Wednesday, July 27, 2016

नेपाली क्रान्तिमा नयाँ र पुरानोको बहस - मोहन वैद्य ‘किरण’


नेपाली क्रान्तिमा लामो समयदेखि नयाँ र पुरानोको बहस चल्दै आएको छ । यो बहस कुनै बेला नयाँ र पुरानो विचार, कुनै बेला नयाँ र पुरानो सत्ता, कुनै बेला नयाँ र पुरानो शक्ति, अनि कुनै बेला नयाँ र पुरानो पुस्ताका बारेमा समेत चल्ने गरेको छ । त्यत्तिमात्र होइन, यो बहस पुरानोलाई नयाँ र नयाँलाई पुरानोको रुपमा प्रस्तुत गर्ने हिसाबले पनि चल्दै आएको छ । सारमा यो बहस राजनीतिक मात्र होइन, दार्शनिक बहस पनि हो ।
mohan-baidya-national-convension
दार्शनिक फाँटमा नयाँ र पुरानोका बिच सङ्घर्षको प्रश्नले विशेष महत्व राख्तछ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनअनुसार हरेक वस्तु, घटना, समाज र चिन्तनको क्षेत्रमा नयाँ र पुरानोका बिचमा सङ्घर्ष चल्दछ र यस सङ्घर्षमा अन्ततः पुरानोमाथि नयाँले विजय प्राप्त गर्दछ । यो भौतिकवादी द्वन्द्ववादको सार्वभौम नियम हो । कुनै बेला नयाँ र पुरानोको सङ्घर्षमा नयाँको हार र पुरानोको जीत पनि हुने गर्दछ । परन्तु, त्यो अस्थायी कुरा हो ।
हाम्रो पार्टीमा महान् जनयुद्धको प्रक्रियामा जडसूत्रवादको विरोध र नवीनता, मौलिकता तथा सिर्जनशीलताको पक्षमा निकै सशक्त आवाज उठ्यो । सिद्धान्ततः कुरा ठीकै नै थियो । परन्तु, त्यो काम कुन कोणबाट गरिएको थियो, त्यो बेला कुरा त्यति स्पष्ट थिएन । जडसूत्रवादको विरोध र नवीनता, मौलिकता तथा सिर्जनशीलताको पक्षपोषण माक्र्सवादी कोणबाट गरिनु राम्रो कुरा हो, परन्तु अनुभववादी अर्थात् दक्षिणपन्थी संशोधनवादी कोणबाट गरिनु भने नितान्त बेठीक हो । आखिर त्यस्तै भएको रहेछ । यो कुरा समय बित्दै जाँदा स्पष्ट हुँदै गयो ।
नयाँ र पुरानोका बिचको सङ्घर्ष र त्यसबारेको बहसको क्रममा सम्बन्धित विषयको अन्तरवस्तुसहित सारतत्व र दृष्यरूपका बिचको द्वन्द्वात्मक सम्बन्धमा ध्यान दिनुपर्दछ । इतिहासमा हामी रूपमा नयाँको पक्षपोषण र पुरानोको विरोध गर्ने परन्तु सारमा नयाँको विरोध र पुरानोको पक्षपोषण गर्ने प्रवृत्तिद्वारा निकै ग्रसित रहिआएका छौं । यसबारे केही उदाहरण दिनु उपयुक्त नै होला ।
महान् जनयुद्धको प्रक्रियामा पुरानोको विरोध र नयाँको पक्षपोषण गर्ने नाममा पार्टीको केन्द्रीय समितिको एउटा बैठकमा “एक्काइसौं शताब्दीमा जनवादको विकास” सम्बन्धी प्रस्ताव आयो । सो प्रस्ताव जडसूत्रवादको विरोध र माक्र्सवाद–लेनिनवाद–माओवादको सिर्जनात्मक विकास र क्रान्ति सम्पन्न गर्ने तथा प्रतिक्रान्ति रोक्ने आवरणमा आएको थियो । त्यसबारे धेरै बहस भएन । छलफलका लागि मस्यौदा प्रस्तावको रूपमा त्यसलाई पारित गरियो । आखिर, दक्षिणपन्थी नवसंशोधनवादका बीजाङ्कुर त्यहीं नै रहेछन् । यो कुरा धेरैपछि आएर मात्र स्पष्ट भयो । यो नयाँ र पुरानोका बिचको बहसको पहिलो परिणति हो ।
त्यसैगरी, केही समयपश्चात् केन्द्रीय समितिकै अर्को बैठकमा अग्रगामी राजनीतिक विकासको आवरणमा कार्यनीतिक नाराका रूपमा लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव प्रस्तुत तथा पारित गरियो । त्यस बैठकमा त्यसबारे कुनै उल्लेखनीय विवाद भएन । लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् नयाँ जनवादी क्रान्तिको दिशामा नै अगाडि बढ्ने कुरा बताइयो । केही समयपश्चात् जब साँच्चै लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो र अब नयाँ जनवादतर्फ अगाडि बढ्नुपर्छ भन्ने कुरा आयो, त्यो बेला त्यसतर्फ ध्यानै दिइएन । अन्त्यमा लोकतान्त्रिक गणतन्त्रका खातिर नयाँ जनवादी गणतन्त्रलाई बलि चढाइयो र पुँजीवादी जनवादी क्रान्ति मूलतः सम्पन्न भइसक्यो भनियो । यो नयाँ र पुरानोको बहसको दोस्रो परिणति हो ।
माओवादी आन्दोलनभित्रकै कतिपय नेता भन्न थाले – अब माक्र्सवाद मात्रले पुग्दैन, त्यसमा केही मिसाउनुपर्छ । अनि माक्र्सवाद र नवउदारवादलाई मिसाई नयाँ विचार बनाउने र त्यसै आधारमा नयाँ शक्तिको निर्माण गर्ने कुरा उठाइयो । अनि कतिपय नेताहरू कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टी र माक्र्सवादकै परित्याग गरी नयाँ शक्ति बनाइएको घोषणा गर्न पुगे । नयाँ र पुरानोको बहसको यो तेस्रो परिणति हो ।
बहसको प्रक्रिया त्यत्तिमै टुङ्गिएन । नयाँ र पुरानोको बहस अब विचारमा होइन, पुस्तामा केन्द्रित हुन पुग्यो । कतिपय साथीहरू के भन्न थाले भने अब पुरानो पुस्ताले क्रान्ति गर्दैन र नयाँ पुस्ता अगाडि सर्नुप¥यो । तर, जब विचारको प्रश्नमा गम्भीर बहस चले र मतभेदहरू पैदा भए, त्यो बेला नयाँ पुस्ताको कुरा उठाउने साथीहरू पुरानै विचारलाई अवलम्बन गर्न पुगे र त्यसैका पछाडि दगुरे । यो पनि नयाँ र पुरानोको बहसको एउटा अर्को परिणति हो ।
वस्तुतः बहस नयाँ र पुरानो पुस्ताका सन्दर्भमा होइन, नयाँ र पुरानो विचारका प्रश्नमा हो । जहाँसम्म क्रान्तिमा नयाँ पुस्ताले खेल्ने भूमिकाको प्रश्न हो, त्यसलाई अलिकति पनि कमजोर पार्नु हुँदैन । क्रान्तिमा नयाँ पुस्ताकै भूमिका महत्वपूर्ण हुन्छ, परन्तु त्यस निम्ति पुस्तामात्र होइन, विचार पनि नयाँ हुनुपर्दछ । त्यसैले सङ्गठन र क्रान्तिमा हामीले कुनैपनि पुस्तालाई निषेध गर्नु हुँदैन, पुरानो, प्रौढ र नयाँ तीन ओटै पुस्तालाई समुचित रूपमा संयोजन गर्न आवश्यक हुन्छ ।  
अन्तर्राष्ट्रिय र नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ र पुरानोको बहस भौतिकवादी द्वन्द्ववाद र मनोगतवादका बिचको सङ्घर्षका रूपमा अभिव्यक्त हुँदै आएको छ । मनोगतवादका मूलतः दुई रूप हुने गर्दछन् – जडसूत्रवाद र अनुभववाद । जडसूत्रवादले सिद्धान्तको रक्षाको कुरामा विशेष जोड दिन्छ र त्यसको सिर्जनात्मक विकासमा अवरोध पु¥याउँछ । यसको ठीक उल्टो अनुभववादले नवीनता, मौलिकता तथा सिर्जनशीलतामा विशेष जोड दिएको नाटक गर्दछ र सिद्धान्तको सारतत्वमाथि भीषण हमला बोल्दछ । यी दुवै गलत चिन्तन पद्धति हुन् र भौतिकवादी द्वन्द्ववादले तिनको विरोध गर्दछ । भौतिकवादी द्वन्द्ववादका अनुसार सिद्धान्तको सारतत्वको रक्षा र नवीनता, मौलिकता तथा सिर्जनशीलताको उद्घाटन गर्दै त्यसलाई विकसित तुल्याउनुपर्दछ ।
यहाँनेर हामीले के कुरा बुझ्न जरुरी हुन्छ भने दक्षिणपन्थी संशोधनवादीहरुले सच्चा माक्र्सवादीहरुमाथि जडसूत्रवादी भएको आरोप लगाउँदै आफू साँच्चैको नयाँ, मौलिकताको पक्षधर र सिर्जनशील भएको दाबी गर्दछन् । परन्तु, अन्ततः उनीहरु नयाँको विरोध गर्दै पुरानोको संरक्षण तथा सेवा गर्ने काममा लाग्दछन् । लेनिनका विरुद्ध खडा काउत्स्की र स्तालिनका विरुद्ध खडा त्राट्स्की प्रतिक्रियावादी पुँजीपति वर्गका पक्षधर रहेका थिए भन्ने कुरा जगजाहेर नै छ । आखिर हाम्रो देशमा पनि पुरानाको विरोध र नयाँको पक्षमा उभिएको दाबी गर्नेहरू कसरी प्रतिगामी संविधानको कार्यान्वयन गर्न र नयाँ शक्तिको नाममा विजातीय कित्तामा उभिन पुगे भन्ने कुरा छर्लङ्गै हुन गएको छ ।
आज विश्व र नेपाल पनि धेरै बदलिएको छ । परन्तु, अहिले पनि वर्तमान युग साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युग हो । त्यसैगरी, नेपाल पनि मूलतः अर्धसामन्ती र अर्ध÷नवऔपनिवेशि अवस्थामै छ । यो बेला द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा ठोस परिस्थितिको ठोस अध्ययन गरी नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तथा विकसित तुल्याउन आवश्यक छ । त्यस निम्ति हामी छिटै पार्टीको राष्ट्रिय सम्मेलनको आयोजना गर्न गइरहेका छौं ।
वस्तुतः हामीले क्रान्तिको प्रक्रियामा विचारका क्षेत्रमा नयाँ र पुरानोका बिच बहस चलाउँदा नयाँको पक्षपोषण र पुरानोको विरोध गर्नैपर्दछ । परन्तु, यसो गर्दा नयाँको आवरणमा प्रस्तुत हुने पुरानो विचार अर्थात् अनुभाववाद र दक्षिणपन्थी संशोधनवादका विरुद्धको सङ्घर्षमा भने विशेष ध्यान केन्द्रित गर्न जरुरी छ ।

