमा समेत शान्तिपूर्ण संसदीय प्रजातन्त्रको कित्तामा नेकपा एमाले प्रभावकासाथ उपस्थित रह्यो भने हिंसात्मक क्रान्तिकारी कित्ताको नेता नेकपा माओवादी नै थियो ।
पछिल्लो राजनीतिक–संवैधानिक संक्रमणको समयमा ठूला दुई पार्टीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाए, भारतको नाकाबन्दीको सामना गर्न अगाडि लागे, चीनसँग यातायात तथा पारवहन सम्झौता गरेर नेपालको भारत वेष्ठित अवस्थालाई अन्त्य गरे र पार्टी एकताको उद्धेश्यका साथ संसदीय निर्वाचनमा गठबन्धन बनाए । यी कारणहरुले गर्दा कम्युनिष्ट पार्टीको पक्षमा ठूलो जनमत आकर्षित भयो । प्रमुख प्रतिपक्षी पार्टी मुलतः सैद्धान्तिक कारणले संकटग्रस्त छ । राष्ट्रिय हितका मुद्धामा उसले कहिल्यै पनि प्रभाव जमाउन सकेन । नेपालमाथि भारतले गर्ने थिचोमिचो नेपालको धेरै ठूलो राष्ट्रिय मुद्दा हो तर नेपाली काङ्ग्रेसले त्यसलाई राम्रोसँग उठाउन सकेन । उदारवादी आर्थिक सिद्धान्तको वाहक भएर २०४६ सालपछि पश्चिमको समर्थन त पायो तर त्यो राजनीतिक परिवर्तन र जनताको आकांक्षा अनुकुल थिएन । केवल लोकतन्त्रको मुद्दामा केन्द्रित रहेको नेपाली काँग्रेस त्यो मोर्चामा पनि एक्लो नेता हुन सकेन । त्यसैले आज र निकट भविष्यमा नेपाली काँग्रेस कम्युनिस्ट पार्टीका लागि त्यति ठूलो चुनौती नहुने देखिन्छ । नेपालमा बलियो सरकार बनेको हुँदा भारतले पनि पहिले जस्तो हस्तक्षेप गर्न सक्दैन । भविष्यमा सम्बन्ध सुध्रिने अझै बढी सम्भावना छन् । पहिले पछौटे र चीनको सुरक्षा संवेदनशीलता अधिक भएको तिब्बतसँग नेपालको सीमाना जोडिएको थियो भने अहिले उदाउँदो विश्वशक्ति चीन नेपालको छिमेकी हो । यी सन्दर्भहरुले नेपालका कम्युनिष्टहरुले पूरा गर्नु पर्ने ऐतिहासिक कार्यभारका लागि परिस्थिति अनुकुल छ ।
७. पार्टी निर्माण
नेपालको क्रान्तिकारी रुपान्तरणका लागि चार अन्तरसम्बन्धीत क्रान्तिकारी कार्यभारहरु छन् :
क) राजनीतिकउपलब्धीलाई संस्थागत, सुदृढ र विकास गर्ने ;
ख) उत्पादक शक्तिको विकास गर्ने ;
ग) उत्पादित वैभवको अधिकतम न्यायचोति विवरण र उत्पादनका साधनमा समाजको नियन्त्रण र व्यवस्थापनलाई स्थापित गर्दै समाजवादको तयारी गर्ने ; र
घ) यी कार्यभार पुरा गर्ने योग्य शक्ति (पार्टी) निर्माण गर्ने ।
कार्यभार (ख) र (ग) सँगसँगै लानुपर्ने हुँदा आजको क्रान्तिकारी शक्तिसँग दोहोरो उत्तरदायित्व छ । दोहोरो उत्तरदायित्वले झन धेरै सवलता र योग्यताको माग गर्दछ ।
एकातिर संख्यात्मक हिसाबले कम्युनिष्ट पार्टीको दायरा फराकिलो भएको भएको छ भने, अर्को तर्फ पार्टीको सांगठनिकता कमजोर छ । संगठन स्वयम् सिद्वान्त र व्यवहारको क्रियास्थान हो । संगठन स्वयमसँग सुस्पष्ट सिद्वान्त छ कि छैन या त्यस्तो सिद्वान्त उत्पादनमा निरन्तर प्रयत्नशील छ या छैन भन्ने कुराले ठूलो महत्व राख्दछ । समग्र आन्दोलनको राजनीतिक कृयाकलापमा सिद्वान्त र संगठनको नियम अभ्यास गरिन्छ कि गरिन्न भन्ने कुराले पनि उत्तिकै महत्व राख्दछ ।
आजका हाम्रा संगठन राजनीतिक–वैचारिक छन् कि छैनन् भनेर जाँच्नका लागि केही प्रश्न गर्न सकिन्छ ः हाम्रो कार्यभारबारे हाम्रा कुन कुन कमिटीमा छलफल भएको छ ? कति सदस्यले त्यसमा भाग लिएका छन् ? हामीले सरकार बनाएका छौं, कस्ता व्यक्ति पठाउने भनेर कहीँ छलफल हुन्छ कि हुन्न ? छलफल भएकै छ भने त्यसको निर्णय गुटबन्दीका आधारमा भएको छ कि मापदण्डको आधारमा भएका छन् ? हामी धेरै स्थानीय तहमा विजयी भएका छौं, ती तहका कमिटीहरुमा हाम्रो शिक्षा, स्वास्थ्य, भूमि, रोजगारी, लगानी, सामाजिक सुरक्षा लगायत जनताका सरोकारका विषयहरु एजेण्डा बनेका छन् कि छैनन् ? छलफल भएका छन् कि छैनन् ? कमिटी बैठक विजयी गुट र पराजित गुटका तानातानी, आरोप प्रत्यारोपमा मात्रै भएका छन् कि विचार–सिद्धान्तका एजेण्डामा भएका छन् ? यी यस्ता आधारभूत प्रश्नहरु हुन् जसको उत्तरले हामी आजका कार्यभार बोक्न सक्ने गरि तयार भएका छौं कि छैनौं भन्ने बताउँछ ।
आजको परिस्थितिमा हाम्रा अगाडी मुलतः दुई सम्भावना र छनोट छन् ः पार्टीलाई दलाल पूँजीको सेवक बनाउने या रुपान्तरणको क्रान्तिकारी शक्ति ।
यदि कमिटीमा छलफल नै हुँदैनन्, राजकीय, सार्वजनिक मामिलाहरु गुट वा गुटका नेताले निर्णय गर्छन् वा छलफल नै हुन्छ भने पनि छलफलका विषय राजनीतिक नियुक्ति, टिकटको निर्णयमा सीमित छन् भने स्पष्ट छ कि हाम्रा कमिटीले आजका कार्यभार बोक्न सक्दैनन् । ती कमिटीहरु, कमिटीका सदस्यहरु अराजनीतिक हुँदै जान्छन् । राजनीतिक मुद्धाहरु ओझेलमा पर्नासाथ अराजनीतिक मुद्धाहरु प्रवेश गर्छन्, व्यक्तिका नीजि स्वार्थ कमिटीमाथि हावी हुन्छन् । कमिटीहरु स्वार्थको भागबण्डा गर्ने वा स्वार्थका लागि कचिङ्गल गर्ने समूहमा रुपान्तरित हुन्छन् । त्यस्ता कमिटीमा जो बढी अराजनीतिक हुन्छ त्यो नै नेता हुन्छ । राजनीति, विचारको कुरा गर्नेहरु किनारा लाग्दै जान्छन् । के कुरा किटानीका साथ भन्न सकिन्छ भने त्यस्तो पार्टी कुनै दिन दलाल पुँजीवाद कै सेवक बन्छ।
औपचारिक रुपमा जनवादी केन्द्रियता हाम्रो संगठनात्मक सिद्धान्त हो, तर लामो समय देखि त्यसको अभ्यास खल्बलिएको छ । लडाकु आन्दोलनमा ‘माथिको निर्देशन’ र संसदीय संघर्षमा स्वार्थको भागबण्डा नै संगठनात्मक सिद्धान्त हुने खतरा वस्तुगत रुपले विद्यमान हुन्छ । हामी ती अवस्थाहरुबाट आएका छौं । त्यसले गर्दा दलाल पुँजीवादको प्रशस्तै प्रभाव संगठनमा छ र त्यसले चर्तिकला देखाउँदैछ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ ।
राजनीतिक उपलब्धिको रक्षा, उत्पादक शक्तिको विकास र समाजको समाजवादी गर्ने कार्यभारका लागि आवश्यक क्षमता भएको पार्टी निर्माण र पुनः निर्माण गरिरहनु पर्छ । कसरी निर्माण हुन्छ त यस्तो पार्टी? यसका केही आधारभुत सर्तहरु निम्नानुसार छन् ।
(क) सम्पूर्ण पार्टी जीवनमा लोकतन्त्रको अभ्यास
पार्टीले सम्पुर्ण जीवनमा लोकतन्त्रको अभ्यास गर्दा आधारभुत रुपले निम्न कुराहरुमा उच्च महत्व दिनुपर्दछ ।
(अ) पार्टीको आन्तरिक जीवनमा;
(आ) आम नागरिकसँगपार्टीको सम्बन्धमा;
(इ) अन्य राजनैतिक पार्टी संस्था र शक्तिहरुको सम्बन्धमा;
(ख) क्रान्तिकारी पार्टी अनिवार्य रुपले ज्ञान तथा आलोचनात्मक चेतनाको उत्पादन तथा पुनरुत्पादन रुपमा लागिरहनुपर्दछ । आभारभुतरुपले सुसुचित र आलोचनात्मक चेतना भएका पार्टी सदस्यहरुको सहभागिताले मात्र पार्टीको आन्तरिक लोकतन्त्र अर्थपुर्ण हुन्छ ।
पार्टी केन्द्रीय कमिटीका हरेक सदस्य पार्टीको कार्यक्रमको व्याख्या–विश्लेषण गर्न, लागू गर्न योग्य र सक्षम छन् भन्ने कुरा ग्यारण्टी गर्नु पर्छ । उनीहरुको कार्यक्षेत्र र जिम्मेवारी त्यसैगरी तोकिनु पर्छ । साथै उनीहरु जिम्मेवारी अनुरुप सक्रिय छन् कि छैनन् भन्ने कुराको निरन्तर मूल्याङ्कन हुने वैधानिक र संरचनात्मक व्यवस्था गर्नु पर्छ ।
केन्द्रीय कमिटीका हरेक सदस्यको न्यूनतम योग्यता र क्षमताको ग्यारण्टी गरिनपर्छ । अर्थात् न्यूनतम योग्यता र क्षमता भएको व्यक्ति मात्रै नेतृत्वमा पुग्न सक्छ भन्ने कुराको वैधानिक व्यवस्था गर्नु पर्छ । यस्तो व्यवस्थाले पार्टी नेतृत्व सामाजिक रुपान्तरणप्रति प्रत्यक्षरुपले उत्तरदायी हुनेछ । अहिले जस्तो गुटबन्दीका आधारमा नेता बन्ने प्रचलनको अन्त्य हुनेछ ।
हरेक जनसङ्गठनको निर्माण त्यस क्षेत्रमा पार्टीको राजनीति स्थापित गर्ने उद्देश्यका लागि हुनु पर्छ । त्यसका नेताहरुको योग्यता पनि स्पष्ट पारिनु पर्छ । हाम्रा मजदुर, किसान, महिला, युवा, वुद्धिजीवीजस्ता सबै सङ्गठनको नेतृत्व त्यस क्षेत्रका योग्यतमहरुबाट बन्छ भन्ने कुराको ग्यारण्टी गर्नु पर्छ । ती सबै अलग–अलग क्षेत्रमा काम गर्छन् तर ती सबैले राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्ने पार्टीको कार्यक्रमलाई आआफ्नो क्षेत्रमा लागू गर्छन् । त्यसका आधारमा ती सदस्य र कमिटीहरुको मूल्याङ्कन हुन्छ ।
(ग)क्रान्तिकारी चरित्र :
पार्टीलाई उत्पादनसँग जोड्ने नारा अहिले लोकप्रिय भएको छ । तर धेरैले यसलाई व्यक्तिगतरुपमा पुँजी कमाउने कार्यक्रमका रुपमा अथ्र्याउन थालेको देखिन्छ । राष्ट्रिय पुँजीको निर्माण गर्ने पार्टीको कार्यक्रमका रुपमा ब्याख्या गर्नै बाँकि छ । उत्पादनमा पार्टीको संलग्नता भनेको मुलुकलाई पराधीनताबाट मुक्त गर्ने, सीमान्त श्रमजीवी वर्गलाई विद्यमान उत्पादन सम्बन्धबाट मुक्त गर्ने, श्रमजीवी वर्गको जीवनस्तर उकास्ने, सामाजिक विभेदबाट पीडित जनसंख्यालाई त्यस विभेदबाट मुक्त गर्ने, न्यायपूर्ण तथा प्रगतिशील समाजको निर्माण गर्ने, त्यसरी राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादी भविष्यको आधार तयार गर्नु हो । यस विषयमा पार्टीको सम्पूर्ण पङ्तिलाई अवगत गराउनु पर्छ ।
विभिन्न स्तरका पार्टी कमिटी र तिनका सदस्यले आआफ्नो कार्यक्षेत्रमा सहकारी र सार्वजनिक पुँजीको विकासमा प्रत्यक्ष रुपले भूमिका खेल्नु पर्छ, नीजी पुँजीलाई उपयुक्त वातावरण दिनु पर्छ । हरेक कमिटीहरूसँग शिक्षा, स्वास्थ्य, गरिबी निवारण, भ्रष्टाचार निवारण, प्रतिव्यक्ति आयमा वृद्धि, वातावरण संरक्षण, शीप विकास तथा रोजगारी प्रबर्द्धन, विद्युतिकरण, सार्वजनिक सुरक्षा जस्ता क्षेत्रमा योजना हुनु पर्दछ । ती योजना पूरा गर्न सम्बन्धीत सदस्यले खेलेको भूमिकामा आधारमा उसको योग्यता निर्धारित हुने व्यवस्था गर्नु पर्छ ।
क्रान्तिकारी कार्यभार बुझ्न बुझाउन पार्टीको हरेक सदस्य लाग्नुपर्दछ । निरन्तर संगठित र व्यकितगतरुपमा लागिरहनुपर्दछ । क्रान्तिकारी कार्यभार अनुसारको आर्थिक प्रक्रियामा स्वयम् सम्लग्न हुन्छ र अरुलाई पनि सम्लग्न गराउँदछ । वैचारिक प्रगतिशीत र समाजपवादी चरित्रका सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा निरन्तर लागिरहनुपर्दछ । आफ्नो पेशा या व्यवसायमा पेशागत तथा नैतिक उच्चता व्यवहारतः स्थापित गर्दछ । र समाजमा आदर्शको पात्र बन्दछ ।
(घ) आर्थिक व्यवस्थापनः
आर्थिक श्रोत : क्रान्तिकारी कार्यभार पूरा गर्न पार्टीले दलाल पुँजी र तिनको राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । अर्थात्, एकातिर दलाल पुँजीवादको र अर्कातिर क्रान्तिकारी पार्टीको लामबन्दीमा अनेक हिसाबले प्रतिस्पर्धा हुनेछ । त्यो प्रतिस्पर्धा मुख्यतः सामाजिक–राजनीतिक परिचालनमा देखा पर्छ जसका लागि आवश्यक आर्थिक श्रोतको व्यवस्थापन हुनु पर्छ । र, फेरि, त्यो श्रोत र खर्चको मात्रा क्रान्तिकारी पार्टीको उद्देश्य र वर्ग पक्षधरता अनुकुल हुनु पर्छ । यसरी हेर्दा नियमित लेवी व्यवस्थित गर्नु नै पार्टीको मुख्य आर्थिक श्रोत हुनेछ । शुभचिन्तक–समर्थकबाट आउने सहयोग पनि पार्टीले तोके बमोजिम हुनेछ । साथै, हामीले पार्टीलाई क्रान्तिकारी बौद्धिकहरुको पार्टी बनाउने भनेका छौँ । यस क्रममा पाठ्य सामग्रीको प्रकाशन पनि कामको ठूलो क्षेत्र हुनेछ र त्यो पनि महत्वपूर्ण आर्थिक श्रोत हुनेछ । कुनै पनि सदस्यले नीजिरुपमा चन्दा–सहयोग लिन पाउने छैनन् । राजनीतिक गतिविधिहरुलाई आवश्यक पर्ने आर्थिक व्यवस्थापन पार्टीले नै गर्ने छ । उदाहरणका लागि, निर्वाचन लगायत अन्य अभियानहरुमा गरिने खर्च पनि पार्टीको संस्थागत निर्णयद्वारा निर्धारण गरिनेछ ।
पार्टीका सबै सदस्यको आर्थिक जीवन पारदर्शी हुनु पर्छ । नेताहरुका हकमा त दुनियाँले उनीहरु भ्रष्टाचार मुक्त छन् भन्ने विश्वास गर्न सक्नु पर्छ । हरेक सदस्य आफ्नो वैधानिक आर्जनमा बाँच्छ, आर्जेको सबै सम्पत्तिको कर तिर्छ र आफुले तिरेको कर राज्यले श्रमजीवी वर्गको पक्षमा प्रयोग गरेको छ वा छैन भन्ने कुरामा सचेत छ भन्ने कुरा ग्यारण्टी गर्ने विधानको व्यवस्था गर्नु पर्छ ।
http://nepalpati.com बाट साभार
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-8983917775881290912018-05-04T08:17:00.005-07:002018-05-04T08:17:34.764-07:00नयाँ पार्टी कसरी बनाउँने, कसरी बन्छ ?
