
चिनियाँ कम्युनिष्ट पार्टी सर्वहारा वर्गको राजनीतिक पार्टी हो, यो क्रान्तिकारी सिद्धान्त र माक्र्सवादी–लेनिनवादी कार्यशैलीका आधारमा निर्मित सर्बहारा वर्गको अग्रदस्ता टुकडी हो ।
चिनियाँ कम्युनिष्ट पार्टी सर्बहारावादी पार्टी हो किनभने यो सर्बहारा वर्गका विशेषता तथा गुणहरुको घनिभूत अभिव्यक्ति हो । मानव जातीको ईतिहासमा सर्बहारावर्ग महानतम वर्ग हो, यो विचार, राजनीति तथा सामथ्र्यका हिसाबले सबैभन्दा प्रभावशाली क्रान्तिकारी वर्ग हो, यो सबैभन्दा उन्नत आर्थिक पद्धतिसंग जोडिएको नयां उत्पादक शक्तिहरुको प्रतिनिधी हो । पुरानो समाजमा त्यो नै सर्बहारा वर्ग थियो जुन डरलाग्दो उत्पीडन र निर्मम शोषणबाट पीडित थियो, यससंग केहि पनि हुन्थेन, उत्पादनका साधनबाट बंचित थियो र जीवन निर्बाहका लागि यो संपूर्ण रुपमा आफ्नो श्रम क्षमताको विक्रीमा भर पर्दथ्यो । यसले ग्रहण गरेको आर्थिक तथा राजनीतिक अवस्थाकोे परिणाम स्वरुप सर्वहारा वर्गमा शोषक वर्ग प्रति अधिक घृणा थियो र व्यक्तिको सट्टा समूह प्रति विस्तृत दुष्टिकोण र अधिक चिन्ता थियो । क्रान्तिमा सर्बहारा सबभन्दा क्रान्तिकारी थियो, यसमा अनुशासन र संगठनको अत्यन्त कडा बोध हुन्थ्यो । चिनियाँ सर्बहारा वस्तुतः तीन प्रकारको उत्पीडनमा परेको थियो, ती साम्राज्यवादको उत्पीडन, पूंजीवादको उत्पीडन र सामन्तवादको उत्पीडन थिए, वास्तवमा, यस्तो निर्मम र भयावह प्रकारको उत्पीडन विश्वका थोरै ठाउंहरुमा मात्र हुने गर्दछ । यसै कारणले, चिनियाँ सर्बहारा वर्ग अरु वर्गहरु भन्दा निकै दृढ र सुसंगत थियो । यसका अतिरिक्त, चिनियाँ सर्बहारा वर्गको ठूलो हिस्सा अभावयुक्त किसान वर्गबाट आएका कारण किसान समुदायसंग यसको सहज सम्बन्ध थियो र यसले सर्वहारा र किसानलाई एकताबद्ध गर्न सजिलो भएको थियो । यी सबै कारणहरुले गर्दा चिनियाँ सर्बहारा वर्ग क्रान्तिकारी संघर्षका क्रममा सबैभन्दा क्रान्तिकारी र साहसी सावित भयो । कुनै खतरा र बलिदानबाट नभागिकन यो क्रान्तिकारी संघर्षको अग्रमोर्चामा रहि र≈यो र यसरी चिनियाँ क्रान्तिको अपराजेय नेतृत्वदायी शक्ति बन्न गयो । र चिनियाँ कम्युनिष्ट पार्टीले यही सबै भन्दा दृढ, सबैभन्दा प्रगतिशील र सबैभन्दा क्रान्तिकारी वर्गमा आफ्नो वर्गीय आधार खडा ग¥यो । यसरी हाम्रो पार्टीले सर्बहारा वर्गका विशेषता र गुणहरुलाई ग्रहण गरेको मात्र होईन हाम्रो पार्टी चिनियाँ सर्बहारा वर्गले ग्रहण गरेका यी विशेषता तथा गुणहरुको संकेन्द्रित अभिव्यक्ति पनि हो ।
चिनियाँ कम्युनिष्ट पार्टी सर्बहारा वर्गको राजनीतिक पार्टी यसकारणले पनि हो कि यो चिनियाँ क्रान्तिकारी आन्दोलनमा माक्र्सवाद–लेनिनवादको प्रयोगको उपज हो । यसको जन्म देखि नै चिनियाँ सर्बहारा वर्गले आफ्ना उत्पीडक र शोषकहरुका विरुद्ध प्रतिरोध संघर्ष कहिल्यै रोकेन । निसन्देह, मई ४ को आन्दोलनभन्दा अगाडी चिनियाँ श्रमजीवि वर्ग स्वतस्फूर्त संघर्ष कै चरणमा थियो, र स्वतन्त्र राजनीतिक शक्तिका रुपमा संगठित भएको थिएन । माक्र्सवाद–लेनिनवाद र अक्टोबर क्रान्तिको प्रभाव स्वरुप १९१९ मा चलाईएको मई ४ आन्दोलन साम्राज्यवाद तथा सामन्तवादका विरुद्ध परिलक्षित र≈यो । यो