२०७३ असार २६

http://moolbato.com बाट साभार 

नेपाली क्रान्तिको प्रमुख खतरा दक्षिणपन्थी संशोधनवाद - हस्तबहादुर केसी


Hasta-Kc




















नेपालस्थित साम्राज्यवादी तथा विस्तारवादका दलालहरुले २०७२ साल असोज ३ गते एउटा राष्ट्रघाति, जनघाती तथा प्रतिगामी संविधान घोषणा गर्न सफल भएका छन् । २०७२ साल असोज ३ गतेका दिनलाई नेपाली सर्वहारावर्गको शान्ति राजनीतिक अनुदान नेपाल कम्युनिष्ट पार्टी–माओवादीले ‘कालो दिन’ को घोषणा गर्‍यो ।
तराई तथा मधेश लगायतका यस प्रतिगामी संविधानका विरोधी राजनीतिक शक्तिहरुले पनि त्यस असोज ३ गतेको दिनलाई ‘कालो दिन’ घोषणा गरेर मुखमा कालो पट्टी बाधेर विरोध जनाए । साथै देशभित्र र प्रवासमा रहेका सम्पूर्ण नेपाली जनताले असोज ३ गतेको दिनलाई कालो दिनको रूपमा विरोध जनाए र नेपालका माओवादीहरु क्रान्तिकारी कम्युनिष्टसित संघर्ष र विरोधमा एकवद्धता जाहेर गरे ।
वर्तमान नेपालको विशिष्ट परिस्थितिमा नेपाली नयाँ जनवादी क्रान्तिको नेतृत्व गरिरहेको नेकपा– माओवादीले २०७२ साल असोज ३ गते राजनीतिका इतिहासमा असोज ३ गते कालो दिनमा परिघटित हुन पुगेको र प्रतिक्रान्ति संस्थागत हुन पुगेको निष्कर्ष निकाल्दै नेपाली नयाँ जनवादी क्रान्तिको अपरिहार्य आवश्यकता रहेको घोषणा समेत सार्वजनिक गर्‍यो ।
नेकपा–माओवादीका अध्यक्ष कमरेड मोहनवैद्य किरण र महासचिव कमरेड रामबहादुर थापा बादलद्वारा हस्ताक्षरित उक्त प्रेस वक्तव्यमा अगाडी भनिएको छ,– “पहिलो संविधानसभाको विघटन, दक्षिणपन्थि नवशोधनवादीसितको विद्रोहपश्चात् नेकपा–माओवादीको गठन र संविधानसभा–२ को वहिष्कार बीचबाट हामी अगाडी बढ्दै आएको सुस्पष्टै छ ।
यस प्रक्रियामा हामीले संविधानसभा–२ बाट जनताको संविधान बन्न नसक्ने स्थिति देख्यौँ र त्यसको विघटन गरि राष्ट्रिय राजनीतिक सभामार्फत् नयाँ राजनीतिका निकासका लागि विशेष जोड दियाँै । परन्तु त्यसको गंम्भीरतामाथी ध्यान दिइएन र क्षेत्राधिकार निश्चित नगरी झार टार्नका लागी सर्वदलीय राजनीति सभा बोलाइयो ।
त्यस सभामा हाम्रो सहभागिता नहुने भएकोले सो सभाको आयोजना हुन सकेन तर पनि हामीले सर्वदलीय राजनीतिक सभाको आयोजनामा यथेष्ट जोड दिँदै आयौँ । अन्ततः आन्दोलनकारी तथा सरोकारवाला राजनीतिक तथा सामाजिक संघसंस्थाहरुलाई पुरै पाखा लगाएर नेका, एमाले, एमाओवादी एवं फोरम (लोकतान्त्रिक) मिली गरिएको सोह्रबुदे सहमति अनुरूप संविधानसभाद्वारा मस्यौदा संविधान तयार पारियो । सो मस्यौदाका विरोधमा २०७२ साल असार २५ गते हाम्रो पार्टी नेकपा–माओवादीले आफ्नो धारणा सार्वजनिक गर्‍यो ।
त्यसमा सो मस्यौदा संविधानलाई पश्चगामी र दलाल तथा नोकरशाही पूँजीवादी एवं सामन्तवादी राज्यसत्ताकै पक्षपोषक बताई त्यसलाई खारेज गर्न जोड दिइयो । अहिले जारी गरिएको संविधान मूलतः उक्त मस्यौदामै आधारित रहेको छ र त्यो प्रतिगामी भएको सुस्पष्टै छ ।” उक्त प्रेस वक्तृव्यमा अझै अगाडी यो पनि भनिएको छ कि,– “यद्यपी यस संविधानमा उल्लेखित गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लगायत कतिपय विषय नेपाली जनताका आन्दोलन तथा हकहितसित पनि जोडिएका छन् र तिनलाई आंशिक तथा मात्रात्मक रूपमा सकारात्मक अर्थमा ग्रहण गर्न सकिन्छ । परन्तु समग्र, गुणात्मक तथा सारतत्वमा यस प्रकारको संघीय लोकतान्त्रिक संविधान प्रतिगामी रहेको छ र त्यसैले यो हाम्रो लागी अस्विकार्य छ ।” भनिएको छ । माथी उल्लेखित नेकपा–माओवादीद्वारा प्रेसित प्रेस वक्तृव्यबाट पनि के निष्कर्षमा पुग्न सकिन्छ भने यो संविधान पश्चगामी, जनविरोधी राष्ट्रघाती र घोर प्रतिगामी रहेको छ भन्ने बुझिन्छ । र यो प्रतिगामी संविधान स्वतः नेपाली नयाँ जनवादी क्रान्तिका विरुद्ध ल्याइएको छ भन्ने कुरा सुस्पष्टै छ ।
यहानेर स्पष्ट हुनुपर्ने कुरा के छ भने यो प्रतिगामी संविधान त्यत्तिकै ख्याल ख्यालमै ल्याइ्एको छैन । यसमा दक्षिणपन्थि संशोधनवादीहरु र यथास्थितिवादी तथा प्रतिक्रियावादीहरुको साँठगाँठ र योजनाबद्ध ढंगले ल्याइएको छ । नेपाली राजनीतिमा स्पष्ट रूपमा देखिएको छ कि, नेका, एमाले र एमाओवादी विचको साँठगाँठ, योजना र लामो तयारी गरेर मात्रै यो प्रतिगामी संविधान ल्याएको छ ।
अर्थात् यस प्रकारको परिघटना घट्नुको पछाडी आन्दोलनकारी राजनीतिक शक्तिहरु र आम मुक्तिगामी एवं परिवर्तनकारी जनताले खबरदारी गर्दा गर्र्दै यो प्रतिगामी संविधान ल्याउनु पछाडी महान् नेपाली नयाँ जनवादी क्रान्तिलाई धाराशाही गर्ने उद्देश्यले साम्राज्यवादी तथा विस्तारवादीहरुको निर्देशन र ग्राण्डडिजाइन बमोजिम २०६९ जेठ १४ गते मध्यरातमा एक्कासी संविधानसभा–१ लाई विघटन गरेर योजना कार्यान्वयनलाई अगाडी बढाइएको कुरा पनि सुस्पष्टै छ ।
यस प्रकारको खेल र पूर्वयोजनाका बारेमा २०७२ असोज ३ गते जारी गरिएको नेकपा–माओवादीको प्रेस वक्तृव्यमा पुनः अगाडी भनिएको छ,– “आजको झण्डै बीस वर्ष अघि हाम्रो पार्टी तत्कालिक नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले देशलाई अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरी नयाँ गणतन्त्रात्मक राज्यसत्ताको स्थापना गर्न र समाजवाद तथा साम्यवादको उद्देश्य प्राप्तिको दिशामा अगाडी बढ्नका लागि २०५२ साल फाल्गुन १ गते महान जनयुद्धको ऐतिहासिक पहल गरेको थियो । त्यस महान जनयुद्धले रणनीतिक रक्षा तथा सन्तुलनको प्रक्रिया हुँदै प्रत्याक्रमणको प्रक्रियामा अत्यन्तै भव्य रूपमा अग्रता हासिल गर्दै आएको थियो ।
परन्तु संविधानसभालाई कार्यनीतिक रूपमा लिइएको भएतापनि शान्ति प्रक्रियामा आएता पनि पुरानो राज्यसत्ताको प्रतिनिधित्व गर्ने राजनितिक रूपमा अपवित्र गठबन्धन कायम गरियो । फलतः महान जनयुद्धको प्रक्रियाबाट विकसित नयाँ जनवादी क्रान्तिले गंभीर धक्का खान पुग्यो र संविधानसभा–२ मार्फत् २०७२ असोज ३ गते प्रतिगामी संविधान जारी गरेर प्रतिक्रान्तिको प्रक्रियालाई पूर्णता दिइयो । प्रतिगामी, यथास्थितिवादी र दक्षिणपन्थि, अवसरवादीहरुले यस दिनलाई “ऐतिहासिक उत्सव” का रूपमा लिई खुशीयाली मनाइरहेका छन् । यसको ठिक उल्टो हामीले यस दिनलाई प्रतिक्रान्तिको कालो दिवसको रूपमा लिई विरोध गर्नुपर्छ ।”
अतः माथि उल्लेखित वक्तृत्वको निष्कर्ष अनुसार दक्षिणपन्थि नव संशोधनवादी शक्ति र यथास्थितिवादी तथा प्रतिक्रियावादी शक्तिका बीचमा रणनीतिक रूपमा अपवित्र बन्धन हुन पुगेपछि प्रतिगामी संविधान बन्न पुगेको र यसले नेपाली नयाँ जनवादी क्रान्तिलाई गंभीर प्रकारको खतरा पैदा गर्ने निश्चित भएकोले यहीले पनि दक्षिणपन्थि संशोधनवाद चालु नयाँ जनवादी क्रान्तिको बाटोमा गंभीर प्रकारको खतराको रूपमा खडा हुन पुगेको छ ।
पहिलो अवधिमा २०२८ सालमा विष्फोट भएको झापा सशस्त्र विद्रोहबाट अगाडी बढेको एमाले दक्षिणपन्थि संशोधनवादमा पतन भै यथास्थितिवादी तथा प्रतिक्रियावादी कित्तामा सामेल हुन गई प्रतिक्रियावादी शक्तिलाई बलियो तुल्याउन पुगेको थियो भने पछिल्लो अवधिमा २०५२ साल फाल्गुन १ गतेबाट शुरु भएको महान दशवर्षे जनयुद्धको प्रक्रियाबाट अघि बढेको तत्कालीन नेकपा माओवादीको एउटा हिस्सा एमाओवादीमा परिणत हुँदै दक्षिणपन्थि नवसंशोधनवादमा पतन हुन पुग्यो र अहिले एमाओवादी पहिले एमालेझै यथास्थितवादी र प्रतिक्रियावादीलाई सहयोग गर्ने र वलियो बनाउने काममा रणनीतिक रूपमा खडा हुन पुगेको छ र यथास्थितिवादी एवं प्रतिक्रियावादीहरुलाई यो प्रतिगामी संविधान घोषणा गर्न प्रमुख मतियारको रूपमा खडा हुन पुगेको सुस्पष्टै छ । एमाओवादी अहिले जुन स्थानमा पुग्यो, यो कुनै नौलो परिघटना होइन, एमालेकै उही पुरानो परिघटनाको निरन्तरता मात्रै हो ।
एउटा कालखण्डमा अर्थात् महान दश वर्षे जनयुद्ध मार्फत् महान् नेपाली नयाँ जनवादी क्रान्तिलाई उत्कर्षमा पु¥याउने उद्देश्यका साथ तत्कालिक नेकपा (माओवादी) ले अग्रता प्राप्त गरिरहेको जसरी एमालेले यथास्थितिवादी र प्रतिक्रियावादीहरुसित रणनीतिक रूपमा अपवित्र गठबन्धन कायम गरि नेपाली क्रान्तिलाई बाधा हाल्ने, अपठ्यारो पार्ने काम गरेको, त्यही शैलीमा अहिले संविधानसभा मार्फत् साम्राज्यवाद तथा सामन्तवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक (जनगणतन्त्रात्मक) संविधान बनाउने पार्टीको निर्णय र योजनालाई असफल तुल्याउन एमाओवादीले यथास्थितिवादी तथा प्रतिक्रियावादीहरुसित रणनीतिक रूपमा अपवित्र गठबन्धन गरि यो प्रतिगामी संविधान ल्याउन एमाओवादी ठूलो सहयोगी शक्ति बन्न पुग्यो । यसरी नेपालमा नेपाली क्रान्तिको कालखण्डमा दक्षिणपन्थि संशोधनवाद क्रान्तिको प्रमुख खतरा र बाधकको रूपमा खडा हुँदै आएको छ ।
नेपाल अझै पनि अर्धसामन्ती तथा नवऔपनिवेशिक रहेको र एकातिर अझै पनि सामन्तवादी उत्पीडन कायमै छ भने अर्काेतिर साम्राज्यवाद तथा विस्तारवादद्वारा नवउपनिवेशवादी पहिले भन्दा कयौँ गुणा बढि तीब्रता दिने काम भइरहेको छ र राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्न इतिहासमै अत्यन्तै विकराल बन्न भएको छ ।
यहाँनेर स्पष्ट हुनुपर्ने कुरा के छ भने यो प्रतिगामी संविधान निर्णयको प्रक्रियामा जनताका जनवादी हक अधिकारको हनन् मात्र भएन त्यसका साथै देशको राष्ट्रिय अस्मितामाथि झनै गम्भीर खतरा पैदा गरिदिएको छ । यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न जनताको जनतन्त्र र जनजिविकाका आधारभूत समस्याको समाधानको लागि अहिले पनि नेपालमा नयाँ जनवादी क्रान्ति अनिवार्य रूपमा आवश्यक बन्न पुगेको छ ।
महान् नेपाली नयाँ जनवादी क्रान्तिले मात्र नेपाली जनतालाई सबैखाले शोषण र उत्पीडनबाट मुक्त गर्ने र राष्ट्रलाई साम्राज्यवाद र विस्तारवादको उत्पीडनबाट स्वाधीन र सार्वभौम तुल्याउने छ । अत: महान नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि हामी माओवादी क्रान्तिकारी कम्यूनिष्टहरुले सर्वप्रथम प्रमुख खतराको रूपमा दक्षिणपन्थी संशोधनवादलाई परास्त गर्न अनिवार्य छ । नेपाली क्रान्तिको यो द्धन्दवादलाई सम्पूर्ण क्रान्तिकारीहरु र आम मुक्तिकामी जनताले हृदयगंमन गर्न जरुरी छ ।
अब हामी क्रान्तिकारी माओवादीहरुका सामु महान नेपाली नयाँ जनवादी क्रान्तिलाई अगाडी बढाउन र अग्रता हाँसिल गर्नका लागि अरु दुःख कष्ट र परिश्रम गर्नुपर्ने बेला आएको छ । महान जनयुद्धको प्रक्रियाबाट अगाडी बढेकोमा अहिले यथास्थितिवादी एवं प्रतिक्रियावादीहरुले प्रतिगामी संविधान घोषणा गरेपश्चात पुरानो अध्याय समाप्त भएको छ र नयाँ अध्यायको सुरुवात भएको छ । निश्चय पनि यो नयाँ अध्यायलाई अगाडी बढाउनका लागि विगतमा भन्दा पनि ठूलो त्याग, तपस्या र बलिदानको आवश्यकता त पर्ने छ नै ।
यहाँनेर असोज ३ गते नेकपा माओवादीद्धारा जारी गरिएको प्रेस वक्तव्यको एउटा अंशलाई जोड्दा बढी सान्दर्भिक हुन जान्छ । त्यसमा अगाडी भनिएको छ, ‘महान जनयुद्धको पहल यता विकसित हँुदै आएको जनवादी क्रान्तिको एउटा अध्यायले गंभीर धक्का खाएको छ र अन्ततः त्यसको प्रतिक्रान्तिमा अवसान हुन पुगेको छ ।
यस प्रकारको स्थिति पैदा हुनुमा पार्टीमा विद्यमान दक्षिणपन्थी नवसंशोधनवाद प्रमुख रूपमा जिम्मेवार रहेको छ । यसका साथै जनयुद्धको प्रक्रिया र शान्तिकालमा समेत क्रान्तिकारी पक्षका पनि कयौँ कमी कमजोरी तथा सिमा रहन गएका छन् र त्यसबारे पनि अझै गंभीर आत्मसमिक्षा गर्दै क्रान्तिको नयाँ अध्यायमा प्रवेश गर्न जरुरी छ । क्रान्तिको प्रक्रियामा चिन्तन र प्रवृत्तिका क्षेत्र विभिन्न विचलनहरु देखिँदै आएका छन् । परन्तु वर्तमान सन्दर्भमा दक्षिणपन्थी संशोधनवाद नै क्रान्तिका निम्ति प्रमुख खतरा रहेको छ र यस प्रति विशेष सतर्क रहन आवश्यक छ ।’
अतः अन्त्यमा के निष्कर्षमा पुग्न जरुरी छ भने माथि उल्लेखित नेकपा माओवादीको प्रेस वक्तव्यमा उल्लेख गरिएका नेपाली क्रान्तिका लागि दक्षिणपन्थी संशोधनवाद प्रमुख खतरा भएकाले यसलाई वैचारिक सैद्धान्तिक रूपमा परास्त गर्न अनिवार्य आवश्यक छ ।
http://moolbato.com बाट साभार 