नेपालमा २०४६ को जनआन्दोलन लगतै अर्थात् सन् १९९० मा वाम बौद्धिकहरुबीच ठूलो बहस छलफल भयो । अब नयाँ कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्छ, बढाउनुपर्छ ? किनकि, त्यतिखेर लेनिनले स्थापना गरेको सोभियत कम्युनिस्ट पार्टी र राज्यसत्ताको पतन भएको थियो । सोभियत संघ विघटन गरिएको थियो, सोभियत कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाई त्यसका सबै सम्पत्ति सहित जफत गरिएको थियो । ७० वर्ष लामो विश्वको पहिलो वैज्ञानिक समाजवादी क्रान्ति पूर्णतः ध्वस्त गरिएको र भएको थियो । त्यस घटनाले विश्वभरिका कम्युनिस्टहरुलाई र कम्युनिस्ट बिचारधाराका वामपन्थीहरुलाई निधार खुम्च्याउनुपर्ने स्थितिमा पुर्याइएको थियो । र, त्यसैले विश्वभरका कम्युनिस्ट एवं वामपंथीहरुलाई नयाँ ढङ्गले कम्युनिस्ट आन्दोलनलाई संगठित गर्न, नयाँ परिवेशमा नयाँ सिद्धान्तलाई जन्म दिन अध्ययन, चिन्तन मनन र बहस छलफलमा उतार्ने काम परिस्थितिले गराएको थियो । त्यसको हुरी नेपालमा पनि पुगेको थियो । नेपालमा भर्खरै वामपंथी कम्युनिस्ट शक्तिहरुकै बलमा जनआन्दोलनले पञ्चायतलाई फालेको अवस्था थियो, तर त्यसो हुँदा पनि विश्व कम्युनिस्ट आन्दोलनमा आएको संकटले गर्दा नेपाली वाम एवं कम्युनिस्ट बुद्धिजीविहरु नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनलाई पुनःसङ्गठित गर्न जरुरीको विषयमा बहस छलफलमा जुटेका थिए ।
कम्युनिस्ट आन्दोलनकारीहरु आलोचनात्मक चेत सहित बाँच्न सकिएन भने, जुन लक्ष्यलाई लिई हिँडेको हो त्यो कहिल्यै पूरा हुने वाला छैन, बरु जो वर्गीय कोणबाट दुश्मन हो त्यसको नै सेवा गरी हामीले आफ्नो अमूल्य जीवनलाई सिध्याएका हुन्छौं भनी सोचौं भन्ने मेरो आग्रह मात्र हो ।
अहिले विश्व कम्युनिस्ट आन्दोलनको स्थितिभन्दा पनि नेपाली कम्युनिस्ट आन्दोलनको स्थिति नयाँ मोडमा पुगेको छ । यानी कि अहिलेको स्थिति भनेको तरल अवस्थाको हो । बाहिरबाट हेर्दा दुई ठूला कम्युनिस्ट पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भई वृहत कम्युनिस्ट पार्टी बन्न गइरहेछ । तर, स्थिति त्यस्तो छैन । नेकपा (एमाले) ले त हिजैकै समयमा अर्थात् गणतन्त्र आउनुअगाडि नै राजनीतिक यथास्थितिको पक्षपोषणमा लागिसकेको थियो । उसले वर्ग सङ्घर्षको बाटोलाई त्यागी सकेको थियो । यहाँसम्म कि उसले त्यतिखेर त सामन्तवादसँग पनि लड्न छाडिसकेको थियो । उसले साम्राज्यवादसँग पनि साझेदारी गरिसकेको थियो । गणतन्त्रको प्राप्तीका लागि भएको पछिल्लो सङ्घर्षहरुमा त ऊ घिस्रिएर आएको स्थिति थियो । भलै उसको सङ्गठन प्राविधिक कोणबाट बलियो थियो, आम पार्टी पंक्तिमा नेतृत्वको पकड राम्रो थियो, तर श्रमजीवि वर्गीय आन्दोलनको दृष्टिले त्यो फरक कित्तामा पुगिसकेको थियो । २०४७ सालको सम्विधानलाई अपरिवर्तनीय र उत्कृष्ट भन्नु, सरकारमा जान जे पनि गर्नु, पार्टीमा दलाल पुँजीजिवी वर्गका प्रतिनिधिहरुलाई उच्च स्थान दिनु, राजा ज्ञानेन्द्रले ‘कू’ गरी बनाएको सरकारमा प्रधानमन्त्री हुन दरवारमा निवेदन हाल्न जानु, राजा ज्ञानेन्द्रलाई दाम राखी ढोग्न जानु, राजा ज्ञानेन्द्रले पार्टीहरुलाई सरकार बनाउन दिँदा प्रतिगमन आधा सच्चियो भनी सरकारमा सामेल हुन जानु, गणतन्त्रको ‘ग’ पनि उच्चारण गर्न मन नपराउनु, गणतन्त्र प्राप्तीका लागि हुँदै गरेका जनयुद्धविरुद्ध विष वमन गर्दै हिँड्नु, सुराकी गर्नु, नेतृत्वको अपारदर्शी र उच्च वर्गीय आर्थिक हैसियत सहितको दैनिकी चल्नु यी सबै तथ्य र परिघटनाहरुले नेकपा (एमाले) उसले आफूलाई मार्क्सवादी र लेनिनवादीको संज्ञा दिँदै कम्युनिस्ट पार्टीकै नाममा प्रस्तुत गरिरहेको भए पनि त्यसले आफूलाई वस्तुतः गैर कम्युनिस्ट पार्टीमा रुपान्तरण गरिसकेको प्रष्ट थियो । यसोभन्दा त्यस पार्टीभित्रका कैयौं इमान्दार कार्यकर्ताहरुलाई चित्त दुख्ला । किनकि, अझै पनि त्यस पार्टीभित्र समाजवाद र साम्यवाद प्राप्तीको अभियान त्यही पार्टीको सिद्धान्त र नेतृत्वबाट सम्भव छ भनी बसेकाहरु बग्रेल्ती छन् । उनीहरुलाई चित्त दुखाउनका लागि त्यसो भनेको पक्कै होइन । तर, कम्युनिस्ट आन्दोलनकारीहरु आलोचनात्मक चेत सहित बाँच्न सकिएन भने, जुन लक्ष्यलाई लिई हिँडेको हो त्यो कहिल्यै पूरा हुने वाला छैन, बरु जो वर्गीय कोणबाट दुश्मन हो त्यसको नै सेवा गरी हामीले आफ्नो अमूल्य जीवनलाई सिध्याएका हुन्छौं भनी सोचौं भन्ने मेरो आग्रह मात्र हो ।
जनआन्दोलनको बलसँग केही नलागेपछि २०६३ सालको सुरुमा राजा ज्ञानेन्द्रले जनतासँग घुँडा टेके । विघटिट संसद पुनस्र्थापित भयो । पछि त्यही संसदमा जनयुद्धबाट आएका माओवादीहरुलाई पनि झण्डै आधा हैसियत दिई सामेल गराइए । यसो किन गरियो भने हिजो कांग्रेस र एमालेले माओवादी जनयुद्धलाई जति गाली गरे पनि, त्यसबिरुद्ध जति सुराकी एवं बदनामीको प्रचार गरे पनि आखिर राजतन्त्रलाई कमजोर पारी भीरको डिलमा पुर्याउन चाहिँ त त्यही जनयुद्धले नै त काम गर्यो नि भन्ने स्विकारोक्ति थियो त्यो । जनयुद्ध बिना जनआन्दोलनको बलमा मात्रै राजतन्त्रलाई घुँडा टेकाउने स्थिति आउँदैनथ्यो भन्ने स्विकारोक्ति थियो त्यो, भलै राजाले स्वयं उनीहरुलाई नन्याकेसम्म त्यसलाई नै जोगाउन उनीहरु लागी परेका थिए ।
पहिलो सम्विधान सभाको निर्वाचनमा नेपाली जनताले तत्कालीन नेकपा (माओवादी)लाई कांग्रेस र एमालेको सापेक्षतामा अत्यधिक मत दिए । संविधानसभामा माओवादी सभासदहरुको सङ्ख्या कांग्रेस र एमालेको जोड्दा पनि भेट्दैनथ्यो ।
कांग्रेस त २०३३ सालमा त्यसका सर्वोच्च नेता विपि कोइरालाले राजतन्त्रसँगको मेलमिलापको नीति लिई स्वदेश फिर्ता भए यतादेखि नै त्यस्ता खालका मुद्दाविरोधी त रहँदै नै आएको थियो । २०४६ सालमा वामपंथी शक्तिहरुसँग मिलेर पञ्चायतविरोधी आन्दोलन गर्दा पनि ऊ राजतन्त्रलाई कमजोर मात्र पार्न चाहन्थ्यो सखाप नै होइन ।
संविधानसभाबाट संविधान निर्माण गर्नका लागि दुईतिहाइ बहुमत चाहिन्थ्यो । कांग्रेस र एमालेको तुलनामा धेरै ज्यादा भएपनि माओवादीसँग दुईतिहाइ मत भने थिएन । माओवादीले जनयुद्ध र जनआन्दोलनको बेला मूलतः चार नारा दिएको थियो– गणतन्त्र, समानुपातिक समावेशीता, संघियता र धर्मनिरपेक्षता । अन्य नाराहरुमा मौलिक हक अधिकार, सामाजिक न्याय, समाजवादी अर्थतन्त्र आदि पनि छन् । जनयुद्धको रापले मुलुकलाई पूरै नगाँज्दासम्म र राजा ज्ञानेन्द्रले राजनीतिक दलहरुको औचित्यलाई पूरै सखाप पार्ने अभ्यास नगर्दासम्म ती प्रमुख चार वटै मुद्दाहरुप्रति कांग्रेस–एमाले नकारात्मक नै थिए । कांग्रेस त २०३३ सालमा त्यसका सर्वोच्च नेता विपि कोइरालाले राजतन्त्रसँगको मेलमिलापको नीति लिई स्वदेश फिर्ता भए यतादेखि नै त्यस्ता खालका मुद्दाविरोधी त रहँदै नै आएको थियो । २०४६ सालमा वामपंथी शक्तिहरुसँग मिलेर पञ्चायतविरोधी आन्दोलन गर्दा पनि ऊ राजतन्त्रलाई कमजोर मात्र पार्न चाहन्थ्यो सखाप नै होइन । त्यसैले उसको वर्ग चरित्र अनुसार त्यसो हुनु स्वभाविक थियो । तर, नेकपा एमाले जसले आफूलाई मार्क्सवादी लेनिनवादी कम्युनिस्ट पार्टी भन्छ, ऊ नै गणतन्त्र, समानुपातिक समावेशीता, संघियता र धर्मनिरपेक्षताको विरोधी हुनु भनेको त्यस पार्टीको नेतृत्व पंक्तिको वर्ग उत्थान हो । यति हुँदाहुँदै पनि परिस्थितिले ०६२/६३ को जनआन्दोलनसम्ममा उनीहरुलाई ती मुद्दाहरुप्रति सकारात्मक हुन वाध्य पार्यो ।
संविधानसभामा माओवादीको दुईतिहाइ मत नपुगेको अवस्थालाई मौकाको रुपमा लिई एमालेले कांग्रेससँगै हाँमा हाँ मिलाई सुरुमा गणतन्त्र घोषणा गर्नमै संक्रमणकालीन राजनीतिक प्रणालीको स्वरुप निर्धारणमा बार्गेनिङ गर्यो भने, संघीयताको सवालमा त उसले ४ वर्षसम्म षडयन्त्र, जालझेल आदिइत्यादि गरी त्यो मुद्दालाई तुहाउन नै प्रयत्न गर्यो । आखिरमा पहिलो सम्विधानसभा सम्विधान नबनाईकन नै अवसान भयो । पहिलो सम्विधानसभालाई तुहान एमालेले कांग्रेससँग मिली न्वारनदेखिको बल किन लगायो ? किनकि, त्यस सम्विधानसभामा संघीयता पक्षधरताहरुको दुई तिहाइ बहुमत थियो । यदि त्यसबाट सम्बिधान बनाउने हो भने स्वशासन सहितको संघीयता दिन उनीहरु बाध्य हुन्थे । त्यस स्थितिलाई पार लगाउनका लागि उनीहरु जसरी पनि त्यो संविधानसभा भङ्ग गराउने चालमा लागे । त्यसलाई माओवादीको अपरिपक्व कार्यनीति र पार्टीभित्र राजनीतिक पावरका लागि भएको आन्तरिक कलहले सजिलो बनाइदियो, जसले गर्दा माओवादीका प्रधानमन्त्रीकै हातबाट पहिलो सम्विधानसभा विघटन हुन पुग्यो ।
गणतन्त्रका लागि भएको जनयुद्ध र जनआन्दोलनमा माओवादीको अगुवाइ एवं तागतले काम गरेको भएपनि गणतन्त्र प्राप्तीपछि माओवादीभित्र दर्शन, सांगठनिक सिद्धान्त, जीवनशैली र संस्कृतिमा भएको अस्पष्टताले गर्दा त्यो पार्टी भित्रभित्र भ्रष्ट हुँदै गइरहेको थियो । नेताहरु क्रान्तिकारी आन्दोलनलाई निरन्तर अगाडि बढाउने मामिलामा भित्रभित्र थाकिसकेका थिए । आफ्नो मनस्थितिलाई लुकाएर अगाडि जानका लागि बिभिन्न बहनाबाजी बनाउनुपर्ने र क्रान्तिकारी सिद्धान्त, दर्शन, संस्कृति र नीति—कार्यक्रमहरुलाई आफू अनुकूल बनाई त्यसलाई क्रान्तिकारी लेप लगाउनुपर्ने हुन्थ्यो, जुन उनीहरुले गरे ।
जनयुद्धको समयमा जनतालाई आर्थिक तथा भौतिक रुपले सहभागी गराउने सवालमा माओवादीले थुपै्र अप्रिय व्यवहार पनि गर्यो । जवर्जस्ती चन्दा, जवर्जस्ती युद्ध र युद्धसम्बन्धी जोखिम काममा संलग्नता, जवर्जस्ती सभा समारोहमा सहभागिता आदिजस्ता अति दबावको व्यवहार सर्वसाधारणसँग समेत माओवादीले गरेका थिए । तै पनि जनताले जनताको पक्षमा राजनीतिक तथा आर्थिक पक्षमा उनीहरुबाट केही उन्नत काम हुन्छ कि भन्ने आशा गरेर ती अप्रिय व्यवहारलाई थाती राखेका थिए । तर, माओवादी सरकारमा गएपछि ती जनअपेक्षित कामहरु हुन सकेनन् ।
दोश्रो सम्बिधानसभामा माओवादीको सर्मनाक हार हुनुमा देशीविदेशी प्रतिक्रान्तिकारीहरुको भूमिकालाई शतप्रतिशत नकार्न त सकिन्न, तर त्यो मुख्य पक्ष थिएन । मुख्य पक्ष भनेको पहिलो सम्विधानसभापछि माओवादी सरकारमा गयो, तर उसले जनताले चाहेको अपेक्षित काम गर्न सकेन । जनयुद्धको समयमा जनतालाई आर्थिक तथा भौतिक रुपले सहभागी गराउने सवालमा माओवादीले थुपै्र अप्रिय व्यवहार पनि गर्यो । जवर्जस्ती चन्दा, जवर्जस्ती युद्ध र युद्धसम्बन्धी जोखिम काममा संलग्नता, जवर्जस्ती सभा समारोहमा सहभागिता आदिजस्ता अति दबावको व्यवहार सर्वसाधारणसँग समेत माओवादीले गरेका थिए । तै पनि जनताले जनताको पक्षमा राजनीतिक तथा आर्थिक पक्षमा उनीहरुबाट केही उन्नत काम हुन्छ कि भन्ने आशा गरेर ती अप्रिय व्यवहारलाई थाती राखेका थिए । तर, माओवादी सरकारमा गएपछि ती जनअपेक्षित कामहरु हुन सकेनन् । हिजो युद्धमा लडेर आएका नेता कार्यकर्ताहरु समेत आआफ्नो थैली भर्नतर्फ नै तल्लीन हुन पुगे । जो सत्ताको पहुँचमा पुग्न सकेनन्, उनीहरुको आर्थिक व्यवस्थापन पनि पार्टीले गर्न सकेन । विशेष गरी ज्यान फाली युद्धमा होमिएका लडाकुहरुको समेत उचित आर्थिक व्यवस्थापन हुन सकेन ।
क्यान्टोनमेन्टमा बसेका लडाकुहरु र अझ संयुक्त राष्ट्रसंघको शान्ति मिशनले प्रमाणित गरेका लडाकुहरुको हकमा त केही व्यवस्थापन भयो, तर जजसलाई अयोग्य ठहर्याइए उनीहरुको हालत खराब बन्यो । हिजोको युद्धको समयमा पार्टीले पार्टीको ढुकुटी चन्दा (पुँजीपति वर्गलगायत सर्वसाधारणहरुसँग समेत धम्क्याएर लिने आर्थिक सहयोग समेत), बैंक कब्जा, लेवी आदिबाट भर्ने गरिन्थ्यो र त्यही ढुकुटीबाट जनसेनाको भरणपोषण लगायत पार्टीको खर्च चलाउने गरिन्थ्यो । र, पार्टीका नेता कार्यकर्ताहरु पनि अभावमा या थोरै खर्चमा जीवन चलाउने अभ्यासमा अभ्यस्त थिए । तर, शान्ति सम्झौतामा आइसकेपछि ती सबै आर्थिक स्रोतमा गडबडी पैदा भयो । शान्ति प्रक्रियाबाट वैधानिक बाटोमा आइसकेपछि अब पार्टीले कोही पुँजीपतिलाई धम्क्याएर चन्दा उठाउनु पनि भएन, बैंक कब्जा गर्न पनि भएन र सर्वसाधारणमा उर्दी जारी गरेर आर्थिक संकलन पनि गर्नु भएन । पार्टी केबल पार्टी सदस्य र शुभचिन्तकहरुको लेवीबाट मात्र चलाउनुपर्ने अवस्थामा आयो । तर, पहिले अवैधानिक स्रोतबाट वालछ्याल रकम संकलन गरी वालछ्याल खर्च गर्ने प्रवृत्ति त पार्टी नेतृत्व र कार्यकर्ताहरुमा बानी परिसक्यो । अर्को, हिजो जनयुद्ध संचालन गर्दा थुप्रै युवाहरु अविवाहित थिए । नेताहरु स्वयं पनि युवा अवस्थाका नै थिए, पचास नकाटेका । दश वर्षसम्म जनयुद्धमा समय खर्च भइसकेपछि उनीहरु अविवाहिताबाट विवाहिता, युवाबाट प्रौढ, साना सन्तानका अभिभावकबाट जवान छोराछोरीका मातापितामा परिणत भइसके । भन्नुको अर्थ के भने उनीहरुका घरायसी तथा व्यक्तिगत आवश्यकता हिजो जनयुद्ध सुरु हुँदाको समयमा भन्दा धेरै फरक र ज्यादा भइसके । तर, पूर्ति गर्ने स्रोत भने हिजोको तुलनामा झन सिमित बन्यो ।
नेता कार्यकर्ताहरुको व्यक्तिगत र निजी परिवारको बढ्डो आर्थिक आवश्यकता पूर्तिका लागि पार्टी कोषलाई दुरुपयोग गर्न कहिँबाट नछेक्ने प्रणाली विद्यमान थियो र त्यो अवसरलाई पहुँच भएका सबैजसो नेता कार्यकर्ताहरुले प्रयोग गरे । मनोवैज्ञानिक कोणबाट हेर्दा ‘पार्टी र क्रान्तिका लागि यत्रो मेहनत, परिश्रम, जोखिम मोल्ने र बलिदान त गरिसकियो भने अहिले पार्टीको आम्दानीबाट मैले यति आफ्नो लागि खर्च गर्दा गलत कहाँ हुन्छ र ?’ भन्ने भाव पैदा हुनु स्वभाविक थियो ।
हिजो जनयुद्धको समयमा आर्थिक संकलन गरिल्याउँदा के कति ल्याए र त्यो कुन निश्चित कोषमा राख्ने भन्दा पनि त्यसलाई नेताकहाँ बुझाइदिने चलन थियो । स्रोतबाट कसले कति ल्याएको साँचो हो भन्ने कुराको कुनै लेखा परीक्षण गर्ने चलन थिएन र त्यस्तो प्रक्रिया सुरुदेखि नै नचलाउँदा बिचमा चलाउनु सम्भव पनि थिएन । कार्यकर्ताहरु तथा लडाकुहरुले ज्यान जोखिममा पारेर आर्थिक संकलन त गरेर ल्याए, तर त्यो संकलित रकममा आँखा गाडेर लुकाउने घटनाहरु पनि प्रशस्तै घटे । नेताहरुले पनि लेखा परीक्षणको कुनै मूर्त प्रणाली बिनाको ढुकुटी संचालनमा हुने अनियमिताको अभ्यास गरे । सबै अनियमिततालाई पार्टी र सेनाको गोपनियता कायम गर्नका लागि अपार्दशिता बनाइए । नेता कार्यकर्ताहरुको व्यक्तिगत र निजी परिवारको बढ्डो आर्थिक आवश्यकता पूर्तिका लागि पार्टी कोषलाई दुरुपयोग गर्न कहिँबाट नछेक्ने प्रणाली विद्यमान थियो र त्यो अवसरलाई पहुँच भएका सबैजसो नेता कार्यकर्ताहरुले प्रयोग गरे । मनोवैज्ञानिक कोणबाट हेर्दा ‘पार्टी र क्रान्तिका लागि यत्रो मेहनत, परिश्रम, जोखिम मोल्ने र बलिदान त गरिसकियो भने अहिले पार्टीको आम्दानीबाट मैले यति आफ्नो लागि खर्च गर्दा गलत कहाँ हुन्छ र ?’ भन्ने भाव पैदा हुनु स्वभाविक थियो । तर, पारदर्शी ढङ्गले त्यो गर्न सकिन्नथ्यो । किनकि, त्यो स्रोतमा त त्यतिकै योगदान पुर्याएका अरुको पनि त हक लाग्थ्यो । स्रोत सिमित न हुन्छ, त्यसैले सबैलाई बाँड्न पनि पुग्दैनथ्यो । त्यसैले निजी आकाङ्क्षा पुर्याउनका लागि अपार्दर्शिताको बाटो नअङ्गाली धरै हुँदैनथ्यो । सुरुमा सामान्यजस्तो लाग्ने अपार्दर्शिताको यो संस्कृति मौलाउँदै पछि सिङ्गो पार्टी पंक्तिमा फैलियो ।
माओवादी पार्टी शान्ति प्रकृयामा आएपछि सत्ताका लागि चुनावी प्रकृया पनि भाग लिनुपर्ने भयो, भाग लियो । नेपाली संसदीय चुनाव प्रणाली भारतको सिको गरी निर्माण गरिएको हो, जसमा उम्मेदवारले प्रशस्त खर्च गर्नुपर्दछ । जनताको तहबाट आएका माओवादी नेता कार्यकर्ताहरुले त्यो खर्च कसरी गर्ने ? चुनावमा जानासाथ यो समस्या त आइनैपर्यो । उनीहरुले सुरुको संविधानसभाको चुनावमा त खासै व्यहोर्नु परेन । किनकि, त्यतिबेला खासै खर्च नगरी नै जनयुद्ध र जनआन्दोलनको रापतापले जनताले सहजै उनीहरुलाई मत दिई जिताए । तर, दोश्रो सम्विधानसभाको चुनावदेखि यो समस्या आइपर्यो । र, जजसले सत्तामा पुगेर मिलाई नमिलाई जे गरेर भएपछि आर्थिक जोहो गरे उनीहरुले चुनावमा प्रशस्त खर्च गर्न सके जो सत्तामै पुगेनन् अथवा जो पुगेर पनि अनियमितता गर्न जानेनन् वा अनियमितता गर्ने संस्कृति अभ्यास गरेनन् उनीहरुलाई चुनावमा धौधौ भयो । यसले गर्दा पार्टीभित्र पनि फरक वर्गहरु जन्म हुन पुगे । कोही हुनेखाने, कोही अभावग्रस्त ।
जब पार्टीभित्र नयाँ वर्गहरु जन्मिन थालिए, उनीहरुलाई आआफ्नो विरासत जोगाउन, हुर्काउन बल चाहिने भयो । त्यो शक्ति आर्जन गर्नका लागि गुट उपगुटको अनिवार्य रुपले जन्म हुन पुग्यो । र, गुट उपगुटको तार्किक अस्तित्वको लागि बिभिन्न राजनीतिक नीति, बिचार, कार्यक्रमको आवरण आवश्यक हुन्छ, जसलाई उनीहरुले राम्ररी नै निर्माण गरे । पार्टीभित्र गुट उपगुटको अन्तरसङ्घर्ष दर्शन, सिद्धान्त, बिचार, नीति तथा कार्यक्रममा हुने फरकपना त देखाइन्थ्यो नै तर मुख्य गुप्त कुरा त्यो हुँदैनथ्यो । गुह्य कुरा त आआफ्नो गुटहरुको स्वार्थ रक्षार्थ नै आन्तरिक सङ्घर्ष हुनेगथ्र्यो, जसलाई बिचार फरकको जामा लगाइन्थ्यो । यही प्रक्रियामा अगाडि जाँदा आन्दोलन र क्रान्तिका एजेन्डाहरु पछाडि पर्दै गए । पार्टी टुक्रा टुक्रामा बिभाजित हुन पुग्यो ।
जनयुद्ध छाडिएको त अब जुग बितिसक्यो, अर्थात् त्यसले झण्डै डेढ वर्ष छुन खोज्दैछ । यतिका लामो समयमा
नेता कार्यकर्ताहरुको जीवनमा धेरै परिवर्तन आइसक्यो । अब जनयुद्धका गाथाहरु त कोहीको त्यही कसैलाई सुनाएर आफूलाई अरुभन्दा बढी क्रान्तिकारी र श्रेष्ठता हासिल गर्ने औजार बनेको छ, कोहीलाई पार्टीमा पद प्राप्त गर्ने हतियार बनेको छ, कोहीको निम्ति सरकारमा जानका लागि बार्गेनिङ गर्ने विषय बनेको छ भने ती केही पनि गर्ने अवसर नपाएकाहरुका लागि चिया पसलमा गफ गरेर सर्वसाधारणमाझ आफू भिन्नै मान्छे हो भन्ने देखाई आत्मसन्तुष्टी लिने विषय बनेको छ । भन्नुको तात्पर्य समाजवाद र साम्यवादको सपना बोकी चलाइएको महान जनयुद्धको भावनाको अवसान हुन पुगेको छ ।
सिङ्गो माओवादी पार्टी नै अहिले आफ्नो विरासतबाट डराएको र त्यसबाट बाहिर जान खोजेको अवस्था हो । यही कारणले नै माओवादीको एमालेसँग पार्टी एकता सम्भव हुन सकेको हो ।
यस्तो किन भयो ?