महान् क्रान्तिकारी आन्दोलनको प्रक्रियामा चिनियाँ सर्वहारा वर्ग एउटा स्वतन्त्र राजनैतिक शक्तिका रुपमा ईतिहासको रंगमञ्चमा देखा प¥यो र यसले आफ्नो विशाल तागत र बढदो आकारलाई प्रदर्शित ग¥यो । यसका साथै मई ४ आन्दोलनले प्रारम्भिक कम्युनिष्ट विचार भएका थुप्रै वुद्धिजीविहरुलाई झकझक्यायो—यी बुद्धिजीविहरु माक्र्सवाद–लेनिनवादको अध्ययन तथा प्रचारको महत्वका साथै सर्वहारा वर्गले ग्रहणगरेको ऐतिहासिक स्थान बारे जानकार भए र यसरी मजदुर तथा किसानसंग आफुलाई एकीकृत गर्ने बाटोमा लागे । मई ४ आन्दोलनले माक्र्सवाद—लेनिनवादको सार्वभौम सच्चाईलाई चिनियाँ क्रान्तिको मूर्त व्यवहारमा लागुगर्ने कामको सुरुआत ग¥यो । यसले, पार्टी निर्माणका निमित्त वैचारिक धरातल र कार्यकर्ता निर्माणको आधार तयार ग¥यो । माक्र्सवाद–लेनिनवादलाई चिनियाँ क्रान्तिकारी आन्दोलनमा लागुगर्ने प्रक्रियाको सुरुआत संगै अध्यक्ष माओको उपस्थितिमा चिनियाँ कम्युनिष्टहरुले उत्साहपूर्वक पार्टी निर्माणको कार्यभार उठाए । जुलाई १, १९२१मा देशभरीका कम्युनिष्ट समूहहरुले चिनियाँ कम्युनिष्ट पार्टीकोे पहिलो राष्ट्रिय महाधिवेशनमा भागलिन प्रतिनिधीहरुलाई सांघाई पठाए, जहांबाट पार्टीको जन्म भएको कुरालाई औपचारिक रुपमा घोषणा गरियो । यो ऐतिहासिक प्रक्रियाले देखाउंछ कि चिनियाँ कम्युनिष्ट पार्टीको निर्माण आधुनिक चीनमा भएको सर्बहारावादी क्रान्तिकारी आन्दोलनको विकासको अपरिहार्य परिणाम थियो, यो माक्र्सवाद–लेनिनवादको चिनियाँ क्रान्तिकारी आन्दोलनमा प्रयोगको उपज थियो ।
सर्वहारा वर्गका महान गुरुहरु, माक्र्स र एङ्गेल्सले कम्युनिष्ट पार्टीको घोषणा पत्रमा भन्नुभएको छ, “पहिलेका सबै ऐतिहासिक आन्दोलनहरु अल्पसंख्यकका आन्दोलनहरु थिए, अथवा अल्पसंख्यकको हितमा थिए । सर्बहारा आन्दोलन सचेत र बहुसंख्यकको स्वतन्त्र आन्दोलन हो, बहुसंख्यकको हितमा चलाईने आन्दोलन हो ।” अध्यक्ष माओले पनि भन्नु भएको छ, “कम्युनिष्ट पार्टी एउटा राजनीतिक पार्टी हो जसले जनता र राष्ट्रको सेवा गर्दछ र जसका कुनै आफ्ना निजी स्वार्थहरु हुदैनन् ।” यी शिक्षाहरुले सर्वहारावर्गको राजनीतिक पार्टीको विशेषतालाई स्पष्ट देखाउंछन्, यीनले पार्टी र सर्बहारा वर्ग तथा अन्य श्रमजीवि जनताका बीचका हितहरुको पहिचानलाई प्रतिविम्वित गर्दछ । सामुहिक भलाईको निमित्त पार्टी निर्माण गर्ने या व्यक्तिगत स्वार्थको निम्ति पार्टी स्थापना गर्ने भन्ने कुराले सर्बहारा वर्गको पार्टीलाई बुर्जुवा वर्गको राजनीतिक पार्टीबाट पृथक गर्दछ । सर्बहारा वर्गले पूंजीपति वर्ग र अन्य सबै शोषक वर्गलाई पूर्णरुपमा मिल्काउन, शोषणका सबै प्रणालीहरुलाई हटाउन र सर्बहारा वर्ग तथा सम्पूर्ण मानवजातीको पूर्ण मुक्तिका निम्ति संघर्ष गर्न आफ्नै राजनीतिक पार्टी स्थापना गर्दछ, यसको अर्थ सर्बहारा वर्गले सामुहिक भलाईको निमित्त, क्रान्तिको निमित्त र जनताको निमित्त पार्टी स्थापना गर्दछ । तर, यसको विपरित सबै पूजीवादी र संशोधनवादी पार्टीहरुले शोषक वर्गका स्वार्थहरुको रक्षा गर्ने र पूंँजीपति वर्गले सर्बहारा वर्ग र अन्य सबै श्रमजीवि जनताको निर्मम शोषण गर्ने प्रणालीको रक्षा गर्ने काममा आफ्नो