पहिचानको राजनीति र नेपालको सन्दर्भ - - के. बी. गुरुङ

प्रारम्भः आज नेपालमा आदिवासी जनजाति, मधेसी लगायत विभिन्न जाती, वर्ग, लिङ्ग, समुदाय र उपेक्षित क्षेत्रका जन समुदायले आफ्नो पहिचानका आधारमा अधिकार खोजीरहेका छन् । पहिचानको प्रश्न उनीहरूको अधिकारसँग जोडिएको छ । नेपालको सामन्ती व्राहमणवादी शासक वर्ग र जातिले उनीहरुको पहिचान र मान्यताहरूलाई नामेट पार्ने दुस्प्रयास गर्दै आएका थिए । र, आज पनि त्यो वर्ग र जातीले आफ्नो कुत्सित चाललाई विभिन्न रुपमा जारी राखेको छ ।
नेपाल जातीय, भाषिक, धार्मिक र सा“स्कृतिक एंव भौगोलिक विविधत्तायुक्त समाजिक बनोटमा आधारित देश भएको जगजाहेर छ । तर विविधत्तायुक्त समाजिक बनोटलाई शासक वर्गको व्राहमाणवादी सोचले राज्यमा एकल जातीय आधिपत्य जमाउन गरेको र गर्दै आएको दुस्परिणाम् आदिवासी जनजाति, मधेसी लगायतका जात, जाति र समुदायको मौलिक पहिचान र अस्तित्व नै संकटमा परेको हो । राज्य सत्ताबाट बहिष्करण र सिमान्तकृत हुन परेको हो । त्यसैले आज उपेक्षित, उत्पीडित र सिमान्तकृत जाति, क्षेत्र, लिङ्ग र वर्गले आफ्ना पहिचान र हक अधिकार खोजिरहेकाछन् । अधिकारका लागि पहिचान हुनु अनिवार्य हु“दो रहेछ । त्यसकारण आज पहिचानको राजनीतिले नेपालमा पनि जोर पक्रेको छ ।
OLYMPUS DIGITAL CAMERA
तर ‘पहिचानको राजनीति’को सवल र दुर्वल पक्षको विचार र जानकारी वेगर निरपेक्षरूपमा आत्मसात गर्न खोजिए वा गरिए त्यसको परिणाम आदिवासी जनजाति, मधेसी लगायत जनसमुदायका पक्षमा नहुन पनि सक्दछ । तसर्थ पहिचान र अधिकारको निम्ति आवाज र आन्दोलन गरिरहेका जाति, समुदाय, क्षेत्र र वर्गका अभियानकर्ताहरू पहिचानको राजनीतिको सवल र दुर्वल पक्षकाबारेमा प्रष्ट हुनु पर्ने आवश्यकता छ ।
पहिचानको राजनीतिको पृष्ठभूमि
बीसौं शताब्दीको मध्यतिर खास गरेर अमेरिकामा महिला अधिकार वादी र काला जातिका सामाजिक अधिकारकर्ताहरुले उनहिरूको पहिचान र अधिकारको लागि आवाज र आन्दोलन उठाए । त्यो आन्दोलनले राजनीतिकरूप लिदै जादा त्यसको परिभाषित गर्ने क्रममा ‘पहिचानको राजनीति’ वाक्यांस अगाडि आएको देखिन्छ । तर पछिल्ला समय अवधीमा विश्वका कैयन देशहरुमा राज्य शक्तिमा प्रभुत्व कायम रहेका जातिहरूबाट दमन र उत्पीडनमा परेर अन्याय, अत्याचार र असमानता खेप्नु परेका उत्पीडित जाति र समुदायले न्याय, समानता तथा मुक्तिका लागि आवाज र आन्दोलन उठाउने क्रममा ‘पहिचानको राजनीति’लाई आत्मसात गर्दै आएको र त्यसले ब्यापकता पाउँदै गएको हो ।
‘पहिचानको राजनीति’का बारेमा सैद्धान्तीककरण र परिभाषित गर्ने विषयमा विभन्नि बहस र मत भिन्नताहरू पनि नभएका होइन । तर यहा“ त्यतातिर भन्दा ‘पहिचानको राजनीति’को सार संक्षेपमा प्रष्टता र नेपालको सन्दर्भमा यहाका आदिवासी जनजाति, मधेसी लगायतका वर्ग, जाती, लिङ्ग, समुदाय र उपेक्षित क्षेत्रका जनताले आफ्नो पहिचान र अधिकारको पक्षमा उठाएको आवाज र आन्दोलनको केही चर्चा गरिने छ ।
पहिचानको राजनीतिको सारसंक्षेप
खास विशेषता भएका र राज्य सत्तामा प्रभुत्व जमाएका वर्ग र जातिबाट दमन, उत्पीडन र अन्याय, अत्याचारमा परेका जाति, वर्ग, लिङ्ग, समुदाय र क्षेत्रका जन समुदायको पहिचानका आधारमा आर्थिक, राजनीतिक र सामाजिक लगायतका हक, अधिकार प्राप्त गर्ने मुद्दासंग सम्बन्धित छ ।
पहिचानको सारतत्व अधिकारसंग जोडिएको विषय हो । जुनसुकै अधिकारको विषय राज्यसत्ता र राजनीतिसित अभिन्नरूपले गा“सिएको हुन्छ । यदि अधिकारबाट अलग गरेर मात्र पहिचान खोज्ने प्रयत्न गरिए प्रथमत पहिचान नै हुनेछैन । द्वीतियः पहिचान भए पनि त्यसको सार्थकता हुनेछैन । जसरी गोलीविनाको बन्दुकको साथर्कता हु“दैन । त्यसैगरी अधिकारविनाको पहिचान अर्थहीन हुन्छ । हक–अधिकार र पहिचान एक अर्काका पुरक हुन् । पहिचान नभए अधिकारको लागि आधार हु“दैन र अधिकार नभए पहिचानको पूर्णता वा सार्थता हु“दैन । यसरी पहिचान अधिकारको आधार हो भने अधिकार त्यसको सारतत्व र सर्वोच्चता हो ।
सवल पक्ष
राज्य सत्तामा प्रभूत्व रहेका वर्ग र जातिबाट शोषण, दमन, उत्पीडन र असमानताको शिकार बनिरहेका खास विशेषता र मुद्दा भएका उत्पीडित र सीमान्तकृत वर्ग, जाति, लिङ्ग, समुदाय र क्षेत्रले आफ्ना हक अधिकार प्राप्तिका लागि उनीहरूका विशिष्ट पहिचान स्थापित हुनु आबश्यक छ । राज्यले त्यो पहिचानलाई मान्यता प्रदान गर्नु पर्दछ । त्यही मान्यताको आधारमा उनीहरूको विशेष मुद्दाहरूलाई राज्यले संवोधन गर्ने आधार प्रदान गर्दछ । यसरी पहिचानको राजनीतिको सवल पक्ष खास विशेषताका आधारमा विशिष्ट पहिचानको मान्यता र उनीहरुको मुद्दा संवोधन गर्ने आधार निर्माण हुन्छ । आफ्ना विशिष्ट पहिचान र मुद्दाका आधारमा ती जाति, वर्ग, लिङ्ग, समुदाय र क्षेत्रका जनता एक–अर्कामा आवद्ध र संगठित हुने वातारण बन्द छ ।
दुर्वल पक्ष
आलोचकहरूको भनाइछ, पहिचानको राजनीतिले समाजमा रहेका जनसमुदायलाई विभिन्न समूह र पक्षमा विभाजन गर्दछ । त्यसले सामाजिक एकतालाई खलबल्याउछ । यो भनाइमा केही सत्यता छ, तर त्यो एउटा पक्ष हो । अवश्य पनि सामुदायिक पहिचानको पक्षलाई मात्र आधार बनाउने प्रयत्न गरिए त्यसले जन समुदायमा विभाजन ल्याउनेछ । जातीय विद्वैष फैलाउने र जातीय एकताको पक्ष कमजोर हुनेछ ।
पहिचानको राजनीतिको एउटा दुर्वल पक्ष जन समुदायलाई विभिन्न समुदायमा विभाजन गर्दछ । सामुदायिक पहिचानले प्राथमिकता पाउने र जन समुदायलाई गैर–राजनीतीकरण गराउने यसको अर्को दुर्वल पक्ष हो । यसरी जन समुदायमा विभाजन र राजनीतिबाट बिमुखीकरण गराउने ‘पहिचानको राजनीति’का प्रमुख दुर्वल पक्ष हुन् ।
नेपालको सन्दर्भ
नेपालमा विविध जात, जाति र समुदाय भएको सर्वविदितै छ । विविधत्ता हुनु नराम्रो होइन । राष्ट्रको विशिष्ट पहिचान र सान हो । तर विगतदेखि नै शासक वर्ग र जातिले विविधत्ताको बीच एकता होइन एक बनाउने धृष्ठता गर्दै आएको छ । परिणाम् एक गराउन त सकेन तर विविधत्ता बीचको जातीय एकतालाई अवश्य पनि खलबल्याई दियो र कमजोर बनायो । र, सामुदायिक पहिचानलनई ओझेल र भ्रमित पारिदियो । जसले गर्दा कैयन जन समुदायको पहिचानका आधारहरू भाषा, संस्कृति, परम्परा, आदि लोप भए वा लोपोन्मुख हुन पुगे । आफ्ना पुख्र्यौली थात–थलो आदि भूमिबाट विस्थापित हुनुप¥यो ।
त्यसकारण राज्य सत्ताको वागडोर सम्हालदै आएका वर्ग र जातिकोे युगौदेखि दमन, उत्पीडन र अन्याय, अत्याचारको मार खेप्दै आएका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम तथा उत्पीडित वर्ग र उपेक्षित क्षेत्रका जनसमुदायको पहिचान र अधिकारको मुद्दा ज्वलन्त बनेको हो । उनीहरुले आज पहिचानका आधारमा आफ्ना आर्थिक, राजनीतिक र सामाजिक हक, अधिकारलाई राज्यले संवैधानिकरूपमा प्रत्याभूत र सोही अनुसार कार्यान्वयनको सुनिश्चिताको निम्ति आवज र आन्दोलन उठाइरहेका छन् ।
पहिचानको मान्यता
सामान्यता, २०४६ को जनआन्दोलन पश्चात आदिवासी जनजाति र दलित समुदायको पहिचानलाई मान्यता दिन थालिएको हो । विशेषतः दश वर्षे जनयुद्ध, २०६२÷६३को संयुक्त जनआन्दोलन, मधेस र आदिवासी जनजाति आन्दोलन लगायतका आन्दोलन र संघर्षहरुले मधेसी, आदविासी जनजाति, दलित लगायत जनसमुदायको आफ्नो पहिचान र अधिकारहरुलाई काफीहदसम्म मुखारित गर्यो । तर पहिचानका आधारमा राज्य सत्तामा समावेसी, समानुपातिक प्रतिनिधित्व र पहुच भने ब्यवस्थित र संस्थागतरुपमा सुनिश्चित हुन सकिरहेको छैन । त्यसकारण आजको प्रधान पक्ष पहिचानका आधारमा आर्थिक, राजनीतिक र सामाजिक हक, अधिकारको संवैधानिक प्रत्याभूत हुनु र कार्यान्वयनको सुनिश्चिता हुनु हो, पहिचानलाई ब्यवस्थित र परिमार्जन गर्नु हो ।
अधिकारको संवोधन
नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम र उपेक्षित क्षेत्रका जन समुदायले उठाउ“दै आएका प्रमुख मुद्दाहरू उनीहरूमाथि गरिदै आएको आर्थिक, राजनीतिक र सामाजिक असमानता, अन्याय र विभेदको अन्त्य गरी समानता र न्यायको प्राप्ति हो । त्यसका लागि आत्मनिर्णयको सिद्धान्त र जातीय क्षेत्रीय स्वशासनको आधारमा राज्यको संघीय संरचनाको निर्माण गर्नु हो । राज्यको सबै तह र अङ्गहरूमा समावेसी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चित हुने संघीय गणतन्त्रात्मक शासन प्रणाली स्थापना गर्नु हो ।
सचेत र खबरदारी
उत्पीडित र उपेक्षित वर्ग, जाति, लिङ्ग, समुदाय र क्षेत्रका नाममा वा उनीहरुको पक्षपाति बनेर आफ्ना निहित स्वार्थपूर्ति गर्न उद्ध्त विभिन्न रुप र रंगमा आउने देशी र विदेसी तत्वहरुको पहिचान गरी समयमै नाङ्गेझार गर्नु अनिवार्य छ । ती तत्वहरुबाट फैलाउन सक्ने जातीय र क्षेत्रीय विदष र दंगाहरुका बारेमा पनि सचेत हुदै तीनलाई खबरदारी गर्नु पनि त्यत्तिकै जरुरी छ ।
अन्त्यमा
निस्कर्षमा भन्नुपर्दा पहिचानको राजनीति एउटा पूँजीवादी सुधारवादी नारा नै हो । तथापि यसलाई प्रगतिशीलरुपमा उठाउन र प्रयोग गर्न सके केही हदसम्म उत्पीडित र उपेक्षित वर्ग, जाति, लिङ्ग, क्षेत्रका जनसमुदायको हक, अधिकार प्राप्तिको आधार बन्न सक्दछ । तर, त्यसका लागि पश्चगामी र यथास्थितिवादीहरुले पहिचानको राजनीतिलाई आफ्ना निहित स्वार्थपूर्तिको माध्याम बनाउने खताराबाट बचाउनु आबश्यक हुन्छ । उनीहरुले त्यसको आधारमा फैलाउन सक्ने जातीय, क्षेत्रीय विद्वैष र दंगाकाबारेमा पनि सचेत हुनु जरुरी छ ।
नेपाली समाज पूजीवादको प्रवेश चरणको संक्रमणकालिन अवस्थामा भएकाले पहिचानको राजनीतिक नारा उठ्नु समयको माग नै हो । तर यसको सवल र दुर्वल पक्षको ख्याल नगरी हचुवा वा एक पक्षरुपमा मात्र उठाउन प्रयात्न गरिए यसले सकरात्मक निस्कर्ष दिदैन । तर यो समाज विकासको क्रमले ल्याएको समयको माग भएकाले यसलाई संवोधन नगरी नेपाली समाजले अग्रगति लिन पनि संभव छैन ।
नेपालमा पहिचान राजनीतिका बारेमा हेर्ने, बुझ्ने र समाधान गर्ने प्रश्नमा कैयन अल्मलता र अस्पष्टता तथा जड्ता र रुड्ता छन् । त्यसैगरी केही अति पनि छ, राज्य पक्ष र यो नारा उठाउने पक्षहरुका साथै राजनीतिक दलहरुमा ।
यसको अभिब्यक्त यसरी भइरहेको छ, नेपालमा । जस्तै, संघीयताको बारेमा एउटा पक्षले संघीयता हुन्छ तर पहिचान सहितको संघीयता हुदैन, अझ जातीय पहिचान सहितको त ज्यान गए हुदैन भन्छ । त्यसैको परिणाम हो राज्य पक्षले घोषणा गरेको बेनामे प्रदेश । अर्का पक्ष पहिचान सहितको संघीयता भए हुन्छ, अन्यथा अलग राज्य । अनि अर्को पक्ष छ, संघीयता नै चाहिदैन । यी अति हुन् । जबकि पहिचानको प्रश्न समाज विकासक्रमले ल्याएको समयको माग हो । यसको सकरात्मक ब्यवस्थापन अपरिहार्य छ । वास्तवमा संघीयता नेपाली समाजको जातीय र क्षेत्रीय पहिचानलाई संवोधन र समायोजन गर्दै विविधत्ता बिचको एकता मजवुत बनाउने उपयुक्त माध्यम हो ।
त्यसैगरी मधेसी र आदिवासी जनजातिको कुरा उठ्दा यी त नेपाली नै हैनन् भने जसरी हेर्ने । तराई–मधेस र थारुवानको कुरा गर्दा तराई–मधेस र थरुवान त नेपाल नै हैन वा नेपालबाट अलग हुने जस्तोगरी बुझने । यी पनि अंहकारवादी रुड्तायुक्त अति नै हो । तथ्यत मधेसी र आदिवासी जनजाति समुदाय पनि त नेपाली जाति (राष्ट्र«¬) कै समग्रताको अंग हो । त्यस्तै तराई–मधेस र थारुवान पनि नेपाल कै एउटा भाग हो भनेर किन नहेर्ने र बुझ्ने । मधेसी, आदिवासी जनजाति, दलित, खस आर्य, आदि सबै जनसमुदाय मिलेर त नेपाली जाति (राष्ट्र«¬) बन्ने हो । त्यसैगरी तराई–मधेस, थारुवान, लिम्वुवान, खसान, आदि सबै भू–भाग मिलेर नेपाल बनेको छ ।
नेपालका उत्पीडित र उपेक्षित जनसमुदाय प्रष्ट हुनु पर्ने विषय के हो भने समुदायगत पहिचान समुदायभित्रको साझा विषय बन्नु पर्दछ । त्यो विविधत्ता भित्रको विविधत्ता हो । त्यसको संरक्षण र संवद्र्धन गर्नु विविधत्ताबीच एकताको आधारलाई सवल र मजवुत बनाउनु हो ।
तर समग्रमा भन्दा नेपालका दर्जनौं जात, जाति र समुदायको साझा पहिचान नेपाली हो र हुनुपर्दछ । त्यसकारण विविध जनसमुदायको राष्ट्रिय (जातीय) एकतालाई सवल र सुदृढ बनाई सार्वभौम, स्वाधिन, स्वतन्त्रत र सम्वृद्ध राष्ट्र निर्माणको साझा उद्देश्यलाई निस्कर्षमा पु¥याउनको लागि साझा पहिचान नेपाली जाति (राष्ट्र¬)को आधारमा नै उत्पीडित र उपेक्षित जाति र क्षेत्रका जनसमुदायले आफ्नो आवाज र आन्दोलनलाई अगाडि बढाउनु सर्वोत्तम हुनेछ ।
http://moolbato.com बाट साभार 