नेपाली र विश्व कम्युनिस्ट आन्दोलनले अहिले निधार खुम्च्याउनेपर्ने कुरा नै यही हो । एउटा भरभराउँदो कम्युनिस्ट आन्दोलन जसले नेपाललाई मात्र होइन विश्वलाई नै चकित पार्दै एकपछि अर्को सफलता हासिल गर्दै सबैलाई प्रेरणा प्रदान गरेको थियो । तर, त्यही शक्ति हेर्दाहेर्दै नै छोटो समयमा नै धरासायी हुन पुग्दैछ । नेपालमा त्यो क्रान्तिको अवसान हुन गइरहेछ । किन ?
के यो कुनै राजनीतिक बिचारमा आएको बिचलितताको कारणले मात्र हुन सम्भव भयो ? के यो देशी बिदेशी प्रतिक्रियावादी शक्तिको षडयन्त्रको कारणले नै हुन गयो ?
पक्कै पनि राजनीतिक बिचार, नीति, कार्यक्रममा आउने बिचलन र देशी बिदेशी प्रतिक्रियावादी शक्तिहरुको षडयन्त्रहरुको भूमिकालाई पनि नजरअन्दाज गर्न मिल्दैन । तर, नेतृत्वलगायत सिङ्गो पार्टी नै धरासायी हुनु वा क्रान्तिको बाटोबाट फरक दिशामा जानु भनेको फरक बिचार, नीति तथा कार्यक्रम र प्रतिक्रियावादीहरुको षडयन्त्रको भूमिका भन्दा पनि पार्टीको संस्कृति र सञ्चालनमा रहेको प्रक्रियाको विफलताले हुने गर्दछ । पार्टीमा नेता कार्यकर्ताबिच फरक बिचार आउनु अस्वभाविक होइन, तर फरक बिचारहरुलाई निश्चित दिशा कसरी प्रदान गर्ने भन्ने सवाल प्रमुख हो । पहिलो कुरो त फरक बिचार नै कहाँबाट जन्म हुन्छ भन्नेमा चिन्तनको आवश्यकता छ ।
मान्छेमा बिचार भनेको उसले लिने वा ऊसँग भएको ज्ञान, उसको भोगाई र उसको आर्थिक—सामाजिक—साँस्कृतिक सम्बन्धको कारणबाट जन्मिन्छ । चेतना पनि त्यही आधारमा बन्दछ । चेतनाको आधारमा बिचार निर्माण हुन्छ । बिचारको आधारमा मान्छेले नीति तथा कार्यक्रम बनाउँदछ । यी कुनै पनि कुराहरु अमूर्त, त्यतिकै दिमागमा पलाउने आत्मिक कुराहरु होइनन् । भौतिक यथार्थताको परिमाण र गुणस्तरमा निर्धारित हुने कुराहरु हुन् । त्यसैले बिना कुनै आधार त्यतिकै कसैको दिमागमा बिचार जन्मिँदैन पनि परिवर्तन हुँदैन पनि ।
मान्छे जन्मँदा त जनावर नै हो त । त्यसलाई मान्छे बनाउने त समाजले हो । मान्छेमा आत्मालाई जन्माउने पनि समाजले नै हो । जन्मिँदा आमाबाबुले त भौतिक शरीर मात्र उत्पादन गर्ने हो, आत्मा नै चाहिँ होइन । जन्मिएको मान्छेको समाजसँगको पहिलो सम्बन्ध आमाबाट हुन्छ । त्यसैले मान्छेमा आत्मा जन्माउने कामको सुरुवात पनि आमाबाट नै हुन्छ । आत्मा स्थिर हुँदैन गतिशील हुन्छ । यो सूचना, संवेग र ज्ञानको मार्गबाट परिष्कृट हुँदै गतिशील बन्दछ । ती मार्गहरु समाजले प्रदान गर्दछ ।
त्यसैले मान्छेमा जनावरको प्राकृतिक स्वभाव रहन्छ, त्यो हो निजी स्वभाव । किनकि, जनावरलाई आफ्नो परिवेशमा उपलब्ध सिमित स्रोत उपभोग गरी बाँच्नका लागि त्यो स्रोत आफूले नै हासिल गर्नुपर्ने बाध्यता हुन्छ । प्रशस्त घाँस भएको घाँसे मैदानमा मृगहरु मिलेर नै बसेका हुन्छन्, तर सिमित मात्र घाँस भएको ठाउँमा तिनीहरु झगडा गर्छन्, खानका लागि । किनकि, बाँच्नका लागि त्यो तिनीहरुको बाध्यता हो । मान्छे मात्र हो जसले माया र प्रेमको लागि सिमित स्रोत हुँदाको अवस्थामा आफूले नखाई पनि अरुलाई ख्वाई दुःख र पीडा झेल्न सक्छ । मान्छेमा हुने भावना र चेतनाको कारणले यो सम्भव भएको हो ।
तर, समाज वर्ग बिभाजित भइसकेपछि चेतना पनि वर्गीय हुन थाल्यो । अर्थात् आफ्नो वगृको नै स्वार्थ हेर्ने संस्कृति जन्म भयो । निजी स्वार्थलाई प्राथमिकतामा राख्ने गुण त जनावरको हो, जुन कसैलाई सिकाउनु पर्दैन, जन्मँदा नै मान्छेले लिएर आउँछ । त्यो गुणलाई चेतनाले पन्छाउन सकिने हो । चेतना ज्ञान र सम्बन्धको आधारमा प्राप्त हुन्छ ।
नयाँ कम्युनिस्ट आन्दोलनको सन्दर्भ
पछिल्लो समयमा नेपालका लागि मात्र होइन विश्वको लागि नै एउटा पे्ररणादायी कम्युनिस्ट आन्दोलन र शक्ति नेपाली माओवादी बनेको सन्दर्भमा त हामीले धेरै चर्चा गर्यौं नि । तर, त्यो अहिले आफैभित्रको पुँजीवादीकरण र भ्रष्टीकरणको रोगले ग्रसित भई त्यसको पटाक्षेप अब एमालेसँग पार्टी एकता गर्ने काम सम्पन्न भएर अवसानको बाटो लिएपछि हुने कुरा पनि गर्यौं । तर, अबको नयाँ कम्युनिस्ट आन्दोलनको पुनर्त्थान कसरी हुन्छ त ? यो प्रश्न बढी गम्भीर छ ।
हतार हतार कुनै एउटा दस्तावेज बनाई आफूहरु पुरानाहरुभन्दा भिन्दै देखाउँदैमा नयाँ आन्दोलनको थालनी हुन्छ त ? नयाँ सोच र चिन्तन भएकाहरु हौं भन्नेहरु मुलुक भरिबाट जम्मा गरेर कुनै अमुक नामको भेला वा सम्मेलन गरेर निर्वाचित नेतृत्व निर्माण गर्दैमा यो कामको थालनी हुन्छ त ? पुरानाहरुलाई गाली गर्ने जतिलाई बटुलेर उनीहरुको संलग्नतामा नयाँ समूह बनाउँदैमा नयाँ आन्दोलन सुरु हुन्छ त ? कोही सिमित नेतृत्वदायी व्यक्तित्वहरुले खास समय लगाएर अध्ययन गरी ल्याएका खास बिचारका आधारमा तय गरिएका कार्यदिशालाई लिपिबद्ध गरी त्यसलाई मान्ने गरी कार्यक्रम बनाएर नै आन्दोलनको सुरुवात हुन्छ त ?
यी प्रश्नहरु गम्भीर छन् । अब उत्थान गर्ने कम्युनिस्ट आन्दोलन भनेको नेपालकै सन्दर्भमा पनि ६९ वर्षको क्रममा के कति नीति, कार्यक्रम र कार्यदिशा बने भन्ने सवाल मात्र होइन, कस्ताकस्ता प्रवृत्तिहरु किन र कसरी जन्मिए र ती गलत प्रवृत्तिहरु अबको आन्दोलनमा जन्म नहुने प्रक्रिया, प्रणाली र संरचना सहितको स्पष्ट धारणा बनाएर नै सुरुवात गर्नु जरुरी छ ।
विगतमा क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशामा हामीले बढी जोड दियौं । ती कुराहरु बढी महत्वका अवश्यै हुन् । तर, ती कुराहरु कार्यान्वयनका लागि चालक शक्ति भनेको पार्टी हो र पार्टी कस्तो चरित्रको हो भन्ने कुरा महत्वको विषय बन्दछ । जसरी समाजको सवालमा कुरा गर्दा अर्थतन्त्र जग, राजनीति पर्खाल तथा भित्ताहरु र संस्कृति छानो भनेर विश्लेषण गरिन्छ, त्यसरी नै पार्टी त झन नयाँ समाज निर्माण गर्ने मुख्य समाज भएको कारणले गर्दा त्यसमा पनि ती कुराहरु झनै लागु हुन्छन् । समाजमा आर्थिक सम्बन्धको आधारमा आमजनताको ज्ञान, चेतना र संस्कृति निर्माण हुने कुरा जुन सत्य हो त्यसरी नै पार्टीभित्र पनि नेता कार्यकर्ताहरुको आर्थिक सम्बन्धको आधारमा उनीहरुको ज्ञान, चेतना र संस्कृति निर्माण हुने पनि सत्य हो ।
पार्टीको काममा जति नै क्रियाशील र प्रतिवद्ध भए पनि कुनै नेताको आर्थिक स्रोत र सम्बन्ध गैर न्यायिक क्षेत्रसँग हुन्छ भने उसको संस्कृति त्यही मुताविक नै बनेको हुन्छ । त्यसैले पार्टीभित्र आर्थिक जोहोको स्रोत के बनाउने, नेता कार्यकर्ताहरुको जीवन निर्वाहको स्रोत के हुन्छ र ती सबैको आर्थिक स्रोत एवं सम्बन्ध पार्टी पंक्तिमा पारदर्शी हुन्छ कि हुन्न ? स्रोत र सम्बन्ध निजी धन आर्जनमा आधारित हुन्छ कि सामाजिक स्रोत र सम्बन्धमा आधारित हुन्छ ? यी कुराहरुले नै पार्टी, नेता र कार्यकर्ताहरुको संस्कृति निर्माण गर्ने गर्छन् ।
पहिलो कुरो अबको आन्दोलन निजी स्वार्थको कुरामात्र होइन निजी चिन्तनबाट समेत मुक्त हुनुपर्छ भन्ने सिद्धान्तमा आधारित हुनुपर्छ । म, मेरो नाम, मेरो बिचारको मोहबाट समेत मुक्त हुनु जरुरी छ । यी कुराहरु हुँदासम्म अरु कोहीले दिएको बिचारमा आफ्नो कुराको मेल नहुँदा रिस उठ्ने गर्दछ । रिस किन उठ्छ ? रिसको स्रोत के हो ? रिसको स्रोत भनेको चिन्तनको निजीकरण हो । चिन्तन समय र परिवेशमा उपलब्ध ज्ञान र चेतनाको अन्तर्क्रियाको निचोड हुनुपर्छ । कोहीको मुखबाट त्यो आएको किन नहोस्, कसैको दिमागमा सुरु भएको किन नहोस्, चिन्तन निजी हुँदैन । त्यो ठीक कि बेठीक भन्ने मात्र हुन्छ । कहाँबाट कसरी र किन आयो भनेर बुझ्नका लागि मात्र कसले ल्यायो भन्ने कुराको अर्थ हुन्छ, तर त्यसलाई सबैले स्वामित्व ग्रहण गरिसकेपछि त्यो कसैको निजी हुँदैन । निजी गर्न खोजियो भने त्यसले जडता लिन्छ, त्यो कसैको निजी पेवा बनिदिन्छ, त्यसलाई भजाएर कोहीले आफ्नो कुनै रुपको निजी स्वार्थ पूरा गर्ने औजार बनाउने सम्भावना रहन्छ ।
तसर्थ, अबको कम्युनिस्ट आन्दोलन आर्थिक रुपले सामाजिक सम्बन्धमा र पारदर्शिताको संरचनामा आधारित मात्र नभई निजी चिन्तनको मानसिकताबाट पनि मुक्त हुनु जरुरी छ ।
तर, यी सबै प्रक्रियाहरु एकै रातमा सम्पन्न हुन्न । सुरुमा त यस अवधारणाबारे प्रष्ट हुने र यो प्रक्रियामा जानका लागि तयारी गर्ने हो । त्यसैले कोही कसैले अहिले नै कुनै एउटा दस्तावेज कारेर, कुनै वैधानिक संरचना निर्माण गरेको आधारमा नै नयाँ आन्दोलन वा पार्टी बनिहाल्यो वा आन्दोलन चलिहाल्यो भन्ने धारणा लिनु, विश्वास लिनु बेठिक हुन्छ । तर, सुरुवात त कोही कसैले केही मूर्त दस्तावेज, बिचार र कार्यक्रम प्रस्तावित गरेर संक्रमणकालीन संरचना बनाएर गर्ने हो । मुख्य कुरा चाहिँ त्यसलाई परिपक्व हुन निश्चित समय गुजार्न धैर्य गर्नु हो । अधैर्यताले मुख्य कामहरु छुट्ने कुरालाई हेक्का गर्नु जरुरी छ । किनकि, नयाँ आन्दोलन सुरु गर्ने भनेको नयाँ नै हो, पुनः पुरानो रोग बल्झाउनका लागि होइन ।
http://emulyankan.com बाट
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-33529486433511452682018-05-04T08:15:00.003-07:002018-05-04T08:15:58.696-07:00पार्टी पुनर्निर्माण र पार्टी एकताको प्रश्न - लीलामणि पोखरेल
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास धेरै लामो (६८ वर्ष) भइसक्यो । पछिल्लो समय आन्दोलनप्रति नेपाली जनताको समर्पण, ऐक्यबद्धतामा ठूलै सफलता मिलेको छ । आन्दोलनको वरिपरी व्यापक जनमत तयार भएको छ । नेपाली समाजको बनोट र तात्कालिन अन्तरर्विरोधहरुको आधारमा नेपालको क्रान्तिका कार्यभारहरु– सामन्तवादको अन्त र लोकतन्त्रको प्राप्ति, राष्ट्रिय स्वाधीनताको जगेर्ना र राष्ट्रिय अर्थतन्त्रको निर्माण एवम् समृद्धि हासिल गर्दै समाजवाद र साम्यवादको लक्ष्य हासिल गर्नु रहेको हो । जनयुद्ध र संयुक्त जनआन्दोलनको परिणामस्वरुप सामन्तवादको राजनैतिक प्रतिनिधि संस्था राजतन्त्रको अन्त्य भएको छ । तर, त्यससँग जोडिएका केही आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्धहरु भने अझै कायम छन् । ती सबै समाजवादी क्रान्तिका दौरानमा हल हुँदै जानेछन् ।
समग्र कम्युनिष्ट आन्दोलनमा मार्क्सवाद प्रयोगको सम्बन्धमा आन्दोलनभित्र मुख्य समस्याका रुपमा दक्षिणपन्थी अवसरवाद नै रहेको छ । बेलाबखतमा देखापर्ने उग्रवामपन्थी कठमुल्लावाद र मध्यपन्थी अवसरवाद पनि समस्या बनेको हो । यी नकारात्मक प्रवृत्तिविरुद्ध क्रान्तिकारी माक्र्सवादको सिर्जनात्मक प्रयोगको लगातार संघर्ष चलिरह्यो । अहिले पनि त्यस्तो संघर्ष निरपेक्ष ढङ्गले चलिरहेको छ । पार्टीको समग्र जीवनमा नेपाली कम्युनिष्ट आन्दोलन र विश्वकम्युनिष्ट आन्दोलनमा लगातार संघर्ष र धु्रवीकरण भइरहेको छ । आज ६८ वर्षपछि नेपाली कम्युनिष्ट आन्दोलन फेरि बेग्लै विशिष्ट मोडमा उभिएको छ । नयाँ ढंगको धु्रवीकरण हुँदैछ । त्यसको परिणाम के हुने वा त्यसले कस्तो चरित्र ग्रहण गर्ने हो त्यो हाम्रो आफ्नै अनुभवबाट मात्रै सिद्ध हुनेछ । एउटा कुरा अवश्य भन्न सकिन्छ कि– नेपाली कम्युनिष्ट आन्दोलनको एउटा कालखण्डको अन्त्य र अर्काे कालखण्डको प्रारम्भ हुनेछ । पार्टी एकता र धु्रवीकरणको दिशामा अघि बढिरहेका दुई धार ने.क.पा.(माओवादी केन्द्र) र ने.क.पा.(एमाले) बीच गतकालमा विचार, राजनीति, सङ्गठनकाबारे ठूलठूला विवाद र बहस भएका छन् । ती विवाद र बहसमा व्यवस्थित टुंगो लागिसकेको छैन, तर नेपालको आफ्नै ढङ्गले विकसित हुँदै गएको आर्थिक, सामाजिक, राजनैतिक परिस्थिति, भूमण्डलीकृत साम्राज्यवादको बढ्दो हस्तक्षेपबाट पैदा भएको असुरक्षाविरुद्ध कम्युनिष्ट शक्तिहरु एकजुट हुनुपर्ने जनताको सन्देशले एकताको आवश्यकता भएको हो ।
दश वर्षको बलिदानीपूर्ण जनयुद्धले लक्षित गरेको तात्कालिक नेपाली क्रान्तिको लक्ष्य पूरा नहुने अवस्थामा शक्ति सन्तुलनको स्थितिलाई मध्यनजर गर्दै क्रान्तिकारी आन्दोलनको प्रयोगलाई नयाँ मोड दिएर ‘शान्ति र संविधान’को एजेण्डामा लोकतान्त्रिक सुधारवादीहरुसँग सम्झौता गरिएको हो । यसलाई नेपाली क्रान्तिको कार्यनैतिक मोडका रूपमा बुझिएको हो । संविधान, सरकार, सदन र सडक तात्कालिक कार्यनीति मात्र थिए । यही कार्यनीति अवलम्बन गर्ने दौरानमा अन्तरिम तर पुनर्स्थापित संसद् र संविधानसभाको निर्वाचनपछिको पहिलो गणतान्त्रिक सरकारको नेतृत्व हाम्रो पार्टी (नेकपा, माओवादी केन्द्र)ले गरेको हो ।