मेहनत लगाउंछन्— यस्ता पार्टीहरु बनाउने आफ्नै लागि हो, मुठ्ठीभर जनताका निजी स्वार्थहरुलाई पच्छ्याउन र शोषक वर्गको सेवामा लाग्नका निम्ति हो । स्थापना भएको दिनदेखि नै हाम्रो पार्टीले सर्बहारा वर्गको आधारभूत हितका निमित्त र यसको उच्चतम आदर्श साम्यवादको प्राप्तिको निमित्त अथक संघर्ष गरेको छ । जनवादी क्रान्तिको युगमा अध्यक्ष माओले सशस्त्र संघर्षद्वारा सत्ता कब्जागर्ने बाटोमा सिङ्गो पार्टी र जनताको नेतृत्व गर्नु भयो, यसरी चिनियाँ जनतालाई दमन गर्ने “तीन ठूला पहाडहरुलाई” पन्छाउनु भयो, र नयां चीनको स्थापना गर्नु भयो । समाजवादी क्रान्तिको अवधीमा, सर्बहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति गर्ने माओको सिद्धान्तलाई अनुसरण गर्दै हाम्रो पार्टीले आर्थिक, राजनीतिक तथा वैचारिक क्षेत्रमा समाजवादी क्रान्तिलाई अगाडि बढाउन फेरि हाम्रो देशका जनता र सर्बहारा वर्गलाई नेतृत्व प्रदान गरेको छ । र मूख्यतः अध्यक्ष माओले सुरु गर्नुभएको र नेतृत्व प्रदान गर्नु भएको महान सर्बहारा सांस्कृतिक क्रान्तिले सर्बहारा वर्गको अधिनायकत्वलाई अभूतपूर्व रुपमा बलियो बनाएको छ र हाम्रो देशमा समाजवादको छलाङ्गमय विकासलाई प्रेरित गरेको छ । अन्तर्राष्ट्रिय मोर्चामा, सर्बहारा अन्तर्राष्ट्रियतावादलाई दृढतापूर्वक समर्थन गर्दै हाम्रो पार्टी संसारका सच्चा माक्र्सवादी—लेनिनवादी पार्टी तथा संगठनहरुसंग एकताबद्ध रहि आएको छ र यसले सोभियत संशोधनवादीहरुको गद्दार गुटले प्रतिनिधित्व गरेको आधुनिक संशोधनवादको दृढतापूर्वक विरोध गर्दछ । आफ्नो जीवनको पूरा ५० वर्षको हाम्रो पार्टीको ईतिहास भनेको सर्बहारा वर्ग तथा श्रमजीवि जनताको आधारभूत हितको निम्ति र संपूर्ण मानवजातीको मुक्तिका निम्ति चलाईएको संघर्षको ईतिहास हो । यी सबै तथ्यहरुले स्पष्ट देखाउंछन् कि हाम्रो पार्टी सर्बहारा वर्गको एउटा राजनीतिक पार्टी हो ।
अध्यक्ष माओले स्पष्टसंग व्याख्या गर्नुभएको छ, “पार्टी संगठन सर्बहारा वर्गको सबैभन्दा अग्रगामी तत्वहरुबाट निर्माण भएको हुनुपर्दछ, यो बर्ग दुश्मनका विरुद्धको लडाईमा सर्बहारा वर्ग र क्रान्तिकारी जनसमुदायलाई नेतृत्वगर्न सक्षम जुझारु अगुवा संगठन हुनु पर्दछ ।”
हाम्रो पार्टी सर्बहारा वर्गको अग्रदस्ता हो किनभने यो सर्बहारा वर्गका उन्नत तत्वहरुबाट बनेको छ । सर्बहारा वर्गका सबै सदस्यहरु यसमा सामेल हुन सक्दैनन्, न त सबै क्रान्तिकारीहरु नै — यो त सर्बहारा वर्ग भित्रको सबै भन्दा दृढ तथा उन्नत अग्रदस्ता हो र सर्बहारा वर्गको ऐतिहासिक कार्यभार पुरा गर्न असिमित त्याग गर्न सक्नेहरु मात्र यसमा सामेल हुन सक्दछन् । निसन्देह, हाम्रो पार्टीमा सर्बहारा वर्गबाट आएका सदस्यहरुमात्र छैनन्, अन्य वर्गबाट आएका सदस्यहरु पनि छन् । तर, सर्बहारा वर्गबाट नआएका क्रान्तिकारीहरु अन्य वर्गको प्रतिनिधीका रुपमा पार्टीमा आएका होईनन् । सचेत ढङ्गले आफ्नो विश्व दृष्टिकोण बदले पछि, सर्बहारावादी विचारधाराबाट प्रेरित भए पछि, माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको अध्ययनबाट आफ्नो पुरानो वर्गस्थान त्यागे पछि र तीन महान क्रान्तिकारी आन्दोलनमा सहभागी भएपछि मात्र तीनलाई सदस्यता दिईन्छ । यस बाहेक, तिनीहरुले सर्बहारा वर्गका उन्नत तत्वहरुको लागि आवश्यक पर्ने सर्तहरु पनि पुरा गर्नु पर्दछ । यसरी, यी कमरेडहरुको प्रबेशले पार्टीको सर्बहारा वर्गीय चरित्रलाई नबदलिकन आफ्नो पंक्तिको विस्तार गर्दछ र लडने क्षमतालाई मजबुत गर्दछ ।