नयाँ जनवादी क्रान्तिको नेपाली विशिष्टता - - प्रेम सुवेदी

“कम्युनिस्ट पार्टीको नेतृत्वमा एउटा नौलो खालको पुँजीवादी जनवादी क्रान्ति साङ्गोपाङ्गो रुपले पुरा नगरी औपनिवेशिक, अर्ध–औपनिवेशिक र अर्ध सामन्ती व्यवस्थाको अवशेषमाथि समाजवादी समाज निर्माण गर्न खोज्नु फोस्रो कल्पना मात्र हुनेछ ।” – माओत्सेतुङ्ग
    उपरोक्त भनाईले कुनै पनि देशको क्रान्तिको कुरासँग त्यहाँको वस्तुगत अवस्था मुख्यतः अर्थराजनीतिको जगमा नै त्यस सम्बन्धी नीति निर्माण गर्न सकिन्छ र गर्नुपर्ने कुरालाई स्पष्ट गर्दछ । जहाँसम्म क्रान्तिको कुरा छ, त्यो व्यक्तिको इच्छा वा चाहानामा  होेइन, देशको समग्र उत्पादन प्रणाली, समाज विकासको ऐतिहासिक चरण र त्यसको पार्टी, क्रान्तिसम्बन्धी आम र विशिष्ट नीति त्यसको नेतृत्व गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी सर्वहारा वर्गको पार्टी, क्रान्ति सम्बन्धी आम र विशिष्ट नीति त्यसको कार्यान्वयन गर्ने उत्पीडित वर्ग तथा समुदायको संगठन तथा संघर्षसम्बन्धी सही दृष्टिकोण अनिवार्य हुन्छ । माओले भने झै कुनै पनि औपनिवेशिक, अर्धऔपनिवेशिक तथा अर्धसामन्ती अर्थव्यवस्था रहेको मुलुकमा अनिवार्य रुपमा नैलो खालको पुँजीवादी क्रान्तिको कार्यभारलाई पुरा गरेर नै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नु सही दृष्टिकोण हुन्छ । यदि कसैको चाहना वा इच्छाका आधारमा त्यस्ता देशमा समाजवादी क्रान्तिको कुरा गरिन्छ भने त्यो फोस्रो कल्पना मात्र हुन्छ । तसर्थ, क्रान्ति सम्बन्धी नीति तय गर्दा ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा गर्न जरुरी पर्दछ । र, त्यो नै मालेमावादी विश्व दृष्टिकोण हो ।
    नेपालमा यतिवेला उठेका क्रान्तिसम्बन्धी अलग–अलग दृष्टिकोणहरुका वस्तुगत तथा आत्मगत कारणहरु नखोजी त्यस सम्बन्धी विचार व्यक्त गर्नु सही तरिका होइन । नेपालको समग्र अर्थराजनीतिको जुन अवस्था छ, त्यो जगमा नै नेपाली क्रान्तिको नीति र कार्यक्रम तर्जुमा गर्न सके मात्र समाजको रुपान्तरण सम्भव हुन्छ । तसर्थ, अहिले पनि नेपाली समाज अर्ध-नवऔपनिवेशिक तथा अर्धसामन्ती अवस्थामा रहेकोले यहाँको क्रान्तिको मुख्य कार्यभार जनवादी क्रान्ति नै हुने कुरा स्पष्ट छ । तर, समाजमा भएका कैयौं राजनैतिक परिवर्तन तथा साम्राज्यवादी वित्तीय पुँजीको एकाधिकार कायम हुँदै जानु, साम्राज्यवादी नवउदारवादी अर्थराजनीतिको प्रभाव जस्ता कुराले क्रान्तिको आधारभूत चरित्र नै बदलियो भन्ने जस्ता कुरा पनि उठ्ने गरेका छन् । यी कुरा उठ्नु नराम्रो होइन, तर समग्रमा नेपालको अर्थराजनीतिमा अहिले पनि सामन्तवादी उत्पादन प्रणाली कायम हुनु र साम्राज्यवाद विशेषतः भारतीय विस्तारवादको एकाधिकार शोषण र दमनबाट नेपाल स्वाधीन बन्न नसकिरहेको पृष्ठभूमिमा पुँजीवादी जनवादी क्रान्ति नै अहिलेको नेपालको विशिष्टता हो ।
    यो विशिष्टतालाई उपेक्षा गरेर आजको क्रान्तिको कार्यभार पुरा हुन सक्दैन । अहिले कतिपय पार्टीहरु विशेष गरेर दक्षिणपन्थी संसोधनवादीहरु र केही बुद्धिजीवीहरुले पुँजीवादी क्रान्तिको कार्यभार पुरा भयो, अब समाजवादको स्थापना गर्नु पर्दछ भन्ने जस्ता तर्कहरु तथा नीतिहरु निश्चित गरेका छन् । यी नीति माओले भनेझैं फोस्रो कल्पना मात्र हुन् । निश्चय नै नेपाली समाज हिजोकै अवस्थामा छैन । तर्सथ, नयाँ जनवादी क्रान्ति चीनमा जसरी सम्पन्न भयो, त्यसरी नै सम्पन्न हुन्छ भन्ने होइन । नेपालको विशेषतामा नयाँ जनवादी क्रान्ति हुन्छ र गर्नुपर्दछ । नेपाली समाज साम्राज्यवाद र सामन्तवादको शोषण, दमन र उत्पीडनबाट सम्पूर्णरुपमा मुक्त भयो भन्ने तर्क सारमा साम्राज्यवाद र सामन्तवादप्रतिको आत्मसमर्पण नै हो । नाङ्गो रुपमा देखिएको तथ्यलाई ‘होइन’ भन्नुको तात्पर्य स्वयंको दलाली गर्नु नै हो । त्यसैले आजको नेपाली समाजको धरातलीय यथार्थताका आधारमा नै हामीले क्रान्तिको कार्यदिशा तय गर्नु पर्दछ । यो नै मालेमावादको सारतत्व हो । जहाँसम्म समाजवादलाई अहिलेको कायदिशा बनाउने कुरा छ, त्यो मनोगतवादी सोचाइ मात्र हो ।
    नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्तिको विषय सामान्य पदावलीको कुरा मात्र नभएर यी दुई अलग अलग युगसँग जोडिएका विषय हुन् । तसर्थ, यी विषयमा रहेका अन्तरहरुलाई सामान्य तर्कका आधारमा होइन, समाज विकासका ऐतिहासिक चरणको अध्ययन र त्यहाँ अन्तर्निहित अन्तरविरोधका आधारमा समाधान खोज्नु पर्दछ । सामन्य कुरा के हो भने अर्धसामन्ती तथा अर्ध-नवऔपनिवेशिक अर्थव्यवस्था रहेको देशको आधाभूत अन्तविरोध एकातिर घरेलु प्रतिक्रियावाद तथा साम्राज्यवाद-विस्तारवाद र अर्कोतिर साम्राज्यवाद विस्तारवाद तथा नेपाल राष्ट्र बीचमा छ । यस स्थितिमा कम्युनिस्ट पार्टीको न्यूनतम कार्यक्रम नयाँ जनवाद र अधिकतम कार्यक्रम समाजवाद तथा साम्यवाद हुने कुरा प्रष्ट छ । यस विषयमा चर्चा गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को एकता अधिवेशनमा पारित राजनैतिक प्रतिवेदनमा भनिएको छ, “नेपाली क्रान्तिको वर्तमान चरणमा दलाल एवम् नोकरशाही पुँजीपति र सामन्त वर्ग प्रमुख दुश्मन रहेका छन् । ती वर्ग सामन्यतः साम्राज्यवाद र विशेषतः भारतीय विस्तारवादद्वारा निर्देशित तथा परिचालित रहिआएका छन् । अहिले दलाल एवं नोकरशाही पुँजीपति तथा सामन्त वर्ग एकातिर र आम जनसमुदाय अर्कोतिर भई प्रधान अन्तरविरोध बनेको छ ।” उपरोक्त भनाईले नेपाली समाजको विशिष्टता र प्रधान अन्तरविरोधको विषयमा एकदम वस्तुनिष्ट निस्कर्ष निकालेको छ । तर्सथ, क्रान्तिको आजको कार्यभार के हो ? भन्ने स्वतः प्रष्ट छ । अतः नयाँ जनवादी क्रान्ति नै अहिलेको नेपाली क्रान्तिको आधारभूत कार्यक्रम हो भन्ने कुरा यी भनाईले स्पष्ट गर्दछ ।
    देशमा पुँजीवादी क्रान्ति सम्पन्न भयो, अब समाजवादी क्रान्तिलाई मुख्य कार्यदिशा बनाउनु पर्दछ भन्ने पार्टी तथा व्यक्तिहरुले अगाडि सारेका केही तर्कहरु यस्ता रहेका छनः सामन्तवादको नेतृत्व गरेको राजतन्त्रको अन्त्य तथा देशमा लोकतान्त्रिक राजनैतिक प्रणालीको स्थापना हुनुले पुँजीवादी क्रान्तिको चरण पुरा भयो । यही तर्कका आधारमा मात्र पुँजीवादी क्रान्तिको चरणलाई पुरा गर्यो भन्ने कुरा सत्य होईन । देशको राजनीतिमा मात्रात्मक परिवर्तन भएको कुरा सत्य हो । तर मूलभूत रुपमा पुँजीवादी क्रान्ति सम्पन्न भयो भन्ने कुरा सही हुँदैन । जस्तो राजतन्त्रको अन्त्य हुनुको अर्थ सम्पूर्ण रुपमा सामान्तवाद समाप्त भयो भन्ने जुन बुझाई छ, त्यो सही होइन । अहिले पनि सामन्तवादी उत्पादन प्रणाली कायम छ । यो सत्य हो, सामन्तवाद हिजोको अवस्थामा छैन । त्यो कमजोर बनेको छ । राजतन्त्रको अन्त हुँदैमा पुँजीवादी क्रान्ति पुरा हँुदोरहेनछ भन्ने कुरा त चीनको इतिहास हेर्दा पनि थाहा हुन्छ, जस्तो कि १९११ मा त्यहाँ राजतन्त्रको अन्त्य भयो, तर पुँजीवादी जनवादी क्रान्तिका लागि त्यहाँ चलेको संघर्ष धेरै समय पछि नै सम्पन्न भयो । त्यति मात्र होईन आज कतिपय देशहरु जस्तो वेलायत, जापान लगायतका मुलुकमा राजतन्त्र छ तर सामन्तवाद छैन । तर्सथ, विषयलाई हेर्दा कुनै एउटा पक्षको आधारमा निश्कर्ष निकाल्नु सही हुँदैन । समग्र जस्तो अर्थराजनीति, समाज विकासका ऐतिहासिक चरणहरु, वर्गसंघर्षमा अभिव्यक्त भएका अन्तरविरोध आदि यी सार पक्षमा ध्यान दिएर नै सही निश्कर्षमा पुग्न सकिन्छ । त्यो नै मालेमावादी पद्धति हो ।
    लोकतान्त्रिक प्रणाली कै कुरा पनि त्यो सँग जोडिएको अर्थराजनीतिलाई अलग गरेर हेर्न मिल्दैन । नेपालकै इतिहासमा हेर्दा आजभन्दा झण्डै २५ सय वर्ष पहिले बुद्धकालीन समाजमा धेरै लोकतान्त्रिक मान्यता थिए भन्ने पाइन्छ, के त्यही आधारमा समाजवादको आधार निर्माण भएको थियो भन्न सकिन्छ ? अवश्य सकिदैन । उपरी संरचनामा हुने कतिपय परिवर्तनको अर्थ समाजको आधार नै बदलियो भन्ने सही होईन । त्यस प्रकारका मनोगत तथा काल्पनिक कुरालाई माक्सवादीहरुले विश्वास गर्दैनन् र त्यो सही दृष्टिकोण पनि होइन । समाजको धरातलीय अवस्था जे छ, त्यसको आधारमा कार्यदिशा निश्चित हुन्छ र हुनुपर्दछ । तसर्थ, यतिवेला नेपाली समाजको अवस्था भनेको अर्धसामन्ती तथा अर्ध-नवऔपनिवेशिक रहेकोले माओले भने झै नयाँ खालको पुँजीवादी जनवादी क्रान्ति नै हाम्रो विशिष्टता हो भन्ने प्रष्ट छ । जनवादी क्रान्तिको कार्यभारलाई पुरा गरेर नै समाजवाद र साम्यवादको यात्रा अगाडि बढाउन सकिन्छ ।

http://moolbato.com बाट साभार 

कमरेड माओबाट सिकौं !

१. जनदिशाबारे
    “राजनीतिले जनदिशा अनुशरण गर्नुपर्छ । नेताहरूमाथि मात्रै भर गरेर हुँदैन । नेताहरूले त्यति धेरै कसरी गर्न सक्छन् ? नेताहरूले सबै, राम्रो र नराम्रोको एउटा अंश मात्र भ्याउन सक्छन् । त्यसैले, प्रत्येकलाई उत्तरदायित्व बाँडचुँड गर्न, बोल्न, अरू मान्छेलाई प्रोत्साहित गर्न र अरू मान्छेलाई आलोचना गर्नको निम्ति परिचालन गर्नुपर्छ । प्रत्येक जनासँग एक जोडा आँखा र मुख हुन्छ र उसलाई हेर्न र बोल्न दिनुपर्छ । जनवादको अर्थ जनसमुदायलाई अाफ्नो गतिविधि आफै व्यवस्थापन गर्न दिनु हो । यहाँ दुई वटा तरिका छन्ः एउटा केही व्यक्तिहरूमाथि भर गर्ने र अर्कोचाहिं काम कार्वाहीको व्यवस्थापन गर्न जनसमुदायलाई परिचालित गर्ने  । हाम्रो राजनीति जनराजनीति हो । जनवादी शासन भनेको सबैको शासन हो, केहीको मात्र शासन होइन । प्रत्येकलाई अाफ्नो मुख खोल्न उत्प्रेरित गर्नुपर्छ । उसको मुख छ, त्यसैले उसको दुई वटा उत्तरदायित्व हुन्छ– खाने र बोल्ने । जहाँ उसले नराम्रो कुरा अथवा नराम्रो कार्यशैली देख्छ, त्यहाँ उसले बोल्नुपर्छ । उसले अाफ्नो संघर्ष गर्ने कर्तव्य पालन गर्नुपर्छ ।

    “यदि पार्टीको नेतृत्वमाथि होइन कि नेतामाथि नै पूरै भर गर्ने हो भने केही पनि राम्रोसँग गर्न सकिन्न । (हामीले) एउटा नेतामाथि मात्र होइन कि पार्टी र (हाम्रा) कमरेडहरूमाथि भर गर्नुपर्दछ । निष्क्रिय जनसमुदायले पछ्याउने एउटा सक्रिय नेता भएर पुग्दैन, हामीले एउटा पद्धति बसाल्नुपर्छ कि जनसमुदायले अाफ्ना दुबै हात र मुखको उपयोग गरून् । काम राम्रोसंग सम्पन्न गर्ने एउटा मात्र तरिका माथिबाट पार्टीको नेतृत्व र तलबाट जनसमुदाय (को समर्थन) माथि भर गर्नु हो ।”

    (“पेकिङ शिक्षक तालिम महाविद्यालयको छानविनको रिपोर्टबारे टिप्पणी” जुलाई ३, १९६५ छानिएका रचना (अंग्रेजी) भाग– ९ पे. २१८–१९)

mao-communist-snake

२. क्रान्तिकारी उत्तराधिकारीहरूबारे

    “उत्तराधिकारीहरू माक्र्सवादी–लेनिनवादी हुनुपर्छ, उनीहरूले बहुसंख्यक जनताको हितको सेवा गर्नुपर्छ, उनीहरू बहुसंख्यक जनतासँग एकाकार हुनुपर्छ, उनीहरूले जनवादी कार्यशैली देखाउनुपर्छ र उनीहरूले खास योजना बनाउनुपर्छ । तपाईंंहरूले पनि केही उत्तराधिकारीहरू हुर्काउनुपर्छ । तपाईंंहरूले सधैं यस्तो सोंच्नु हुँदैन कि तपाईंं आफूले मात्रै गर्नु हुनेछ र अरूले गरेको सबै थोक कुनै कामको हुँदैन, मानौं संसारमा तपाईंंबिना पृथ्वी नै घुम्ने छैन र कुनै पार्टी भन्ने रहने छैन । के तपाईं ठान्नुहुन्छ कि कसाई चाङको मृत्युपछि सबैले भुत्लासहितको सुँगुरको मासु खानुपर्ने छ ? कसैको मृत्युबाट पनि डराउनुपर्ने कुनै आवश्यकता छैन । कसको मृत्युले ठूलो नोक्सान हुनेछ ? माक्र्स, एंगेल्स, लेनिन र स्टालिन, के वहाँहरू सबैको मृत्यु भइसकेको छैन र ? तैपनि क्रान्ति अगाडि बढिरहनुपर्छ । एउटा व्यक्तिको मृत्यु कसरी त्यति ठूलो घाटा हुन सक्छ ? त्यस्तो कुनै चीज हुँदैन । मान्छेले सधैं मर्नैपर्छ तर मर्ने विभिन्न तरिकाहरू छन् । कोही दुश्मनद्वारा मारिए, कोही विमान दुर्घटनामा मरे, कोही पौडी खेल्दा डुबे, कोही रोगले मरे, कोही बूढेसकालले मरे । हामीले एटम बलले मर्नेहरूको पनि हिसाब गर्नुपर्छ । हामीले कुनै पनि बेला अाफ्नो कामको पद छोड्न तयार हुनुपर्छ र सधैं उत्तराधिकारीहरू तयार पारेर बस्नुपर्छ । प्रत्येक व्यक्तिसँग उत्तराधिकारीहरू तयार हुनुपर्छ । उसका उत्तराधिकारीहरूका तीन पंक्ति हुनुपर्छ । उसका एक, दुई र तीन जोडा हात हुनुपर्छ र ऊ ठूलो आँधीबेहरीबाट डराउनु हुँदैन ।”
    –“फौजी क्षेत्रको कामलाई पूरा प्रभावकारी बनाउने र क्रान्तिका उत्तराधिकारीहरू तयार गर्नेबारे कुराकानी”, जून १६, १९६४ छानिएका रचना (अंग्रेजी) भाग–९ पे. ९७ ।