युद्ध र आन्दोलनमा खेलेको भूमिकाको रापताप, पहिलो संविधानसभाको निर्वाचनको परिणामको बाहिरी असर दोस्रो संविधानसभाको अघिसम्म रह्यो, तर पार्टी फुट र भित्रभित्रै अन्य कतिपय कारणले पार्टी कमजोर हुँदै गएको स्थिति र वैचारिक, साङ्गठनिक एवम् सांस्कृतिक आचरणमा भइरहेको स्खलन, सङ्गठन परिचालनको मूल मान्यताभन्दा बाहिर एकातिर चरम अराजकता र अर्काेतिर व्यक्तिवादी कार्यशैलीले सङ्गठन जर्जर बन्दै गएको कुरा संविधानसभाको दोस्रो निर्वाचनको परिणामले मात्र ‘थाहा’ हुन पुग्यो । त्यसपछि मात्र पार्टी पुर्ननिर्माणको प्रश्न पार्टीमा गम्भीर ढङ्गले उठ्यो । तर त्यसको सही विधि के र कहाँबाट शुरु गर्ने प्रश्न प्रमुख थियो । त्यसको हल विचार, राजनीति, सँस्कृति र सङ्गठनात्मक व्यवस्थापनमा नै रूपान्तरणको माग थियो । तसर्थ, क्रान्तिको रक्षा, प्रयोग र विकास नगरे पार्टी यथास्थितिमा रहन नसक्ने कुरा निश्चित नै थियो । यस सम्बन्धमा पार्टीले आजको क्रान्तिको कार्यभार पूरा गर्न तात्कालिक राजनैतिक कार्यदिशा पूरा गर्ने पार्टी निर्माण र मौजुदा पार्टीको स्थितिकाबारे पटकपटक समीक्षा नगरेको पनि हैन । तर, त्यस अनुसार पार्टी उन्मुख भयो भएन पहिले पार्टीकै मूल्याङ्कनले प्रष्ट पार्दछ ।
“मार्क्सवाद–लेनिनवादका सार्वभौम सच्चाइहरुलाई नेपाली क्रान्तिको विशिष्टतामा प्रयोगका सन्दर्भमा महान् जनयुद्ध, विभिन्न जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभाको निर्वाचन हुँदै अगाडि बढ्ने क्रममा वस्तुगत रुपले अपरिहार्य विचारधारात्मक र राजनैतिक सङ्घर्षको नयाँ संश्लेषणसहित पार्टीको हेटौंडामा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले उत्पादन र निर्माणका निम्ति संघर्ष गर्दै पुँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने तथा समाजवादी क्रान्तिको तयारी गर्ने नयाँ कार्यदिशाद्वारा सिङ्गो पार्टीलाई एकताबद्ध पार्ने ऐतिहासिक कार्यभार सम्पन्न गर्यो ।” (ए.ने.क.पा.(माओवादी) को सातौं के.स.को प्रथम विस्तारित बैठकमा प्रस्तुत प्रस्तावको पहिलो प्याराको पहिलो अंश) ।
पार्टीको यही संश्लेषणको आधारमा शक्ति सन्तुलनको स्थितिलाई ध्यानमा राखेर हाम्रो पार्टीले अगाडि बढाएको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने र संविधानसभाद्वारा संविधान र त्यसमा अन्तरनिहित ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व, मौलिक अधिकारको व्यापकता, जनतामा निहित सार्वभौमिकता र सामाजिक न्याय’ जस्ता चरित्रयुक्त सापेक्षित प्रगतिशील संविधान निर्माणलाई प्रधानता दिन आन्दोलनको नयाँ रुप दिइएको थियो । संविधान निर्माण र त्यसको घोषणा गर्ने समयमा एकातिर स्वतन्त्र निर्णय गर्ने सार्वभौम अधिकारमाथि विदेशी शक्तिको हस्तक्षेपको चुनौती आयो भने त्यसको अर्काेतिर कार्यान्वयन गर्ने अवस्थामा त्यस्तै चुनौतीहरु देखा पर्न थाले । बाह्य हस्तक्षेप (विस्तारवादी एवम् साम्राज्यवादी) का भिन्नभिन्न रुपका दवाव, धम्की, घेराबन्दीको सामना गर्न युद्ध र आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा एवम् जनतामा परिवर्तनको अनुभूति सम्प्रेषित गर्ने, आधारभूत जनता (भुइँमान्छे) को सामाजिक एवम् आर्थिक जीवनमा सम्मान तथा सहुलियत प्रदान गर्न, देशको राष्ट्रिय सम्मान एवम् स्वाधिनताको रक्षा गर्न, प्राकृतिक सम्पदाको आन्तरिक उपयोग एवम् रक्षा र राष्ट्रिय समृद्धिमा समेत अधिक टेवा पुर्याउन तत्काल राज्य व्यवस्थामा उपयुक्त हस्तक्षेप पु¥याउन वाम शक्तिहरुको गठबन्धन आवश्यक भएको हो । साथै त्यस्तो गठबन्धनलाई स्थायित्व दिन र जनताको भावना र आकांक्षालाई सम्बोधन गर्न एउटै कम्युनिष्ट पार्टी निर्माणको औचित्य अगाडि आइपुगेको हो । तर, जति सरल ढङ्गले आवश्यकताको महसुस भएको छ, त्यसको कार्यान्वयन त्यति सरल भने छैन ।
दास युगको कुरुप शोषणदेखि भूमण्डलीकृत साम्राज्यवाद र बहुराष्ट्रिय कम्पनीका वित्तीय शोषण तथा आजको अन्तरिक्ष युद्ध एवम् नाकाबन्दी युद्धको रुपसम्म फेएिको हुन सक्छ । परिधी फराकिलो बनेको छ । त्यसैगरी मेसिनले विस्थापित गरेको श्रम तथा उत्पादक शक्ति र सफ्टवयरले विस्थापित गरेको श्रमशक्ति विश्वभरि छरिँदै गएको छ । वर्गको उत्थान र पतन नयाँ ढंगले हुँदैछ ।
लामो कालदेखि वैचारिक, राजनैतिक अन्तर्विरोधमा उल्झिएका पार्टी र त्यसले पारेको दरार मेट्नु, फरकफरक साँस्कृतिक पृष्ठभूमिमा हुर्किएको पार्टी र पार्टीपंक्तिलाई एकतामा समेट्नुपर्ने कठिनाइ त छँदैछन्, वैचारिक भिन्नताको अन्तर र त्यसले छोडेकोे साङ्गठनिक एवम् मनोवैज्ञानिक असर चानचुने एकताको औपचारिकताले मात्र मेटिने देखिन्न । कुशल व्यवस्थापन र राजनैतिक संस्कारको उच्चता प्रदर्शन गर्न नसके सङ्गठनमा निस्क्रियता या फुट सहजै देखिन्छ ।
मार्क्सवाद ‘लकिरका फकिर’ जडसुत्र होइन, न त यो जस्तोजस्तो जीवन जिइरहेछ, त्यसैमा हिँड्ने व्यवहारवाद हो । यो त्यस्तो सजीव समाज विज्ञान हो, जसले समाजका सबै विकसित अन्तर्विरोधहरुलाई वर्गचेतनायुक्त सङ्घर्षको औजारको माध्यमबाट हल खोज्ने विधि निर्देशित गर्दछ । समयसँगै वर्गचरित्रका स्वरुपहरु, केन्द्रहरु, वस्तुहरु फेरिने गर्छन् । दास युगको कुरुप शोषणदेखि भूमण्डलीकृत साम्राज्यवाद र बहुराष्ट्रिय कम्पनीका वित्तीय शोषण तथा आजको अन्तरिक्ष युद्ध एवम् नाकाबन्दी युद्धको रुपसम्म फेएिको हुन सक्छ । परिधी फराकिलो बनेको छ । त्यसैगरी मेसिनले विस्थापित गरेको श्रम तथा उत्पादक शक्ति र सफ्टवयरले विस्थापित गरेको श्रमशक्ति विश्वभरि छरिँदै गएको छ । वर्गको उत्थान र पतन नयाँ ढंगले हुँदैछ । नयाँ ढंगको समस्या र वर्ग बनोट बन्दै पनि गएको छ । तर, सङ्घर्ष निरपेक्ष छ । यसलाई आजको युगमा मार्क्सवाद–लेनिनवाद–माओवाद/विचारका सार्वभौम सच्चाइहरुको आत्मसात् गर्नु र पचाउने चेतनाको विकास गर्नु आजको मार्क्सवादको विकास हो ।
आजको नेपाली समाजको स्तर र बनोट नियाल्दा ‘फिरन्ते जीवन विताइरहेका राउटे, गुफामा बस्ने चेपाङ, परम्परागत खेतीमा निर्भर पछौटे ग्रामीण कृषि व्यवस्था, शुद्ध पिउने पानीको अभावमा बाँचेको सिंगो देश, जीवनजल नपाएर झाडा पखालाले मर्ने कर्णाली प्रदेश, शीत लहरले कठ्याङ्ग्रिएर मर्ने तराइको गरिबी, पचासौं लाख युवा विदेशिनु पर्ने राष्ट्रिय बेरोजारी, दरिद्रता र न्यून चेतनाले विक्री भइरहेको नारी अस्तित्व, विदेशी अतिक्रमणले खण्डित राष्ट्रिय सार्वभौमिकता, असमान सन्धि सम्झौताबाट सौदावाजी भइरहेको राष्ट्रिय अस्मिता, विदेशीको सूक्ष्म व्यवस्थापनले गाँजेको राज्यव्यवस्था, विश्वको सूचना लिएर बस्ने शहरीया जीवन, युरोप तथा अमेरिकी शैलीमा बस्ने सम्भ्रान्त वर्ग, जाँडरक्सी, जुवातासमा एक रातमै लाखौं करोडौं उडाउन सक्ने अपारदर्शी धनाढ्य, राष्ट्रिय समृद्धि घेराबन्द अर्थव्यवस्था, उच्च र मध्यमवर्गीयको हातमा रहेको मूल बागडोर’ यो चित्र देखिन्छ । यी सबै समस्याको समाधान नेपाली क्रान्तिको अभिष्ट हो । त्यो औचित्यको अन्त्य भएको छैन ।
नेपाली क्रान्ति (नयाँ जनवादी) का आधारभूत कार्यभारमध्ये सामन्तवादको राजनैतिक संरचनागत अस्तित्वको अन्त भएको छ । बाँकी दुई कार्यभार भने अझै पूरा हुन सकेका छैनन् तर समाजमा उत्पादनका साधनहरुको हिजोको स्वामित्व र सम्बन्धमा परिवर्तनहरु भएका छन् । अन्तरविरोधका रुपहरु पनि परिवर्तन भएका छन् । लामो समयदेखिको सामाजिक, राजनैतिक, आर्थिक एवम् सांस्कृतिक विकासक्रमले अन्तरविरोधका मूल चरित्रमा फरक देखिएकोले नै हेटौंडा महाधिवेशनले नेपाली क्रान्तिको राजनैतिक कार्यदिशा मूलतः समाजवादी कार्यदिशा भनी ठम्याएको हो । कार्यदिशा कार्यान्वयन गर्ने र अन्तविरोधलाई ठीक तरिकाले सञ्चालन गर्ने संयन्त्र भने सङ्गठन हो । हाम्रो विद्यमान सङगठनबारे पार्टीको दस्तावेजले भन्छ– “महाधिवेशनले विकसित नयाँ कार्यदिशा अनुसार जनआधारित सर्वहारावर्गको अग्रदस्ताका रुपमा सङ्गठनात्मक रुपले नयाँ ढंगको कम्युनिष्ट पार्टी गठनमा जोड अवश्य दिएको छ । तर, त्यसका निमित्त आवश्यक संगठनात्मक सिद्धान्त र कार्यदिशा, सङ्गठनात्मक संरचना, कार्यशैली र आचरण, नेतृत्व प्रणालीसम्बन्धी समुचित नीति, विधि र प्रक्रियाको विकासमा भने ठोस र मूर्त नीति, योजना बन्न सम्भव भएन र हुन सकेन ।” (उही प्यारा दुई) ।
हाम्रो सामुन्ने पार्टी पुनर्निर्माणको चुनौती अगाडि उभिएको बेला, पार्टी शुद्धीकरण र सुदृढीकरण नितान्त आवश्य भएको छ । तर, रुपान्तरणसहितको नयाँ पार्टी निर्माणको बेला राष्ट्रिय आवश्यकताले हामीलाई एमाले र अन्य समूहसँग मिलेर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने दवाव सृष्टि गरेको छ ।
यहाँ भन्न खोजिएको कुरा के हो भने– आजको पार्टी स्थापनाकालको पार्टी हैन । धेरै सम्बन्धहरु र अन्तरविरोधका रुपहरु फेरिएका छन् । वर्ग सङ्घर्ष, जनयुद्ध, जनआन्दोलनका धेरै अनुभवहरु हासिल भएका छन् । तर, पनि महाधिवेशनले तय गरेको नयाँ कार्यदिशा कार्यान्वयन गर्न सर्वहारावर्गको अग्रदस्ता नै आवश्यक छ । त्यसलाई परिचालन गर्ने नीति विधियुक्त सङ्गठन निर्माणको व्यवस्थापन भएन । परिणामस्वरुप पार्टी कस्तो बन्न पुग्यो भन्ने सन्दर्भमा सातौं केन्द्रीय समितिको आठौं पूर्ण बैठकमा प्रस्तुत विशेष राजनैतिक एवम् संगठनात्मक प्रस्तावको पृष्ठ ८ को चौथो प्यारामा भनिएको छ– “वर्गदृष्टिकोण र वर्गीय निष्ठामा आएको यही गम्भीर विचलनको परिणाम नै पार्टीका नेता, कार्यकर्ताहरुको कार्यशैली र साँस्कृतिक आचरण अत्यन्तै अपारदर्शी, अराजक, आत्मकेन्द्रित, व्यक्तिवादी, छाडा र ढोङ्ंगी प्रकारको बन्दै गएको छ ।
यस सन्दर्भमा आर्थिक अराजकताले सबैभन्दा ठूलो सांस्कृतिक विचलनलाई व्यक्त गरिरहेको छ । पद र पैसाको निम्ति जे पनि गर्ने र त्यसका निम्ति कुनै संस्थागत पारदर्शीता अपनाउनु नपर्ने रोगले सिङ्गो पार्टीको नैतिक धरातल क्षतविक्षत पार्दै लगेको छ । यसका साथै यौनजन्य विकृति लगायत, घरपरिवार, व्यक्तिगत सम्पत्तिसम्बन्धी धारणा र मूल्य–मान्यतामा पनि निक्कै ठूलो अराजकता र नैतिक ह्रास आइपुगेको छ । श्रमलाई सम्मान गर्ने तथा नियमित श्रमकार्यमा संलग्न हुने, उत्पादन कार्य र उत्पादनका निम्ति संघर्षमा सहभागी हुनु, जुन कम्युनिष्ट आचरणका आधारभूत पक्ष हुन्मा आज पार्टीपंक्तिमा चिन्ताजनक हदसम्म विचलन आएको छ । श्रम र उत्पादनका निम्ति सङ्घर्षमार्फत् जीवनको सम्पूर्ण गौरव र औचित्य हासिल गर्ने सर्वहाराकरणको विकासको सट्टा श्रम उत्पादनबाट विमुख भई चन्दा, ठगी, तस्करी र भ्रष्टाचारजस्ता लम्पेन सर्वहारा चरित्रको विकास हुँदै गएको देखिनुले पार्टी, क्रान्ति र सिङ्गै समाजका लागि निकै ठूलो खतराको संकेत गर्दछ” भन्ने स्वीकारोक्तिले हाम्रो पार्टीको यथार्थ तस्वीर प्रस्तुत हुन्छ ।
यसको मूल कारण हो विचारको कमजोर जगमा अडिएको सङ्गठनमा विकृत समाज र पुँजीवादी अराजकताको जबर्जस्त प्रभाव । तसर्थ, पार्टीको जोड पुनरनिर्माणमा हुनुपर्ने त्यसको लागि निर्मम सङ्घर्षको आवश्यकता रहेको हो । सोही दस्तावेजको पृष्ठ ६, प्यारा तीनमा भनिएको छ– “विचारधारात्मक र राजनैतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । यो मालेमावादी प्रस्थापना निरपेक्ष यान्त्रिक रुपमा नभएर सापेक्ष रुपमा मात्र सही हो । कितावमा कार्यदिशा आधारभूत रुपमा सही भएपनि यदि त्यसलाई व्यवहारमा उतार्न सक्ने स्पष्ट वर्गदृष्टिकोण र क्रान्तिकारी इच्छाशक्तिसहितको पार्टी नभएमा कार्यदिशा आफै स्वतःस्फूर्त रुपमा कार्यान्वयनमा गएर सबै कुराको निर्धारण गर्न सक्दैन” भन्ने भनाइले वर्गदृष्टिकोणसहितको आचरणविना पार्टी र आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने पुष्टि हुन्छ ।
पार्टी एकतासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दाको पृष्ठभूमिमा क. अध्यक्षले भन्नुभयो, पार्टी बनाउने धेरै पर्यत्न भयो, घिसेपिटे तरिकाले पार्टी चल्दैन, त्यसैले पनि पार्टी एकता अनिवार्य भएको छ । यसर्थ हाम्रो सामुन्ने पार्टी पुनर्निर्माणको चुनौती अगाडि उभिएको बेला, पार्टी शुद्धीकरण र सुदृढीकरण नितान्त आवश्य भएको छ । तर, रुपान्तरणसहितको नयाँ पार्टी निर्माणको बेला राष्ट्रिय आवश्यकताले हामीलाई एमाले र अन्य समूहसँग मिलेर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने दवाव सृष्टि गरेको छ । हाम्रो आफ्नै सङ्गठन विश्रृंखलित भएको र व्यवहार र विचारको बीचमा धेरै ठूलो अन्तर छ । आवश्यकता र गन्तव्यको बीचमा विपरित ध्रुको दूरी जस्तै छ । यस्तो बेलामा जुन पार्टीसँग पार्टी एकता गर्ने निष्कर्षमा पुगिएको छ, त्यो पार्टीसँग विगतदेखि अहिलेसम्मका कैयन अन्तर्विरोधहरु थाती रहेका छन् । आवश्यकताको चापले ती मतभेदको छिनोफानो गरेर मात्र एकता प्रक्रियामा अगाडि जाने समय छैन । तसर्थ, नेपाली कम्युनिष्ट आन्दोलनमा आजको राजनीतिको मूल पक्ष एकतालाई मानिएको हो । अन्तर्विरोधहरुलाई हल गर्ने माक्र्सवादी विधि सङ्घर्ष एकता र रुपान्तरण तथा पार्टीको आन्तरिक जीवनमा अभिव्यक्ति स्वतन्त्रता र काम–कार्वाहीमा एकरुपताको ग्यारेन्टी हुनु जरुरी छ । त्यसले अब बन्ने पार्टीलाई सही दिशा दिन मद्दत गर्नेछ । यसर्थ, अहिले पार्टी एकताको मुख्य आधारहरु निम्न बमोजिम देखिएका छन् ।