हाम्रो पार्टी सर्बहारा वर्गको अग्रदस्ता हो किनभने यो सर्बहारा वर्गका उन्नत तत्वहरुबाट बनेको छ । सर्बहारा वर्गका सबै सदस्यहरु यसमा सामेल हुन सक्दैनन्, न त सबै क्रान्तिकारीहरु नै — यो त सर्बहारा वर्ग भित्रको सबै भन्दा दृढ तथा उन्नत अग्रदस्ता हो र सर्बहारा वर्गको ऐतिहासिक कार्यभार पुरा गर्न असिमित त्याग गर्न सक्नेहरु मात्र यसमा सामेल हुन सक्दछन् । निसन्देह, हाम्रो पार्टीमा सर्बहारा वर्गबाट आएका सदस्यहरुमात्र छैनन्, अन्य वर्गबाट आएका सदस्यहरु पनि छन् । तर, सर्बहारा वर्गबाट नआएका क्रान्तिकारीहरु अन्य वर्गको प्रतिनिधीका रुपमा पार्टीमा आएका होईनन् । सचेत ढङ्गले आफ्नो विश्व दृष्टिकोण बदले पछि, सर्बहारावादी विचारधाराबाट प्रेरित भए पछि, माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको अध्ययनबाट आफ्नो पुरानो वर्गस्थान त्यागे पछि र तीन महान क्रान्तिकारी आन्दोलनमा सहभागी भएपछि मात्र तीनलाई सदस्यता दिईन्छ । यस बाहेक, तिनीहरुले सर्बहारा वर्गका उन्नत तत्वहरुको लागि आवश्यक पर्ने सर्तहरु पनि पुरा गर्नु पर्दछ । यसरी, यी कमरेडहरुको प्रबेशले पार्टीको सर्बहारा वर्गीय चरित्रलाई नबदलिकन आफ्नो पंक्तिको विस्तार गर्दछ र लडने क्षमतालाई मजबुत गर्दछ ।
हाम्रो पार्टी सर्बहारा वर्गको अग्रदस्ता यसकारणले पनि हो कि यसको सोचाईलाई निर्देशन गर्ने सैद्धँन्तिक आधार माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारा हो । जस्तो अध्यक्ष माओले भन्नु भएको छ, “सुरुबाटै हाम्रो पार्टी माक्र्सवाद–लेनिनवादको सिद्धान्तमा आधारित रहेको छ …।” लामो क्रान्तिकारी संघर्षको अवधीभरी अध्यक्ष माओले चिनियाँ क्रान्तिको ठोस व्यवहारलाई सेवागर्न माक्र्सवादलाई सही तरिकाले प्रयोगमा ल्याउनु भयो । वहांले यसरी माक्र्सवाद–लेनिनवादलाई ग्रहण गर्नुभयो, रक्षा गर्नुभयो र त्यसको विकास गर्नु भयो । क्रान्तिको विकासका हरेक ऐतिहासिक चरणहरुमा अध्यक्ष माओले हाम्रो पार्टीको सही राजनीतिक कार्यदिशा तथा नीतिहरु स्थापित गर्नुभएको छ । प्रत्येक पटक वहांले भित्री तथा बाहिरी दुबै दुश्मनका अवसरवादी कार्यदिशा माथि विजय हासिल गर्नुभएको छ र यसरी क्रान्तिकारी उद्देश्यलाई एउटा विजयदेखि अर्को विजयसम्म पु¥याउन नेतृत्व गर्नु भएको छ । हाम्रो पार्टी माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारामा आधारित भएकोले र सधै अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशा अवलंवन गरेको हुनाले यसले आफ्नो सर्बहारा वर्गको अगुवा चरित्रलाई थेग्न र यो संपूर्ण चिनियाँ जनताको नेतृत्वदायी केन्द्र बन्न सकेको छ ।