३. एकको दुईमा विभाजनबारे

“प्रत्येक चीजको एकको दुईमा विभाजन हुन्छ । म व्यक्तिगत रूपमा पनि एकको दुईमा विभाजन हुँ । म प्राथमिक विद्यालयको शिक्षक थिएँ, र जब म सानो थिएँ, म प्रेतात्मामा पनि विश्वास गर्थें । म मेरी आमासंग टाढाको मन्दिरमा धूप बत्ती बाल्न जान्थें । अक्टोबर क्रान्तिभन्दा पहिले मलाई कुनै माक्र्स भन्ने छन् भन्ने पनि थाहा थिएन अथवा माक्र्सपछि घटेका कुनै घटनाबारे थाहा थिएन ।”

    “एउटा पनि गल्ती नगरेको कुनै मान्छे छ त ? हाम्रा केही कमरेडहरूलाई अधिभूतवाद मन पर्छ । अधिभूतवाद भनेको के हो ? यो एकांगीपन हो, खाली राम्रो कुरा मात्र भन्न दिने तर नराम्रो कुरा भन्न नदिने, अनि राम्रो कुरा मात्र सुन्न मन पराउने तर नराम्रो कुरा सुन्न भने मन नपराउने ।

    “माक्र्स पनि एकको दुईमा विभाजन हुनुहुन्थ्यो । माक्र्सको दर्शन हेगेल र फायरवाखबाट सिकिएको थियो, उहाँको अर्थशास्त्र बेलायतको रिकार्डो र अरूहरूबाट सिकिएको थियो र फ्रान्सबाट उहाँले काल्पनिक समाजवाद पढ्नुभयो । यो सबै बुर्जुवा थियो । यसबाट एकको दुईमा विभाजन भयो र माक्र्सवाद पैदा भयो । म तपाईंंलाई सोध्छु, जब लेनिन सानो हुनुहुन्थ्यो, के उहाँले कहिल्यै माक्र्सका रचनाहरू पढ्नुभएको थियो ?”

    “हाम्रो यो पार्टी पनि एकको दुईमा विभाजन हो ।” – “एउटा जानकारी बैठकमा”, मार्च १९६४, छानिएका रचना (अंग्रेजी) भाग– ९ पे. ७४

mao-3-sfr-afp-gett_3541464b

४. युद्धनीतिबारे

    “दुई वटा तरिका छन्– तिमी तिम्रो तरिकाले लड र म मेरो तरिकाले लड्ने छु । फौजी तर्क जेसुकै भए पनि त्यसलाई यी दुई वटा वाक्यमा सजिलैसँग झार्न सकिन्छ । तिमी तिम्रो तरिकाले लड भनेको के हो ? उसले मसंग लड्न खोच्छ, तर फेला पार्न सक्दैन, त्यसरी बीचैमा तुहिन्छ । म मेरो तरिकाले लड्ने छु भनेको के हो ? हामीले केही सैन्य डिभिजन र व्रिगेडलाई केन्द्रित गर्दछौं र उसलाई निल्छौं । …..”

    “….. प्रधान कुरो युद्ध मैदानमा तालिम लिनु हो । शान्तिकालमा तालिम रातमा गर्नुपर्छ । युद्धको कालमा लडाइँ लडेर सिक्नुपर्छ । तपाईंंहरूले मेरा रचनाहरू पढेको कुरा गर्नु भएको होइन त ? यी कुराहरू त्यति उपयोगी नहोलान्, तर त्यहाँ दुई वटा मुख्य पंक्ति छन्ः तिमी तिम्रो तरिकाले लड र म मेरो तरिकाले लड्ने छु । म मेरो तरिकाले लड्ने छु भन्ने वाक्यलाई थप दुई वटा वाक्यमा बाँड्न सकिन्छः यदि मैले जित्न सक्ने भए म लड्ने छु, यदि मैले जित्न सक्दिनँ भने म भाग्नेछु । साम्राज्यवादीहरू यो तरिकादेखि ज्यादै डराउँछन् । यदि मैले जित्न सक्ने भए मैले तिमीलाई निल्नेछु, यदि मैले जित्न सक्दिनँ भने म भाग्नुे छु ताकि तिमीले मलाई फेला पार्न असम्भव हुनेछ । सुरुमा, दुबै आक्रामक र रक्षात्मक कार्वाहीहरूमा हामीले शेकसँग लड्दै थियौं, हामी साना लडाइँबाट ठूला लडाइँतिर गयौं र पनि उसका ५ लाख सेनालाई ध्वस्त पार्न हामीले ३ लाख सेना प्रयोग ग¥यौं । उसका पाँच वटा औंलालाई टोक्न हामीले तीन वटा औंलाहरू प्रयोग ग¥यौं । हामी अल्पसंख्यामा थियौं, तब कसरी हामीले उनीहरूलाई खान सक्यौं त ? हामीले टुक्रा–टुक्रा पारेर खायौं । परिणाम यो भयो कि हामीले उनीहरूलाई निल्यौं ।”

    –“तिमी तिम्रो तरिकाले लड र म मेरो तरिकाले लड्नेछु– फिलिस्तिनी मुक्ति संगठनको प्रतिनिधिमण्डलसंग कुराकानी”, मार्च १९६५, छानिएका रचना (अंग्रेजी) भाग– ९ पे. २१४–१५

५. रूप र सारबारे

    “ब्रिटेन एउटा राजतन्त्र हो । के उसको राजा छैन त ? अमेरिकामा राष्ट्रपति प्रणाली छ । तिनीहरू दुबै बुर्जुवाअधिनायकत्व हुनाले एउटै हुन् । दक्षिण भियतनामको कठपुतली सरकारको राष्ट्रपति छ र उसको छिमेकमा क्याम्बोडियामा सिंहानूकको राजतन्त्रात्मक अधिराज्य छ । कुन चाहिं देश बढी राम्रो छ त ? मलाई सिंहानुक राजा भएको कम्बोडिया केही बढी राम्रो छ । भारतमा राष्ट्रपति प्रणाली छ, उसको छिमेकी नेपाल एउटा राजतन्त्रात्मक मुलुक हो । कुन चाहिं देश बढी राम्रो छ त ? यस्तो प्रतीत हुन्छ कि भारतभन्दा त्यो राजतन्त्रात्मक मुलुक (नेपाल) केही बढी राम्रो छ । यो अहिलेको उनीहरूको व्यवहारलाई हेरेर हो । पुरानो चीनमा तीनवटा राजा र पाँचवटा बादशाह थिए । चाउ वंशमा उनीहरूलाई राजा भनिन्थ्यो भने चीन वंशमा बादशाह भनिन्थ्यो । … यसरी देखिन्छ कि नाउँहरू (पदवीहरू) बारम्बार बदलिएका छन् । तर हामीले देख्न चाहेको कुरो नाउँको परिवर्तन होइन, किनकि समस्या नाउसँग होइन व्यवहारासँग हुन्छ. रूपसँग होइन, सारसँग हुन्छ ।”

    –“कमरेड चाङ चुन–चियाओ र माओ बेन–यूआन्सँग तीनवटा भेटघाटमा कुराकानी” फरवरी १९६७ छानिएका रचना (अंग्रेजी), भाग–९ पे.३३०–३१ (अनु.कमल)


http://moolbato.com बाट साभार 

Wednesday, July 13, 2016

यस्तो हुन्छ समाजवादी क्रान्तिको कार्यदिशा आहुति

१. भूमिका
भरखरै धु्रबीकरणको नयाँ सिलसिलामा गठन हुन पुगेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्म आइपुग्दा नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा अब समाजवादी क्रान्तिको कार्यदिशामातहत एकीकृत हुँदै जाने स्पष्ट संकेत देखिएको छ । एकीकृत ने.क.पा.(माओवादी) को वि.सं. २०६९ सालमा हेटौंडामा सम्पन्न सातौं महाधिवेशनबाट यो कार्यदिशा पारित गरेको भए तापनि विभिन्न भङ्गालामा विभाजित हुन पुगेका माओवादी समूहबीच समाजवादी क्रान्ति कि नयाँ जनवादी क्रान्ति भन्ने बारेमा तिखो वहस चल्दै आएको थियो र अहिले पनि आन्दोलनमा यो वहस चलि नै रहेको छ । स्वाभाविक रुपमा नै पार्टीको रणनीति वा कार्यदिशाका बारेमा हुने भ्रम र अस्पष्टताले आन्दोनलले सही दिशा लिन सक्दैन नै, त्यसैले समाजवादी क्रान्तिको कार्यदिशाको आवश्यकता र औचित्यको बारेमा यस आलेखमा छलफल चलाउने प्रयत्न गरिएको छ । हुन त दलाल पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने पार्टीहरु र कम्युनिष्टको झण्डा गाडेर दलाल पुँजीपतिवर्गकै सेवा गर्ने दक्षिणपन्थी अवसरवादी पार्टीहरुले पनि समाजवादकै कुरा गर्ने गरेका तथा गरिरहेका सन्दर्भमा यहाँ कुन खाले समाजवादी क्रान्तिको कार्यदिशा बारेको छलफल हो भन्ने प्रश्न उठ्न सक्छ, यसको उत्तर सिधा छ कि वैज्ञानिक समाजवाद स्थापनाका निम्ति गरिने कन्युनिष्ट समाजवादी क्रान्तिको कार्यदिशा बारेमा नै यहाँ छलफल चलाउने उद्देश्य राखिएको छ ।

२. नयाँ जनवादी क्रान्तिको रणनीति ६ दशकसम्म किन थियो ?