मार्क्सवाद वाइबल, कुरान वा गीता जस्तै धर्मग्रन्थ होइन । यो त समाज विकासका सम्पूर्ण आयामलाई समेट्ने गतिशील विज्ञान हो । यो विचार रक्षाका नाममा मन्त्र पाठ गरिने जडशास्त्र हैन र यो आफ्नो अनुकूल व्याख्या गरिने व्यवहारशास्त्र पनि हैन ।
१. नेपाली क्रान्तिको तात्कालिक राजनैतिक कार्यदिशा समाजवाद रहेको र यतिबेला त्यसको आधार निर्माण गर्ने विषयमा दुवै पार्टीबीच समान सोंच देखिएको र क्रान्तिको मार्गदर्शक सिद्धान्त मूलतः माक्र्सवाद–लेनिनवाद रहेको कुरोलाई आत्मसात् गरेको अवस्था छ । साथै हाम्रो पार्टी ने.क.पा.(माओवादी केन्द्र) बाहेक अरु कतिपयलाई कम्युनिष्ट शक्तिका रुपमा नेपाली जनमतले बुझिरहेको पनि छ । त्यस कुरोलाई इन्कार गर्न सकिएन । त्यसले गर्दा ने.क.पा(एमाले) अन्य समूहसँग एकताको आधार बनेको हो ।
२. ने.क.पा.(माओवादी केन्द्र) ले तत्कालका लागि शान्ति र संविधान निर्माणको कार्यनीति अंगालेको हो । शक्ति सन्तुलनको स्थितिमा सम्झौताद्वारा मुख्य रुपमा हाम्रो पहलमा नै संविधान निर्माण गरिएको हो । त्यसैले त्यसको कार्यान्वयन पनि हामी आफैबाट हुनका लागि निर्वाचनमा आवश्यक सफलता हासिल गर्नुपर्ने थियो । एक्लैले त्यो सम्भव थिएन । त्यसका लागि वामगठबन्धन र पार्टी एकताको नारा जनतामा पुर्याउनुपर्ने थियो ।
३. नेपालमा वामपन्थीको पक्षमा जनताको झुकाव र जनमत लगातार बृद्धि भइरहेको कुरा तथ्याङ्कले नै पुष्टि भइरहेको छ । कार्यनैतिक रुपमा पार्टी सडक, सदन सरकारमा रहने नीति रहे पनि विभाजित वामपन्थी शक्तिहरुको स्थितिका कारण आवश्यक सफलता मिलिरहेको थिएन । निर्वाचनमा प्राप्त लोकप्रिय मत सबै समूहको जोड्दा यथेष्ट बहुमत रहन्छ । तर, टुक्राटुक्राका विभक्त वामपन्थीहरु मिल्न नसक्नुका कारण कानुनी रूपमा राज्यसञ्चालनका हकदार प्रायः दक्षिणपन्थी नै हुने गरेका छन् । त्यसले सरकार निर्माण, त्यसको नीति कार्यक्रम, बजेट विनियोजन, सामाजिक न्याय, राज्यका संयन्त्रको नियन्त्रण र परिचालन, उत्पादनका साधनमा स्वामित्व आदि सबै सामन्ती, दलाल नोकरशाही एवम् पुँजीपति वर्गकै हित र हातमा पर्ने र शोषण उत्पीडनमा परेको भुइँमान्छे सँधै उपेक्षित भइरहने अवस्थाले गर्दा एकतातर्फ उत्प्रेरित गरेको हो ।
४. आज विश्वकम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा छ । साम्राज्यवादले एकतर्फी हमला गरिरहेको छ । तर, नेपालमा भने प्रभाव बढ्दो अवस्थामा छ । त्यसको रक्षा एवम् विकासका लागि एकता एवम् धु्रवीकरणको सँधै आवश्यकता खड्किरहेको थियो । त्यसैले पुँजीवाद एवम् साम्राज्यवादविरुद्ध प्रतिरक्षा र विकासका लागि आपसमा भएका अन्तर्विरोध न्यून वा थाती राख्दै एकता प्रधान बनेको हो ।
५. मार्क्सवाद वाइबल, कुरान वा गीता जस्तै धर्मग्रन्थ होइन । यो त समाज विकासका सम्पूर्ण आयामलाई समेट्ने गतिशील विज्ञान हो । यो विचार रक्षाका नाममा मन्त्र पाठ गरिने जडशास्त्र हैन र यो आफ्नो अनुकूल व्याख्या गरिने व्यवहारशास्त्र पनि हैन । जड्ता, व्यवहारवाद, महत्वाकाङ्क्षा र वाह्य हस्तक्षेपबाट हुने प्रभावले कम्युनिष्ट आन्दोलनमा फुट विभाजनहरु हुने गरेका छन् । त्यसबाट मुक्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई आफ्नै मौलिकता र विशिष्टतामा अगाडि बढाउनुपर्ने अनिवार्यताले धु्रवीकरण आवश्यक भएको हो ।
यतिबेला एकता र ध्रुवीकरणको अभियान गर्दै गर्दा एकतामाथि जडसूत्रीय संशोधनवादको हमला त हुन्छ नै साम्राज्यवादको हमला पनि जारी रहनेछ । परिस्थिति अनुसार देब्रे दाहिने झुकाव हुँदै अघि बढिरहेको नेपाली कम्युनिष्ट आन्दोलन अहिलेको दाहिने झुकावले गर्दा विचारधारात्मक सङ्घर्ष दह्रो बन्न सकेन भने आन्दोलन दक्षिणपन्थी अवसरवादमा नराम्रोसँग भासिने खतरा पनि मौजुद छ । यदि त्यसो भयो भने आजको कम्युनिष्ट आन्दोलन स्वतः विसर्जन हुनेछ । त्यतिबेला उग्रवामपन्थी अवसरवादका निम्ति मलजल सावित हुनका निम्ति अनुकूल अवसर हुनेछ । त्यसैले आजको पार्टी पुनर्निर्माणको दौरानमा बहस, अन्तरक्रिया र अन्तरसङ्घर्षको माध्यमबाट हल गर्नैपर्ने गम्भीर विषयवस्तुहरु छन्, जसको निरुपण अबको समाजवाद निर्माणको यात्राले दिनुपर्नेछ ।
कम्युनिष्ट आन्दोलनमा व्यापकता सिर्जना गर्ने, आजका उपलब्धीहरुको रक्षा र विकास गर्ने, मार्क्सवाद–लेनिनवाद र तेस्रो विश्वको सन्दर्भमा, क्रान्तिको लागि उत्प्रेरणा र आधार मानिएको माओका योगदानको सैद्धान्तीकरण गरिएको माओवाद वा विचारका सार्वभौम सच्चाइलाई पक्रने मामलामा गल्ती नहोस् भन्ने अभिप्रायले सचेतनाका साथ यी केही प्रश्नहरु पनि उठाइएको छ ।
पार्टी निर्माण गर्ने सन्दर्भमा उठेका केही यस्ता गम्भीर प्रश्नहरु छन्, जसको हल खोज्न प्रयत्न गरिएन वा ठीक विधिको अवलम्बन गरिएन भने एकता चिरस्थायी नहुन पनि सक्छ । त्यसको लागि पार्टीभित्र आन्तरिक जनवादको ग्यारेन्टी हुनुपर्ने र विधिको रुपमा अभिव्यक्ति स्वतन्त्रता र काम कार्वाहीमा एकरुपताको नीति लागु गर्ने कुरामा सुनिश्चित हुनुपर्छ । यसले एकता–संघर्ष–रुपान्तरणसहितको एकता र धु्रवीकरणलाई व्यवस्थित गर्नेछ । ती गम्भीर प्रश्नहरु हुन्–
(क) अबको नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त के हुन् ? माक्र्सवाद–लेनिनवादले मात्र समेट्न सक्छ ? सूचना तथा विज्ञान प्रविधिको विकास त्यसले सिर्जना गरेका नयाँ अन्तरविरोधहरुलाई सम्बोधन गर्न आवश्यक छ, त्यो के हुन्छ ?
(ख) वर्गहरुको अस्तित्व र वर्गसङ्घर्षको रुप, आकार के हुन्छ र कसरी अगाडि बढ्छ ?
(ग) हाम्रो नेपाली क्रान्तिको राजनैतिक कार्यदिशा समाजवाद हो । आजको तात्कालिक कार्यक्रम समाजवादउन्मुख कार्यक्रम हो, जसले समाजवादका लागि आधार तयार पार्नेछ । समाजवादी कार्यक्रमका स्वरुपहरु (राजनीति, अर्थतन्त्र, सँस्कृति र सामाजिक व्यवस्थापन) तथा समाजवादी कार्यदिशा कार्यान्वयनको विधि र प्रक्रिया के हुने ?
(घ) राज्यसत्ता परिवर्तनका लागि बलप्रयोगको सिद्धान्तको भूमिका कहाँनेर आइपुग्छ ?
(ङ) वर्तमान संविधान निर्माणमा हाम्रो पार्टीको विशिष्ट भूमिका रहेको छ, तर यो राजतन्त्रविरुद्ध बुर्जुवाहरुसँगको शक्ति संघर्षमा सम्झौताको दस्तावेजको रुपमा संविधान रहेको हो । संविधानको कार्यान्वयन तात्कालिक कार्यनैतिक विषय हो । वर्तमान संविधानको हुबहु कार्यान्वयनले पनि समाजवाद स्थापना हुने आधार छैन । यसै संविधानलाई कसरी समाजवाद निर्माणको आधार हो भन्न सक्छौं ?
(च) समाजवादी क्रान्तिका लागि समाजवादी समाजका वर्गदुश्मनका विरुद्धको संघर्ष झन् पेचिलो हुन्छ । यतिबेला हाम्रो सङ्घर्षको निशाना को हो र प्रधान अन्तविरोध कोसँग हो र आधारभूत अन्तरविरोध कोसँग हो ? छिनोफानो आवश्यक छैन ?
(छ) मार्क्सवाद र बहुलवाद विपरित विचार हुन् । दुवैको दार्शनिक आधार फरक छ– द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद र आदर्शवाद । दुवैको मिलावटबाट माक्र्सवाद रहन्न । बहुदलीय जनवादको सैद्धान्तिक आधार बहुलवाद हो । यसमा वैचारिक सम्झौता गर्ने ठाउँ छ ?
(ज) औपचारिक लोकतन्त्र बुर्जुवा लोकतन्त्रको मुख्य चरित्र हो, जसमा प्रतिस्पर्धा त हुन्छ, तर त्यसमा हुने प्रतिस्पर्धाको रुप स्वस्थ मतको प्रतिस्पर्धा भन्दा धन र डनको प्रभावको हुने गर्छ । त्यसैले श्रमिक र सर्वहारावर्गको संगठनभित्र जनवादी केन्द्रीयताको विधि अन्तर्गत हुने गरेको हो । हामीले अब कुन विधि अवलम्बन गर्ने ?
(झ) समाज वर्गीय हुन्छ । वर्गीय समाजमा राज्यसत्ता पनि वर्गीय नै हुन्छ । वर्गीय हितको रक्षाका लागि अधिनायकत्व कायम गरेकै हुन्छ । अब कसको अधिनायकत्व स्वीकार गर्ने ? सामन्त, दलाल पुँजीजिवी, नोकरशाही पुँजीपति वर्ग या श्रमिक, सर्वहारा, श्रमजीवी किसान मजदुर वर्गको ?
(ञ) अहिले भूमण्डलीकृत साम्राज्यवादले विश्वव्पापी रुपमा मुख्य रुपले आर्थिक क्षेत्रमा हस्तक्षेप गरेको देखिन्छ । खुला बजार अर्थतन्त्र त्यसको मुख्य चरित्र रहेको छ । पुँजीवादी पार्टीहरु यसको पक्षमा हुनु स्वाभाविकै हो । कतिपय आफूलाई समाजवादी भन्ने पार्टीहरुले पनि खुल्ला बजार अर्थतन्त्रलाई स्वीकारिसकेका छन् । अब हामीले अख्तियार गर्ने अर्थतन्त्रको चरित्र के हुने ? राज्यनियन्त्रित वा मिश्रित वा खुला बजार ?
(ट) हामीले धेरैपटक भनेको सुनेका छौं– नेपालमा अब राजनैतिक क्रान्ति सकियो, आर्थिक क्रान्ति र समृद्धि हासिल गर्न छौं । समृद्धि आवश्यकता हो । तर, राजनैतिक क्रान्ति सकियो भन्नु र समृद्धि हासिल गर्ने भन्नु फरक विषय हो । समृद्धि आवश्यक छ, तर राजनैतिक क्रान्ति सकियो भन्नुले वर्ग सङ्घर्षको अन्त भएको मान्यता राख्छ । मुलुकमा पुँजीवादसमेत पूर्ण प्रवेश भएकै छैन, राजनैतिक क्रान्ति सकिएको कसरी भन्न सकिन्छ ?
कम्युनिष्ट आन्दोलनमा व्यापकता सिर्जना गर्ने, आजका उपलब्धीहरुको रक्षा र विकास गर्ने, मार्क्सवाद–लेनिनवाद र तेस्रो विश्वको सन्दर्भमा, क्रान्तिको लागि उत्प्रेरणा र आधार मानिएको माओका योगदानको सैद्धान्तीकरण गरिएको माओवाद वा विचारका सार्वभौम सच्चाइलाई पक्रने मामलामा गल्ती नहोस् भन्ने अभिप्रायले सचेतनाका साथ यी केही प्रश्नहरु पनि उठाइएको छ । यसबारे वैयक्तिक धारणाहरु अवश्य पनि छन्, तर तिनको सांगठनिक निरुपण विना यथार्थमा कम्युनिष्ट अगाडि बढ्न कठीन हुन्छ । सकेसम्म विचारको रक्षा गर्दै एकतालाई अघि बढाउन बल पुगोस् भनी नकारात्मक पक्षलाई निषेध गरिएको छ । सारमा अहिलेको एकीकरण तथा ध्रुवीकरणको आवश्यकता, नेपाली क्रान्तिको राजनैतिक कार्यदिशाको निर्क्यौल, ने.क.पा.(माओवादी केन्द्र) को आफ्नै अवस्थाको समीक्षा, एकताका लागि आधार, क्रान्तिकारी मार्क्सवादको रक्षाका लागि विचारधारात्मक, राजनैतिक, साङ्गठनिक, साँस्कृतिक, आर्थिक नीतिबारे हल गरिनुपर्ने प्रश्नहरु, पार्टीको आन्तरिक जीवनमा देखापर्ने अन्तर्विरोध परिचालन गर्ने विधिको ग्यारेन्टी गरिनुपर्ने जस्ता विषयहरु समाविष्ट रहेका छन् ।
(लेखक नेकपा कम्युनिष्ट पार्टी, माओवादि केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् ।)
http://emulyankan.com बाट
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-35911169487205590862018-04-23T06:38:00.002-07:002018-04-23T06:38:48.918-07:00वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेपाल को बैचारिक राजनैतिक कार्यदिशा सम्बन्धि प्रस्ताव २०७५ !
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेपाल को बैचारिक
राजनैतिक कार्यदिशा सम्बन्धि प्रस्ताव २०७५ !
डाउनलोड गर्न तलको लिङ्क दबाउनुहोस !
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेपाल को बैचारिक राजनैतिक कार्यदिशा सम्बन्धि प्रस्ताव २०७५ !
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-41369273714627966742018-03-28T22:32:00.001-07:002018-03-28T22:32:14.410-07:00संसार युद्धउन्मुख छ - शशिप्रकाश
अन्नपूर्ण सम्वाद
अग्लो कद, सेतै फुलेका दाह्री र जुँगा, सत्तरी कटेको शरीर तर पनि युवा जोशमै बोलिरहेका थिए–शशिप्रकाश। सोमबार ‘घनश्याम ढकाल स्मृति प्रतिष्ठान’ ले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा समकालीन विश्व राजनीति र कम्युनिस्ट आन्दोलनबारे विचार राख्न आएका यी भारतीय कम्युनिस्ट नेताको धाराप्रवाह प्रवचनले सबैको ध्यान तानिरह्यो। चारु मजुमदारसँगै नक्सलबाडी आन्दोलनमा लागेका उनी उक्त आन्दोलनबाट अलग्गिने पहिलो चरणका नेतामध्ये एक हुन् र उक्त आन्दोलनका कमजोरीको पहिलो आलोचक पनि।
‘कोयेकाफ पर संगीत साधना’ र ‘पतझढका स्थापत्य’ जस्ता कविता संग्रहमार्फत प्रगतिवादी कविको सूचीमा आफ्नो नाम दर्ता गराएका शशिप्रकाश मूलतः राजनीतिक चिन्तक हुन्। राजनीतिक अर्थशास्त्रमा विशेष दक्खल राख्ने उनले आलोक रञ्जन र दिपायन बोस नाममा विभिन्न राजनीतिक र आर्थिक लेख लेखेका छन्। मार्क्सवादी सैद्धान्तिक पत्रिकाका सम्पादक रहेका शशिप्रकाश राजनीतिक अभियन्ता पनि हुन्। उनीसँग मार्क्सवादी आन्दोलन, यसको अवसान र उत्थान तथा समकालीन विश्व राजनीतिबारे लक्ष्मण श्रेष्ठले गरेको कुराकानीः
अहिले संसारभर कम्युनिस्ट आन्दोलन कमजोर देखिन्छ। कुनै पनि देश समाजवादी छैन, तपाईं भने मार्क्सवाद र समाजवादकै कुरा गरिरहनुभएको छ। अहिले यस्तो कुरा गर्नुको अर्थ छ र ?