माक्र्सवाद–लेनिनवादको शिक्षा अनुसार पार्टी सांच्चिकै सर्बहारा वर्गको राजनीतिक पार्टी हो कि होईन र सर्बहारा वर्गको अग्रदस्ता हो कि होईन भन्ने कुरा निर्धारण गर्न सदस्यहरुको सामाजिक स्रोतलाइ मात्र हेरेर पुग्दैन बरु यसको निर्देशक विचार, कार्यक्रम र यसको कार्यदिशा हेर्नु पर्दछ । जस्तो लेनिनले इङ्गित गर्नु भएको छ, “…… सांच्चिकै मजदुर वर्गको राजनीतिक पार्टी हो कि होईन भन्ने कुरा पूर्णतः मजदुर वर्गको सदस्यतामा भर पर्देन बरु त्यसलाई नेतृत्वगर्ने मानिसमा, कार्वाहीको अन्तरवस्तुमा र राजनीतिक कार्यनीतिमा भर पर्छ । यो पछिल्लोले मात्रै हाम्रा सामु सर्बहारा वर्गको राजीतिक पार्टी छ कि छैन भन्ने कुराको निर्धारण गर्दछ ।” (१८) सच्चा सर्बहारावादी राजनीतिक पार्टीको सोचाई माक्र्सवाद–लेनिनवादद्वारा निर्देशित हुनु पर्दछ, यसरी मात्रै पार्टीले समाजको विकासका नियमहरुलाई आत्मसात गर्न सक्दछ, आफ्ना लागि माक्र्सवादी–लेनिनवादी कार्यदिशा निर्धारण गर्न सक्दछ र वर्ग दुश्मन विरुद्धका संघर्षमा सर्बहारा वर्ग र क्रान्तिकारी जनसमुदायलाई निर्देशित गर्ने र तीनलाई विजयसम्म नेतृत्व गर्ने अग्रदस्ता बन्न सक्दछ । यदि यो माक्र्सवाद–लेनिनवादबाट विचलित हुन्छ भने, अर्थात, यदि सर्बहारा वर्ग प्रति विश्वासघात गर्छ भने त्यसले जुनसुकै वर्गको हितको प्रतिनिधित्व गरेको दाबी गरे पनि, जे सुकै नाम दिए पनि, यसको बनोट जस्तोसुकै भए पनि कुनै पनि हालतमा त्यो सर्बहारावादीे राजनीतिक पार्टी र कम्तिमा सर्बहारा वर्गको अग्रदस्ता हुन सक्दैन । यसको विपरित, त्यो बुर्र्जुवा वर्गको राजनीतिक पार्टी, संशोधनवादी पार्टी हुन जान्छ । सोभियत संशोधनवादी गद्दारहरुको गुटले माक्र्सवाद–लेनिनवाद प्रति पूर्णत विश्वासघात गरेको छ, यसले अझै पनि “कम्युनिष्ट पार्टी”को साईनबोर्ड झुण्ड्याए पनि तिनीहरुको पार्टी वास्तवमा नयां नोकरशाही एकाधिकार पूजीपतिको हितको रक्षा गर्ने एउटा संशोधनवादी फासिवादी पार्टी बनेको छ ।
हाम्रो पार्टी सर्बहारा वर्गको अग्रदस्ता हो, किनभने यसको कडा संगठन र कडा अनुशासन छ । यो उन्नत टुकडी हो, र साथै सर्बहारा वर्गको संगठित टुकडी हो । यसमा संगठनको उच्च भाव र फलामे अनुशासन रहन्छ — प्रत्येक सदस्यहरु कुनै एउटा संगठन संग जोडिएको हुनुपर्दछ र त्यहां निष्ठापूर्वक काम गर्नु पर्दछ,, एउटा संगठित र अनुशासित सामुहिकताका निम्ति तिनीहरुले पार्टी निर्णयलाई कार्यान्वयन गर्नु पर्दछ । यही कडा संगठन र अनुशासन भएकै कारण हाम्रो पार्टीले सही कार्यदिशा कार्यान्वयनलाई सुनिश्चित गर्न, शक्तिशाली दुश्मनमाथि विजय हासिलगर्न र क्रान्तिलाई गौरवशाली विजयसम्म नेतृत्वगर्न सकेको हो ।
“चिनियाँ कम्युनिष्ट पार्टी सर्बहारावर्गको राजनीतिक पार्टी, सर्बहारावर्गका अग्रदस्ता हो ।” पार्टी विधानको यो खण्डले हाम्रोे पार्टीको चरित्रलाई ठीक तरिकाले अभिव्यक्त गर्दछ, यो सर्बहारा वर्गसंग जोडिएको हुन्छ र यसैले पार्टी र वर्गलाई अलग गर्दछ । जुन कुराले हाम्रो पार्टीलाई सर्बहारा वर्गसंग जोडछ, त्यसैले यसको वर्ग चरित्रलाई स्थापित गर्दछः सर्बहारावर्गले पार्टीको वर्ग आधारलाई निर्माण गर्दछ, सर्बहारा वर्गबाट हाम्रो पार्टीलाई अलग गर्ने कुराले नै यसको उन्नत चरित्रलाई स्थापित गर्दछः यो सर्बहारा वर्गको अग्रदस्ता हो । जवसम्म वर्गहरु र राजनीतिक पार्टीहरु रहन्छन् त्यति बेलासम्म सर्बहारा वर्गको अग्रदस्ता