नेपाली कम्युनिष्ट आन्दोलनको करिब ६ दशकमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादतिर लाग्ने रणनीति बोक्दै आएको, त्यही रणनीतिलाई अभ्यास गर्दै आएको र त्यसैद्वारा क्रान्तिकारी नेता कार्यकर्ताको दिमागी ढाँचा समेत बन्दै आएको एतिहासिक सन्दर्भमा यस रणनीतिलाई परिवर्तन गरेर समाजवादी क्रान्तिको रणनीतिमा जाँदा स्वाभाविक रुपमा भ्रम, अस्पष्टता र कतिपय अवस्थामा आशंका समेत जन्मिने कुरालाई अस्वाभाविक मान्न सकिँदैन । त्यसप्रकारका भ्रम, अस्पष्टता र आशंकाहरुलाई छिचोल्दै आज नेता, कार्यकर्ता र जनताको हृदयमा समेत आशा र उत्साहको ज्योति सल्काउन कार्यदिशाको बारेको छलफललाई धेरै नै मेहनतपूर्वक अगाडि बढाउनु पर्ने आवश्यकता छ । केही सैद्धान्तिक मान्यता र केही चोटिला भाषणका भरमा मात्र यो काम सम्भव छैन भन्ने कुरा गहिरो गरी आत्मसात् गर्नै पर्दछ । यो छलफललाई अगाडि बढाउँदा विषयलाई जति सक्दो सरल बनाउन पनि ध्यान दिनुपर्ने अर्को आवश्यकतलाई मनन गर्नु जरुरी छ ।
प्रष्ट भएकै कुरा हो कि एतिहासिक भौतिकवादको नजरबाट हेर्दा समाज विकासका विगतका चरण र आगामी भविष्यको आंकलन यस्तो देखिन्छ– आदिम साम्यवादी युग, दास– मालिक युग, सामन्तवादी युग, पुँजीवादी युग (जसभित्र प्रगतिशील पुँजीवादी चरण र एकाधिकार पुँजीवाद हुँदै आजको निगमीकृत साम्राज्यवादी चरनसम्म पर्दछन्) र वैज्ञानिक समाजवाद हुँदै साम्यवादी युग । समाज विकासका यी हरेक चरणका क्रान्तिकारीले समाजलाई अगाडि लैजान रणनीति अथवा राजनीतिक गन्तब्य तय गर्दै आएका हुन् । जस्तो सामन्तवादी समाजलाई भत्काउन उनीहरुले जनवादी क्रान्तिको रणनीति लिए । जनवादी क्रान्तिको रणनीति लागू भइसक्दा समाज पुँजीवादी बन्न पुग्यो । त्यसपछि पुँजीवादलाई भत्काएर समाज अगाडि बढाउने समाजवादी क्रान्तिको रणनीति अख्तियार गर्नु अनिवार्य भयो र रुस, चीन आदि देशमा त्यसै गरियो ।
नेपालमा चारवटा शब्दहरु प्रचलित हुँदै आयो जसको सार अर्थ भने एउटै हुन्छ । ती शब्दहरु जनवाद, जनतन्त्र, प्रजातन्त्र र लोकतन्त्र हुन् । यी सबै शब्दको अँग्रेजीमा एउटै अर्थ हुन्छ ‘डेमोक्रेसी’ । नेपाली राजनीतिमा आफ्नो धार फरक गर्न वा बदलिएको समयलाई प्रतिबिम्वन गर्न विभिन्न समयमा यी चार मध्ये फरक फरक शब्द प्रयोग गरिए पनि तिनको सार अर्थ भने एउटै हो । जनवाद, जनतन्त्र, प्रजातन्त्र र लोकतन्त्र भन्ने शब्दहरु राजनीतिक पदावली हुन् भने यो पदावलीले समाज विकासको कुन चरणलाई बुझाउँछ त ? निःसन्देश यो पदावलीले पुँजीवादी समाजलाई बुझाउँछ । यसको सिधा अर्थ सामन्तवाद ठीक छैन, पुँजीवाद चाहियो भनिएको हो । त्यसरी नै जनवादी क्रान्ति भनेको सामन्तवादलाई ढालेर पुँजीवादी ब्यवस्था स्थापना गर्ने भनिएको हो भनी सजिलै बुझ्न सकिने कुरा हो ।
चिनियाँ कम्युनिष्ट क्रान्तिमा पहिलो पल्ट माओ त्से तुङले जनवाद शब्दको अगाडि ‘नयाँ’ भन्ने शब्द थपे र ‘नयाँ जनवाद’ भन्ने राजनीतिक पदावलीको जन्म भयो, त्यसअघि नयाँ जनवाद भन्ने पदावली नै राजनीतिशास्त्रमा थिएन । नयाँ जनवादको सरल अर्थ नयाँ पुँजीवाद भन्ने लाग्दछ । माओले नयाँ जनवादबारे नामक आफ्नो रचनामा यही सरल अर्थसँग मिल्ने उत्तर नै दिएका छन् । जनवादी नभइ नयाँ जनवादी क्रान्तिको रणनीति वा कार्यदिशाको ब्याख्या गर्दा ‘नयाँ’ किन भन्ने प्रश्नको उत्तर दिँदै उनले के भनेका छन् भने सामन्तवादका विरुद्ध पुँजीवादी क्रान्ति पनि पुँजीपतिवर्गको सट्टा सर्वहारावर्ग अर्थात कम्युनिष्ट पार्टीको नेतृत्वमा गर्ने भएकाले यो नयाँ पुँजीवादी क्रान्ति । त्यसैगरी पुँजीवादी क्रान्ति सर्वहारावर्गको नेतृत्वमा हुँदा नयाँ जनवादी अथवा नयाँ पुँजीवादी ब्यवस्थाको सत्ताधारी सर्वहारावर्ग बन्न पुग्ने भएकाले वैज्ञानिक समाजवादतिर शान्तिपूर्ण ढंगले जाने ढोका खुल्ने भएकाले पनि त्यो नयाँ । यसप्रकार पुनः स्मरण गर्नै पर्ने विषय के हो भने नयाँ जनवादी क्रान्ति भनेको पुँजीवादी क्रान्ति नै हो, समाजवादी क्रान्ति होइन । फरक यति हो कि जनवादी क्रान्ति हुँदा पुँजीपतिवर्गको नेतृत्व र सत्ता बन्छ भने नयाँ जनवादी क्रान्ति हुँदा सर्वहारावर्गको नेतृत्व र उसकै सत्ता बन्न पुग्दछ । नेपालका सन्दर्भमा पनि विगत ६० बर्षमा नयाँ जनवादी क्रान्ति भनेर नेपालको सामन्तवादलाई नष्ट गरेर पुँजीवादी ब्यवस्था स्थापना गर्ने नै भनिएको हो । त्यसको नेतृत्व सर्वहारावर्गले गर्ने र क्रान्तिपछि सर्वहारावर्गकै सत्ता निर्माण गर्ने लक्ष्य राखिएको हो भन्ने स्पष्टै छ ।
कुनै पनि राजनीतिक क्रान्तिको कार्यदिशा वा रणनीति त्यस समाजको विकासको चरणमा आधारित भएर तय गरिन्छ । यस कोणबाट हेर्दा चिनियाँ कम्युनिष्ट पार्टीले समाजवादी क्रान्तिको रणनीति नबनाई त्यतिबेला किन नयाँ जनवादी क्रान्तिको रणनीति बनायो त ? त्यस विषयमा पनि माओले त्यसअघि प्रयोग नभएका पदावली प्रयोग गरेर चिनियाँ समाजबारे ब्याख्या अगाडि सारे । उनले त्यति बेलाको चिनियाँ समाजलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको विश्लेषण गरे । अर्धसामन्तीको सरल अर्थ हुन्छ आधा सामन्तवादी, आधा पुँजीवादी । सरल अर्थ यो लागे पनि सैद्धान्तिक रुपमा त्यसको अर्थ अर्थतन्त्र, राजनीति र संस्कृतिको क्षेत्रमा मुख्य नेतृत्व सामन्तवादले गरिरहेको तर पुँजीवादी अर्थतन्त्र, राजनीति र संस्कृतिले पनि आफू नेतृत्वमा आउन संघर्ष शुरु गरिसकेको समाज भन्ने बुझ्नु पर्दछ । त्यसैगरी अर्धऔपनिवेशिकको सैद्धान्तिक अर्थ चाहिँ जापानी साम्राज्यवादले विभिन्न सन्धी सम्झौता र हस्तक्षेपमार्फत चीनलाई औपनिवेशिक उत्पीडन चाहिँ गरिरहेको तर उपनिवेश बनाएको देशमा जस्तो चीनमा जापानी आफै आएर शासन नगरेको भन्ने सजिलै बुझ्न सकिन्छ । त्यसप्रकारको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको चीनमा एकैचोटी समाजवादमा जान पनि नसकिने र पुँजीपतिवर्ग दलालमा परिणत भएकाले उसले सामन्तवादको विरुद्ध पनि नलड्ने अवस्थामा पुँजीवादी क्रान्तिको नेतृत्व पनि सर्वहारावर्गले गर्नुपर्ने भएकोले नै नयाँ खालको पुँजीवादी क्रान्ति अर्थात नयाँ जनवादी क्रान्तिको कार्यदिशा बन्न पुगेको हो ।
वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएर अगाडि बढ्ने क्रममा पुष्पलाल श्रेष्ठले पनि नेपाली समाजलाई माओले ब्याख्या गर्दाको चिनियाँ समाज जस्तै चरित्रको रहेको ब्याख्या अघि सारे । अर्थात् नेपाल पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाको देश हो भनेर उनले चित्रण गरे । जुन विश्लेषण आधारभूत रुपमा सही नै थियो । २००६ सालको आसपासमा नेपालमा राजनीति, अर्थतन्त्र र संस्कृतिमा प्रभुत्व र नेतृत्व सामन्तवादले नै गरिरहेको थियो तर विराटनगर जुट मिल, त्रिचन्द्र कलेज, दरवार हाइस्कुल, फर्पिङको जलविद्युत, केही गाडीहरु, केही ठूला सडक, केही बजारहरु लगायतका पुँजीवादी संरचनाहरु पनि स्थापना भइसकेको थिए । त्यसैगरी २००६ सालसम्म सुगौली सन्धीले नेपाललाई उपनिवेशवादी उत्पीडन गरिरहेको थियो । त्यसैले त्यसबेला नेपाललाई अर्धसामन्ती र अर्धऔपनिवेशिक भन्नु सही नै थियो । समाज ब्यवस्थाको त्यो क्रम लामो समयसम्म रह्यो, त्यसैले ६ दशकसम्म नेपाली कम्युनिष्ट आन्दोलनले त्यस्तो अवस्थाबाट मुक्त हुन नयाँ जनवादी क्रान्तिको रणनीति बोकेर अगाडि बढ्नु विल्कुल सही थियो भन्ने कुरा आज ब्यवहारत पुष्टि भइसकेको छ ।
३. विगत ६० बर्षमा के परिवर्तन भयो त ?
वि.सं. २००६ सालमा नेपाललाई अर्धसामन्ती समाजको रुपमा विश्लेषण गरिएपछि ६० बर्षभन्दा बढी समय बितिसकेको छ । यस बीचमा सयौं सामन्तवाद विरोधी विद्रोह, संघर्ष र सामाजिक चेतनाका अभियानहरु चलिसकेका छन् । आर्थिक क्षेत्रमा थुप्रै परिवर्तनहरु भइसकेका छन् । १० बर्षसम्म त भीषण महान् जनयुद्धको प्रक्रियाबाट समेत समाज गुज्रिसकेको छ । यत्रो उथलपुथलकारी आधा शताब्ीदभन्दा बढी समय वितिसक्दा पनि के नेपाली समाज चाहिँ पहरोको चट्टान झैं केही पनि परिवर्तन नभइ बसेको छ त ? ६० बर्ष अगाडि सामन्तवादी पनि होइन अर्धसामन्तवादी अवस्थाको समाज आज पनि त्यही अवस्थामा नै छ त ? त्यस्तो हुनै सक्दैन र छैन । वास्तवमा नेपाली समाजको चरित्र सामन्ती वा अर्धसामन्ती छ कि, पुँजीवादी भयो निक्र्योल गर्न सामन्तवादी र पुँजीवादी समाजको आधारभूत विशेषताहरुका बारेमा परिचर्चा आवश्यक हुन्छ । कुनै पनि समाज ब्यवस्थाका तीन अंगहरु हुन्छन् १) अर्थ ब्यवस्था २) राजनीतिक ब्यवस्था र ३) संस्कृति । यो तीन अंगहरुको अध्ययनले नै यो समाज कस्तो भनी किटान गर्न सम्भव हुन्छ ।
क) सामन्तवादी समाज
(i) अर्थब्यवस्था
सामन्तवादी समाजको मुख्य उत्पादनको साधन जमिन हुन्छ । त्यस जमिनको अधिकतम् हिस्सा जमिनमा काम नगर्ने सामन्तवर्गको हातमा हुन्छ । बहुसंख्यक किसान भूदास किसान वा मोही किसानका रुपमा रहेका हुन्छन् । कुत असुलीमार्फत् किसानको शोषण गर्नु शोषणको मुख्य चरित्र हुन्छ । श्रम विनिमयको मुख्य प्रक्रिया नगदको सट्टा बालीमा हुन्छ । यस्तो अर्थब्यवस्थालाई सामन्तवादी भनिन्छ । अर्धसामन्ती अवस्था भनेको सामन्तवादको अझ गिर्दो अवस्था हो जहाँ स्वतन्त्र किसानको हिस्सा बढ्न थालेको हुन्छ र बालीको सट्टा नगद प्रणालीमा आधारित श्रम क्षेत्रहरु बढ्दै गएका हुन्छन् । वास्तवमा २००६ साल वरिपरि यस्तै अर्धसामन्ती अवस्था रहेको देख्न सकिन्छ ।
(ii) राजनीतिक प्रणाली
जाति, जात, वंश, धर्म र परम्पराका आधारमा राजनीतिक पद, प्रशासनिक, सैनिक लगायत यावत राज्यका मुख्य क्षेत्रका पदहरु स्वतः प्राप्त हुने राजनीतिक प्रणालीलाई सामन्तवादी राजनीतिक प्रणाली भनिन्छ । जुन प्रणालीमा आम जनतालाई आफ्ना राजनीतिक प्रतिनिधि चुन्न पाउने अधिकार हुँदैन । राजाको जेठो छोरो स्वतः राजा हुने र राजाको जेठो छोरोसँग विहे भएपछि स्वतः रानी हुने भनेको त्यसैको दृष्टान्त हो । जन्मिने वित्तिकै ब्राम्हण कुलको छोरा दलितका निम्ति बाजे सरह र ठकुरी बराजु सरहको स्वतः मानिने भनेको पनि त्यही परम्परा नै हो । त्यहाँ कुनै चुनावको सम्भावना नै हुँदैन ।
(iii) संस्कृति
जुन समाजमा ब्यक्ति चिन्तन गर्न र आफ्नो रुचि अनुसार सांस्कृतिक गतिविधि गर्न स्वतन्त्र हुँदैन त्यो समाजको संस्कृतिलाई सामन्तवादी संस्कृति भनिन्छ । विवाह कोसँग गर्न हुने वा कोसँग गर्न नहुने ब्यक्तिलाई अधिकार हुँदैन बरु पहिले नै निश्चित परम्पराको ढुँग्रोमा ब्यक्तिलाई बाँधिएको हुन्छ । मन परे पनि नपरे पनि तोकिएको नाच मात्र नाच्न व्यक्तिहरु बाध्य हुन्छन् । सारमा भन्दा ब्यक्तिगत स्वतन्त्रता नभएको संस्कृति नै सामन्तवादी संस्कृति हो । फलामे हलो, आरन, तेल पेल्ने काठे कोल, हाते तान र चर्खा, गोरु गाढा चाहिँ सामन्तवादका मुख्य औजार हुन् ।
ख) पुँजीवादी समाज
(i) अर्थब्यवस्था
पुँजीवादी ब्यवस्थाको नेतृत्वकारी उत्पादनको थलो जमिन होइन उद्योग ब्यापार आदिले ओगटेको हुन्छ । श्रमको विनिमय मुख्य रुपमा नगदमा हुन्छ । बहुसंख्यक किसान स्वतन्त्र किसानका रुपमा हुन्छन्, मोहीका रुपमा हुँदैनन् ।
(i) राजनीतिक प्रणाली
आम जनताले आफ्नो राजनीतिक प्रतिनिध छनौट गर्न पाउँछन् र छनौट भएर जो पनि कुनै पनि पद प्राप्त गर्न ब्यक्ति लायक मानिन्छ । प्रशासनदेखि राज्यका सबै क्षेत्रका पद कानून र विधिद्वारा प्राप्त हुने अवस्था हुन्छ र त्यो विधिमा हरेक ब्यक्ति प्रवेश गर्न अधिकार राख्दछ । राजनीतिक प्रतिनिधि छनौटको प्र्रक्रिया नै पुँजीवादी राजीतिको गुदी कुरा हो, चाहे छनौटको प्रक्रियामा जतिसुकै धाँधली किन नहोस् ।
(ii) संस्कृति
ब्यक्तिले स्वतन्त्र रुपमा सोच्न पाउने र आफ्नो सांस्कृतिक गतिविधि आफ्नो रुचि अनुसार गर्न पाउने संस्कृति पुँजीवादी संस्कृति हो । ब्यक्तिगत स्वतन्त्रता पुँजीवादी संस्कृतिको गुदी कुरा हो । इञ्जिनदेखि कम्प्युटरसम्म पुँजीवादलाई प्रतिनिधित्व गर्ने मुख्य औजार हुन् भन्ने प्रष्टै छ । इञ्जिनको आविष्कार र प्रयोग सँगै सामन्तवादी औजारको संस्कृतिसँग सम्बन्ध विच्छेद भएको हो भन्ने सर्वविदितै छ । यसप्रकार सामन्तवादी समाज र पुँजीवादी समाजका आधारभूत तीन अंगका विशेषताको कोणबाट हेर्दै आज नेपाली समाज कहाँ पुग्यो भन्ने निष्कर्ष निकाल्नु पर्ने हुन्छ । अब नेपाली समाजको आजको अवस्थालाई जाँचपरक गर्ने प्रयत्न गरौं ।