सबैभन्दा पहिला के बुझ्नपर्छ भने मार्क्सवाद विज्ञान आजको राजनीतिक, आर्थिक, तथा सामाजिक संकटको विश्लेषण गर्नका लागि सबैभन्दा प्रभावकारी छ। पुँजीवादमा आउने संकटबारे मार्क्सले गरेको अनुमानलाई लिएर राजनीतिक अर्थशास्त्रको क्षेत्रमा नाम कहलिएका पुँजीवादी बुद्धिजीवीले पनि मार्क्सको प्रशंसा गरिरहेका छन्। जहाँसम्म समाजवादको असफलतालाई लिएर केही व्यक्तिले मार्क्सवादको असफलता भन्ने गरेका छन्, त्यो गलत छ। यो मार्क्सवादको नभई समाजवादको केही प्रयोगको असफलता हो। जस्तै, विशेष सापेक्षतावादको सिद्धान्तसँगै सन् १९०५ मा आइन्स्टाइनको चर्चित समीकरण आयो, तर सन् १९४० को दशकमा मात्रै वैज्ञानिकहरू अणुलाई ऊर्जामा रुपान्तरण गर्न सफल भए।
यो चार दशकमा कयौं वैज्ञानिकका प्रयोग असफल भए। ती असफलता आइन्स्टाइनको सूत्रको असफलता थिएन। त्यसैगरी सोभियत संघले गरेको समाजवादको पहिलो प्रयोगको असफलता आफैंमा मार्क्सवादको असफलता थिएन। सोभियत संघले निजी स्वामित्वको सामाजिकीकरणका लागि गरेको पहिलो प्रयोग केवल साढे तीन सय वर्षको पुँजीवादसँगको संघर्ष थिएन, यो त करिब साढे चार हजार वर्षदेखि स्थापित निजी स्वामित्वसँगको संघर्ष थियो। यति ठूलो संघर्षको पहिलो प्रयोग ३०/४० वर्ष टिक्यो, त्यो नै ठूलो कुरा हो। यो समाजवादको पहिलो क्रान्ति थियो, त्यो असफल भयो। पहिलो क्रान्ति प्रायजसो असफल नै हुन्छन्, जसरी क्रामबेलको नेतृत्वमा भएको बेलायती क्रान्ति पनि असफल भएको थियो।
सोभियत संघको समाजवाद असफल हुनाका केही कारण थिए कि ?
हो, केही समय चलेपछि समाजवादले केही समस्याको समाधान खोज्न सकेन। जस्तै, निजी स्वामित्वको समस्या समाधान भयो। तर अन्तरवैयक्तिक असमानता समाधान हुन सकेन। राजनीतिक अर्थशास्त्रको आँखाबाट समाजवादको असफलताको कारण अझ राम्रोसँग बुझ्न सकिन्छ। समाजवादको मुख्यतः कार्यभार उत्पादन सम्बन्धमा परिवर्तन गर्नुपर्छ। उत्पादनका सम्बन्धका तीन पक्ष छन्। समाजवादले सम्पत्तिमाथिको स्वामित्वमा परिवर्तन ल्यायो। तर उत्पादन सम्बन्धका अन्य दुई पक्ष पनि हुन्छन्। श्रमिकहरूबीचको आपसी सम्बन्ध, त्यसमा निरन्तर परिवर्तन हुन आवश्यक छ। मानसिक र शारीरिक श्रम तथा लैंगिक असमानता एकैपटक मेटिँदैनन्। अर्को हो, वितरणको स्वरुप। शारीरिक र मानसिक श्रम गर्नेहरूबाहेक स्वयं कम्युनिस्ट पार्टीभित्र पनि शासन गर्नेहरूसँग एकखालको विशेषाधिकार हुन्छ। यदि आन्तरिक संरचना विविधतापूर्ण भएन भने र क्रान्तिकारी संरचना बलिया भएनन् भने कम्युनिस्ट पार्टीभित्रैबाट पुँजीवादको पुनर्जन्म हुन्छ। लेनिनले पुँजीवाद पुनस्र्थापनाको पाँच आधारमध्ये पार्टी ब्युरोक्रेसी पनि बताएका थिए।
स्टालिनले त्यही पार्टी ब्युरोक्रेसीको उपयोग गरे नि, होइन ?
स्टालिनले आधा समस्या समाधान गर्न सके। त्यसपछि दोस्रो विश्वयुद्ध सुरु भयो। उनले खासगरी सन् १९३६ मा ठूला गल्ती गरेका थिए। अब सोभियत संघमा शत्रुतापूर्ण वर्ग रहेनन्, सबै मित्रवत् वर्ग छन् भन्ने निष्कर्ष निकाले। उनले गतिवान समाजमा शत्रुतापूर्ण वर्ग पनि स्थापित हुन सक्छन् भन्ने बिर्सिए। पार्टी ब्युरोक्रेसी स्थापित भएकाले नै उनले कम्युनिस्ट पार्टीभित्रैबाट नयाँ पुँजीपति वर्ग स्थापित हुने आधार देख्न सफल भएनन्। सन् १९५१ तिर उनले आफ्नो गल्ती बुझेर सच्याउने प्रयास थाले। उनको ‘इकोनोमिक प्रोब्लम इन यूएसएसआर’ नामक पुस्तक पनि प्रकाशित भयो। तर सन् १९५४ मा उनको मृत्यु भयो।
के बोल्सेभिक पार्टीमै केही समस्या थिए ?
यसबारे बढीजसो आरोप स्टालिनलाई लगाइन्छ, लेनिनलाई होइन। लेनिनको समयमा त पार्टीको मुखपत्रमै फरक–फरक विचारका लेख छापिन्थे। स्टालिन युग युद्धबाट गुज्रियो। यस्तो अवस्थामा संकटकालीन अवस्थाका सीमा उपयोग गरिन्छन्। स्टालिन आपैmं पनि पार्टी ब्युरोक्रेसीका विपक्षी थिए। अहिले लुडो मार्टेन्स, मारियो सुसा र ग्रुभर फरले दोस्रो विश्वयुद्धपछिको सोभियत संघबारे प्रशस्त अनुसन्धान गरेका छन्। ग्रुभर फरले स्टालिनको समयमा उनका सचिवले नै कर्मचारीतन्त्र स्थापना गरेको उल्लेख गरेका छन्। उनीहरूले ‘स्टालिन जिन्दावाद’ भनेरै पार्टी ब्युरोक्रेसी स्थापना गरिरहेका थिए, स्टालिन जसका विरोधी थिए।
ग्रुभर फरले आफ्नो पुस्तक ‘स्टालिन लाइड’ मा यसबारे प्रशस्त व्याख्या गरेका छन् नि ?
हो, प्रशस्त चर्चा गरेका छन्। उनका वेबसाइटमा पनि यी लेख पाइन्छन्। हो, स्टालिनको समयमा पनि गल्ती भए तर ती उनका व्यक्तिगत गल्ती होइनन्।
कम्युनिस्ट पार्टीमा प्रजातान्त्रिकता नभएको आरोप बारम्बार लाग्ने गर्छ। त्यहाँ फरक मतलाई कुनै स्थान दिइँदैन। तपाईं के भन्नुहुन्छ ?
यस्तो आरोप लगाउने प्रायः पुँजीवादी बुद्धिजीवीले ख्रुश्चेभ, ब्रेजनेभपालाको र केहीले स्टालिनपालाको उदाहरण दिने गर्छन्। यी प्रमाणमा केही ऐतिहासिक गल्ती छन्। कम्युनिस्ट पार्टीको जनवादी केन्द्रीयताले व्यक्ति पार्टीको मातहत हुने, तल्लो समिति माथिल्लो समितिको मातहत हुने र केन्द्रीय समिति महाधिवेशनको मातहत हुने बताउँछ। अल्पमतमा परेको डकुमेन्ट पनि बहुमतले पारितजस्तै गरी सबै समितिमा पठाइन्छ। व्यक्तिगत विचारका लागि पनि उत्तिकै स्थान दिइन्छ। बहुमतको विचार लागू गरे पनि अल्पमतको विचार पनि पटकपटक बहसमा राखिन्छ। तर ब्रेजनेभ, देङ सियाओ पिङको समयमा यो सिद्धान्त लागू गरिएन। स्टालिनकालमा पनि उनीमातहतका पदाधिकारीले यस्तो अभ्यास गरे। फेरि आदर्श र व्यवहारमा त केही फरक हुन्छन् नै त्यसैले पार्टीभित्र निरन्तर सफाइ भइरहनुपर्छ।
तर व्यवहारमा संसारका सबैजसो देशका कम्युनिस्ट पार्टी ‘महान् नेता’ को निर्माणमा दत्तचित्त भएको देखिन्छ त ?
यो कल्टिस (पन्थवादी) भावना हो। जस्तै, माओ फोटो झुन्ड्याउने, मूर्ति बनाउने कर्मका विरोधी थिए, तर उनको मृत्युपछि शव सुरक्षित राखियो। यसमा समाजको स्थितिले पनि काम गर्छ। पिछडिएको समाजमा नेतृत्वको व्यक्तित्वको प्रचारले पनि कतिपय अवस्थामा काम गर्छ। तर यो निकै सोचविचार गरेर गर्नुपर्छ। चीनको सांस्कृतिक क्रान्तिताका यस्तो गरिएको थियो। माओ जनतामा लोकप्रिय भए पनि पार्टीभित्र अल्पमतमा थिए। उनको ज्यान नै जाने स्थिति थियो। उनी भागेर पेकिङबाट सांघाइ गए। त्यहींबाट सांस्कृतिक क्रान्तिको सुरुवात भयो।
तपाईं चिनियाँ सांस्कृतिक क्रान्तिको समर्थन गर्नुहुन्छ ?
अवश्य। किनभने, सांस्कृतिक क्रान्तिले नै स्वामित्वको सम्बन्ध फेरेर मात्र उत्पादन सम्बन्ध फेरिँदैन भन्ने बतायो। अन्तरवैयक्तिक असमानता, शारीरिक र मानसिक श्रमबीचको भेद, तलबमा असमानताजस्ता विषय एकैपटक नभए पनि निरन्तररूपमा समाधान गरिरहनुपर्छ भन्ने उक्त क्रान्तिले सिकायो। त्यस्तै, मानिसहरूको विचार, सिद्धान्त र संस्कार पनि एकैपटक फेरिँदैन, त्यसका लागि पनि निरन्तर क्रान्ति गरिरहनुपर्छ। नभए पुँजीवादको पुनर्स्थापना हुन्छ।
तर, सांस्कृतिक क्रान्ति त बदनाम छ नि !
कुनै पनि ट्रेन्ड सेटिङ क्रान्ति सफासुग्घर हुँदैन। जस्तै, पहिलोपटक प्रयोगशालामा हाइड्रोजन ग्यास बनाउने वैज्ञानिकको प्रयोगशाला फोहोर थियो। अहिले त हाइस्कुलका विद्यार्थी पनि बनाइदिन्छन्। गल्तीमुक्त क्रान्ति हुँदैन। सांस्कृतिक क्रान्तिमा पनि गल्ती भए। कोही उग्रवामपन्थी थिए, कोही करिअरिस्ट थिए। कुनै पनि क्रान्तिको सफलता, असफलता त्यसको आधारभूत सिद्धान्तको आधारमा हेर्नुपर्छ।
अर्थात् सांस्कृतिक क्रान्ति गल्तीमुक्त भने थिएन।
गल्तीमुक्त त कुनै पनि क्रान्ति थिएन। अक्टोबर क्रान्ति पनि गल्तीमुक्त थिएन। बेलायती क्रान्ति, फ्रान्सेली क्रान्ति पनि गल्तिमुक्त थिएन।
तपाईं समकालीन चीनलाई कसरी हेर्नुहुन्छ ?
सन् १९७६ बाट चीनले पुँजीवादी बाटो समात्यो। सन् १९८९ को तियानमेन स्क्वायरको घटनापछि यसले तीव्र गति लियो। आजको चीन सिंगो पुँजीवादको इतिहासमा सबैभन्दा द्रुतगतिमा साम्राज्यवादी बनिरहेको देश हो। यसले निर्यात तथा आयात गरिरहेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को आंकडा हेर्नुहोस्। ‘वन बेल्ट वन रोड’ परियोजना ल्याटिन अमेरिका, अफ्रिका र रुससम्म पुँजी लगानीको परियोजना हो। अब त चीनको साम्राज्यवादले राजनीतिक दाबी पनि गर्न थालेको छ। दक्षिण चिनियाँ सागरमा उसको दाबी र सिरिया संकटमा रुससँग मिलेर उसले गरेको हस्तक्षेप यसको उदाहरण हो। चीनले मनपरी ढंगले गरेको होइन। संसार एकपटक फेरि अन्तरसाम्राज्यवादी दुश्मनीको नयाँ चरणतर्फ गइरहेछ। यो युद्धमा चीन एक उदाउँदो शक्ति हो। चीनले आफ्नो देशका मजदुरको हड्डी निचोरेर यो शक्ति हासिल गरेको छ। अन्तर्राष्ट्रिय म्यानुफ्याक्चरिङलाई उसले हब बनाइदिएको छ। आजको चीन द्रुतगतिमा उदाउँदै गरेको साम्राज्यवादी देश हो।
केही विश्लेषकले पुँजीवादीकरणपछि चीनको अर्थतन्त्र समृद्ध बनेको बताउँछन् नि !
समृद्ध हुनुको उनीहरूको मानक के हो ? समानता र न्यायसहित अर्थतन्त्रलाई उँभो लगाउने हो भने गति केही कम हुनैपर्छ। यदि समानता र न्यायबिना केवल कुल गार्हस्थ उत्पादनको आधारमा हेर्ने हो भने त्यस्तो अर्थतन्त्रमा अम्बानीजस्ता अर्बपति र दैनिक २० रुपैयाँ आम्दानी नगर्नेहरू श्रमिक दुवै हुन्छन्। जहाँसम्म चीनको उत्पादन क्षमता तीव्र गतिमा बढिरहेको चर्चा गरिन्छ त्यसको आधार के हो भन्ने हेर्नुपर्छ। सन् १९५८ देखि १९६२ सम्मको ‘ग्रेट लिप फर्वाड’ को समयमा चीनले सबैभन्दा द्रुतगतिमा उत्पादन क्षमता बढाएको थियो। सन् १९७१ देखि १९७६ सम्म पनि चीनको उत्पादन द्रुतगतिमै थियो। आज पनि उत्पादन क्षमता बढाउन आवश्यक जति पनि पूर्वाधार चाहिन्छन् ती सबै माओकालीन चीनमै निर्माण भएका हुन्। समाजवादले बनाइदिएको आजको द्रुत उत्पादन क्षमताको जगमा चीन अगाडि बढेको छ। तर हामीले समाजवादी समाजमा हुने उत्पादन क्षमताको विकास र पुँजीवादी समाजमा हुने उत्पादन क्षमताको विकासको फरक छुट्याउनैपर्छ। समाजवादी समाजमा समानतासँगै उत्पादन क्षमताको विकास गरिन्छ भने पुँजीवादी समाजमा एक वर्गले मात्रै समृद्धिको लाभ लिन्छ।
चिनियाँ कम्युनिस्ट पार्टीको पछिल्लो महाधिवेशनको निर्णय र हालै सम्पन्न चिनियाँ जनकांग्रेसको निर्णयलाई कसरी हेर्नुहुन्छ ?
यो बजार समाजवादको नयाँ चरण हो। सी जिङपिङभन्दा पहिलाका नेताहरू चीनभित्र पुँजीवादीकरणमा तल्लिन थिए। उनीहरूले कम्युनहरू भंग गरे र खुला बजार क्षेत्र निर्माण गरे। सी भने चीनको पुँजीलाई देशबाहिर विस्तार गर्न तल्लिन छन्। त्यसलाई सही तरिकाले सञ्चालन गर्न देशभित्र आधार निर्माण गर्ने नीति बनाइरहेछन्।
इतिहासको रंगमञ्चमा हरेक वर्ग आपूmलाई उपयुक्त नेतालाई स्थान दिन्छ। यसमा थिङ ट्यांकबाट कुनै गल्ती भए तुरुन्त त्यो नेतृत्वलाई डस्टबिनमा फालिदिन्छन्। सी एकदमै कुशलतापूर्वक स्थापित भए। अर्कोतर्फ, उनलाई माओको छनक पनि दिनु थियो। त्यसका लागि उनले पार्टीभित्र रहेको भ्रष्टाचार निर्मुल हुनुपर्नेमा जोड दिए। भ्रष्टाचार त पुँजीवादलाई पनि अस्वीकार्य हुन्छ। तर पुँजीवादमा भ्रष्टाचार रहन्छ नै किनभने लुटको वैधानिक बाटो हुन्छ भने अवैधानिक बाटो पनि हुन्छ। सीले भ्रष्टाचार न्यूनीकरणमार्फत एक किसिमको भ्रम छरिरहेछन्। त्यस्तै चीनमा ‘पब्लिक सेक्टर इन्टरप्राइजेज’ (सार्वजनिक उद्योगहरू) निकै कमजोर भएका छन्। यदि चीनमा अमेरिकामा जस्तो निजी एकाधिकार कायम भयो भने चीन निकै पछाडि पर्ने छ। त्यसैले चीनमा नियन्त्रित अर्थतन्त्रको आवश्यकता छ। त्यसको लागि सीले सार्वजनिक उद्योगहरूलाई पनि ठाउँ दिएका छन्। त्यसैले सी आजको साम्राज्यवादी चीनको लागि उपयुक्त नेता हुन्। उनी यति उपयुक्त भए कि कुनैबेला नेताहरूको हदम्याद तोकेको चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई जीवनपर्यन्त स्वीकार गर्यो।
के तपाईं चीनमा सी, भारतमा नरेन्द्र मोदी, अमेरिकामा डोनाल्ड ट्रम्प र रुसमा पुटिनको उदयमा केही समानता भेट्नुहुन्छ ?