र अन्य संगठनहरु, पार्टी सदस्यहरु तथा अलग पार्टी सदस्य नभएकाहरुका बीचको अन्तर हराउंदैन । यो भिन्नतालाई अश्वीकार गर्नु भनेको पार्टी संगठनको उन्नत चरित्रलाई न्युनिकरण गर्नु हो र पार्टी सदस्यहरुको उदाहरणीय अगुवा भूमिकालाई न्युनिकरण गर्नु हो । तर, विषय यी अन्तरहरुलाई अलगावमा हेर्ने होईन । यदि पार्टीले आफुलाई पार्टीबाट र अन्य क्रान्तिकारी जनसंगठनहरुबाट अलग गर्छ भने, यदि यसका सदस्यहरुले आफुलाई गैरपार्टी जनसमुदायबाट अलग गर्दछन् भने यसले पनि सर्बहारा वर्गको अग्रदस्ताका रुपमा पार्टीको चरित्र ध्वस्त गर्न सक्दछ र यसबाट आफ्ना सदस्यहरुले सर्बहारा वर्गको उन्नत तत्वको भूमिका गुमाउन सक्छन् । यो स्थितिमा पार्टी सर्बहारा वर्गको राजनीतिक पार्टी रहंदैन ।
माओले हामीलाई सिकाउनु भएको छ, “पार्टी भनेको सर्बहारा वर्गको अग्रदस्ता हो र सर्बहारावादी संगठनको उच्चतम रुप हो । यसले अरु सबै संगठनहरुलाई नेतृत्व गर्नु पर्दछ, जस्तो सेना, सरकार र जन संगठनहरु ।” पार्टीले सर्बहारा वर्गका अन्य सबै संगठनहरुलाई नेतृत्व गर्नु पर्दछ, यसो नगरे सर्बहारा वर्गको संघर्ष विजयी बन्न सक्दैन ।
सफल संघर्ष संचालनका निमित्त सर्बहारा वर्गले आनो क्रान्तिकारी राजनीतिक पार्टी स्थापना गरेर मात्र पुग्दैन त्यसका लागि आवश्यक सबै संगठनहरु जस्तोः राज्यका निकायहरु, सैन्य मामिला विभाग, ट्रेड युनियनहरु, गरीव किसानका संगठनहरु, महिला संघहरु, युवा लिग, लाल रक्षकहरु, साना लाल रक्षकहरु र क्रान्तिकारी जनसमुदायका अन्य संगठनहरु आवश्यक हुन्छन् । यस्ता विभिन्न संगठन तथा विभागहरु समाजवादी क्रान्ति सम्पन्न गर्न, समाजवादको निर्माण गर्न र सर्बहारा वर्गको ऐंतिहासिक कार्यभार साम्यवादको प्रप्तिका निमित्त निकै महत्वपूर्ण हुन्छन्, तीनलाइ उपेक्षा गर्नु हुदैन । यी विभाग र संगठनहरुले सर्बहारा वर्ग र आम क्रान्तिकारी जनसमूदायलाई परिचालन गर्न, सबै मोर्चाहरुलाई बलियो बनाउन र सर्बहारा वर्गको स्थानलाई सुदृढगर्न संभव तुल्याउंछन् । त्यसकारण, समाजवादी उद्देश्यको सेवा गर्नका निम्ति सबै क्रान्तिकारी संगठनहरुलाई आनो पूरा भूमिकामा उतार्न आवश्यक हुन्छ । तर, पार्टीको नेतृत्व र माक्र्सवादी–लेनिनवादी कार्यदिशाको निर्देशन विना तिनीहरुले यी भूमिका पुरा गर्न सक्दैनन् ।
पार्टीको नेतृत्व बलियो बनाउने कुराले सर्बहारा वर्गको अधिनायकत्वलाई सुदृढ गर्ने र समाजवादको उद्देश्यलाई विजयसम्म पु¥याउन नेतृत्वगर्ने ग्यारेन्टी गर्दछ । सर्बहारा वर्गका क्रान्तिकारी संगठनहरु पार्टीको केन्द्रीकृत नेतृत्व अन्तरगत आउनु पर्दछ, तिनीहरुले पार्टीभन्दा अलग्ग स्वतन्त्र ढङ्गले कामगर्ने बहानामा आनो विशिष्ट स्थितिलाई प्रयोग गर्न पाउंदैनन् । यदि पार्टीले तिनीहरुलाई नेतृत्व प्रदान गरेन भने, अथवा, यदि जनसंगठनहरु पार्टीको अधिनमा बसेनन् भने तिनीहरुमा गलत दिशातिर जाने, पूंजीपतिबाट ठगिने, नियन्त्रित हुने र प्रयोग हुने खतरा बढेर जान्छ । पूंजीवादी र संशोधनवादी धारको दुषित प्रभावमा तीनिहरु पूजीपति वर्गको राजनीतिक पिछलग्गु र अझ सर्बहारा वर्गका विरुद्ध पंूजीपतिका हतियारमा समेत रुपान्तरित हुन सक्छन् । यी नै कारणहरुले गर्दा पार्टीको नेतृत्व अस्वीकार गर्नेहरुले वास्तवमा आफुलाई पूंजीपतिको पक्षमा राख्छन्, सर्बहारा वर्गको विरोध गर्दै वस्तुतः तिनीहरुले सर्बहारा वर्गको अधिनायकत्वको विरोध गरिराखेका र त्यसलाई कमजोर बनाईराखेका हुन्छन् ।