ग) आजको नेपाली समाज
(i)अर्थब्यवस्था 
विश्वको विभिन्न देशका सामन्तवादी समाजको इतिहासलाई हेर्ने हो भने नेपालको सामन्तवादी संरचना आफैमा पुड्के संरचना हो । यसको मूल कारण गोरु–हलो प्रयोग गरेर बाली लगाउन मिल्ने जमिन कम हुनु हो । त्यसकारण सामन्तवादी उत्पादन सम्बन्ध भएकै बेला पनि चीन, भारत जस्ता देशका सामन्तको तुलनामा नेपालका सामन्तहरु निकै नै सानो स्तरका सामन्त थिए । नेपालको तराईमा गोरु–हलो प्रयोगबाट बढी जमिन जोत्न सकिने समतल भूभागका कारण सामन्तवादी सामाजिक बनोट अलि बढी ब्यवस्थित थियो तर पहाड र हिमालमा त्यो सुविधा भूबनोटका कारण उपलब्ध नहुनाले पहाडमा मूलतः जिविकामुखी अर्थतन्त्रमाथि शासन गर्ने सामन्तवादी संरचना रही आएको हो तर त्यो संरचना विगत ६० बर्षमा पुरै धरासायी हुन पुगेको छ ।
अहिले नेपालमा परिवारको सङ्ख्या ५५ लाख भन्दा बढी छ तर मोही किसान परिवारको संख्या दर्ता भएका र नभएका गरी पाँच लाख भन्दा बढी छैन । विभिन्न मन्दिर गुठीको नाममा १३,१४,१३३ रोपनी जग्गा मात्र छ । यो करिव पाँच लाख मोही परिवार या त गुठी जग्गाका मोही हुन् या त त्यस्तो जग्गा धनीका मोही हुन् जुन जग्गा धनी अहिले उसको पूर्खा जस्तो सामन्तको रुपमा छैन । मोही लागेका जग्गाबाट उनीहरु किसानबाट कुत उठाउने धुनमा होइन बरु मोहीलाई बेदखल गरेर वा मोहीयानी हक दिएर छिटोभन्दा छिटो उम्कने धुनमा छन् । जग्गाधनीको यो चरित्र भनेको पुँजीवादी चरित्र हो । मोहीको संख्या र मोही लागेको मात्र हेर्दा कूल किसान परिवार र कूल खेती गरिएको जग्गाको तुलनामा यो निकै सानो अंश हो । यो वास्तवमा सामन्ती भूमि सम्बन्धको अवशेष मात्र हो ।
अर्को ध्यान दिँनै पर्ने तथ्य के हो भने अपवाद बाहेक नेपालमा अब ब्यक्ति सामन्त नै नरहेको समाज बनिसकेको छ । ब्यक्तिहरुले विभिन्न कम्पनीहरुको नाममा अझै पनि सयौं विघा जग्गा ओगटेका त छन् तर तिनीहरु सामन्त होइनन् बरु जग्गा ओगटेर नाफा फलाउने जग्गा माफियाको भूमिकामा छन् । त्यो पुँजीवादी क्रियाकलाप हो । खेतीमा मजदुर लगाइराख्ने वा ठेक्कामा दिएर खेतीपातीबाटै आम्दानी गर्ने ब्यक्तिहरुसँग बढीमा २० बिघाभन्दा बढी जमिन भएको पाउन मुस्किल छ ।
कुनै कुनै परिवारसँग १०० विघा वा १५० विघा जमिन त देखिन्छ । तर त्यस परिवारका अंशियार गन्यो भने प्रत्येकको भागमा पर्ने १५÷२० बिघा नै हो । अझ नयाँ संविधान जारी भएपछि छोरीले पनि दामासाहीमा अंश पाउने प्रकृया लागू हुँदा यो परिदृष्यमा झनै फेरबदल आउनेछ । आजको बजार भाऊ अनुसार १० बिघा जमिनबाट दुई बाली लगाएर ५ लाख नगद जोगाउन मुस्किल नै छ । बर्षमा ५ लाख त आज मा.वि. शिक्षकले कमाउने समय परिवेश छ । यसकारण कम्युनिष्ट आन्दोलनमा १० विघाभन्दा बढी जमिन भएकोलाई सामन्त मान्ने भनी चल्दै आएको छलफल वास्तवमा असान्दर्भिक र यथार्थसँग पटक्कै मेल नखाने खालको हो भन्ने सजिलै बुझ्न सकिन्छ । यस प्रकार भूमिमा रहेको सामन्तवादी सम्बन्ध आज सामन्दवादको अवशेषभन्दा माथि छैन भनी जो कोहीले भन्न सक्छ । सामन्तवादी उत्पादन सम्बन्धको अर्को महत्वपूर्ण अंग भनेको श्रमको विनिमय बालीमा कि नगदमा हुन्छ भन्ने प्रश्न हो । आजको बाली प्रथा केवल दलितहरुमा सीमित हुन पुगेको छ । दलिमध्ये पनि ३४% मात्र बालीमा काम गर्ने तथ्याङ्क वि.सं. २०५८ सालको हो । त्यो बालीमा काम गर्ने दलित परिवारको पनि दोहोरो चरित्र छ । गाउँमा फलाम पिट्ने वा लुगा सिउनेले बालीमा र त्यही परिवारको अर्को सदस्य बजारमा बसेर त्यही काम गर्नेले नगदमा । बालीप्रथाको यो क्रम तीब्र रुपमा टुट्दैछ । २०५८ कै ३४% दलित बालीप्रथामा छन् भन्ने तथ्याङ्कलाई मान्दा पनि कूल जनसङ्ख्याको यो बढीमा ४% मात्र हो । मधेशमा खेत मजदूर ‘जन’लाई थुप्रै स्थानमा अझै नगदको सट्टा अन्न दिने गरिएको छ तर त्यो बालीप्रथा होइन, बरु ज्यालाकै रुपमा अन्न दिइएको हो । नगदमा दिंदा बढी दिनुपर्ने भएकोले अन्न दिएर जग्गाधनीले गर्ने गरेको एक प्रकारको ठगी हो । यस प्रकार भूमि ब्यवस्थाको कोणबाट हेर्दा नेपाल अहिले मूलतः स्वतन्त्र किसानहरु रहेको देश हो र कृषि उत्पादनको चरित्र चाहिँ मूलतः जीविकोपार्जनमुखी रहेको छ । कूल ग्राहस्थ उत्पादनमा कृषिले ३५% हाराहारीमा मात्र योगदान गरेको देखिनुले पनि यही जिविकोपार्जनमुखी चरित्रतिर नै इङ्गित गर्दछ ।
यसरी नेपाली समाजको अर्थब्यवस्थाको मूल चरित्र सामन्तवादी वा अर्धसामन्तवादी रहेको छैन बरु पुँजीवादी बन्न पुगेको स्पष्ट देखिन्छ । यो कुरा चाहिँ निःसन्देह सही हो कि यो पुँजीवादको मूल चरित्र प्रगतिशील छैन, राष्ट्रिय पुँजीवाद होइन बरु दलाल पुँजीवाद हो । वैदेशिक लगानीका बैंकहरु, बहुराष्ट्रिय कम्पनीहरु आदि आर्फत नै नेपालको राष्ट्रिय पुँजी दमनमा पर्न गएको छ । तल्लो तहको जनजीवन भने क्रमशः रेमिट्यान्सको वरपर केन्द्रित हुँदै गएको छ । दलाल पुँजीपति र नोकरशाह पुँजीपतिको गठजोडबाट नेपालमा मनोरञ्जन क्षेत्र, सेवाको क्षेत्र, विलासी रेष्टुरेन्ट एवं होटलहरु, हाउजिङ, मलहरु जस्ता ब्यवसायहरु बढेका छन् तर राष्ट्रिय स्वाधिन पुँजीको निर्माण गर्ने कृषि र उद्योगहरु क्रमशः डुब्दै जाने सिलसिला तीब्र बनेको छ । तसर्थ जताबाट नाप्दा पनि नेपाली समाजको आजको अर्थब्यवस्था पुँजीवादी नै बनिसकेको स्पष्ट देख्न सकिन्छ ।
(ii) राजनीति
नेपालमा राज्यस्तरमा पुँजीवादी राजनीतिको पहिलो ब्यावहारिक अभ्यासको सुरुआत भनेको वि.सं. २०१५ सालको आमनिर्वाचन नै हो किनभने त्यसभन्दा अगाडि आम जनताले आफ्नो प्रतिनिधि छान्न पाएका थिएनन् । त्यो लामो समय टिक्न सकेन, २०१७ को फौजी ‘कू’द्वारा त्यस पुँजीवादी राजनीतिक अभ्यासलाई रोकियो । राजनीतिलाई पुरै दरबारमा पु¥याए पनि पञ्चायत फेरी पँुजीवादी अधिकार थोरै थोरै गर्दै जनतालाई दिन बाध्य हुँदै गयो । ‘गाउँ फर्क राष्ट्रिय अभियान’ लामो समय टिक्न सकेन, गाउँ पञ्चायत र राष्ट्रिय पञ्चायत सदस्यहरु मतदानबाट चुनिने ब्यवस्था गर्न पञ्चायत बाध्य भयो; त्यस हुनु भनेको पुँजीवादी राजनीतिको केही अंश पञ्चायतले अंगिकार गर्न बाध्य हुनु नै थियो । वि.सं. २०४६ को परिवर्तनपछि त्यस पुँजीवादी राजनीतिको दायरा ह्वात्तै बढ्न पुग्यो । त्यो क्रम महान् जनयुद्धको धक्काबाट झनै तीब्र हुँदै गयो । संविधानसभाको गठन र राजतन्त्रको अन्त्यसम्म पुग्दा नेपालमा राजनीतिक क्षेत्र पँुजीवादी अधिकारको सम्पूर्ण रुपले आम जनतासम्म अभ्यास हुने अवस्थामा आइपुग्यो । संविधानसभाको निर्वाचन र राजतन्त्रको अन्त्यभन्दा माथि पुँजीवादी राजनीतिको पुग्ने ठाउँ नै छैन । यसैगरी प्रशासनिक, सुरक्षा लगायतका सबै क्षेत्र पनि विधि र नियममा आधारित बन्ने बनाउने प्रकृयाले गति लिँदै आयो । आज धार्मिक र सम्प्रदायसँग सम्बन्धित केही क्षेत्रमा बाहेक नियुक्तिहरु परम्परामा आधारित हुने अवस्था रहेको छैन । त्यस्ता क्षेत्रका सामन्तवादी परम्परालाई धान्न पनि नियम बनाइएको र त्यो नियम राज्यको कानून मातहत नै रहने स्थिति तयार भएको छ । यसरी हेर्दा नेपालको राजनीतिक प्रणालीलाई अब सामन्दवादी वा अर्धसामन्तवादी भन्न कदापि सकिँदैन बरु यो सीधा पुँजीवादी राजनीतिक प्रणाली नै हो भनी किटान गर्न सकिन्छ ।
(iii) संस्कृति
संस्कृतिको ब्यापक आयाम भए पनि यसको सरल र सजिलो अध्ययन गर्न तीन वटा विषयलाई हेर्नु उपयुक्त हुन्छ । एक, ब्यक्तिको रुचिको स्वतन्त्रता, दुई, औजारहरुको प्रयोगको अवस्था र तीन, भौतिक निर्माणको चरण । जब नेपाली समाज वि.सं. २००७ सालको वरपर थियो, नेपाली समाजका आम मानिस सोच्न वा आफ्नो रुचि अनुसार ब्यवहार गर्न स्वतन्त्र थिएनन् । शिक्षा लिन स्वतन्त्र थिएन, दिन स्वतन्त्र थिएन, पेशा छनौट गर्न स्वतन्त्र थिएन, विवाह लगायत कुनै पनि संस्कारगत विषयमा छनौट गर्न स्वतन्त्र थिएन । तर आजसम्म पुग्दा शिक्षा लिने स्वतन्त्रता छ, सोच्ने स्वतन्त्रता छ, सोच ब्यक्त गर्ने स्वतन्त्रता छ, संस्कारहरु गर्ने नगर्ने घटाउने बढाउने सबमा स्वतन्त्रता छ । रोजी विवाह नै ठीक भन्ने मूल मान्यतामा नेपाली समाज पुग्नु भनेको यसैको एउटा ज्वलन्त एवं अकाट्य प्रमाण हो । यो कुरा सही हो कि संस्कृतिको क्षेत्रमा नै सामन्तवादको अवशेष सबैभन्दा बढी बाँकी छ । दलित, महिला, मधेसी, मुस्लिम आदि माथिको उत्पीडन त्यसका उदाहरण हुन् । यी अवशेष जवरजस्त नै भए पनि समग्र समाजको समग्र चिन्तन र ब्यवहार भने मूलतः पुँजीवादी बन्न पुगेको छ । छनौटको स्वतन्त्रता कुन हदसम्म पुगिसक्यो भने एउटै टिभीमा १०० भन्दा बढी च्यानल केही मिनेटमै फेरेर हेर्न सकिन्छ र हात हातबाटै सेलफोनबाट पहिले कल्पनासमेत नगरिएका गतिविधि गर्न सकिन्छ । औजारको कुरा गर्दा सामन्तवादी समाजका आरन, तेल पेल्ने कोल, हाते तान, गोरु गाडा आदि अब निर्णायक औजार रहेनन् बरु कुनै सहायक र कुनै अवशेषका औजारका अवस्थामा पुगिसकेका छन् । आरन सहायक औजार हो भने गोरु गाडा र खच्चर अवशेष मात्र हुन् । आजका निर्णायक भनेका कम्प्यूटर र इन्जिन हुन् जसबिना अब नेपाली समाजको सामान्य जीवन पनि चल्नै सक्दैन । यसैगरी भौतिक निर्माणको कोणबाट हेर्दा नेपाली समाजको मूल एजेण्डा र चाहना के हुन् त ? सडक, ठूला÷साना विद्युत आयोजना, सुविधा सम्पन्न शहरहरुको निर्माण र ब्यवसायिक कृषि इत्यादि । यसप्रकार संस्कृतिका क्षेत्रमा पनि नेपाली समाज मूल रुपमा पुँजीवादी बनिसकेको कुरामा कुनै सन्देह रहनुपर्ने कारण छैन ।
४. आजको पुँजीवादको स्थितिमा नेपाल कसरी आइपुग्यो ?
वि.सं. २००७ आसपासमा अर्धसामन्ती अवस्थामा रहेको नेपाली समाज आजको पुँजीवादी अवस्थामा त्यत्तिकै आइपुगको होइन भन्ने स्पष्टै छ । नेपालमा वि.सं. १९९० को आसपासबाट सुरु भएको सामन्तवाद विरोधी राजनैतिक आन्दोलन र त्यसमा पनि २००६ सालपछि सामन्तवादविरुद्ध सम्झौताहीन र निर्मम ढंगले चलेको कम्युनिष्ट आन्दोलन नै यस परिवर्तनको निर्णायक कारण हो । लोकतान्त्रिक धारा जसको नेतृत्व नेपाली काँग्रेस पार्टीले गर्दै आयो, त्यसले वि.सं. २०१६ सालको बिर्ता उन्मुलनसम्म मात्र सामन्तवादसँग मुख्य रुपमा संघर्ष ग¥यो; त्यसपछि कहिले सम्झौता कहिले संघर्षको नीति अख्तियार ग¥यो । त्यसकारण नेपाली पुँजीवादी क्रान्तिको निर्णायक सारथी कम्युनिष्ट आन्दोलन नै बन्न पुगेको स्पष्ट छ । वि.सं. २००८–२०१२ सालसम्म डडेल्ढुरा, बारा, पर्सा, रौतहट, सिरहा, काठमाडौं लगायतका जिल्लामा चलेका किसान आन्दोलन र वि.सं. २०२८–२०३६ सम्म झापा, चितवन, दाङ लगायत जिल्लामा भएका सयौं ठूला÷साना कम्युनिष्ट नेतृत्वका किसान आन्दोलनहरुले सामन्ती भूस्वामित्वमा नै ब्यापक हेरफेरको उपलब्धि हासिल गर्न नसके पनि देशब्यापी सामन्तहरुलाई असुरक्षित बनायो र किसानहरुको मनोबल माथि उठायो । नेपालको सामन्तवादी राज्यसत्ताले किसान आन्दोलनहरु त दमन गर्दै आयो तर सामन्तहरु निश्चिन्त हुन सक्ने गरी आन्दोलन रोक्न भने सकेन । यसबाट लगातार आतंकित र असुरक्षित सामन्तहरु क्रमशः आफ्नो कमाईको क्षेत्र परिवर्तन गर्नतिर लाग्ने क्रम बढ्यो । आफ्नो जमिन बेचेर वा खण्डित गरेर वा कम्पनीहरुको नाममा राखेर सामन्ती भूमि सम्बन्धलाई परिवर्तन गर्दै उद्योगपति वा ब्यापारी बन्नेतिर लागे । यहाँ अर्को ऐतिहासिक परिघटनातिर पनि गम्भीर ध्यान जानु जरुरी छ । नेपालको राज्यसत्ता पहाडिया खस अहंकारवादी रही आएकाले मधेसी, मुस्लिम वा जनजाति समुदायको ब्यक्ति सामन्त नै रहेछ भने पनि सत्ताको हर्ताकर्ता बन्न आइपुग्न दिंइदैनथ्यो । यो विशिष्टतालाई ध्यान दिनु आवश्यक छ । आर्य–खस बाहेक नेवारभित्रका सामन्तहरुलाई मात्र राज्यका धेरै क्षेत्रमा आवाद हुने अनुमति रहेको थियो । सामन्तवादी समाजमा खास समुदायको भएकै कारण कुनै सामन्तले राज्यसत्तामा हिस्सा पाउँदैन भने त्यो सामन्त निराश हुनु स्वाभाविक थियो । यस्तो अवस्थाका कारणले पनि मधेसी, मुस्लिम र जनजाति समुदायमा रहेका सामन्तहरुले आफ्नो प्रगति जमिनमा भन्दा अन्य क्षेत्रमा देख्न थाले ।