यसमा एउटा समानता छ। त्यो हो पुँजीको वित्तीयकरण। औद्योगिक पुँजीले पुँजीवादी प्रजातन्त्र जन्माउँछ भने पुँजीको वित्तीयकरणले फासिवाद जन्माउँछ। आजजत्तिको पुँजीको वित्तीयकरण भएको छ त्यसको कल्पना लेनिनको समयमा यसको कल्पना गर्न सकिँदैनथ्यो। पहिला पुँजीवाद चक्रीय संकटको सिकार बन्ने गथ्र्यो। जसको एउटा रुप थियो –आर्थिक मन्दी। सन् १९७१ देखि निरन्तर पुँजीवाद प्रणालीगत संकटमा छ। यो मार्क्स र लेनिनले कल्पना गरेभन्दा बाहिरको संकट हो। यस्तो संकटले संसारभर नै दुई काम गरिरहेछ।
एक, नेपालोयिन बोनापार्टको जस्तो सर्वसत्तावादी शासन र उदार प्रजातन्त्रको बीचको रेखा कम हुँदै गइरहेछ। अमेरिकाजस्ता उदार प्रजातन्त्र भएका देशमा समेत सर्वसत्तावादी शासन स्थापित भइरहेछ।
दोस्रो, पूरै समाज फासीवादी शासन स्थापनाको निम्ति उर्वर भइरहेछ। युक्रेनमा होस् वा रुसमा होस् वा चीनमा होस् वा अमेरिकामा फरकफरक तरिकाले फासीवाद मौलाइरहेछ। सर्वसत्तावादी शासन आफैंमा फासीवादी हुँदैन। फासीवाद सर्वसत्तावादभन्दा केही फरक हुन्छ। सर्वसत्तावादी हुनु भनेको शासनमा एकाधिकार कायम गर्नु हो भने फासीवादी प्रवृत्ति सत्तामा भए पनि नभए पनि कायम हुन्छ। जस्तै, भारतमा मोदीको फासीवाद सत्तामा भए पनि नभए पनि फासीवादी नै रहन्छ। आजको फासीवादले विश्व विजयको सपना देख्न सक्दैन। पुँजीवाद आपैmं पनि ‘यो कुकुरले सिक्री नतोडोस्’ भनेर सतर्क भइरहेछ। सिक्रीमा बाँधिएको कुकुरजस्तै गरी आजको फासीवाद हुर्किरहेछ। यसले समाजमा विग्रह बढाइरहन्छ।
यो पुँजीवादको वित्तीयकरणको परिणाम हो। पुँजीवाद प्रणालीगत संकटबाट गुज्रिरहेको कारण उदार प्रजातन्त्र विस्तारै कमजोर हुँदै जानेछ र संसारभर विभिन्नरूपमा सर्वसत्तावादी शासन स्थापना हुँदै जानेछ चाहे त्यो ट्रम्पको रूपमा होस् वा पुटिनको। त्यसैले यी नेताहरूको नायकत्व स्थापना गरिइरहेछ जसरी चीनमा सीलाई आजको चीनको नायक भनिएको छ भने पुटिनलाई रुसको राष्ट्रवादी नेता।
तपाईंले बारम्बार साम्राज्यवादी दुश्मनी बढिरहेको बताउनुभयो। यसको अर्थ विश्व राजनीति आसन्न युद्धतर्फ जाँदैछ भन्ने हो ?
यस्तो दुश्मनी मुद्रा युद्ध र व्यापार युद्धको रूपमा निरन्तर चलिरहन्छ। मानिसले जुन समयमा ग्लोबल भिलेजको चर्चा गरिरहेका थिए त्यो पत्रकारिताको लेखन थियो। मानिसले आर्थिक आंकडामा ध्यान दिइरहेका थिएनन्। त्यतिबेला पनि युरोपियन युनियन, अमेरिका र जापानबीच मुद्रा युद्ध र व्यापार युद्ध चलिरहेको थियो। रुस त्यो युद्धमा कतैबाट पनि सहभागी थिएन। रुस निकै तीव्र गतिमा विश्व रंगमञ्चमा पुनः स्थापित भयो किनभने उसँग प्राकृतिक स्रोतको भण्डार र समाजवादी कालको प्रविधि थियो। चीनको आगमनको साथ रुसले पनि पायो। यसले ध्रुवीकरण बढाइरहेको छ। तर विश्वयुद्ध भने हुनेछैन।
लेनिनको समयमा बजार संरक्षित थियो। कुनै बजारमा अर्को शक्ति छिर्नासाथ युद्ध हुन्थ्यो, तर अहिले बजार खुला छ। अहिले दुश्मनी बढाइरहेका दुई देशका बहुराष्ट्रिय कर्पोरेसनका पुँजी गाभिएका छन्। एकै देशमा १२/१२ देशको पुँजी परिचालन भइरहेको हुन्छ। यस्तोमा विश्वयुद्ध असम्भव छ। तर क्षेत्रीय युद्ध भने सम्भव छ। जिवाशेष इन्धन र मिनरल्सका लागि युद्ध हुनेछ। लेनिनले कहिल्यै पनि साम्राज्यवादको अर्थ विश्वयुद्ध भनेका थिएनन् उनले युद्ध भनेका थिए। (लेनिनले आफ्नो पुस्तक ‘साम्राज्यवाद : पुँजीवादको उच्चतम रुप’ मा एकाधिकार पुँजी साम्राज्यवादमा विकास हुने र साम्राज्यवादी शक्तिहरूबीचको प्रतिस्पर्धा युद्धमा फेरिने उल्लेख गरेका छन्। त्यो युद्धबाट कम्युनिस्ट आन्दोलनले फाइदा लिनुपर्ने उनको विचार थियो।) आज युद्धको प्रकृति फेरिएको छ। अहिले पश्चिम एसियामा युद्ध भइरहेछ। भोलि यो युद्ध ल्याटिन अमेरिका र अफ्रिकामा हुनेछ। दक्षिण चिनियाँ सागरमा पनि सम्भवतः चीन पनि युद्धमा फस्नेछ। त्यसैले ध्रुवीकरण बढ्नेछ, तीव्र प्रतिस्पर्धा हुनेछ, क्षेत्रीय युद्ध हुनेछन् तर धेरै चालबाजी कूटनीतिक क्षेत्रमा चालिनेछ, कतैकतै राजनीतिक–सैन्य क्षेत्रमा विस्फोट हुनेछ।
के यी युद्धको शृंखलाले नयाँ कम्युनिस्ट आन्दोलनको सम्भावना व्यक्त गर्छन् ?
वर्तमान कम्युनिस्ट आन्दोलनको कुरा गर्दा मानिसमा केही हदसम्म निराशा जन्मिन सक्छ। आज देखिएका कम्युनिस्ट पार्टी खासमा कम्युनिस्ट होइनन्। नेपालमा अहिले एकीकरण गरिरहेका दुई कम्युनिस्ट पार्टी कम्युनिस्ट होइनन्। यीबाट केही आशा गर्न सकिँदैन। र, झुठो आशाले चरम निराशा जन्माउँछ। त्यसैले सबैभन्दा पहिला झुठो आशा हटाउनुपर्छ। अर्कोतर्पm यी कम्युनिस्ट पार्टीलाई संशोधनवादी भन्ने अरू कम्युनिस्ट पार्टी जडसूत्रवादी छन्। त्यसैले अहिले कम्युनिस्ट आन्दोलनमा केवल नयाँ चिन्तन र बहसको सम्भावनामात्र छ। जबर्जस्त कम्युनिस्ट शक्ति भने कतै पनि छैन। यो क्रान्तिमाथि प्रतिक्रान्ति हावी भइरहेको समय हो। यो समय चिन्तन, मन्थन, निराशा र छटपटीको हो।
अर्थात्, मार्क्सवादअन्तर्गत नै नयाँ सिद्धान्तको आवश्यकता छ ?
हरेक सिद्धान्त विकसित हुँदै जान्छ र यसले समयसमयमा गुणात्मक फड्को लिन्छ। अहिले पनि त्यस्तो गुणात्मक फड्कोको आवश्यकता छ। तर यो राजनीतिक अभ्यासबाट मात्र सम्भव छ। समाजवादी आन्दोलनले मात्रै नयाँ सिद्धान्त निर्माण गर्नसक्छ। यदि यस्तो आन्दोलन अगाडि बढेन भने सिंगो मानवता विनाशतिर जानेछ।
अहिले भारतमा सशस्त्र संघर्ष गरिरहेका समूह यो कार्यभार पूरा गर्न सक्षम छैनन् ?
सक्षम छैनन्, उनीहरू पुरातात्विक महत्वका साधन हुन्। उनीहरू पिछडिएको क्षेत्रमा सबैबाट अलग्गिएको तथाकथित क्रान्ति गरिरहेछन्, यो वामपन्थी एड्भेन्चरको ट्रेन्ड हो।
अब म केही संक्षिप्त प्रश्न गर्छु, संक्षिप्त जवाफ नै दिनुस् है। के एक देशमा समाजवादी क्रान्तिको सम्भावना छ ?
अझै पनि छ, तर त्यसका लागि विविधिकृत अर्थतन्त्र, दिगो अर्थतन्त्र, आधारभूत र पूर्वाधार निर्माण गर्ने उद्योगको सञ्जाल ठूलो देश हुनुपर्छ। यसबाहेक अरब क्रान्तिजस्तो क्षेत्रीय क्रान्तिको सम्भावना छ।
अर्थात्, नेपालजस्तो सानो देशमा समाजवादी क्रान्ति सम्भव छैन ?
होइन, यदि विचारधारा सही छ भने क्रान्ति सम्भव हुनसक्छ तर त्यस्तो क्रान्तिको वाधक धेरै हुनेछन्। त्यस्तो क्रान्तिको लागि निकै सक्षम नेतृत्व र जनताको भित्री तहसम्म काम गरेको पार्टी हुन आवश्यक छ।
के हरेक कम्युनिस्ट आन्दोलन सशस्त्र हुन जरुरी छ ?
जरुरी छ, तर लामो तयारी, खुला काम, आम संगठन र एक समयमा आम विद्रोह हुनसक्छ। गुरिल्ला युद्धजस्तो सशस्त्र संघर्षको अब अर्थ छैन।
अब एउटा फरक प्रश्न, तपाईंको जीवन आन्दोलनको उभारबाट सुरु भएको थियो, गुरिल्ला युद्धमा पनि सहभागी हुनुभयो आज आन्दोलन रक्षात्मक स्थितिमा छ। के तपाईं आज पनि पहिलाजस्तै आन्दोलनप्रति सम्भावना देख्नुहुन्छ ?
म दुई किमिसको सम्भावना देख्छु। दिशाहीन आन्दोलन र निराशामा संसार सकियोस्, यस्तो सम्भावना १० प्रतिशत छ। अर्को ९० प्रतिशत सम्भावना आन्दोलनको उभारको हो।
के तपाईं जीवनमा कहिल्यै पनि निराश हुनुभएन ?
यस्तो त कोही पनि हुँदैन। तर यसलाई समयरेखामा हेर्नुपर्छ। जो पनि कुनै क्षण विचारशून्य हुन्छ, बसेर २०/२५ कप चिया खान्छ, प्रकृतिको काखमा जान खोज्छ। यदि यसलाई सापेक्षिक निराशा मान्ने हो भने निराश भइयो होला, तर कहिल्यै विशादग्रस्त भइएन। म निकै तल्लो समुदायबाट आएँ, सडकपेटीमा सुतें, उद्योगमा काम गरें। आईए पढ्दादेखि नै कम्युनिस्ट आन्दोलनमा लागें। त्यतिबेला मैले चर्चित महापुरुषको अवसान भइरहेको देखें। यदि निराश हुनु थियो त त्यतिबेलै भइन्थ्यो। कला, साहित्य, संस्कृति, कविता र संगीतले मलाई निराश हुन दिएनन्।
http://annapurnapost.com बाट साभार
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-59810891279842903912018-02-11T21:10:00.002-08:002018-02-11T21:12:05.558-08:00यस्ता थिए जनयुद्धको आरम्भका बेला नेकपा ( माओवादी) का सैद्धान्तिक प्रतिबद्धताहरू
क) हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मार्क्सवाद-लेनिनवाद-माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजेय मार्क्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
ख) जनयुद्धको थालनीको हाम्रो यो योजना “राज्यसत्ताबाहेक अरू सबै भ्रम हो” भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र सङ्घर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखा पर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद, लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो प्रतिवद्धता जाहेर गर्दछ ।
ग) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरू चलाउँदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्न पुँजीवादी, सङ्कीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्णरूपले मुक्त रहने छ ।
घ) हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा मार्क्सवाद-लेनिनवाद-माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको ‘क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन’ (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पुर्याउने उने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
ङ) हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निमार्णको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तर्विरोधको नियमको सार्वभौमिकता अनुसार पार्टी भित्री सङ्घर्षलाई द्वन्द्वात्मक ढङ्गले ग्रहण र त्यसलाई सञ्चालन गर्नु पार्टीलाई त्यसरी सजीव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पूरा हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।
च) हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र सङ्घर्ष संचालन गरिने छ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र सङ्घर्ष श्रमजीवि जनससमुदाय मुख्यतः गरिब किसानहरूमाथि भर परेर चल्नेछ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवं प्रतिक्रियावादी गुटहरुको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन ।
छ) युद्धमा आफ्नै नियम अनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्नेछ । लेनिनको “क्रान्ति आफैँले आफ्नो विकासक्रममा सधैँ नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरुरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढङ्गले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौँ ।
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-2351481627806449892017-12-18T21:00:00.001-08:002017-12-18T21:00:09.602-08:00एमालेका उपियाँ र बहुदलीय जनवादरुपी अजिंगर - रमेश सुनुवार
नेपालमा एमाले नामको एउटा पार्टी छ । त्यसले आफूलाई कम्युनिष्ट पार्टी भन्छ, तर पूँजीवादलाई आफ्नो आदर्श मान्छ । यो मामिलामा त्यसले पूँजीवादी पार्टीहरुलाई पनि उछिनेको छ, मानौं पूँजीवाद उसैको आवष्किार हो । र, त्यसको दुःख यहीँबाट शुरु हुन्छ ।
दुःख नं. १
एमाले पूँजीवादी कानूनलाई लक्ष्मण रेखा मान्छ । यसको थोरै मात्र उलंघन पनि एमालेको दृष्टिमा अनिष्टको सूचक हुन्छ । त्यसकारण यो न्यायको स्रोत हो, सुव्यवस्थाको आधार हो । तर कानूनका ‘नौ सिंङ’ हुन्छन् भनिन्छ, जुन यही पूँजीवादी कानूनको चरित्रलाई हेरेर भनिएको हो ।
यसको ज्वलन्त उदाहरण ०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले गरेको फैसला थियो । तर, पनि पूँजीवादी कानूनप्रति एमालेको अगाध निष्ठा छ, असीम श्रद्धा छ । त्यसैकारण एमालेले मनमोहन अधिकारीलाई अस्पतालको शैयाबाट बकपत्र गराएको थियो । त्यसले सोचेको थियो- कानून सबैका लागि समान हुन्छ र संवेदनशील अवस्था देखेर पूँजीवादीहरुको हृदय द्रवीभूत हुन्छ । तर, कुनचाहिँ बाजले परेवाका आँखाबाट आँसु बगेको देखेर शिकार गर्न छाडेको होला ? किनभने त्यसको धर्म नै परेवाको शिकार गर्नु हो । एमालेका नेताहरुले यति कुरा पनि बुझेनन् र मनमोहन अधिकारीलाई बलिको बोको बनाए ।
पूँजीवादी कानूनको कोतमा एमालेका नेता-कार्यकर्ताहरु एकपछि अर्को शहिद बनिरहेका छन् । पहिलो शहिद मनमोहन अधिाकारी बने । दोस्रो शहिद देवी ज्ञवाली बने । अब तेस्रोको लागि कोही लाइनमा होलान् । यो शहिद बन्ने क्रम तबसम्म चलिरहन्छ, जबसम्म एमालेले पूँजीवादलाई आˆनो आदर्श र पूँजीवादी कानूनलाई लक्षमण रेखा मानिरहन्छ ।
”सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो” भन्ने मदन भण्डारीको आदर्शलाई छाडेर एमालेले सडेगलेको पूँजीवादी कानूनको रक्षा गर्नका लागि आˆनो सबै सर्वस्व वलिदान गरेको छ । पूँजीवादीहरुले कानून तबसम्म मान्दछन्, जबसम्म त्यसबाट आफ्नो स्वार्थ सिद्ध हुन्छ । जब त्यसबाट उनीहरुको स्वर्थमा धक्का लाग्छ, त्यसपछि सबैभन्दा पहिले कानूनको उलंघन उनीहरुले नै गर्छन् । यस्ता उदाहरण इतिहासमा प्रशस्तै छन् । जस्तो कि मार्क्सले भनेका थिए- ”यदि मानिसको स्वार्थमा धक्का लाग्यो भने ज्यामितिको स्वयंसिद्ध तथ्यलाई पनि संशोधन गरिन्थ्यो होला ।”
दुःख नं. २
एमालेले बहुदलीय व्यवस्थालाई निर्विकल्प मान्छ । एमालेका नेताहरु सगर्व उद्घोष गर्दछन्- ”बहुदलीय व्यवस्थाको विकल्प छैन ।”
दुनियाँको इतिहासलाई हेर्ने हो भने निर्विकल्प भन्ने कुनै व्यवस्था छैन । फ्रान्सका राजा लुई चौधौंले ‘म नै राज्य हुँ’ भन्थे रे । तर, उनी स्वयं गणतन्त्रवादीहरुद्वारा गिलोटिनमा गिंडिएका थिए । नेपालमा पञ्चायतकालमा पञ्चहरुले पञ्चायती व्यवस्थालाई निर्विकल्प भन्थे । तर, उनीहरुको पञ्चायती व्यवस्था अहिले विकल्पमा पनि छैन । एमाले दुनियाँका यी सबै तथ्यहरुलाई बिर्सिएर बहुदलीय व्यवस्थालाई निर्विकल्प बनाउने निरर्थक प्रयत्नमा लागेको छ ।
हरेक समाजिक व्यवस्था ऐतिहासिक आवश्यकताले आउँछ र ऐतिहासिक आवश्यताले नै विदा हुन्छ । कसैको चाहना वा घोषणाले कुनै पनि व्यवस्था निर्विकल्प हुँदैन । बहुदलीय व्यवस्था पनि ऐतिहासिक आवश्यकताले नै आएको थियो र अब यो ऐतिहासिक आवश्यकताले नै जाँदै छ ।
निर्वर्गीय आदिम साम्यवादबाट शुरु भएको मानव समाज दासयुगपछि वर्गीय समाजमा रुपान्तरण भएको थियो । आधुनिक कालमा पूँजीवादको विकास भएपछि यो वर्गविभाजन अझ तीव्र भयो । विभिन्न वर्गहरु स्वतन्त्र हुनथाले ।परिणामस्वरुप ती वर्गहरुलाई राजनीतिक अधिकार प्राप्त गर्नको लागि राजनीतिक दलहरुको आवश्यकता पर्यो । यो थियो बहुदलीय व्यवस्था आउनुको ऐतिहासिक आवश्यकता । त्यसपछि विगत ३०० वर्षको अवधिमा दुनियाँको कुना-कुना पगेर यसले आफ्नो ऐतिहासिक कार्यभार पूरा गरिसकेको छ ।
बहुदलीय व्यवस्था वर्गीय समाजको परिणाम थियो । अब मानव समाज वर्गविहीन समाजवाद-साम्यवादतिर जाँदै छ । यो बहुदलीय व्यवस्था विदा हुने ऐतिहासिक आवश्यकता हो । तर बहुदलीय व्यवस्थालाई निर्विकल्प बनाएपछि यो ऐतिहासिक आवश्यकता कसरी पूरा हुन्छ ? त्यसकारण एम्ाालेले कि त समाजवाद-साम्यवादको लक्ष्य छोड्नु पर्छ कि बहुदलीय व्यवस्थालाई निर्विकल्प मान्न छोड्नुपर्छ । तर एमालेको भाग्यमा यस्तै द्विविधामा अल्झिनु लेखेको छ ।
दुःख नं. ३
एमालेले पूँजीवादको विकास गरेर देशलाई समृद्ध बनाउने सपना देख्छ । नेपालमा पूँजीवादी क्रान्ति हुँदैन भन्ने निष्कर्ष निकालेर २००६ सालमा नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । तर, यसको विपरीत एमालेका नेताहरु नेपालमा पूँजीवादको विकास गर्ने सपना बाँडिरहेका छन् । उनीहरु सबैलाई पूँजीवादी बन्ने सल्लाह दिन्छन् र उनीहरु स्वंम पनि पूँजीवादी बन्ने उद्योगमा लागेका छन् । पूँजीवादको विकास नभई समाजवादमा जान सकिँदैन भन्ने उनीहरुको निष्कर्ष छ ।
तर, नेपालमा पूँजीवाद न एमालेको चाहनाले आउँछ न उसको बलबुताले नै आउँछ । त्यसकारण रमालेका नेताहरु पूँजीवादी भन्ने धुनमा अन्तर्राष्ट्रिय पूँजीवादीहरुको दलाल बनेका छन् । उनीहरु दलाल पूँजीवादको विरोध गर्दछन्, तर आफैं दलाल बनेका छन् । अर्धसामन्ती र अर्धउपनिवेशी समाजमा पूँजीवाद भनेको दलाल पूँजीवाद हो र त्यसमा पूँजीवादी हुनु भनेको दलाल हुनु हो ।
पूँजीवाद ल्याउने प्रयत्न नगरेर नेपालमा दलाल पूँजीवाद हावी भएको होइन, बरु पूँजीवाद ल्याउने प्रयत्नको परिणामस्वरुप दलाल पूँजीवाद आएको हो । त्यसकारण पूँजीवादको विकास गरेर दलाल पूँजीवाद अन्त्य गर्ने र देशलाई समृद्ध बनाउने सपना सपनामै सीमित रहन्छ ।
दलाल पूँजीवादलाई समाप्त पारेर देशलाई समृद्ध बनाउने विधि पूँजीवादको विकास गर्नु होइन । यसको विधि त समाजवादको विकास गर्नु हो ।
आश्चर्यको कुरा त के छ भने एमालेलाई किन्ने साहुहरुले नेपालमा पूँजीवादको विकास गरेका छैनन्, अब यो किनिएको एमालेले पूँजीवादको विकास कसरी गर्ने होला !