पार्टी सर्बहारा वर्गको संगठनको उच्चतम रुप हो र यसले सबै कुरामा नेतृत्व गर्नु पर्दछ, यो पार्टी निर्माण बारे माक्र्सवादको मूलभूत सिद्धान्त हो । पार्टी र अन्य जन संगठनहरुको संबन्ध भनेको नेता र नेतृत्व गरिएकाहरुका बीचको सम्बन्ध हो । सर्बहारा वर्गको राजनीतिक पार्टीको स्वरुप र कार्यभारले नै यसको नेतृत्वदायी स्थान र भूमिकाको निर्धारण गर्दछ, सर्बहारा वर्गको आधारभूत हितका लागि यो काम पुराहुनु पर्दछ – यो नै क्रान्तिकारी संघर्षले बारंबार प्रदर्शन गरेको माक्र्सवादी–लेनिनवादी सत्य हो ।
पार्टी सर्बहारा वर्गको संगठनको उच्चतम रुप हो र यसले सबै कुरामा नेतृत्व गर्नु पर्दछ, यो पार्टी निर्माण बारे माक्र्सवादको मूलभूत सिद्धान्त हो । पार्टी र अन्य जन संगठनहरुको संबन्ध भनेको नेता र नेतृत्व गरिएकाहरुका बीचको सम्बन्ध हो । सर्बहारा वर्गको राजनीतिक पार्टीको स्वरुप र कार्यभारले नै यसको नेतृत्वदायी स्थान र भूमिकाको निर्धारण गर्दछ, सर्बहारा वर्गको आधारभूत हितका लागि यो काम पुराहुनु पर्दछ – यो नै क्रान्तिकारी संघर्षले बारंबार प्रदर्शन गरेको माक्र्सवादी–लेनिनवादी सत्य हो ।
पार्टीको सर्बहारा वर्गीय चरित्र रक्षाका निमित्त संघर्ष
पार्टीको चरित्रका संबन्धमा पार्टीमा चल्ने दुई–लाईन संघर्ष सधैं निकै तीखो हुने गरेको छ । अवसरवादी कार्यदिशा अंगालेका सबै नेताहरुले सर्बहारा क्रान्तिलाई ध्वंश गर्ने आनो आपराधिक उद्देश्यलाई पुरा गर्नका निम्ति सर्बहारा वर्गको राजनीतिक पार्टीको चरित्रलाई दुषित गर्न संधै कोशिस गर्दै आएका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको ईतिहासमा पुराना संशोधनवादीहरु, बर्नस्टिन र काट्स्किले (२१) हर प्रकारका गलत प्रचारबाजी गरे र सर्बहारा वर्गको पार्टीलाई सुधारवादी पार्टीमा बदल्न हर संभब प्रयास गरे । तिनीहरुकै कारण दोस्रो अन्तर्राष्ट्रियको पतन भयो । आधुनिक संशोधनवादीहरु, ख्रुश्चोभ, ब्रेजनेभ र कम्पनीले “श्रमजीवि वर्गको पार्टी सोभियत जनताको अग्रदस्तामा रुपान्तरित भैसकेको छ, यो संपूर्ण जनताको पार्टी भएको छ” र “यो संपूर्ण जनताको राजनीतिक संगठन हो” भन्ने दावी गर्दै विगतका संशोधनवादीहरुका फाटेका जामा लगाएर “संपूर्ण जनताको पार्टी” भन्ने बकबासलाई अगाडि ल्याईरहेका छन् । जस्तो सबैलाई थाह छ, तिनीहरुले सर्बहारा वर्गको राजनीतिक पार्टीलाई विकृत गरेका छन्, लेनिनले स्थापना गरेको रुसी कम्युनिष्ट पार्टीलाई एउटा संशोधनवादी पार्टी, फासिष्ट पार्टीमा बदलेका छन् । यो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको लागि एउटा गंभीर शिक्षा हो । पार्टीको चरित्रको प्रश्नमा हाम्रो पार्टीमा पनि तीखो संघर्ष चलेको छ । पार्टीको चरित्रलाई विकृत गर्ने प्रयास स्वरुप श्रमजीवि वर्गको ठग र विश्वासघाती लिउ शाओ चिले “पार्टी जनसमुदायको पार्टी हो, जनताको पार्टी हो” भन्ने विचार प्रवाहगर्न हर प्रयत्न ग¥यो । महत्वाकांक्षी, षडयन्त्रकारी, पाखण्डी प्रतिक्रान्तिकारी र राष्ट्रघाती लिन पियाओले पनि पार्टीको आधारभुत कार्यदिशा र कार्यक्रम बदल्न यस्तै प्रयत्नहरु ग¥यो । कथित साम्यवादको निकम्मा ब्राण्ड अगाडि सारेर उसले हाम्रो माक्र्सवादी पार्टीलाई प्रतिक्रान्तिकारी पुनस्र्थापनाको हतियार संशोधनवादी पार्टीमा बदल्ने आशा ग¥यो । लिन पियाओको आलोचना गर्न र कार्यशैलीलाई सुधार्न अध्यक्ष माओले व्यक्तिगतरुपमा सुरु गर्नु भएको र नेतृत्व गर्नु भएको महान सर्बहारा सांस्कृतिक क्रान्ति र आन्दोलनले पार्टीको चरित्र बदल्ने र पूंजीवादको पुनस्र्थापना गर्ने ल्यु शाओ ची र लिन पियाओको आपराधिक षडयन्त्रलाई पूर्णत ध्वस्त पा¥यो । हाम्रो पार्टी पहिल्यै भन्दा शुद्ध, खंदिलो र बलियो भएर देखा प¥यो । पार्टी भित्र चल्ने दुईलाईनका बीचको संघर्षले पार्टीको चरित्र रक्षागर्ने कुराको महत्वलाई गहिरो गरी दर्शाउंछ । यो पार्टी र सत्ताको भाग्यसंग र क्रान्तिको जित हुन्छ कि हार हुन्छ भन्ने प्रश्नसंग घनिष्ट रुपले जोडिएको छ । माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारालाई प्रयोग गरेर निरन्तर पार्टी निर्माण गरीराख्ने, पार्टीको चरित्रलाई विकृत गर्न संशोधनवादीहरुले गरेका षडयन्त्रलाई भण्डाफोर र दुरुत्साहित गर्ने कामले पार्टीले सधै सर्बहारा चरित्र जोगाई राख्ने कुरालाई सुनिश्चित गर्ने छ ।
एउटा कम्युनिष्टका लागि, पार्टीको सर्बहारा वर्गचरित्रको रक्षा गर्न आवश्यक पर्ने महत्वपूर्ण कुरा उसको सर्बहारा वर्गीय जांगरलाई मजबुत गराउनु हो । हामीले बुझ्नु पर्दछ कि माक्र्सवादी–लेनिनवादी राजनीतिक पार्टी निर्माण गर्ने र यसको सर्बहारा वर्गीय चरित्र रक्षा गर्ने कुरा हरेक पार्टी सदस्यको कार्यभार हो । पार्टी एउटा जीवित वस्तु जस्तै हो, र यसका सदस्यहरु जीवित वस्तुका कोषहरु जस्तै हुन् । प्रत्येक पार्टी सदस्यहरुमा जति धेरै उत्साह हुन्छ त्यति नै उसले उदाहरणीय भूमिका पुरा गर्न सक्दछ र त्यति नै राम्रो संग पार्टीको सर्बहारा वर्गीय चरित्रको रक्षा हुने छ । सर्बहारा वर्गीय पार्टी स्पिरिटलाई बलियो बनाउन, एउटा कम्युनिष्टले माक्र्सवादी अडान, दृष्टिकोण र विधीलाई मेहनतसाथ पढ्न, अध्ययन गर्न र आत्मसात गर्न कोशिस गर्नु पर्दछ । उसले सिद्धान्त र व्यवहारलाई जोडन र सही कार्यदिशालाई गलत कार्यदिशाबाट छुट्यााउने र सच्चा माक्र्सवादलाई नक्कली माक्र्सवादबाट अलगगर्ने क्षमताको बृद्धि गर्न सक्नु पर्दछ । उसले संधै पार्टीको आधारभूत कार्यदिशालाई र “तीन गर र तीन नगर” (२३) को सिद्धान्तलाई दिमागमा राख्नु पर्दछ र उसले गलत कार्यदिशा र प्रवृत्तिहरुका बिरुद्ध निर्मम संघर्ष गर्ने आंट पनि गर्नु पर्दछ । यसो गर्नका निमित्त, उसले तीन महान् क्रान्तिकारी आन्दोलनहरुको व्यवहारमा सक्रियतापूर्वक हाम फाल्नु पर्दछ, पार्टीको वैचारिक स्तरलाई भेटाउनका लागि आफ्नो विश्व दृष्टिकोण बदल्न अथक मेहनत गर्नु पर्दछ र साम्यवादको दृढ योद्धा बन्न आफुलाई प्रशिक्षित गर्नु पर्दछ ।
(चिनियाँ कम्युनिष्ट पार्टीबारे आधारभूत बुझाई पुस्तकबाट)
(चिनियाँ कम्युनिष्ट पार्टीबारे आधारभूत बुझाई पुस्तकबाट)
No comments:
Post a Comment