विराटनगर जुट मिल्सको स्थापनाबाट सुरु भएको पुँजीवादी अर्थतन्त्रको यात्रा पञ्चायतकालमा पुग्दा ब्यापक मात्रामा झाङ्गिन पुग्यो । पञ्चायतले शाह–राना परिवारद्वारा निर्देशित राज्य नियन्त्रित पुँजीवाद अभ्यास गर्न चाहन्थ्यो । त्यसैले औद्योगिक क्षेत्रहरु, पाँचतारे होटल आदि स्थापना गर्दै गयो । त्यो जे जस्तो भए पनि पुँजीवादी अर्थतन्त्रका आधारभूत चीजहरु नै थिए । इ.सं. १९८० पछि सुरु भएको खाडी क्षेत्रको रेमिट्यान्सको यात्रा दिनरात आठ गुनाका दरले बृद्धि हुँदै गयो । वि.सं. १९९० पछि विश्व साम्राज्यवादले द्रुत बनाएको उदारीकरणको माखे साङ्लोले दलाल पुँजीको उत्पीडनको तीब्रता गुणात्मक ढंगले बृद्धि भयो । यसरी वि.सं. १९९० को हाराहारीबाट सुरु भएको सामन्तवाद विरोधी राजनैतिक आन्दोलन दश बर्षको जनयुद्ध हुँदै राजतन्त्रको अन्त्यसम्म पुग्दा सामन्तवाद मूलतः अन्त्य हुन पुगेको प्रष्ट देखिन्छ र यसको मूल कारण भनेको राजनैतिक आन्दोलन नै हो । त्यसैगरी नेपाली सत्ताको दलाल चरित्रका कारण दलाल पुँजीले हस्तक्षेप बढाउँदै जानु अर्को कारण मान्नै पर्दछ जसले आज नेपाल नवऔपनिवेशिक फन्दामा पर्न गएको छ । संस्कृतिको क्षेत्रमा आएको परिवर्तनको पनि मूल कारण चाहिँ सामन्तवादविरोधी राजनैतिक आन्दोलनले निर्माण गर्न पुगेको सांस्कृतिक चेतना नै हो । त्यसपछि शिक्षामा भएको प्रगति र विश्व समाजसँगको तीब्रतामा जोडिँदै गएको अवस्थाले महत्वपूर्ण भूमिका नेपाली जनजीवनको संस्कृतिको क्षेत्रमा खेलेको स्पष्टै छ ।
५. अस्पष्टताले जन्भिएका केही प्रश्नको उत्तर
(i) क्रान्तिकारी भूमि सुधार नभइ कसरी पुँजीवाद ?
यो प्रश्न उठ्ने गरेको छ । तर यो प्रश्न अस्पष्टता र जडताको परिणाम मात्रै हो । क्रान्तिकारी भूमिसुधारसहित पुँजीवादमा जान पाएको भए सबैभन्दा ठीक हुने हो तर क्रान्तिकारी भूमिसुधार नभइ पुँजीवाद नै आउँदैन भनी सोच्नुचाहिँ सही कुरा होइन । के संसारमा जति पनि पुँजीवादी मुलुक छन्, ती सबै क्रान्तिकारी भूमिसुधारपछि मात्र पुँजीवादमा प्रवेश गरेका हुन् ? होइनन् । भूमिमा सामन्तवादी सम्बन्धको अन्त्य किसान विरोधी नीतिद्वारा पनि हुनसक्छ । जस्तै विश्व बैंकले ल्याएको भूमि बैंकको नीति । यो नीति लागू गर्दा किसानले ऋण लिएर जग्गा किन्नु पर्ने हुन्छ र सामन्त चाहिँ जग्गा बेचेर पुँजीपति बन्ने हुन्छ । यो किसान विरोधी नीति हो तर यो नीतिले पनि भूमिमा रहेको सामन्तवादी सम्बन्धको त अन्त्य गर्छ नै । त्यसकारण भूमिमा सामन्तवादी स्वामित्व अन्त्य भएर पुँजीवादी सम्बन्धमा जाने विकल्पहीन एक मात्र बाटो क्रान्तिकारी भूमिसुधार हो भनी सोच्नु नै गलत छ । त्यो त सामन्तवर्ग र किसानबीचको संघर्षमा आउने उतारचढाव अनि सफलता र असफलतामा भर पर्ने कुरा हो । वास्तवमा हरेक देशको आफ्नो मौलिकतामा नै भूमि सम्बन्धमा फेरबदल हुन पुग्दछ । नेपालमा पनि आफ्नै मौलिकतामा भूमि सम्बन्धमा फेरबदल आएको हो भनी बुझ्नु नै सही हुन्छ ।
यसरी भूमि स्वामित्वका क्षेत्रमा जति पनि सामन्तवादी सम्बन्धहरु बाँकी छन्, ती यथार्थमा अवशेषका रुपमा बाँकी छन् । अवशेषहरु धेरैथोरै जुनसुकै परिवर्तनपछि बाँकी रहन्छ नै । रुसी अक्टोबर समाजवादी क्रान्तिको दुई बर्षपछि जोताहा किसानलाई जमिन दिने नीति लागू गरिएको थियो जब कि राज्यको मूल काम भनेको समाजवाद निर्माणमा प्रवेश गरिसकेको थियो । बालिग मताधिकारबाट अब्राहम लिङकन राष्ट्रपति निर्वाचित भैसकेका थिए तर ह्वाइट हाउस अगाडि काला मासिनको किनवेच पनि चल्दै थियो । यसको मतलब के लिङकन दास युगका राष्ट्रपति थिए ? सबैलाई थाहा छ, होइन बरु त्यो दास युगको अवशेष मात्र थियो ।
(ii) औद्योगिक विकास नभइ कसरी पुँजीवाद ?
लामो समयदेखि आन्दोलनमा पुँजीवाद भनेको ठूला ठूला उद्योगधन्दा, ठूला शहर विकास हुनु हो भने जसरी प्रशिक्षण चल्दै आयो । यो पुँजीवादको एउटा रुप मात्रै हो । कुनै पनि समाज ब्यवस्था कुन चरणको हो भनी किटान गर्ने मूल कुरा भनेको उत्पादन सम्बन्ध हो । उत्पादन सम्बन्धका तीन वटा पक्षहरु हुन्छन् । एक, उत्पादनका साधनमाथि स्वामित्व कस्तो छ ? दुई उत्पादित वस्तुको वितरण कसरी हुन्छ ? र तीन, स्वामित्व र वितरणले मानिसहरुबीच आपसी सम्बन्ध कस्तो बन्न गएको छ ? यी तीन प्रश्नको झ्यालबाट हेर्दा आज उत्पादनका साधन अर्थात् जमिनको निर्णायक हिस्सा स्वतन्त्र किसानको स्वामित्वमा छ, कारखाना र ब्यवसायहरु दलाल पुँजीपति र केही राष्ट्रिय पुँजीपतिको स्वामित्वमा छ । उत्पादित वस्तुहरु सामन्त र मोहीका रुपमा भागवण्डा होइन बरु पुँजीपति र श्रमिकका बीचमा ज्यालाका रुपमा र नाफाका रुपमा वितरण भैरहेको छ । यसले मानिसहरुबीच आपसी सम्बन्ध सम्पत्तिवान र गरिबको सम्बन्ध बन्न पुगेको छ । तर त्यो गरिब स्वतन्त्र गरिब हो, कुनै सामन्तवादी समाजको बँधुवा किसान होइन । एउटा उदाहरण माल्दिप्स भन्ने देशलाई हेरौं । ठूला उद्योगधन्दा त खासै छैनन् तर चार लाख पनि जनसङ्ख्या नपुगेको देशमा बर्सेनी दश लाख भन्दा बढी पर्यटक जान्छन् । अब ठूला उत्पादन र उद्योग नभए पनि पुँजीवादी समाज त बन्दो रहेछ । त्यसकारण समाजको चरित्रको विश्लेषण उत्पादन सम्बन्धको सिद्धान्तबाट गर्नु नै माक्र्सवादले पथप्रदर्शन गरेको सही तरिका हो ।
(iii) असमान सन्धीहरु खारेज भएको छैन कसरी पुँजीवाद ?
नेपालको राष्ट्रिय स्वाधीनताको संघर्ष टुंगिएको छैन तब कसरी पुँजीवाद भन्ने प्रश्न पनि उठ्ने गरेको छ । यो पनि अस्पष्टताको समस्या हो । जापान, कतार लगायत देशमा अमेरिकी सेना नै छ, सन्धी मात्र होइन । तर जापान र कतारलाई पुँजीवादी समाज होइन भन्न मिल्दैन । समाज वा देश पुँजीवादमा गएपनि साम्राज्यवादी विस्तारवादी उत्पीडन रहिरहन सक्छ, यो आजको विश्वको सामान्य कुुरा हो ।
पुँजीवादमा प्रवेश भनेको राष्ट्रियताको संघर्षको अन्त्य भनी बुझ्नु कदापि सही बुझाई होइन । आज ल्याटिन अमेरिकी मुलुकहरु सबै जसो पुँजीवादको चरणमा छन् तर राम्राज्यवादसँग संघर्ष उनीहरुको मुख्य एजेण्डा बनेको सबैलाई ज्ञात भएकै कुरा हो । नेपाल राष्ट्रिय स्वाधीनताको संघर्ष टुंगिसकेको पुँजीवादी समाज हो भनी कसैले भन्छ भने त्यो गलत हो तर राष्ट्रिय स्वाधीनताको निम्ति लडिरहेको पुँजीवादी चरणको नेपाली समाज हो भन्नु चाहिँ बिल्कुल सही विश्लेषण हो ।
६. अल्मलिनु नहुने एउटा विषय
कतिपयले के बुझेको देखिन्छ भने जनवादी क्रान्ति र नयाँ जनवादी क्रान्ति एउटै हो । त्यो होइन भन्ने कुरा यस आलेखको सुरुमै सविस्तार चर्चा गरिएको छ । जनवादी क्रान्ति भनेको केवल पुँजीवादी क्रान्ति हो र नयाँ जनवादी क्रान्ति भनेको कम्युनिष्ट नेतृत्वमा हुने र सत्ता पनि सर्वहारावर्गकै बन्ने पुँजीवादी क्रान्ति हो । के कुरा सही हो भने नेपाली सर्वहारावर्गले नेपालमा पुँजीवादी क्रान्ति नयाँ जनवादी ढंगले आफ्नै नेतृत्वमा र आफ्नै सत्ता बन्ने गरी गर्न चाहन्थ्यो तर त्यस्तो भएन, हुन सकेन । बरु नेपालको आफ्नै विशिष्टतामा पुँजीवादी क्रान्ति सम्पन्न हुन पुग्यो । सर्वहारावर्गले पुरै विजय हासिल पनि गर्न सकेन र सामन्त तथा दलाल पुँजीपतिवर्गले पनि पूरै जित्न सकेन । त्यस्तो विशिष्ट अवस्थामा सामन्तवाद परास्त भयो र नयाँ जनवादी क्रान्ति नभइ केवल पुँजीवादी क्रान्ति सम्पन्न हुन पुग्यो । यो विशिष्टतालाई बुझ्न सकिएन भने निकै ठूलो अस्पष्टतामा फस्न पुग्ने खतरा रहेको छ ।
अर्को कुरा संसारमा सामन्तवादबाट पुँजीवादमा जाने एक मात्र विकल्परहीन बाटो भनेको नयाँ जनवाद मात्र हो भनी सोच्नु पनि साह्रै नै छिपछिपे बुझाई हुन पुग्दछ । संसारमा चीनमा बाहेक नयाँ जनवाद हुँदै पुँजीवादी क्रान्ति सम्पन्न गरिएको अन्त कतै पनि छैन, के अरु देशमा पुँजीवाद नै आएन त ? त्यसो त कसैले भन्न मिल्ने कुरा भएन । यसर्थ, नयाँ जनवादी ढंगले पुँजीवादी क्रान्ति नभइ केवल पुँजीवादी क्रान्ति मात्र सम्पन्न भएकाले नै नेपालको सर्वहारा क्रान्तिकारीको हातमा पुरै सत्ता छैन । पुरै सत्ता आफ्नो हातमा नभएको हुनाले नै अब समाजवादमा पनि शान्तिपूर्ण ढंगले प्रवेश गर्न सकिने छैन ।
तसर्थ, नेपाली समाजको आजको अर्थतन्त्र, राजनीति र संस्कृतिको तथ्यपरक विश्लेषण गर्दा नेपालमा सामन्तवाद आधारभूत रुपमा नै परास्त भएको र सामन्तवाद अब अवशेषका रुपमा रहेको प्रष्ट हुन्छ । यसको अर्थ पुँजीवादी जनवादी क्रान्ति आधारभूत रुपमा सम्पन्न भएको निष्कर्ष पनि स्वाभाविक रुपमा निस्कन्छ । समाज पुँजीवादमा पुगेपछि अबको क्रान्तिको रणनीति फेरी जनवाद अर्थात पुँजीवाद ल्याउने त बनाउन मिल्दैन । बरु पुँजीवादी समाजबाट अगाडि जाने भनेको वैज्ञानिक समाजवादतिरै हो भन्ने कुरा स्पष्ट छ । त्यसकारण, अबको नेपाली क्रान्तिको कार्यदिशा समाजवादी क्रान्तिको कार्यदिशा तय गरेर नेकपा (माओवादी केन्द्र) ले बिल्कुल सही कार्यदिशा अवलम्बन गर्न सफल भएको छ ।
७. निष्कर्ष
कयौं क्रान्तिकारीहरुले समाजवादी क्रान्तिको कार्यदिशा छ, त्यसो भए आजैदेखि समाजवादी क्रान्तिसम्मको हरेक कार्यनीतिको श्रङ्खला के के हो त ? भन्ने प्रष्ट गर्ने गरेका छन् । प्रश्नको तहसम्म त त्यो ठीकै छ तर क्रान्तिको एउटा रणनीति तय गरेपछि सबै कार्यनीतिक श्रृङ्खला पनि एकै पटक भविष्यसम्मको तय गर्न सकिन्छ भन्ने कुरा नै बेठीक छ किनभने कार्यनीतिहरु परिस्थितिमा आउने फेरबदलसँगै बदल्दै अघि बढ्नुपर्ने हुन्छ भन्ने यथार्थ क्रान्तिकारीहरुले नबुझ्ने कुरै होइन । त्यसैले आज तय गरिएको समाजवादी क्रान्तिको कार्यदिशालाई कसरी बुझ्ने भन्ने कुरा निकै नै महत्वपूर्ण छ ।
यथार्थमा आज तय गरिएको समाजवादी क्रान्तिको कार्यदिशा वि.सं. २००६ सालको वरपर पुष्पलाल श्रेष्ठले नयाँ जनवादी क्रान्तितिर दिशा सोझ्याए जस्तो मात्र हो, अझ थप यसो पनि भन्न सकिन्छ कि मनमोहन, केशरजङ्ग र तुल्सीलालहरुले आन्दोलन ध्वस्त बनाएपछि वि.सं. २०२५ सालमा पुष्पलालले मूलबाटो अर्थात् नयाँ जनवादी क्रान्तिको बाटो भनी स्पष्ट दिशा तय जस्तो हो । वि.सं. २०२५ पछि त्यस कार्यदिशालाई लागू गर्न दर्जनौ प्रयत्न हुँदै आए । असफलताबाट शिक्षा लिँदै त्यसको सत्ताइस बर्षपछि मात्र एउटा सुदृढ प्रकारको जनयुद्धका रुपमा त्यस कार्यदिशाको सबैभन्दा ठूलो विष्फोट देखा प¥यो । आज तय गरिएको समाजवादी क्रान्तिको कार्यदिशा पनि त्यस्तै हो । यो कार्यदिशालाई लागू गर्न हजार हण्डर, सयौं असफलता, नयाँ नयाँ कार्यनीतिको विकास, नयाँ नयाँ प्रयोग गर्दै जानुपर्ने अनिवार्य छ । अहिले नै आगामी कार्यनीतिक श्रृङ्खलाका सबै कुरा भन्न संभव छैन तर आधारभूत निम्न कुरा भने अहिले नै भन्न सकिन्छ जुन रणनीतिसँग जोडिएका मुख्य पक्ष हुन् ।
  1. अबको मुख्य संघर्ष भनेको दलाल पुँजीवादका विरुद्ध हुनेछ र सहायक संघर्षको पक्ष सामन्तवादका अवशेषहरुसँग हुनेछ ।
  2. दलाल पुँजीवाद र साम्राज्यवादी नवउपनिवेशवादी आर्थिक जालोलाई तोड्न राष्ट्रिय पुँजीको विकास गर्न सहकारी प्रणालीलाई मुख्य जनस्तरीय औजारको रुपमा अवलम्बन गर्नु अनिवार्य छ ।
  3. दलाल पुँजीवाद र साम्राज्यवादसँग तब नै टक्करको संघर्ष सम्भव छ जब नेपालको आन्तरिक राष्ट्रियता एक ढिक्का हुन्छ । त्यसकारण आन्तरिक राष्ट्रियतालाई मजबुत बनाउने नीति समाजवादी क्रान्तिको रणनीतिको एक अभिन्न अंग हुनेछ ।
  4. वर्गसंघर्षका सबै रुपको सबै स्तरमा अभ्यास गर्दै सिँगै समाजलाई वैज्ञानिक समाजवादको आवश्यकताद्वारा प्रशिक्षित गर्दै लैजाने आम संघर्षसम्बन्धी नीति हुनेछ ।
  5. समाजवादी क्रान्तिको रणनीति अन्तिम रुपमा सशस्त्र आम विद्रोहबाट मात्र पूरा हुनेछ, शान्तिपूर्ण ढंगले संभव हुनेछैन ।
http://www.khabardabali.com बाट साभार