पूँजीवादीहरुले पनि सामन्तवादको विकास गरेर पूँजीवाद स्थापना गरेका थिएनन् । पुनर्जागरणकालपछि युरोपबाट अमेरिका गएका मानिसहरुले, जो पूँजीवादी थिए, अमेरिकामा सामन्तवादको विकास नगरी सिधै पूँजीव्ाादको स्थापना गरेका थिए । अझ उनीहरुले त्यहाँका आदिवासीहरुलाई, जो आदिम सामाजिक व्यवस्थामा थिए, बलपूर्वक दमन गरेर आˆनो व्यवस्था निर्माण गरेका थिए ।
भारतमा आएका अंग्रेजहरुले सामन्ती व्यवस्थामा रहेका भारतीयहरुलाई दमन गर्थे । उनीहरुले कहिल्यै पनि भारतमा सामन्तवादको विकास गरेर पूँजीवाद स्थापना गर्ने कुरा सोचेनन् । अहिले अमेरिकाले विश्वमा रहेका पूँजीवादबाहेक अन्य व्यवस्थाहरुलाई बलपूर्वक उखेलेर ˆयाँक्ने प्रयत्न गर्छ । यसरी पूँजीवादीहरु पूँजीवाद स्थापना गर्नका लागि जुनसुकै कदम चाल्न हिच्किचाउँदैनन्, अनि अरुले चाहिँ आˆनो व्यवस्था ल्याउनका लागि पनि पूँजीवादकै विकास गर्नुपर्ने ?
कम्युनिष्ट झण्डा फहराएर पूँजीवादलाई आफ्नो आदर्श मान्नुको परिणामस्वरुप एमालेका यस्ता अनगिन्ती दुःखहरु छन् । यी सबै दुःखको कारण चाहिँ एउटै छ । त्यो के हो भने एमालेले बहुदलीय जनवादलाई पूँजीवादसँग साटेको छ ।
के थियो बहुदलीय जनवाद ?
बहुदलीय जनवाद सैद्धान्तिकरुपमा नयाँ जनवादी कार्यक्रम थियो र व्यावहारिक रुपमा ‘पूँजीवादलाई यथासम्भव ताछ्ने र पातलो बनाउने’ विधि थियो । त्यसकारण बहुदलीय जनवादका दुईवटा लक्ष्यहरु थिए । एउटा लक्ष्य नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादको लागि मार्गप्रशस्त गर्नु थियो । अर्को लक्ष्य कम्युनिष्टहरुले पूँजीवादीहरुसँग हरेक क्षेत्रमा प्रतिस्पर्धा गरेर उनीहरुको एकाधिकारलाई समाप्त पार्नु र पूँजीवादीलाई कमजोर बनाएर सर्वहारा वर्गलाई शक्तिशाली बनाउनु थियो ।
तर, अहिले एमालेका नेताहरु त पँूजीवादलाई नै बलियो बनाउने र आफू पनि पूँजीवादी बन्ने धुनमा लागेका छन् । एमालेको लागि बहुदलीय जनवाद र पूँजीवादी व्यवस्थाको बीचमा कुनै भिन्नता छैन । बहुदलीय जनवादमा तिनै दलहरु मात्र रहन्छन्, जुन नयाँ जनवादको पक्षधर हुन्छन् । तर एमालेका लागि शत्रु-मित्र भन्ने कुरा नै छैन । सत्तामा जान ऊ जोसँग पनि सम्झौता गर्न तयार हुन्छ र त्यो पनि ‘वेश्यावृत्ति’को स्तरमा ।
यसरी बहुदलीय जनवाद र पूँजीवादको बीचमा भेद छुट्याउन नसकेर एमालेका नेताहरु पूँजीवादको जंगलमा हराएका छन् । उनीहरु मदन भण्डारीका नालायक उत्तराधिकारी बनेका छन् ।
एकपटक आफ्ना नालायक अनुयायीहरुलाई देखेर माक्र्सले भनेका थिए रे -”मैले अजिङ्गरको दाँत रोपेको थिएँ तर हात लाग्यो उपियाँ ।” त्यस्तै मदन भण्डारीले अजिङ्गगरको दाँतको रुपमा रोपेको बहुदलीय जनवादमा अहिले उपियाँहरु उफ्रिरहेका छन् ।
बहुदलीय जनवाद बहुदलीय व्यवस्थालाई घृणा गर्ने उग्रबामपन्थी तथा जडसूस्त्रवादी प्रवृत्ति र बहुदलीय व्यवस्थालाई सर्वस्व ठान्ने संशोधनवादी तथा पूँजीवादी प्रवृत्तिबाट माथि उठेर कम्युनिष्ट आन्दोलनलाई परिवर्तित परिवेश अनुकूल अगाडि बढाउन ल्याइएको थियो ।
एमालेले बहुदलीय जनवादका दुई लक्ष्यहरुमध्ये कुनै पनि पूरा गरेको छैन । बहुदलीय जनवादको एउटा लक्ष्य नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्नु थियो ।
सिद्धान्ततः नयाँ जनवादमा बहुदलीय व्यवस्था हुन्छ । किनभने त्यसमा समाजवादको तुलनामा धेरै वर्गहरु हुन्छन् । ती वर्गहरुको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरु धेरै हुनु स्वाभाविक छ । चीनको उदाहरण हेरेर नयाँ जनवाद एक दलीय व्यवस्था हो भन्ने निष्कर्ष निस्किँदैन । त्यहाँ एउटा विशेष परिस्थितिले एकदलीय व्यवस्था स्थापना भएको थियो । त्यो परिस्थिति के थियो भने नयाँ जनवादी क्रान्तिको लागि बनेको संयुक्त मोर्चाको एउटा घटक कोमिन्ताङ पार्टीले क्रान्तिसम्मपन्न हुनुभन्दा पहिले नै संयुक्त मोर्चा छोडेर शत्रु खेमामा सामेल भएको थियो । फलस्वरुप नयाँ जनवादी क्रान्तिको पक्षमा चिनियाँ कम्युनिष्ट पार्टी मात्र बाँकी रहेको थियो । यदि क्रान्ति सम्पन्न हुँदासम्म दुवै पार्टीहरु संयुक्त मोर्चामा रहेका भए क्रान्तिपछि तिनीहरुको सम्बन्ध के हुन्थ्यो ? निश्चित रुपमा तिनीहरुको सम्बन्ध प्रतिस्पर्धी नै हुन्थ्यो । यसको अर्थ त्यहाँ बहुदलीय व्यवस्था हुन्थ्यो ।
त्यसकारण बहुदलीय जनवाद र नयाँ जनवाद एउटै हुन् । बहुदलीय व्यवस्थालाई मान्नुको अर्थ नयाँ जनवादलाई छोड्नु होइन, बरु बहुदलीय व्यवस्थालाई उपयोग गरेर नयाँ जनवादको कार्यभार पूरा गर्नु हो ।
जब बहुदलीय जनवादलाई नयाँ जनवाद मानिन्छ, तब मात्र त्यसको माध्यमबाट देशलाई अर्धसामन्ती-अर्धउपनिवेशी अवस्थाबाट र दलाल पूँजीवादबाट मुक्त गर्न सकिन्छ ।
अहिलेसम्म देशलाई अर्धसामन्ती-अर्धउपनिवेशी अवस्थाबाट र दलाल पूँजीवादबाट मुक्त गर्न नसकिनुको कारण नयाँ जनवादबिनाको बहुदलीय व्यवस्थालाई अवलम्बन गरिरहनु हो ।
त्यसैगरी बहुदलीय जनवादको अर्को लक्ष्य बहुदलीय व्यवस्थालाई आफ्नो हितमा उपयोग गर्नु थियो । कम्युनिष्टहरुले बहुदलीय व्यवस्थालाई हेर्ने सही दृष्किोण यसलाई घृणा गरेर यसबाट अलग रहनु होइन र यसलाई सर्वस्व मानेर यसमै रमाएर बस्नु अथवा यसमै विलीन हुनु पनि होइन । बहुदलीय व्यवस्था वर्गीय समाजको यथार्थ हो । त्यसकारण बहुदलीय व्यवस्थाबाट अलग रहनुको अर्थ यथार्थबाट अलग रहनु हो । यथार्थबाट अगल रहनु कुनै क्रान्तिकारी कार्य हुँदैन । त्यसैगरी बहुदलीय व्यवस्थालाई सर्वस्व मान्नुको अर्थ पूँजीवादमा सीमित हुनु हो, जुन क्रान्तिलाई छोड्नु हो ।
यसलाई हेर्ने सही दृष्टिकोण त यसलाई आफ्नो हितमा उपयोग गर्नु हो । तर फेरि बहुदलीय व्यवस्थालाई उपयोग गर्नुको अर्थ चुनावमा भाग लिनु मात्र होइन । यसलाई उपयोग गर्नुको अर्थ त पूँजीवादभित्र समानान्तरमा समाजवादको निर्माण गर्नु हो ।
तर एमाले चुनावमा सीमित भएको छ । उसको यात्रा चुनावदेखि चुनावसम्म हो । एमाले बहुदलीय व्यवस्थालाई सर्वस्व मानेर यसमै रमाएर बसेको छ । त्यसकारण उसले बहुदलीय जनवादको दोस्रो लक्ष्य पनि पूरा गरेको छैन ।
तर एमालेले बहुदलीय जनवादलाई नयाँ जनवादबाट अलग गरेर पँूजीवादीहरुको सेवा गरिरहेको छ ।
अहिले एमाले कुनै नेतृत्वदायी राजनीतिक पार्टी होइन । यो त थाकेका मानिसहरु बिसाउने चौतारी हो । मदन भण्डारीले भन्थे-”राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।” तर एमालेको शब्दाकोशमा थकाइ बाहेक अरु कुनै शब्दावली नै छैन । थकाइ माने- निर्विकल्प बहुदलीय व्यवस्था, थकाइ माने- कानूनी राज्य, थकाइ माने- मानवअधिकार, थकाइ माने- पँूजीवादको विकास, थकाइ माने- चुनाव, इत्यादि ।
विगतमा कांग्रेसले गाउँमा चुनावमा प्रचार गर्दा भन्ने गर्थ्यो -”कम्युनिष्टहरुले जिते भने भारतले नून-तेल रोक्छ ।” उसको चुनाव जित्ने रणनीति जम्मा ‘नून-तेल’ रोकिने त्रास हुन्थ्यो । अहिले एमालेले पनि त्यस्तै रणनीति बनाएको छ- ‘एमाले हार्यो भने वृद्धभत्ता रोकिन्छ ।’
बाघ बुढो भएपछि फट्याङ्ग्रा मार्न थाल्छ भनिन्छ । आफ्नो जवानीमा बाघले आफूभन्दा ठूलो हात्तीको पनि शिकार गर्छ रे । तर जब त्यो बुढो हुन्छ, तब फट्याग्रा मार्न थाल्छ । एमालेको अवस्था त्यस्तै भएको छ । सिंगो देश बदल्न हिँडेको एमाले अब वृद्धभत्तामा थन्किएको छ ।
यो कहीँ नपुग्ने यात्रामा लागेको एमालेबाट सम्पूर्ण मुक्तिकामी सच्चा क्रान्तिकारीहरु बाहिर निस्किनुपर्छ र नक्कली बहुदलीय जनवादको झाडीमा डढेलो सल्काउनुपर्छ । त्यसपछि मदन भण्डारीले बहुदलीय जनवादलाई जहाँ छोडेका थिए, त्यहीबाट शुरु गर्नुपर्छ । एमाले नामको जंगलमा हराएका, भांैतारिएका इमान्दार तथा क्रान्तिकारी जनसमुदायहरुको वर्तमान कार्यभार यही हो । मदन भण्डारीकै शब्द सापटी निले हो भने, ‘ढिलो भए पनि अबेर भएको छैन ।’
( लेखक मार्क्सवादी अध्ययन केन्द्रसँग सम्वद्ध छन्)
https://www.onlinekhabar.com बाट साभार
२०७४ पुष ३ गते २०:०० मा प्रकाशित
Unknownnoreply@blogger.com0tag:blogger.com,1999:blog-6197684027398797437.post-755577097684467592017-11-30T21:44:00.000-08:002017-11-30T21:44:03.160-08:00समाजबादी क्रान्तिका आधारहरु - राजनप्रसाद पोखरेल
२००६ साल देखि नै नेपालका कम्युनिस्टहरुले पार्टीका पूर्ण बैठक, बिस्तारित बैठक, राष्ट्रिय सम्भेलन र महाधिबेसनहरुमा नयाजनबादी क्रान्तिको कर्यदिसा सहित दस्ताबेजहरु प्रस्तुत गर्दै आएका छन् । नयाजनबादी क्रान्तिका आधारहरुका बारेमा कतिपय पार्टीका नेताहरु लगायत धेरै जसो बुद्धिजिबीहरुमा अन्योलता कायमै भएकोले नया जनबादी र समाजबादी क्रान्तिका आधार हरुका बारेमा केहि महत्वपुर्ण बुदाहरु सस्मरणका लागि यहाँ लागि प्रस्तुत गर्ने कोशिस गरेको छु ।
१. नया जनबादी क्रान्ति राजनीतिक, आर्थिक र सामाजिक कार्यक्रम सहितको पुंजिबादी जनबादी क्रान्ति हो । यो देश र जनतालाई सामन्ती तथा औपनिवेसिक वा अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक अवस्थाबाट मुक्त गर्ने क्रान्ति हो ।
२. देशमा कृषि क्षेत्र वा जमिन सामन्त हरुको कब्जामा छ/ किशान तथा मजदुर माथि चरम दमन तथा शोषणको अबस्था छ ।र सामन्तहरु एबम सामन्ती सत्ताका बिरुद्ध किशान, मजदुर र न्याय प्रेमी जनताको वर्ग संघर्सको अवस्था बिद्दमान छ भने,
३. देशमा बिदेशी प्रभुत्वबादी, बिस्तारबादी तथा साम्राज्यबादिहरुको कठपुतली सरकार छ र त्यस मार्फत उनीहरुले देशका आर्थिक श्रोतहरु माथि कब्जा तथा दोहन गरेका छन् भने,
४. जनताको स्वतन्त्रता र मानब अधिकार कुण्ठित गरिएको छ भने,
५. दलाल नोकरशाही पुजीपतिहरुको रजाइ र सोषणका बिरुद्ध राष्ट्रिय पुजीपति, किशान, मजदुर, बुद्धिजिबी र समस्त सोषित पिडित र न्यायप्रेमी जनताहरु एकजुट भएका छन् भने,
६. क्रान्तिकारी पार्टी, क्रान्तिकारी विचार, क्रान्तिकारी मोर्चा र क्रान्तिकारी दस्ताको नेतृत्वमा प्रतिक्रियाबादिहरुको केन्द्रिय सत्ता माथि प्रतिरोध आन्दोलन संगठित भएको हुनुपर्छ ।
नोट: रुस मा १९०५ को बिद्रोहको असफलता पछि पनि लेनिनले देशमा सामन्तबादको अबसान भएको छ/ एसका अवशेषहरु बाँकि भएपनि देशमा बुर्जुवा जनबादी क्रान्ति सम्पन्न भएको छ । अब देश समाजबादी क्रान्ति तर्फ अग्रसर छ/ अब समाजबादी क्रान्ति सम्पन्न गर्नु पर्छ भनेका थिए ।
- समाजबादी क्रान्तिका आधारहरु:
१. बिदेशी प्रभुत्वबादीहरु द्वारा समर्थित स्वदेशी सामन्ती तथा प्रतिक्रियाबादीहरुको सत्ता ढलेर राष्ट्रबादी, बामपन्थी एबम क्रान्तिकारीहरुको सत्ता निर्माण भएको हुनुपर्छ वा देश त्यस तर्फ उन्मुख भएको हुञ्छ ।
२. कृषिमा आधारित अर्थतन्त्र उद्योग तर्फ आकर्षित भएको हुनुपर्छ । उपेक्षित कृषि क्षेत्र पनि औद्योगिकरण तर्फ उन्मुख हुनुपर्छ ।
३.उद्योगहरुमा मजदुरहरुको असन्तुस्टी र सोषणका कारण मजदुरहरु आफ्नो व्यवहार धान्न नसकेर रास्ट्रको लागि उत्पादन गर्नु पर्ने अबस्थामा पुगेका हुन्छन । कृषि र उद्योगलाइ समुहिकिकरण गरेर मात्र राष्ट्र र जनताको बिकाश हुञ्छ भन्ने मान्यता मा पुगेपछि तिनै किसान र मजदुरहरुको समर्थन र नेतृत्वमा समाजबादी सत्ता निर्माण हुन्छ । आर्थिक, सामाजिक, राजनीतिक र मानबिय भाबनाको बिकाशको सन्तुलन नै समाजबादी क्रान्तिको आधार र उद्देश्य हो ।
- नेपालको वर्तमान परिस्थिति:
१. नेपालको कृषि तथा जमिनको अत्यधिक भाग अहिले सामन्तहरुको कब्जामा छैन/
२. सामन्तबादको केन्द्रिय सत्ता पनि बिस्थापित भैसकेको छ ।
३. कृषकहरुको अत्यधिक उर्जाशील जनशक्ति बिदेशका उद्योग धन्दामा काम गर्न गएकोले नेपालमा औद्योगिकरण हुनथालेपछी मात्र त्यो जनसक्ति फर्केर आउने सम्भावना छ ।
४. ठिक एतिबेला जनताको मानब अधिकार पनि कुण्ठित छैन ।
त्यसर्थ नेपालमा अब नयाजनबादी क्रान्ति होइन, गर्ने भए समाजबादी क्रान्तिको लागि परिस्थिति अनुकुल बनेर गएको छ/अहिलेको मार्क्सबाद सम्मत विचार पनि यहि हो जस्तो लाग्छ मलाई ।
-नोट: कुनै पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीले सार्बजनिक ठाउँ, हाट-बजार, स्कुल कलेज तथा निर्दोष जनता भेला भएको ठाउमा आक्रमण गर्ने, तथा बम पड्काउने काम गर्दैनन्/कम्युनिस्ट आन्दोलन भनेको मुलत: प्रतिरोध संघर्स हो ।
Unknownnoreply@blogger.com0